Tuesday, May 30, 2017

मानसिक विकारका प्रकारहरू

मानसिक विकारका (Mental disorders) प्रकारहरू

अमेरिकन मनोबैज्ञानिक परिषद्ले प्रकाशित गरेको मनोविज्ञान सम्वन्धि पुस्तकमा २०० बटा जति मनोबैज्ञानिक समस्याहरू उल्लेख छ | यी सबै मानसिक समस्याहरूलाई मुख्य छ ग्रुपमा विभाजित गरिएको छ |

चिन्ता (Anxiety) सम्वन्धि विकार
चिन्ता विकारको मुख्य लक्षणहरू प्रतिकुल अनुभूति, अत्याधिक डर तथा भविष्यमा पर्ने सक्ने समस्या अथवा खतरासंग जोडिएका हुन्छन् | चिन्तामा मनोरोगका ती सबै लक्षणहरू समावेश हुन्छन् जुन औषधीय प्रयोग र विना औषधि उपचार हुन सक्छ | विकारको अवधि, तीव्रताका तथा वातावरणका आधारमा उपचार विविधिहरूको प्रयोग हुन्छ | चिन्ता सम्वन्धि अमेरिकी संस्थाले चिन्तालाई पाँचबटा श्रेणीमा विभाजित गरेको छ : त्रास, अत्याधिक संत्रास, स्मरणगत मानसिक संत्रास, डर तथा सामान्यिकृत चिन्ता |

मनोभाव (Mood) सम्वन्धि विकार
मनोभाव समन्धि विकासरहरूलाई भावनागत विकार पनि भनिन्छ | यस्तो विकारमा अत्यन्त दुखी हुने अथवा अत्यन्त रमाइलो अनुभूति गर्ने जस्ता भावगत विषयहरू पर्छन् | डर, द्वैध चरित्र तथा मानसिक अवसाद (depression) प्रमुख हुन् | नेपाली मनोबैज्ञानिकहरूले नेपालको २०% जनसंख्या कुनै नकुनै प्रकारका मनोभाव सम्बन्धि समस्याले पीडित रहेको अनुमान गरेका छन् र अमेरिकामा भने यस्तो तनावले त्यहाँको करिव १२% जनता पीडित रहेका छन् |

मनोगत-विकार
मनोगत विकारमा मान्छेले आफुलाई आंशिक वा पूर्णरूपमा विर्संछ र आफ्ना विचारहरूमा बौद्धिक पकड गुमाउँछ | एस्तो अवस्थालाई बोलचालमा “मान्छे बहुलाएको” भन्ने गरिन्छ | मनोगत विकारले पिडीत व्यक्तिले नभएको कुरा देख्ने, सुन्ने र आफुलाई एक\दम फरकशैलीमा प्रस्तुत गर्छन् | उनीहरू मायावी संसारमा रमाउन थाल्छन्, उनको बुद्धिले शरीरउपर नियन्त्रण गुमाउँछ | यसको अन्तिम चिकित्सा “औषधीय” नै हुन्छ |

भोजनगत (Eating) विकार
जीवनमा भोजनको महत्व वारे भन्नु पर्दैन | विविध कारणले गर्दा धेरै खाने वा खाँदै नखाने बानीको विकास हुन्छ | जिरो फिगरका लागि खाँदै नखाने वा अत्याधिक वजन हुँदाहुँदै पनि दुब्लो छु भनेर हरबखत खाने, बस्तु, ठाउँ वा वातावरण विशेषमा खान नसक्ने जस्ता समस्याहरू भोजनगत विकारका केही उदाहरण हुन् | समय मै मनोगत कारणले उत्पन्न भएका मानसिक लक्षणहरूको मनोबैज्ञानिक उपचार हुन सक्छ तर रोग छिप्पिएपछि औषधीय उपचार गर्नुपर्छ | नेपालमा भोजन सम्वन्धि विकार धेरैजसो केटीहरू भेटिन्छ – भनेको सुनिन्छ |

भाव र लत (impulse and addiction) सम्वन्धि समस्या
आफ्नो मनोभाव नियन्त्रण गर्न नसक्नु पनि एउटा मनोसमस्या हो | आफ्नो मनोभावमा नियन्त्रण गुमाएकाहरूले निश्चित प्रकारको ब्यबहार गर्न आफुलाई रोक्न सक्दैनन् | उदाहरणका लागि केही मान्छेहरूले आफुलाई चोरी गर्नबाट रोक्न सक्दैनन् | जूवा, मदिरा, अत्याधिक यौन चाहनाआदि यसका केही उदाहरण हुन् | भाव-नियन्त्रण सम्वन्धि समस्या हुँदा पारिवारिक, सामाजिक तथा पतिपत्नीबीचमा ठूलै समस्या हुन्छ | यद्यपि केही मनोविज्ञहरूले यी मनदोषहरूको स्रोत आनुबंशिक हुनेतिर पनि इंगित गरेका छन् |

ब्यक्तित्व (personality) सम्वन्धि विकार
व्यक्तित्व सम्वन्धि विकार हुँदा व्यक्तिको दैनिक क्रियाकलापमा समस्या उत्पन्न हुन्छ | असलमा, व्यक्तित्व सम्वन्धि समस्याले ग्रस्त भएका व्यक्तिहरूले आफ्नो कार्यशैलीका कारण आफु र अरूलाई समस्यामा पार्न सक्छन् | व्यक्तिको सोचाई, काम गर्ने तरिका, सामाजिक ब्यबहारआदिले उसको व्यक्तित्व निर्धारित गरेको हुन्छ | मान्छेले जे-जस्तो ब्यबहार गर्छ त्यसैका आधारमा व्यक्तित्व निर्मित हुन्छ | व्यक्तित्वमा विकार उत्पन्न हुँदा नराम्रो सोच आउने, किरा-फट्यांग्रा देखि अत्यधिक डराउने, कसैको चरित्रमा अत्याधिक आशंका गर्ने आदि बानी हुन्छन् | यसै प्रकारले कुनै व्यक्तिले फरक-फरक मान्छेको रूपमा आफुलाई पाउँछ र त्यसै अनुसारको परिवर्तित ब्यबहार गर्छ भने एस्तो ब्यबहारलाई व्यक्तित्व सम्वन्धि विकार भनेर बुझ्नु उचित हुन्छ |

No comments:

Post a Comment

लोग्नेस्वास्नी र सम्बोधन

लोग्नेस्वास्नी र सम्बोधन फरक संस्कृति , परम्परा र भाषाका अनुसार लोग्नेस्वास्नी विच एकआपसमा सम्वाद गर्ने चलन हुन्छ | मांगी विवाह होस् वा प्रे...