Monday, March 2, 2015

८. विवाह, बालविवाह, पुनर्विवाह र दाइजो

पश्चिमी मिडिया र अधिकार कर्मीहरूलाई 'हिन्दूहरू बालविवाह'का समर्थक हुन्छन्' भन्ने भ्रम सृजित गरिएको छ | हिन्दूहरूमा बालविवाहका केही छिटपुट घटना बाहेक 'इतिहासको कुरा' बनिसकेको छ | वर्तमानका हिन्दू समुदाय कुनै पनि किसिमको बालविवाहमा विश्वास गर्दैनन् | २०६८ को जनगणनाले औसत नेपालीहरूको विवाह गर्ने उमेर १९.३ महिना भएको प्रमाणित गरेको छ | एतिहुँदाहुँदै पनि कसैले हिन्दूहरूलाई 'बालविवाह'को समर्थक भन्ने आरोप लगाउंछ भने सहमत हुन सकिन्न |

मनुस्मृतिका केही श्लोकहरूमा ब्राहमण, क्षेत्री, वैश्य तथा शूद्र कन्याहरूको विवाहको उमेर क्रमश ८, १०, १२ र सोह्र वर्ष निर्धारण गरिएको छ | त्यस वखत यी कुराहरू स्वीकार्य भए पनि आज अस्वीकृत र शास्त्रीय बनेका छन् | हिन्दू संस्कृतिमा आठप्रकारका विवाहको प्रावधान छ तर यी प्रावधानहरूमा सबैभन्दा मान्य र स्वीकृत ब्राहम र दैव विवाह हुन् | अन्य विवाहहरू बाध्यात्मक र पृष्ठभूमिसंग सम्वन्धित छन् | असुर, राक्षस र पैसाच विवाह विवाहलाई घृणित र दण्डयोग्य भनिएको छ | ब्रह्म विवाहमा कन्या तथा वरको विवाह शास्त्रीय विधिविधान अनुरूप हुन्छ | दैवविवाहमा खास प्रयोजनका लागि कन्यादानका रूपमा विवाह संस्कार गरिन्छ | आर्ष-विबाहमा वरले कन्याका आमावुवालाई सम्पत्ति दिन्छन् | प्रजापत्य विवाहमा आमावुवा अथवा आफन्तले 'ठूलो र कूलघरमा' जवरजस्ती विवाह गराउँछन् | गन्दर्भ विवाह आजको 'लव-म्यारिज' हो यसमा स्र्त्री र पुरुषको सहमति भए पुग्छ | कन्यालाई किनेर जवर्जस्ती विवाह गर्नु असुर विवाह हो भने अपहरण गरेर विवाह गर्नु राक्षस र रोगी, असहाय तथा विपत्मा पारेर गरिने विवाह पिसाच विवाह हो | नेपालका केही जातिहरूमा अपहरण गरेर विवाह गर्ने चलन छ भने लभ-म्यारिज पनि चलिसकेको छ |

हिन्दू संस्कृतिमा विवाहको सम्वन्ध आध्यात्मिकतासंग गाँसिएको छ | पश्चिमा क्रिश्चियनहरू र मुस्लिमहरूका लागि विवाह ‘सेक्सका लागि गरिने कागजी सम्झौता’ हो | बाइबल र कुरानले महिलामा आत्मा छैन भन्छ | कागजी सम्झौता गरेर ‘भोग्ने’ बाहेक अन्य सरोकार हुँदैन | हिन्दू संस्कृतिको विवाहसंस्थासंग उपरोक्त ‘जंगली-विवाह’ विधिसंग तुलना गर्न खोज्नु नै मूर्खतापूर्ण कुरा हुन्छ | किनभने हिन्दूहरूका लागि विवाहको अर्थ ‘सृष्टि-चक्रमा’ योगदान गर्नु हो भने पश्चिमाहरू र मुस्लिमहरूमा सेक्सको मजालिनु हो | सेक्सलाई मज्जाको विषय मान्नेहरू विवाहलाई पवित्र मिलनको रूपमा कसरी स्वीकार गर्न सकून् ? मुस्लिम धर्मका संस्थापक गुरू मोहम्मद आफैले ६ वर्षीय बालिका आयसासंग विवाह गरेको र उनी नौवर्षकी हुँदा करणी गरेको कुरा कुरानमा उल्लेख छ | बाइबलमा पनि ब्यथेलमा आक्रमण गर्दा जितेर ल्याएका ‘छ वर्षका बालिका’संग विवाह गर्न आदेश दिएको उदाहरण प्राप्त हुन्छ तथापि विवाहको उमेर भने तोकिएको देखिन्न | मुस्लिम र क्रिश्चियन दूबै समुदायमा महिलाका लागि पुनर्विवाहको प्रावधान छ |

हिन्दू धर्ममा सद्गृहस्थ, परिवार निर्माणको जिम्मेदारीयोग्य शारीरिक, मानसिक परिपक्वतापछि युवक-युवतिबीच विवाह संस्कार हुन्छ | भारतीय संस्कृतिका अनुसार विवाह केवल शारीरिक या सामाजिक अनुबन्ध मात्र नभई श्रेष्ठ आध्यात्मिक साधना हो । त्यसैले 'धन्यो गृहस्थाश्रमः' भनिएको छ । सद्गृहस्थले समाजको अनुकूल व्यवस्था एवं विकास में सहयोग गर्छन् | गृहस्थीका माध्यमबाट ब्रह्मचर्य, वानप्रस्थ एवं सन्यासलाई सहयोग गर्छन् । असलमा, आज वैदिक विवाह संस्कार के पारिवारिक एवं सामूहिक प्रयोग सफल तथा उपयोगी सिद्ध भएको छ | पश्चिमाहरू वैदिकविधिले विवाह गरेका दम्पत्तिहरूको दीर्घकालीन दाम्पत्य जीवन देखेर आरिस गर्छन् | उनीहरू ‘सम्झौता’मा आधारित विवाहसंस्थाबाट आजित छन् भने लेस्वीयन (महिला-महिला बीच विवाह) र गे-हरूको (पुरुष-पुरुष बीच विवाह) अप्राकृतिक सम्वन्धलाई समेत विवाहका रूपमा स्वीकार गरेर यसलाई अझै अपवित्र र कूरूप बनाइदिएका छन् |

विवाह दूई आत्माहरूको पवित्र बन्धन हो । दूई प्राणी आफ्नो फरक-फरक आस्तित्वलाई एकापसमा समर्पित गरेर एउटा संसारको वन्धन निर्माण गर्छन् | त्याग, समर्पण, कर्तब्य र अधिकार प्रत्याभूति यी सबै कुराहरू आपसमा शेयर गर्छन् | संसारदेखि आध्यात्मिक पथसम्म संगै हिंड्ने ‘सप्तपदी’ प्रतिज्ञा गर्छन् | ‘’हामीले एकापसमा एकार्काको आफ्नै शरीरको अंगसरह हेर विचार गर्ने छौँ, हामीले गृहस्थी जीवनका सबै समस्याहरू सरसल्लाह गरेर समाधान गर्ने छौँ, विरामी परेको बखत एकआपसमा पूर्ण हेरविचार गर्ने छौँ, हामीले एकआपसमा असल मित्रको ब्यबहार गर्ने छौँ, हामीले परस्परको यौन-जीवनप्रति विश्वसनियता कायम गर्ने छौँ, पतिले पत्नीलाई र पत्नीले पतिलाई समान महत्व दिने छौँ, हरेक धार्मिक र सामाजिक कार्यहरू अनिवार्यरूपमा संगै गर्ने छौँ आदि सप्तप्रतिज्ञाले नै वैदिक विवाहसंस्थाको महत्व स्थापित गर्छ | पश्चिमा संस्कृतिको अन्धो अनुकरणलाई मानवाधिकार ठान्नेहरूले उपरोक्त प्रतिज्ञाको महत्व बुझ्न सक्दैन् |

हिन्दू धर्म सांस्कृतिक जीवनमा विवाह एउटा आध्यात्मिक संस्था भएकोले पश्चिमा मोडेलको विकृतिपूर्ण ‘लव-म्यारिज’लाई यसले महत्व दिदैंन न त वालविवाहको पक्ष पोषण नै गर्छ | वेद, उपनिषद् र पूराण ‘महिलाहरूले स्वयम्वर गरेका प्रसस्त उदाहरण छन् | सीता, द्रोपदी, दमयन्ती आदि-आदि | एति हुँदाहुँदै पनि केही समुदायमा बालविवाह प्रचलित छ | यो रोकिनु पर्छ | १९ वर्षको उमेर नपुगी विवाह गर्नु हुँदैन | उपरोक्त विषयको निदान गर्न हिन्दू संघसंस्थाहरू सकारात्मक छन् | वर्तमान समयमा बालविवाहलाई हिन्दू समाजले अस्वीकार गरिसकेको हुँदा सामाजिक रूपमा अस्वीकृत भैसकेको छ | यो स्वीकार्य हुँदैन |

विधवा पुनर्विवाहका सम्वन्धमा आजको हिन्दू समाज उदारवादी छ | वेदमा पनि विधवाहरूले पुर्नर्विवाह गरेको उदाहरण भएको भनि आर्यसमाज र युगनिर्माण योजनाजस्ता संस्थाहरूले विधवाहरूको पुनर्विवाह गराएका छन् | यस अर्थमा, बैदिक संस्कृतिले पुनर्विवाहको आज्ञा दिंदैन भन्नु गलत हो | यदि विधवा आफैले पुनर्विवाह गर्ने इच्छाप्रकट गर्दिनन् भने त्यहाँ जवरजस्ती गरिनु हुँदैन | यो अमानवीय र व्यक्तिगत स्वतन्त्रताको हनन हो | यसैगरी पहिरनका विषयमा ‘विधवाको व्यक्तिगत इच्छा’लाई सम्मान गरिनुपर्छ | न त रातो लुगा लगाउन बलजफ्ती गरिनु हुन्छ न सेतो पहिरनका लागि | यो सबै कुरा सम्वन्धित महिलाको स्वविवेकमा छोडिनु पर्छ | वैदिक संस्कृतिको पहिचानसंग जोडिएको यो विषयलाई ‘पश्चिमा फोहोरी नजरिया’ले ब्याख्या र बुझ्नु आवश्यक छैन | महिलालाई बासनापूर्तिको साधन ठान्ने पश्चिमाआँखाले ‘यौन विना पनि प्रेम’ हुन्छ भन्ने कुरा कहिल्यै पनि बुझ्न सक्दैनन् |

अहिले नेपालको हिन्दू समाजमा विगतभन्दा पनि भयङ्कर रूपमा दाइजोप्रथा बढिरहेको छ | आजभन्दा २० वर्ष अगाडीसम्म पनि पहाडे हिन्दूमा दाइजोप्रथा थिएन | तर अहिले यो सबै नेपालीहरूको घरघरमा पुगेको छ | यो कुप्रथालाई भित्र्याउनेहरू ‘दहेजविरोधी’ नै हुन् भन्द अनुचित हुँदैन | हिन्दूधर्मले स्वेच्छाले आफ्नो छोरीलाई दिनसक्ने सम्पत्ति बाहेकलाई पूर्णरूपमा निन्दनीय कर्म भनेर निन्दा गरेको छ | असलमा, नेपालमा दहेजप्रथा मुस्लिमहरूका माध्यमबाट छिरेको हो | पहिले मधेसमा र अहिले सबै नेपालीको घरमा छिरेको छ | हिन्दू धर्मले दाइजोलाई ‘स्वेच्छिक विषय’ भनेको हुँदा दाइजो माग्नेहरू र आफ्नो हैसियत भन्दा दाइजो दिन कबुल्ने दूबै नर्कमा जान्छन् | शास्त्रहरूमा विवाहित वा अविवाहित छोरीले घरमूलीको रूपमा काम गरेर परिवारको पालन गरेका अनगिन्ती उदाहरण छन् | स्वच्छिक भन्दा बढी दाइजो दिनु र लिनु दुवै पापकर्म हो | यमराजले दूबैलाई आगोमा पोल्ने छन् | हामी हिन्दूहरूले आफ्नो मन, बचन र ब्यबहारबाट हटाउनु पर्ने विषय नै दाइजो हो |

मैले निवेदन गरिसकें कि हिन्दू संस्कृतिमा बालविवाहको कुरो एकाधसमयको विषय भइसकेको छ | आज कानुनी तथा सामाजिक रूपमा बालविवाह अस्वीकार गरिन्छ | त्यैपनि केही पश्चिमा क्रिश्चियनहरूका स्वदेशी मतियारहरू स्वस्थानीको कथा र मनुस्मृतिका केही भनाइहरूलाई पस्केर हिन्दू धर्म र संस्कृतिको वदनाम गरिरहेको देखिन्छ, सुनिन्छ | यी सबै पात्रहरू धनका भोका हुन् | डलर र क्रिश्चियनहरूको गर्नु नै यिनीहरूको एकल एजेन्डा हो | हामी आफ्नो विवाह संस्थामा विश्वास गरौँ, सप्तपादीमा दिएका वचनहरू एकआपसमामा सम्मान पूर्वक पालन गरौँ | हाम्रो धर्म र संस्कृतिको रक्षा हुन्छ | हाम्रो गौरव बढ्छ |

७. राजश्वला र सुत्केरी अवस्था

राजश्वला र सुत्केरी अवस्थामा अवहेलना किन ?
केही अधिकारवादीहरू पश्चिमा संस्कृतिको उन्मादमा सामाजिक मान्यता र परम्पराका विषयहरूलाई धर्मसंग जोडेर आलोचना गर्छन् | मासिक धर्म, पन्छिने, राजस्राव, छूइपडी र राजोधर्मका रूपमा हिन्दू-संस्कृतिमा प्रचलित परम्परालाई निकै आलोचनाको विषय बनाइन्छ | निश्चय नै शास्त्रहरूमा राजोधर्मका अवस्थामा महिलाहरू अपवित्र हुन्छन् भनिएको छ | स्मृति र धर्मसिन्धुमा महिलाहरूले राजोधर्म भएका दिनहरूमा दैनिक क्रियाकलापहरू जस्तै पूजापाठ, घरब्यबहार, शारीरिक श्रम, आध्यात्मिक संलग्ताबाट जोगिन सल्लाह दिइएको छ | यसलाई सामाजिक ब्यबहारमा रुपान्तरण गर्न राजोधर्मका चारदिनहरूमा महिला अपवित्र हुने जिकिर गरीएको छ |
महिलाको पाठेघर तथा अन्डासयमा दुई किसिमको हार्मोन आस्ट्रोजन र प्रोजेस्ट्रक्सीको उत्पादन हुन्छ। ती दुई हार्मोनले संकुचन (कन्ट्राक्सन) तथा यसका भित्री तह (इडोमेटि्रयम) बनाउन र बिगार्न तथा महिनावारी गराउन भूमिका खेलेको हुन्छ। पाठेघरको भित्री तहमा हार्मोनहरूको नियन्त्रणमा टुक्रिएका टुक्राहरू योनीमार्ग हुँदै रगत बग्ने प्रक्रिया नै मासिक स्त्रीधर्म हो भन्छन् कोशीअञ्चल अस्पतालका वरिष्ट स्त्री रोग तथा प्रसूति विशेषज्ञ डा. बालकृष्ण शाह। पहिलो पटक हुने महिनावारीलाई ‘मेनार्की' भनिन्छ भने रोकिएको अवस्थालाई ‘मेनोपज' भनिन्छ। महिनावारी हुँदा ९० प्रतिशत महिला पीडामा हुने गरेको एक अध्ययनले देखाएको छ। यो एक सामान्य प्रक्रिया भए पनि यसमा विभिन्न किसिमका समस्या उत्पन्न हुने गर्छ। 
हुन त रजश्वला हुनु महिलाहरूको प्राकृतिक तत्थ्य हो तर आधुनिक विज्ञानले रजस्वला भएका वखतमा महिलाहरूले पूर्णरूपमा दैनिक श्रमबाट विश्राम लिन सल्लाह दिन्छ | रजोधर्मका वखत विभिन्न संक्रमणहरूको खतरा बढी हुन्छ | मनोविज्ञानले यस वखत महिलाहरूमा बढी मानसिक तनाव हुने भन्ने सिद्ध गरिसकेको छ | असलमा, शास्त्रहरूले जेजस्तो भाषाशैली प्रयोग गरेपनि महिनाका चारपांच दिन महिलाले अनिवार्यरूपमा विश्राम गर्नुपर्ने नियम बनाएको हो | तर यसलाई ब्यबस्थित र अनिवार्यता दिन ‘छुवाछुत’को विकास भएको हुनुपर्छ |
समाजमा अनेकौ चलन र रीतिरिवाजहरूको निर्माण सम्वन्धित सामाजिक बनावटले निर्धारण गरेको हुन्छ | रजस्वलाका विषयमा हिन्दूसमाजका आफ्ना मान्यताहरू विकसित भए र समाजले ती परम्पराहरूलाई मान्यता दियो | विश्वको हरेक मानवसमाज आफ्नो परम्परा र मान्यताका कारण एकआपसमा छुट्टिएको छ | यही परम्पराहरू धर्म र संस्कृतिका रूपमा विकसित भएका छन् | यदि हिन्दू समाजले महिला ‘पन्छिएको’ वखतमा शारीरिकश्रम, पूजाआजा, सामान्य दैनिकीबाट जोगी ब्यबस्था गरेको छ भने निश्चय नै महिलाहरूको कल्याणका लागि नै हुनुपर्छ | राजोकालमा पनि यौनजन्य क्रियाकलापलाई मान्यता दिने मानवाधिकारको कुरा स्वीकार गर्न हाम्रो सामाजिक मान्यता बाध्य हुँदैन | एस्तो अवधारणा ३६५ दिन नै महिलाहरूलाई ‘सेक्सटोय’का रूपमा प्रयोगको वस्तु ठान्नेहरूका लागि र आफुलाई सेक्सटोयका रूपमा स्वीकार गर्ने अधिकारवादीका लागि ठीक हुनसक्छ तर सामान्य हिन्दूहरूका लागि नितान्त अस्वीकार हुन्छ |
उपरोक्त कुरा लेखिरहँदा छुइपडीका नाममा महिलाहरूलाई गोठमा सुविधाहरूबाट बन्चित गरेर राखिने चलनलाई स्वीकृत गर्न वा उचित हो भन्नु उचित हुँदैन | शास्त्रहरूले ‘छुवाछुत’ नगर्नु, दैनिक कार्यबाट विश्राम लिनु भनेको छ तर असामान्य रूपमा ‘गोठ’मै गएर बस्नु भनेको छैन | नेपाली सामाजमा पन्छिएको वेला महिलाले अझै कठोर परिश्रम गर्नु पर्ने यथार्थ हामीबाट लुकेको छैन | यो पनि महिलाउपर अत्याचार नै हो | हो, शास्त्रले रजस्वला भएको वेलामा गोरस (गाईको दूध, घीऊ आदि) प्रयोग गर्न अनुमति दिएको छैन तर भैंसीको दूध, घीऊआदिलाई रोकेको छैन | सामाजिक ब्यबस्थाको शास्त्रीय रूप बिग्रंदा छाउपडीको प्रचन्ड अन्धविश्वास देखिएको हो | पूजाआजा र दैनिक शारीरिकश्रम तथा स्पर्शबाट जोगिन्दा पुरुषलाई भन्दा महिलाहरूलाई नै बढी फाइदा छ | आजभोली रजस्वला भएको वेलामा सामान्यतया पूजाआजासंग सम्वन्धित अवसर र कार्यमा बाहेक कडाई छैन | हिन्दू समुदायहरू भित्रै पनि नेवार समुदायमा ‘गुफावसे’ पछि वार्न पर्दैन |
मेरो विचारमा समय सापेक्ष हुनुपर्छ वार्ने चलन पनि | कामकाजी महिलाहरू, पढ्ने विद्यार्थीहरू ‘पन्छिएकै’ कारण परीक्षा दिनबाट वा अन्य अत्यावश्यक कामबाट वन्चित गराइनु अनुचित हो | तर पश्चिमा छाडायौनवादका आडमा परम्परालाई सत्तेसराप गर्नु ‘हिन्दु-विरोधी’ मानसिकता हो | आजभोलिका प्रबुद्ध महिलाहरूले सांस्कृतिक परिपेक्षको रक्षा गर्दै रीतिरिवाज कायम राख्ने पहल गर्नुपर्छ | पश्चिमाहरूको नक्कल गर्दैमा कुनै समाज विकसित हुन्छ भन्ने सोच नै गलत हो | राम्रो कुराको अनुसरण गर्नुपर्छ अनुचितको होइन | डलरका लोभीहरू यो कुरा बुझ्न तयार हुँदैनन् | साउनमा अन्धो भएको गधाले जहिले पनि हरियो देख्छ भनेझैँ पश्चिमाहरूलाई आफ्नो आदर्श मान्नेहरूले हाम्रो समाजमा रहेका उचित र न्यायपूर्ण परम्परालाई पनि ‘अनुचित’ नै  देख्छन् |
रह्यो कुरा, सुत्केरीका वखतमा गोठमा राख्ने, सुत्केरीलाई अपहेलना गर्ने – यो हिन्दूधर्मको विषय होइन | यो कूप्रथा हो | हरेक सुत्केरी अवस्थामा छुवाछुतलाई स्वीकार गरिए तापनि गोठमा अलगै राख्नेजस्ता कुराहरू शास्त्रीय होइनन् | सुत्केरीलाई अपहेलना गर्ने कू-प्रथालाई अस्वीकार गर्नुपर्छ |

विज्ञानले रजस्वलालाई सामान्य माने पनि हाम्रो धार्मिक मान्यता भने फरक छ। ऋषिपञ्चमी व्रत कथाअनुसार स्वर्गका राजा इन्द्रलाई ब्रह्महत्याको पाप लाग्यो। त्यो पापबाट मुक्त गर्न ब्रह्महत्यालाई ४ भागमा ब्रह्माले बाँडिदिए। ती ४ चारमध्ये पहिलो आगोको ज्वालामा, नदीमा, पर्वत र नारीहरूको महिनावारीमा त्यसलाई विभक्त गरियो। र, सोही बेलादेखि नै नारी रजस्वला हुनथालेको मानिन्छ। त्यतिमात्र होइन, रजस्वला भएकी नारीलाई होच्याउने काम पनि गरिन्छ। मासिक धर्म भएको पहिलो दिनमा महिलालाई चण्डाल्नीको उपमा दिइएको छ।
महिनावारी हुँदा किन बार्ने? मासिक धर्मका बेला पाठेघरको मुख फुल्ने हुन्छ। उक्त समय उनीहरू कमजोर हुनुका साथै धेरै किसिमका पीडासमेत हुन्छ। त्यसैले महिनावारी हुँदा आरामको आवश्यकता पर्छ । रोगहरूको संक्रमण पनि त्यसबेला सजिलै हुनसक्छ। यसकारण त्यस्तो संक्रमणबाट जोगिन चिकित्साविज्ञानले पनि महिनावारीमा बार्नु आवश्यक छ भन्छ | हिन्दूधर्मले यही कुरालाई ‘छुवाछुत’संग जोडेर महिलाहरूलाई सम्पादन गर्न प्रेरित गरेको छ | तर एउटा कुरा पक्का हो, रजस्वला भएकै आधारमा महिलालाई हेप्ने चलन र वन्चित गर्ने चलनको समीक्षा हुनुपर्छ तर आफ्नो संस्कार र संस्कृतिको पनि सुरक्षा हुनुपर्छ | अरू कुरा महिलाहरूको स्वविवेकमा छोड्नु उचित होला |


६. हामी मूर्तिपूजा किन?

मन्दिरमा देवीदेवताको मूर्तिमा प्राणप्रतिष्ठा गरेर पूजाआराधना सनातन धार्मिहरूका लागि नया विषय होइन | हरेक हिन्दू मूर्तिपूजक हुन्छ भन्ने होइन तर १००% हिन्दूहरू मूर्ति भंजक हुँदैनन् | वेदमा मूर्तिपूजाका प्रसस्त उदाहरणहरू छन् | सबैभन्दा महत्व्पूर्ण कुरा के हो भने प्राणप्रतिष्ठामा वैदिकमन्त्रहरू प्रयोग हुन्छ | वैदिक विधिले मन्दिरमा मूर्ति स्थापना नभई तिनको पूजाआजा हुँदैन | सबै मूर्तिको पूजाआजा र आराधना हुनेभए 'मूर्तिको बजार नै मन्दिर हुन्थ्यो' तर एस्तो हुँदैन र देखिंदैन पनि | विधिवत् प्राणप्रतिष्ठा नगरिएको मूर्ति वा पूजास्थलमा गएर कसैले देवीदेवताको आराधना गर्दैन |

मूर्तिपूजाका प्रसंगमा भारतीय सन्यासी स्वामी विवेकानन्दको एउटा प्रसंग अत्यन्त प्रासंगिक ठहरिन्छ | प्रसंगअनुसार एकदिन एउटा मूर्तिपूजाको विरोध गर्ने राजाले विवेकानन्दलाई भोजनका लागि आमन्त्रित गर्छन् | प्रसंगवास राजाले आफु मूर्तिपूजाको विरोधी भएको जिकिर गर्छन् | त्यतिनै बेला स्वामी विवेकानन्दको नजर भित्तामा झुण्डिएको एउटा सुन्दर चित्रमा पर्छ | राजाले त्यो चित्र आफ्ना बुबाको भएको बताउँछन् | स्वामी विवेकानन्दले त्यो चित्रपट उतारेर राजाको हातमा दिंदै त्यसमा थुक्न अनुरोध गर्छन् | यो सुनेर राजा असाध्य रिसाउँछन् | आफ्नो बुबाको तस्विरमा थुक्ने कार्यलाई उसले अनुचित भन्छ तर स्वामी विवेकानन्दले मूर्तिपूजाको विरोध गर्नेले जावो तस्वीरमा थुक्ने विषय सामान्य हुनुपर्ने तर्क गरेपछि राजा गल्छन् | अनिबल्ल, राजालाई 'मूर्तिपूजा'को अर्थ स्थूलमूर्तिको आराधना गर्ने नभई त्यसमा संस्थापित ईश्वरीय चेतनाको पूजा भन्ने अर्थ स्पष्ट हुन्छ | यसरी मूर्तिपूजाले मानवीय चेतनामा रहेको ईश्वरीय आस्थालाई प्रत्यक्षरूपमा प्रकाशित गर्ने काम गर्छ |

हामी नेपालीहरू समग्र प्रकृतिलाई ईश्वरका रूपमा अनुभव गर्छौं | वेद र उपनिषदहरूले प्रकृतिलाई ईश्वरीय अभिव्यक्तिका रूपमा स्थापित गरेको छ | मूर्तिपूजाको प्रावधान वेदमा छैन भन्नेहरू पनि छन् | निम्न वेद तथा उपनिषदका मन्त्रहरूले मूर्तिपूजाको महत्वलाई स्वीकार गरेका छन् :

१. संवत्सरस्य प्रतिमा याँ त्वा रात्र्युपास्महे। सा न आयुश्मतीं प्रजाँ रायस्पोशेण सं सृज | अथर्ववेद (३/१०/३)

२. एह्याश्मा तिष्ठाश्मा भवतु ते तनू: अथर्ववेद (२/१३/४)

३. मा असि प्रमा असि प्रतिमा असि | [तैत्तीरिय प्रपा० अनु ० ५ ]

४. सह्स्त्रस्य प्रतिमा असि | [यजुर्वेद १५.६५]

५. अर्चत प्रार्चत प्रिय्मेधासो अर्चत | (अथर्ववेद-20.92.5)

६. ऋषि नाम प्रस्त्रोअसि नमो अस्तु देव्याय प्रस्तराय| [अथर्व ० १६.२.६ ]

७. निशीथे तुरीयसन्ध्यायां जप्त्वा वाक्सिद्धिर्भवति । नूतनायां प्रतिमायां जप्त्वा देवतासान्निध्यं भवति । प्र्ाणप्रतिष्ठायां जप्त्वा प्राणानां प्रतिष्ठा भवति ।।

८. देवतायतनानि कम्पन्ते दैवतप्रतिमा हसन्ति। रुदान्त नृत्यान्त स्फुटान्त स्विद्यन्त्युन्मालान्त निमीलन्ति॥ सामवेद १२८ |

मुर्तिपूजाका उदहारणहरू वेद वा हिन्दू संस्कृतिमा मात्र होइन विश्वका सबै धर्ममा पाइन्छ | मुस्लिमहरू आफुलाई कट्टर मूर्तिपूजा विरोधी भएको दावी गर्छन् तर तिनको प्रमुख आस्थास्थल मक्काको 'कावा' मस्जिदमा राखिएको 'ढुंगा' किन पूजनीय छ भन्ने रहस्य खोल्न चाहन्नन् | क्रिश्चियनहरूले पनि मूर्तिपूजालाई घोरपाप ठान्छन् तर किन क्रस वा मेरी-जीससका मूर्तिहरू चर्चमा स्थापित गर्छन् र मृत व्यक्तिको चिहानमा फूल किन अर्पण गर्छन् भन्ने प्रश्नको जवाफ दिनबाट जोगिन्छन् | मुस्लिम र ईसाई कट्टरपन्थीहरूले 'मूर्तिपूजाको विरोध'का रुपमा अन्य संस्कृति र संस्कारहरूलाई ध्वस्त पारेको मात्र इतिहास छ | यस अर्थमा यी अन्य धर्म र संस्कृतिका दुष्मन हुन् | हिन्दू-बौद्ध समाजले यिनको वहिस्कार गरेकै राम्रो | यी आततायीहरूलाई धार्मिकरूपमा बहिस्कार गरे नै नेपालका आदिम संस्कार र धर्मको रक्षा हुन्छ |

हिन्दूहरूले कुनै पनि पूजास्थलको विध्वंस गर्दैन् | यदि कहीं पूजास्थलहरू तोडिएका छन् भने त्यो अपवाद हो अथवा लामो समयसम्म अन्य धर्मावलम्वीहरूले गरेको अत्याचारको प्रतिकार हो | अयोध्याको बाबरी मस्जिद बाहेक हिन्दूहरूले कुनै पनि आराधनास्थल ध्वस्त पारेको इतिहास छैन | त्यस्तो इतिहास खोज्न चुनौती दिन्छु | अर्काको धार्मिक स्थल र आस्थामा अतिक्रमण गर्ने काम केवल इसाई र मुस्लिमहरूले मात्र गर्छन् |

मान्छे एउटा कलात्मक सृजनशील प्राणी हो | उसको सिर्जनात्मक शक्तिका कारण विश्वमा भौतिक र आध्यात्मिक विकास भएको छ | मन्दिर, मूर्ति, प्रार्थनाका विधिविधानहरू मानवीय सिर्जनाका कलात्मक पक्ष हुन् | संसारमा सनातन धर्मले जति टड्कारो रूपमा कला र संस्कतिको कसैले सिर्जना गरेको देखिन्न | प्राचीन ग्रीकको मूर्तिपूजाका रूपमा सृजित भएका सुन्दर र भब्य आराधनास्थलहरूलाई क्रिश्चियनहरूको धर्मान्धताले नष्ट पार्यो | हामी नेपाली यस अर्थमा वैभवशाली नै छौँ | हामीसंग आज पनि देवालयका रूपमा हाम्रा पूर्खाका सिर्जनाहरू सुरक्षित छन् | यदि नेपालमा मुस्लिम वा क्रिश्चियन मतवालाम्वीहरूको वर्चश्व भएको भए निश्चय नै हामीहरूका यी वैभवहरू ध्वस्त पारिएका हुन्थे |

यदि नेपाल र नेपालीको प्राचीन सम्पदा जोगाउनु छ भने मूर्तिपूजालाई 'घोरपाप' भनेर मूर्ति र मूर्तिपूजकहरूको अपमान गर्ने विरुद्ध हामी नेपालीहरू एकजूट हुनैपर्छ | हामी नेपाली हिन्दू, बौद्ध, किराती, बोन, जैन आदि सबै मूर्तिपूजक हौँ | हाम्रो आत्मा र आस्था मूर्तिपूजाको कलात्मकतासंग गाँसिएको छ | असलमा, धर्मपरिवर्तनकारीहरू नेपाली धर्म र संस्कृतिका साझा दुष्मन हुन् | अत: मूर्तिपूजाको विरोध गर्दै हाम्रो आस्था र संस्कारलाई 'शैतान' भन्नेहरू विरुद्ध हामीले घृणा र प्रतिकार आवश्यक देखिन्छ |

५. हिन्दुधर्ममा छुवाछुत किन छ ?

एकजना प्रसिद्ध अमेरिकी हिन्दू प्राध्यापकले उपरोक्त प्रश्नको उत्तर खोज्ने प्रयत्न गर्दा 'आजको छुवाछुत क्रिश्चियन धर्मप्रचारक र मानवतावादको नाममा डलरको ब्यबसाय गर्ने'हरूका कारण जीवित रहेको भन्ने निष्कर्षमा पुगे | डा. अम्वेडकरले यो कुरा बुझेर क्रिश्चियन बन्न भन्दा 'बौद्ध बनेर देशको सांस्कृतिक सुरक्षा हुने' तर्क दिए | नेपाल र भारतमा संविधानत: छुवाछुत अन्त्य भएको र हिन्दूधर्मका विशिष्ट ऋषिमुनिहरू दलित भनिएको वर्गबाट ब्राहमण बनेका प्रशस्त उदाहरण हुँदाहुँदै पनि महात्मा मनुलाई बदनाम गरेर दलित समुदायलाई क्रिश्चियन बनाउन सजिलो पर्ने भएकोले 'डलरवादी र धर्मप्रचारक क्रिश्चियनहरूले छुवाछुतको संरक्षणमा लागि परेका हुन्' भन्ने यस लेखकको मत रहेको छ | यसैले हामी हिन्दूहरूले प्रयत्न गर्दागर्दै पनि 'छुवाछुत'को अन्त्य हुन सकेको छैन |

वैदिक हिन्दू संस्कृतिमा छुवाछुत अथवा दलित-गैरदलितको अवधारणा छैन | ऋग्वेदको पुरुष सुक्तमा प्रष्टरूपमा 'ब्राह्मण विराट पुरुषको मुख, क्षेत्री विराट पुरुषको हात वा काँध, वैश्य विराट पुरुषको पेट र शूद्र विराट पुरुषको पाउँ भनेर लेखिएको छ | यही कुरालाई ब्याख्या गर्दै गीतामा श्रीकृष्णले 'मैले चारबटा वर्णाश्रमको गुण र कर्मका आधारमा सृजना गरेको हुँ र हरेक मान्छे जन्मदा शूद्र नै भएर जन्मिने गर्छ' भनेर जातीय विभेदलाई नकारेका छन् |

गीता र वेदले भनेको कुरा वैदिकशास्त्रहरूका पात्रहरूले प्रमाणित गरेका छन् | महान् वैदिक र पौराणिक सन्त देवर्षी नारदमुनि शूद्रको घरमा (कामदार, सेवादार)को घरमा जन्मिएका थिए, यजुर्वेदका प्रवक्ता भरद्वाज ऋषि, ऋषि वशिष्ठ, महान् पौराणिक ऋषि वेदव्यास माझीका छोरा थिए भने रामायणकार आदिकवि बाल्मिकी पनि 'शुद्र परिवार' मै जन्मेर पूजित बनेका छन् | यसै गरी भागवत व्याख्याता श्रीसूतजी पनि दासीपुत्र थिए | आज हरेक हिन्दूहरूका घर यी ऋषिमुनिहरूको सम्मानका साथ आराधना गरिन्छन् |

असलमा, बैदिक हिन्दू धर्ममा चारवर्णको विभाजन कामका आधारमा गरिएको थियो | एकै परिवारमा चारवटा वर्ण भएको उदाहरण उपनिषद्हरूमा राईछाई छन् | एकाधघरका चारछोराहरू मध्ये गुरूकुलमा पढाउने ब्राह्मण बन्यो, गुरुकुलको रक्षा गर्ने क्षत्री, गुरुकुलमा रहेकाहरूको पालन गर्न खेतीपाती गर्ने वैश्य र गुरुकुलको सरसफाई तथा रेखदेख गर्ने शूद्र भनियो | निश्चय नै, आआफ्नो काम सकेपछि बेलुका सबैले एकै भान्छामा संगै बसेर भोजन गर्थे | शूद्रका (कामदारका) परिवारबाट ब्राह्मण बनेका माथिका प्रात्रहरू यसका उदाहरण हुन् |

उपनिषदहरूमा ब्राह्मण, वैश्य र क्षेत्री परिवारबाट शूद्र बनेका पनि प्रसस्त उदाहरण छन् | भागवतमा क्षेत्री राजाले गाईहत्या गरेपछि शूद्र बने | ब्राह्मणले (पढाउने/लेखाउने/पुरोहित्याई गर्नेआदि आदि योग्यता भएर पनि) वैश्य र शुद्रकर्म गर्ने ब्राह्मणहरू शूद्र बनेका पनि असंक्य उदाहरण वैदिक साहित्यहरूमा उपलब्ध छन् | यसरी वैदिक हिन्दू सनातन धर्मको जातीयता जन्ममा आधारित नभई कर्ममा आधारित छ भन्ने कुरामा ढुक्क हुनुपर्छ |

अहिलेको समाजमा पनि कर्मका आधारमा उपरोक्त जातीय विभाजन जस्ताको तस्तै देखिन्छ | बौद्धिक कार्यमा लागेका प्राध्यापकहरू, बैज्ञानिकहरू, चिन्तकहरू निसन्देह: ब्राह्मण हुन् | सेना, पुलिस र अन्य सुरक्षा निकायमा काम गर्नेहरू क्षत्री हुन् | व्यापार-ब्यबसाय र कृषि पेशामा आवद्धहरू वैश्य हुन् भने शारीरिक श्रम बेच्नेहरू शूद्र हुन् | पेशामा आधारित यो वर्ण वा जातीय विभाजनलाई कसैले भविष्यमा पनि रोक्न सक्दैन | सनातन वैदिक संस्कृतिको यो विभाजन सनातंत नै छ | बाइबलको नून खाएर भुक्ने कुकुरहरूले यो सत्यतालाई संसार रहेसम्म निराकरण गर्न सक्ने छैनन् |

माथिल्ला तत्थ्यहरूले जन्मका आधारमा जातीयतालाई अस्वीकार गरेपनि हिन्दू-समाजमा जातीय विभेदको अस्तित्व सबैले अनुभव गरेको तत्थ्य हो | यो कहिले र कुन चरणमा विकसित भयो भन्ने ठोस प्रमाण छैन | त्यैपनि पौराणिक कालमा छुवाछुतमा आधारित सामाजिक व्यबस्थाको विकास भएको होला भन्ने विज्ञहरूको अनुमान छ | जन्ममा आधारित विभेदकारी जातीय व्यवस्थाका विरुद्ध प्राचीन कालदेखि नै हिन्दूसमाजले प्रयत्न गरिरहेको देखिन्छ | भक्तिवादी आन्दोलन यसको ज्वलन्त उदहारण हो | त्यसैगरी सन्त बनेपछि जातीयताको अन्त्य हुने मान्यताका आधारमा पनि जातीयता उन्मूलन गर्न खोजिएको देखिन्छ |

आजको समयमा हरेक हिन्दू जन्ममा आधारित जातीयतालाई (छुवाछुत) मेट्न संघर्ष गरिरहेको छ | हिन्दू बाहुल्य रहेका देशहरूमा छुवाछुतमा आधारित विभेदहरू समाप्त पार्न कडा कानुनी ब्यबस्था गरिएको छ | ब्यबहारमा हिन्दू समाजभित्र छुवाछुतको प्रचलन कायम रहेपनि कानुनीरुपमा नेपालमा अव छुवाछुत छैन र गर्नु हुँदैन | आज हरेक हिन्दूले 'छुवाछुत' अमानवीय हो र यसको उन्मुलन हुनुपर्छ भन्ने विषयमा असहमति गर्दैन | आजको हिन्दू समाजलाई विगतको जातीयप्रथाका लागि दोषी ठहर्याउने 'दोषी-चस्मा' फेर्नुपर्छ | हजारौं वर्षदेखि चलिआएको कू-प्रथा एक दिन वा एकवर्षमा अन्त्य हुँदैन |

आज हिन्दूहरूमा रहेको छुवाछुतको कुसंस्कारलाई जोगाउन नेपाली डलरवादीहरू र क्रिश्चियनहरू लागि परेका छन् | कानुनीरुपमा उन्मुलन भैसकेको छुवाछुतलाई मुद्दा बनाएर विदेशीहरूबाट डलर थाप्ने यिनको षड्यन्त्रका कारण छुवाछुत जीवित छ | माथिल्लो र आदिवासी-जनजातिबाट समुदायबाट क्रिश्चियन बनेका षड्यन्त्रकारीहरूले 'दलित'का रूपमा छुवाछुतलाई जीवित राख्न चाहन्छन् | किनभने हिन्दू संस्कृतिलाई वदनाम गर्न र डलरदाता क्रिश्चियनहरूलाई प्रभावित बनाउन यो भन्दा राम्रो मुद्दा यिनीहरूसंग छैन | त्यसैले आधुनिक समयमा 'छुवाछुत'का सबैभन्दा बलिया मतियार हुन् | नेपालका दलित समुदायलाई हिन्दुधर्म र संस्कृति बिरुद्ध भ्रमित पारेर धर्मपरिवर्तन गर्न प्रेरित गर्नु नै यिनको उद्देश्य हो |

धर्मपरिवर्तन गरेर क्रिश्चियन बनेका दलितहरू र आदिवासीहरू समुदायका नेतृत्वले तीनतिरबाट 'लड्डु' पर्ने दाउमा छ | उता धर्मपरिवर्तन गराउनको लागि डलर थाप्ने, एता अल्प संख्यकको रूपमा सुविधा प्राप्त गर्ने र तेस्रो क्रिश्चियन बनिसकेपछि पनि दलित तथा आदिवासीजनजातिका लागि छुट्याइएको 'आरक्षण'को सुविधा पनि प्राप्त गर्ने | असलमा, धर्मपरिवर्तनका क्रिश्चियनहरूले नेपालका आदिवासी-जनजाति तथा दलितहरूको 'हक'मा कब्जा जमाएर तिनलाई तिनको संवैधानिक अधिकारबाट बन्चित गरिरहेका छन् |

यसरी हामी हिन्दूहरूले प्रचलनमा रहेको जातिवादी (छुवाछुत) विरुद्ध शून्यसहनशीलताको नीति अवलम्वन गर्नु पर्ने छ भने अर्कोतिर क्रिश्चियन र डलरवादीहरूले 'छुवाछुत''लाई पहिचानका रूपमा जीवित राख्न गरेको षड्यन्त्र विरुद्ध पनि सशक्त संघर्ष गर्न रणनीति वा कार्यनीति तयार गर्नुपर्ने देखिन्छ | यसका लागि हामी हरेक हिन्दूले 'मैले आजदेखि छुवाछुतमा आधारित सामाजिक कुरीति त्यागें' भनेर प्रतिज्ञा गर्नु पर्छ | ब्यबहारमा दलित र गैरदलितको पहिचानलाई बहिस्कार गर्नुपर्छ |
(यस सृंखलामा दशबटा स-साना लेखाहरू छन् |हिन्दुत्व सम्वन्धी दशवटा उत्तर !!!हिन्दू संस्कृति र धर्मको उत्पत्तिका वारेमा बाइबलका आधारमा पाश्चात्यहरू दिएको इतिहास झूटो हो | हालका अध्ययनहरू बेदहरूको समय कमसेकम १० हजार वर्ष भएको र भाषाको विकास सम्वन्धी अध्यताहरूले समेत वेदहरू प्राचीनतम मानवरचित ग्रन्थ प्रमाणित गरेका छन् | धन, बल र छल सम्पन्न मिसनरीहरूले हिन्दू धर्म र संस्कृति बदनामी गरिरहेका छन् | यहाँ हिन्दूहरूका विषयमा धेरै सोधिने दशबटा प्रश्नहरूको सरल उत्तर प्रस्तुत गरिएको छ | यहाँका लेखहरू लेखकको लिखित अनुमति बिना छाप्न पाइने छैन | त्यसो गरिए कानुनी कारवाही गरिने छ |)

४. हिन्दू धर्ममा महिलाको कस्तो स्थान छ ?

यो प्रश्नका उत्तर ती सबै महिला हुन् जुन अहिले रोजगारीका लागि देशविदेश पुगेका छन् | आफ्नो परिश्रम बेचेर आफ्नो परिवार र समाजलाई योगदान गरिरहेका छन् | अनेक धार्मिकस्थल र कार्यहरूको नेतृत्व गरिरहेका छन् | यदि हिन्दू धर्मले महिलाहरूलाई कुनै अधिकार दिएको थिएन भने उनीहरू रोजगारीका लागि कसरी विदेश पुग्थे ? नेपाल मै पनि अनेकौ महिलाहरूले भागवत वाचन गरिरहेका छन् | अनेक धार्मिकस्थल र कार्यक्रमको नेतृत्व गरिरहेका छन् | यदि हिन्दू धर्म महिलाप्रति धार्मिकरुपले विभेदकारी हुन्थ्यो भने महिलाहरूलाई समाजले श्रीमद्भागवतजस्तो पवित्र ग्रन्थको वाचकका रूपमा स्वीकार गर्ने थिएन न त माताका रूपमा सम्मान नै गर्ने थियो |

असलमा, हिन्दू धर्मले महिलालाई पुरुष भन्दा बढी अधिकार प्रदान गरेको छ | हरेक महिलाले 'देवी'का रूपमा सम्मान प्राप्त गर्छन् | हरेक धार्मिक कार्यहुँदा प्रथम पूजा कन्या कै हुन्छ | यज्ञ गर्दा अनिवार्य रूपमा महिलाको सहभागिता हुनै पर्छ | पुरुषले एक्लै गरेको यज्ञ अपूर्ण हुन्छ | सप्त मातृकाका रूपमा, नौ दुर्गाका रूपमा, महाकाली, सरस्वती, पार्वतीका रूपमा घरघरमा मातृशक्तिको सम्मान गरिन्छ | शास्त्रहरूले हरेक महिलालाई पुरुषसरह धार्मिक कार्यमा संलग्न हुने र मोक्षप्राप्त गर्न सक्ने अधिकारको स्पस्ट रूपमा संरक्षण गरेको छ | आज पनि हरेक हिन्दू पुरुषहरूले 'घर' भनेर आफ्नी पत्नीलाई इंगित गर्छन् | आज पनि हामी नेपालीहरूले 'जीवित-कुमारी'का रुपमा महिलाको पूजा गर्छौं | नदीहरूलाई समेत मातृशक्तिका रूपमा हामी हिन्दूहरूले सम्मान गर्छौं भने देवीहरूका लागि समर्पित मन्दिर र पूजास्थलहरू असंख्य छन् |

मैले सुनेअनुसार सन् १९६३ मा अमेरिका र सन् १९५८ मा वेलायतले महिलालाई मताधिकार प्रदान गरेको थियो | आज पनि धेरै मुस्लिम राष्ट्रहरूमा महिलाले मताधिकारको कुरा सपना नै छ | उनीहरू त्यहाँ 'बुर्का' नलगाई र एकजना परिवारको सदस्य बाहेक घरबाट बाहिर सम्म निस्कन सक्दैनन् | क्याथोलिकहरूको कट्टरताका कारण आयरल्याण्डमा एकजना हिन्दू महिलाले ज्यान गुमाएको र साउदीमा मुस्लिम लोग्नेले पुरुष चिकित्सकलाई विरामी पत्नी देखाउन नमानेको कारण ज्यान गुमाउनु परेको धेरै दिन वितेका छैनन् | विश्वको कुनै पनि हिन्दू-समाजमा एस्तो दानवीय कट्टरताको कल्पना पनि गर्न सकिन्न |

नेपालको संविधानले महिलालाई पुरुषसरह अधिकारप्रदान गरेको मात्र नभई आरक्षण दिएर महिलाहरूको लागि विशेष-अधिकारको ब्यबस्था पनि गरेको छ | एस्तो ब्यबस्था गर्दा कुनै पनि हिन्दूहरूले विरोध जनाएको संज्ञानमा आएको छैन | हिन्दूहरू अधिकार दिने सवालमा सबैभन्दा उदारवादी छ | तर ब्यबहारमा हिन्दू-समाजमा सामाजिक विभेद छैन भन्नु अनुचित हुनेछ | महिला भएकै कारण महिलाहरूले अनेक सामाजिक, सांस्कृतिक विभेदमा बाच्नु परेको कुरा यथार्थ हो तर एस्तो विभेदलाई 'कानूनका माध्यमबाट' न्यूनीकरण गर्दै जाने प्रतिवद्धता जनाउने उदारता पनि हिन्दुहरूले देखाएकै छन् |

असलमा, हाम्रो लडाई बालबालिकाको शिक्षाका लागि हुनुपर्छ, विदेशमा वेचीने महिलाहरूको रक्षाका लागि हुनुपर्छ, छोरा र छोरी बीच हुने सामाजिक कुरीति विरुद्ध हुनुपर्छ, महिलालाई उपभोग्यवस्तुका रूपमा पस्किने पश्चिमा संस्कृति विरुद्ध हुनुपर्छ, फलानो देवी को जय भनेर समुहमा बोल्ने र घरमा महिला र पुरुष बीच विभेद गर्ने संस्कृति विरुद्ध हुनुपर्छ | सुत्केरी महिलालाई गोठमा राख्ने कुरीति विरुद्ध हुनुपर्छ | यी सबै हिन्दूधर्मका अंग होइनन् | हामी सबै हिन्दूहरू यी कुरीति विरुद्ध लड्ने आँट गरिरहेका छौँ | के नेपाली मुस्लिम महिलाले एस्तो अधिकार उपयोग गर्नबाट तिनको धर्मले वन्चित गर्ला ? हामी हिन्दूहरूले महिलाअधिकारका सवालमा तीनपटक बोलेर दिने 'तालक'को संस्कृतिलाई अन्त्य गर्न मुस्लिमहरूलाई पनि दवाव दिनुपर्छ भने धर्मपरिवर्तन पछि विभेद हुँदैन भनेर सपना देखाउने नेपाली क्रिश्चियनहरूलाई 'महिला - पास्टर' बनाउन दवाव दिनुपर्छ |

अव केही आधुनिक अधिकारवादीको कुरा गरौँ | पश्चिमा छाडा उदारवादी संस्कृति नेपालमा भित्र्याउन मरिहत्ते गर्ने 'अधिकारवादी'हरूका लागि हिन्दूत्वभित्रको प्राकृतिक स्वतन्त्रता मन पर्ने कुरै हुँदैन | महिलाहरूलाई यौनबस्तु बनाएर सिनेमामा पस्कने, आफ्नो संस्कृतिको न्यानोपनबाट बाहिर निकालेर समाज र संस्कृतिप्रति विद्रोही बनाउने, यौनजन्य स्वतन्त्रतालाई 'स्वतन्त्रता' ठान्ने, स-साना पारिवारिक समस्याहरूलाई 'भयंकर-अत्यचार'का रूपमा परिभाषित गरेर डलर कुम्ल्याउनेहरूलाई हिन्दू-संस्कृतिको प्राकृतिक उदारता पच्दैन | यस्ता विद्रोही पात्रहरूलाई नेपालका ९०% महिलाले मान्ने तीज, भाईटीका, स्वस्थानी ब्रतालु विरुद्ध मिडियामा विष-बमन गरेको सुन्न र देख्न सकिन्छ | विचार, यी मध्ये अधिकासं पात्रहरूसंग धन र सम्पन्नता त हुन्छ तर पारिवारिक जीवन हुँदैन !!

किशोर-किशोरीहरूलाई अधिकारका नाममा आफ्नै संस्कृति विरुद्ध विद्रोही बनाएर 'विवाह' गर्न प्रेरित गरेर अधिकारको संरक्षण हुँदैन | पैसा र पहुचवालकी दोस्रो पत्नी बनेर जाँदा महिला अधिकार रक्षा हुँदैन | धर्मपरिवर्तनले पनि अधिकारको संरक्षण गर्दैन | आजभोली धर्मपरिवर्तन गराउन झोला बोकेर घरघरजाने क्रिश्चियनहरूले 'धर्म परिवर्तन गरेर विश्वासी बने समान अधिकार प्राप्त हुने' दावी गर्छन् | तर यसमा कुनै सत्यता छैन | तपाईंहरूले कुनै क्रिश्चियन महिलालाई 'पास्टर वा बिशप' भएर चर्चको नेतृत्व गरेको देख्नु वा सुन्नु भएको छ ? यी पाखण्डीहरूलाई तपाईंले सोध्नुपर्छ - किन आजसम्म नेपालमा महिला पास्टर छैनन् ?

असलमा, संसारमा सबैभन्दा बढी धार्मिक रूपमा महिलाहरूलाई अधिकार विहिन बनाउने र देख्न चाहने मुस्लिम र इसाई नै हुन् | बाइबल र कुरान खोलेर पढ्नुस् यी ग्रन्थहरूले महिलामा आत्मा नै हुँदैन भनेर स्पस्ट घोषणा गरेका छन् | जव महिलाहरूमा आत्मा नै हुँदैन भने अधिकारको प्रश्न नै रहेन |

अत: अधिकारवादको नाममा नेपालीमहिलाहरूलाई दिग्भ्रमित गर्ने डलरधारी र धर्मपरिवर्तनकारी शक्तिहरूको षड्यन्त्रलाई चिर्न यो लेखलाई अधिकतम रूपमा विस्तार गरौँ र हिन्दू धर्मले नारीहरूलाई दासी होइन देवीका रूपमा सम्मान गर्छ भन्ने वास्तविकता अगाडी सारौँ |
(यस सृंखलामा दशबटा स-साना लेखाहरू छन् |हिन्दुत्व सम्वन्धी दशवटा उत्तर !!!हिन्दू संस्कृति र धर्मको उत्पत्तिका वारेमा बाइबलका आधारमा पाश्चात्यहरू दिएको इतिहास झूटो हो | हालका अध्ययनहरू बेदहरूको समय कमसेकम १० हजार वर्ष भएको र भाषाको विकास सम्वन्धी अध्यताहरूले समेत वेदहरू प्राचीनतम मानवरचित ग्रन्थ प्रमाणित गरेका छन् | धन, बल र छल सम्पन्न मिसनरीहरूले हिन्दू धर्म र संस्कृति बदनामी गरिरहेका छन् | यहाँ हिन्दूहरूका विषयमा धेरै सोधिने दशबटा प्रश्नहरूको सरल उत्तर प्रस्तुत गरिएको छ | यहाँका लेखहरू लेखकको लिखित अनुमति बिना छाप्न पाइने छैन | त्यसो गरिए कानुनी कारवाही गरिने छ |)

३. के हिन्दू धर्म निरासावादी छ ?

हिन्दू धर्मका विषयमा सबैभन्दा बढी लाग्ने आरोप ''हिन्दू धर्म निराशावादी छ'' भन्ने हो | निरासावादले जीवन-जगतलाई अनावश्यक ठान्छ | निरासावादीहरू संसारको विकासमा भन्दा संसारबाट मुक्त हुने प्रयत्न गर्छन् फलत: उनीहरूको अभिरूची सांसारिक विकासमा भन्दा अध्यात्मवादमा बढी हुन्छ | असलमा, यस्तो आरोप पश्चिमा र पश्चिमा संस्कृतिका भक्त नेपाली तथा भारतीय विद्वानहरूले हिन्दू सांस्कृतिक उदात्तता तथा क्रियाशीलताबाट निराश भएर लगाएका हुन् | हिन्दूहरूका केही सम्प्रदायहरू निराशावादी हुन सक्छन् तर समग्र हिन्दू धर्म क्रियाशील र प्रगतिशील धारा हो |

एउटा हिन्दू निराशावादी हुन सक्दैन | यदि हिन्दू निराशावादी हुन्थ्यो भने यसमा साहित्य, दर्शन, कला, चिकित्त्सा, ज्योतिष, संगीत, नाट्य. कामशास्त्रआदिमा लेखिएका हजारौं ग्रन्थहरू लेखिने थिएनन् | ऋषिहरूले ध्यान र तपस्या गरेर 'प्राणी मात्रको कल्याणको कामना' गर्ने थिएनन् | 'कर्म'मा आधारित मीमांसा दर्शनको उद्भव नै हुने थिएन | भगवान श्रीकृष्णले गीतामा 'कर्मलाई योग'का रूपमा स्वीकार गरेर कर्म र क्रियाशीलताको महत्वलाई स्थापित गर्नुभएको छ | हिन्दू जीवन दर्शनका हरेक हरफमा आशावाद, क्रियाशीलताको मुहान फुट्छ |

विश्वका प्रथम बालसाहित्यकार विष्णुशर्मा (ई.पू. ४५०)ले आफ्नो प्रसिद्ध कृति 'पंचतंत्र'मा स्पस्ट रूपले भनेका छन् 'नहि सुप्त्तस्य सिंहस्य प्रविसंन्ति मुखे मृगा' अर्थात जंगलको राजा सिंहले पनि पेट भर्नका लागि परिश्रम गर्नुपर्छ | बाघको मुखमा आफै मृग जाँदैन | त्यस्तै ऋग्वेदमा 'सहना बबतु सहना भुनक्तु..आदि मन्त्रले पनि मानिसलाई परिश्रम पूर्वक कार्य गर्न प्रेरित गरेको देखिन्छ | हिन्दू साहित्यमा हजारौं उदाहरण छन् जहाँ मानिसलाई अग्रगामी बनेर काम प्रेरित गरिएको छ | भारतका प्रसिद्ध विद्वान श्रीबलागंगाधर तिलक र महात्मा गान्धीले गीतालाई कर्म-प्रधान मानेर क्रिश्चियन निराशावादलाई चुनौती दिएका छन् |

असलमा, बौद्धहरू निराशावादी हुन्छन् | श्रीशंकराचार्यको उदय हुँदाभारत, नेपालमा बौद्धहरूको बोलबाला थियो | निराशावादी विचारधाराका कारण संघका नाममा 'मागेर खाने'हरूबाट सर्वसाधारणहरू वाक्कदिक्क भएका थिए | तत्कालीन समयमा शंकराचार्यले आशावादी विचारधाराको प्रसार गरेर बौद्ध-निराशावादलाई परास्त गरे | यहाँ हामीले बुझ्नुपर्छ कि यदि हिन्दूधर्म निराशावादी हुन्थ्यो भने कर्ममा आधारित चारबटा बर्ण संस्थाहरू 'शूद्र, वैश्य, क्षेत्री र ब्राह्मण'को स्थापना नै हुने थिएन | ब्रहाम्चारीहरूका लागि गुरुकूलमा बसेर पढ्न अनिवार्य हुने थिएन | गृहस्थ जीवनले अन्य आश्रमका व्यक्तिहरूलाई पाल्नु पर्ने अनिवार्य हुने थिएन |

यदि इतिहासको अध्ययन गर्ने हो भने हामीले के पाउँछौ विश्वको सबैभन्दा निरासावादी धार्मिक ग्रन्थ बाइबल र पन्थ क्रिश्चियन नै हो | क्रिश्चियनहरू आफ्नो मौलिक परिश्रम भन्दा पनि परमेश्वरसंग रोटीको कामना गर्छन् | अर्कोलाई झुक्याएर, साम, दाम र दण्डको प्रयोग गरेर अर्काको सम्पत्ति र परिश्रममा रजाई गर्न सिकाउने काम बाइबलले गर्छ र यो सबै धर्मपरिवर्तनका माध्यमबाट जनतालाई दास बनाएर गरिन्छ | भारत होस् अथवा चाइना, दक्षिण अफ्रिका होस् अथवा अमेरिका बाइबल बोकेर गएकाहरूले गरेको अत्याचारलाई इतिहासले विर्सन सक्दैन | आफुहरूले काम नगर्ने र अर्कोले गरेको परिश्रमको 'फल' लुट्नका लागि बाइबलधारीहरू कुख्यात छन् | अर्काले गरेको परिश्रमलाई लुटेर खानेहरूले बाहेक अरू कसैले 'निराशावाद' फैलाउन सक्दैनन् |

यदि नेपाल कै वर्तमान राजनैतिक नेतृत्वलाई हेर्ने हो भने उपरोक्त कुरा सिद्ध भैहाल्छ | २०४६ सालसम्म नेपालमा मागेर र लुटेर जीवन यापन गर्नेहरूको संख्या नगण्य थियो | २०४६ को परिवर्तनले नेपाली धरती 'बाइबलधारी'हरूका लागि खुला गरियो | यसले २०५३ यसले नेपाली जनता बीच द्वन्द सृजना गर्यो | सत्रहजार मान्छेले ज्यान गुमाए | हिन्दूहरूलाई छानीछानी हत्या गरियो | वि.स. २०६३ को परिवर्तनपछि त झन् 'लुट्ने र माग्ने'हरू थामी नसक्ने गरी बढेका छन् | लुट्नेहरू सत्तामा पुगेका छन् | सेतो-कलरमा यिनले 'निर्णय' गरेर जनताको परिश्रम लुट्छन् | लुटिएका जनताहरू गरिव बनेर सडकमा छरिन्छन् | सडकका जनतालाई बाइबल बोक्नेहरूले उठाएर चर्चमा पुर्याउने गर्छन् |

अत: उपरोक्त तत्थ्यहरूले हिन्दूधर्म निराशावादी नभई अत्यन्त क्रियाशील, विकासवादी र अग्रगामी जीवनधारा हो | हरेक हिन्दुले आफ्नो परिश्रममा विश्वास गर्छ र आफ्नो परिश्रमले उब्जाएको अन्न भगवानलाई अर्पेर भोजन गर्दा रमाउँछ | हिन्दूहरूलाई निरासावादी भएको आरोप लगाउनेहरूका लागि 'कामका लागि विदेशमा छरिएका नेपालीहरू आफैमा उत्तर हुन् |
(यस सृंखलामा दशबटा स-साना लेखाहरू छन् |हिन्दुत्व सम्वन्धी दशवटा उत्तर !!!हिन्दू संस्कृति र धर्मको उत्पत्तिका वारेमा बाइबलका आधारमा पाश्चात्यहरू दिएको इतिहास झूटो हो | हालका अध्ययनहरू बेदहरूको समय कमसेकम १० हजार वर्ष भएको र भाषाको विकास सम्वन्धी अध्यताहरूले समेत वेदहरू प्राचीनतम मानवरचित ग्रन्थ प्रमाणित गरेका छन् | धन, बल र छल सम्पन्न मिसनरीहरूले हिन्दू धर्म र संस्कृति बदनामी गरिरहेका छन् | यहाँ हिन्दूहरूका विषयमा धेरै सोधिने दशबटा प्रश्नहरूको सरल उत्तर प्रस्तुत गरिएको छ | यहाँका लेखहरू लेखकको लिखित अनुमति बिना छाप्न पाइने छैन | त्यसो गरिए कानुनी कारवाही गरिने छ |)

२. आत्मा (जीवात्मा) के हो ?

हिन्दूहरू आत्माको अमरतामा विश्वास गर्छन् | वेद, उपनिषद्, पूराण र अन्य धर्म ग्रन्थहरूले आत्माका विषयमा वर्णन गरेका छन् | गीताको दोस्रो अध्यायमा आत्मालाई, अजरमर, नित्य, अभेद्यआदिका रूपमा वर्णन गरिएको छ | दार्शनिकहरूले आत्माको विषयमा अत्यन्त ध्यान दिएर खोज गरेका छन् | वेद र उपनिषद्हरूले आत्माको अनन्तता र नित्यताका प्रसस्त रुपमा बोलेका छन् | वेद र उपनिषदले वर्णन गरेको आत्मा सम्वन्धि अवधारणालाई दार्शनिकहरूले फरकफरक तवरले बुझ्ने प्रयत्न गरेका छन् |

महाकवि लक्ष्मीप्रसाद देवकोटाले आफ्नो निवन्ध 'पाँचबटा चाहिने कुरा' आत्मालाई तेस्रो प्राथमिकता राखेका छन् | वेदका अनुसार आत्माको नै जीवात्मा हुन् | आत्मा कसले निर्मित गरेको वस्तु होइन | जव नित्य आत्माले संसारको संसारको सुख भोग्ने विचार गर्छ अनि, ऊ जीवात्मा बन्छ | यो शरीर आत्माको अस्थायी निवास स्थान हो | शरीरमा आएर जीवात्माले पापपुण्य कमाउछ | पापकर्म गरेर पशुआदि योनिमा जन्म लिएर कर्मको फल भोग्छ भने राम्रो कर्म गरेमा स्वर्गआदिमा गएर सुखको उपभोग गर्छ |

केही हिन्दूग्रम्थहरूले आत्मालाई भगवानको सानो अंशका रूपमा वर्णन गरेको पाइन्छ भने केहीले आत्मालाई 'ब्रह्म' भएको विश्वास गर्छन् | यहाँ हामीले बुझ्नु पर्ने मुख्य विषय के हो भने हिन्दू धर्मका अनुसार संसारका हरेक वस्तुमा आत्माको निवास छ | पशु, पक्षी, जलचर, थलचर, अन्तरीक्ष तथा अन्य लोकहरू पनि आत्मा (जीवात्माले) भरिपूर्ण छन् | हाम्रो आत्मा परमात्माको अंश वा ब्रह्म भएकोले यसमा पनि उसका सूक्ष्म गुणहरू विद्यमान छन् र त्यसैले संसारका हरेक वस्तु पूजनीय र श्रद्धायोग्य हुन्छन् | गाई, ब्राह्मण र कुकुरको शरीरमा रहेको आत्मामा कुनै भेद छैन | शरीर आत्माको अस्थायी घर भएकोले स्त्रीपुरुषका रुपमा चिनिन्छ तर आत्मा आफैमा स्त्री वा पुरुष होइन |

वाइबल वा कुरानले शरीरलाई नै आत्मा भनेर वर्णन गरेको छ | बाइबल-कुरानकाअनुसार परमेश्वरले छ दिनमा संसारको सृष्टि गरेपछि सातौं दिन विश्राम गर्यो | पछि आफुले एक्लोपन अनुभव गरेपछि 'माटो'बाट वर्तमान मान्छेको आकृति बनायो र त्यसमा फुकेर 'प्राण' हाल्यो | बाइबल र कुरान दूबैले रगतलाई नै आत्मा मानेका छन् | कुरान र बाइबलका अनुसार लोग्ने मानिस बाहेक अन्य कुनै पनि जीवित वस्तुमा आत्मा हुँदैन | महिलामा पनि आत्मा हुँदैन किनभने परमेश्वरले स्त्रीलाई पुरुषले भोग्न बनाएको हो | धार्मिकग्रन्थहरूको यही मान्यताले गर्दा मुस्लिम र इसाईहरूले महिलालाई बस्तुका रूपमा ब्यबहार गर्छन् | इराकका कट्टरपन्थी आतंकवादी ISSI ले वन्धक वनाएका यजदि महिलाहरूलाई बोलिलगाएर बेचिरहेका छन् |

आजका क्रिस्चियनहरू ब्यबहारिक रूपमा वदलिएका भए पनि सत्रौं शताब्दिसम्म महिलालाई हेर्ने र ब्यबहार गर्ने दृष्टिकोण आजका मुस्लिमहरूसंग मिल्थ्यो | आज पनि कट्टरपन्थी इसाईहरूले महिलामा आत्मा हुँदैन नै भन्ने विश्वास गर्छन् | जव मुस्लिम र क्रिश्चियन धर्म ग्रन्थले महिलामा आत्मा हुने कुरालाई अस्वीकार गर्छन् भने अन्य जीवित वस्तुमा आत्मा भएको विश्वास गर्ने कुरै भएन | यसै कारण यिनले प्राणीको सजिलै हत्या गर्छन् | रह्यो कुरा, लोग्ने मानिसमा रहेको आत्मा, यदि यसले बाइबल वा कुरानको आदेशअनुसार काम गर्यो भने स्वर्ग जान्छ नत्र हमेशाका लागि नर्कमा जान्छन् |
तर हिन्दू धर्मकाअनुसार शरीर आत्माको अस्थायी निवास भएकोले स्त्री वा पुरुषको शरीरमा निवास गर्ने आत्मा एउटा नै हुन्छ | आत्माका रूपमा स्त्री र पुरुष दूबै समान छन् | हरेक आत्माको कर्तब्य आफ्नो मूल स्वरूप प्राप्त गर्नु हो | आत्मा विशुद्ध तत्व भएकोले त्यो पुरुष वा स्त्री हुँदैन | उपनिषद्का अनुसार जीवात्माका रूपमा हरेक व्यक्तिको प्रमुख लक्ष नै आफ्नो पूरातन स्वरूपलाई प्राप्त गर्नुहो | ''आत्मा वारे चिन्तब्यो, मन्तब्य वा निधिध्यासितव्य वा | आत्मा नै ज्ञानको प्रमुख विषय भएकोले यस वारे विचार गरौँ, चर्चापरिचर्चा गरौँ र यसैका विषयमा खोजतलास गरौँ | भक्तहरू भगवानका समिप जान्छन् भने ज्ञानीहरू भगवानसंग एकरूप हुन्छन् | यसरी, हिन्दू धर्मकाअनुसार आत्माको बयक्तिकता कहिल्यै पनि लोप हुँदैन |

(यस सृंखलामा दशबटा स-साना लेखाहरू छन् |हिन्दुत्व सम्वन्धी दशवटा उत्तर !!!हिन्दू संस्कृति र धर्मको उत्पत्तिका वारेमा बाइबलका आधारमा पाश्चात्यहरू दिएको इतिहास झूटो हो | हालका अध्ययनहरू बेदहरूको समय कमसेकम १० हजार वर्ष भएको र भाषाको विकास सम्वन्धी अध्यताहरूले समेत वेदहरू प्राचीनतम मानवरचित ग्रन्थ प्रमाणित गरेका छन् | धन, बल र छल सम्पन्न मिसनरीहरूले हिन्दू धर्म र संस्कृति बदनामी गरिरहेका छन् | यहाँ हिन्दूहरूका विषयमा धेरै सोधिने दशबटा प्रश्नहरूको सरल उत्तर प्रस्तुत गरिएको छ | यहाँका लेखहरू लेखकको लिखित अनुमति बिना छाप्न पाइने छैन | त्यसो गरिए कानुनी कारवाही गरिने छ |)

द्वैताद्वैत, निम्बार्क र वेदान्त दशश्लोकी

द्वैताद्वैत, निम्बार्क र वेदान्त दशश्लोकी  निम्बार्क उपासना  नियमानन्द शान्ति र साधनाप्रिय ब्राह्मण थिए | उनले पढेको गुरुकुलमा गुरूले "...