Saturday, February 28, 2015

क्रिश्चियन बनाउने कारखाना

हाम्रो भूमिमा पस्दा तिमीहरू बाइबल, बन्दुक र रोग लिएर पस्यौ | बाइबल, बन्दुक र रोग फैलाएर हाम्रो देश, सभ्यता र हामीलाई कमारो बनायौं | अनि, हामीलाई नास्तिक भनेर हाम्रो अपमान गर्यौ | यदि कहीं स्वर्ग छ र त्यसमा आततायी क्रिश्चियनहरू छन् भने त्यस्तो स्वर्ग भन्दा हाम्रो लागि नर्क नै उचित हुनेछ  - अमेरिकी रेड इन्डियन विद्वान 

हामी मान्छेलाई प्रकृतिले चिन्तन र विचार शक्ति प्रदान गरेको छ | यो शक्तिका कारण हामीले आफुलाई मानिस भन्न पाउँछौ | यही बौद्धिकताका कारण मानिसले विश्वमा आफ्नो वर्चस्व बनाएको छ | धर्महरू, सभ्यताहरू, मान्यताहरू, रितीरिवाजहरू, चिन्तनहरू र भाषाहरूको प्रणेता मानिस बन्न सफल भएको छ | मानिसको चिन्तनको विकास सदैव सकारात्मक दिशातिर भयो भन्नु गलत हुनेछ | मानिसको चिन्तन र त्यो चिन्तनको बुझाइका कारण मानव-समाजले आफ्नै खुट्टामा वन्चरो हान्ने काम पनि थुप्रै गरेको छ | अस्त्रशस्त्रको विकास यसको आधुनिक उदाहरण हो भने विश्वको सबैभन्दा ठूलो पहिलो र दोस्रो धार्मिक समुदायले मान्ने क्रिश्चियन र इस्लाम पन्थ पनि मानिसले विकसित गरेको र स्वीकार गरेको आत्मघाती कदम नै हो | शस्त्रअस्त्र विकसित गरेर मानिसले आफ्नो विकासको तयारी पूरा गरेको छ भने क्रिस्चियानीटी र इस्लामको विकास र विश्वास गरेर आफ्ना पूर्खाहरूले विकसित र संरक्षण गर्दै आइरहेका धर्महरू, सभ्यताहरू, मान्यताहरू, रितीरिवाजहरू, चिन्तनहरू र भाषाहरूका चिहान तयार पारेको छ !!

मैले लेखेको उपरोक्त हरफ पढिरहेका पाठकहरूमा मेरो चरम इस्लाम-ईसाई विरोधी आवरण देखा परेको हुनसक्छ र मलाई कट्टरपन्थी 'हिन्दू'का रूपमा बुझ्न सक्छन् तर यहाँ समक्ष पस्केका यी हरफहरूको सत्यता र विश्वसनीयतामा प्रश्न उठाउने ठाउँ छैन | यो सत्य बोल्न र लेख्न हिन्दू हुनुपर्दैन | क्रिश्चियन वा मुस्लिम हुनुपर्दैन | चिन्तनको कुनै कुनामा इतिहास र सत्य स्वीकार्न सक्ने 'क्षमता' भए पुग्छ | क्रिस्चियन र इस्लामको इतिहास पढे पुग्छ | मेरो चिन्तनको कुनै पनि कुनामा मुस्लिम वा क्रिश्चियनहरूप्रति कुनै विद्वेष छैन | मुसलमान व इसाई बनेर 'विश्वास' व्यक्त गर्न पाउनु उनको मौलिक अधिकार हो | तर सत्य उजागर गर्न पाउनु पर्ने मेरो अधिकार हो र सत्यतत्थ्य जान्न पाउनु हामी सबैको अधिकार हो | मेरो कलमले सत्य ओकल्छ भने त्यो सत्य व्यक्ति मुस्लिम वा व्यक्ति क्रिश्चियनहरूप्रति लक्षित छैन | मैले लेखेका कुराहरू सबैले पढ्न सक्छन् तर सत्य हमेशा तीतो र कहिलेकाहिं ज्यादै अस्वीकार्य हुन्छ |

मैले अहिले इस्लामका वारेमा बोल्दिन किनभने नेपालका उनीहरुको गतिविधि धर्म वा आस्था परिवर्तन गराउनेतिर केन्द्रीत छैन | तर वि.स. २००७ सालमा पोखराको रामघाटबाट आफ्नो पन्थगत यात्राको थालनी गरेको 'बाइबल'ले नेपालको बहुपहिचान र संस्कृतिलाई पलपल विध्वंसतिर र चिहानतिर धकेलिरहेको छ | क्रिश्चियानीटीको विकास र प्रवर्धनसंगै नेपाल र नेपालीका प्राचीन सभ्यताहरूका लागि दीर्घकालीन चिहान तयार भएको छ | गोराहरूको देशबाट नेपालछिरेको क्रिश्चियानीटीको मन्दविष नेपालीहरू माझ फैलिदो छ भने यसको सम्पर्कमा आउने हरेक नेपालीले आफ्नो प्राचीन गौरव र पहिचान गुमाउन थालेका छन्, संस्कृति र सभ्यता गुमाउन थालेका छन् | भनिन्छ, रूखलाई मार्नु पर्यो भने त्यसको फेदमा दिनहूँ मोही र चुना हाले पुग्छ | त्यसैगरी कुनै प्राचीन सभ्यतालाई मार्नुछ भने त्यसमा 'बाइबलको विष' हाले पुग्छ !!

मेरो चिन्तनको हरेक कुनामा प्रजातान्त्रिकता झाँगिएको छ | मेरा लागि २०६३को परिवर्तन एउटा सुखद घटना हो | तर त्यस परिवर्तनका सबै अंशहरू नेपाली जनताको चाहनालाई प्रतिविम्वित गर्दैनन | वि. स. २०६३को परिवर्तनका लिखित सबै बूँदाहरूमा जनताको सहमति नरहेको जगजाहेर छ | धर्म-निरपेक्षता नेपाली जनताको चाहना भन्दा पनि नेताहरूको व्यक्तिगत स्वार्थ, द्रब्यपिपासा, भोटको राजनीति र गोरा-क्रिस्चियनहरूको तुष्ठिकरणको प्रतिविम्व हो | नेपाली नेतृत्व यस मामिलामा कि त चुकेको हो कि त विबेको हो | तर वि.स. २०६३- देखि २०७० सम्मको अवधिमा नेतृत्वले प्रदर्शित गरेका ब्यबहारले नेत्तृत्व डलरधारी क्रिश्चियनहरूबाट डलर-आहार गरेको प्रमाणित भएको छ | नेतृत्वले लाख कोसिस गर्दागर्दै पनि जनताको अभिमत 'हिन्दूत्व'तिर मुखरित भएको छ

असलमा, वि.स. २०६३ नेपाली जनताउपर थोपरिएको 'धर्म-निरपेक्षता' गोरा डलरदाताहरूलाई नेपालमा क्रिश्चियन पन्थ फैलाउने लाइसेन्स थियो | नभन्दै लाइसेन्स पाएको ७ वर्ष नवित्दै यसको प्रभाव नेपालीले भोग्न थालेका छन् | देशभरी फैलिएका ८३७० चर्चहरू नेपालीहरूको आस्था परिवर्तन गर्ने क्रूरतम कारखाना बनेर नियमित भएका छन् | विदेशबाट आएको डलरले चल्ने यी कारखानाहरूमा नेपालीहरूको परम्परागत रीतिरिवाज, आस्था र धर्महरूलाई छलबल, धनबल र मानवाधिकारको तलवारलाई माध्यमबाट किनेर सदैवका लागि चिहानमा पुरिंदै छ | नेपालका प्राचीन सभ्यताहरू मासिंदै छन् | मन्दिरहरू, मानेहरू, चैत्यहरू विरानो बन्दैछन् | बाइबलको मन्दविषमा परेर नेपालीहरूले आफ्नो पहिचान, आस्था र कालान्तरमा आफ्नो भाषा समेत गुमाउने छन् |

नेपालमा धार्मिकरूपमा ज्यादै अनुदारवादी 'प्रोस्टेस्टेन्ट'हरुको क्रिश्चियन समुदायको वढी वर्चस्व देखिन्छ | क्याथोलिकहरूले सामाजिक सेवाका माध्यमबाट 'पोप'को आदेश पालन गर्दै धर्मपरिवर्तन गराउँछन् भने प्रोस्टेस्टेन्ट'हरूको सामाजिक सेवामा कुनै अभिरुचि देखिन्न | यिनको प्रमुख अभिरूचि नै चर्च खोल्नु र धर्मपरिवर्तनका लागि अनुकुल आधारहरू खडा गर्नु हो | सामान्य नेपालीहरूले सबै क्रिश्चियनहरूलाई एकै रूपमा बुझेका हुन्छन् तर पोपलाई मान्ने क्याथोलिकहरू र मार्टिन लुथर किंगले चलाएको 'प्रोस्टेस्टेन्ट'को भेदलाई बुझ्न सक्दैनन् | क्याथोलिकहरूले विद्यालय र अस्पताल खोलेर समाज सेवा गर्दै धर्म-परिवर्तन गर्छन् भने प्रोस्टेस्टेन्ट'हरूले चर्चलाई माध्यम बनाएर नेपालीहरूको ब्रेनवास गर्दै धर्म-परिवर्तन गर्छन् | असलमा, प्रोस्टेस्टेन्टहरूले संचालन गर्ने हरेक चर्चहरू नेपाली संस्कृतिका चिहान हुन् | यी चर्चहरूले आफ्नो नाजिमा रहेका 'बाहेक'का सबै सभ्यताहरूलाई निल्ने गर्छन् | हरेक चर्चहरू सभ्यता र संस्कृतिहरूलाई निल्ने अजिंगर हुन्छन् | एकपटक अजिंगरको मुखमा परेको सिकार उम्कन नसके झैँ चर्चरूपी अजिंगरको मुखमा परेपछि कुनै पनि सभ्यता र संस्कृति जीवित रहन सक्दैनन् |

कुनै बेला आफ्नो प्राचीन संस्कृति र सभ्यतामा धनिरहेका ग्रीस, जर्मन, रसीय, इटाली र अनेक अफ्रिकन देशहरूका प्राचीन सभ्यताहरूलाई क्रिस्चियनरूपी अजिंगरले निलेर पचाएको छ | हालैका दिनहरूमा युरोपियन र अमेरिकी समाजमा फैलिएको अधर्मिकता यसैको प्रतिविम्व हो | आज ग्रीकले प्राचीन मन्दिरहरू पुन: स्थापन गर्दै छ | नास्तिक बनेको युरोपेली समाजले आफ्नो प्राचीन पहिचान खोज्ने प्रयत्न गरिरहेको छ | अमेरिकीहरू आफ्ना आततायी (सभ्यता निल्ने) आफ्ना क्रिश्चियन पूर्खाहरू प्रति लज्जित छन् जसले रेड-इन्डियन'को सभ्यता नै मासे | अस्ट्रेलियामा अझै पनि क्रिश्चियनहरूको अत्याचार रोकिएको छैन | माओरीहरूको वर्तमान पुस्ताले क्रिश्चियनहरूको पूर्ण वहिस्कार थालेको छ |

यदि हामी नेपालीहरूले नेपालको प्राचीन सभ्यता, संस्कृति र आस्थाले निरन्तरता पाओस् भन्ने चाहन्छौँ, आफ्नो प्राचीन सभ्यतालाई आफ्ना सन्तानको लागि जोगाउन चाहन्छौँ भने हामी सबै मिलेर नेपालमा छुतको रोगझैँ फैलिरहेको 'क्रिश्चियनकरण'लाई रोक्नु पर्छ | डलरको भरथेकमा फैलिरहेका धर्म परिवर्तन गर्ने कारखानाहरू (चर्च)हरूमा रोक लगाउनु पर्छ | गरीव, अनाथ र अन्य कारणहरूबाट बेसहारा बनेका बालबालिकालाई शिक्षादीक्षा दिने नाममा चर्चहरूले संचालन गरेका अनाथालयहरूमा पूर्ण रोक लगाउनु पर्छ |

धर्मनिरपेक्षता हिन्दूहरूका लागि मात्र हुनसक्दैन | क्रिश्चियनहरू पनि हिन्दू त्यौहारमा समावेश हुनुपर्छ | क्रिश्चियनहरूलाई धार्मिक रजाई हिन्दूहरुलाई धार्मिक सजायको अन्त्य हुनुपर्छ | देशका ८२% नागरिकहरूलाई दोस्रो दर्जाको नागरिक बनाएर कसैले पनि राज्यसत्ता संचालन गर्ने सपना नदेखे हुन्छ | नाकका आधारमा धर्मको परिभाषा कोर्नेहरू समाजबाट वहिस्कृत हुनेछन् | नेपालका प्राचीन धर्म र संस्कृति विरुद्ध षड्यन्त्र रच्नेहरू एक्लिने छन् | हाम्रो संस्कृतिको र हिन्दू सभ्यता हाम्रो आत्मा हो | हाम्रो पहिचान र गौरव हो | हाम्रो धर्म र संस्कृतिलाई निल्ने कारखानाहरू वन्द हुनैपर्छ |

यसका लागि हामी नेपालीहरूले :
१. स्थानीयतहमा खोलिएको चर्चको आर्थिक स्रोत खोज्नु पर्छ र आर्थिक स्रोत खोल्न नसक्ने वा दिन नदिने चर्चहरूका विरुद्ध समाजकल्याण परिषद वा जिप्रकामा उजुरी दिनुपर्छ |
, यदि तपाईंका बालबालिक क्रिश्चियन विद्यालयमा छन् भने त्यहाका संचालकहरूलाई स्थानीय चाडवाड मान्न वाध्य पार्नु पर्छ |
३. अनाथालय संचालन गर्ने क्रिस्चियनहरूलाई सो अनाथालयका बालबालिकालाई स्थानीय चाडवाडमा सामिल गराउन बाध्य पार्नुपर्छ अथवा त्यहाँ गएर बालबालिकालाई स्वदेशी संस्कृतिप्रति जागरुकता प्रदान गर्ने शिक्षा दिन लगाउनु पर्छ | यसो गर्न नमान्नु कानुनी अपराध हो | ती उपर धर्म-परिवर्तन सम्वन्धि सजाय हुनसक्छ |

नोट : मेरो यो विचार धर्म विशेषका विरुद्ध नभई स्थानीय संस्कृतिहरूको सुरक्षाका लागि हो | यो विचारलाई सर्वसाधारणसम्म पुर्याउन सबैको सहयोगको अपेक्षा गर्छु | सभ्यता संस्कृतिका सवालमा उदारभाव राख्ने क्रिश्चियनहरूको पनि सहयोगको अपेक्षा गर्छु |
(सर्वाधिकार लेखकमा)


No comments:

Post a Comment

लोग्नेस्वास्नी र सम्बोधन

लोग्नेस्वास्नी र सम्बोधन फरक संस्कृति , परम्परा र भाषाका अनुसार लोग्नेस्वास्नी विच एकआपसमा सम्वाद गर्ने चलन हुन्छ | मांगी विवाह होस् वा प्रे...