यो फोटोमा लेखिएका विषयवस्तुको पहिलो बूँदाप्रति मेरो तीब्र असहमति छ | एउटा पतिको लागि पत्नी र पत्नीका लागि पति पीडक हुन्छन् भन्ने भाष्य गलत हो | छिटपुट घटनालाई अतिरन्जित गर्नु हुँदैन | नेपाली तथा भारतीयहरूले पत्नीलाई पीडकको रूपमा हास्यव्यंग्यको विषय बनाएर पस्किने गर्छन् | भारतीय समाजले (कवि, हास्यकलाकार) त झन् पत्नीहरूलाई "पीडक" र पतिहरूलाई पिडितको रूपमा प्रस्तुत गर्छन् | के यस्तो हो त ?
Sunday, January 28, 2024
लोग्नेस्वास्नीका कुरा
Tuesday, January 16, 2024
मनुस्मृतिमा छुवाछुत छैन !
मैले धेरै पटक मनुस्मृति पढें तर "शूद्रलाई छुन हुँदैन, छोइन हुँदैन" जस्ता श्लोकहरू भेटिन | बरू शूद्रहरूको प्रमुख कर्म भनेकै "ब्राह्मणहरूको सेवा हो" भनेर लेखिएका थुप्रै श्लोक भेटें | सेवा गर्नेले सबै ठाउँमा सजिलै प्रवेश पाउने र हरेक प्रकारका सेवाकार्यहरू प्रत्यक्ष गर्नु पर्ने हुँदा "शूद्र अछूत" हुनै सक्दैन | शूद्रलाई "पापजात" अवश्य भनिएको छ तर अछूत भनिएको र मानिएको छैन | तेसैले शूद्र अछूत होइन |
बूढा महाराज र राजा महेन्द्र
राज पृथ्वीनारायण शाह र महेन्द्र आ-आफ्नो समयका जतिसुकै महत्वपूर्ण व्यक्ति भए पनि आजको नेपाली समाजले धेरै फड्को मारिसकेको छ | उहाँहरूको कर्तव्यलाई सम्मान गर्दै अगाडी बढ्नु नै बुद्धिमानी हुने छ | इतिहासका पात्र फर्किदैनन्, वर्तमानका पात्रहरूबाट नै उच्चचरित्र र दूरदृष्टि भएको व्यक्तिलाई प्रोत्साहन दिनुपर्छ | व्यक्ति र संबिधान फेरिदैमा विकासको मूल फुट्दैन भन्ने प्रमाणित भैरहेको छ | यो संबिधानका पक्षधरहरूले आफ्नो नाक जोगाउन भए पनि यसको पक्षपोषण गर्नुनै पर्ने हुन्छ तर विरोध गर्नेले पनि पत्यारिलो विकल्प दिनै पर्ने हुन्छ |
चतुर्थे किं करिष्यति : घर-सन्यास
मैले पनि ५० काटें अर्थात् तेस्रो आश्रम (बानप्रस्थ) आरम्भ भएको छ | शास्त्रलाई पढ्ने हो भने अव मैले सबै थोक छोराछोरीलाई जिम्मा लगाएर आफुले जीवनभरी सिकेका कुरा सिकाउने वा जङ्गलमा गएर वा घरमै बसेर स्वाध्याय, निधिध्यासनआदिको अभ्यास गर्ने पर्ने हो | तर
पर्व र विषालु घृणावाद
माघेसंक्रान्ति सम्भवत: सबैभन्दा प्राचीन वैदिक पर्व हो | यो पर्वलाई सबैभन्दा बढी नेपाल र भारतका थारू समुदायले मान्छन् | हामी सबै नेपालीहरूले आ-आफ्नो रितिरिवाज तथा भावअनुसार माघेसंक्रान्ति पर्व मनाउने गरेका छौँ | माघेसंक्रान्तिको हामी सबैमा शुभकामना |
Friday, January 12, 2024
पृथ्वीनारायण शाह र स्वामी विवेकानन्द
पृथ्वीनारायण शाह र स्वामी विवेकानन्द

बौद्ध वा जैनहरू पनि हिन्दू संस्स्कृतिसंग विद्रोह गरेर स्थापित भएका धार्मिक समुदाय हुन् | तिनले कहिल्यै पनि हिन्दू देवीदेवताका मन्दिरहरू तोडेंनन्, आगो लगाएनन् | काठमाडौँ उपत्यकामा पहिलो र अन्तिम पटक आक्रमण गरेको समसुद्दिन इलियास (सन् १३४७) हिन्दुहरूका आराध्यदेव पशुपतिनाथको लिंग नै ध्वस्त गरिदियो | स्वयम्भू चैत्यमा आगो लगाएर ध्वस्त बनायो | तेतिले पनि चित्त नबुझेर पुस्तकालयहरू र पसलहरूमा आगो लगायो | यदि कसैले मुसाई-समुदायको इलियास मानसिकतामा हिन्दुहरूप्रति सहृदयता उत्पन्न भएको छ भन्ने ठान्छन् भने गलत हो | एक-दुईजना व्यक्तिहरूको उदारतालाई मुसाई-धर्मको उदारताका रूपमा व्याख्या गर्न मिल्दैन |
Thursday, January 11, 2024
इच्छामृत्युको सभ्यता
इच्छामृत्युको सभ्यता
द्वैताद्वैत, निम्बार्क र वेदान्त दशश्लोकी
द्वैताद्वैत, निम्बार्क र वेदान्त दशश्लोकी निम्बार्क उपासना नियमानन्द शान्ति र साधनाप्रिय ब्राह्मण थिए | उनले पढेको गुरुकुलमा गुरूले "...
-
चारवैष्णव सम्प्रदाय सक्षिप्त परिचय भविष्य महापुराणमा चार आधिकारिक वैष्णव सम्प्रदायहरूको वर्णन भएको छ | वैष्णवको अर्थ विष्णु समबन्धि उपा...
-
प्रथम नेपाली दार्शनिक महर्षि कपि ल महर्षि कपिलको जन्म ब्रहमपुत्र कर्दम र देवहुतिबाट नेपालको कपिलवस्तुमा भएको हो | श्रीमद्भागवतमा कपिल जन...
-
द्वैताद्वैत, निम्बार्क र वेदान्त दशश्लोकी निम्बार्क उपासना नियमानन्द शान्ति र साधनाप्रिय ब्राह्मण थिए | उनले पढेको गुरुकुलमा गुरूले "...
