Tuesday, January 9, 2024

हिन्दू-पुनर्जागरण र पृथ्वीनारायण शाह

 हिन्दू-पुनर्जागरण र पृथ्वीनारायण शाह

१. हिन्दू पुन:जागरण

आधुनिक समयमा हिन्दु सनातन धर्मको पुनर्जागरणका पृथ्वीमारायण शाह नै हुन् | भारतवर्षमा धेरै राजा भए तर ती सबैले आफ्नो राज्यको कुरा गरे | राणा प्रताप होस् वा शिवाजी - दूवैले अकवर र औरंगजेवसंग हिन्दू-संस्कृतिको राक्षाको लागि युद्ध गरेका होइनन् | उनीहरूले आफ्नो राज्य जोगाउन सङ्घर्ष गरेका हुन् | शिवराज विजय नामको संस्कृत पुस्तकमा "हिन्दू राष्ट्र वा हिन्दू पुनर्जागरण" कुनै उल्लेख छैन | राणा प्रतापको कुरा पनि चित्तौडगढ़मा टुंगिएको छ | "असली हिन्दूस्थाना"को वैश्विक दृष्टिकोण राजा पृथ्वीनारायणले अगाडी सारेका हुन् | तेसैले शाह आधुनिक विश्वका पहिला राजा हुन् जसले हिन्दूहरूका लागि खाट्टी हिन्दुराष्ट्रको स्थापना गर्ने सपना देखे र आंशिकरुपमा हिन्दू राष्ट्रको स्थापना गरे |

२. पहिलो दस्तावेज
पृथ्वीनारायण शाहको दिव्यउपदेश हिन्दु-राष्ट्रको लागि तत्कालीन अवस्थामा तयार पारिएको पहिलो दस्ताबेज हो | यो दस्तावेजले प्राचीन वैदिक स्मृति ग्रन्थहरूको सार समेटेर "हिन्दू राष्ट्रको शासकीय स्वरूप" प्रस्तुत गरेको छ | निश्चय नै यो तत्कालीन नेपालसंग सम्बन्धित थियो तर अंग्रेजले विश्वका अनेकौं राष्ट्रहरूलाई आफ्नो उपनिवेश बनाएर इसाई संस्कृतिको विस्तार गरिरहेका अवस्थामा हिन्दू धर्मशास्त्रका आधारमा छुट्टै राष्ट्रको परिकल्पना र स्थापना दूवै युगान्तकारी कर्म ठहरिन्छन् |

३. पहिलो हिन्दू राजा
इसाई/मुसाई र पश्चिमा पद्यतिको राजनैतिक प्रतिमान अङ्गिकार गर्नेहरूको पहिलो रीस नै पृथ्वीनारायण शाहले नेपाललाई हिन्दूस्थाना घोषित गर्नु र असली हिन्दूस्थानाको पहिलो सार्वभौमसत्ता सम्पन्न हिन्दू -राजा हुनु हो | हो, यस अगाडी पनि धेरै हिन्दू राजा भए ती मध्ये कसैले पनि हिन्दूराजा भएको घोषणा गरेका छैनन् | मुसाई(मुस्लिम यहुदी इसाई) र कसाई (कम्युनिष्ट-समाजवादी)हरूले एउटा रैथाने नेपालीले हिन्दूराष्ट्र स्थापना गरेको र पहिलो राजा भएर धर्मपरिवर्तनकारी शक्तिहरूलाई देश निकाला गरेको तत्थ्य आजसम्म हजम हुन सकेको छैन | राजा पृथ्वीनारायण शाहले २६० वर्ष अगाडी मुसाई र कुसाईलाई दिएको झापट उनीहरू नेपालका रैथाने हिन्दू-सनातनी तथा जैन-बौद्धलाई नामेट परेर बदला लिन चाहन्छन् | धर्मनिरपेक्षवादी पार्टीहरूका हिन्दु-संस्कृति विरुद्धका अराजक गतिविधिले यही भनिरहेको छ |

४. समावेशीका राजनीतिका जनक
राजा पृथ्वीनारायण शाहले "चार जात छत्तिस वर्णको फुलवारी" भन्दै कसाई-मुसाई मर्ममा प्रहार गरेका छन् | कसाई-मुसाईहरूको प्रमुख लक्षनै एकधर्म, एक देवदूत, एक पुस्तक, एउटा भाषा र एउटा राजनैतिक व्यबस्था" स्थापना गरेर विश्वबाट अन्य धर्म, संस्कृति, परम्परा तथा राजनैतिक आस्थाको समूल नाश गर्नु हो | मुसाईको घोषित लक्ष हो यो भने कसाईले पनि "लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र नै हो" भन्दै एकलकाटे राजकीय प्रणाली स्थापना गर्न चाहन्छन् | राजा पृथ्वीनारायण शाहले विश्वका कुसाई-मुसाई दूवैलाई "बहुलतावादी शासकीय तन्त्र केवल असली "हिन्दूस्थाना"ले मात्र ग्यारेन्टी गर्छ र अन्य राजकीय व्यबस्थाहरू एकलकाटे हुन् भन्ने प्रष्ट संदेश दिए | एउटा थपकुरा, आजको समावेशीकरण जालझेली, भाइभतिजावाद, स्वास्नीवाद, घृणावाद र पैसावादमा अडिएको छ तर तेसबखत यो विचार ठुलै क्रान्ति थियो |

५. हिन्दूराष्ट्रका पहिलो राजा
पृथ्वीनारायण शाह अहिलेका लागि इतिहासका उज्ज्वल पात्र हुन् | उनले जैन , बौद्ध, मुसाई र कुसाईहरूको सदियौंदेखि दलनमा परेर हिन्दूहरूको अस्तित्वबोध समेतगुमाउँन आँटेका सनातिनीको अस्तित्वलाई पुन: जगाउने काम गरेका छन् | ऋषिहरूले "उत्तिष्ठ, जागृत वरान्निबोधत" भन्ने पुकारलाई आधुनिक सन्दर्भमा उपयोग गरेका हुन् | जैन तथा बौद्धहरूले पनि प्रत्यक्ष रूपमा हिन्दु-संस्कृतिकै खेदो खनेका हुन् तर आज यो इतिहास हो | आजको सन्दर्भमा हिन्दू, जैन तथा बौद्धहरूका साझा शत्रु मुसाई-कुसाई नै हुन् | इन्डियाले नेपालको हिन्दू अस्तित्वलाई स्वीकार नगर्ला तर राजा पृथ्वीनारायण शाहले असली हिन्दूस्थानाको अवधारणा अगाडी नसारेको भए अहिले भारतमा हिन्दूहरूले पुनर्जागरणको पक्षमा भोट दिने थिएनन् | भारतीयहरूले स्वीकार नगरे पनि पृथ्वीनारायण शाह हिन्दू पुनर्जागरणका आदिपुरुष हुन् |

६. सम्झनयोग्य राजा
तत्कालीन नेपालका रजौटाहरू मध्ये पृथ्वीनारायण शाह पनि एक जना हुन् | अन्य राजाहरूको त्यति चर्चा हुँदैन | एउटा रजौटाले नेपाल एकीकरणको सपना देख्नु, त्यो सपना पुरा गर्नु, देशको मौलिक इतिहास बुझेर "असली हिन्दूस्थाना" घोषणा गर्नु, अंग्रेजहरूको एकलकाटे राजधर्म बुझेर "बहुलवादी मानव-समाजको स्थापना" गर्नु, आजको भयावह समय देखेर मुसाईहरूलाई देश निकाला दिनु, देश-भरिको विविधतालाई स्वीकार गर्दै ती विविधताको सुरक्षा गर्ने जिम्मा स्थानीयतहलाई नै दिनु र आफुले पढ्न नसके पनि आफ्ना सन्तान र नागरिकलाई पढ्न प्रेरित गर्नु तथा एउटा कुशल राजाका रूपमा चीन तथा भारतसंग सरल सम्बन्ध निर्माण गर्ने अभिप्रेरित गर्नुले यी एउटा सम्झनयोग्य राजा भएका छन् | शाहको दीव्य उपदेश अहिलेको शासकीय प्रणालीका उपयुक्त नहोला तर उनले स्थापित गरेका प्रतिमानहरू सम्झन र अनुकरण गर्न योग्य छन् |

७. महानायक
२६० वर्ष अगाडीको सामाजिक, राजनैतिक, धार्मिक तथा सांस्कृतिक चेतनामा आकाशपातालको फरक आएको छ | राज्यहरू शक्तिशाली राष्ट्रहरूमा रुपान्तरित भएका छन् | वीरभोग्या वसुन्धराजस्ता कथनहरू इतिहास बनेका छन् | मान्छेको स्वभाव र चाहनामा परिवर्तन भएको छ | मान्छेको जनसंख्या र आवश्यकता पनि त्यो समाजले सोच्नै नसक्ने गरी बढेको छ | तर हिन्दु धर्म र संस्कृतिका उपर आक्रमणको तीब्रता त्यो समयभन्दा बढी नै सनातनीहरूले अनुभव गरेका छन् | इन्टरनेट, रडियो, टेलिभिजनआदिको विस्तारका कारण हिन्दू-संस्कृतिको बहुआयामिक स्वभावको आयतन निकै बढेको छ | यस्तो अवस्थामा लगभग तीन हजारवर्षदेखि निरन्तर दलनमा रहेका हिन्दूहरूको आत्मबल बढेको छ र पहिचानको प्राप्तिको लागि पुनर्जागरण हुँदैछ भने यसको केही श्रेय श्रीपृथ्वीनारायणलाई पनि दिनुपर्छ | छोटो समयका लागि भए पनि विश्वका हिन्दुहरूले आफ्नो पहिचानको राष्ट्र प्राप्त गरेका थिए | तर मुसाई-कसाईको बक्रदृष्टी र सनातनीका विचमा रहेको अशिक्षाको कारणले त्यो गुम्यो | हिन्दू-राष्ट्र गुम्दा विश्वका हिन्दुहरू खुसी छैनन् | अव सनातन धर्मसापेक्ष हिन्दुराष्ट्रको विश्वका हिन्दुहरूको स्वाभिमानमा रुपान्तरित भएको छ | नेपालले तेसको नेतृत्व गर्नुपर्छ | महानायकका रूपमा पृथ्वीनारायण शाहको विकल्प छैन |

८. अग्रगमनका प्रणेता
इतिहासलाई गालीगलौज गर्ने संस्कृतिले नेपाल र नेपालीको भलो हुँदैन | सत्य हो कि आजको मितिमा मुसाईहरू पनि नेपाली नागरिक छन् | अन्य नागरिसरह तिनको पनि यो देश हो र हुनुपर्छ | देशको एकजना नागरिकले पनि अपहेलित, अपमानित तथा तिरस्कार गरेको अनुभव गर्नु हुँदैन | तर जर्ज जेकव ह्यालोक (१८१७-१९०६) ले मुसाईहरूसंग मोहभंग भएर जुन धर्मनिरपेक्षताको कल्पना गरे, त्यो नेपाली समाजको चरित्र विरुद्ध हो | उदाहरणका लागि धर्मका मामिलामा सधैं एकलवादी तथा क्रूरतम अभ्यासगरिरहेका यहुदी, इसाई तथा मुस्लिमहरूले नेपाली राजनैतिक संस्कृतिमा धर्मनिरपेक्षताको आवरण स्वीकार गर्नु, छल, प्रपन्च तथा धुर्त्याईको अन्तिम अवस्था हो | राजा पृथ्वीनारायण शाहले मुसाईको धुर्त्याई बुझेर बहिष्कार गरेका थिए तर उनको समयमा कसाई थिएनन् | मुसाई र कसाईले गठबन्धन गरेर वैदिक संस्कृतिको विनाश गरिरहेको सत्य हो | आजको समाजले उपर्युक्त सत्य बुझेन भने नेपालमा वैदिक संस्कृति इतिहासको विषय हुनेछ | नेपालबाट मुसाईको अन्त्य नहोला तर निस्तेज बनाउनुको विकल्प छैन | हो, नेपाली समाज वैदिक समाज र संस्कृतिको अस्तित्व पहिचानको स्थापनामा छ | पृथ्वीनारायण शाहले हिन्दु-पहिचानलाई राजनैतिक प्रतिमानका रूपमा संस्थागत गरेका हुन् |

९. रजौटाबाट राजा बने
त्यो समय विश्वभरीनै राजा र सामन्तहरूको हुकुम चल्थ्यो | जित्ने राजा हुन्थ्यो हार्ने रैकर | नेपाल यो भन्दा भिन्न थिएन | गोर्खाका रजौटा पृथ्वीनारायण शाहले ठूलो राजा बन्ने सपना देखे | त्यस बखतको चलनअनुसार युद्ध गरे | कति पल्ट हुन्छ हारे | धेरै पटक युद्ध जिते | युद्ध गरेर राज्य बढाउनु पर्ने, शक्ति आर्जन गर्नु पर्ने समयमा आजको नैतिकताको कल्पना गर्ने र पृथ्वीनारायण शाहबाट "जेनेभा-सन्धि"अनुसारको व्यबहार खोज्नेहरू धूर्त हुन् | यो धुर्त्याई जानाजान पृथ्वीनारायण शाहको बदनामी गर्न, उनले उत्थान गरेको "हिन्दू पुनर्जागरणलाई निस्तेज गर्न प्रयोग गरिएको हो | यदि त्यस बखत प्रसिद्ध घृणावादी गोपाल गुरुङ, लोकतन्त्रवादी पूर्वप्रम बाबुराम भट्टराई, वर्तमान प्रम प्रचण्ड, एमालेका शक्तिशाली नेता केपी ओली र तथाकथित राजाहरूको घोर विरोध गर्ने जुनसुकै नेता वा कार्यकर्ता रजौटा भएको भए त्यही गर्थ्यो | केही गर्न नसक्नेले रजौटा पृथ्वीनारायण वा अन्यको रैती भएर काम गरिरहेको हुन्थ्यो | सबैभन्दा अचम्मको कुरा के भने राजाको मूर्ति ठड्याएर राजाकै विरोध गर्ने "पहिचानवादी"को कुरा बुझ्न सकिन्न |

१०. घृणावादीको भलो होस्
एउटा तीतोसत्यले विदेशीका चौकीदारहरूलाई पोलिररहेको हुन्छ | त्यो केहो भने राजा पृथ्वीनारायण शाहले आफ्नो देशको धर्म, संस्कृति तथा परम्परा जोगाउन हदैसम्म प्रयत्न गरेकै हुन् | यी "जूठे"हरू राजा पृथ्वीनारायण शाहको "सनातनी छवि" कत्ति पनि मन पराउन्न | आजका मोडर्नहरू "पृथ्वीनारायण विरोधी"हरू पहिचानको ठूलो वकालत गर्छन् तर क्रिसमस डे, मोहम्मद डे का दिन क्रस र टोपी लगाएर जुलुसको पछाडी-पछाडी हिड्ने गर्छन् | | हिन्दु धर्म, संस्कृति तथा संस्कारहरू विरुद्ध आगो ओकल्नुलाई "समाजवाद" भन्छन् | घृणावादीहरूले हिन्दुहरूलाई जगाउने नै काम गरिरहेका छन् | यी सबैको भलो ठान्नुपर्छ | दीसा धोएपछि मात्र अन्य कर्म गर्न मिल्छ | यिनै घृणावादी, एकलकाटे मुसाई-कसाइका अत्याचारले विश्वभरिका हिन्दुहरूलाई आफ्नो पहिचान स्थापित गर्न अभिप्रेरित गरिरहेको छ | नेपालको सम्पूर्ण जनसंख्यामा ८१.३% प्रतिनिधित्व गर्ने हिन्दुहरूको पहिचान मेटाउने सपना देख्नेहरू स्क्रिजोफ्रेनियाले पिडित हुँदैछन् | हरेक पल पृथ्वीनारायण शाहको अदम्य साहस र देशप्रतिको सम्मान "दीव्य-उपदेश"ले पुनर्जागरणको बाटोलाई अझैं सशक्त तथा फलदायी बनाउन मदत गरिरहेको छ |

अन्त्यमा, राजा पृथ्वीनारायण शाह प्रत्यक्ष रूपमा तत्कालीन नेपालीहरूका राजा थिए तर अप्रत्यक्ष रूपमा विश्वभरिका हिन्दुहरूको आत्मसम्मान, अस्तित्व तथा पुनर्जागरणका सम्राट थिए | यो कुरा अंग्रेजी भारतले स्वीकार गर्ला/नगर्ला तर सनातन धर्मका विनम्र अनुयायीहरूका लागि गौरवको, आस्थाको, विश्वासको मन्दिर सरह हुनेछ | हामी उनको सम्मान गर्छौ | नेपाली जनतातिनको सम्मान गर्छन् | तिम्रा दिलक राजा रोमतिर, जर्मनतिर होलान् | उनैको भक्ति गर तर नेपालको इतिहासलाई विकृत र वदनाम नगर | राजा पृथ्वीनारायण शाहको योगदानलाई तिमीले अस्वीकार गरे पनि विश्वभरिका हिन्दुहरूले स्वीकार गर्ने छन् र गरिरहेका छन् |
स्वस्त्यस्तु

No comments:

Post a Comment

लोग्नेस्वास्नी र सम्बोधन

लोग्नेस्वास्नी र सम्बोधन फरक संस्कृति , परम्परा र भाषाका अनुसार लोग्नेस्वास्नी विच एकआपसमा सम्वाद गर्ने चलन हुन्छ | मांगी विवाह होस् वा प्रे...