Monday, May 29, 2017

वैदिक रैथाने क्लोनिग

वैदिक रैथाने क्लोनिग : के बैज्ञानिकहरूसंग जवाफ छ ?
श्रीमद्भागवतको चौथो स्कन्धमा राजा पृथुको प्रसंग छ | उनी सामान्य विधिबाट जन्मिएका होइनन् | पृथुभन्दा पहिलेका राजा बेन थिए | प्रजाले विद्रोह गरेपछि ती मारिए तर तिनका कुनै सन्तान थिएनन् |
पछि ऋषिहरूले बेनको मृत शरीरबाट आयुर्वेद विधि प्रयोग गरेर तीनवटा बालबालिकाको रचना गरे | पहिलो विधिमा एकजना कालो वर्ण भएका बालक जन्मिए ती निषाद भनिए |
दोस्रोपटकको प्रयासमा एक जना बालक र अर्की बालिकाको निर्माण भयो जसलाई पृथु र अर्चीको नामले जानिन्छ |
असलमा, क्लोनिंग विधिको आधुनिक परिचर्चा १९६६मा आरम्भ भए पनि १९९६ मा पहिलो भेडाको क्लोनिग डोलीको निर्माण भएको थियो र पछि नोभेम्बर १९९८ मा मान्छेको टिस्युबाट क्लोनिक सफल भए पनि निर्माण गर्न भने बन्देज गरियो |
१९९६ देखि अहिलेसम्म विकसित भएका क्लोनिग विधिहरूमा (पशु होस् वा मान्छे) दूबैलाई मान्छेको गर्भासय अनिवार्य देखिएको छ | तर पृथुको केसमा कसैको गर्भासय प्रयोग भएको छैन |
लाखौंवर्ष पहिलेको यो कथा काल्पनिक हुन सक्दैन किनभने ब्राहमणहरूको विद्रोहमा बेनलाई मार्न पनि हथियारको प्रयोग भएको छैन | केवल हुँ बीजको प्रयोग भएको छ | बोलेर मान्छे मार्न सक्ने विकसित समाजका लागि क्लोनिग विधि नौलो हुँदैन |
वर्तमान क्लोनिंग विधिमा (SCNT) बैज्ञानिकहरूले शरीरको एउटा कुनै भागबाट मासुको तन्तु लिन्छन् र त्यस तन्तुमा रहेको डी एन ए मा रहेका गुणसूत्रहरूलाई ल्यावमा विकसित गर्छन् | त्यसपछि त्यो गुणसूत्र कुनै जीवित व्यक्तिको गर्भासयमा स्थापित गरिन्छ |
अन्तत: अहिलेको प्रविधि मान्छेको जीवित प्राणीको गर्भासयमै आश्रित रहेको छ | तर त्यस बखत जीवित गर्भासय विना पनि तीनतीनवटा सन्तानहरू निर्माण गरिएको र ती लामो समयसम्म जीवित रहेको प्रमाण भागवतले स्थापित गरेको छ |
मरेको मान्छेको शरीरबाट कुनै जीवित बस्तुको जन्म हुनै सक्दैन | भागवतमा स्पस्टसंग भनिएको छ बेनको श्रीमती सुनिथाले उनको शरीरलाई बैज्ञानिक विधि प्रयोग गरेर नसड्ने राखेकी थिइन् |
ऋषिहरूले सुरक्षित शरीर मन्थन गरेर तीनबटा बालबालिका निर्मित गरे भन्नुको अर्थ हो : प्राचीन वैदिक संस्कृतिमा क्लोनिंग गरेर बालबालिकाहरू जन्माउने विधि विकसित अवस्थामा थियो |
ऋषिमुनिहरूले क्लोनिंग विधिका माध्यमबाट नै (कुनैको गर्भासय प्रयोग नगरी, मन्थन अर्थात् ल्याव मै) तीनवटा स्वस्थ्य बालबालिका बनाए |
वैदिक साहित्यमा क्लोनिग पृथुमात्र एक्लो उदाहरण होइन | पद्मपुराणमा रक्तबीजको प्रसंग पनि रोचक छ | देवीले अस्त्र प्रहार गर्दा बग्ने रगतबाट नै ठ्याक्कै उस्तै रक्तबीजहरू जन्मेको कथा चण्डीमा आउँछ |
भागवतको १० सौ स्कन्धमा ब्रह्माले कृष्णका साथीहरुसंग गाईबस्तुहरू चोरेपछि पुन: कृष्णले आफ्नो शक्तिको प्रयोग गरेर क्लोनहरू निर्माण गरेका छन् | तर यो कथाको तुलनामा राजा पृथुको प्रसंग निकै खदिलो छ |
यो वैदिक रैथाने विधि कतिसम्म सफल थियो भन्ने कुराको प्रमाण ती मध्ये पृथु-अर्ची राजारानी बनेर लामो समयसम्म शासन गरे भने दोस्रा निषाद पनि कविलाका राजा नै बने |
यो कथा पढेर मुख खुम्च्याउनु पर्दैन बरू विज्ञानको विकासमा हाम्रा ऋषिमुनिको पनि योगदान रहेछ भन्ने ठानेर त्यो प्रविधि खोज्नतिर लाग्नुपर्छ | पश्चिमाहरूलाई सबै विज्ञानको ठेकेदार मान्नु हाम्रो बौद्धिक दिवालीयापन हो, पिच्छ्लाग्गुपन हो |
कथा त्यसै बन्दैनन् | कथाको स्रोत समाज हुन्छ र तत्कालीन समाजमा टिस्यु कल्चर विधि प्रचलनमा रहेको हुनाले नै प्रिथुको कथा बनेको हो |
गुरुकुलमा हामीले यो रैथाने पद्यतिको पुन: खोज गर्न विद्यार्थीहरूलाई उत्प्रेरित गर्नेछौँ |
प्रतिक्रियाका लागि स्वागत छ

No comments:

Post a Comment

लोग्नेस्वास्नी र सम्बोधन

लोग्नेस्वास्नी र सम्बोधन फरक संस्कृति , परम्परा र भाषाका अनुसार लोग्नेस्वास्नी विच एकआपसमा सम्वाद गर्ने चलन हुन्छ | मांगी विवाह होस् वा प्रे...