Tuesday, May 30, 2017

गोरखनाथ पन्थ र नेपाली मूलका भारतीय मुख्यमन्त्री

महायोगी गोरखनाथको जन्म सुदूर पश्चिम नेपालको कुनै क्षत्रीय परिवारमा सन् ११०० - १२०० का विचमा भएको विश्वास गरिन्छ | यी प्रसिद्ध नाथपन्थका संस्थापक मानिन्छन् भने नेपालको एकीकरण गर्ने राजा पृथ्वीनारायण शाहका गुरू यसै नाथ परम्पराका योगी रहेका थिए र हाल सम्म पनि नेपाली मुद्रामा गोरखनाथको उल्लेख गरिन्छ |
महायोगी गोरक्षनाथ स्वयम् भने आफु नाथ परम्पराको एउटा विनम्र प्रचारक मात्र भएको निवेदन गरेका छन् भने गोरक्षनाथका अनुयायीहरू निजलाई भगवान शंकरको अवतारका रूपमा आराधना गर्छन् | नाथ परम्पराले संसारको सृष्टिकर्ता भगवान् शंकरलाई मान्छन् भने त्यागमय जीवन र रहस्यमय उपासना पद्यतिहरूका माध्यमबाट मोक्ष प्राप्त गर्न सकिन्छ भन्ने यिनको दार्शनिक मान्यता हुन् |

अद्वैतवाद गोरक्षपन्थको मूल गन्तब्य रहेको छ | असलमा नेपाल गोरक्षपन्थको मूल थलो हो| गोरक्षपन्थ नेपाल हुँदै भारत पसेको हो | काठमाडौं उपत्यका तथा पश्चिमी नेपालका पहाड तथा तराई भाग प्रमुख नाथ योगीहरूका उपासना स्थलहरू छन् |

हालै भारतीय राज्य उत्तरप्रदेशको मुख्य मन्त्रीका रूपमा आदित्य नाथ योगी अजय\सिंह बिष्टले मुख्य मन्त्रीको जिम्मेवारी पाएका छन् | यिनको जन्म पोड़ीगढवालको विष्ट परिवारमा भएको र सो भारतको यो भूभाग तथाकथित सुगौली सन्धि भन्दा पहिला नेपाल नै रहेको कुरा बज्रसत्य हो |

यस अर्थमा हाल विश्वको छैठों ठूलो जनसंख्या भएको भारतीय राज्य उत्तरप्रदेशले नेपाली मूलको मुख्यमन्त्री पाएको छ | साथै, गोरखपुर जहाँ नाथ परम्पराको मुख्य पीठ छ, त्यो पनि कुनै समयमा नेपालकै अंग थियो |

आजभोली भारतीय मिडियाहरूले उछाल्ने गरेको शब्द "भारतीय मधेशी" बस्तुत गलत त भ्रामक प्रचार हो | असलमा, वर्तमान नेपालसंग जोडिएका अधिकांश भारतीय भूभागमा निवास गर्ने सबै जनता नेपाली मूलका भारतीय नै हुन् |

"भारतीय मूलका मधेशी" शब्दको प्रयोग भ्रमपूर्ण र विभाजनकारी अभिप्रायले भएको हो | आदित्य नाथ भनिने अजयसिंह विष्टको उदयले भारतीय मिडियाहरू स्पस्ट हुनुपर्छ कि रोटीबेटीको सम्बन्ध केवल तराईमा होइन सुदूरपश्चिमको पहाडी भागमा पनि रहेको छ | सुदूरपश्चिममको ठूलोजनसंख्या पौडीगडवाल, कुमायु भारतीय भूभागसंग रगतको सम्वन्ध राख्छ जुन सन् १७५० पूर्व बृहद नेपालकै अभिन्न अंग थिए |

नेपाली मूलका भारतीय मुख्यमन्त्रीलाई बधाई छ | यो तत्थ्य उनीलाई पनि हेक्का रहोस् |

No comments:

Post a Comment

लोग्नेस्वास्नी र सम्बोधन

लोग्नेस्वास्नी र सम्बोधन फरक संस्कृति , परम्परा र भाषाका अनुसार लोग्नेस्वास्नी विच एकआपसमा सम्वाद गर्ने चलन हुन्छ | मांगी विवाह होस् वा प्रे...