Tuesday, October 16, 2018

भृकुटीको दोस्रो पक्ष

भृकुटीको दोस्रो पक्ष 
सन् ६२० तिर नेपालका लिच्छिवी वंशीय राजा अंशुवर्माले आफ्नो छोरी राजकुमारी भृकुटीको विवाह तत्कालीन तिब्बतका राजा तथा धर्मगुरु संगोत्से ग्याम्पोसंग गरिदिए | आजभोली नेपालका पाठ्यपुस्तकमा नेपालकी राजकुमारी तथा तत्कालीन तिब्बतकी कान्छी रानी भृकुटीको निकै चर्चा हुन्छ | भृकुटीले नेपाललाई चिनाएको भनेर गुणगान गरिन्छ |

आधुनिक विद्वान आचार्य कीर्ति टुल्कु तेन्जिंगले भृकुटीका विषयमा पनि नेपाली साहित्यझैं चर्चा गरेका छन् भने प्राचीन बौद्ध साहित्यमा निजलाई निलताराको अवतारको रूपमा सम्मान व्यक्ति गरिन्छ | उनी हिन्दूहरूकी देवी सरस्वती समान पूजित छन् | विद्याकै देवीका रूपमा मन्दिरमा स्थापित छन् |

सन् ६०० तिर नेपालको काठमान्डौ र तिब्बतको ल्हासा तेति सजिलो थिएन | अनकन्टार बाटोबाट हिड्नेहरूले आफ्नो जीवनको आशा मारेर हिड्नु पर्यो | आज पनि नेपालीहरूका लागि ल्हासा सजिलो छैन | दूरीमा उत्ति भए पनि दिल्ली र ल्हासाको तुलना हुनै सक्दैन |

कट्टर हिन्दू राजा अंशुवर्मालले आफ्नी छोरीको विवाह भोटे राजासंग किन गराए ? यो प्रश्नको सोझो जवाफ छैन | आचार्य चाणक्य र बात्स्यायनले विधर्मीसंग "विवाह" गर्नु पर्ने कारणहरू मध्ये "आफ्नो राज्य सुरक्षित राख्न बलियो राजासंग वैवाहिक सम्वन्ध गाँस्नुपर्छ" भनेर सुझाएका छन् | तिब्बतेली राजासंग विवाहको एउटा कारण यही हुनसक्छ |

दोस्रो कारण, यदि आफुले कुनै राष्ट्रमाथि आक्रमण गर्नछ भने सम्वन्ध स्थापित गरेर सैनिक शक्ति प्राप्त गर्ने | तेस बाहेक यदि राज आफुसरहको शक्तिशाली छ भने वैवाहिक सम्वन्ध स्थापित गरेर ब्यापार-विजनेशआदि विस्तार गर्ने | जे-होस्, जुन सुकै कारणले भृकुटीको विवाह तिब्बेतेली राजासंग भएको होस् तर एउटा कुरा पक्का छ यो विवाह भृकुटीको आफ्नो इच्छाले भएको होइन |

भृकुटीको विवाह एउटा संझौता हो | एउटा राज्यले आफ्नो स्वार्थ पूरा गर्न "महिलालाई प्रयोग गरिएको" एउटा स्वार्थपूर्ण उद्योग थियो | इतिहासमा राजाहरूले आफ्नो राजकीय सत्ताको रक्षा र विस्तारका लागि "छोरी"हरूको निकै प्रयोग गरेका छन् | भृकुटी पनि एसकै निरन्तरता थिइन् |

मनुले आठ प्रकारका विवाहहरूमा एस्तो विवाहलाई अन्तर्निहित गरेका छैनन् | असलमा, भृकुटीको विवाह एउटा व्यापार थियो | अंशुवर्माको इतिहास हिन्दू संस्कृतिको विकासका लागि स्वर्णकाल मानिन्छ | अर्कोतिर तिब्बततिर भने भर्खरै बौद्धहरूको विस्तार हुँदै थियो | भृकुटीले हिन्दू धर्म-संस्कृतिको प्रचार नगरेर बौद्ध धर्मको प्रचार गर्नुले पनि उनी आफ्नो विवाहसंग सन्तुष्ट नभएर "बाबुको धर्मसंग विद्रोह गरेर विवाहप्रति विमति देखाएको हो कि भन्ने शंका गर्न मिल्छ |

भृकुटीको विषयमा लेखेर नेपालसंग नाता जोड्ने पहिलो पश्चिमेली विद्वान डेविड स्केल (१९८७) ले त झन् भृकुटीको वास्तविकता मै प्रश्न उठाएका छन् | जेहोस्, एउटा महिलाको रू[पमा भृकुटीको विवाह एउटा क्रुर निर्णय हो कि जस्तो मलाई लाग्छ | उनको कति वर्षको उमेरमा विवाह भयो भन्ने विषयमा बौद्ध-साहित्यहरू चूप छन् | तेस्तो अनकन्टार युगमा एउटी केटीलाई आफ्नो धर्म, संस्कृति, भाषा रहन-सहन नमिल्ने ठाउं र व्यक्तिसंग विवाह गरेर डांडा कटाएको बुझ्नुपर्छ कि पर्दैन ? 

महिलाको नजरले लेखिने भृकुटीको इतिहास सजिलो र प्रशंसनीय हुन्छ कि हुँदैन, यही भृकुटीको दोस्रो पक्ष हो | यद्यपि तेस बेलाको सामाजिक परम्परामा छोरीको विवाह गरिदिने अधिकार बाबुआमा तथा आफन्तलाई मात्र हुन्थो भने मैले हेका राखेको छु भने धार्मिक रूपमा नीलताराका रुपमा भृकुटीले प्राप्त गरेको सम्मान म पनि गर्छु |

खैरो शरीर - नेपालीमन

खैरो शरीर - नेपालीमन
अमेरिकी विद्वान डा. डेभिड फ़ाउलेका अनुसार "आर्यहरू मध्य एसियाबाट भारतीय महाद्वीपमा आएका हुन् भन्ने तत्थ्य पुरातात्विक, भौगोलीय तथा भाषाका आधारमा सिद्ध हुँदैन |" असलमा यी सबै सिद्धान्तहरू आधुनिक युरोपियन विद्वानहरूले "वाइबल" र "युरोपियन" श्रेष्ठता स्थापित गर्न कल्पना गरेका हुन् |

नत्र भने उनीहरूले "वेद, उपनिषद, महाभारतआदि काल्पनिक" हुन् भन्दै गर्दा "बाइबल" पनि काल्पनिक हो भन्ने किन नसक्ने ? यदि वेदहरू काल्पनिक हुन् भने बाइबल पनि काल्पनिक नै हुनुपर्छ | यहीं उनीहरूको वदमासी उजागर हुन्छ | आर्य सत्य हुन् तर आर्य-सिद्धान्त पूर्ण गलत हो |

आजसम्म हामी नेपालीले विदेशीहरूले लेखिदिएको इतिहासको पहिचानलाई लुलुरु स्वीकार गरिरहेका छौँ | हामीसंग लाखौँ-लाख प्राचीनकालका संस्कृत, पाली लिखित साहित्यहरू छन् | ती साहित्यमा भएका सबै ठोक आजको वदलिँदो परिवेशका लागि काम लाग्छन् नै भन्ने छैन तर आफ्नो इतिहास आफैं लेख्न र ती साहित्यमा भएका स्वदेशी "चिन्तन"हरूका आधारमा आफ्नै आधारशीला खडा गर्न कसैले रोक्न सक्दैन |

कुनै बखत जर्मन जनताले फाँसीवादको अभ्यास गरेकै थिए हिटलरसंग तर तेसको पतन भयो किनभने जर्मनीहरूले "भावावेश"मा त्यो स्वीकार गरेका थिए, वास्तविकता थिएन | नेपालका लागि पूँजीवाद, मार्क्सवाद (दूवै अर्थ ब्यबस्था र राज्यव्यवस्था) भावावेश नै हुन् | किनभने विगत ६८ वर्षको अभ्यासले नेपालमा कुनै परिवर्तन आएन |

तेसैले इतिहास, राजनीति तथा अर्थब्यबस्थाको समीक्षा हुनुपर्छ |वैदिक राज्यराष्ट्रले राष्ट्रराज्यको विकल्प दिन्छ | भने एस विषयमा चर्चा-परिचर्चा किन नगर्ने ? आफ्नै जरोकिलोमा उभिएको रूखमा सम्भावनाहरू छन् भने किन विदेशी सम्भावनालाई आत्मसात् गर्ने ?

तपाईले विश्वास गर्नैपर्छ - एउटा ब्यापारी-विदेशीले लेखिदिएको नेपालको इतिहासमा विश्वास गर्ने तर नेपाललाई माया गर्ने नेपाली सपूत एउटा निर्लोभी जोगीले लेखेको इतिहासमा विश्वास नगर्नुको कुनै कारण छैन | ब्यापारीले व्यक्तिगत लाभका लागि काम गरेको हुन्छ | जोगी (योगी नरहरिनाथ)को लक्ष भनेको नेपालीलाई आफ्नोपनमा उभ्याउनु बाहेक के नै हुनसक्छ र ?

कपीराइट : गोविन्दशरण

इतिहास आर्य-अनार्य हुँदैन

तिहास आर्य-अनार्य हुँदैन !
म इतिहासको विद्यार्थी होइन तर एसको अर्थ मैले इतिहास जाँन्दैजान्दिन भन्ने चाहिं होइन | इतिहास खरो हुन्छ र तेसमा काल्पनिकता हुँदैन | सबैलाई थाहा छ, अंग्रेजहरूले इतिहास लेख्दा आफ्नो "सुर्प्रिमेसी" स्थापित गर्न बेइमानी गरेका थिए | गोरेहरूको एस्तो पूर्वाग्रह विश्वविख्यात छ | केही नेपाली विद्वानहरूले यो कुरा बुझेका थिए | अव त्यो पूर्वाग्रही इतिहासलाई नमान्ने अवस्था आएको छ | विविहरूले आफ्नो इतिहास आफै लेख्नेतिर प्राथमिकता दिनुपर्छ | हिजो अरूले लेखिदिएको इतिहास पढ्नु पर्ने बाध्यता थियो तर आज तेही बोकेर किन हिड्ने ? 

नेपालीले आफ्नो इतिहास आफै लेख्नुपर्छ भन्ने मान्यता राख्ने र लेख्न प्रयत्न गर्नेहरूमा नयनराज पन्त, नाथ योगी नरहरी महेशराज पन्त, बाबुराम आचार्यआदिलेको नाम आउँछ | यी मध्ये केही परम्परागत हुन् भने केही आधुनिक (अंग्रेजी समेतको) इतिहासमा राम्रो दखल भएका विद्वान छन् | तैपनि रेडिमेड इतिहासमा पल्केका विद्वानहरूले (राजनीतिज्ञहरूले) बृटिशकालीन भारतीय इतिहासलाई आफ्नो इतिहासका रूपमा स्वीकार गरेपछि के लाग्छ ? हो, विदेशीहरूको राम्रो पक्ष के हो भने उनीहरूले इतिहास कसरी खोजिन्छ भन्ने कुरा सिकाएका छन् | तर उनीहरूले लेखिदिएको इतिहास मान्ने निर्णय हाम्रा राजनीतिज्ञ र इतिहासका विद्वानहरूको दास मानसिकताको निरन्तरता हो |

नेपालमा इतिहासकारका थुप्रै हाँगा छन् | एउटा पाश्चात्यहरूले लेखिदिएकोमा एकअक्षर पनि थपघट गर्नुहुँदैन भन्ने मान्यता राख्छन् | दोस्रो, पूँजीवादको खरो विरोध गर्छन् तर इतिहासका सवालमा गोरेहरूलाई नै आधिकारिक ठान्छन् | तेस्रो, इतिहास सम्बन्धि कुनै ज्ञान छैन, अनुसन्धान पनि गरेका छैनन् तर "रैथाने" इतिहासकार बन्छन् | चौथो पक्ष, भारतवर्षीय प्राचीन साहित्य, इतिहासको गहन ज्ञान छ र गाउँगाउँमा पुगेर "एभिडेन्स-बेस्ड" इतिहास लेखेका छन् तर विविको डिग्री छैन | 

नेपालका राजनीतिमा साम्यवाद र पूँजीवादको विरोध जगजाहेर छ | विपीले यी दूबैलाई मिसाएर "समाजवाद" बनाए | नेपाली इतिहासका सवालमा यी तीनै पक्षहरू गजवसंग मिलेको देखिन्छ "गोरेले लेखिदिएको इतिहास नै हाम्रो इतिहास हो | भारतवर्षीय इतिहासक सवालमा साम्यवादी, पूँजीवादी र समाजवादीहरू एकमत छन् | ती मध्ये एउटा अलिखित संझौता नै छ "यदि कुनै नेपाली वा भारतीय विद्वानले भारतवर्षको मौलिक इतिहास लेख्यो भने अस्वीकार गर्नुपर्छ |"

नेपालमा नयनराज पन्त, नरहरिनाथ, महेशराज-दिनेशराज पन्तहरू, ज्ञानमणि नेपालआदिले आफ्नै रैथाने जरोकिलो भएको इतिहासका पक्षमा कलम चलाए तर उपरोक्त संझौताक कारण सधैं अस्वीकृत भए | भारतमा पनि एस्तै भएको छ | प्रसिद्ध इतिहासकार मजुमदारले लेखेको इतिहास भन्दा सिल्वाकै इतिहास स्वीकृत छ | पाकिस्तानले त झन् मुस्लिम आक्रमणकारी मोहम्मद कासिम बिन (६९५-७१५) बाट नै आफ्नो इतिहासको आरम्भ मानेको छ | 

केवल अंग्रेजले लेखेको पढ्ने वा अंग्रेजीमा अंग्रेजको दासत्व गर्नेले लेखेको मान्ने मानसिकताको कुनै औषधि छैन | काठमाडौँक रैथाने नेवार विद्वान अमरसिंहले लेखेको अमरकोषको नाम समेत नजान्ने तर चर्को स्वरमा जनजातिआदिवासीको नाम लिनेहरूले अमरकोषमा गएर "आर्य शब्दका पर्यायवाची हेर्न सक्दैनन् | गोराले भने/लेखेपछि मात्रै "विषय" प्रमाणित हुन्छ भन्ने मानसिकता बोक्नेहरूको जमातमा सत्य बोल्नेहरू हराउनु स्वाभाविक हुन्छ | लेभी स्विल्वाले नलेखिदिएको भए "आदिवासी-जनजाति, मूलवासी"हरूको कन्सेप्ट नेपालमा भित्रिने नै थिएन भन्ने मेरो विश्वास छ | 

आफ्नै अमरकोषको कुरा नमानेर नेपालभित्रकै केही जातिविशेषलाई "आर्य, खस, मधेसी"जस्ता चरम "रेसियल ट्याग" भिराउनेहरू विदेशी कै गोटी हुन् किनभने एस्तो चिन्तनको स्रोत अंग्रेजी नै हो | जुन नेपालको आफ्नो इतिहास र परम्परासंग मिल्दैन | नत्र एकै गोत्र भएका नेपाली जातिहरूलाई "आर्य, मधेसी, खस" भनेर कसरी विभाजन गर्न सकिन्थ्यो ? एस्तो इतिहास मधेस र पहाड, पहाडमा पनि पूर्व तथा पश्चिमलाई विभाजन गर्ने षड्यन्त्रका रूपमा प्रायोजित तवरले विकसित भएको किन नबुझ्ने ?

सन् १७२३ देखि गोरेहरूले भारतीय संस्कृति बुझ्न संस्कृतको अध्ययन आरम्भ गरे | जर्मनका म्याक्समुलरलाई (1840) इस्ट इन्डिया कम्पनीले बाइबल र वेदको तुलनात्मक अध्ययन गर्न जागिर दियो | म्याक्स-मुलरले संस्कृत सिकेर वेद, उपनिषदहरूको अनुवाद गरे | किनभने उनी जर्मन थिए तेसैले उनले आफ्नो मातृभाषासंग संस्कृतको तुलना गरे | "भारतवर्षीयहरूका पूर्खा युरोपिन नै हुन् भन्ने सिद्धान्त स्थापित गर्दा अंग्रेजहरूले (गोराहरू) श्रेष्ठता र जेष्ठता प्राप्त गर्छन्" उद्देश्य अनुरूप तोडमरोड़ गरेर वेदको जर्मन अनुवाद गरे | तर सबै विदेशी विद्वानहरूलाई एकै डालोमा राख्नु उचित हुँदैन । 

यिनकै अनुवादित पुस्तकहरूको आधारमा इस्ट इन्डिया कम्पनीका जागिरेहरूले आर्य-सिद्धान्तको कल्पना गरेर इतिहास लेखे | अचम्मको कुरा त के भने सधैं कुकुर विरालोझैं झगडा गरिरहने साम्यवादी र पूंजीवादीहरू यो विन्दूमा आएर जुम्ल्याहाझैं मिलेका छन् | कुनै नेपाली वा भारतीयले आफ्नो देशको इतिहास का विषयमा कुरा उठान गर्यो कि यी दुई जुम्ल्याहाहरू जाई लाग्छन् |

विदेशीहरूले लेखेको इतिहास पनि पढेका र प्राचीन संस्कृत, पाली साहित्यमा पनि पहुँच भएका, आधुनिक कार्वन डेटिङको समेत ज्ञान भएका केही नेपाली तथा भारतीय विद्वानहरूले प्रमाणसहित "आर्य-आक्रमणकारी"को खण्डन गरे | उनीहरूले स-सप्रमाण तेसको खण्डन गर्दै खोज गरेर इतिहास लेखे | र उनीहरूले आफ्नो गूटलाई बलियो बनाउन काइते इतिहास लेख्ने विद्वानहरूको पनि दोहोलो काडेर खण्डन गरेका छन् | तर गुटबन्दीको इतिहासलाई भोटका लोभी राजनीतिज्ञहरूले मान्यता दिंदा रैथाने इतिहासतिर जानेहरूलाई गारो परेको देखिन्छ |

यदि अनुसन्धान गर्दा (प्राचीन संस्कृत, पाली, वैदिक साहित्यमा प्रत्यक्ष पहुँच भएका र आधुनिक अनुसन्धान पद्धतिको ज्ञान राख्नेहरूले) अंग्रेजहरूले लेखिदिएकै इतिहास प्रमाणित हुन्छ भने पनि स्वीकार गर्नुपर्छ | तर उहिले इस्ट इन्डिया कम्पनीका जागिरेहरूले लेखेको इतिहास र तेसैका आधारमा लेखिएका इतिहासहरू स्वीकार गर्न मिल्दैन र हुँदैन पनि | 

योगी नरहरिनाथ, महेशराज पन्त, दिनेश राज पन्तहरूको स्रोत किन अस्वीकार्य ? नेपाली अमेरिका गएपछि पनि नेपालीलाई "अमेरिकन नेपाली भनिन्छ" | तर आर्यहरूले ककेसीयाको केही उठान गरेको देखिन्न किन ? बाइबलमा भारतवर्षीय स्रोत छैन किनभने तेसका लेखकहरूलाई भारतवर्षको जानकारी नै थिएन | 

रह्यो, अफगानी नदीहरुको कुरा, यो अत्यन्त स्वाभाविक हो किनभने प्राचीन गन्धार भारतवर्ष नै थियो | तर साम्यवादी र बृटिशहरूले लेखिदिएको इतिहासमा "ककेसीया"का कुनै पहाड. नदी ठाउँको उल्लेख छैन | प्रश्नकर्ता विद्वानले जति नाम र ठाउँ दिनुभएको छ सबै भारतवर्षसंग सम्वन्धित छन् | तेस्रो, म्याक्समूलर, कीथको अंग्रेजी अनुवाद र तेसका आधारमा लेखिएको इतिहास पढेर प्रश्न उठान गर्नुको सट्टा वेदका प्रसिद्ध व्याख्याता माधवसायणको ब्याख्या पढ्न अनुरोध गर्छु | 

जवसम्म विदेशीले बाहेक नेपालीले इतिहास खोज्न सक्दैनन् भन्ने पूर्वाग्रह हामीमा रहन्छ तवसम्म उठान भै नै रहन्छ | जसलाई शंकराचार्यको समयसम्म थाहा छैन, उनीहरूले कूतर्क बाहेक के गर्न सक्छन् ? राहुल संस्कृत्यायनहरूको काल्पनिक इतिहास पढेपछि एस्तै हुन्छ | किनभने उनीहरूको स्रोत नै गलत छ | जसले गलत स्रोतको इतिहास पढ्छ, उसले सधैं इतिहास होइन आर्य-अनार्यको इतिहास खोज्ने प्रयन्त गर्छ |

कपिराइट : गोविन्दशरण 

सबैको दशैं

अवको दशैं !!
दशैँ आयो | घर-घर दशैंको तयारी हुँदैछ | फरकफरक तवरले | पहाड-हिमाल तराई सबैतिर | मान्ने तरिका फरक होलान् | दशैं मान्दिन भन्ने पनि होलान् | नमान्नेहरूका लागि कर पनि छैन | कर गर्नु पनि हुँदैन | केहीले विरोध पनि गर्लान् | तर दशैँले सबैलाई प्रभावित पार्छ नै | सरकारले सबैलाई छुट्टी दिन्छ | विना भेदभाव एकमहिना वरावरको तलव दिन्छ | सबैले छुट्टीको उपयोग गर्छन् | तलवको प्रयोग गर्छन् |

पहाडी नेपालीहरूका लागि दशैँ दशैं हो | तराईवासीका लागि विजयादशमी वा दशहरा हो | तराईमा रावण वध गरिन्छ | पहाडमा टीका थापेर आशिर्वाद थापिन्छ | कसैले सेतो टीका लगाउँछन् | केहीले रातो टीका | तर दही र जमरा सबैले प्रयोग गर्छौं | मीठो-मसिनो सबैले खान्छन् | नया लुगा लाउँछन् | इष्टमित्रसंग भेट हुन्छ | परदेशीहरू घर फर्कन्छन् |

दशैँ हाम्रो चाड हो | हाम्रो लागि गौरव हो | एसको रक्षा गर्नु हाम्रो दायित्व हो | आफ्नो वीऊ आफै जोगाउने हो | विदेशीलाई कुनै कर छैन | उनीहरूसंग हाम्रो जस्तो चाड पनि छैनन् | धर्म, संस्कृति तथा मनोरंजन सबैतिर दशैं छ | धर्म नमान्नेहरूले पनि रमाइलो गर्न सक्छन् | जुन धर्म माने पनि मौलिकताको निन्दा गर्नु उचित होइन | बालबालिकालाई थुनेर राख्नु अपराध हो | विधर्मीलाई पनि आमन्त्रण गरौँ | दशैँ कर होइन रहर होस् |

दशैं एउटा परम्परा हो | हरेक परम्पराको एउटा कथा हुन्छ | दशैंको पनि कथा छ - रामले रावणमाथि विजय गरे | रावण अधर्मको प्रतिक भनिन्छ | अधर्मक दशबटा जिब्रा हुन्छन् | झूटो मान्छे अधर्मी हुन्छ | रावणले सीताको अपहरण गरेर लगेको थियो | विवाह गर्न चाहान्थ्यो | तर सीतासंग बलात्कार गरेन | अधर्मी नै भए पनि बलात्कारी भएन | उ नास्तिक थियो | आफुमा रमाउने | अरूको सुखसुखको वास्ता नगर्ने | रावण ठूलो विद्वान थियो | विद्वान मान्छे नै बढी खुराफाती हुन्छ |

लंका विजयपछि राम फर्के | अयोध्यामा स्वागत भयो | विजय दिवस मानियो | यो सबै कुरा दशमी तिथिमा भयो | दशमी नै दशैं हो | अरू नौ दिन दुर्गाका हुन् | नवदुर्गाको पूजाआराधना हुन्छ | भनिन्छ, रामले दुर्गाको आराधना गरेका थिए | यही आराधनाले रावण मर्यो | शक्तिप्राप्तिको पर्व हो नौदुर्गा | रामले पनि दुर्गाबाट शक्ति प्राप्त गरे | तपस्या नगरी कसैले पनि शक्ति प्राप्त गर्दैन | नौ-दुर्गा शक्तिको संकल्प हो |

नौ दुर्गाको आफ्नै कथा छ | महिषासुरले दुख दिएपछि दूर्गाको उत्पत्ति हुन्छ | सप्तसति चण्डीमा एसको लामो प्रसंग छ | असलमा, नेपाल शाक्त देश हो | नेपालका हरेक गाउँमा देवीका मन्दिर छन् | कोट-कोटमा देवीका थान छन् | घरका प्रत्येक सदस्यले अविवाहित कन्यालाई देवी मान्छ | कन्याको पूजा हुन्छ | जीवित देवी कुमारी नेपाल छिन् | नेपाल देवीको देश हो |

महिलाका नामको पछाडी "देवी" लगाइन्छ | हरेक महिला शक्तिका स्रोत हुन् | प्रेमका स्रोत हुन् | करुणाका स्रोत हुन् | विजय र आदर्शका स्रोत हुन् | महिला दाहिने नभए परिवार रहन्न | परिवार रहे पनि शान्ति रहन्न | आज पनि घर भनेकी म,महिला हुन् | परिवार भनेकी पत्नी हुन् | आमा भनेकी घर हुन् | छोरी भनेकी पूज्या हुन् |

नौ दिनसम्म हामी नेपालीले मातृशक्तिको आराधना गर्छौं | घटस्थापनादेखि नवमीसम्म दूर्गाको आराधना चल्छ | फरक-फरक तवरले उपासना हुन्छ | केहीले अन्न ग्रहण गर्दैनन् | केहीले जलमात्र पिएर आराधना गर्छन् | अष्टमीका दिन बलिदान दिइन्छ | हजारौं पशु-पक्षीहरू मारिन्छन् | कमसल आचरणको बलिदान दिनु उचित हुन्छ | काम-वासना, घृणा, लोभ, मोह, भ्रष्टाचारको वलिदान दिनु उचित हुन्छ |

पशुबलिको विषय पेचिलो छ | हरेक वर्ष नेपालमा बहस हुन्छ | पक्ष र विपक्षमा | शास्त्रहरू पनि पक्ष-विपक्षमा छन् | तर एउटा कुरा पक्का हो | मासुकै लागि बलिदान ठीक होइन | स्वादकै लागि बलिदान उचित होइन | मासु खानकै लागि बलिदान गर्नु पर्दैन | देवीको नाम जोड्नु आवश्यक छैन | देवी जगन्माता हुन् | पशु पनि जगत कै अंग हो |

दशैको सबैभन्दा मीठो पक्ष आशिर्वाद हो | टीका, जमरा र प्रसादसंग आएको प्रेम हो | दशैं मिलनको पर्व हो | आफ्नो जरोकिलो सिक्ने पाठशाला हो | परम्पराहरू पुस्तान्तरण गर्ने क्रियात्मक कलेज हो | मनहरू जोड्ने अवसर हो | बूढाबूढीको लागि अवसर हो | बालबालिकाहरूका लागि रमाइलो हो | प्रौढहरूका लागि पुनर्मिलनको पर्व हो |

जीवन विश्वासले चल्छ | विज्ञानले सुख दिन्छ तर विश्वासले खुसी | दशैं-तिहार खुसी र सुखका पर्व हुन् | दशैंसंग विश्वास जोडिएको छ | दशैंले भावनात्मक सन्तोष दिन्छ | पूर्णता दिन्छ र उत्साह दिन्छ | सबै थोक विज्ञान सम्मत खोज्नु मूर्खता हो | मान्छे भावनात्मक प्राणी हो | विज्ञान नहुँदा मान्छे जीवित रहन्छ | उत्सव, उत्साह, आशा तथा विश्वास नभए बाँच्दैन | दशैं जीवनको विश्वास हो | अर्को वर्षसम्म जीवित रहने आशाको संचार हो |

दशैं नेपालीहरूको आफ्नो मौलिक चाड हो | एसला आफ्नै विशेषता छन् | दहीको-चामलको टीका र जमरा हाम्रो आफ्नोपन हो | नेपालीले मात्र मान्छौं | दशैंजस्ता मौलिक चाडले हामी नेपाली हौँ | हाम्रो नेपालीपनक लागि दशैं हुनुपर्छ | तिहार हुनुपर्छ | तीज हुनुपर्छ | यी सबैले हामी एक हुन्छौं |

ऋण शत्रु हो | करले होइन रहरले मानौं | निल्न नसक्ने गाँस मुखमा नहालेको राम्रो | धेरै चिल्लो, पिरो, गुलियो नखाएको राम्रो | केटाकेटीलाई मारकाट नदेखाएको राम्रो | सकेसम्म पशुबलि नदिएको राम्रो | बासी कुरा नखाएको राम्रो | स्वास्थ्य शरीर हाम्रो प्राथमिकता हुनुपर्छ | घिचेर होइन भोकले खानुपर्छ | इर्ष्या, भष्ट्राचार, घृणा, अनैतिकताजस्ता कमसल भावना र ब्यबहार त्यागेको राम्रो | आफुले प्रेम गरेर अरूबाट प्रेम प्राप्त गरेको राम्रो | रावण होइन रामबाट सिक्ने प्रतिज्ञा गरेको राम्रो |

अन्त्यमा, विश्वासले जीवन चल्छ | आफ्नो संस्कृति, परम्परा तथा संस्कारको संरक्षण गरौँ | नराम्रो त्यागौं | राम्रो अङ्गिकार गरौँ | मान्छे-मान्छेमा विभेद नगरौं | वातावरण सुधार्न मदत गरौँ | सकेसम्म पशुहिंसा नगरौं | सबैसहित आफ्नो कल्याणको कामना गरौँ | यो दशैंले हामी समस्त नेपालीहरूका वीच प्रेमको गाँठो बांधियोस् | नेपाल र नेपालीको कल्याण होस् |

पतिपत्नी - मीठो सम्वन्धको पहल - १

पतिपत्नी - मीठो सम्वन्धको पहल -१ 
पतिपत्नी निकै सभ्य शब्द हो | सम्भोग क्रिया सभ्यताको स्रोत हो | पतिपत्नी बीचको सम्भोगले जीवन बन्छ | वैदिकसभ्यताको स्रोत वेद हो | वेदले यौनक्रियाका लागि विवाह अनिवार्य मान्छ | तेस्तै पतिपत्नीले सन्तान जन्माउँनै पर्छ | सन्तान पतिपत्नीको उत्स हो | यौनक्रिया विवाहेतर पनि हुन्छ | एस्तो यौनक्रियाको उदेश्य सन्तान हुँदैन | कामाचरण अराजक भयो भने प्रेम हुँदैन | प्रेमरहित भएर पतिपत्नीको सम्वन्ध दीगो हुँदैन | कामाचरणका लागि प्रेम, धन, धर्म यी तीनैबटा साधनको आवश्यकता पर्छ | 

धर्म, अर्थ र काम - जीवनको लक्ष हो | जीवनको जग नैतिकतामा उभिएको हुनुपर्छ | कर्म, अकर्म र विकर्मको भेद जान्नु नै धर्म हो | सदाचारपूर्ण जीवन पद्धिति नै धार्मिकता हो | धन कमाउनु पर्छ | तेसको स्रोत अन्याय हुनुहुँदैन | अत्याचार हुनुहुँदैन | भष्टाचार हुनुहुँदैन | एस्तो धन "काम"का लागि उपयुक्त हुन्छ | अन्यायको धनले "काम" प्रेमपूर्ण हुँदैन | सुखदायी हुँदैन |

काम (शारीरिक सुख) केवल शारीरिक सुखका लागि होइन | प्रेम, सन्तोष, आनन्द र अत्यमा, मोक्ष कामको लक्ष हो | पतिपत्नीले प्रेमपूर्ण सम्भोग गर्छन् | नियमपूर्वक सम्भोग गर्छन् | कलाहरूप्रयोग गरेर सम्भोग गर्छन् | देव, पितृ, देवऋण तिर्नका लागि सम्भोग गर्छन् | वंशवर्धनका लागि सम्भोग गर्छन् | गृहस्थ धर्मको पालन गर्छन् | र अन्त्यमा, मोक्ष प्राप्त गर्छन् | यो सबै थोक कामशास्त्रमा उल्लेख छ | मेरो कार्यपत्र कामग्रन्थहरूमा केन्द्रित छ | 

......................
धर्म, अर्थ र काममा नमस्कार छ (कामसूत्र १/१/१) वात्स्यायनले प्रसिद्ध "कामसूत्रको" आरम्भ गर्दै लेखेका छन् | एसमा काम तेस्रो स्थानमा छ | धर्म र अर्थ पछि मात्र काम छ | मोक्षको कुरा यहाँ छैन | एसलाई त्रिपुरुषार्थ पनि भनिन्छ | शास्त्रीय मर्यादाको पालन कामचरणका लागि अनिवार्य छ | दम्पत्तिका विचको कामले मोक्षमा वाधा हुँदैन | तर विवाह विधिपूर्वक हुनुपर्छ (कामसूत्र ३/१/१) | असलमा, कामशास्त्रको प्रयोजन कामको विज्ञापन गर्नुहोइन | धर्म अर्थ र कामको तात्विक ज्ञान दिनु हो (कामसूत्र १/१/३) | पतिपत्नीको वीचको प्रेमपूर्ण सम्वन्धलाई वर्धन गर्नु हो |

महादेव र पार्वती कामशास्त्रका प्रथम गुरू-शिष्य हुन् | महादेवका शिष्य नन्दी, ऊद्दालक श्वेतकेतु, भ्रब्य,दत्तक, सुवर्णनाभ, घोटक मुख, गोणिका पुत्र, कुचुमारआदि कामशास्त्रका पूर्वआचार्यहरूको चर्चा बात्स्यायनले गरेका छन् | तेस्तै जयकृष्ण दीक्षितको पौरुरवसमनसिजसूत्रम्, मीननाथको स्मरदीपिका, पुरुरवको कदम्वरस्वीकारणसूत्र, राजर्षी भारतको कदम्वरस्वीकरणकरिका, ज्योतिस्वरको पंचसायक, कविराज मुकुटदन्डीको नर्मकेलिकौतुक संवाद, जयदेव कविको रतिमन्जरी, ब्राभब्य मुनिको ब्राभब्यकारिका, प्रौढदेवराजको रतिरत्नप्रदीपिका, दीक्षित सामराजले लेखेको रतिकल्लोलिनी, कुमारहरिहरको शृङ्गाररसप्रबन्धदीपिका दैवज्ञ सूर्यको कामतन्त्रकाब्य र काञ्चिनाथको रतिरहस्य प्रमुख ग्रन्थ हुन् | तर आचार्य बात्स्यायनको कामसूत्र यी मध्ये प्रमुख मानिन्छ |

चारवैष्णव सम्प्रदाय सक्षिप्त परिचय

चारवैष्णव सम्प्रदाय सक्षिप्त परिचय 
भविष्य महापुराणमा चार आधिकारिक वैष्णव सम्प्रदायहरूको वर्णन भएको छ | वैष्णवको अर्थ विष्णु समबन्धि उपासक हुन्छ | नेपाली समाजमा वैष्णव भन्दा साथ विशुद्ध शाकाहारी, अहिंसक, भगवान विष्णु वा उनका अवतारहरूको उपासना गर्ने र मन्दिर, उपासना पद्धति, तिलक, मन्त्रदीक्षा, गुरू तथा तिनका विनम्र अनुयायीहरुको सम्झना आउँछ | नेपालमा वैष्णवहरूको बलियो उपस्थिति रहेको छ भने मुक्तिनाथ, जनकपुरआदि तीर्थस्थलहरू वैष्णवस्थलको रूपमा प्राचीनकालदेखि नै परिचित छन् | यहाँ चारैसम्प्रदायको संक्षिप्त परिचय प्रस्तुत छ - 

(१) श्रीसम्प्रदाय : साक्षात जगज्जनी श्रीलक्ष्मीद्वारा स्थापित तथा आचार्य श्रीरामानुजद्वारा (सन् १०१६-११३६) विशिष्टद्वैतका रूपमा गुरूशिष्य परम्परालाई अङ्गिकार गर्दै आराध्यदेवको रूपमा श्रीलक्ष्मीनारायणको उपासना गर्ने वैदिक पन्थलाई नै रामानुज अथवा श्रीसम्प्रदाय भनिन्छ | विश्वका धेरैजसो विष्णुमन्दिरहरू रामानुजज पद्धतिले चल्छन् | विश्वप्रसिद्ध बालाजुको मन्दिर पनि यसै सम्प्रदायअन्तर्गत पर्छ | एसको दक्षिण भारतबाट आरम्भ भएको हो र नेपालमा पनि निकै लोकप्रिय छ | नेपाल र भुटानमा गरी करिव दुईलाख जति रामानुज सम्प्रदायका अनुयायीहरू रहेको सुनिएको छ तर पुष्टि गर्ने आधार छैन | श्रीसम्प्रदायका अनुयायीहरू आधुनिक विद्वानहरूले निर्धारित गरेको समय-निर्धारण मान्दैनन् |
एस सम्प्रदायका पनि धेरै शाखाउपशाखाहरू छन् | उदाहरणका लागि सीतारामको उपासना गर्ने रामानन्द, कवीरमतआदि एसकै अन्तर्गतपर्छन् तर अनुयायीहरूले भने यो तत्थ्य स्वीकार्दैनन् |

(२) निम्बार्क सम्प्रदाय : श्रीराधाकृष्णको स्वेकीयभावमा उपासना गर्ने र कुनै पनि सम्प्रदायको आलोचना नगरी गोपालमन्त्रको जपमा विश्वास गर्ने र आत्मा, परमात्मा तथा जडतत्वको सहजअस्तित्व "द्वैताद्वैत"का रहेको दार्शनिक सिद्धान्तअनुसरण गर्ने एससम्प्रदायका संस्थापक "हंस-भगवान" भएको विश्वास गरिन्छ | सनकादि चार ऋषिहरू, ऋषि नारदबाट प्रत्यक्ष दीक्षा प्राप्त गरेर दक्षिणको तैलंगमा जन्मेका नियमानन्द भनिने आचार्य निम्बार्कले "निम्बार्क-सम्प्रदाय"को विस्तार गरेका हुन् | आचार्य निम्वार्कको समय सन् ११३०-१२०० भएको विश्वास गरिन्छ | नेपालमा र नेपाली मूलका भूटानीहरूमा एस सम्प्रदायका अनुयायीहरू छन् र यिनको संख्या पनि लगभग २ लाख नै रहेको अनुयायीहरूको विश्वास छ |

एस सम्प्रदायका पनि अनेकौं उपसम्प्रदायहरू छन् जसमा हरिदासले स्थापना गरेको हरिदासी, प्राणनाथले स्थापना गरेको प्राणनाथी वा प्रणामी पनि पर्छन् | तर उपरोक्त मतका अनुयायी भने यो तत्थ्य स्वीकार गर्दैनन् |

(३) माध्वसम्प्रदाय : यो पनि एउटा वैदिक पन्थ हो | एस पन्थका अनुयायीहरू एसको स्थापना भगवान् ब्रह्माले गरेको विश्वास गर्छन् | यो ब्रह्मसम्प्रदायका रूपमा पनि परिचित छ | आचार्य मध्वले (१२३८-१३१७) सम्प्रदायलाई ब्यबस्थित गरेका हुन् | यो मतमा परकीयाभावमा श्रीराधाकृष्णको उपासना गरिन्छ र द्वैत तथा अचिन्त्यभेदाभेदको दार्शनिक सिद्धान्त अनुसरण गरिन्छ | पछि बंगालको नदीयाका निमाई भनिने चैतन्य महाप्रभुले गौडीया शब्द जोडेपछि यो माध्वगौडीया सम्प्रदाय पनि बोलिन थालिएको हो | एस सम्प्रदायका अनुयायीहरूको संख्या नेपालमा तेति धेरै छैन तर इस्कोन भनिने संस्थाले प्रचार गरिरहेको अवस्था छ |

यो सम्प्रदायका ५२ उपमतहरू छन् जुन उनीहरूले धारण तिलक तथा मन्त्रदीक्षामा देखिन्छ |

(४) बल्लभ सम्प्रदाय वा विष्णुस्वामी मत - यो सम्प्रदायका अनुयायीहरू भगवान शंङ्करले यो सम्प्रदायको स्थापना गरेको विश्वास गर्छन् तेसैले एसको अर्को नाम रूद्र-सम्प्रदाय पनि हो | गुजरातमा यही सम्प्रदाय विष्णुस्वामीका रूपमा परिचित छ | यो सम्प्रदायको प्रचारप्रसार चाहिं विष्णुस्वामी र बल्लभाचार्यले गरेका थिए |बल्लभाचार्यको समय सन् १४७९-१५३१ मानिन्छ | उपासनाका दृष्टिकोणले यी श्रीराधाकृष्णका उपासना गर्छन् र यिनको दार्शनिकमतलाई शुद्धाद्वैत भनिन्छ | दक्षिणभारतमा एसलाई विष्णुस्वामीले स्थापित गरेको र पुष्पित गरेको विश्वास गरिन्छ | यो सम्प्रदायका अनुयायीहरू नेपालमा निकै न्यून रहेका छन् |

यो मतका धेरै उपपन्थ भए पनि बल्लभाचार्य र विष्णुस्वामीका अनुयायीहरूका विचमा संस्थापक को ? भन्ने विषयमा निकै विवाद रहेको छ | दूबैले आ-आफ्ना गुरुनै शुद्धाद्वैतका संस्थापक भएको दावी गर्छन् | उपासनाका दृष्टिले विष्णुस्वामीहरूले "स्वामी नारायण"को उपासना गर्छन् भने बल्लभाचार्यले राधाकृष्णको |

यहाँ एउटा तत्थ्य बुझ्नुपर्छ : तेस बखतमा आचार्यपद प्राप्त गर्नका लागि प्रस्थानत्रयिको भाष्य गर्नु पर्ने हुन्थ्यो | उपरोक्त सबै आचार्यहरूले प्रस्थानत्रयी अर्थात् ब्रह्मसूत्र, गीता र उपनिषद्को ब्याख्यालाई विशिष्टद्वैत, द्वैताद्वैत, द्वैत र शुद्धाद्वैतको दार्शनिक विचार सिद्ध गर्ने स्रोतका रूपमा प्रयोग गरेका छन् | यी सबैले आचार्य शंकरले प्रतिपादन गरेको "अद्वैतवाद"को समालोचना गरेका छन् | यी सबैले वेदलाई अन्तिम प्रमाणको रुपमा स्वीकार गर्छन् | 

श्रीनारदपन्चरात्रको आचरण पद्धतिलाई जीवन यापनको रूपमा उपयोग गर्छन् | रामानुज तथा बल्लभसम्प्रदायमा गुरू अर्थात् आचार्य बन्न गृहस्थआश्रमी पनि स्वीकार गरिएको छ भने निम्वार्क तथा माध्वमा सन्यासी बाहेकका गुरू बन्न मिल्दैन | यी आचार्यहरूले स्थापना गरेको गुरूपरम्परा आज पनि जीवन्त र सक्रीय नै छ | हरेक अनुयायीहरू कुनै नकुनै गुरूपरम्परामा आवद्ध हुनैपर्छ | यी सबै वैदिक सम्प्रदाय हुन् |

प्रमको सपनामा होची मिन्ह

प्रमको सपनामा होची मिन्ह 

नेपालका साम्यवादी प्रधानमन्त्री ओलीजी संयुक्त राष्ट्रसंघमा प्रतिनिधित्व गर्न गएको बखतमा भियतनामका स्वर्गीय प्रधानमन्त्री श्रीहोची मिन्ह अचानक सपनामा प्रकट भए र प्रमसंग एस्तो कुराकानी भयो :

प्रम ओली : ओहो, कमरेड सारै खुसी लाग्यो | अहिले नेपालमा साम्यवादीहरूको सरकार छ नि !

मिन्ह : तै थाहा पाएर त सपनामा आएको हुँ |

प्रम ओली : खुसी लाग्यो कमरेड |

मिन्ह : धन्यवाद, अनि सम्माननीयले के काम गर्नुहुन्छ नि ?

प्रमओली : म प्रधानमन्त्री छु | दूई कम्निस्टले सर्वसहमतिबाट |

मिन्ह : ए, अनि हजुरको पेशा के छ नि ?

प्रम. ओली : अलि बुझिन श्रीमान् ? नेपालमा राजनीति गर्नेको खासै यही नै पेशा हुन्छ |

मिन्ह : हो र श्रीमान् ! मेरो पेशा त कृषि हो | विहानै उठेर खेतवारीमा काम गर्छु | अनि, दिउसो भने जनताको सेवा गर्न प्रम अफिस जान्छु |

प्रम ओली : (सुनेको नसुनै)

मिन्ह : हाम्रा सबै सरकारी प्रतिनिधिले आफ्नो परिवार पाल्न आफ्नै पेशा गर्छन् | तेसो भए नेपालमा राजनीति गर्नेले के गर्छन् नि ?

प्रम ओली : हुँ !!

मिन्ह : राजनीति नै पेशा हुन्छ नेताको भन्नु भएको हो ? अचम्मै रहेछ त पेशा नै नगरी परिवार पाल्ने !!

प्रम.ओली तेस्तै भन्न पर्ला |

मिन्ह : हाम्रा त बालबालिकाहरूको शिक्षा दीक्षाको खर्च पनि आफैले गर्नुपर्छ | जम्मै नेताका छोराछोरी सरकारी विद्यालय जान्छन् |

प्रम. ओली : हाम्रो पनि नीति त तेही हो |

मिन्ह : अनि, कति नेता र कार्यक्रता हुनुहुन्छ नि ?

प्रम ओली : हामी करिव पाँचलाख सदस्य भएको पार्टी हौँ | दक्षिण एसिया मै हाम्रो डंका बढ्छ |

मिन्ह : (मन मनै) तेसै भएर एतिबिध्न स्थानीय निकाय, जनवर्गीय सङ्गठनहरू र राज्य संयन्त्र बनाएको होला | जुन देशका नेताहरूको राजनीति नै पेशा छ, तेस्तो देशमा भष्टाचार त देउता नै बुझे हुन्छ |

प्रम ओली : के सोच्न थाल्नु भो कमरेड ?

मिन्ह : सोच्दै छु, म साम्यवादी नै भए पनि बुद्ध र पशुपति नाथको दर्शन गर्छु | किनभने नेपालको कल्याण यिनैले गर्छन् | जय नेपाल |

प्रम ओली : हेत्तेरिका, निंद किन न खुलेको होला ?!

द्वैताद्वैत, निम्बार्क र वेदान्त दशश्लोकी

द्वैताद्वैत, निम्बार्क र वेदान्त दशश्लोकी  निम्बार्क उपासना  नियमानन्द शान्ति र साधनाप्रिय ब्राह्मण थिए | उनले पढेको गुरुकुलमा गुरूले "...