Saturday, March 7, 2015

नारीदिवस २०१५

१. आज विश्वभरी महिला-दिवस मनाइदै छ | हामी नेपाली हिन्दू समुदाय मध्ये अधिकांशलाई 'विश्व महिला दिवस' के हो र किन मनाइन्छ ? भन्ने विषयमा जानकारी राख्न आवस्यक छ | असलमा, सन् २०४५ मा संयुक्त राष्ट्रसंघले 'महिला-समानता'को अवधारणाको विकास गरेपछि राष्ट्रहरूले संयुक्त प्रतिवद्धताका रूपमा यसमा हस्ताक्षर गर्न आरम्भ गर्न थालेका हुन् | नेपालले सन् १९७२ मा यस सन्धिमा हस्ताक्षर गरेको हो |

२. सन् १९०८ मा न्युयोर्कको एउटा ठूलो कारखानामा काम गर्ने श्रमिक महिलाहरूले समान बेतनका लागि आन्दोलन गरेका थिए, जसलाई तत्कालीन अमेरिकी प्रसाशनले क्रूरतापुर्वक दमन गरेको थियो | त्यसपछि त्यो आन्दोलनलाई सर्वप्रथम १९०९ मा तत्कालीन समाजवादी पार्टीले र पछि १९१० मा कोपनहेगनमा महिलाअधिकार दिवसका रूपमा मनाउने निर्णय गरियो |

३. यसरी महिला दिवसको आरम्भ अमेरिकाबाट भएको थियो जसको प्रमुख उद्देश्य महिला अधिकार कम र बढी 'महिलाहरूलाई समान वेतन' संग सम्वन्धित थियो | आज पनि नेपालका अधिकांश ग्रामीण भेकमा महिलाहरूलाई पुरुषको तुलनामा आधि वेतन दिने गरिन्छ | यतिमात्र होइन, प्रसिद्ध होलीउड बलिउडमा समेत पुरुष अभिनेताका तुलनामा महिला अभिनेत्रीको पारिश्रमिक पांचगुणा सम्म न्यून रहेको छ |

४. वर्तमानमा मनाइने 'महिला दिवस हरेक वर्ष मार्च महिनाको ८ तारिखमा मनाइने गरिन्छ | विश्वभरी मनाइने विश्व नारी दिवस असलमा नारीमुक्ति भन्दा पनि समानज्याला र समान ब्यबहारसंग सम्वन्धित छ भने यसमा मार्क्सवादी धारको बढी प्रभाव देखिन्छ |

५. नेपालमा अधिकारिक रूपमा अमेरिकी-नारी दिवस कहिले देखि आरम्भ गरियो अज्ञात छ तर हालका दिनहरूमा पार्टीहरूले राजनैतिक प्रयोजनका लागि नारी दिवसलाई मनाउने गरेको देखिन्छ भने गैरसरकारी संस्थाहरूमा यस प्रति ठूलो उत्साह देखिन्छ |

६. नेपाल र भारतीय सरकारहरूले जहिले पनिअर्काको अनुसरण गर्ने नीति लिएको हुँदा नारीहरूलाई पाश्चात्य आँखाले मात्र हेरेको पाइन्छ | वैदिक संस्कृतिमा नर र नारीलाई आधा-आधाशरीरको रूपमा लिने हुँदा असमानताको कुरा नै उठेको देखिन्न तर ब्यबहारमा भने नारीहरूसंग असमान ब्यबहार हुने गरेको तत्थ्यलाई अस्वीकार गर्न सकिन्न |  प्राकृतिक असमानता बाहेक महिलासंग सम्वन्धित सबै प्रकारका असमानताहरू समाप्त हुनुपर्छ भन्ने कुरामा हिन्दूहरू प्रतिबद्ध हुनुपर्छ |

७. ब्यबहारमा नभए पनि वैदिक-सभ्यतामा जुन स्थान महिलाहरूको छ, त्यस्तो महान् स्थान अन्यमा छैन | गायत्री, सावित्री, उषा, सरस्वती, लक्ष्मी, काली, पार्वतीआदि देवीहरू र पुरुषभन्दा पहिले महिलाहरूको नाम स्वीकार गरिने चलनले 'लक्ष्मी नारायण, सीता राम, राधाकृष्ण आदिले पनि पुरुषभन्दा महिलाहरूको स्थान उच्च थियो भन्ने प्रमाणित हुन्छ |

८. सांस्कृतिक मान्यता र मूल्यमा सबै कुरा पश्चिमाहरूको मापदण्डलाई स्वीकार्नु मूर्खता हो | पश्चिमी देशमा महिलाहरूको सांस्कृतिक सभ्यता, हुर्काई र बुझाई फरक प्रकृतिको छ र पूर्वको फरक | महिलाअधिकारका सवालमा पश्चिमा मूल्यहरूलाई सर्वोच्च ठान्नु र त्यसलाई नेपाली परिवेशमा लाद्ने दुस्प्रयास गर्नु दुवै गलत हो |

९. हामी नेपाली महिलाहरूका आफ्नै मान्यता र जीवन मुल्य छन् | समानताका सवालमा सम्झौता गरिनु हुन्न तर समानताको नाममा 'पुरुष र महिला बीचको विखण्डनलाई स्वीकार्न सकिन्न | ससानो कुरामा सम्वन्ध विच्छेद, हाम्रो वैदिक संस्कृति विरुद्ध लिभिंग टूगेदर, यौन-स्वत्रन्त्रता, स्वच्छिक यौन-क्रियाकलाप, विवाहपूर्व यौनआदि विषयहरू स्वीकार्य हुन सक्दैनन् |

१०. धनसम्पत्तिमा महिलाको समान अधिकार हुनुपर्छ | सन्तान जन्माउने वा नजन्माउने कुरामा महिलाको राय प्रमुख हुनुपर्छ | महिला भएकै आधारमा विभेद हुनुहुँदैन | एकै प्रकृतिको काम गर्दा समान तलव हुनुपर्छ | सबैप्रकारका संस्कृतिक अधिकार स्वत: प्राप्त हुनुपर्छ | महिलाअधिकार पुरुषले दिएर  महिलाले लिने वा पाउने विषय हुनुहुँदैन |

११. महिलाले आफ्नो महत्व आफैले चिन्नुपर्छ | पुरुषहरूले मातृशक्तिको सम्मान गर्नुपर्छ | महिलाहरूले पनि पुरुषहरूको सम्मान गर्नुपर्छ | प्रकृतिले मानवका रूप्मास सृजित गरेका 'पुरुष र महिला' यी दूई पांग्राहरूले संसारसंचालनको भार समान, निर्वाध रूपमा संचालनको अधिकार स्वत: परिभाषित छ | एस्तो अधिकारलाई केवल प्राकृतिकरूपमा प्रवाहित हुन दिए पुग्छ |

१२. आधुनिक समयमा महिलाअधिकारका सबैभन्दा प्रवलशत्रु इसाई र मुस्लिम संस्कृति हुन् | महिलाहरू प्रति हेर्ने इसाई धार्मिक मान्यतालाई समयले कमजोर बनाएको छ | मुस्लिमहरूको अतिवाद विगतका तुलना बढ्दो छ | मुस्लिमहरू थोरै भएको नेपालजस्तो देशमा धार्मिक अधिकारका नाममा मुस्लिम पुरुषहरूले धर्म लाद्ने खतरा हुन्छ | धेरैजस्तो नवोदित डेमिक्रेसी मुस्लिम महिलाहरूका लागि कालरात्री नै हुन्छ | नेपाल सरकारले यो कालरात्री देखि मुस्लिम-महिलाहरूलाई जोगाउन समान कानुन तर्जुमा गरोस् |

१३. हिन्दू-बौद्ध समाजमा धर्म, संस्कृति र अन्य सामाजिक पदहरूमा महिलाहरूलाई रोकिन्न | धेरै महिलाहरू बौद्ध धर्म गूरू छन् र हिन्दू धर्म गुरू पनि | तर आफुलाई विकसित भनेर हावादारी कुरा गर्ने कट्टरपन्थी क्रिस्चियनहरूले एकजना महिलालाई पनि 'पास्टर, पादरी बनाएको देखिन्न | महिलाहरूको समान अधिकार गर्नेहरूले मुस्लिम र क्रिस्चियन समुदायले गरेको यो नारी विभेदको विषयमा पनि समानताको कानुन बनाउनुपर्छ | ३३% महिलाहरूले चर्चको पास्टर बन्ने र मस्जिदको मुल्ला बन्ने  बाध्यकारी ब्यबस्था लागुगरिनु पर्छ |

१४. महिला-अधिकारमा हिन्दू संस्कृतिले ब्यबधान उत्पन्न गर्छजस्तो अत्यन्त भ्रामक, काल्पनिक र विभेदकारी विचारहरूमा अंकुश लाग्नुपर्छ | ब्यबहारमा विभेद भए पनि धार्मिकरूपमा हिन्दू संस्कृतिले महिलालाई कुनै प्रकारको विभेद गर्दैन | हिन्दू महिलाहरू मन्दिरका पूजारी छन्, उपदेश दिने धर्म गुरू छन् तर यस्तै अधिकार मुस्लिम र इसाई समुदायमा महिलाहरूलाई खोइ ?

१५. अधिकारका सवालमा यो 'अमेरिकी-महिला' दिवसले उत्प्रेरणा प्रदान गरेले र महत्वपूर्ण छ | यसको सम्मान गरिनुपर्छ तर नेपालका हकमा 'तीज'लाई नारी दिवसका रूपमा मनाउने सरकारी तवरबाट नै ब्यबस्था गरिनुपर्छ | तीजले महिला र पुरुषको सम्वन्धलाई प्रेमपूर्ण बनाउन मदत गर्छ तर अमेरिकी मोडेलको यो ,महिला दिवसले पुरुष र महिला बीच 'मालिक र दास' चेतना जगाएर मनोबैज्ञानिक दूरी सृजित गर्छ | नेपाली संस्कृतिका अनुसार यसको पुन: परिभाषा गरिनुपर्छ |

सबै महिलाहरू मातृशक्ति हुन् | सबैका चरणमा सादर नमन |

Friday, March 6, 2015

१. आदिवासी जनजातिको नाममा

मित्रहरू, यो ब्लक मेरो विचार हो | मेरा विचारहरूको अर्थ कसैलाई तलमाथि पार्ने होइन | तर असत्य विरुद्ध बोल्नैपर्छ | आदिवासी जनजातिको नाम बेचेर राजनीति गर्दै नेपाली-नेपाली नेपाली बीच मनको फाटो ल्याउने विरुद्ध कसैले आवाज उठाउनै पर्छ | आदिवासी-जनजातिको नाममा नेपाली सामाजिक, सांस्कृतिक र धार्मिक जीवनमा खलल गरि बोल्ने, लेख्ने कसैलाई अधिकार छैन | भारतीय सरकारहरूले मुसलमानहरूको गुलामी गरेजस्तो हामीले गर्न सकिन्न | मेरो आवाज आदिवासी-जनजातिका विपक्षमा नभएर तिनको नाममा डलर खानेहरू विरुद्ध हो | यदि कसैले नेपालको विविधतामा प्रहार गर्छ भने त्यस विरुद्ध बोल्नु सबैभन्दा ठूलो मानवीय धर्म हो र मेरा विचारहरू आदिवासी-जनजातिका लागि समर्पित छन् | नेपालभरी र बाहिरका सबै आदवासी-जनजातिहरूलाई आत्मको गरिहाईले नमन गर्छु |

आज विहानै इन्टरनेटमा चहार्ने क्रममा आदिवासी जनजातिको धरान घोषणा पत्र २०६८को पहिलो बूँदामा मेरो नजर अड्कियो जसमा‘’एकात्मक हिन्दू राज्यको निर्माणदेखि नै निरन्तरता पाएको बाहुनवाद, पितृसत्तावाद, खस–नेपाली भाषा, हिन्दू-धर्म र संस्कृतिको एकाधिकारको सिद्धान्त, नीति तथा प्रचलनहरू जातिवादी, लैंगिक रूपमा विभेदकारी, कानुनी रूपमा अवैध, नैतिक रूपमा निन्दनीय तथा सामाजिक रूपमा अन्यायपूर्ण भएकोले सो कुराहरुको अन्त्य संविधानमा नै सुनिश्चित हुनु पर्दछ भनी हामी प्रतिवद्ध छौ ।‘’ (आदिवासी जनजातिको आत्मानिर्णयको अधिकार र स्वायत्तताको अभ्यास सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन, माध ५–७, २०६८,धरान, http://www.everesttimes.net/article.php?type=article&aid=663) भनेर लेखिएको थियो | योघोषणापत्र नेपालका आदिवासी जनजातिहरूले नै जारिगरेका हुन् भन्ने कुरामा मलाई पत्यार लागेन| यी हरफहरू पढेपछिदेश विदेशमा नाम नाम चलेका विद्वानहरू पनि क्रिश्चियहरूको माखेसांलोमा कसरी फंस्ने रहेछन् भन्ने कुरा पक्कापक्की भयो| आफ्नै सहयात्री नेपालीहरूका विरुद्ध यस्तो ‘विष-वमन’ गरेकोघोषणापत्रपढेरपछिखप्नै सकिन | घोषणापत्रलाईमूलुकभित्र रहेका८१.३% हिन्दूहरू विरुद्धको ‘षड्यन्त्रपत्र’का अर्थमा बुझें|विभेदकारी, काल्पनिकआरोपहरूलाई चीरफाड गर्न कलम चलाउनु पर्यो | मैले यहाँ घोषणापत्रले लगाएका निम्न लिखित आरोपहरूको सत्यता एवं तार्किकताको क्रमशः जांच गरेर पाठक सामु पस्कने प्रयत्न गरेको छु |

एकात्मक हिन्दूराज्यको निर्माण : यो घोषणापत्रले नेपाललाई एकात्मक हिन्दू राज्य भएको काल्पनिक आरोप लगाएको छ | वि. स. २०६३ को आन्तरिम संविधानले यस्तो राज्यको अस्तित्व समाप्त पारिसकेको छ भन्ने निम्नतम तत्थ्यलाई समेत नजरअन्दाज गरिएको छ | असलमा,योएउटा काल्पनिक र षड्यन्त्रकारीआरोप हो जुनहजारौं वर्षदेखि सहअस्तित्वमा रहेका नेपालीहरू बीच आन्तरिक द्वन्द सृजना गर्ने उद्देस्यले जानाजान लेखिएको हो | प्राचीनकालदेखि नै नेपालमा हिन्दू, बौद्ध र प्राकृतिक धर्ममान्ने अन्य समुदायहरू स्वाभाविक रुपमा संगै अ-आफ्ना संस्कृतिहरूको पालन गर्दै आइरहेका छन् | माओवादीले ‘सस्तो लोकप्रियता हासिल गर्न राज्यविरुद्धको आन्दोलनमा जातजातिहरूलाई उचालेर सफलता प्राप्त गर्न काल्पनिक इतिहास बनाएको थियो जसको आधार विन्दू गोर्खाका तत्कालीन राजा पृथ्वीनारायण शाहथिए| तत्कालीन समय र परिवेशअनुसार राजाले आफ्नो राज्य विस्तार गरे र त्यसमा सफलता प्राप्त गरे | 

जनजाति र आदिवासीका नेताहरूले इतिहासको कूतर्कपूर्ण ब्याख्या गर्दै पृथ्वीनारायण शाहलाई‘एकात्मक हिन्दू राज्यको संस्थापक र आदिवासी जनजाति विरोधी’रूपमा प्रस्तुत गरिएको छ | तर जनजाति तथा आदिवासीका यी तथाकथित विद्वानहरूले तत्कालीन परिस्थितिमा पृथ्वीनारायण शाहका विरुद्ध लडाई गर्ने कथित ‘जनजाति-आदिवासी’ नेतृत्वले अन्य कविलाका सरदारहरूझैँ जनताका लागि लडाई नलडी आफ्नो‘जमिन्दारी’ जोगाउन लडेका थिए भन्ने तथ्य हरहमेशा लुकाउने गर्छन् | असलमा, जनजाति आदिवासी उत्थान समितिले प्रकाशित गरेका साहित्यहरू र आदिवासी जनजाति समुदायका स्वयम्भू नेताहरूका लेखाई तथा बोलाइहरूलाई केलाउंदा, उनीहरू आदिवासी जनजातिको इतिहास, संस्कृति, रीतिरिवाज र भाषाहरूको संरक्षणमा भन्दा बहुसंख्यकहिन्दूहरू विरुद्ध षड्यन्त्र गर्न र तिनलाई अन्य धर्मावलम्बी विरुद्ध उक्साउनमा केन्द्रीत देखिन्छ | सबैलाई थाह नै छ, पैसा कमाउने यो भन्दा सरल तरीका अर्कोछैन|


यी‘प्रायोजित’ विद्वानहरूले सर्वसाधारण नेपाली जनतालाई बताउन सक्छन् कि यदि बहुमत हिन्दूहरूले साच्चिकै विभेदपूर्ण नीति लिएका थिए भने नेपालमा एतिविध्न आदिवासी, जनजाति र अन्य धर्मावलम्बीहरु रीतिरिवाज, आस्थास्थल, लिपि, भाषाकसरी जीवित रहे ?राज्यले एउटा धर्मलाई अवलम्बन गरेपछि अन्य जातजाति, संस्कृति, रीतिरिवाज, भाषा, संस्कृति र पहिचानलाई कसरी निमिट्यान्न पार्छ भन्ने कुरा बंगलादेश, पाकिस्तान, अफगानिस्तान, अरव राष्ट्रहरू र पूर्वपोपहरूको प्रत्यक्ष संचालनमा रहेका युरोपेली राज्यहरूको इतिहास पढे छर्लंग हुन्छ| छिमेकीका लागि खाल्डो खन्नेहरू सर्वप्रथम आफ्नै खाल्डोमा पर्छन् भन्ने कुरा विर्सन हुँदैन | रह्यो कुरा, एकात्मकहिन्दूराज्यको यदि नेपालका ८१.३%जनताले चाहेभने यो कुरो असम्भव छैन | यसका लागि ‘प्रायोजित-विद्वान वा नेता’हरूकोस्वीकृति पनि चाहिन्न | तिमीहरूले जति गालीगलौज गरे पनि हिन्दूहरूले आफ्नो ‘बसुधैब कुटुम्वकम्’को चेतना कहिल्यै छोडेनन् र छोड्नेवाला पनि छैनन् | सक्छौं भने, हिन्दूहरूलाई कलंकित गर्ने पूर्वाग्रही चिन्तन छोडेर जनजाति र आदिवासीको कल्याणका लागि काम गर |

वेदले भन्छ

वेदले भन्छ : धर्म ईश्वरले बनाएका हुन् | मान्छेले धर्म बनाउन सक्दैन | मान्छेले पानी बनाउन सक्दैन | पानीको चीसोपन पनि बनाउन सक्दैन | धर्मको अर्थ मूलगुण हो | मान्छेको धर्म हो – विवेक | मान्छेले राम्रो नराम्रो छुट्याउछ | शुभ-अशुभको फरक बुझ्दछन् | पाप-पुण्यको विवेक गर्दछ | स्वर्ग-नर्कको विचार पुर्याउँछ | धर्म-अधर्मको विचार मान्छेले गर्ने हो |

मान्छे सृष्टिको अमूल्य पुष्प हो | अनेकौं जन्मको पुण्यले मान्छे भइन्छ | असंख्य जन्मको पुण्यले मान्छे भइन्छ | पुण्यकर्मको फल मान्छेको योनि हो | भागवत भन्छ, धेरै जन्मको प्रयासले मान्छेको जन्म मिल्छ | देउताहरू पनि मान्छे बन्न चाहन्छन् | कुनै पनि जीवले मान्छे नवनि मोक्ष पाउन सक्दैन | मुक्तिका लागि मान्छे बन्नैपर्छ | देवताहरूले सुख भोग्छन् | वेदले तोकेको काम गर्छन् | पुण्यको फल सकिएपछि पुन: संसारमा फर्किन्छन् | देउताहरू स्वर्गबाट फर्केपछि मान्छे बन्छन् |

मान्छेको योनि धर्मको फल हो | अधर्मी जीव मान्छे बन्दैन | अधर्मले तल्लोस्तरको जीवन मिल्छ | वेदले भन्छ, मनुष्य जीवन मोक्षको ढोका हो | देवताहरू मान्छे बन्छन् वा ८३ लाख ९९ हजार ९९ योनि पछि मान्छे बन्ने अवसर ईश्वरले प्रदान गर्छन् | मान्छेको जन्म पुण्यको फल हो | जन्मदा मान्छे पापी हुँदैन | पाप वा पुण्य कर्मले कमाउने हो | असल कर्म गर्नेहरू स्वर्ग जान्छन् | खराव कर्मले नर्क परिन्छ | सांख्य दर्शन भन्छ, स्वर्ग र नर्क यहीं छ | दुख: नर्क हो | सुख स्वर्ग हो | अधर्मपूर्वक आर्जन गर्ने सुखले नर्क लैजान्छ | शास्त्रीय विधानअनुसार प्राप्त गरेको सुखले स्वर्ग लैजान्छ |

वेदले भन्छ, मनुष्य जन्म धर्मको परिणाम हो | जीव आफैमा धर्मी वा अधर्मी हुँदैन | जीव अनन्त छन् | जीव ईश्वररीय लोकमा निवास गर्छ | जीव र ईश्वरको निवास स्थानमा फरक छैन | जीवलाई संसार भोग्न मन लाग्छ | यही यही इच्छाले अनन्त जीव प्राणी बन्छ | प्राणी बनेपछि उसलाई संसारले ढाक्छ | उसले आफ्नो मूल स्वरूप बिर्सन्छ | अनि, उ संसारको बन्धनमा पर्छ | संसारको बन्धनले उसमा विभेद-बुद्धिको विकास हुन्छ | उसले संसारलाई आफ्नो नित्यलाई नित्य मान्छ | संसारीसंग नाता गाँस्छ | नाताले संसारप्रति मोह सृजित हुन्छ | मोहले काम-वासना बढ्छ | काम-वासनाले क्रोधको विकास हुन्छ | क्रोधले द्वन्दको सिर्जना गर्छ | द्वन्द नकारात्मकता को विकास हुन्छ | आफ्नोपन र आफ्नाहरूप्रतिको मोहले बुद्धि विग्रन्छ | विवेकहिनताले मृत्यु अर्थात् अन्धविश्वासको विकास हुन्छ | यही नै पापको मूलकारण बन्छ |

जीवको सिर्जना ईश्वरले गरेको हो | एकोहम् बहुस्याम – एक्लो ईश्वरले आफुलाई धेरै बनाएको हो | मान्छेमा पनि सबै ईश्वरीय गुणहरू छन् | जीव ईश्वरको अंश हो | ईश्वर समुद्र हो | मान्छे समुद्रको एउटा बूँद | थोपामा समुद्रका सबै गुण हुन्छन् | एउटा थोपा रगतबाट सबै रोग जाच्न सकिन्छ | रगतले शरीरको प्रतिनिधित्व गर्छ | ईश्वर र मान्छेमा रगतको नाता छ | ईश्वरका सबै गुणहरू सूक्ष्मरूपमा मान्छेमा विद्यमान छ | मान्छे आध्यात्मिक प्राणी हो | मान्छे आध्यात्मिकताको सम्भावना हो | मान्छे ईश्वर पनि हुन सक्छ | मान्छे दानव पनि हुन सक्छ | मान्छे मानिस पनि रहन सक्छ | मान्छेले आफुलाई जेपनि बनाउन सक्छ |

कर्मले मान्छेलाई ईश्वर बनाउँछ, कर्मले मान्छेलाई दानव वा शैतान | असल कर्मले स्वर्गको ढोका खोल्छ | नैतिकतापूर्ण जीवनले मोक्षको मार्ग प्रसस्त गर्छ | मानिसले बन्धनसंग घृणा गर्छ | जीवले बन्धन रुचाउँदैन | जीव प्राकृतिक रूपमा बन्धनरहित सृजना हो | त्यसैले हरेक मान्छे स्वतन्त्रता खोज्दछ | स्वतन्त्रताप्राप्त गर्नु मान्छेको मौलिकता हो | संसारी मानवले खोज्ने स्वतन्त्रता मुक्ति, मोक्ष वा निर्वाणको छायाँ हो | मान्छेको अन्तिम लक्ष स्वतन्त्रता हो अर्थात् मोक्ष हो |

के मान्छे पापसंग जन्मिन्छ ?

मान्छेलाई ‘पाप’को संवाहक मान्नेहरू मूर्ख हुन् | पवित्र तथा दयालु ईश्वरले ‘दास’हरूको सृजना गर्न सक्दैन | ‘जन्मदै मान्छे पापी हुन्छ’ भन्नेहरूले आजीवन पापमय जीवन व्यतीत गर्छन् | दासत्वपूर्ण जीवनलाई धर्म ठान्छन् | ज्ञानलाई ‘पहिलोपाप’का रूपमा बुझ्दछन् | मान्छे पवित्र ईश्वरको पवित्र सृजना हो | पवित्र, दयालु र करुणामय ईश्वरले आफ्नो सृजनालाई माया गर्छ | उसंग अनन्त प्रेम गर्छ | असल कर्म गर्ने प्रेरणा दिन्छ | एस्तो प्रेरणाहरू वेदमा लेखिएका छन् | प्रेरणाहरू स्वीकार गर्न/नगर्न मान्छे स्वतन्त्र छ | पापमय कर्म गर्नेहरूले पनि कर्मफल भोगेपछि पुन: धर्मकर्म गर्ने अवसर प्राप्त गर्छन् | मान्छेको चोलामा उसले पुन: असल कर्म गरेर मोक्ष प्राप्त गर्न सक्छ | ईश्वरले जीवलाई पुन:पुन: अवसर दिनुहुन्छ | गल्तिका लागि क्षमा गर्न नसक्ने ईश्वर कसाई हो | आफ्नो सृजनालाई अनन्त नर्कमा जाक्ने ईश्वर शैतान हो |

धर्म सद्गुण हो | सद्गुणहरू धार्मिकताको पहिचान हो | धार्मिकतामा डर हुँदैन | धार्मिकतामा कर हुँदैन | धार्मिकतामा झगडा हुँदैन | धार्मिकहरू दयालु ईश्वरका सन्तान हुन् | हिन्दू धर्म हो | हिन्दूहरू धार्मिक हुन् | उनीहरूका लागि मोक्षको बाटो हमेशा खुला छ | करोडौं जन्मपछि होस् – धार्मिकहरूले मोक्ष प्राप्त गर्ने निश्चित छ | हरेक मान्छेले मोक्ष प्राप्त गर्छन् | नर्कहरू अस्थायी हुन् | स्वर्ग अर्थात् ईश्वरको समिपता मान्छेको अन्तिम गन्तब्य हो | दयालु ईश्वरले सबैलाई आफ्नो निकट चाहन्छ | हरेक जीवमा ईश्वरीय निवास देख्नु मानवीयता हो | हरेक प्राणीलाई आध्यात्मिक उत्स्का रूपमा चिन्नु धार्मिकता हो |

केही विकसित भनाउँदा धर्महरू आजको मानिस पापसंग जन्मेको हो र उसले जिससमा विश्वास नगरी मुक्ति प्राप्त गर्न सक्दैनन् भनेर सर्वसाधारणलाई भ्रमित पार्ने काम गरिरहेका छन् | बाइबलको यो भनाइ गलत हो | कुनै पनि मानिस पापसंग जन्मिदैन | पाप र पुण्य यहीं कमाउने हो | जस्तो कमाउँछ उस्तै भोग्छ | वैदिकशास्त्रहरूले मानव जीवनलाई पुण्यको फल भनेका छन् | भागवत भन्छ - धेरै जन्मको फल जम्मा भएर मानिसको जन्म मिल्छ |  मानिसले कर्म गर्नुपर्छ | शास्त्रले बोलेको कर्म गर्नुपर्छ | बन्धनमा नपार्ने कर्म गर्नुपर्छ | एउटा बालक पापी हुनै सक्दैन | आधुनिक न्यायले पनि बालबालिकालाई दण्ड दिदैनन् |

हो, मानिसले गरेका कर्मले अर्को जन्म निर्धारित गर्छ | पापीले नर्क भोग्छन् |  असल कर्म गर्ने स्वर्ग जान्छन् | बाइबलले पनि असल कर्मको कुरा गर्छ | असल कर्म नगर्ने तर जिससलाई मान्नेहरू स्वर्ग जालान् त ! त्यही भएर मान्छे पापी छ भन्नु बाइबलको गल्ती हो | यो फोस्रो गफ हो |

हामी (हिन्दू)हरू धर्मका सन्तान हौँ | हाम्रो धार्मिकता प्राकृतिक हो | पन्थको अन्धविश्वासमा फस्नेहरूले धार्मिकता गुमाउँछ | धार्मिकता गुमाउनेहरूले मोक्ष प्राप्त गर्न सक्दैनन् | मोक्ष प्राप्तिको लागि हामीले धार्मिकता स्वीकार गर्नुपर्छ | धार्मिक हुनुको अर्थ – वेदमा विश्वास गर्नु हो | ज्ञानिले मोक्ष प्राप्त गर्छन् भनेर जान्नु हो | आत्माको, परमात्माको अस्तित्वमा विश्वास गर्नु हो | आत्माको अमरतामा आस्था राख्नु हो | परमात्मा डर होइन, ज्ञान हो | ईश्वर बाध्यता होइन, विधान हो | कर्म योग्यता हो | योग्यताप्राप्त व्यक्तिले मोक्ष प्राप्त गर्छन् – यही धार्मिकता हो |

धर्म, सद्गुण र कर्तब्य

कर्तब्य कृ-धातुबाट बनेको हो र जसको अर्थ हो ‘गर्नु’ | यसरी कर्तव्यको अर्थ ‘गर्न योग्य कर्म’ हुन्छ | कर्तब्यसंग ‘गरिने छ’को आदर्श हुन्छ | हरेक व्यक्ति फरक हुन्छन् | वातावारण र हुर्काइका आधारमा हरेक व्यक्तिको व्यक्तित्व फरक हुन्छ | चरित्र तथा आचरणका आधारमा व्यक्तिको परिचय बन्छ | मनु लेख्छन् “ देश, काल र पात्रता अर्थात् योग्यताका अनुसार हरेक व्यक्तिको कर्तब्य निधारित हुन्छ | यसरी, देश, काल, वातावरण र परिवेशअनुसारका स्वीकार्य कर्म नै कर्तब्य हुन् | अस्वीकार्य कर्म कर्तब्य होइनन् |

वैदिक-सभ्यतामा सद्गुणहरू नै धर्म हो | हरेक व्यक्तिको चरित्र उसले गरेका कर्मका आधारमा निर्मित हुन्छ | खरावकर्मको त्याग नै असल चरित्र हो | सकल्प पापमय वा पुण्यमय हुन्छन् | असल कर्म पुण्य हो | खराव कर्म पाप हो | असल कर्मबाट सद्गुण निर्मित हुन्छन् | खराव कर्मले दुर्गुण उत्पन्न हुन्छन् | महर्षि पतंजलि पांचप्रकार सद्गुणको चर्चा गर्छन् : अहिंसा, सत्य, अस्तेय, ब्रह्मचर्य र अपरिग्रह | जैनहरूले यिनैलाई पंचब्रत भनेका छन् | पंचब्रतको पालनले मान्छेको चरित्र उन्नत हुन्छ | काम, क्रोध, राग, द्वेष तथा इर्ष्या उपर विजय मिल्छ | मोक्ष प्राप्तिका लागि अधर्मको त्याग र सद्गुणहरूको ग्रहण अनिवार्य हुन्छ |

असलमा, कर्तब्यको जन्म धर्मबाट हुन्छ | यहाँ धर्मको अर्थ ‘रिलिजन’ होइन | असल गुणहरू नै धर्म हुन् | धर्म सिधान्त हो भने कर्तब्य धर्मअनुकुल कर्म | गुरूले शिष्यको अपराध क्षमा गर्छ | यो कर्तब्य हो | धर्मबाट कर्तब्यको जन्म हुन्छ | क्षमा गर्नु, आदर गर्नु असल गुण हुन् | त्यसैले कर्तब्य हुन् | क्रोध गर्नु. हिँसा गर्नु अधर्म हुन् | त्यसैले गर्न नहुने काम हुन् | धर्म शाश्वत, नित्य, निरपेक्ष र असीम हुन्छ भने कर्तब्यहरू परिवर्तनशील, देशकाल सापेक्ष, सीमित र परिस्थितिमा आधारित हुन्छ | असल र कमसलको कसौटीमा जाँचेर कर्तब्य निधारित हुन्छन् | धर्म अनिवार्य हुँदैन तर कर्तब्य अनिवार्य हुन्छन् | धर्मको आफ्नै लागि हुन्छ | कर्तब्यहरू अन्यको लागि पालन गरिन्छन् | असलगुणहरू धर्म हुन् | स्वीकार्य कर्महरू कर्तब्य हुन् |

Monday, March 2, 2015

१०. एकदेववाद र बहुदेववाद

वैदिक चिन्तनमा एकेश्वर र बहुदेववाद दुवैका छन् | एकेश्वरवादमा एउटा शक्ति (देव वा देवी)लाई प्रमुख तत्वका रूपमा स्वीकार गरिन्छ भने बहुदेववादमा अनेकौ देवदेवीको अस्तित्वमा विश्वास गरिन्छ | वेद, उपनिषद्हरू र पुराणहरूमा दूबैप्रकारका उपासनाहरूको वर्णन छ | व्यक्तिको रूचि र प्राकृतिक गुणअनुसार उसले आफ्नो उपस्य चुन्न सक्छ | अधिकांश ज्ञानवादीहरू एकेश्वरको (ब्रह्म) उपासना गर्छन् भने भक्तिवादीहरू एकै ईश्वरको बहुलरूपको ‘भक्ति’ गर्छन् | जर्मन विद्वान म्याक्समुलरले तेस्रोवाद अर्थात् एकपटकमा एउटा शक्तिलाई ‘प्रमुख’ मान्ने समूह हिन्दूहरूमा उल्लेख गरेका छन् | यसको अर्थ हो – शिवको उपासना गरिरहंदा शिवलाई नैं प्रमुख मान्ने, कृष्णको उपासना गर्दा कृष्णलाई र रामको उपासना गर्दा रामलाई जगतको प्रमुख तत्व मानेर उपासना गर्ने |

वेदहरूले ‘एकोहम् बहुस्याम’, एकम् देवम् सद्विप्रा बहुधा वदन्ति भनेर एकत्वमा अनेकत्वलाई स्वीकार गरेको देखिन्छ | वेदले इन्द्र, उषा, वरुण, अग्नी आदि, सरस्वती आदि देवदेवीहरूको अस्तित्वलाई स्वीकार गरेको छ | यी देवदेवीहरूलाई उपनिषद्ले एकब्रह्म-बहुलका रूपमा ब्याख्या गरेको छ भने पुराणहरूले अवतारवादको अवधारणा अगाडी सारेर ब्रह्मा, विष्णु र शिवतत्वको सिर्जना गरेको छ | देवी-देवताको अनेकत्व र कार्यविभाजन समेत गरेको छ |

वैदिक सनातन धर्मकाअनुसार अद्वैत ब्रह्म नै संसारको मूल तत्व हो | यो मूलतत्वले आफुलाई सृष्टिकार ब्रह्मा, पालनकर्ता विष्णु र संहारक शिवका रूपमा अभिव्यक्त गरेको छ | पुन: यो ब्रह्म नै सरस्वती, लक्ष्मी र पार्वतीका रुपमा (देवीतत्व) विभाजित भएर ब्रह्मशक्ति, विष्णुशक्ति र शिवशक्तिका रूपमा स्थापित भएको छ | इन्द्र, बायु, अग्नी, उषा, यम आदि देवी-देवताहरूले उपरोक्त देवत्रयको अधिनमा रहेर संसारको ब्यबस्था हेर्छन् |
हामी सनातनीहरू मौखिकरूपमा ‘तेत्तीस-करोड’ देवीदेवताको कुरा गर्छौं तर कुनै पनि सनातनधर्मका ग्रन्थहरूले यी तेत्तीस करोड देवीदेवताको नाम दिएको छैन | असलमा, महिलाहरूलाई ‘देवी’ भनेर सम्वोधन गरिने हुँदा यो तत्थ्य लेखिएको हो | दोस्रो कुरा, हामी मान्छेमा देवताको संसारको जनसंख्या गन्न सक्ने क्षमता छैन | त्यही भएर ‘देवता अनन्त’ छन् भनेर आफ्नो शक्तिको सीमिततालाई स्वीकार गरिएको हो |

सनातन धर्ममा अद्वैत ब्रह्मको उपासना गर्ने शंकाराचार्य, विशिष्टअद्वैतका रूपमा भगवानको उपासना गर्ने रामानुजाचार्य, द्वैत-अद्वैतका रूपमा श्रीराधाकृष्णको उपासना गर्ने आचार्य निम्वार्क, द्वैततत्व रूप राधाकृष्ण, सीताराम, लक्ष्मीनारायण आदिको उपासना गर्ने आचार्य मध्व, अचिन्त्य भेदअभेदका रूपमा श्रीकृष्णको आराधना गर्ने वंगाली निमाई पण्डित र शैव-शक्तिका उपासक, बाममार्गका उपासक, गाणपत्य तथा सूर्य, गणपति, कार्तिकेयआदि देव-देवीका उपासना गर्नेहरूका वीचमा आफ्नो मतको सैद्धान्तिक प्रभुत्व स्थापित गर्ने द्वन्द भए पनि एकअर्कालाई सम्मान छ | उपासनापद्यति र उपासना स्थलप्रति पूर्णसम्मान छ | सबैले सबैको सम्मान गर्छन् | शंकराचार्यका शिष्यहरू आफ्नो मतमा विश्वास छन् तर आचार्य रामानुजको उपासना पद्यतिसंग उनीहरूको ब्यबहारिक द्वन्द छैन | रामानुजाचार्यका शिष्यहरू लक्ष्मीनारायणका उपासक भए पनि आचार्य निम्वार्कका उपास्य राधाकृष्णको अर्चना-आराधना गर्न कुनै समस्या छैन | अझै सरल शब्दमा भन्ने हो भने देवीका उपासकहरू शिवका मन्दिरमा जान्छन्, शिवका उपासकहरू विष्णुको आराधना गर्छन् | एस्तो सुन्दरता र सहकार्यको सुन्दरतम तारतम्यका विषयमा यहुदी, इसाई र मुस्लिमहरू सोच्नसम्म सक्दैनन् |

वैदिकसनातन धर्मले हरेक व्यक्तिलाई आफ्नो इष्टदेव/देवी चुन्न पूर्णस्वतन्त्रता दिन्छ | त्यति मात्रै होइन, कुनै देवी-देवता नमाने पनि हिन्दू रहन स्वतन्त्रता प्रदान गर्छ | मन्दिर जाने/नजाने, पूजा गर्ने/नगर्ने, ईश्वर मान्ने/नमान्ने यहा सम्म कि समग्र हिन्दू सभ्यता र आस्थामा अनास्था राख्ने पनि हिन्दू नै रहन सक्छन् | एस्तो मानवीय स्वतन्त्रता विश्वको कुनै धर्मले दिन सक्दैन | त्यसैले होला, आजभोली पाश्चात्य क्रिश्चियन धर्मगुरूहरू ‘’संसारका मानिसहरू हिन्दू हुदैछन् | संसार चाडै नै हिन्दूहरूले भरिने छ |’’ यी कथनहरूको अर्थ हो वैचारिक र आस्थागत स्वतन्त्रताको विस्तार | जुन स्वतन्त्रता हिन्दूहरूमा प्राकृतिक रूप मै विद्यमान छ |

यसरी न हिन्दूहरू आस्तिक छन् न नास्तिक छन् | यिनको मूल गन्तब्य परमसत्य हो | हो, हिन्दूहरूले मानवता, संसार कल्याण र समग्र प्राणी जगतमात्र होइन पशु तथा प्राकृतिक जगतप्रति पनि आफ्नो आस्था, प्रेम र सद्भावना व्यक्त गर्छ | यो तत्थ्य बुझ्न हिन्दू ग्रन्थहरू पढ्नु पर्छ |

९. अस्तिकता र नास्तिकता

पाश्चात्य ‘थियोलोजी’ शब्दको नेपाली वा ठ्याक्क मिल्ने अनुवाद छैन | एउटा पुस्तक र एउटा पन्थ र एउटा ईश्वरमा आस्था राख्नै पर्ने हुन्छ | संदेशदातामा पूर्णविश्वास गर्नु नै पर्ने हुन्छ | यी कुराहरूमा विश्वास नगर्नेहरू नास्तिक मानिन्छन् | यहाँ सम्म कि नास्तिकहरूलाई जीवित रहने अधिकारसम्म हुँदैन | मुस्लिम, यहुदी र इसाईहरू एकै स्रोतबाट विकसित भएका हुन् र सबै एकेश्वरवादमा विश्वास गर्छन् | तर एकअर्काको  आध्यात्मिक अस्तित्व स्वीकार्य छैन र आपसको दृष्टिकोणमा अत्यन्त शत्रुतापूर्ण छ | यिनको शत्रुताको मूलधार ‘एकेश्वरवाद’ हो | एउटा अल्लाह वा गडमा विश्वास गरेमात्र ‘आस्तिक भइन्छ’ भन्ने अतिविश्वास नै हो |

सनातन धर्मको आस्तिकता ईश्वरमा होइन वेदमा जीवित छ | वेदको ज्ञानमा अविश्वास गर्नेहरू नास्तिक हुन् | नास्तिकले ज्ञानको महत्वमा विश्वास गर्दैनन् | ज्ञानको निन्दा गर्छन् | ज्ञानका ढोका उघ्रंदा संसारमा पाप अवतरित भएको विश्वास गर्छन् | खासगरी ‘इभलाई फल चाखेपछि आफु नाङ्गो भएको ज्ञान भयो’ भन्ने बाइबलको कथनले ज्ञानको ढोका वन्द गर्छ | ज्ञानको महत्वलाई स्वीकार नगर्नेहरू नास्तिक हुन् |

नेपाली विद्वान लक्ष्मण भण्डारी लेख्छन् ‘’ ‘अस्ति इति मतिरस्यास्तीति आस्तिक’, अर्थात् छ भन्ने बुद्धि जसको छ, त्यो आस्तिक हो । त्यस्तै, ‘नास्ति इति मतिरस्यास्तीति नास्तिक’, अर्थात् छैन भन्ने विचार वा बुद्धि जोसँग छ, त्यो नास्तिक हो । सामान्यतया हामीले आस्तिक भनेर ईश्वरको अस्तित्व स्वीकार गर्ने व्यक्तिलाई भन्ने गर्दछौँ भने नास्तिक भनेर ईश्वरको अस्तित्व अस्वीकार गर्ने व्यक्तिलाई भन्ने गर्दछौँ । तर, ‘आस्तिक’ शब्दले केवल ईश्वरको अस्तित्व स्वीकार्ने व्यक्ति भन्ने अर्थ मात्र दिँदैन, यसले यो संसारमा देखिने र नदेखिने सबै विषय र वस्तुको अस्तित्व स्वीकार्ने व्यक्ति भन्ने बुझाउँछ । त्यस्तै, ‘नास्तिक’ शब्दले केवल ईश्वरको अस्तित्व स्वीकार नगर्ने व्यक्ति भन्ने मात्र बुझाउँदैन, बरू संसारका देखिएका र नदेखिएका कुनै पनि वस्तुको अस्तित्व स्वीकार नगर्ने व्यक्ति भनेर बुझाउँदछ ।

आस्तिकता त्यस्तो भाव हो, जुन भावले सबैलाई उच्च मूल्य प्रदान गर्दछ, सबैको अस्तित्वलाई हार्दिकतासाथ स्वीकार गर्दछ र सबैप्रति श्रद्धावान् बन्ने प्रेरणा प्रदान गर्दछ । तर, नास्तिकतामा त्यो हार्दिकता हुँदैन । नास्तिकता सदैव नकारात्मक हुन्छ । यसले केवल छैन मात्र भन्दछ । यो पनि छैन, त्यो पनि छैन भन्नु नै वास्तवमा नास्तिकता हो । जब कि यो पनि छ, त्यो पनि छ भनेर भन्नु आस्तिकता हो । आस्तिकता स्वीकृतिको दर्शन हो भने नास्तिकता अस्वीकृतिको दर्शन । आस्तिकता ग्रहणको दर्शन हो भने नास्तिकता निषेधको दर्शन’’ |

वैदिक सनातन धर्मको आस्तिकतामा सर्वग्राह्यता छ | अन्धो समर्पण भन्दा ज्ञानको प्रकाशले परिपक्व भएको समर्पण छ | सनातन वैदिकहरूको आस्तिकता विज्ञानले अनुप्राणित छ | जनै, टुप्पी, सन्ध्यावन्दन, रूख, पक्षी, आहारब्यबहार सबैको अर्थ छ | सबै कुरा ईश्वरको लागि मात्र समर्पित छैनन् | काम शास्त्रका लेखक बात्स्यायन पनि आस्तिक हुन् भने ईश्वरको अस्तित्वलाई नमान्ने जैमिनी पनि आस्तिक नै हुन् | वैदिकसनातन धर्मले कट्टरता सिकाउंदैन | एउटा सनातन धर्मको सिपाही सत्यप्रति कठोर हुन्छ तर धार्मिकताप्रति होइन | यही नै आस्तिकता हो |

सनातन धर्मले ज्ञानको महत्वलाई अस्वीकार गर्नेहरू नास्तिक हुन् भनेको छ | गीताले ‘संसारमा ज्ञानजस्तो पवित्रता केही छैन’ ज्ञानको महत्वलाई स्वीकार गरेको छ | विधर्मिको (मुस्लिम र इसाई)को धार्मिकता तिनको अन्धविश्वासमा टीकेको छ | ईश्वरले दिने दण्डको कठोरतामा अडिएको छ | ज्ञानको महत्वलाई उनीहरू स्वीकार गर्न सक्दैनन् किनभने पहिलो पटकको  ज्ञानले पाप अवतरित भएको थियो – इभका माध्यमबाट | उनीहरूको आस्तिकता कैद छ | उनीहरूका लागि ‘पहिलो पाप’मा अविश्वास गर्नेहरू नास्तिक हुन् | पापमा विश्वास गर्नेहरू कसरी आस्तिक हुन्छन् ? बुझ्न र बुझाउन नसकिने पहेली हो |

ज्ञान (वेद) र अब्राहम पन्थका बीचमा विपरित सम्वन्ध छ | उनीहरूका लागि ज्ञान पापको स्रोत हो र ईश्वरीय-डर धर्मको | ईश्वरको डर नमान्ने मानिस नास्तिक हो | नास्तिकहरूको संसारमा बाँच्ने अधिकार छैन | हिन्दूहरू ज्ञानमा विश्वास गर्छन् अत: यी नास्तिक हुन् | मुस्लिम र क्रिस्चियनहरूको आस्तिकता कुरान र बाइबलको अन्धविश्वासमा जीवित छ | उनीहरूका लागि बाइबल र कुरानमा विश्वास नगर्नेहरू ‘नास्तिक’ हुन् | यस्ता नास्तिकहरूको हत्या गर्दा ‘परमेश्वर’ खुसी हुन्छन् | नास्तिकहरूका मन्दिर, चैत्य, उपासना पद्यति तथा सभ्यताहरू मास्नु आस्तिकता हो | उनीहरूले ‘यो कुरा’मा कम्प्रोमाइज’ गर्न सक्दैनन् | धर्मपरिवर्तन गरेको नेपाली समाज यही असहिष्णुतातिर अगाडी बढिरहेको छ | नेपाली राजनीतिले धर्मनिरपेक्षताका आडमा यही प्रवृतिलाई काखमा च्यापिरहेको छ |

सनातन धर्मको स्रोतबाट आस्तिकतामा लागेको व्यक्तिमा नकारात्मकता हुनै सक्दैन | उसको ज्ञान ‘बसुधैव कुटुम्बकम्’को बलियो जगमा उभिएको हुन्छ | एउटा सनातन धर्मीको ज्ञानमा ‘विश्व नै ईश्वर हो, विश्वका हरेक प्राणी ईश्वरीय अभिव्यक्ति हुन् | सबैमा ईश्वर छ | सबैको स्रोत ईश्वर नै हुन् | नकारात्मकता पाप हो | सकारात्मकता धर्म हो | गरिएको कर्मको परिणाम जानेर सम्पन्न कर्महरू धर्म हुन् | नास्तिकताको जग अहंकारमा छ | एउटा पुस्तक, एउटा परमेश्वर, एउटा धर्म, एउटा ईश्वर-पुत्र वा दूत र तीर्थस्थलको अहंकारमा टिकेका आस्थाहरू नास्तिक हुन् | यी नास्तिकहरूले आफ्नो बाहेक अर्काको अस्तित्व स्वीकार गर्न सक्दैनन् | इजरायल र मक्काको राज्य बाहेक अरूको अस्तित्वलाई अस्वीकार गर्नेहरू नास्तिक हुन् |

हिन्दूहरूको नास्तिकता उसको 'छुवाछुत' | छुवाछुतमा विश्वास गर्ने हिन्दू नास्तिक हो | यो नास्तिकताको तुलना इसाई-मुस्लिम आस्तिकतासंग मिल्दो छ | मुस्लिम-इसाई आस्तिकतामा अन्य आस्था र संस्कृतिलाई कुनै ठाउँ छैन | छुवाछुतवादीहरूका लागि पनि हिन्दूहरूको प्राकृतिक आस्तिकता भित्र कुनै ठाउँ छैन | छुवाछुतवादी  हिन्दू र मुस्लिम-ईसाई एकै सिक्काका दूईबटा पाटा हुन् | मुस्लिम-क्रिस्चियनहरूले आफु बाहेक अरूको सफाया गर्छन् छुवाछुतवादी हिन्दूहरूले आफ्नै सफाया गर्छन् | अहिलेको हिन्दू समाजले छुवाछुतवादी नास्तिकतालाई अस्वीकार गरिसकेको छ | यो लेख लेखिरहँदा सनातन संयुक्त मोर्चाको नेतृत्व गरेर डा. मीठाराम विश्वकर्माले नास्तिक हिन्दूहरूलाई र मुस्लिम-इसाईहरूलाई चुनौती दिदै छन् | कुकुरको पुछार बरू सोझिएला तर ईसाईहरूले हिन्दू-बौद्धहरूको धार्मिक र आध्यात्मिक अस्तित्व स्वीकार गर्ने छैनन् |

संसारभरिका सभ्यताहरूको अस्तित्वले एकापसमा मिलेर बस्ने र सहकार्य गर्ने प्राकृतिक संदेश प्रदान गरिरहेको छ | आस्तिक शब्दको ‘अस्ति’ शब्दले छ र हो भन्ने अर्थलाई बुझाउँदछ । जसले कसैको अस्तित्व अस्वीकार गर्दैन, सबै छन् भन्ने मान्दछ, त्यही व्यक्तिलाई आस्तिक शब्दले जनाउँदछ । हामी कोही पनि केही नभएको ठाउँमा बसेका छैनौँ । जहाँ हामी बसेका छौँ, त्यहाँ सबैथोक छन् | हाम्रो दर्शन नै सकारात्मक सोचको दर्शन हो । आस्तिकता भनेकै सकारात्मक सोच हो । हामी कहिल्यै पनि नकारात्मक भएनौँ । हाम्रा पूर्वज सधैँ प्रसन्न हुन्थे, सधैँ आशावादी हुन्थे । हाम्रा पूर्वजहरुले, आचार्य एवम् ऋषिमनिषीहरुले जीवनलाई तोडेर होइन, जोडेर हेर्न सिकाएका छन् । जीवनलाई कुरुप बनाएर मिल्क्याउन होइन, सिँगारेर सार्थक तुल्याउन सिकाएका छन् । उनीहरुले सिकाएको त्यही दर्शनको नाम हो, ‘आस्तिकताको दर्शन’ ।

अत: आफ्नो मौलिक सनातन धर्ममा आस्था राखौं किनभने यो आस्थामा संसारको कल्याण छ, देशको उन्नति छ र आफ्नो पनि कल्याण छ | हामी नेपालीहरूले हिन्दू बैदिक-संस्कृति र सभ्यताको अंग बन्ने प्राकृतिक अवसर प्राप्त गरेका छौँ | यो हाम्रो गौरव र पहिचान हो | मानवताको पूर्णता हो, आध्यात्मिक पूर्णता हो | हामी पूर्णका सन्तति हौँ र हाम्रो गन्तब्य पनि पूर्णता वा सत्-चित्-आनन्द हो |


द्वैताद्वैत, निम्बार्क र वेदान्त दशश्लोकी

द्वैताद्वैत, निम्बार्क र वेदान्त दशश्लोकी  निम्बार्क उपासना  नियमानन्द शान्ति र साधनाप्रिय ब्राह्मण थिए | उनले पढेको गुरुकुलमा गुरूले "...