Monday, May 29, 2017

शरीरमा अल्झेको पश्चिमा शक्ति र नेपालको पालो

शरीरमा अल्झेको पश्चिमा शक्ति र नेपालको पालो

पश्चिमाहरूले बुद्धिको प्रयोग गरेर भौतिक विकासमा ठूलै चमत्कार गरेका छन् | मैले यो सत्य अस्वीकार गर्न सक्दिन र मिल्दैन पनि | यतिधेरै राम्रो काम गरेपनि उनीहरू आफ्नो शरीरको दासत्वबाट माथिल्लोस्तरमा उक्लिन सकेनन् | उनीहरू सधै आफ्नो मन र शरीरको रक्षाका लागि मात्रै तन्मय भएर काम गरे | यसले पश्चिमाहरूमा शरीर रक्षाको लागि "शक्ति आर्जन" गर्ने प्रतिस्पर्धा चल्यो |

सन् २०१७ को मार्च २३-२५मा काठमांडू हायात होटेलमा आयोजित बौद्ध सेमिनारमा उनीहरूले "ज्ञानमा पनि सुप्रिमेसी" प्राप्त गर्ने बालहठ गरेको देखियो | मैले त्यहाँबाट बुझें शरीरको रक्षाका लागि विनाशकारी "आणविक शास्त्र"को विकास गर्नेहरूले कुनै पनि हालतमा बौद्धिक वा आध्यात्मिकस्तरको सोपान पार गर्न सक्दैनन् |

अमेरिकन, युरोपेली तथा अन्य पश्चिमा पद्यतिको सेवामा "सर्वेभवन्तु सुखिन" आत्मिकभाव हुनै सक्दैन | यसको कारणस्पस्ट छ, उनीहरूका लागि सेवागर्नु पनि एउटा असल काम गर्ने "ब्युजिनेस" नै हो |

छान्द्ग्यउपनिषद पढ्दै गर्दा मैले बुझें, शरीर शरीरको सम्वन्ध मनसंग हुन्छ. मनको सम्वन्ध बासना र आत्मसुरक्षा भन्दा माथि उठ्न सक्दैन | मैले आजसम्म कुनै पश्चिमा विद्वानले अर्काको कल्याणका लागि ऋषि दधिचीलेझैँ आत्मदान दिएको उदाहरण भेटेको छैन |

हो, हामी मध्ये कुनै पनि दधिची, शिवि वा हरिश्चन्द्र बन्ने दावा गर्न सकिंदैन तर वैदिकशास्त्रको मूल्यहरूमा आफ्नो शरीरको, परिवारको, गाउँको, राष्ट्रको र अन्त्यमा विश्वको कल्याणको खातिर निस्वार्थ बन्ने क्षमताको विकास गर्ने हामीसंग खुवी छ | हामीले यो खुवी वारम्वार देखाएका छौँ | भूइँचालोको बेलामा हामीले सेवा गर्यौं तर उनीहरूले सेवाको ब्युजिनेस गरेर फर्के |

मैले सनातन वैदिक हिन्दू संस्कृतिको जरोकिलो समातें किनभने यसले सेवालाई ब्युजिनेस ठान्दैन | सेवा निश्वार्थ नै हुन्छ | सेवालाई ब्युजिनेस ठान्ने र आफ्नो शरीरको रक्षाका लागि समग्र विश्वको सुरक्षालाई धरापमा पार्ने पश्चिमा पद्यतिसंग मेरो सहमति छैन | यदि मेरा छिमेकीहरूले अणुवम बनाएका छन् भने त्यो पनि आयातित शरीरवादी सोच नै हो |

एउटा कुरा पक्का हो, शरीरवादी चिन्तनको प्रवलता रहेसम्म सेवा सधैं ब्युजिनेस नै रहने छ | हामी यो पश्चिमा सोचको लागि चुनौती बन्नुपर्छ | मैले आफ्नो शरीर, परिवार, छिमेकी तथा अन्यलाई माया नगर्नुहोस् भन्ने धृष्टता गर्दिन तर यी सबै काम गर्दागर्दै पनि आफ्नो जरोकिलोको लागि सेवालाई निस्वार्थ बनाउने प्रयत्न गर्न आव्हान गर्छु |
यसो गर्दा मैले आफुलाई नितान्त भारतवर्षको एउटा विनम्र नागरिकको नाताले आफ्नोपनको रक्षा गर्ने दृढ संकल्प गर्ने प्रेरित भने गर्छु | पश्चिमाहरूका असल पक्षहरूको सिको गर्न कुनै गारो छैन तर शरीरवादी चिन्तनले निम्त्याएको हाम्रो रुग्णत न्यूनीकरण गर्दै जाने र नेपाललाई विश्वको केन्द्रका रूपमा विकसित गर्ने अर्को विकल्प मैले देखेको छैन |

मैले लेखेको एउटा शब्द पनि लहडमा, पश्चिमाप्रतिको पूर्वाग्रह वा अन्य कुनै कारणले लेखिएको होइन | यी सबै भगवानका आदेश हुन् जुन मलाई स्रोत बनाएर निस्किएका छन् | परमेश्वरको रोजाईमा अव नेपालीहरू आफ्नो प्राचीन ज्ञानविज्ञानको छायामा उभिएर विश्वको दिगोशान्तिको लागि नेतृत्व गर्न चुनिएका छन् | विविधवादले आक्रान्त बनेको विश्वलाई नेपालीलाई माध्यम बनाएर पुन: शान्त, सुरक्षित बनाउन तैयार पारिदै छ |

आँट हुनेले परिवर्तनको यो शान्तिपूर्ण अभियानमा आफुलाई जोडेर इतिहासको फूल बनाउने छन् | हाम्रो आन्दोलन सुनेर खिल्ली उडाउनेहरूसंग पछुताउने विकल्प मात्र वांकी रहने छ | शरीरमा अल्झेको पश्चिमा पद्यति र शरीर, मन, आत्मा र परमात्मामा उन्मुख हाम्रो ज्ञानको विस्तारको सहयात्रा गर्नैपर्छ |

No comments:

Post a Comment

लोग्नेस्वास्नी र सम्बोधन

लोग्नेस्वास्नी र सम्बोधन फरक संस्कृति , परम्परा र भाषाका अनुसार लोग्नेस्वास्नी विच एकआपसमा सम्वाद गर्ने चलन हुन्छ | मांगी विवाह होस् वा प्रे...