Tuesday, May 30, 2017

नकरात्मक-सकारात्मक

नकरात्मक-सकारात्मक 
२०५९ साल मुन्सीर २२ गते विहान मैले छोरीलाई म्याथ पढइरहेको थिएँ | मैले धेरै प्रयत्न गर्दा पनि प्रश्न हलगर्न सकिरहेको थिइन | त्यसका दूईवटा कारण थिए - मेरो म्याथका विषयमा ज्ञान कमजोर थियो, दोस्रो मैले आफ्नो क्षमतालाई बढी आंकीरहेको थिएँ |

प्रश्नको सही हल प्राप्त गर्न नसकेपछि मलाई प्रश्नको उत्तर नै बेठिक छ भन्ने वारे विश्वास हुन्थ्यो | मैले पुस्तकका विद्वानल लेखकहरूको क्षमता मै प्रश्न उठाउने गरेको थिएँ | तर पछि प्रश्न हल हुँदा पुस्तक मै लेखेको उत्तर सही हुन्थ्यो |

यस्तो धेरै पटक भयो | पछि, मैले आत्म चिन्तन गरें | आफ्नो मानसिक, शारीरिक, सामाजिक तथा आध्यात्मिक स्वास्थ्यको वरिपरी घुमेर मनन गरें | अन्तत: मेरो नकारात्मक चिन्तनको स्रोतको पत्तो लाग्यो |

मैले त्यस बखतको माओवादी तथा सरकारीविच द्वन्दको विषयमा प्रिन्ट मिडिया, रेडियो टेलिभिजनका रिपोर्टिंगहरु ज्यादै हेर्थें | ती एकआपसमा ज्यादै नकारात्मक हुन्थे | मिडियाको संगतले मेरो मन नै नकारात्मक भएको होला भन्ने निष्कर्ष निकाल्दै मैले केही समयका लागि सूचनाहरू सुन्न र हेर्नबाट विश्राम लिएँ | मैले त्यसपछि समाचार हेरिन |

त्यसको दशदिनपछि मैले म्याथमा गल्ती गर्न छोडें | केटाकेटीहरूप्रति मेरो केही रुखो ब्यबहार पनि सप्रियो | मैले गीताको बाक्य सम्झिए "तिमीले जस्तो सुन्छौं, देख्छौं र खान्छौं, तिम्रो चिन्तन र उत्तर त्यसै प्रकारको हुन्छ |

मैले झैँ तपाईंले पनि आँट गर्न सक्नुपर्छ | मैले आफ्नो बुद्धिको प्रयोग गरेर आफूभित्र छिरेको नकरात्मक सोचको स्रोत थाहा पाएँ | अनि, मैले बुझ पचाउन मिलेन | मैले आफ्नो जानकारीलाई पच्न दिईन |

मैले जंक-सूचनाको प्रभावबाट आफुलाई जोगाएँ | मैले आफुलाई अझै क्षतिग्रस्त हुनबाटो जोगाए | जरोकिलोको बाटोमा हिड्नेले धेरैप्रकारका जंकहरू चिनेर त्याग्ने संकल्प लिन सक्नुपर्छ | तपाईंले पनि विभिन्न दिशाहरूबाट ओहिरिएका असंख्य जंकसंग बौद्धिक संघर्ष गर्नुपर्ने छ |

अहिलेको राजनैतिक आस्थाले सृजना गरेका "जंक"हरूले हाम्रो सोच-विचारको युनिटमा परजीवीहरूले कब्जा जमाएझैं जमाएका छन् | हामी त्यो विवसता तोड्न चाहन्छौं तर स्वार्थले दिंदैन | वैदिक हिन्दू धर्मसंग जोडिएको आफ्नो जरोकिलोसंग जोडिने प्रयत्नमा अवरोध उत्पन्न गरिरहेका छन् |

जरोकिलोमा हिड्नु ठाडो तरवारको धारमा पैताला राख्नु हो | यो बाटोमा सत्यता र आत्मविश्वास बाहेक केही हुँदैन | कदमताल मिलाएर हिड्न सक्नेहरूमात्र हामीसंग हिड्नेछन् | हिड्न नसक्नेहरूका लागि भविष्यमा "पछुतो" लेखिएको छ |

No comments:

Post a Comment

लोग्नेस्वास्नी र सम्बोधन

लोग्नेस्वास्नी र सम्बोधन फरक संस्कृति , परम्परा र भाषाका अनुसार लोग्नेस्वास्नी विच एकआपसमा सम्वाद गर्ने चलन हुन्छ | मांगी विवाह होस् वा प्रे...