Monday, May 29, 2017

कोपगृह

कोपगृह : प्रथम मानसिक स्वास्थ्य आरोग्य केन्द्र

नेपालमा मनोबैज्ञानिक समस्याहरूको समाधान गर्न उपचारात्मक प्रक्रियाको आरम्भ संस्कृतको सबैभन्दा पुरानो साहित्य "बाल्मिकी रामायण"मा उल्लेख छ | महर्षि बाल्मिकी प्राचीन रामायण अर्थात् रामकथाका प्रथम लेखक हुन् |

बाल्मिकी रामायणको २३ सौं सर्गमा कोपगृहको वर्णन आएको छ | जहाँ राजा दशरथसंग रिसाएकी रानी कैकयीले कोप-भवनमा प्रवेश गर्छिन् र आफ्नो इच्छा राजा दशरथ लयायत राजमहलका व्यक्तिहरूलाई जनाउ दिन्छिन् | त्यसपछिको कथा हामी धेरैजसो नेपालीहरूलाई थाहा छ | दशरथले रामलाई बनवास पठाउँछन् |

कैकयीको व्यवहारलाई नेपाली समाजले नकारात्मक रूपमा लिन्छ | यद्यपि आफ्नो मानसिक समस्या स्वयम् समाधान गर्न नसक्ने देखेपछि कैकयीले कोपगृहमा प्रवेश गरेको राजा दशरथले समस्या समाधान गरिदिएपछि कैकयी सामान्यअवस्थामा फर्केको तत्थ्यलाई नकार्न सकिन्न |

विश्व-साहित्यमा रामायणको कोप-भवन सबैभन्दा प्राचीन मानसिक स्वास्थ्यगृह हो | भन्नलाई कोपगृह भनिए तापनि राजभवनका कुनै पनि सदस्यहरूले कोपगृहमा प्रवेश गरेर आफ्नो मानसिक अवस्थाको जनाऊ दिन सक्थ्यो |

खासगरी रानीहरूका लागि निर्माण गरिएको दरवार भित्रको "कोपगृह" राजकुमार, राजकुमारी तथा अन्य राजकीय सदस्यहरूले आफ्नो रीस, घृणा, चाहना वा आफ्ना मांगहरू पुरा गराउन प्रयोग गर्थे |

नेपालको बाल्मिकी आश्रममा बसेर महर्षि बाल्मिकीले रामायण लेखेका थिए भन्ने विषयमा कुनै द्विविधा रहनु हुँदैन | राजा राम र उनकी धर्मपत्नी सीताको सम्मानमा लेखिएको यो प्रथम साहित्य निसन्देह देवभूमि नेपालको विश्वका लागि देन हो भने कोपगृहका रूपमा विश्वको पहिलो मानसिक आरोग्य केन्द्रको परिकल्पना र प्रयोग पनि नेपालबाटै भएको हो भन्ने तत्थ्य प्रमाणित हुन्छ |

उपरोक्त विवरणबाट के सिद्ध हुन्छ भने जुन परामर्श विधिको खोजका बीऊहरू नेपालमा धेरै प्राचीन समय मै परिसकेको थियो भन्न धक मान्नु पर्ने अवस्था रहन्न |

No comments:

Post a Comment

लोग्नेस्वास्नी र सम्बोधन

लोग्नेस्वास्नी र सम्बोधन फरक संस्कृति , परम्परा र भाषाका अनुसार लोग्नेस्वास्नी विच एकआपसमा सम्वाद गर्ने चलन हुन्छ | मांगी विवाह होस् वा प्रे...