Thursday, February 26, 2015

धर्मपरिवर्तन विरुद्ध मुख खोल्नै पर्छ

समयले कसैलाई पर्खिदैन | सन् १९५० मा नेपालमा ९२% हिन्दू, ४% बौद्ध, २% मुस्लिम र बाँकी अन्य धर्मावलम्बीहरू निवास गर्थे | आज सन् २०१३ मा हिन्दूहरू घटेर ८१.३% मा झरेका छन् | क्रिश्चियनहरू बढेर ८०० जनाबाट ११ लाखका हाराहारीमामा पुगेका छन् | सबैभन्दा दूर्भाग्यको कुरा के हो भने पहिलो नेपाली क्रिश्चियन जनजाती समुदायका (नेवार) समुदायका मानिस थिए भने अहिले आफ्नो मूलधर्म (हिन्दु, बौद्धवा किराती) छोडेर क्रिश्चियन बन्नेहरू पनि आदिवासी-जनजाती समुदायका मानिसहरू नै छन् | धर्म-परिवर्तन गर्ने नेपाली समुदायको तुलनात्मक अध्ययन गर्ने हो भने किराती र बौद्ध धर्म मान्नेहरू सबैभन्दा बढी क्रिश्चियन बनेका छन् | उच्चहिमाली भेकका बौद्धहरू, उपत्यकाका नेवारहरू र मध्यपहाडी भेकका किराँती र तामांगहरूले सबैभन्दा बढी धर्म परिवर्तन गरेको तथ्यांक क्रिश्चियनहरूले नै सार्वजनिक गरेका छन् |

अचम्मको कुरा त के भने आफ्नो धार्मिक र जातीय पहिचानको लागि राजनीति गरि-टोपल्नेयी जातजातिका नेताहरूले धर्मपरिवर्तनका वारेमा चू-सम्म गरेको देखिन्न | तीसबैलेहिन्दूहरूलाई सत्तेसराप गर्नुमा नै आफ्नो गौरव ठानेका छन् | ‘जातजाति र संस्कृतिको रक्षा गर्छु’ भनेर जनतालाई ‘जातीयताको’ राजनीतिमा होम्ने नेतृत्वले आफ्ना समुदायले धर्मपरिवर्तन गरेको देखा पर्दैन | धर्म परिवर्तनकारी शक्तिहरू बिरुद्ध एक शब्द पनि बोल्दैनन्, किन? कारण स्पस्ट छ : यिनलाई ‘नेता’ बन्नका लागि ‘पैसा’ पेल्नेक्रिश्चियन-मिशनरिजहुन् | असलमा, यी नेताहरूको आत्मा क्रिश्चियनको, शरीरजानजाति,आदिवासी वा जातजातिको र बोली मात्र ‘स्वधर्म’को छ | म जातीयताको राजनीति गरेर आफ्ना जनतालाई गुमराह गर्ने नेताहरूलाई चुनौति दिन चाहन्छु : तिमी एकपटकमात्र धर्म-परिवर्तनकारी शक्तिका बिरुध्द बोलेर हेर, अनि बल्ल, तिम्रो कुरा हामीले पत्याउँला!

पूर्वनेपालमा हरेक वर्ष हजारौंहजार राई-लिम्बुहरूलाई आफ्नो मूलधर्मबाटलोभ-लाभको झेलमा परेर क्रिश्चियन बनाइएको छ, राजधानीमाहरेक वर्ष दशौँहजार नेवार र तामांगहरूलाई प्रलोभनमा परेर स्वधर्म त्याग्न बाध्य बनाइएको छ, हिमाली भेकका सीधासाधा ‘बौद्धजनजाति’हरू क्रिश्चियन बनेका छन् | यो धार्मिक अतिक्रमण नेपालका सबैभागमा‘प्लेग’ झैँ फैलिरहेको छ | यस्तो प्लेगबाट‘आदिवासी र जनजातीहरू’नै सर्वाधिक संक्रमित भएका छन् | तर यी तथाकथित जातीयनेताहरूलाई यस्तो ‘प्लेग’ बारेबोल्दैनन् | आफ्नोमूल धर्म र संस्कृति त्यागेर क्रिश्चियन बनेका आफ्ना समुदायको पलायनले यिनको मूटू पोल्दैन| किनभनेहरियो डलरका बीटामा यिनको आत्मा विकिसकेको छ |

राजधानीमा सानदार घर, बैंकमा सातपुस्तालाई पुग्ने ‘रोकडा’ र समय-समयमा विदेशको शयर गर्न पाएपछि किन बोल्ने धर्मपलायन बिरुद्ध ? हामी भन्छौं, तिमीहरू हिन्दू-धर्मलाई गालीगलौज गरका छौं ठीक छ, धर्म-परिवर्तनको मारमा परेका आफ्नै समुदायको हितको लागि वा तिनलाई धर्म-परिवर्तनको हिँसाबाट जोगाउन तिमीहरूले के गरिरहेका छौँ ? हामीलाई थाहा छ : तिमीहरूको छदम ‘धर्म-निरपेक्षता’ आफ्नो धर्म संस्कृतिको संरक्षण गर्न नभई ‘क्रिश्चियनहरूले निर्वाधरूपमा’ नेपालीहरूलाई क्रिश्चियन बनाउन सकून् भन्नेमा रहेको छ | आदिवासीतथा जनजातिको धर्म र संस्कृति संरक्षणको खोल ओढेर सिधासाधा जनतालाई धोका दिने यी नेताहरू आफ्ना मानिसहरूले धर्म त्यागेको, संस्कृति छोडेको देख्न चाहन्छन् | यही नै एकल सत्य हो, यदि होइन भने ‘सबैआदिवासी र जनजातिले’ धर्म परिवर्तन गरिसकेपछि‘कुन् धर्म र संस्कृतिको रक्षा गर्न राजनीति गर्ने छौ, हिक्मत छ भने जवाफ देऊ !! आफ्नो जातीय संस्कृति र पहिचानको माया गर्ने सर्वसाधारण ‘आदिवासी तथा जनजाती’हरूले यी स्वयम्भू नेताहरूको कठालो समातेर ‘धर्म-पलायन गरिरहेका आफ्ना समुदायप्रति किन चासो राक्दैनौ? भनेर सोध्नै पर्छ| होस् गर, बिकेका नेताहरूको भर परेर आफ्नो मूलपहिचान नै सधैसधैका लागि गुमाउन नपरोस् !!

मेरो शरीर बनाउने आमाबुबा ‘बाहुन’ थिए| यो मेरो प्राकृतिक बाध्यता थियो किनभने मैले मेरो लागि पहिले नै देश, जात-जाति वा धर्म निधारित गर्न सक्दैनथें | मैले मेरो परिवेशले सिकाएका कुराहरू सिकें | समाजले मलाई ‘बाहुनको छोरा’ बनायो| मैलेमेरो यो पहिचानलाई चाहेर मेटाउनैसक्दिन किनभने राज्यको कानून र सामाजिक मान्यताले यसै भन्छतर पनि म गौरवका साथ भन्न सक्छु ‘मेरो जात नेपाली हो, मेरो संस्कृति-संस्कार नेपाली हुन् र मेरो पहिचान ‘मानिस’ हो| हिन्दूभएकोमा मलाई गौरव छ किनभने यो नै मेरो राष्ट्रीय पहिचान हो | नेपालका १२५ जातजातिले आफ्नो भाषा, संस्कृतिर धर्ममा गर्व गर्नैपर्छ |

तर १२५ बटा नेपाली धर्म, रितिरिवाज र संस्कृतिका बीचमा ‘क्रिश्चियन’ कहीं पर्दैन|त्यैपनि स्वेच्छाले, बुझेर, सम्झेरर कुनै प्रकारको प्रलोभन बिना ‘कल्याणकारी’ ठानेर धर्म-परिवर्तन गरेकाहरूउपर बन्देज लगाउन मिल्दैन | तर आज जसरी क्रिश्चियन-मिसनरिजहरूले नेपाली संस्कृति र सभ्यताको चीरहरण गरिरहेका छन्, यो कुरा क्रिश्चियनहरूले जति राम्रो अरू कसैले बुझेका छैनन् | मैले मेरो कर्तब्य पूरा गरेको छु किनभने मैले मेरो धर्म-संस्कृतिको चीरहरणहरू बिरुद्ध सशक्त आवाज उठाएको छु | आफुलाई नेपाली मान्ने आदिवासी तथा जनजातिका समूदायले आफ्नो संस्कृति संरक्षणका लागि के मेरो झैं ‘आवाज’ बुलन्द गर्लान् ! म भन्छु, हामी नेपालीहरू हिन्दू वा गैरहिन्दूको, नाक चुच्चे वा थेप्चेको लडाइपछि लड़ौला, पहिले नेपाली बनेर विधर्मी विरुद्ध जाइलागौं !!

हामी नेपालीहरूको पहिचान चर्च वा मस्जिद होइन भन्ने कुरामा ‘इसाई-मुसाई’ पनि सहमत हुन्छन् | नेपालीहरूको पहिचान र आत्मा मन्दिर, गुम्वा अथवा विहारमा अड्केका छन्| एउटा नेपाली भएको नाताले मैले नेपालका हरेक ठाउँमा मन्दिर, गुम्वा, विहारहरू भएको, पूजाआजा गरिएको सहज कल्पनागर्न सक्छु तर हरेक ठाउँमा चर्च वा मस्जिद भएको कल्पना गर्न सक्दिन | यदिहामीजागेनौ भने नेपाल चर्चहरूको देश बन्ने छ |  मलाई मेरो कल्पनाबाट पनि डर लागिरहेको छ| आजका बिकाऊ नेपाली नेता, उच्चपदस्थ सरकारी अधिकारी, दोहोरो चालचलन भएका अवसरवादी ‘नेता’हरू र जातीय पहिचानको कुरा गर्ने तर क्रिश्चियन मिशनरीजबाट ‘सुविधा’ प्राप्त गर्ने ‘उपनेता’हरूसंग आस गर्ने बेला छैन | अव हामी जाग्नुपर्छ तत्कालै जाग्नुपर्छ | उपरोक्त कुराहरू पढ्दै गर्दा, पाठकहरूले मलाई कट्टर हिन्दूका रूपमा बुझेका हुन सक्छन् र क्रिश्चियन विरोधीका रूपमा | तर मेरो क्रिश्चियनहरूसंग कुनै विरोध छैन | नेपाली क्रिश्चियनहरू पनि हाम्रा आफ्नै बन्धु हुन् र तिनलाई गुमराह पारेर क्रिश्चियन बनाइएको हो | हामीले तिनका लागि आफ्नो धर्ममा फर्कन ‘उचित वातावरण’ तयारपार्नुपर्छ |

हामी नेपाली अरूलाई क्षमा गर्न सक्छौं, अरूका संस्कृतिहरूको सम्मान गर्न सक्छौं, आवश्यकता परे चर्च वा मस्जिदमा गएर प्रार्थना पनि गर्न सक्छौ | यो सबै कुरा हिन्दू-संस्कृतिका छायाँका कारण हामीमा विकसित भएको संस्कार हो| यसै संस्कारका कारण विधर्मीहरूसंग पनि सोही प्रकृतिका संस्कार र सम्मानको अपेक्षा हामी गर्छौं | नेपालको‘धर्मनिरपेक्षता’लाई पनि यसै सन्दर्भमा हेरिनु र बुझिनु पर्छ| (तर क्रिश्चियन मिशनरिजहरूको हितमाजनताले माग्दै नमागेको तथाकथित धर्म-निरपेक्षता नेपालीहरूमा लाद्ने कुत्सित कार्य डलरको आडमा भएको हो भन्ने कुरा हामीले कहिल्यै विर्सन सक्दैनौं ) तर यस्तो सहनशीलता क्रिश्चियन वा मुस्लिमहरूसंग अपेक्षा गर्नु गलत हो |

कुनै बखत हिन्दू र बौद्धसमुदायको बहुलता रहेको अफगानिस्तान, पाकिस्तान र भारतको जम्मुकास्मिरमा मुस्लिमहरूको उन्माद र बेल्जियम, केन्या, जिम्मावेजस्ता मुलुकहरूमा क्रिश्चियनहरूले अन्य धर्म र संस्कृतिमाथि गरेका अत्याचारहरूलाई हेरे पुगिहाल्छ | हामीले बुझ्नै पर्ने कुरा के हो भने यी दुवै धर्महरू ‘अल्पमतमा हुँदासम्म धर्म निरपेक्षताको कुरा गर्छन् बहुमत हुँदा साथ अन्य धर्मावलम्बीहरूलाई समूल उखेलेर एकात्मक धार्मिक राज्य ब्यबस्था कायम गर्छन् | बुझ्नुपर्ने यही कुरा हो | अत: बुझौं र स्वधर्म र संस्कृतिको सुरक्षा गर्न लागि परौं | नत्र हाम्रा सन्तानले हाम्रो समावेशी संस्कृतिको स्वाद कहिल्यै चाख्न पाउने छैनन् | मैले आफ्नो कुरालाई श्रीमद्भगवत-गीताको ‘स्वधर्मे निधनं श्रेय परधर्मोभयावह’ अर्थात्अर्काको धर्म, पन्थअपनाउनु भन्दा आफ्नो संस्कृति, धर्म र रीतिरिवाज लागि जीवन त्याग्नु नै उचित हुन्छ |

सर्वाधिकार : डा. गोविन्द पराजुली 

No comments:

Post a Comment

लोग्नेस्वास्नी र सम्बोधन

लोग्नेस्वास्नी र सम्बोधन फरक संस्कृति , परम्परा र भाषाका अनुसार लोग्नेस्वास्नी विच एकआपसमा सम्वाद गर्ने चलन हुन्छ | मांगी विवाह होस् वा प्रे...