Tuesday, May 30, 2017

भान्छा सरोकार : जस्तो खायो अन्न तेस्तै हुन्छ मन

जस्तो खायो अन्न तेस्तै हुन्छ मन : भान्छा सरोकार 

श्रीमद्भगवद्-गीतामा भगवान श्रीकृष्णले भोजनका विभिन्न प्रकृति, तिनले व्यक्तित्वमा पार्ने प्रभावका विषयमा यसरी वर्णन गर्नुभएको छ :

जुन भोजनले आयु, सत्व, बल, निरोगता, सुख र प्रेम बढाउँछ, जुन रसयुक्त, केही चिल्लो, हितकारी, खाँदा मनमा आनन्द मिल्छ, एस्तो भोजन सात्विक हुन्छ | १७/८

तीतो, अमिलो, चर्को, ज्यादै तातो प्रकृतिको, पिरो र मुखलाई असजिलो पार्ने भोजन राजसिक हुन्छ | एस्तो भोजनले दुख. शोक तथा रोग उत्पन्न गर्छ | १७/९

बासी, स्वाद विग्रेको, गन्हाएको, जूठो, छुन पनि घीन लाग्ने भोजनहरू तमोगुणी हुन्छन् | यस्ता भोजनहरू खराव मान्छेहरूलाई मन पर्छ | १७/१०

भगवान् श्रीकृष्णका अनुसार “भोजनको शुद्धीकरण नभएसम्म सत्व अर्थात् विचारमा” पवित्रता उत्पन्न हुने सक्दैन | हरेक प्राणीका लागि भोजन अनिवार्य हुन्छ | जिउनका लागि भोजन गर्नैपर्छ | पशुहरूका लागि प्रकृतिले नै भोजन तोकिदिएको हुन्छ | उदाहरणका लागि बाघले घाँस खादैन न गाई-बाख्राले मासुनै खान्छन् | तर यी दूबैले अन्न खान सक्छन् | अन्न यिनको प्राकृतिक भोजन होइन |

आयुर्वेदका विद्वान ऋषि चरकले (सन् ९००) आफ्नो प्रसिद्ध रचना चरकसंहितामा स्वास्थ्य जीवनका लागि तीनबटा सूत्र निर्धारित गरेका छन् आहार, निहार तथा विहार | भोजन नै जीवनी तत्व हो जसले निन्द्रा तथा यौनजन्य क्रियाकलापमा प्रत्यक्ष असर गर्छ | विहार शब्दले काम गर्ने क्षमतातिर इंगित गरेको हो भने निद्राले सुखमय जीवनतिर प्रेरित गरेको हो | भान्छाको उचित ब्यबस्थापनले कार्यको प्रकृतिअनुसार भोजन आपूर्ति गर्छ | काम अर्थात् परिश्रमको प्रबृत्ति र प्रकार हेरेर भान्छाको ब्यबस्थापन हुनुपर्छ |

वैदिक साहित्यमा “भान्छा सरोकार तथा ब्यबस्थापन मन्त्रालय” महिलाहरूको जिम्मामा हुन्थ्यो | धेरैजसो नेपाली समाजमा आज पनि यो परम्परा कायम नै छ | आचार्य शंकरले माता अन्नपूर्णालाई भोजन तथा भान्छाका मालिक्नीको रूपमा स्तुतिगान गान गरेका छन् | प्राचीन दक्षिण भारतीय आलवार सन्त, श्रीवैष्णव आचार्यहरूले पनि श्रीदेवीलाई भोजन व्यबस्थापिकाको रूपमा आदर गरेका छन् |
नेपालीमा त झन् उखान नै छ – जस्तो खायो अन्न, त्यस्तै हुन्छ मन | रक्सी पिएर मातेको मान्छेबाट कसैले देवआराधनाको अपेक्षा गर्दैन |

अत्याधिक मासु खानेहरूबाट दया अथवा क्षमाको अपेक्षा गर्नुहुँदैन | मुस्लिम समाजमा अत्याधिक मासुको प्रयोग हुन्छ | असर स्पस्ट छ : मुस्लिम समाज हिंसात्मक बाटोमा हिंडीरहेको छ | मासु खानु उचित हो अथवा अनुचित हो भन्ने कुरा भन्दा पनि हिसाबाट आर्जित गरेको भान्छाले हिंसातिर नै प्रेरित गर्दो रहेछ भन्ने विषय अनुभव गरिएको छ |
भोजन र भान्छा सरोकारका विषयमा एउटा प्राचीन प्रतिनिधि कथा यहाँ उल्लेख गर्न चाहन्छु – ब्रह्मचारी र राजाको भान्छा | कथा यसरी छन् :

एक दिन एउटा सदाचारी ब्राह्मण घुन्दै एउटा राजाको महलमा पुगेर बास मांगे | राजाले खुसी भएर आफ्नो महलमा बास दिन स्वीकार गरे | राजाले धेरै आग्रह र कर गरेपछि ती ब्राह्मणले राजाको भान्छामा गएर टक्र्याएको सामग्रीबाट भोजन बनाएर खाए | अनि, तोकिएको ठाउँमा गएर सुते |

चानक राती उनको निद्रा खुल्यो | उनीले आफु सुतेको कोठामा थुप्रै सुन, धन-सम्पत्तिले भरिएका भाडाकुडा देखे | उनले आफुलाई रोक्न सकेनन् र आफ्नो बर्कोमा त्यहाँ भएका सामाग्रीहरू बाँधेर महलबाट बाहिरिए | प्रहरीहरूले को हौँ ? भनेर सोद्धा निर्धक्कसंग “म चोर हुँ” भनिदिए र ढोकेले पनि दरवारको कुनै ठूलो अधिकारी होला भनेर छोडीदिए |

बाटोमा हिड्दैजाँदा संयोगले उनलाई बेस्सरी “छेरउटी” लाग्यो | अन्तत: उनले गतराती दरवारमा खाएको सबै भोजन र त्यसको रस दीसाबाट बाहिरियो | त्यसपछि उनलाई आफुले गरेको चोरीप्रति ठूलो पछुताउँ भयो र उनी त्यो धनको पोको बोकेर राजदरवारमा पुगी आत्मसमर्पण गरे | राजाले पनि उनलाई जेलखाना पठाए |

जेल जाँदाजाँदै ब्राहमणले राजासंग एक पटक जेलमा आएर आफुसंग भेट गर्न अनुरोध गरे | आत्मसमर्पण गरेर चोरेको सबै सम्पत्ति फिर्ता गरेको कारण राजा अलि नरम भए | भोलिपल्ट बिहानै जेलखानामा राजा र कैदी ब्राहमणको भेट भयो | कैदी ब्राहमणले राजासंग “अस्ति मलाई भान्छामा उपलब्ध भोजन सामाग्रीहरू कहाँबाट राज महलसम्म आएको हो, खोजेर जानकारी पाऊं” भनि अनुरोध गरे |
राजाले आफ्ना सेवकहरूलाई अनुरोध बमोजिम गर्न आदेश दिए |

केही दिनपछि सेवकहरूले त्यो भोजन सामाग्रीका विषयमा : एउटा चोर नगरमा ब्यापार गर्न आएका ब्यापारीहरूको भोजन सामाग्री चोरेर भाग्ने क्रममा पक्राउ परेको र त्यो चोरेको सामाग्री स्वाभाविक रूपले राजश्वमा दाखिला गर्नु पर्ने भएकोले दाखिला गरी राजभान्छामा पठाइएको” भनेर प्रतिवेदन दिए |

कैदमा रहेका ब्राहमणले राजाबाट अन्नको स्रोतका विषयमा जानकारी पाएपछि “चोरबाट उठेको राजश्वको अन्न ग्रहण गर्दा आफ्नो मन चोरी गर्न विवस भएको” भन्ने बुझे | राजाले पनि “आइन्दा स्रोत नबुझिकन कुनै पनि अन्न भान्छामा प्रयोग नगर्न” निर्देशन दिंदै ब्राह्मणलाई जेलमुक्त गरे |

उपरोक्त कथाले भान्छा र त्यहाँ पाक्ने अन्नले मानवीय ब्यबहारमा पर्ने प्रभावका विषयमा सावधान गरेको छ | अन्न शब्दलाई शाब्दिक अर्थमा बुझ्नुभन्दा धन-आर्जनको अर्थमा बुझ्नु उचित हुन्छ | ठगी, घूसखोरी, चोरी, अज्ञात स्रोत र साधनबाट आर्जित गरेको सम्पत्तिले पाक्ने भान्छाले पेट भर्न सकिन्छ तर सन्तोष प्राप्त गर्न सकिन्न | सुख इन्द्रियसम्म सीमित हुन्छ भने सन्तोष अर्थात् आनन्द मनभित्रको गहिराईमा हुन्छ | छल, ठगी, चोरीआदिबाट आर्जित भान्छाले तिनै कुरामा प्रेरित गर्छन् भने परिश्रम तथा उचितबाटोबाट आर्जित धनले पाकेको भान्छाले असल काम गर्न प्रेरित गर्छ |

जसरी फोहोर वा मिलावट भएको पेट्रोलले मोटरमा समस्या आउछ, त्यसरी नै स्रोत नखुलेको, ठगी, चोरी वा छलबाट आर्जन गरेको भान्छाले मनमा समस्या उत्पन्न हुन्छ | अझैं वैदिक शास्त्रहरूले त कु-अन्न, कुपात्र तथा कुसंगतको फल यसै जीवनमा शारीरिक रोगका रूपमा देखिन्छन् भनेर किटान नै गरेक्क छन् |

अन्त्यमा, भोजन कस्तो खाने हो भन्ने निर्णय हाम्रो आफ्नो हुन सक्छ तर पेट भित्र गइसकेको अन्नले हाम्रो जीवनमा कस्तो प्रभाव पार्ने भन्ने कुरा हाम्रो हातमा हुँदैन | त्यसैले हामी सबैले आफ्नो शरीरपछि आफ्नो भान्छाको विषयमा ख्याल गर्नुपर्छ | जे-पायो त्यही मुखमा हुल्नेहरू आफ्नो शरीर, मन र आत्माका सबैभन्दा ठूला शत्रु हुन् | त्यसैले आफ्नो भान्छा र भोजनमा सधैं सरोकार राखौं तथा निरोगी, आनन्दमय जीवन बाँचौं |

No comments:

Post a Comment

लोग्नेस्वास्नी र सम्बोधन

लोग्नेस्वास्नी र सम्बोधन फरक संस्कृति , परम्परा र भाषाका अनुसार लोग्नेस्वास्नी विच एकआपसमा सम्वाद गर्ने चलन हुन्छ | मांगी विवाह होस् वा प्रे...