क्लैब्यम् मास्मगम पार्थ : तिमीलेआफैलाई ‘निरीह छु’ भन्ने नठान |
श्रीकृष्णले गीताउपदेशको
आरम्भ नै मानसिक दूर्वालताले मानिसलाई‘कमजोर’ तुल्याउँछ भन्ने कुराबाट सुरू गरे |
अर्जुनले आफ्नो निरीहता प्रदर्शित गरिरहेको थियो | उसको मनले ‘आफन्तलाई मार्नु पाप
हो’भनेर बुझेको थियो | युद्धको मैदानमा हतियार लिएर लड्न आएको योद्धाका उपरोक्त वचनप्रति श्रीकृष्ण विस्मित बनेका थिए |
हामी नेपाली हिन्दूहरू
पनि अर्जुनकै परिवेशमा छौँ | हामीलाई लाग्छ, वर्तमान नेपाली नेतृत्वले अपनाएका ‘नीति’हरूले
देशको कल्याण हुनेछ | धर्मनिरपेक्षताले ‘नेपाली जनतालाई गरिवी, अशिक्षा, बेरोजगारीबाट
मुक्त गर्नेछ| नेपालीहरू सुखी हुनेछन् | २०४७ को परिवर्तनपछि नेपाल अघोषित र घोषित
दूबैरूपले धर्मनिरपेक्ष अनिरह्यो र छ | ‘धर्म-निरपेक्षता’को संजीवनीबाट नेपालले
कुनै परिवर्तन दिएन सिवाय हीनताबोध, दासतावोधबाहेक| दासतावोधको यो निरासापन
‘खुर्सिद’ले द्वारका होटलमा पूरा गर्यो |
नेपाली हिन्दूहरू
दासताको‘नेपाली नेता-चिन्तन’चिन्तनबाट उन्मुक्त हुनैपर्छ | भारत नेपालीहरूको असल
मित्र वा खराव शत्रु होइन| हाम्रो निरीहपन नै हाम्रो शत्रु हो जसले सबैभन्दा
भ्रामक (धर्म-निरपेक्षतावादी चिन्तन) नेतृत्वलाई आफ्नो हितैषी ठानेको छ | हामी
नेपालीहरूले आफ्नो नेतृत्व आफैले स्वीकार गर्नुपर्छ| निश्चयनै नेपालीपनको गौरव
हिन्दुत्वमा छ भने निरीहता धर्मनिरपेक्षतावादी चिन्तनमा | धर्मनिरपेक्षतावादी
चिन्तनमा प्रहार नगरी नेपालीपनको गौरव स्थापित हुँदैन | त्यसैले वर्तमान प्रायोजित
धर्मनिरपेक्षता नीतिप्रति असहमति जनाउने ‘स्वर प्रखर गरौँ| आफ्नो धर्म, संस्कृति र
चिन्तन जोगाउनका लागि नेतृत्व आफैले गरौँ | आज नेपालीको मांग : नेपाली हिन्दूहरू
आफ्नो नेतृत्व गर्न आफै लाग |
नेपाली पाठ्य पुस्तकहरूमा समेटिएकासमग्र धार्मिक-शिक्षामा
८१.३% विषयबस्तु हिन्दुत्वका बारेमा समेटिएको शिक्षा नीति बनाऊ |
हामी नेपालीहरू
‘सिखंडी’ छैनौ तर हाम्रो शैक्षिक नेतृत्व निश्चय नै राजनैतिक रूपमा ‘सिखंडी’
बनाइएका पात्रबाट भएको छ | आज नेपालका सातआठबटा विश्वविद्यालयले र निम्नतहको
शिक्षा प्रदान गर्ने निकायहरूमा ‘हिन्दूत्वको गौरव’ बारे पठनपाठन गर्न प्रतिवन्ध
लगाइएको छ| एउटा धर्म-प्राण देश नेपालको नागरिक सन्तानलाई ‘धर्मनिरपेक्षता’को
आयातित र अर्थ-बिहिनचिन्तन सिकाउने प्रयत्न गरिंदै छ | यदि धर्म-निरपेक्ष शिक्षाको
अर्थ सबै धर्महरूका बारेमा बालबालिकालाई‘जानकारी दिनु’ हो भने म ‘शैक्षिक सिखंडी’
चुनौती दिन चाहन्छु कि पाठ्यपुस्तकमा ‘हिन्दूत्व’ले ८१.३% स्थान ओगट्नेगरि धार्मिकशिक्षादिने ब्यबस्था गर | समग्र धार्मिक
नीतिमा ८१.३% हिन्दुत्व, ७% बौद्ध, ३.६ मुस्लिम३% क्रिस्चियानिटीका बारेमा लेखिएका
पाठ्यपुस्तकहरू बिद्यार्थीलाई दिने ब्यबस्था गर |
No comments:
Post a Comment