Wednesday, February 25, 2015

हिन्दू जागरणको किन ?

अहिले नेपालमा धर्मको विषयमा बहस चल्न थालेको छ | वि.स. २०६३ अघि एस्तो बहस चलेको थिएन | यो बहसको जन्मदाता ‘धर्मनिरपेक्षता’ हो | नेपालमा धर्मनिरपेक्षताको जन्मदाता युरोपियन-कोरियाली इसाई-मिसनरी हुन् | नेपालीहरूको आमचाहना र जनादेशले धर्मनिरपेक्षता संविधानमा सम्मिलित भएको होइन | यो किर्ते गरेर लुकिचोरी  ल्याइएको कुरा प्रधानमन्त्री आफैले स्वीकार गरेका छन् |
२. नेपाल धर्मनिरपेक्ष भएपछि विदेशी धर्मले नेपालको प्राकृतिक रूपमा संस्कृतिउपर बर्बरता पूर्वक अतिक्रमण गरेको छ | विदेशी दूतावास, आइएनजीओ, एनजीओ र लोभी राजनैतिज्ञहरूको बुई चढेर नेपालका कुनाकाप्चामा पुगेको छ | अशिक्षित, दलित तथा गरिवहरूलाई ‘डलर, स्वास्थ्य जीवन, छुवाछुतहिन समाजको र सामाजिकीकरणको’ लालीपप देखाएर किनिरहेको छ | आस्था परिवर्तन गरेका नेपालीहरूलाई नै प्रयोग गरेर नेपालीको रैथाने आस्थालाई वदनाम गरिरहेका छन् | हिमालका सोझासाझा बौद्धहरूको आस्था परिवर्तन गरेर निजका घर वा गुम्वामा रहेका अमूल्य पुस्तकहरू, मूर्तिहरू, कलाकृतिहरू, गहनाहरू कौडीको भाउमा किनेर वा मागेर विदेशमा बेचिरहेका छन् | सीमान्तीकृत समुदाय, दलितहरूलाई धर्मपरिवर्तन गर्न उक्साइरहेको छ भने परिवर्तित समुदायलाई आफ्ना छिमेकी विरुद्ध लड्न उक्साई रहेका छन् |

३. मुसाले यहुदी पन्थको स्थापमा गरे | यहुदी जिससले इसाई पन्थको स्थापना गरे | इसाईबाट असन्तुष्ट भएपछि रेगिस्तानका मोहम्मदले इस्लामको स्थापना गरे | यी तीनवटा पन्थको स्रोत एकै भएपनि धार्मिकरूपमा एकाआपसमा पानी वारावार छ | मौका मिल्यो कि यी एकअर्को विरुद्ध जाइलाग्ने गर्छन् | आफ्नो स्थापना देखि नै धर्मका नाममा यी धर्मयुद्ध लडिरहेका छन् | यिनको यो ‘धार्मिक लडाईमा परेर संसारका हजारौं संस्कृति, आस्था र विविधता हमेशाका लागि लोप भए | असंख्य मानववंशको विनाश भयो | आज पनि यी प्राविधिक रूपमा एकआपसमामा युद्धरत नै छन् |

४. आजको विश्व यहुदी, इसाई र मुस्लिमहरूको आपसी लडाईका कारण संकटग्रत छ | पश्चिमा इसाईहरूले मुस्लिमदेशहरूलाई तारो बनाएर आफ्नो अभीष्ट पूरागरिरहेका छन् | युगोस्लाभिया, नाइजेरिया, इन्डोनेसिया, भारतका नागाल्याण्ड, मिजोरम आदिमा क्रिश्चियनहरूको अहंको जगजगी छ भने अव शान्त. समावेशी र सहअस्तित्वको हजारौं वर्ष लामो इतिहास भएको सनातन हिन्दू धर्मको जन्मथलो नेपाल यिनीहरूको टारगेटमा परेको छ | नेपालको जैविक र साँस्कृतिक आस्थालाई नष्ट गर्न इसाई-मुसाईहरू एक भएका छन् |

५. इसाई र मुस्लिमहरूको दूईहजार वर्ष पुरानो इतिहास पल्टाउने हो भने यिनको मानवता विरोधी कृत्यले आधुनिक संसारलाई लज्जित पार्छ | मिश्री, इराकी, पर्सियन, मोरक्को, इन्का, माया तथा प्राचीन ग्रीकेली संस्कृतिहरूलाई यी अतिवादीहरूले सदैवका लागि समाप्त पारेका छन् | यिनको एकलकाटे चिन्तनको आगोले भष्म बनाएको छ | चर्चहरूका अत्याचारले जलेका युरोपियनहरू नास्तिक वन्दैछन् |

६. एउटा किताव (बाइबल/कुरान), एउटा धर्म (इसाई वा इस्लाम) एउटा पूजास्थल (चर्च वा मस्जिद) एउटा मानव संस्कृति (मुस्लिम वा इसाई)को उपदेश दिने पक्षपाती र आफ्नो विरुद्धमा सानोतिनो निन्दा पनि सहन नसक्ने असहिष्णु परमेश्वर (गड वा अल्लाह)का अनुयायीहरूले नेपालमा प्रवेश गरिसकेपछि नेपालको विविधतापूर्ण संस्कृति जीवित रहन सक्ला भनेर आश गर्नु पर्दैन | यी दुवै समुदायहरूले नष्ट गरेका मन्दिर, सभ्यता, साँस्कृतिक समुदायको ठूलो संख्या छ | यी एकलकाटेहरूले मूर्तिपुजालाई सहन्नन् | दशैतिहारको बहिस्कार गर्छन् | अर्काको धार्मिक, आध्यात्मिक तथा सामाजिक स्थलहरूलाई नष्ट गर्दा ‘ठूलोपुण्य’ हुने ठान्छन् | नेपाली धर्म र संस्कृतिका लागि यी अवान्छित र आक्रमणकारी पाहुना हुन् |

७. हिन्दू जागरण नेपालको गठन नेपाली जनतालाई स्वधर्म र संस्कृतिको रक्षा र सम्वर्धनप्रति जागरुक बनाउन भएको हो | यो कुनै धर्म, व्यक्ति वा संस्थाको विरुद्ध छैन | हरेक मान्छेले स्वेच्छापूर्वक आस्था मान्न पाउने व्यबस्थाको सम्मान गर्छ | तर नेपालीको प्राचीन धर्म, संस्कृति र आस्था-विश्वासलाई प्रायोजितरूपमा नष्ट गर्ने/गराउनेहरूप्रति तटस्थ रहन सकिन्न | स्वधर्म र स्वसंस्कृति मास्नेहरूको सड्यन्त्र र मिचाई सहनु भनेको ‘आत्महत्या गर्नु’ हो |

८. हामीले बुझ्नुपर्छ, सबैभन्दा धार्मिक रूपमा कट्टरपन्थी मुस्लिम र इसाई समुदाय धर्मनिरपेक्षताको पक्षमा उभिएको छ, किन ? अहिले नेपालका लागि सबैभन्दा धर्मनिरपेक्षताको वकालत गर्नेहरूमा पहिलो इसाई समुदाय छ, त्यसपछि मुस्लिम र अनि, तिनको देखासिकी गर्दै बौद्ध र किरातीहरू पनि हिन्दू विरुद्ध लागि परेका छन् | किराती र बौद्धहरू धर्मपरिवर्तनको चक्रबाट सबैभन्दा पिडित छन् | हिमाली भेकका गाउँका गाउँ इसाई बनेर विभत्स भएका छन् | आदिवासी-जनजाति र दलितहरू पनि धर्मपरिवर्तनकारी तारो बनेका छन् | यिनै समूहको हितका लागि उठेको नेतृत्व वर्ग आस्था परिवर्तनका विषयमा आश्चर्यजनक रूपमा ‘तै-चुप मै चुप’ छन् | यसरी धर्मपरिवर्तनकारीहरूले नेपाली-नेपाली बीच फूट पार्न सफल भएका छन् |

९. वि. स. २०४६ को राजनैतिक परिवर्तनपछि स्व. कृष्णप्रसाद भट्टराईको नेतृत्वमा सरकार गठित भयो र यस सरकारले नौं महिनामा ‘संबैधानिक राजतन्त्रात्मक हिन्दूराष्ट्र’कोसंविधानजारिगर्यो| विदेशीको न्यूनतम हस्तक्षेपमा लेखिएको नेपालको यो पहिलो संविधान थियो जसले धार्मिकस्वतन्त्रताको पनि ग्यारेन्टी दिएको थियो | धर्म, जातजाति र वर्ण’का आधारमा भेदभाव कुनै पनि प्रकारको भेदभाव गर्न नपाइने बचन संविधानले जनतालाई दिएको थियो |

१०. वि.स. २०५३ देखि माओवादीहरूले जनयुद्ध घोषणा गरे | जनयुद्धको पहिलो चरणमा तिनले जुवातास, रक्सी तथा शोषणका विरुद्ध उठाएको कदमलाई जनताले सकारात्मक रूपमा लिए | फलत: जनाधार बढ्दै गयो र तिनको हिंसात्मक क्रियाकलापमा पनि वृद्धि भयो |

११. वि.स. २०५७ पछिकोमाओवादी आन्दोलनले वर्गीय मुक्तिको साटो जातीय र क्षेत्रीयतालाई अवलम्वन गर्यो | फलत: जातीयताका आधारमा वर्गीय-संगठनको विस्तार भयो | नेपालको समस्त राजनैतिक आकाश: बाहुनक्षेत्री भर्सेज मंगोलियन, किराती, बुद्धिस्ट भर्सेज हिन्दूका रूपमा विभाजित हुनपुग्यो|

१२. माओवादीआन्दोलनका हर्ताकर्ताले २०५६ साल देखि गोरखाका बाहुन मुक्तिनाथ अधिकारीको हत्या गरेर हिन्दू-धर्म र संस्कृतिलाई तारो बनाउन आरम्भ गरे | त्यसपछि, तीजमा रोक लगाउने, गुरुकुलहरूमा आक्रमण गर्ने, हिन्दूमन्दिर र तिनको जायजेथामा कब्जा गरे र यहाँसम्म कि अशक्त बृद्ध विधुवाहरूलाई समेत‘गाईको मासु’ कोचाउने काम गरे |

१३. माओवादीहरूले धर्म र धार्मिकता विरुद्ध आफ्नो हिंसात्मक गतिविधिलाई निरन्तरता दिंदा २०५३-२०६३ सम्मको दशवर्षे युद्धकालमा एउटा पनि गुम्वा, मस्जिद वा चर्चलाई नोक्सान पुर्याएको कुनै उदाहरण छैन | संस्कृत विश्वविद्यालयमा आगो लगाएको. मन्दिरका मूर्तिहरू तोडेको, बलजफ्ती बटुकहरूको टुप्पी काटेका असंख्य उदहारणहरू छन् |

१४. वि. स. २०४७ को संविधानले प्रदान गरेको अधिकारको प्रयोग २०४८ पछि गर्दै विश्वभरीका इसाई-मिसनरिजहरू नेपालमा क्रियाशील भए |नेपालसरकारको तथ्यांकअनुसार वि.स. २०४६सालमा लगभग८० हजारको हाराहारीमा रहेको क्रिश्चियन जनसंख्या २०६३ सालमा २ लाख नब्बेहजार नाग्यो | यो बढेर २०६८ को जनगणनामा ४ लाख ८७ हजार भयो | मानवाधिकार आयोगका पूर्व सदस्य तथा इसाईअगुवा डा. के.बी. रोकायाका मतमा नेपालमा इसाईहरूको संख्या लगभग २५ लाख हुनुपर्छ !!!

१५. कथित जनयुद्धमा हिन्दू धर्म र संस्कृतिउपर प्रसस्त आक्रमण भए तर देशभरी धर्मपरिवर्तनको जालो फिजाइरहेका इसाइप्रति कुनै आक्रमण भएन | शान्ति सम्झौतापछि बरूगिरिजाप्रसादको सरकारमा सामेल हुँदा उसले आफ्नोप्रतिनिधित्व गर्न चारजना इसाईहरूलाई संविधान सभामा पठायो | यस वीच एमाओवादी नेतृत्वले धेरै पटक नोर्वे लगायतका देशहरूको भ्रमण गर्यो|

१६. वि.स. २०६३को चुनावमा बहुमत प्राप्त गरेपछिको पहिलो संविधान सभाको पहिलो बैठकले राजतन्त्र फल्नुका साथै हठात् देशलाई ‘धर्मनिरपेक्षता’को ट्याग भिराईदियो | जुन केही बामपन्थी बामपन्थीहरूको राजनैतिक मांगको अंश थियो, सम्पूर्ण नेपाली जनताको थिएन |

१७. नेपाल धर्मनिरपेक्ष राष्ट्र भएपछि धर्मपरिवर्तनकारी शक्तिहरू नाइटोको बल लगाएर धर्मपरिवर्तन गराउने काममा सक्रिय भए |एमाले नेता तथा पूर्वमन्त्री रघु पन्तका शब्दमा ‘बाइबल हातमा लिएर गाउँगाउँ पस्ने पादरीहरूले पछि तलवार लिएर पश्चिमाहरूलाई बोलाउने पुरानै चलन हो |’ आजका युगमा यिनले मानवाधिकार र डलरको बिटो बोकेर हिमाल, पहाड र तराईमा पसेका छन् | मिलेर बसेका नेपाली जातिहरूलाई जात र धर्मका नाममा उरालेर लडाउने षड्यन्त्र गरिरहेको छन् | बेलायती राजदूतको पछिल्लो भनाइ यसै षड्यन्त्रको खुला बहस हो भने युरोपेली राजदूतहरूले विखण्डनवादी सी.के.राउतलाई चितवनमा भेटेको यसको परिणाम हो | हिटलरको जातिवादी विचारका कारण दूईपटकसम्म विश्वयुद्धको अपजस बोकेको जर्मनले यिनको ‘षड्यन्त्र’लाई साथ दिएन |

१८. नेपाली जातिहरू मिलेर बसेको कमसेकम २५ सय वर्ष पुरानो इतिहास छ | युरोपेलीहरूको आर्थिक-सहयोगमा डा. कृष्णबहादुर भट्टचन, डा. चैतन्य सुब्बा तथा डा. गणेश गुरुङहरूको नेतृत्वमा २०६८मा धरानमा आदिवासी-जनजातीको सम्मेलनले देशको ८२% जनसंख्या ओगट्ने हिन्दूहरू विरुद्ध घोषणापत्रजारिगर्यो, जसमा हिन्दू धर्म, संस्कृति, चालचलनलाई अनैतिक, गैरकानुनी तथा विभेदकारी भन्दै बन्देज लगाउने मांग गर्यो | आयोजक मध्ये अधिकांश एमओवादी समर्थक हुन् र इसाई पनि |

१९. नेपालको हिमाली भागमा बौद्धहरू बढी छन् | पहाडर तराईमा हिन्दूहरूको बसोवास बढी छ | राई-लिम्वु, गुरुङ-मगर, थारू र मधेशीलाई एकाआपसमा उरालेर जातजाति र जातिको कित्ताकाट गर्ने काम युरोपेली ‘सल्लाहकार’हरूको तजविज अनुसार भएको हो | नाकका आधारमा पुर्खेउली धर्म मान्नु पर्ने विखण्डनकारी अवधारणा जन्माउने पनि युरोपेली हुन् भने त्यसका संवाहक एमाओवादी, आदिवासी-जनजाति र जातीयता भित्र घुसपैठ बनाउन सफल भएका इसाईहरू हुन् |

२०. सङ्घीयता, धर्मनिरपेक्षता, समानता र स्वतन्त्रता त यिनका बाहिरी आवरण हुन् | सङ्घीयताको विरुद्ध बलियो रूपमा कुनै पनि नेपाली प्रस्तुत भएका छैनन् | समानता र स्वत्रन्त्रता सबै नेपालीहरूको न्यूनतम चाहना हो | नेपालीहरूले धर्मनिरपेक्षताको विरोध नगरेर धर्मनिरपेक्षताका नाममा धर्मपरिवर्तनको व्यापारको विरोध गरिरहेका छन् | हिन्दूहरूले आफ्नो पहिचानको कुरा गर्दा हिन्दूहरूलाई ‘दोस्रोदर्जा’को नागरिक ठान्ने, विदेशी आक्रमणकारीको बिल्ला भिराउनेहरूको विरोध गरिरहेका छन् |

२१. धर्मपरिवर्तन गराएर आफ्नै धर्म र संस्कृतिलाई ‘शैतान, पापर अधर्म’ भन्न सिकाउनेहरू विरुद्ध हिन्दूहरू आन्दोलित भैरहेका छन् | बहुलवादी सांस्कृतिक नेपाली समाजलाई बाइबल र कुरानको एकलकाटे संस्कृति भिराएर नेपाली संस्कृति मास्न तम्तयारहरू विरुद्ध आवाज उठाइरहेका छन् | सोझासाझा नेपाली जनतालाई चर्चमा बोलाउने, बाइबलका कितावहरू बाड्ने तर आफु कहिल्यै मन्दिर वा गुम्वामा नजाने, आफ्ना अनुयायीलाई गीता त्रिपिटक पढ्नुलाई ‘शैतानको भक्ति र अधर्म हो’ भनेर सिकाउने विरुद्ध हिन्दू-जागरणको आन्दोलन हो | आफ्नो अस्तित्व जोगाउने, आफ्नो संस्कृति जोगाउने, नेपालको प्राकृतिक समावेशीपनको रक्षा गर्ने र गर्न प्रेरित गर्ने आन्दोलन नै हिन्दू जागरण अभियान हो |

२२. हामीलाई सनातन हिन्दू धर्मी र नेपाली भएकोमा गौरव छ | नेपाल सनातन हिन्दू धर्म र संस्कृतिको मूल थलो हो | दमौलीमा वेदब्यासले अठार पुराण र महाभारतको रचना गरे | कपिलवस्तुमा कपिलले सांख्यदर्शनको रचना गरे | राजर्षी भरतले गण्डकीको तटमा तपस्या गरेर भारत बनाए | महर्षि विश्वमित्रले कोशीको तटमा गायत्रीको साक्षात्कार गरे | पर्वतको जिमिरेघाटमा जैमिनीले बैशेषिक दर्शनको सृजना गरे | जनकपुरका याग्यबल्क्यले उपनिषद्हरू लेखे | जनकपुरमै बशिष्टले योगबाषिस्ठ लेखे| ने-ऋषिले नेपाल बनाए | वेदका ऋचाहरूको पहिलो साक्षात्कार नेपाली आमाका सन्तानले गरेका हुन् | यी सबै हाम्रो गौरव हुन् | हाम्रो पहिचान हुन् | हाम्रो अधिकार हुन् | यी हाम्रा प्राण हुन् | यी सबै नभए नेपाल ‘विधवा’ हुन्छिन् |

२३. हिन्दू जागरण नेपाल नेपालीहरूको साझा आवाज हो | धार्मिक सुरक्षाको चिन्ता हो | धर्म रक्षाको चेतना हो | सनातन धर्मप्रतिको प्रेम हो | विश्वमा फैलिएर रहेका हिन्दूहरूप्रतिको अनुराग हो | नेपालमा हिन्दूहरू जाग्न आवश्यक छ किनभने अव जाग्ने बेला भएको छ | विधर्मीहरू हाम्रो भन्सामा पसेर, भान्साको अगुल्ठो निकालेर घरमा आगो लगाइदिदै छन् | राजनैतिक नेतृत्व नेपालीहरूको घर जलिरहंदा ताली बजाइरहेका छन् | धेरै हिन्दूहरू ‘अर्थ न् वर्थ गोविन्द गाई’ भने झैँ कुरा नै नबुझी राजनैतिक नेतृत्वका वरिपरी झुम्मिएका छन् | आफ्नो धर्म, संस्कृति र सभ्यता बलात्कृत भएको हेरिरहेका छन् | केही यो देखेर रमाइरहेका छन् | केही अचम्भित छन् | केही किम्कर्तब्य विमूढ़ भएर हेरिरहेका छन् | थोरैमात्रले प्रतिकारको आँट गरिरहेका छन् | हिन्दू जागरण नेपाल – यही सानो प्रयास हो | अथक निरन्तरता हो |

२४. हिन्दू जागरण नेपाल संग धर्म र संस्कृतिको बलियो आड बाहेक केही छैन | सुभेच्छुहरूको आत्मीयता बाहेक केही छैन | हिन्दूहरूका सामु डलरका बिटा बोकेका अजंग शत्रुहरू छन् | यिनके मानवाधिकारको ढाल भिरेका छन् | युरोपेलीहरूको कपट र शक्ति बोकेका छन् | हिन्दू जागरण नेपाल – यी सबैको साझा शत्रु बनेको छ | उनीहरू हिन्दू-नेपाललाई निल्न चाहन्छन् | नेता, जनता किनेर भए पनि हिन्दू-नेपाललाई आफ्नो दास बनाउन चाहन्छन् | साम, दाम, दण्ड र भेद यी सबै प्रयोग गर्ने खुवी उसमा छ | नेपाली-नेपालीहरू बीच द्वन्द मच्चाउने उसंग औकात छ | तर हिन्दू-नेपालसंग उसको सनातन परिचय र अनन्त आस्थाको बलियो जग छ | नेपाल र नेपालीलाई जोगाउन हिन्दू जागरण चाहिन्छ | यो नेपाली सबैको पहिला प्राथमिता हो | हाम्री सबैको आत्मविश्वास हो |

२५. आफ्नो धर्मलाई माया गर्नेहरू हिन्दू जागरणसंग आवद्ध होऊ | नेपालका रैथाने संस्कृतिको माया गर्नेहरू हिन्दू जागरणसंग जूट | नेपालको प्राकृतिक एकता जोगिएको हेर्न चाहनेहरू हिन्दू जागरण अभियानमा लाग | बुद्ध, पशुपति, बूढा सुब्बा, साकेला, दशैँतिहारलाई माया गर्नेहरू हिन्दूजागरणमा आवद्ध होऊ | उनीहरू हारे भने उनीहरू आफ्नो देशमा फर्किने छन् तर हामी हार्यौं भने हामीले आफ्नो धर्म, संस्कृति, सभ्यता, वासस्थान सबै कुरा गुमाउने छौँ | हामीसंग जोगाउनु पर्ने धेरै कुरा छन् | त्यसैले हामीले अव बोल्नै पर्छ ‘हामी सबै मिलेर बसौं, संगै भोजन गरौँ, संगै मिलेर प्रगति गरौँ | हामीसंग कसैको पनि शत्रुता नहोस् |’
डा.गोविन्द पराजुली

1 comment:

  1. किन आवश्यक पर्यो हिन्दु जागरणमा आबद्ध हुन ?
    इशाइ, मुसलमान र नास्तिक कम्युनिस्ट हरुले संसार पुरा कब्जा गर्न लागि सके, संसारमा जहाँ पनि यिनिहरुकै बोलबाला छ। हिन्दूहरु को बिचार धारालाई क्वाप्लाक्क खाने र पचाउने कार्य हुँदैछ। कुनै बेला हिन्दूकुश देखी बाली सम्म हिन्दू राज्यहरु फैलिएको थियो। आज त्यो नेपाल र १९४७ मा बनेको भारत देशमा सिमित छ। भारतमा पनि गौ हत्या हुन्छ, गाई पाल्नेलाई कर तर गौ बधशालालाई सहुलियत दियिन्छ, त्यसैले त्यो पनि सच्चा हिन्दूदेश रहेन। आखिरमा हिन्दू भनेको के हो?
    आयोध्यामा राम मन्दिर तोडेर मस्जिद बनायियो, मथुरामा कृष्ण मन्दिर माथि मस्जिद बनाइयो, काशी विश्वनाथमा पनि मस्जिद खडा गरियो, अफ्घानिस्तानमा बुद्धको मुर्ती तोडिएको सबैलाई थाहा छदै छ, काश्मिरमा मन्दिर तोड्ने कार्य जारी छ। सिन्धु नदी, जुन नदिबाट हिन्दू पहिचान जन्मियो, त्यस नदिका किनारमा पछील्लो एक हजार बर्षको प्रयास पस्चात आज हिन्दू सभ्यताको नामो निशान मेटिएको छ, यो किन हुँदै छ?
    आज संसारमा असली हिन्दूस्थान भनेको केवल नेपाल रहिआएको छ। आफ्घानिस्तान, बाङ्लादेश, पाकिस्तान, इन्डोनेसिया, मलेसिया पहिला हिन्दू थिए तर अहिले मुसलमानी भईसकेका छन, यस्तो प्रिष्ठभूमीमा नेपालमा जसरी अहिले चार(इशाइ, मुसलमानी, मार्क्स्बादी, घर छाडेका हिन्दू) तिरबाट हिन्दूत्व माथि प्रहार भईरहेको छ के, यदी यस्तै रहने हो भने 'असली हिन्दूस्थान' नेपालबाट हिन्दूत्व हराउन कती समय लाग्छ र? हिन्दूत्व के हो भनेर नबुझ्ने, हिन्दू ईतिहास नबुझ्ने हो भने अबको केही पुस्ता भित्रैमा नेपालबाट हिन्दू मासिनेछन, अनी के हाम्रा सन्तानहरुले म्लेक्षले लेखिदिएको ईतिहास र व्याख्या गरेको धर्म पढ्नु पर्ने? त्यो त हुनु भएन। त्यसैले हिन्दूतो बुझ्नको लागि, हिन्दूत्वको रक्षा गर्नको लागि, शास्त्रको रक्षाको लागि मानसिक या भौतिक रूपमा हिन्दू जागरणमा आबद्ध हुन आवश्यक छ।
    किन हिन्दुत्व को संगठन को आवश्यक छ ?
    हिन्दूत्वको रक्षा गर्नु पर्ने आवश्यकता भएको र संगठन बाटनै रक्षा शक्ती मिल्ने भएकोले हिन्दुत्व को संगठन को आवश्यक छ।

    ReplyDelete

लोग्नेस्वास्नी र सम्बोधन

लोग्नेस्वास्नी र सम्बोधन फरक संस्कृति , परम्परा र भाषाका अनुसार लोग्नेस्वास्नी विच एकआपसमा सम्वाद गर्ने चलन हुन्छ | मांगी विवाह होस् वा प्रे...