एकजना इसाईलाई उत्तर
मित्र जगदीशजी, तपाईले बौद्धिक बहस स्रुरु गर्नु भएकोमा
धन्यवाद दिन चाहन्छौँ | कुनैपनि मान्छे स्वच्छाले धर्म मान्न स्वतन्त्र
छ भन्ने कुरामा पनि सहमति व्यक्त गर्छौं | तपाईंको पन्थ
विशेषप्रतिको आस्थाको पनि हामी प्रसंशा गर्छौं
| यहाँ तपाईंले हिन्दूसमाजका केही मौलिक कुरामा प्रश्न उठाउनु
भएको छ | तर आफ्नो पन्थको 'एकलकाटे' चिन्तन र
सांस्कृतिक शैली बारे पनि तपाईले बोल्नुभएको भए राम्रो हुन्थ्यो |
के तपाईं सहितका क्रिश्चियन
अगुवाहरूको मुखबाट 'विश्वका सबै धर्म समान छन् र सबैले परमपिता
ईश्वरकै मार्गमा जान प्रेरित गर्छन्'' भन्ने कुरा हिन्दूजागरण कार्यक्रममा उपस्थित
भएर डा, खत्री, डा,
रोकाया, नारायण अधिकारिक
रूपमा बोलेको कुरा सुन्न सक्छौं ? हिन्दूहरूले झैँ ''हिन्दू, बौद्ध, किराँती, मुसलमानपनि आस्था
र समर्पणभावले आफ्नो धर्म मानेर स्वर्ग
जान्छन् भन्ने हिक्मत तपाईं वा तपाईंका अगुवाहरूमा छ, छ भने टेलिभिजनको
हिन्दूजागरण कार्यक्रममा आएर यो कुरा उपरोक्त अगुवाहरूलाई बोल्न चुनौती भयो !!
रह्यो, नास्तिकताको कुरो, हिन्दू बन्नका लागि कुनै
प्रकारको शर्त छैन | किनभने मान्छे जन्मदा नै हिन्दू भएर जन्मेको
हुन्छ र पछि आफ्नो सामाजिक परिवेशअनुसार 'मेरो धर्म' फलानो भनेर
आफुलाई चिनाउँछ | जाउलाखेलको मैदानबाट रोग निको गरिदिने
अन्धविश्वासीहरूले आस्तिकता र नास्तिकताको कुरो गरेको पच्दैन | तपाईहरूको
विश्वासले काम गर्ने हो भने अस्पताल नै किन चाहियो ! प्रार्थनाले रोगी निको
गराउनेले पाल्पा, पाटन, ताप्लेजुङलगायतका ठाउँमा
किन अस्पताल खोलेको हो बुझाइदिनु हुन्छ कि ? मलाई राम्ररी थाहा छ, तपाईंहरूका लागि
क्याथोलिक र क्याथोलिकहरूका लागि प्रोस्टेस्टेट 'नास्तिक' हुन् | सक्नुहुन्छ भने
हामीलाई यो कुरा पनि स्पस्ट पारिदिनु होस् |
नेपालमा क्रिश्चियनहरू बढ्दैजाँदा दशैँ-तिहार, लोसार, चण्डीनाच, माघी, पशुपति, बुढासुब्बा, मुक्तिनाथ
लुम्विनी, बौद्ध, माने, गुम्वा, मन्दिर, चैत्यलगायतका
नेपाली आस्था केन्द्रहरू कसरी सुरक्षित रहने छन् ? यस वारे पनि केही
बोल्दिनुस् | चेपांग जस्तो सीमान्तिकृत र अशिक्षित, गरिव जनतामा
घूसपैठ बढाएर ७.५%लाई क्रिश्चियन बनाउनु भएको छ, के ती सबै 'बुझेर' क्रिश्चियन बनेका
हुन् ? उनीहरूको गरिवी,
रोग, गरिवी अशिक्षा त
घटेन तर उनीहरूले आफ्नो परम्परा समेत गुमाए !! जाउलाखेलको मैदानको 'चन्गाई'ले कमसेकम हरेक
क्रिश्चियन निरोग, शिक्षित र धनी त हुनै पर्ने हो नि, कसो ?
जहासम्म पैसाले क्रिश्चियन बनाउने सवाल हो चिनाहराएको मान्छेको १४० सौं पाना
पढ्नुहोस्, क्रिश्चियनहरूले कसरी पैसाको बिटो बोकेर 'मान्छे किन्दा
रहेछन भन्ने कुरा हरिवंस आचार्यले बोलेका छन् र तीन करोड अस्वीकार गरेका छन् | अरू पनि उदाहरण चाहियो ?
अन्तिम कुरा, नेपालमा क्रिश्चियनहरू बढ्दैजाँदा नेपालका
परम्परागत धर्म र संस्कृतिको कसरी सुरक्षा हुन्छ ? क्रिश्चियनहरूले नेपालका
रैथाने संस्कृति र परम्पराहरू जोगाउन के गरिरहेका छन् र खासगरी तपाईंले जाजरकोटमा
मन्दिरहरू वेहाल भएको देख्नुभएको रहेछ,
र एउटा नेपाली नागरिकको
नाताले नेपालका यी सांस्कृतिक सम्पदाहरूको सुरक्षाका लागि डा रोकाया, डा. खत्री लगायत
तपाईंले कस्तो योजना बनाउनु भएको छ ? टेलिभिजन कार्यक्रममा आएर बोल्दिनुस् | तपाईंहरूले गरेका
सत्प्रयास बारे हामी हिन्दू, बौद्ध, किराँतीलगायतका रथाने
धर्ममा विश्वासगर्नेहरूले जान्नु आवश्यक छ !!
हाम्रो विरोध क्रिश्चियनहरूसंग पक्कै होइन | तपाईहरूको धार्मिक जीवनले
निम्त्याउने एकलकाटे संस्कृतिसंग हो |
No comments:
Post a Comment