Tuesday, May 30, 2017

म ब्रेनवासको भीड होइन !

म ब्रेनवासको भीड होइन !

अहिले राष्ट्रराज्य र राज्यराष्ट्रका बीच बहस आरम्भ भएको छ | यो एउटा सकारात्मक आरम्भ हो | तर राजनैतिक चासो राख्नेहरूमा एतिविध्न युरोपेली डोमिनेसन छ कि उनीहरू मुसलमानहरूले कुरान बाहेक र इसाईहरूले बाइबल बाहेक को कुनै विषय पनि सत्य नहुने अडान लिएझैं राज्यराष्ट्रका विषयलाई बहसको विषय नै ठान्न तयार छैनन् |

युरोप बाहेक विश्वका कुनै पनि मुलुक जातीय राष्ट्रका रूपमा सफल भएको एउटा पनि साक्ष छैन | मुस्लिमहरूको धार्मिक राज्य हो, यहुदीहरूको पनि धार्मिक राज्य नै हो | बौद्धहरूले पनि धर्मका आधारमा नै शासन गरिरहेका छन् |

धेरैले तपाईंहरूको कितावमा कोटेशन छैन भनेर अविश्वास प्रकट गर्छन् | पश्चिमाहरूले लेखेका कितावबाट उद्धरण दिंदा त्यो प्रमाणिक हुने र आफ्नै वैदिक वा अवैदिक विद्वानहरूले प्रकट गरेका विचारहरू साक्षका रूपमा उद्धरण गर्दा त्योअप्रमाणिक ठानिने चिन्तनको दरिद्रताप्रति दृढ असहमति व्यक्त गर्छु |

पश्चिमा विद्वानहरूका बैज्ञानिकखोजहरूको सम्मान गर्छु किनभने म तिनको उपभोक्ता हुँ तर उनका सामाजिक, राजनैतिक तथा धार्मिक चिन्तनको म ग्राहक होइन | त्यसैले उनीहरूले के लेखेका छन्, त्यो जान्नुपर्छ तर तिनको कुरालाई प्रमाणिक ठानेर मेरो चिन्तन हिड्दैन |

उनीहरूको समाज, धर्म तथा मानवशास्त्रीय मान्यताहरू मेरा लागि ज्ञान विषय अवश्य हुन् तर अनुकरणीय पटक्कै होइनन् | उनीहरूले जातीय विवाद नित्याएर नेपाल दुखेको पीडाका लागि उनीहरू भत्सनाका पात्र हुन् |

मेरो यत्ति भन्नुछ : अंग्रेजीमा लेखिएको दर्शन, समाजशास्त्र, राजनैतिक शास्त्र वा अन्य विधाहरू पढेर आफुलाई प्रमाणिक विद्वान ठान्नेहरूले एक पटक जिन्दगीमा प्राचीन संस्कृत, पालीमा रहेका चिन्तन परम्परालाई पनि पढ्नुपर्छ |

प्लेटोको रिपब्लिक भन्दा बुद्धकालीन रिपब्लिक धेरै उन्नत थियो | बुद्धकालीन विद्वानहरूले स्पस्ट लेखेका छन् "राज्य-राष्ट्र सबैका लागि हुन्छ | दासको राज्यमा, स्त्री, बालबालिकाहरू समाजका अभिन्न अंग हुन् |" तर प्लेटोको रिपब्लिक दास र स्त्रीहरूका लागि कत्ति थिएन |

आफ्नो संस्कृतिक इतिहासमा स्पस्टसंग अंकित राज्यराष्ट्रको उच्चस्तरीय राजनैतिक चिन्तन बुझ्न नसक्ने र आफ्नो सामाजिक धार्मिक तथा संस्कृतिक परिवेशसंग गोरु-बेचेको सम्म साइनो नभएका विदेशी "राष्ट्रराज्य" का लागि आफ्नो उर्जा खर्च गर्ने मूर्खतापूर्ण कार्य म त गर्न सक्दिन |

म ब्रेनवास भएकाहरूको सदस्य बन्न कत्तिपनि इच्छुक छैन | तपाईं नि ?

No comments:

Post a Comment

लोग्नेस्वास्नी र सम्बोधन

लोग्नेस्वास्नी र सम्बोधन फरक संस्कृति , परम्परा र भाषाका अनुसार लोग्नेस्वास्नी विच एकआपसमा सम्वाद गर्ने चलन हुन्छ | मांगी विवाह होस् वा प्रे...