Thursday, February 26, 2015

डलरको ब्लेकमेलमा : गरिवी दलित र महिला

नेपालमा क्रिश्चियनहरूको वर्चस्व कसरी बढिरहेको छ भनेर जान्न मन छ भने 'अन्तराष्ट्रिय महिला दिवस'का नाममा डलरेहरूले आयोजित गर्ने पाँचतारे कार्यक्रममा सहभागी भए पुग्छ | चिटिक्क परेको होटल, मल्टिमिडियाड्यासमा डलर दिने डोनरहरूको अंग्रेजी रवाफ र ती (ने)अंग्रेजहरूको चापलुसी गर्न व्यस्त कार्यसमिति (आयोजक समितिका) सदस्यहरू, गोरोछालाको फोटो खिच्न आतुर मिडियाहरू र कार्यक्रममा भन्दा पनि कार्यक्रमको समापनपछि आरम्भ हुने 'जांडपार्टी'को आनन्दमा रम्ने श्रोताहरू (आयोजकले खासगरी आफुले खुवाउन चाहेका मात्र निमन्त्रित भएका)को सुन्दर जमघट देखेर अचम्म लाग्छ | कुनै बेला प्रचण्डले यस्तो भीडतिर लक्षित गरेर 'सुकिलामुकिला' भनेका थिए तर आज उनकै क्याडरहरू नै तीनतारे, पाँचतारे र साततारेमा वदलिएका छन् | महिलाहरूले यी आयोजनहरूबाट के प्राप्त गर्छन् क्रिश्चियनहरूको गठवन्धनले अवश्य वर्चस्वस्थापित स्थापित गरिरहेको छ | महिलाअधिकार वा पुरुषअधिकारमा नाममा शोषणको यो 
प्रायोजित पृष्ठभूमि 'पाँचतारे र आयोजकहरू'का लागि उत्थानको मुहान बनेको कुरामा शंका गर्न मिल्दैन !!

मेरा उपरोक्त हरफहरू पढेर 'पहुँचवाल'को एउटा वर्गलाई ठूलो कष्ट हुनेछ | उनीहरू आफ्नो डलरबलको प्रयोग गरेर यसको खण्डन गर्नेछन् आफ्नो वचाउ गर्नेछन् | तर काठमाण्डौको पांचतारेका जांडपार्टीबाट (जहाँ सुन्दर रिपोर्टहरू पेश गरिन्छन्, डलर दिनेहरू आएर आफ्नो रवाफ देखाउंदै फेरी डलर दिने वाचावन्धन गर्छन्) बोक्सीको अन्यायमा परेकी रामकली, छाउपडीको एकान्तका कारण बलात्कृत हुनपुगेकी मौला भट्ट, तलाक, तलाक र तालाक तीन पटक बोलेर परित्याग गरिएकी मुस्लिम मोहना खातुनहरूले कसरी न्याय प्राप्त गर्न सक्छन् ? भन्ने कुरा उनीहरूले कहिल्यै पनि प्रस्ट पार्न सक्ने छैनन् | तिमीहरूले तयार पारेका सुन्दर रिपोर्ट, तिमीले बनेको तिम्रो संगठनको प्रोफाइंल, तिमीले छापेका महंगा पुस्तकहरू पिडितहरूका लागि उपयोगहीन छन् | न तिनका घरमा तिमीले तयार पारेको भिडियो हेर्ने साधन छ नत ती तिम्रा प्रकाशनहरू पढ्न नै सक्छन् !! बधाई छ डलरको यो संस्कृतिका लागि, तिम्रो सोचका लागि ?

मैले तीनबटा शब्दहरूमा आयोजकहरूले फोकस गरेको भेटें : गरिव, दलित र देवत्वकरण | जहाँसम्म महिलाहरूप्रति अन्यायको सवाल हो, अपमानको सवाल हो, क्रूरताको सवाल हो त्यस्ता पीडकहरूलाई अधिकतम दण्डसजायको ब्यबस्था गरिनु पर्छ | अन्यायका विरुद्ध उजुरी दिन गएका महिलाहरूको उजुरी तत्काल स्वीकार नगर्ने अधिकारी विरुद्ध नै कारवाही गर्ने प्रावधान राखिनुपर्छ | हो, महिला भएकै कारण अन्यायमा पर्ने परिपाटीको अन्त्य गरिनुपर्छ | महिलाको आत्मसम्मानमा पुरुषहरूको वर्चस्व समाप्त हुनुपर्छ | अन्याय अन्याय नै हो | नेपालको हिन्दू समाज यसप्रति सचेत हुनुपर्छ र भइरहेको छ |

महिलाहरूप्रतिको असमानता र हिंसा नेपालको सबै तवकामा छ | हिंसालाई गरिवी, दलितसमाज र देवत्वसंग जोडिनु दुभाग्यपूर्ण हो | गरिव मात्रै अन्धविश्वासमा हुन्छन् भनेर धनिहरूलाई उन्मुक्ति दिन मिल्दैन | निर्धनतामात्र अन्धविश्वासको स्रोत भएको भए अमेरिकामा महिलाहिंसा हुँदैनथिए | संचारिका समुहले प्रतिनिधि पात्रका रूपमा ड्यासमा बसालेका एकजना महिला पनि दलित थिएनन् | 'देवत्वकरण' शब्द हिन्दूत्व विरोधी मानसिकतासंग जोडिएको छ | मुस्लिम समुदायमा प्रचलित तीनपटकको तलाकले उजाडिएको मुस्लिममहिलाको जिन्दगी र भोगाईका वारेमा एकशब्द नबोलिनु तर बोक्सीसंग देवत्वलाई जोडेर हिन्दूसभ्यताकोलाई वदनाम गर्ने दुर्नियतप्रति सहमत हुन सकिंदैन | एउटा व्यक्ति विशेषको वा समुदाय विशेषको अन्धविश्वासको आवेगलाई देवत्व वा हिन्दुत्वसंग जोडेर बोल्न मिल्दैन | आयोजकहरूका अभिव्यक्तिहरूले नेपालको ८२% जनताको भावनामा चोट पुर्याउन सक्छ | एउटा हिंसाको जवाफ अर्को हिंसा हुनै सक्दैन | यदि आयोजकहरूले डोनरलाई खुसी पार्न यी शब्द जोडेका हुन् भने उनीहरू नेपालको सांस्कृतिक चेतनाप्रति उत्तरदायी छैनन् भन्ने भुझिन्छ | सामाजिक दायित्व नबुझ्नेका आन्दोलन कागजी हुन्छन् भनेर बोल्नु नपर्ला !!

नेपाली हिन्दूसमाज महिला लक्षित असमानताका ब्यबहार रोक्न क्रियाशील छ तर शक्ति पुगेको छैन | असमानता दलित निर्धनप्रति मात्रै लक्षित छन् भनेर बोल्नु ती तमाम महिलाहरूप्रति, निर्धनहरूप्रति अन्याय हो | महिला लक्षित अन्यायहरू नेपालका सबै वर्ग, समुदाय र जातजातिमा छरपस्ट छ | 'सबै दलितहरू निर्धन हुन्छन् | यही निर्धनताका कारण दलित महिलाहरू बढी अन्यायमा पर्छन्' भन्ने चिन्तनको नै गलत छ | असलमा, यस्तो चिन्तन 'डलर'लाई रिझाउनका लागि नेपाली जनतामा थोपरिएको हो | हिन्दूहरूलाई वदनाम गर्ने उद्देश्यसंग जोडिएको हो |

नेपालमा पुरूषहरूका तुलनामा महिला लक्षित हिँसाहरू बढी छन् | यो सत्य कुरा हो तर यो सत्यता नेपालमा मात्रै होइन अमेरिकाजस्तो मुलुकमा पनि छरपस्ट छ | अमेरिकामा पनि जीवनको एउटो पाटोमा एक पटक भए पनि हरेक महिलाले 'महिला' भएकै कारण हिँसाको सिकार हुनुपरेको छ | अमेरिकाले कानुन बनाएर त्यसको ब्यबस्थापन गर्ने प्रयत्न गरिरहेको छ | मुस्लिम राज्यहरूले बाहेक अरू सबैले केही न केही गरिरहेका छन् | नेपालमा पनि संविधानसभामा महिलाहरूको पहुँच बढेकोले यसतिर कदम बढिरहेका छन् | देशको ८२% जनसंख्या यसप्रति सचेत छ, उदार छ र महिला लक्षित हिंसामा हुनुहुँदैन भन्ने पक्षमा उभिएको छ

असलमा, नेपालमा अधिकारका क्षेत्रमा काम गर्ने/ गराउने 'डलरे'हरूको मनोविज्ञान नै क्रिश्चियन चिन्तनबाट प्रभावित छ | उदाहरणका लागि नारी दिवसकै सन्दर्भलाई लिउँ | उनीहरूका लागि नेपालमा परम्परागतरूपमा प्रचलित महिला-प्रधान चाडवाडहरूको कुनै महत्व हुँदैन | जव तीज आउंछ, उनीहरू रेडियो, टेलिभिजन, पत्रपत्रिकाहरूमा पागल हुन्छन् | जव तिहार आउंछ, त्यहाँ पनि उनीहरूले महिलाप्रति भेदभाव बाहेक कुनै कुरा देख्न र सुन्न र बुझ्न सक्दैनन् विवाहका वखतमा आफन्तहरूले गोडा धोएर छोरीप्रति श्रद्दा देखाउंदा पनि उनीहरू विक्षिप्त हुन्छन् | नौदुर्गामा स-साना नानीहरूलाई देवीको रूपमा पूजा गर्दा पनि यिनका 'गडफादर'हरूलाई दुख नै हुन्छ | यिनीहरूलाई जीवित कुमारी भएको मा अन्याय लाग्छ, महिलाहरूले प्रेमको प्रतिक सिन्दुर-पोते लगाएकोमा अन्याय लाग्छ, साडी लगाएकोमा दासताको प्रतित हुन्छ | मानौं, उनीहरूका लागि नेपालमा प्रचलित परम्परागत धर्म र सांस्कृतिक जीवनले केवल महिलाअधिकारको हनन मात्र गरिरहेको छ !! मानौं, नेपालमा प्रचलित सांस्कृतिक मान्यताहरूले नै महिलाहिँसाका प्रवक्ता हुन् !!

असलमा, नेपाली संस्कृतिमा अन्यायमात्र देख्ने चिन्तनका आँखा यिनका नभएर 'क्रिश्चियन-डलर'का हुन् | नेपालमा यही कारणले एनजीओ/आइएनजीओका कार्यहरू सदैव असफल र अप्राकृतिक ठहरिएका छन् | यिनको सांस्कृतिक विरोधी चिन्तनले नेपालको एकात्मकतामा असर परेको छ | मानिसहरूका मिलेका मन चुडिएका छन्, एक आपसमा अविश्वास बढेको छ | मानिसहरूको प्राकृतिक आफनत्त्व मेटिएको छ | एउटा-परिवारमा मिलेर बस्न नसक्ने, चारबटा घरजम गरेर बालबच्चालाई अलपत्र पार्ने र पैसाको लागि लोग्नेले स्वास्नी फेर्ने र स्वास्नीले लोग्ने फेर्ने अप्राकृतिक पाश्चात्य जीवनशैलीलाई नेपालीहरूमा लड्ने काम 'अधिकार'का नाममा भइरहेको छ | क्रिश्चियनहरूले आफ्नो सांस्कृतिक विकृति नेपालमा लाद्न पुरजोर प्रयत्न गरिरहेका छन् | होइन भने नेपालका आफ्ना सांस्कृतिक र धार्मिक जीवनमा रहेका 'महिला मित्र' चिन्तनलाई महत्व नदिनु को कारण अरू के नै हुन सक्छ ? नेपाली सांस्कृतिक र धार्मिक जीवनमा महिलाहरूप्रति केवल 'अन्याय मात्र छ' भन्ने दृष्टिकोण किन छ ?

हामी हिन्दूहरू एनजीओ/आइएनजीओको छद्मभेषमा छिरेका क्रिस्चियनकर्मीहरूको विरुद्ध उभिनै पर्छ | नेपाली संस्कृति र धार्मिक जीवनमा रहेका सकारात्मक पक्षलाई नहेर्ने र नदेख्ने 'आँखा'हरूको प्रतिकार गर्नेपर्छ | हाम्रो मौनताले हाम्रो सांस्कृतिक र धार्मिक जीवनका रहेका सकारात्मक सोचहरू उजागर हुनबाट वन्चित भएका छन् | नारीहरूकै सवालमा, तिनको पूजनीयता, स्वीकार्यता र सामाजिक रूपमा प्राप्त प्राकृतिक अधिकारलाई लुकाएर व्यक्ति विशेषले गरेका क्रूरता, वर्वरता र अन्यायलाई 'हिन्दू-संस्कृति'ले गरेको अन्यायका रूपमा विकसित गरेर हिन्दुत्वलाई कलंकित गरिंदै छ | यस अर्थमा, हामी सबै हिन्दूहरू एक ठाउँमा उभिएर तिनको प्रतिकार गर्नुपर्ने छ र यो प्रतिकार बौद्धिक हुनुपर्ने छ |

हिन्दुत्वमा विद्यमान नारीप्रतिको प्राकृतिक सकारात्मक चेतनाको प्रसार र अंगिकार गरेरमात्रै यो लक्ष हामीले प्राप्त गर्न सक्ने छौँ | यसका लागि हामी हिन्दूहरूले महिलाहरूको सवलीकरणका साथै क्रिस्चियनहरूका भरौटे बनेका एनजीओ/आइएनजीओका सभ्यता र संस्कृति विरोधी चिन्तनको पनि बौद्धिक प्रतिकार गर्नु पर्ने छ | यो देश हिन्दूहरूको हो, हिन्दू संस्कृतिको हो, हिन्दुत्वको हो | यस देशका नारीहरू देवी हुन् र देवीहरू हरहमेशा पूजनीय, सम्माननीय र आदरयोग्य हुन्छन् | हरेक हिन्दूले (नेपाली) आफ्नो सभ्यताका यी आदर्शहरूलाई पालन गर्ने प्रतिज्ञा गर्नुपर्छ | विवाहको मण्डपमा दुलाहाले दुलहीप्रति गरेका 'सातबटा' प्रतिज्ञाहरू अव पूजापाठको विषयका रूपमा नभएर 'प्रतिज्ञापत्रका रूपमा सबै परिवारका सदस्यहरूले हस्ताक्षर गरेर' सम्पादन गरिनुपर्छ | यसरी हामीले महिला विरुद्ध हिंसाका घटनालाई रोक्न मात्र होइन, नेपाली धरतीबाट निर्मूल पार्न सक्छौं |



No comments:

Post a Comment

लोग्नेस्वास्नी र सम्बोधन

लोग्नेस्वास्नी र सम्बोधन फरक संस्कृति , परम्परा र भाषाका अनुसार लोग्नेस्वास्नी विच एकआपसमा सम्वाद गर्ने चलन हुन्छ | मांगी विवाह होस् वा प्रे...