Monday, May 29, 2017

मातृदेवो भव

मिति २०७४/१/२ मा ज्ञानचक्षु विद्यालयले बालबालिकाको लागि एउटा कार्यक्रमको आयोजना गरेको थियो | त्यहाँका प्रधानाध्यापक प्रदीपजीले त्यस कार्यक्रमको लागि योग्य ठान्नुभयो |

ताइवानबाट आएका पाहुनाहरूले आमाको महत्वका विषयमा ब्यबहारिक ज्ञान दिदै थिए विद्यार्थीहरूलाई | कार्यक्रमको अन्त्यमा मैले उहासंग सोधें : आमाको विषयमा एस्तो ब्यबहारिक ज्ञान दिने ज्ञानको स्रोत के हो ? र यसलाई ब्यबहारिकतामा ढाल्ने सोच कसरी आयो ?

उहाहरूको जवाफ एस्तो थियो "कुनै बखत एकजना बौद्ध विद्वान ज्ञानको खोजीमा नेपालतिर भ्रमण गर्दै थिए | उनको मन अत्यन्त अशान्त थियो | घुम्दै उनी एउटा गाउँमा पुगे | रात्री परेको ले त्यहीं कुनै घरमा वास बस्ने निधो गरे |

एउटा गाउँलेको घरमा पुगेर उनले वास मागे | घरमा एकजना महिला र तीन जना छोराछोरी थिए | उनले अतिथीलाई घरको एउटा छेउमा विस्ताराको ब्यबस्था गरिन् |

ती बौद्ध भिक्षुका लागि भोजन गराउन उनीसंग केही थिएन | उनी ज्यादै गरिव रहिछन् उनी ती भिक्षुलाई भोजन गराउन चाहन्थिन् |

ती महिलाले तीनैजना बालबालिकालाई आफ्नो काँधमा राखेर बाहिर निस्कीन् | बालबालिकाहरू भोकले रोइरहेका थिए | केही घण्टापछि उनले उनले पोकोमा केही सामग्री ल्याइन र भिक्षुलाई अर्पण गरिन् भने त्यसबाट जोगिएको भोजन आफ्ना बालबालिकालाई खुवाईन् |

त्यसपछि ती भिक्षु केही दिन त्यही गाउँमा निवास गरे | ती महिलाले आफ्ना बालबालिकालाई मात्र खुवाएको देखे कि अतिथीहरूको लागि भोजन खुवाएको देखे | अन्त्यमा, उनले ती महिलालाई केही आर्थिक सहयोग गर्न गरेको अनुरोध स्वीकार गरिनन् |

ताइवान फर्केपछि उनले आफ्नो संस्मरणमा लेखे "मैले आज सम्म आफ्ना बालबालिकाप्रति यतिधेरै कर्तब्यशील र अतिथीहरूको सेवा गर्ने आमाहरू संसारमा कहीं पनि देखेको, सुनेको छैन |

वैदिकहरूले जसरी अतिथी र आफ्ना बालबालिकाको स्याहारसुसार गर्छन्, त्यो सबैले अपनाउनुपर्छ | तिमीले आफ्नो आमाले कसरी पालन गरेको रहेछ भनेर बुझ्न चाहन्छौं भने तीन किलोको ढुङ्गो आफ्नो पेटमा बाँधेर दिनभरी काम गर, आमाको कस्ट थाहा हुन्छ |

त्यसपछि ताइवानमा आमाको अनुभवजान्न पेटमा ढुङ्गो बाँधेर बालबालिकालाई अभ्यास गराइन्छ | यो ज्ञानको स्रोत वेद नै हो, जसले निर्धक्कसंग आमा देवता हुन्, अतिथी देवता हुन् बालवालिकाहरू भगवानका रूप हुन् भनेर पढाउँछ |

त्यसदिनपछि मैले बुझे, मेरो देशको माटोको हरेक कणमा आमा\वुवा, अतिथीप्रतिको प्रेम भरिएको छ | मेरो इतिहासको जरोकिलोमा सबैको लागि भोजन, सबैसंग सहकार्यको आदर्श लुकेको छ |

मैले निश्चय गरें, यदि मैले मेरा पुर्खाहरूका उपरोक्त उद्गारहरू, ब्यबहारिक ज्ञानहरूको अनुसरण गर्न सकिन भने तीप्रति मेरो कुनै सम्मान रहने छैन | उनीहरूको सम्मानका लागि मात्र होइन आफ्नो जरोकिलो (सनातन वैदिक हिन्दू संस्कृतिको) गौरवको लागि पनि मैले यसको विषयमा बोल्नैपर्छ |

आफ्नो महान् साँस्कृतिक गौरवका विषयमा बोल्न नसक्नु एकप्रकारको आत्महत्या नै हो | मैले आत्महत्याको बाटो रोजिन किनभने मसंग संसारलाई दिन धेरै थोक छन् | हिन्दू जरोकिलोलेले प्रत्येक महिलालाई (पत्नी बाहेक) आमा मान्ने आदेश दिन्छ, अर्काको धनलाई घुरान मान्ने प्रेरित गर्छ, हरेक प्राणीलाई आफ्नै सन्तान सरह मानेर पालन गर्ने प्रेरणा दिन्छ भने मैले अव ती कुराहरूको ज्ञान संसारमा विस्तार गर्नुछ |

यान्त्रिकताले मानवीयताको प्राकृतिक अवस्थालाई रोबोट-करण गरिरहेको अवस्थामा वैदिक जरोकिलोको साधनाले मात्र पुन: मानिस मानावातातिर उत्प्रेरित हुनसक्छ | यो एउटा निर्विकल्प बाटो हो किनभने पश्चिमाबाटोबाट आएको ज्ञानले सबैथोक विकास गर्यो तर मानवताको ह्रास गर्यो | मान्छेहरू अझैं मान्छे बन्ने दौडमा रोबोटमा परिवर्तित भए |

हामी मातृऔसी मान्छौं तर आमालाई मम्मी (मरेको मान्छेलाई विभिन्न रसायनको प्रयोग गरेर लामो समयसम्म सड्न नदिने प्राचीन पद्यतिबाट रक्षा गरिएका लास) भनेर जिउंदै मार्ने पश्चिमा सीको गर्न कत्तिपनि हच्चिन्नौं | ड्याड वा ड्याडी पनि यो भन्दा केही कम छैन |

नक्कल त गर्नुपर्छ, मान्छेले नक्कल गरेरै सिक्ने हो तर जिउंदै रहेका आमावुवालाई मम्मी र ड्याड भन्ने भाषाको समेत नक्कल गर्ने र त्यसको गर्न प्रेरित गर्ने हाम्रा अभिभावकहरूप्रति अचम्म मान्न बाहेक के नै गर्न सकिन्न्छ र ? मातृदेव भव ले आमालाई मम्मी होइन ज्योति अर्थात् शक्तिदात्रिका रूपमा आदर गर्न सिकाउँछ |

तैसेले म भन्छु, यो लेख पढ्नेहरूले एकपटक अवश्य झस्किनु पर्छ | यस्तो नहोस् कि केही अमेरिकीहरूले नै पुन: हाम्रो शिक्षा विभागमा पुगेर "आमा" भनेको मम्मी हो भनेर सिकाएपछि मात्र हाम्रा बालबालिकाहरू "आमा" त अंग्रेजी रहेछ भनेर आफ्ना बालबालिकालाई "आमा" भन्न प्रेरित गरूँन् !!

मानव शरीर रह्यो तर मानवता हराउदै रोबोटको अवतार बच्न थाल्यो | यसको विकल्प केवल र केवल हामीसंग छ | त्यो हामी विना मूल्य पश्चिमाहरूलाई दिन सक्छौं | मेरो संकल्पले त्यही गरिरहेको छ |

No comments:

Post a Comment

लोग्नेस्वास्नी र सम्बोधन

लोग्नेस्वास्नी र सम्बोधन फरक संस्कृति , परम्परा र भाषाका अनुसार लोग्नेस्वास्नी विच एकआपसमा सम्वाद गर्ने चलन हुन्छ | मांगी विवाह होस् वा प्रे...