Monday, February 23, 2015

१४ फरवरीको (Valentine)मा के गर्ने

पश्चिमा संस्कृतिको अनुसरण गर्ने जमात क्रमशः बढ्दो छ | नेपालका मिडियाहरूले १४ फरवरीलाई लक्षित गरेर 'सेक्स' पस्कदै छन् | स्कुले टिनेजरहरूलाई प्रेम-प्रस्ताव कसरी राख्ने, यस दिन डेटिङमा कसरी जाने, पहिलोपटक 'आइ लभ यु' कसरी भन्ने ? जस्ता वकवासहरू युवाहरूमा पस्किरहेका छन् | १४ फरवरी नजिकिंदै जाँदा मानौं मिडियाहरू 'प्रेम (सेक्स) पस्कने संयन्त्र बनेका छन् !!

नेपालको युवापुस्तालाई दिग्भामित गर्ने यी मिडियाहरूमा लगाम लगाउने निकाय छैन | विचरा नया पुस्ताले मिडियाको भ्रममा परेर एकापसमामा शारीरिक सम्वन्ध वनाउने कुरालाई प्रेम ठान्छन् | विवाहित जोडीको लागि मेरो भन्नु केही छैन तर मिडिया चलाउने 'अर्थलोलुप'हरूले के आफ्ना छोराछोरीलाई पनि valentine day का दिन 'dating' को स्वीकृति देलान् ? जवाफ देऊ | होइन भने, सर्वसाधारणका बालबालिकाहरूलाई विदेशी संस्कृतिले पस्कने सेक्सको खाडलमा जाकिने प्रेरित गर्ने 'valentine day'लाई प्रेम दिवसका रूपमा संदेश दिएर दिग्भ्रमित बनाउने काम तुरुन्त वन्द गर |

यो Valentine नेपाली संस्कृतिलाई नाश पार्न विदेशी र तिनका मतियारहरूले नेपालीहरूमा थोपरेको सुनौलो धोका हो | हामीले यसको विरोध गर्नुपर्छ | खासगरी यो दिन अभिभावकहरूले टिनेजर छोराछोरीहरूको ब्यबहारिक जीवनका वारेमा ध्यान पुर्याउने दिन हो | पाश्चात्य संस्कृतिमा रम्न थालेको नया पुस्ता र नेपाली सांस्कृतिक परिवेशलाई मान्नु पर्ने अडान भएको माध्यम पुस्ता बीचको द्वन्द 'भेलान्ताइन डे'ले चर्काउने गर्छ | पाश्चात्य संस्कृतिमा प्रेम प्रदर्शनको अर्थ निसन्देह 'सेक्स गर्नु' हो र त्यहाँका धेरै किशोर-किशोरीहरूले भेलान्ताइन अवसर पारेर प्रथम समागम गर्ने अनुसन्धानहरूले प्रस्ट पारेका छन् |

मेरो व्यक्तिगत विचारमा नेपाली सभ्यतासंग यस दिवसको कुनै मेल छैन तर पनि अरूको स्वत्रन्त्रतामाका विषयमा बोल्नु उचित नहोला | मेरो भन्नु : अभिभावकहरूले यस दिन आफ्ना टिनेजर सन्तानको 'प्रेमजन्य' ब्यबहारमा ध्यान दिनुपर्छ | सीनेमा, नेट , सेक्स पस्कने मिडिया र सेक्स-एजुकेशनको चहुतर्फी 'सेक्स-मार्केटिङ'का कारण भ्रममा परेका हाम्रा किशोर-किशोरीहरूले भावनामा वगेर प्रेमको गलत प्रयोग गर्न सक्छन् !!!

के गर्ने :
१. १४ फरवरीलाई प्रेम दिवस भनेर युवाजमातलाई भ्रमित गर्ने मिडियाहरूलाई सचेत गर्न तिनका संचालकलाई भेटेर ज्ञापन पत्र दिउँ |
२. आफ्ना टिनेजर छोराछोरीलाई Valentine day लाई प्रेम-दिवसका रूपमा नबुझ्न र नमान्न आग्रह गरौ |
३. आफ्नो टोल वा छिमेकमा माथिको विषय छापेर वा लेखेर विद्यालय, सिनेमाघर वा अन्य सार्वजनिक ठाउँमा सबैले देख्ने गरी टाँस गरौ |
४. तपाईको छिमेकमा कुनै होटल, रेस्टुरेन्ट, रिसोर्ट वा पार्क छन् भने त्यहाँ आउने 'लभवर्ड' विवाहित हुन् भन्ने सुनिश्चित गरौ | यिनका मालिकहरूलाई 'टिनेजर'हरूलाई कोठा नदिन चेतावनी दिउँ |
५. यस दिन टिनेजरहरूलाई रुम भाडामा दिने होटल वा रिसोर्टहरूमा नजर राखौं र र त्यस वारे प्रहरीलाई जानकारी दिउँ |

हाम्रा छोराछोरीले चित्रको नियति भोग्न नपरोस् | सबैको कल्याण होस् |


No comments:

Post a Comment

लोग्नेस्वास्नी र सम्बोधन

लोग्नेस्वास्नी र सम्बोधन फरक संस्कृति , परम्परा र भाषाका अनुसार लोग्नेस्वास्नी विच एकआपसमा सम्वाद गर्ने चलन हुन्छ | मांगी विवाह होस् वा प्रे...