Saturday, August 12, 2023

प्रधानमन्त्री नेपालीका हुन् !

 प्रधानमन्त्री नेपालीका हुन् !

नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल भारत भ्रमणमा छन् | उनी नेपालको प्रधानमन्त्रीको हैसियतमा त्यहाँ गएका हुन् र सम्पूर्ण नेपाल राष्ट्रको प्रतिनिधित्व गर्छन् | भारतीयहरूले उनको सम्मान नगरे नेपालको अपमान हुन्छ | ठूलो गणतन्त्र वा उदीयमान विश्वशक्ति हुँ भन्ने भारतले नेपालको अपमान गर्दा भारतको यश वा सम्मान बढ्दैन | नेपालको अस्थिर राजनीतिमा धेरै नेतृत्व आउलान् र जालान् तर एक दिनकै लागि किन नहोस् प्रधानमन्त्री त प्रधानमन्त्री नै हुन्छ | देशमा जेहोस् तर विदेशमा नेपालको प्रधानमन्त्री नै हुन्छ नेपालीको लागि र विदेशीको लागि पनि |
तर सम्मानीय प्रधानमन्त्री भारत प्रवासमा रहेको बखत "भारतले नेपाली प्रधानमन्त्रीलाई अपमान गरेर प्रचण्डको हैसियत देखाइदियो, ठिक्क पर्यो" जस्ता अपमान जनक, आफ्नै देशको मान मर्दन गर्ने, दुराग्रहपूर्ण तथा भारतीयहरूले गरेको व्यबहारलाई उचित भएका" कथन र लेखनहरू आएका छन् त्यो पनि नेपालीबाट | यो निकै पीडाजनक छ र हीनताबोधले ग्रस्त छ |
प्रचण्डसंग लाख विमति होलान् | प्रचण्डसंग लाख असहमति होलान्, रीस होला र त्यसको विषयमा उनी नेपालमा रहेको बखत आलोचना/प्रत्यालोचना तथा कानुनी लडाई जे- पनि लड्ने नेपाली जनतालाई अधिकार छ | तर स्वतन्त्र राष्ट्र नेपालको प्रतिनिधित्व गरेर विदेश भ्रमणका वखत "विदेशीले अपमान गरेर ठीक गर्यो" भन्नेहरुसंग कत्तिपनि सहमत हुनै सक्दिन |
नेपालीको प्रतिनिधित्व गरेर विदेशमा रहेका प्रचण्ड हामी सबै नेपालीका प्रधानमन्त्री हुन् | उनी संयुक्तराष्ट्र संघको स्वतन्त्र सदस्य राष्ट्रका शक्तिशाली प्रधानमन्त्री हुन् | नेपालका प्रधानमन्त्रीको हैसियत अमेरिका, ब्रिटेन, चाइना वा भारतका प्रधानमन्त्री भन्दा एकरत्ति कम छैन | नेपालको प्रधानमन्त्रीका रूपमा पुष्पकमल दाहाल प्रचण्डको यदि कसैले अपमान गर्छ भने त्यो नेपाली जनताको अपमान हो |
रह्यो, सन्धिसम्झौताको कुरा, नेपालको पक्षमा विदेशीहरूसंग सन्धिसम्झौता गर्दा नेपाल र नेपालीको स्वार्थको रक्षा गर्ने काम प्रधानमन्त्री कै हो | प्रचण्डले मात्र होइन प्रधानमन्त्रीका रुपमा अरू कुनै व्यक्तिले पनि नेपाल र नेपालीको हितविपरित काम गर्छ/गराउँछ भने त्यो व्यक्ति राष्ट्रघाती हो | हरेक राष्ट्रले आफ्नो हितको रक्षा गर्छन् | यदि भारतले आफ्नो दीर्घकालीन हित र नेपालको अहितको पक्षमा सन्धि गर्न सफल भयो भने तेहाका जनताले प्रम मोदीलाई धन्यवाद दिन्छन् नै | मोदीसंग तुलना गरेर भारत भ्रमणमा रहेका नेपाली प्रधानमन्त्रीको अपमानले भारतीयहरूलाई नेपाल र नेपालीसंग अपमान जनक व्यबहार गर्न प्रोत्साहित गर्छ |
भारतीय मिडियाले नेपाली प्रधानमन्त्रीलाई त्यतिसारो ठाउँ दिंदैनन् | हेपेर प्रस्तुत गर्छन् | मोदीलेझैँ आफ्नो राष्ट्र, धर्म, संस्कृति, परम्परा तथा हितका विषयमा प्रष्टसंग व्यबहार गर्ने हो भने नेपाली प्रमहरूसंग ती झुक्न बाध्य हुन्छन् | सम्भवत: नेपाल नेपालीको हितमा सन्धिसम्झौता नगरेको हुँदा अधिकांश नेपाली प्रधानमन्त्रीहरू आलोचित हुन्छन् | विदेशनीति र नेपालको स्वार्थका सवालमा सत्तामा हुँदा पार्टीहरूको एउटा दृष्टिकोण र सत्ताबाट बाहिर रहंदा अर्को दृष्टिकोणले देशको भलो हुँदैन | सबै पार्टीले यो कुरा बुझेका छन् तर व्यबहार परिवर्तन गर्न सक्दैनन् | तर विदेशमा रहेका आफ्नै प्रधानमन्त्रीको आलोचना गर्ने र विदेशी प्रधानमन्त्रीको पक्षमा उभिनेचाहिं ठीक होइन |
आशा र विश्वास गरौँ प्रम दाहालले भारतसंग नेपाल र नेपालीको पक्षमा काम गर्नुहुने छ |

रामायण र भानुभक्तको कुरा !

रामायण र भानुभक्तको कुरा !

श्रीसीताराम नेपाली धार्मिक, सांस्कृतिक तथा जीवन दर्शनका अङ्ग हुन् | भानुभक्तले नेपालीमा रामायण लेखेर नेपाली भाषाको विकासमा ठूलो टेवा पुर्याए | भानुभक्तले रामायण लेख्नु भन्दा हजारौं वर्ष पहिलेदेखि नै नेवार समुदायले सीतारामको कथामा आधारित रहेर "सीताराम जात्रा"का माध्यमबाट रामकथाको मन्चन गर्थे | मगर, थारू, बज्जी, भोजपुरी, गुरुंग, थकालीआदि जातजातिहरूमा पनि सीतारामको गहिरो छाप रहेका छ |
भारत, श्रीलंका, थाइल्याण्ड, कम्बोडिया, इन्डोनेसिया, फिलिपिन्ससहित विश्वका अनेकौं देशमा सीतारामको जीवनीमा आधारित कथाहरू र तेसमा आधारित भएर लीला (नाटक) मन्चन गरिन्छ | नेपालमा पनि नेपाली परिवेशअनुसार रामकथा सृजना गर्ने काम भानुभक्त कविले गरेका हुन् | धेरै रामायण होलान् तर नेपालीहरूका लागि भानुभक्तको रामायणजस्तो अर्को हुनैसक्दैन | यसमा गौरव गरौँ |
ऋषि बाल्मिकीको रामायण महान् छ | आनदरामायणआदि श्रेष्ठ छन् | भोजपुरी कवि तुलसीदासको रामायण धेरै राम्रो छ | तर नेपाली भाषि र नेपाली समाजलाई धार्मिक, सांस्कृतिक तथा सामाजिक रूपमा एकीकृत बनाउने भूमिकामा भानुभक्तले लेखेको रामायणको स्थान कुनैले पनि लिन सक्दैन | समकालीन र आधुनिक नेपालको जरोकिलो भानुभक्तको रामायणले बलियोसंग गाडेको छ | नेपालीले नेपाली रामायणको सम्मान, चर्चापरिचर्चा, अनुसन्धान नगरे कस्ले गर्छ ?
नेपालीका आदिकवि भानुभक्तले रामायणका माध्यमबाट विश्वभरिका नेपाली भाषिहरूलाई सांस्कृतिक एकीकरणको सूत्रमा बाँधेका छन् | भानुभक्तको रामायण भोजपुरी तथा मैथिलीभाषामा पनि अनुवाद भएको छ | भानुभक्तको रामायण वारे चर्चापरिचर्चा गर्दा नेपाल र नेपालीको पनि मान बढ्छ | भानुभक्त र उनको रामायणवारे परिचर्चा गरौँ |
नेवार समुदायले "बास्सा नाच, गाईजात्रा, दशअवतार नाचआदिमा सीतारामको कथा मन्चन हुन्छ |

हिन्दूमय विश्व !!!

 हिन्दूमय विश्व !!!

धर्मको अर्थ असल गुण हो | हिन्दुको अर्थ हो - हीनताबोध नभएको व्यक्ति | हिन्दुहरूले गौरव गर्नुपर्छ कि आज विश्व असलगुण खोज्दै छ | असल गुणहरू अपनाउने प्रयत्न गर्दैछ | असलगुण सबैका लागि हुन्छन् | असल गुणको अनुशरण गर्न धर्म परिवर्तन गर्न पर्दैन | ऋषिहरूको उद्घोष कि "विश्व नै आर्य (श्रेष्ठ) बनाऔं" भन्ने प्रतिज्ञा क्रमशः पूर्ण हुँदैछ |
विज्ञानको विकाशलाई धन्यवाद दिनुपर्छ : यसले विश्वलाई क्रमशः हिन्दू चेतनाले भरिपूर्ण गर्दै छ | म गौरव गर्न सक्छु आजको ९०% विश्वले हिन्दूगुणहरू अवलम्बन गरिरहेको छ | असलगुणहरू धारण गर्ने प्रतिस्पर्धा गरिरहेको छ | जतिजति विज्ञानले प्रगति गर्दैछ, त्यतित्यतिनै विश्व हिन्दूमा रुपान्तरित हुँदैछ |
उदारता, सहअस्तित्व, समावेशीपन, सहृदयता, स्वीकृति, करूणा, कट्टरताको त्याग र एकअर्कालाई सम्मान गर्ने चेतना र फरक धर्म, फरक संस्कृति, फरक भूगोल तथा फरक आस्थालाई सम्मान गर्नुपर्छ भने बौद्धिक वहस र जागरण हिन्दू संस्कृतिले प्राकृतिक रूपमा प्राप्त गरेका विशेषता हुन् | आजको विश्वले यी बिशेषताहरूलाई आफ्नो जीवनको अभिन्न अङ्ग बनाइरहेको छ | कट्टरताको युग समाप्त हुँदैछ | कट्टरहरू पनि उदारताको छायाँमा आउन बाध्य भइरहेका छन् |
तेसैले भन्छु, वैदिक सनातन हिन्दू संस्कृतिका यी मौलिक विशेषतालाई चिनेर गौरव गरौँ र आफुलाई गौरवशाली मानौं | ऋषिकुलप्रति कृतज्ञ बनौं किनभने यिनै ऋषिकुलले निर्मित गरेको हिन्दू-संस्कृतिको उदार चेतनाका कारण विश्वको हरेक व्यक्ति हिन्दूमा रुपान्तरित हुँदैछ | सम्पूर्ण विश्व हिन्दूमय हुँदैछ

हिन्दूमय विश्व : धर्मको प्रयोग

 हिन्दूमय विश्व : धर्मको प्रयोग

आजको समाज धर्मको प्रयोग गर्न आतुर छ | मनुस्मृतिमा धर्मका १० वटा लक्षण भनिएको छ भने श्रीमद्भागवतको पहिलो स्कन्धमा धर्मका तपस्या, पवित्रता, करूणा र सत्य यी चारबटा चरण बताइएको छ | गीतामा १७ बटा र पुन: भागवतको सातौँ स्कन्धमा २७ बटा धर्मको (दैवी गुण) वारे परिचर्चा गरिएको छ | धर्मलाई सेतो गोरुझैं निस्कलंक मान्दै तपस्या, पवित्रता. करुणा र सत्यलाई तेसका चारबटा खुट्टाका रूपमा निरुपण गरिएको छ |
तपस्याको अर्थ हो - बौद्धिक, शारीरिक, बौद्धिक तथा शारीरिक र केवल शारीरिक श्रम गरेर इमान्दारीपूर्वक जीवन यापन गर्ने प्रबृत्ति | प्राचीन ऋषिहरूले विष्णु अर्थात् सम्पूर्ण संसारमा फैलिएको शक्ति आफुमा अनुभूत गरेर विश्वको आफ्नो र विश्वको कल्याण गर्थे | यो तपस्या थियो र आजको मितिमा पनि तपस्या अर्थात् तोकिएको कामलाई फल प्राप्त भए पनि नभए पनि कर्तव्य मानेर सम्पदान गर्ने सङ्कल्प |
पवित्रताको अर्थ हो - शारीरिक तथा मानसिक रूपमा स्वास्थ्य रहने हिसावले काम गर्नु | केवल नुहाएर मान्छे पवित्र हुँदैन | मन, बचन र कर्मले आफ्नो र अर्काकाको भलो चिताएर काम गर्ने चेतना नै पवित्रता हो |
-करुणाको अर्थ अन्य प्राणी वा प्रकृतिप्रति आफुसरहको भाव राख्नु | हिन्दू शास्त्रले सम्पत्ति कमाउन र त्यसको स्वामित्व प्राप्त गर्न रोकेको छैन तर आफुले कमाएको सम्पत्तिको कमसेकम १० भागचाहिं कल्याणकारी क्रियाकलापमा खर्च गर्नुपर्छ | भोकोलाई भोजन, रोगीलाई औषधिउपचार, पढ्न चाहनेलाई विद्याको प्रबन्ध, डराएकोलाई शरण दिनु करुणाको उदाहरण हो |
सत्यको अर्थ हो - मनले जे सोचेको छ तेही बोल्नु र तेही गर्नु | मन, बचन कर्मको एकरुपता र सत्यप्रति अतिप्रतिबद्धता नै सत्यता हो | हो, आजको विश्वमा विज्ञानले प्रगति गरेको छ, मान्छेको आयु बढेको छ तर मन, बोली र गराईमा निकै भिन्नता देखिन्छ |
आजको विश्वले प्रत दायित्वप्रति उत्तरदायित्व, तेस प्रति इमानदारी, आफु बाहेकको व्यक्तिप्रति करूणा र यी सबै गर्दा मन, बचन र व्यबहारमा एकरुपता खोजिरहेको छ | विश्वले कल्याणकारी तथा प्रगतिशील बनाउन धर्मका यी चारचरणहरूको गहिरो चाहना गरिरहेको छ |
विश्वप्रसिद्ध म्यानेजरहरूले होस् वा एउटा सामान्य परिवार हुर्काउने दायित्व लिएका अभिभावकहरूले आफ्ना कर्मचारी, वालबालिकामा र आफुस्वयंमा पनि तपस्या, पवित्रता, दया (करूणा) तथा सत्यतापूर्ण व्यबहार चाहन्छन् | वैदिक सनातन धर्मले व्यक्तिगत तथा वैश्विक कल्याणका लागि व्यवहारिक जीवनमा अबलम्बन गर्न आग्रह गरेका "धर्मका चार चरण"हरू भविष्यको लागि अनिवार्य हुने छन् | रिलिजन, पन्थ वा रिलिजियस आस्था रहलान् नरहलान् तर धर्मका यी चारचरणहरू भविष्य विश्वले स्वीकार नगरी धर नै छैन |
विचार गर्नुस् त के उपरोक्त धार्मिकता यहुदी, इसाई, मुस्लिम, वोन, किराती, जैन, बौद्ध सबैका लागि पालनयोग्य छैनन् त ? अवश्य छन् | आफुलाई निरीश्वरवादी मान्ने होस् वा नास्तिक सबैका लागि सनातन धर्मका यी चारचरणहरूको पालना गर्नुको कुनै विकल्प छैन | अहिले होस् वा भविष्यको मान्छे सनातन धर्मको पालना नगर्ने सोच्न पनि सक्दैन | यसका लागि तपाईंले हिन्दू बन्नु पर्दैन किनभने तपाईंको समाज, धर्म र संस्कृतिले तपाईंभित्र हिन्दुत्वका बीजहरू स्थापित गरेको छ | विश्व स्वाभाविक रूपमा हिन्दूको आफ्नो प्राकृतिक अवस्थातिर लम्किन्दै छ |
स्वस्तिअस्तु

हिन्दूमय विश्व : वसुधैव कुटुम्बकम्

 हिन्दूमय विश्व : वसुधैव कुटुम्बकम्

उदारतावाद शब्दको विनिर्माण नै अब्राहमिक रिलिजनको कट्टरता विरुद्ध भएको हो वा पूँजीवाद, साम्यवाद तथा समाजवादका एकल काटे अभियानका विरुद्ध भएको हो | धार्मिक हुनु र रिलिजियस हुनुमा धेरै फरक छ | धार्मिकहरूले सद्गुणको कुरा गर्छन् | रिलिजियसहरूमा सद्गुण भन्दा पनि आदेश पालनको महत्व हुन्छ | रिलिजियसहरूमा उदारताको कुनै भावना हुँदैन | साम्यवाद, पुँजीवाद वा समाजवादमा उदारताको अर्थ फरक हुन्छ | पुँजीवाद होस् वा साम्यवाद यिनका लागि उदारतावाद भनेकै आफ्नो समर्थन हो | असहमतहरूका लागि कुनै स्थान हुँदैन |
उदारता र उदारतावादमा रात र दिनझैं फरक छ | उदारता प्राकृतिक मानवीय स्वभाव हो भने उदारतावाद कट्टरपन्थीहरूका विरुद्ध सङ्घर्षको अर्थमा रचना गरिएको नया भाष्य हो | एकै बाइबल मान्नेहरूका अनेकौं सम्प्रदाय छन् | एकै कुरान मान्नेहरूका अनेकौं पन्थहरू छन् | कम्युनिस्ट मेनिफेस्टोलाई सर्बोच्च राजनैतिक घोषणा मान्नेहरूका अनेकौं गुटहरू छन् | उदारतावाद शब्दले गुटको कट्टरपन्थी चिन्तन र व्यबहारसंग विद्रोह गर्छ |
आजको मितिमा आतंकवाद शब्दले एउटा धर्म-विशेषको प्रतिनिधित्व गरिरहेको बुझिन्छ | यो केवल क्रुसेड र जिहादको परिवर्तित अवस्था मात्र हो | सांस्कृतिक विरासत नै भन्नुपर्छ - एकलकाटेस्वरवादमा सहमति, उदारता, फरकका लागि सम्मान हुँदैन | तेहा राजनैतिक तथा स्वार्थगत सम्झौता हुन्छ तर दिगो शान्तिका लागि आत्मीय उदारता हुँदैन | उदारता र सम्झौता - यी दुवै राजनैतिक अर्थमा बुझुपर्छ | पछिल्लो समयमा उपरोक्त कट्टरतावाद विरुद्ध उदारता स्थापित हुँदैछ | मान्छेहरू उदारतावाद होइन प्राकृतिक उदारता खोज्दै छन् |
यहीं नेर विश्व फेरी एकपटक वैदिक सनानती हिन्दू दृष्टिकोणतिर फर्कदै छ | बास्तविकता के हो भने बाइबल समातेर राष्ट्रपतिको कसम खाने अमेरिकी राष्ट्रपतिले होस् वा कुरान छोएर कसम खाने साउदी अरवका राजकुमारले होस् "विश्व सबैका लागि हुनुपर्छ" भन्ने आदर्श बाक्यसंग विमति राख्न सक्दैनन् |विश्वभरी बढ्दो उदारताको मांग र स्वार्थ राजनैतिक कारणले अब्राहमिक र कपुराजनैतिकहरूले "सम्झौता"मा उदारता देखाए पनि जिनमा उदारता हुँदैन | वैदिक सनातनी हिन्दूमा उदारता जन्मजात हुन्छ | हिन्दू परिवारमा जन्मेको र हिन्दु धर्ममा रहेको व्यक्ति जुनसुकै समाजमा गए पनि अटाउँछ | उसले सम्बन्धित समाजका धार्मिक, सांस्कृतिक तथा सामाजिक मान्यताहरूलाई अङ्गिकार गर्छ | धेरैजसो एस्तो अङ्गिकार आत्मघाती पनि हुन्छ |
सनातनी परिवारको सदस्य भएको नाताले आजको वैश्विक चाहना देखेर तथा बुझेर विश्वले क्रमशः वैदिक उदारताको बाटो अवलम्बन गरेको पाएर गौरव लाग्छ | एउटा सनातनीका लागि विधर्मी पनि विधर्मको अङ्ग हो | विश्वका हरेक व्यक्तिले आ-आफ्नो भूगोल, परम्परा तथा संस्कृतिअनुरुप जीवन यापन गरेर आफ्नो पहिचान कायम राख्न सक्छ | उदारताको अर्थ विश्वलाई नीड़ अर्थात् सबैको साझाघर, श्रेष्ठ निवास स्थान र विश्वका हरेक मान्छे वा पशुपक्षीलाई समेत आफ्नो परिवार नै ठान्नु हो | आजको विश्व क्रमशः प्राकृतिक उदारतातिर लम्कदै छ | एउटा हिन्दूको लागि यो भन्दा गौरवको कुरा अर्को हुनै सक्दैन | भविष्यको विश्वको हरेक मान्छे हिन्दू नै हुने छ र उसले हिन्दू बन्नका लागि धर्मपरिवर्तन गर्नु पर्ने छैन | "खं ब्रह्म" अर्थात् विश्वब्रह्माण्ड नै एउटा घर भएको नाताले आफ्नो र अर्काको भेद पूर्णतया समाप्त हुनेछ | विश्व निरन्तर उदारताको बाटोमा लम्केर हिन्दूमय हुँदैछ |
स्वस्तिअस्तु

हिन्दुमय विश्व : सहिष्णुता

 हिन्दुमय विश्व : सहिष्णुता

नेपालमा माओवादीले नेपाली नेपालका मौलिक धर्म, संस्कृति तथा परम्परा विरुद्ध बडो असहिष्णुतापूर्ण आन्दोलन चलाए | संस्कृतका पुस्तकहरू जलाए | पुस्तकालय डढाए | संस्कृतका शिक्षकहरूको निर्मम हत्या गरे | गुरुकुलका बटुकहरूको टुप्पी काटे र यहाँसम्म कि महिलाहरूलाई तिजको चाडवाडमा रातो पहिरन लगाउन र निधारमा टीका लगाउन पनि रोक लगाए | यसमा माओवादीहरूको कुनै दोष छैन | उनीहरूले त्यही गरे जुन् मार्क्सवादी र माओवादी सिद्धान्तले निर्दिष्ट गरेको थियो |
तेसैगरी भारतमा भारतीय जनता पार्टीले सरकार बनाएपछि नाम चलेका बुद्धिजीवीहरूले भारतीय जनतापार्टीलाई भारतको लागि निकै खतरा देखे | भारतीय जनता पार्टीलाई "असहिष्णु-ग्यांग" भएको भन्दै सरकारले दिएका पुरस्कार समेत बहिष्कार गरे | के असहिष्णुताका विरुद्ध "पुरस्कार फर्काउने काम सहिष्णु थियो ? यो प्रश्नको उत्तर सधैं गोलमाल हुन्छ | लगभग दोश्रो कार्यकाल सक्न आँटेको भारतीय जनता पार्टीको सरकारको कार्यकालमा सबैभन्दा कम जातीय तथा क्षेत्रीय दङ्गा भएको र देशले वैश्विकतहमा पहिचान बनाएको भनेर त्यहीका अनुसन्धानले भनेका छन् |
सहिष्णु शब्दको अर्थ हो - सहन गर्न सक्ने क्षमता हुनु | शारीरिक, मानसिक तथा अन्य भौतिक समस्याहरूसंग जुध्न सक्ने क्षमता नै सहिष्णुता हो भन्न मिल्छ | मैले यसलाई धेरै शास्त्रीय नबनाएको हो | अर्काको अस्तित्व, अर्काको प्रगति, अर्काको मानसम्मान, दोश्रो समुदाय वा व्यक्तिको उपस्थिति, अन्य धर्म, संस्कृति, मान्यता, परम्पराआदिलाई सहजरूपमा स्वीकार गर्नु र तीसंग मित्रवत सम्बन्ध राखेर सहअस्तित्वमा रहनु सहिष्णुता हो | विश्वका ठूला धर्महरूका धार्मिक कितावले "आफु वाहेक दोश्रो"को सम्मान नगर | गर्ने परे रणनैतिक रूपमा गर" भन्ने प्रष्ट आदेश दिएका छन् | ती कुन् संस्कृति हुन् ? खोज्ने काम पाठकहरूको हो |
वैदिक सनातन हिन्दू धर्मले प्राकृतिक रूपमा अङ्गीकार गर्दै आएको "सहिष्णुता" आजको विश्वका लागि अमृत बनेको छ | ऋग्वेदले "संगै हिडौ, राम्रो बोलौं, अर्काको कुरालाई सम्मान गरौँ | यो विश्व एउटा यज्ञ भूमि हो | हामी सबै देवताझैं बनेर मन्त्रणा गरौँ र भद्रको प्राप्ति गरौँ - भन्ने वैदिक चाहनाहरूप्रति विश्वको चाहना बढेको छ | अब्राहमिक रिलिजनहरू व्याबहारिक प्रयोजनका लागि भए पनि "सहिष्णुता" रोजेका छन् | मध्यपूर्वका मुस्लिमहरूले सहजले हिन्दू, बौद्ध, जैन, इसाई तथा नास्तिकहरूको लागि कर्मक्षेत्रको ढोका खोलेका छन् | उनीहरूले मुस्लिमहरुको अनिवार्यतालाई विर्सेका छन् |
यहुदी, इसाईहरू पनि समकालीन विश्वको आवश्यकता र चाहनाको सम्मान गर्न आफुलाई "लिवरल र मानवीय" श्रेणीमा उभ्याएका छन् | सिद्धान्तकै आधारमा हेर्ने र बुझ्ने हो भने क्यथालोलिकले प्रोस्टेन्टआदिले एकआपसमा संवाद गर्दैनन् तेसैगरी शिया र सुन्नीआदि पनि मिल्दैनन् | हिन्दूहरूमा "अर्कालाई नसहने" भन्ने संस्कृतिको पूर्ण अभाव छ | सबै भन्दा चाखलाग्दो विषय के हो भने हिन्दूहरूका अनेकौं सम्प्रदायले एकअर्काको अस्तित्वलाई अस्वीकार गर्दैनन् | उस्तै परे आफ्नो पूजाकोठामा कावा र जिससको फोटो राखेर अगरबत्ती बाल्न पनि गाह्रो मान्दैनन् | आजको शिक्षित विश्व, हिन्दू धर्मभित्र रहेको एस्तो अद्भूत "सहिष्णुता" देखेर अचम्म परेको छ |
हिन्दूहरूले कर्म, पूनर्जन्म, स्वर्ग, नर्क तथा जीवको अमरत्वमा विश्वास गर्ने हुँदा प्राकृतिक रूपले सहिष्णुताको मनोविज्ञान विकास गरेको छ | बहुदेववाद, एकदेववाद, सर्वेश्वरवादआदिमा विश्वास गर्ने हुँदा स्वत: सहिष्णुताको विकास भएको छ | विगतको इतिहास हेर्ने हो भने विश्व बडो असहिष्णु थियो तर आजको विश्व सबैभन्दा बढी सहिष्णु छ | यो अभूतपूर्व सहिष्णुताको स्रोत हिन्दू धर्म नै हो | यसै सहिष्णुताको मनोविज्ञानलाई आजको विश्वले हिन्दू संस्कृतिबाट प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा ग्रहण गरिरहेको छ | वेद, उपनिषदआदिले हिन्दूहरूको जीवन दर्शनमा स्थापित सहिष्णुता विश्वव्यापी हुँदैछ |
अनेकौं एनजिओ/आइएन्जिओ. रिलिजिएस र कपुभित्रका लेखकहरूले नेपालमा धार्मिक तथा राजनैतिक सहिष्णुताको शिक्षाको विस्तार गर्ने भन्दै हिन्दूहरूलाई असहिष्णु भएको अपरोक्ष आरोप लगाउने गरेका छन् | नेपाली सहिष्णुतालाई रिलिजीएस असहिष्णुतासंग दाज्न सकिन्न | कम्न्युजिस्टहरूले (मार्क्सले निर्माण गरेको भाष्यअनुसार पूँजीवादी, सामन्त शोषक) भनेर करौडौं मान्छेहरूको हत्या गर्न उक्साए भने पुँजीवादीहरूले कम्युनिस्टहरू हत्यारा हुन् भन्दै कम्युनिस्ट समर्थकहरूको कल्लेआम गरे | जिहाद र क्रुसेड गरेर यहुदी, इसाई र मुस्लिमहरूले एकअर्काको हत्या गरे | अब्राहमिक मिलेर तथाकथित "पेगन" भन्दै अफ्रिकन, अमेरिकन तथा हिन्दूहरूको हत्या गरे | आज पनि आन्तरिकरूपमा क्रुसेड, जिहाद, कपुबिचको असहिष्णु युद्ध चलिनै रहेको छ | हिन्दू-संस्कृतिलाई धन्यवाद दिनुपर्छ कि वदलिँदो विश्व परिवेशमा उपरोक्त सबैलाई सहृदयतामा आधारित सहिष्णुता अवलम्बन गरेर एकआपसमा सहकार्य गर्न अभिप्रेरणा प्रदान गरिरहेको छ |
असहिष्णुतावादीहरूले असाहिष्णुताको कुरा गरौँ तर हिन्दूहरू प्राकृतिक रूपमा सहिष्णु भएका कारण आजको विश्वले क्रमशः हिन्दूमय हुँदैछ | बौद्ध र जैन परम्परालाई हिन्दूनै भन्न मिल्दैन तर हिन्दू-मान्यता भन्दा वाहिर मान्नु मूर्खतापूर्ण हुने छ | आफ्नो असाहिष्णुतापूर्ण मनोविज्ञान तथा व्यवहारका लागि आत्म-गौरव गरौँ |
-स्वस्तिअस्तु

जोली र धमला

जोली र धमला 

एउटा भिडियोमा विजय जोलीले चुनौति दिंदा ऋषि धमलालाई "म हिन्दू हुँ" भन्न उनको हीनताबोधले अवरोध गर्यो | दोषी ऋषि धमला होइनन् | दोष नेपाल-देशको सफ्ट-पावर नाचिनेका राजनीतिक नेतृत्वको हो | ऋषि धमलाहरूलाई आत्मसम्मानविहिन हीनताबोधले भरिएको बनाउने राजनैतिक बुच्याखाहरूको विदेशी भक्ति हो, जसले सधैं विदेशी धर्म, संस्कृति सिद्धान्तहरूलाई नेपाल र नेपालीको "विकास, प्रगति तथा सभ्यताको" प्रतिमान बनाएर प्रस्तुत गरे | आत्मसम्मानलाई विदेशीहरूको दासतामा समर्पित गरे |
कसैले हिन्दू भन्दैमा हिन्दुत्वको रक्षा हुने र न भन्दैमा असुरक्षित हुने होइन तर ८१.३% हिन्दू जनसंख्या भएको देशका प्रधानमन्त्री र एउटा प्रतिष्ठित पत्रकारका रूपमा आफ्नो परिचय दिन नसक्नेहरू हुतिहारा हुन् | आधुनिक होस् वा प्राचीन नेपालको निर्माणमा कार्लमार्क्स, हब्स, वासिंगटन वा माओको कुनै पनि योगदान छैन | जे-जति नेपालको परिचय छ, यो यह्यंका सकल निवासीहरूले बनाएका हुन् | हिन्दू, बौद्ध, जैन, बोन आदिका मूर्त--अमुर्त सम्पदाहरूनै नेपाल हो र हामी नेपालीको पहिचान हुन् | प्रगतिशीलताको एउटा अक्षर पनि पालना नगर्ने हुतिजारा संस्कृतिको जन्म दिनेहरूले पशुपतिसंग घृणा गर्छन्, आफ्नो परिचय लुकाउँछन् र आफ्ना दमीत इच्छाहरूको अभिपूर्ति गर्न जातिवादको घृणायुक्त परिचयको खेल खेल्छन् र नेपालीलाई त्यही घृणाको खेलमा प्रगतिशीलताको चस्मा लगाईदिन्छन् |
"म नास्तिक हुँ" भन्ने प्रचण्डले आफ्ना छोराछोरी, नातापाताको प्रगति बाहेक कसैको प्रगति नगरेको सबैले देखेका छन् | चौथोपटक प्रधानमन्त्रीको शक्तिशाली पदमा रहेर उनले देशको प्रगतिका लागि गरेको योगदान "जातिवाद, घृणावाद, हीनताबोध बोधको संस्कृति निर्माण, र स्वच्छन्दतावाद हो | अराजकताको संस्कृति निर्माण गर्न प्रचण्डलाई नेपाली कांग्रेस. एमाले, मधेशवादीआदि सबैले साथ दिएकै छन् र दिने छन् | नेपालका लागि "विकास" केवल कमिसनका लागि गरिने अनिवार्य क्रियाकलाप हो जसका लागि राज्यए बजेट छुट्याइएको हुन्छ |
प्रचण्ड उज्जैनको शिव मन्दिरमा दर्शन गर्न गए | पहेलो लुगा धारण गरे | यो उनको नितान्त व्यक्तिगत निर्णय थियो र व्यक्तिका रूपमा उनले मानवीय आधारमा स्वाभाविक रूपमा गर्न पाउने कर्तव्य थियो | विदेशी बुच्याखाहरू ती हुन् जसले नेपाली संसदमा प्रचण्डका व्यक्तिगत क्रियाकलापमा प्रश्न उठाएर किचलो गरे | ती हीनताबोधले भरिएका प्रश्नहरूको अव्यवहारिक र अपत्यारिलो जवाफ दिएर प्रचण्डलेआफै सबैभन्दा ठूलो बुच्याखा भएको प्रमाणित गरे |
महाकाल मन्दिरमा प्रचण्ड कुनै राजनैतिक सम्झौता गर्न गएका थिएनन् | उज्जैनको प्रसंगलाई "प्रगतिशीलताको बाधक देख्ने"हरुले विगत १५ वर्ष देखि अमेरिकालाई विश्वको सबैभन्दा शक्तिशाली क्रायोजनिक इन्जिन अमेरिकालाई बेचिरहेका छन् | यी नेताहरूले अमेरिका, बेलायत रसीयाआदिलाई "अनुदान" दिंदै आएका छन् |
प्रगतिशीलताका नाममा आफ्ना नेता र आफ्ना कार्यक्रताको व्यबस्थापन बाहेक सिन्को नभाँचेकाले "प्रगतिशीलता"को कुरा गर्नु प्रगति, विकास, उन्नयन, अग्रगमन, लोकतन्त्र, प्रजातन्त्र शब्दकै अपमान होइन र ?

द्वैताद्वैत, निम्बार्क र वेदान्त दशश्लोकी

द्वैताद्वैत, निम्बार्क र वेदान्त दशश्लोकी  निम्बार्क उपासना  नियमानन्द शान्ति र साधनाप्रिय ब्राह्मण थिए | उनले पढेको गुरुकुलमा गुरूले "...