Monday, February 23, 2015

निधारमा तिलक किन....

स्नानं दानं तपो होमो देवता पितृकर्म च।तत्सर्वं निष्फलं याति ललाटे तिलकं विना।।
ʹनिधारमा तिलक लगाए बिना गरिएको स्नान, दान, तप, हवन,देवकर्म, पितृकर्म सबैथोक निष्फल हुन्छन् ।ʹ - (ब्रह्मवैवर्त पुराण)

मानिसले कहिलेदेखि निधारमा टीका लगाउन थाले ? यसको वास्तविक उत्तर सम्भवतः कसैसंग होला तर हिन्दू-सामाजिक ब्यबस्थाअन्तर्गत‘तिलक’ लगाउने परम्परा प्राचीनकालदेखि नै चलिआएको प्रमाण उपलब्ध छन् तर समय भने तोक्न सकिन्न | अर्को कुरा, सबै आध्यात्मिक परम्पराहरूलाई ‘भौतिकलाभहानि’का रुपमा बुझ्ने प्रयत्न गरउनु पनि उचित हुँदैन | आध्यात्मिक प्रतीकहरूले‘आत्मिक सन्तोष’ प्रदान गर्छन्, यो सन्तोष नै जीवनमा प्राप्त हुने अमूल्य धन हो | कैलिफोर्नियाका फ्रीमोन्टरोबिटोले नेपाल आउँदा पांचकन्याहरूको हातबाट पहिलोपटक आफ्नो निधारमा टीको लगाए| उनलाई यो अचम्मको परम्परा लाग्यो | अनि, नेपाल भित्र छिरेपछि काठमाडौं उपत्यकाका महिला र पुरुषहरूको निधारमा भेटिने टीकाले प्रभावित तुल्यायो | उनले पनि कुरा नै नबुझी बजारबाट रातो रंग किनेर आफ्नो निधारमा टीको लगाउन थाले | आफ्नो‘रातो टीका’लेमानिसहरू आकर्षित भएको अनुभव गर्नथाले | साथीहरूको संख्या बढ्न थाल्यो | अनिबल्ल, उनलाई‘टीको’बारे अध्ययन गर्नुपर्छ भन्ने लाग्यो र नेपाल, भारतका मन्दिर र गुरूहरूसंग संस्कृतको अध्ययन गरेर तिलकवारे आफ्नो व्यक्तिगत अनुभव र शास्त्रीय प्रमाणहरूलाई ‘टीका’कोमहत्व बुझे | टीकाले रोबिटोलाई हिन्दू बनायो |
संस्कृतसाहित्यका मौलिक कुराहरू कथाशैलीमा लेखिएको हुँदा धेरै मानिसहरू झुकिने गर्छन् तर साँचो मन लिएर जीज्ञासा गर्नेहरूका लागि ती ज्यादै बैज्ञानिक र प्रायोगिक ज्ञानले भरिपूर्ण छन् |आफू हिन्दू बनेको प्रसंग सम्झदैं उनले लेखकसंग भने ‘मजस्तो‘एउटा किताव, एउटा धर्म, एउटा गुरू रएउटा संस्कृति’मा हुर्केको मानिसलाई संस्कृत साहित्यको उदात्तता र उपयोगितालाई बुझ्न गाह्रो हुन्छ | आफुले आँखा खोलेको क्रिश्चियनधर्म र संस्कृतिप्रतिको मोहभित्रअर्काको महानता स्वीकार गर्न सजिलो हुँदैन | हामीसंग धार्मिक विविधतालाई आत्मसात गर्ने आधारशीला नै हुँदैन र आफ्नो संस्कृतिको मोहमा बाँधिएर महान् ज्ञानबाट बंचित हुन्छौं| आजसम्मधेरैजसो पाश्चात्य अध्येताहरूले ‘बाइबल’को आँखाले अन्य धर्महरूको अध्ययन गरे भनौं, अर्काकाअन्य धर्मग्रन्थमा रहेका ‘विरोधाभाषी’ विचारहरू झिकेर ‘वदनाम’ गर्न र ‘बाइबल’को ज्ञान बाँड्न केन्द्रीत भए | हामी यो गल्ति आज पनि गरिरहेका छौं | फलत: बाइबलले नबोलेका कुराहरूमा समेत विश्वास देखिन्छ| नेपाल, भारत लगायतका देशहरूमा हिन्दूबाट क्रिश्चियन बनेका मानिसहरूले निधारमा ‘टीको’ लगाउनुलाई ‘पाप’ भनेको सुने तर मैले ‘बाइबल’मा यस्तो कुरो लेखेको भेट्न सकिन !! मेरो विचारमा क्रिश्चियानिटी र‘टीका’का बीच कुनै प्रकारको वैमनश्यता छैन | ‘निधारमा टीका लगाउन हुँदैन’ भन्ने विचार बाइबलको नभई ‘पोंगापंथी’ गुरूहरूको हुनुपर्छ |’’
हामी हिन्दूहरूको पूजाआजाको आरम्भ होस् अथवा अन्त्य दुबैतिर निधारमा ‘टीका’ लगाउनु अनिवार्य हुन्छ | निधारमा‘टीका’ नलगाई गरेका ‘पुण्यकार्यहरू’ असिद्ध हुन्छन् भन्ने शास्त्रीय मर्यादा रहेको छ | हामीले यहाँ ‘टीका’ रातो, सेतो, खैरो, माटोको, चंदनको, खरानीको वा सिन्दूरको अथवा ऊर्ध्वपुन्ड्र, त्रिपुन्ड्र वा अन्य किसिमको हुनुपर्छ भनेर चर्चा गरिरहेका छैनौं | हिन्दूहरूकाआ-आफ्नोसम्प्रदायअनुसारका हजारौ ‘टीका’ छन् | टीकाको आकार-प्रकारमा समानता नभए पनि ‘टीका’ हरेक हिन्दूको निधारमा हुनुपर्छ भन्ने कुरामा समानता अवश्य छ | यही हिन्दूहरूको एकात्मकता हो | हाम्रो शरीरमा अपार शक्ति भएकासातवटा सूक्ष्म ऊर्जा केन्द्र हुन्छन् भन्ने कुराका प्रमाणहरू प्राचीन संस्कृतका ग्रन्थहरूमा यत्रतत्र भेटिन्छन् | शक्ति केन्द्रहरूलाई ‘चक्र’ भनिएको छ | निधारमा रहेको शक्ति केन्द्रलाई ‘आज्ञा-चक्र’ भनिन्छ| आज्ञा चक्रमा ‘टीको’ लागाइन्छ | हरेक‘चक्र’ इड़ा, पिंगला र सुषुम्ना यी तीनवटा प्रमुख नाडीहरूको मिलनस्थल हुन्छ | शरीरको संचालन यहींबाट हुन्छ भने ध्यानावास्थामा‘मन’लाई पनि निधारको मध्यभाग मै केन्द्रीत गरिन्छ | त्यसै भएर होला, यस ठाउँमा टीका लगाएर‘आज्ञाचक्र’लाई जगाउने प्रयत्न गरिन्छ जसलाई प्राचीन ऋषिमुनीहरूले ‘चिनेर’ एउटा‘चिन्ह’ राखेर स्थायित्व प्रदान गरे | असलमा, टीका‘आज्ञाचक्र’को महत्वका वारेमा जानकारी प्रदान गर्न र एकाग्रताका लागि आज्ञाचक्रको प्रयोग गर्ने प्रक्रिया बुझ्न प्रेरित गर्ने अचुक चिन्ह हो | यसले प्राचीनऋषिमुनीहरूको दूरदर्शीताका सम्वन्धमा जानकारी दिन्छ किनभने तिनले यस्तो महत्वपूर्ण क्रियालाई दैनिकीसंग जोडेर उपयोग गर्ने जग बसाले |
कहिलेकाहीं‘आज्ञाचक्र’मा लगाउने तिलकको सम्वन्ध शिवजीको तृतीय नेत्रसंग जोडेर पनि हेर्ने गरिन्छ | कठिनतम समयमा निर्णय गर्नुछ भने तृतीय-नेत्र चाहिन्छ | तेस्रो आँखा अर्थात् ‘तीक्ष्णबुद्धि’को प्रतिक पनि तिलक नै हो | भनिन्छ, निधारमा तिलक लगाउनेहरूले तिलक नलगाउनेहरूका तुलनामा शान्तिपूर्वक निर्णय गर्न सक्छन् | तिलकधारीहरूमा ‘शान्तरहन सक्ने’ अद्भुत क्षमता हुन्छ | लेखकलाई पनि तिलक लगाएर निर्णय लिंदा सहज भएका अनेकौं अनुभूति छन् | त्यसैले होला, ऋषिमुनीहरूले तिलकलाई कर्मकाण्ड र विधिविधानसंग जोडेर ‘शान्त, सहज र सुझवुझ तवरले’ निर्णय लिने प्राकृतिक अवस्था सृजना गरे| प्राचीन राजाहरूले लडाईंमा जाँदा होस् वा फर्केर आउँदा दुवै अवस्थामा ‘तिलक-धारण’ गर्थे| हामी सबैले एउटा‘हड्वड़े’बलियो मानिसका तुलनामा अर्को ‘शान्त’ बलियो लडाका विजयी हुन्छ भन्ने कुरा स्वीकार गर्नैपर्छ|
हलेदो र चुना मिसाएर बनाएको सिंदुर होस् अथवा रातो धूलोमा रेड ऑक्साइका भागहरू उपस्थित हुन्छन् जुन्, शरीरका लागि लाभदायक हुन्छ| हलेदोले बनेको शुद्ध चंदनको प्रयोगले मुखमंडललाई खुम्चिनबाट जोगाउन मदत गर्छ | भनिन्छ, महिलाहरूले आफ्नो सिउँदोमा टीका धारण गर्दा मस्तिष्क-संबंधी क्रियाहरू नियंत्रित, संतुलित तथा नियमित हुन्छन् एवं मस्तिष्कीय विकार नष्ट पनि मासिन्छन् |तर वर्तमानमाकेमिकल्सबाट निर्मित‘रेडिमेड’टीकाहरू लोकप्रिय भइरहेको अवस्था छ | यी शरीरका लागि हानीकारक छन् | टीकाबाट लाभान्वित हुन त प्राकृतिक रंगहरूकै प्रयोग गर्नु उचित हुन्छ | ललाटमानियमितरूपले तिलक धारण गर्दा मस्तिष्कका रसायनहरू – सेराटोनिन तथा बीटा एंडोर्फिनकोस्राव संतुलित हुन्छ, जसलेमनोभावहरूमा ‘दिक्दारी’ र बाह्यरूपमाटाउको दुखाईलाई रोक्छ | मेधाशक्तिलाईपनि तीव्र बनाउन मदत गर्छ |
सामान्यतया चंदन, कुंकुम, हलेदो, यज्ञको खरानी, गौ-धूलि, तुलसी अथवावर-पीपलको जराको माटो, गोपिचन्दन इत्यादिकोले टीका लगाउने गरिन्छ |असलीचंदन, केशरको तिलक धारण गर्नुले ज्ञानतंतु संयमित तथा सक्रिय रहिरहन्छन् | श्वेत तथा रक्तचंदन भक्तिकाप्रतीक हुन् । इनको प्रयोग भजनानंदी वैष्णवहरूले गरेको पाइन्छ भने केसर एवं गोरोचन ज्ञान तथा वैराग्यकाप्रतीक भएकोले यसको तिलक ज्ञानी, तत्त्वचिंतक रविरक्त चिन्तन भएका मानिसका लागि उपयुक्त ठहरिन्छ | अन्त्यमा, हिन्दू संस्कृतिमा ‘टीका’को कुनै लिंग वा वर्ण छैन | आफ्नो अभिरुची र आवश्यकताअनुसार हरेक मानिसले ‘टीका’ लगाउन सक्छ | सिउँदोमा सिंदुर वा निधारमा ‘टीका’ लगाउने मानिसहरू ‘अन्धविश्वास’मा हुन्छन् भन्ने सोच नै दोषपूर्ण छ | त्यसैले विहान उठेर गरिने क्रियाकलापमा ‘टीका’लाई पनि समावेश गरौँ र आफ्नो ‘हिन्दूत्व’को गौरवलाई निधारमा सजाएर पश्चिमाहरूको ‘अन्धविश्वासी’लाई चुनौती दिउँ |


No comments:

Post a Comment

लोग्नेस्वास्नी र सम्बोधन

लोग्नेस्वास्नी र सम्बोधन फरक संस्कृति , परम्परा र भाषाका अनुसार लोग्नेस्वास्नी विच एकआपसमा सम्वाद गर्ने चलन हुन्छ | मांगी विवाह होस् वा प्रे...