Saturday, August 12, 2023

दर्शनशास्त्रको व्याबहारिक उपयोगिता

 दर्शनशास्त्रको व्याबहारिक उपयोगिता

१. बैज्ञानिक आविष्कारहरूले मानवीय जीवनमा पुर्याएको चमत्कारिक रूपान्तरणले दर्शनशास्त्रसहित अन्य सामाजिक, सांस्कृतिक तथा आध्यात्मिक शास्त्रहरूको उपयोगिता ओझेलमा पर्ने अवस्था आएको छ | खासगरी दर्शनशास्त्रका विषयवस्तुहरूलाई नितान्त "सैद्धान्तिक तथा बौद्धिक व्यायाम" भन्नेहरूको सङ्ख्या पढिरहेको छ | खासगरी आधुनिक विज्ञानगत विषयका छात्रछात्रा तथा विज्ञहरू, व्यबस्थापन तथा अन्य भौतिकी विषयसंग सरोकार भएकाहरूमा यस्तो "भ्रम" बढ्दो छ | साथै, दर्शनशास्त्रका विषयवस्तुलाई "धार्मिक अध्ययन"का रूपमा बुझ्नेहरू पनि बढी नै छन् |

२. एकातिर दर्शनशास्त्रका प्राध्यापकहरूलाई "बुद्धिमान" ठान्ने र अर्कोतिर दर्शनशास्त्रका विषयवस्तुहरूको जीवनमा प्रत्यक्ष उपयोगिता खोज्नेहरू थुप्रै छन् | "पैसा"लाई पठनको लक्ष र पढाई सकेपछि "पैसा"को प्राप्तिलाई सफलताका रूपमा बुझ्ने र बुझाउने संस्कृतिको विकास हुँदै गर्दा, लक्षित समूहबाट "दर्शनशास्त्र पढेर व्याबहारिक जीवन चलाउन अर्थात् अर्थार्जन सुनिश्चित हुन्छ कि हुँदैन ? प्रश्न स्वाभाविक हो | उपरोक्त प्रश्न जतिसरल र सहज लाग्छ यथार्थमा तेस्तो छैन | "सुविधा र पैसा"को उग्रताभित्र अनन्त मानवीय पक्षहरूको हत्या भइरहेको छ | यो तत्थ्य औसत मान्छेले बुझ्दैन |

३. के मसीनले मानवीय भावना, सम्बेदना, शुभअशुभ गुण, कर्तव्य, सुखदुखको अनुभूति तथा प्रेममय चेतनाको निर्माण गर्न सक्छ ? के एक अरव डलरको बिटोमा सुत्ने मान्छेले गहिरो निन्द्रा, पत्नी वा पतिको प्रेम, आमाबुवा वा छोराछोरीको माया, शत्रुको घृणा र पराजय हुँदा मानसिक उदासी र विजयी हुँदा मानसिक हर्ष अनुभव गर्न सक्षम बनाउँला त ? आजको मितिसम्मको उत्तर नकारात्मक नै छ | विज्ञान संवेदना, भावना र चेतनाबाट वाहिरको विषय हो | एक अरव डलरको चाँगले खुसी वा दुखको आँशु बगाउँन सक्दैन | नैतिकता र अनैतिकताको सीमा निधारित गर्न सके पनि निर्धारित गरिएका सीमाहरूलाई परिस्थितिअनुसार प्रयोग गर्न सक्दैन | अवसरअनुसार अनुभूतिहरूको आवागमनलाई नियन्त्रित गर्न सक्दैन |

४. वैदिक परम्परामा दर्शन शब्दको अर्थले यसको व्याबहारिक उपयोगितातिर इंगित गरेको छ | दर्शनको अर्थ हो - देख्नु | देख्नु, बुझ्नु, जान्नु - यी सबै दार्शनिक क्रिया हुन् | हरेक मान्छेसंग जान्ने र बुझ्ने क्षमता हुन्छ | यस्तो क्षमता को विस्तार हुँदै गर्दा दर्शनआदिको विस्तार हुन्छ | दार्शनिक शब्दसहितको क्रिया प्रयोग नगरे पनि आन्तरिक र बाहिरी विश्वसंग आफ्नो साइनो खोज्न प्रयत्न नगर्ने होही हुँदैन | जीवन जगतका विषयमा बुझ्नका लागि आफ्नो लक्ष चयन गर्नु पनि दार्शनिक क्रियाकै व्याबहारिक उपयोग हो | मुख्यतय समालोचनात्मक दृष्टिकोण, समस्या समाधानका लागि बहुलताको दृष्टिकोण, सम्भावित विकल्पहरूको खोज, ती उपलब्ध विकल्पहरूको बौद्धिक विश्लेषण, तिनको आपसी सम्बन्ध र विरोधको व्याख्या तथा ती उपलब्ध परिणामहरूको घोषणा (लेखन) आदि दार्शनिक दृष्टिकोणको व्याबहारिक उपयोगिताका बलिया प्रमाण हुन् |

प्रसिद्ध वैदिक दर्शनमध्ये न्याय दर्शनले १६ बटा क्रियाका रूपमा दर्शनशास्त्रको व्याबहारिक उपयोगिताको मानचित्रनै खिचेको छ | न्याय दर्शनकाअनुसार सत्यको स्थापना र असत्यको निराकरण गर्न प्रमाण, प्रमेय, संशय, प्रयोजन, दृष्टान्त, सिद्धान्त, अवयव, तर्क, निर्णय, वाद, जल्प, वितन्डा, हेत्वाभास, छल, जाति र निग्रह्स्थानको प्रयोग यी १६ क्रियाहरू प्रयोग हुन्छन् | यो नितान्त बौद्धिक क्रियामा आधारित दार्शनिक परामर्श भए पनि सम्प्रदायका रूपमा विकसित भएका अद्वैत, द्वैताद्वैत, विशिष्टाद्वैत, शुद्धाद्वैत, अचिन्त्य भेदाभेदआदिका रूपमा दार्शनिक क्रियाको अभ्यास गरिरहेका छन् |

वैदिक दर्शनअन्तर्गत वेदलाई प्रमाणिक नमान्ने जैन तथा बौद्धहरूले पनि दर्शनशास्त्रीय प्रतिमानहरूलाई दैनिक क्रियाकलापमा प्रयोग गरेका छन् | सत्यका सवालमा सातबटा दृष्टिकोण, (सप्तभङ्गी न्याय) सत्य, ब्रह्मचर्यआदि पञ्चमहाब्रत, पुद्गलवादी र बहुलवादी दृष्टिकोण पनि दार्शनिक दृष्टिकोणको व्याबहारिक रुपान्तरण हो | अनित्यवाद, धर्मचक्र सिद्धान्त, विज्ञानवाद, प्रतीत्यसमुत्पाद तथा सम्यकवादआदिको बलियो जगमा आजको बौद्ध जीवनशैली उभिएको छ | आजको मितिमा विश्वभरी योगको दार्शनिक चिन्तनका आठबटा सोपानहरू कसरी विश्वका लागि दैनिक उपयोगी सिद्ध भइरहेका छन् भन्ने तत्थ्य मनोविज्ञान, स्वास्थ्य विज्ञान तथा पोषण विज्ञानमा योगको प्रयोगले प्रष्ट पारेको छ |

जव पश्चिमेली प्रतिमानका आधारमा वैदिक दार्शनिक दृष्टिकोणहरूको अध्ययन गरिन्छ र यसलाई पश्चिमेली तारतम्यमा बुझ्ने प्रयत्न गरिन्छ, वैदिक दार्शनिकधारामा "धर्म"मात्र भेटिने सम्भावना हुन्छ | वैदिक सभ्यताभित्र विकसित भएका सांस्कृतिक बहुलतामा दार्शनिक बहुलता पनि समावेश हुन्छ | दार्शनिक दृष्टिकोणहरूको बहुलतामा आधारित भएर अनेकौं सम्प्रदायहरू विकसित भएका छन् | धर्मका अर्थमा केवल यहुदी, इसाई र मुस्लिम बुझ्ने र धार्मिकताको अर्थमा यहुदी, इसाई र मुस्लिम संस्कृतिलाई बुझ्ने पश्चिमा दृष्टिकोणभित्र राखेर वैदिक संस्कृति र दर्शनशास्त्रविचको अभिन्न र अभिभाज्य सम्बन्धलाई बुझ्न सकिन्न | उदाहरणका लागि पश्चिमाहरूले थिओलोजी भनेर बाइबल, कुरान वा तोरेटमा आधारित संस्कृतिको (धर्म)को अध्ययन भन्ने बुझ्दछन् | वैदिकधारमा एस्तो हुँदैन | वैदिक संस्कृतिमा विकसित भएका सबै सम्प्रदायहरूहरू दर्शनशास्त्रको जगमा उभिएका छन् |

केही नेपाली र भारतीय प्रगतिशील लेखकहरूले पौरस्त्य दार्शनिक चिन्तनलाई "धर्म"बाट मुक्त गर्नु पर्छ भन्ने अभिमत राखेको पाइन्छ | पौरस्त्य (वैदिक) दर्शनका विषयमा यस्तो चिन्तनको आधार पाश्चात्य धर्मनिरपेक्षवादी दृष्टिकोण हो | माध्यमिककालमा रिलिजनले दर्शनशास्त्रउपर गरेका अत्याचारको जवाफ हो | वैदिक दार्शनिक धारमा चार्वाक्, सांख्य तथा बैशेषिक दार्शनिकहरूले श्रद्धाकेन्द्रीत दार्शनिक दृष्टिकोणहरूप्रति विद्रोह गरिसकेका छन् | सत्य के हो भने वैदिक दर्शनमा श्रद्दा र तर्कका बिचमा सहृदयी सम्बन्ध भएको नाताले विरोधाभासमा सहकार्य गरेका हुन् | ठ्याक्कै पश्चिमा "लभ ओफ विज्डम"को मूल्यमा वैदिक धर्म र दर्शनका विच सम्बन्ध-विच्छेद गर्न सकिन्न | नेपालका प्रगतिशील राजनीतिज्ञ र भारतीय देवी प्रसाद चट्टोपाध्यायहरूले निकै प्रयत्न गरेका थिए र गरिरहेका छन्, यो प्रयास अहिलेसम्म सफल भएको छैन |

५. पाश्चात्य दार्शनिक परम्परामा दर्शनशास्त्र र धर्म (रिलिजन) नितान्त फरक विषय हुन् | सन् ३५० देखि १८ रौँ शताब्दिको आरम्भसम्म दर्शनशास्त्रलाई केवल "रिलिजन"को सेवकका रूपमा व्यबहार गरियो | दर्शनशास्त्रलाई "बाइबल"को प्रमाणिकता सिद्ध गर्ने प्रयोजनका लागि मान्यता प्रदान गरियो | प्लेटो र अरस्तुले संस्कृतिसंग जोडेको दार्शनिकतालाई बाइबलले तोड्यो | बाइबलको अत्याचारबाट आहत भएको दर्शनशास्त्रले १८ रौँ शताब्दिपछि धर्म (रिलिजन)संग आफ्नो सम्बन्ध बिच्छेद भएको सगर्व घोषणा गर्यो र प्राचीन सोफिस्ट र एपीक्युरियनहरूले अङ्गिकार गरेको "बौद्धिक व्यायाम"का रूपमा मात्र आफुलाई स्थापित गरिएको तत्थ्य स्वीकार गर्यो |

Tuesday, August 8, 2023

सानो कुरा : स्वतन्त्रता

स्वतन्त्रता

समय : ७.५०, ठाउँ कतार एयर


"कहाँ जाँदै हुनुहुन्छ - उनले सोधिन् | म जर्मनी जाँदै थिएँ | हामी सीटका सहयात्री भएकाले होला उनले नै कुरा थालिन् | "म बर्लिन जाँदैछु | "तपाईं नि ? ए, म पनि जर्मनी नै त हो नि ? उनले भनिन् | सच्चिकै भन्ने हो भने मलाई अलिअलि लाजअनुभव हुँदै थियो -मैले कुरा आरम्भ गर्न | उनले नै आरम्भ गरेपछि ठीकै भयो |
"कहाँबाट आउनु भयो ? "नेपालबाट | "ए, नेपालमा त विश्वप्रसिद्ध पशुपतिनाथको मन्दिर छ, होइन र ? मैले भने "हो, पशुपतिनाथ, मुक्तिनाथ, लिम्बिनी, सगरमाथा, जनकपुर नेपालका प्रसिद्ध ठाउँ हुन् | यस बाहेक धेरै छन् | तपाईं नेपाल जानुभएको छ ? "अहँ, जाने निकै इच्छा छ | मैले हिन्दूधर्म ग्रहण गरेपछि एक पटक पशुपतिनाथको दर्शन गर्न साह्रै रहर छ |"
.............
"हिन्दू भएपछि, अनि तपाईं पहिला के धर्म मान्नुहुन्थ्यो ? मलाई ज्यादै कौतुहल लागेर सोधें
"म मुस्लिम परिवारमा जन्मिएको हुँ | म टर्कीको नगरिक हो तर अहिले न्युयोर्क विश्वविद्यालयमा इतिहासको सहप्राध्यापक छु | मैले धर्म परिवर्तन गरेको होइन | हिन्दूहरूले धर्म परिवर्तन गर्न पर्दैन | मान्छेले हिन्दू-आचरण स्वीकार गरेपछि उ स्वत: हिन्दू बन्ने रहेछ | मान्छेले "स्वतन्त्रताको बास्तविक अनुभव गर्न र स्वतन्त्र जीवन बाँच्न चाहन्छ भने हिन्दू जीवनशैली धेरै राम्रो हुन्छ |" उहाँको कुरा सुनेर मलाई अचम्म लागिरहेको थियो |
"तपाईं कुन् धर्म मान्नुहुन्छ नि ? ती महिलाले मसंग सोध्नु भयो | मैले भने "म हिन्दू हुँ तर हाम्रो समाजमा "तपाईं कुन् धर्म मान्नुहुन्छ" भनेर सोध्ने चलन छैन | मान्छेहरूले आ-आफ्ना धर्म, सम्प्रदाय र आस्था मानिरहेका हुन्छन् | किन कसैको धर्म सोध्नु पर्यो र ?

"हो, तपाईंले भन्नुभएको कुरा नै सत्य हो | म जन्मेको र हुर्केको मुस्लिम समाजमा "तिम्रो धर्म के हो ? भनेर सबैसंग सोध्ने गरिन्छ | यदि तपाईं मुस्लिमहरू हुन्छ भने उनीहरू सजिलो अनुभव गर्छन् तर तपाईं त्यही मुस्लिम समाजको वा पन्थको हुनुपर्छ, जुन सोध्नेवालाले विश्वास गर्छ | उदाहरणका लागि यदि सोध्नेवाला र उत्तरदाता दूवै सुन्नी छन् भने ठीक छ, नत्र सुन्नी र शिया भए भने एकआपसमा अस्वीकार गरिन्छ | एकआपसमा तल्लोतहको घृणा हुन्छ |"

"ए त्यसो पो, त्यसो भए मजस्तो हिन्दूलाई त्यो समाजमा कस्तो ठाउँ होला ? मैले स्वभाविक जिज्ञासा राखें |
"हो, यो निकै महत्वपूर्ण प्रश्न हो | न्युयोर्क विविमा विद्यार्थीहरूले भर्ना गर्दा "धर्म" कुन् हो भने लेख्नुपर्छ | मुस्लिम र इसाईहरूले एउटाले अर्कालाई "धर्म"को मान्यता दिंदैनन् भने उनीहरूले हिन्दू वा बौद्धहरूको धार्मिकअस्तित्वलाई स्वीकार गर्ने कुरा नै भएन | मुस्लिम समाजका लागि हिन्दूहरू निकै घृणित काम गर्ने व्यक्ति हुन् किनभने उनीहरू मूर्तिपूजा गर्छन्, धेरै देवीदेवता मान्छन् वा नास्तिक भएर पनि हिन्दू नै हुन्छन् ? मुस्लिम समाजमा हिन्दूप्रति निकै घृणा हुन्छ तर विकसित देशमा कानुनको डरले गर्दा बोल्न सक्दैनन् -उहाँले भन्नुभयो |

"नेपालमा त इसाई र मुस्लिम, हिन्दू, बौद्ध, जैन तथा किरातीहरू मिलेर बसेका छन् - मैले स्वाभाविक रूपमा भने |
"हो, यो राम्रो कुरा हो, असाध्यै राम्रो | उनीहरूको शास्त्रीय सिद्धान्तले अर्को सांस्कृतिक वा धार्मिक विश्वाससंग मिलेर बस्ने वा सहकार्य गर्ने अनुमति दिंदैन | बाइबल र कुरान कुरानले आफु बाहेकको संस्कृतिलाई नष्ट गर्ने रोडम्याप तयार गरिदिएको छ | नेपाली इसाई र मुस्लिमहरूले तेहाको बहुलवादलाई कहिलेसम्म स्वीकार गर्छन् ? यो एउटा महत्वपूर्ण तर बास्तविक प्रश्न हो |

"अहिलेको नेपाली राजनैतिक दृष्टिकोण धर्मनिरपेक्ष छ तर हिन्दू-सहित मौलिक संस्कृतिमा खलल पार्नेलाई दण्डको व्यबस्था हो - मैले भने |
"धर्मनिरपेक्षता एउटा मानवतावादी हतियार हो जसको प्रयोग विकसित राष्ट्रहरूले आफ्नो कुरा लाद्न प्रयोग गर्छन् | विकसित मुलुकहरूले साउदी, कतार, कुवैतजस्ता धर्ममा आधारित राष्ट्र र ती देश र ती देशले धार्मिक स्वतन्त्रतामा बन्देज गर्दा कुनै प्रतिबन्धको सामना गर्नु पर्दैन तर इरानसंग सधैं खटपट हुन्छ | धर्मनिरपेक्षता नितान्त राजनैतिक संस्कृति हो | मैले इन्टरनेटमा धर्मपरिवर्तन गर्ने मध्ये नेपालको नाम अगाडी रहेको पढेकी थिएँ | धर्मपरिवर्तन बढ्दै जाँदा देशले इतिहास, संस्कृति तथा मौलिकता गुमाउने निश्चित छ - तपाईंको सरकारी तन्त्रले कानुनी व्यबस्थाको उपहास गर्छ - उहाँको विचार थियो |

"तर म एउटा हिन्दू आस्था भएको व्यक्ति हुँ | मलाई लाग्छ, सबै धर्म समान हुन् र सबैको धार्मिक लक्ष ईश्वर प्राप्ति नै हुन्छ - मैले भने |
"हो, सैद्धान्तिकरूमा सबै धर्मगुरूहरुले यस्तै कुरा गर्छन् किनभने यो सुन्नलाई निकै मिठो छ | मेरै देशका मुस्लिम धर्मगुरूहरूले यो कुरा बारम्बार भनिरहन्छन् तर उनीहरू मसंग शत्रुतापूर्ण व्यबहार गर्छन् किनभने एउटी मुस्लिम महिला प्राध्यापक भएर "मानवीय स्वतन्त्रता" उपयोग गर्नु कुरानका आज्ञाको अपमान हो | इसाईहरू पनि कम छैनन् | मैले न्युयोर्कमा एकजना नेपाली महिलाले धर्मगुरूका रुपमा उँचो आसनमा बसेर धार्मिक उपदेश दिएको र भीडले उनको सम्मान गरेको देखेकी थिएँ | मैले हिन्दू-महिलाको उच्चसम्मान देखेर हिन्दू-जीवनशैली स्वीकार गरेकी हुँ | मेरो मुस्लिमसमाजमा यो निकै अधार्मिक काम हो | एउटी मुस्लिम वा इसाई महिलाका लागि यो कुरा कल्पना वाहिरको हुन्छ - उहाँले आफ्नो बुझाई प्रष्ट पार्नुभयो |

"त्यसो भए हिन्दूहरूले पनि मुस्लिम र इसाईसंग मिलेर बस्न नसक्ने अभ्यास गर्नु उचित होला र ? मैले सोधें |
"होइन. कदापि होइन | आजको बौद्धिक विश्वले हरेक मुसलमान, इसाई, नास्तिक वा अन्य आस्स्था भएको व्यक्ति वा समाजको मान्छेको मनमा हिन्दू-सोफ्टवेर खोजिरहेको छ | मान्छे शान्ति, विकास र सुखी जीवन चाहन्छ | इसाई-मुस्लिम वा मैले चाहँदैमा विश्वको बहुलवादी प्रकृति नष्ट हुँदैन | अन्तत: बाहिरी रूपमा कट्टर मुस्लिम, यहुदी वा इसाई देखिए पनि भित्र एउटा मान्छे लुकेको हुन्छ | त्यो मान्छे हिन्दू बाहेक कोही हुने सक्दैन | हिन्दूहरूको मानसिक तथा बौद्धिक बुझाईनै बहुलवादी भएकोले भविष्यको विश्वले हिन्दू प्रतिमानहरू स्वीकार गर्नेपर्छ | मभित्रको मान्छेले जीवनजगतलाई बुझ्न हिन्दू-चेतनाको प्रयोग गरे भैहाल्छ | धर्मपरिवर्तनले कट्टरता बाहेक केही निम्त्याउँदैन |
-----
उहाँको कुराले मभित्रको हिन्दू गौरव जीवन्त हुँदैथियो | मैले 'जान्नेलाई श्रीखण्ड नत्र खुर्पाको बीड़' भन्ने उखान सम्झिएँ | आजको मितिमा नेपालको परम्परागत शान्ति, सहिष्णुता तथा सह्दयता कहाँबाट भङ्ग हुँदैछ भन्ने तत्थ्यहरू "धरानतिर"बाट सल्किन्दै छन् |

दर्शनशास्त्रीय अनुसन्धानको रूपरेखा

 

दर्शनशास्त्रीय अनुसन्धानको रूपरेखा

डा. गोविन्दशरण उपाध्याय

१.     विषय प्रवेश

अन्य शैक्षिक विषयसरह दर्शनशास्त्रको निजी परिचय, अध्ययन सामग्री, विषयवस्तु र अध्ययन विधि पनि आफ्नै छन् | “शोध” शब्दबाट सम्पूर्ण प्रकारका अनुसन्धानका प्रणालीहरूलाई बुझिए पनि दर्शनशास्त्रको अनुसन्धान कार्यमा प्रयोग हुने विधि, सामग्री र विषयहरू केही फरक छन् | सबै खाले अनुसन्धानको आरम्भ दर्शनशास्त्रीय खोजबाट भए पनि विषयवस्तुका रूपमा दर्शनशास्त्रले तत्व, ज्ञान, तर्क, सौन्दर्य, नीतिसंग जोडिएका परमतत्व वा परमसत्य, सृष्टि, मूल्य, सत्य जीवनजगत, आत्मा-परमात्मा, व्यक्तित्व, कर्तव्य, दृष्टिकोण, चिन्तन, विचार, शुभअशुभ, चरित्रआदि विषयहरूको समालोचनात्मक तथा आदर्शवादी अध्ययन गर्छ | दर्शनशास्त्रले अनुसन्धान गर्ने विषयहरूमा अन्य विधाले पनि अनुसन्धान गर्छन् तर विश्लेषण गर्ने दृष्टिकोण भने तत्व, ज्ञान, तर्क तथा नीति र व्यक्तिको जीवनजगतसंग रहेको सम्बन्धको सत्यताको परीक्षणसंग सरोकार राख्छ | दर्शनशास्त्रले अनुसन्धान गर्दा “कस्तो छ” भन्ने प्रश्न भन्दा पनि “कस्तो हुने छ” भन्ने आदर्शको तर्कसङ्गत पहिचान, ब्याख्या र विश्लेषणमा ध्यान दिनुपर्छ | दर्शनशास्त्रका उपरोक्त परम्परागत विधाहरू बाहेक धर्मदर्शन, राजनैतिक दर्शन, रसायनशास्त्रको दर्शन, परामर्शको दर्शन, विज्ञानको दर्शन, महिलावादी दर्शन, मनोविज्ञान तथा सामाजिक दर्शनशास्त्रजस्ता नवीन दृष्टिकोण पनि विकास भएका छन् | दर्शनशास्त्रहरूका यी विधाहरू परम्परागत दार्शनिक चिन्तनको दृष्टिकोण भन्दा केही फरक अवश्य छन् तर समालोचनात्मक दृष्टिकोण र आदर्शवादी दृष्टिकोणमा खासै पार्थक्य देखिन्न | अनुसन्धानमा विश्वभरीनै पश्चिमा पद्धतिहरूको बोलबाला छ | वैदिक एवं चिनिया दार्शनिक चिन्तनका विषयवस्तुमा अनुसन्धान गर्दा अलि फराकिलो दृष्टिकोण अबलम्बन गर्ने सुझाव अनुपयुक्त हुँदैन | यद्यपि स्थापित विषयका रूपमा विद्वानहरूले लेखेका, बोलेका विगतका विषयवस्तुभित्र रहेका दर्शनशास्त्रीय विषयहरूको उद्घाटन गर्न यसले बाधा पर्दैन | यो आलेखले दर्शनशास्त्र विधाको अनुसन्धान गरिरहेका र भविष्यमा शोध गर्न इच्छुक छात्रछात्रा तथा विद्वानहरूलाई प्रष्ट विधागत अनुसन्धानको जानकारी प्रदान गर्ने हुँदा, निकै उपयोगी ठहरिने छ |

२.     दार्शनिक अनुसन्धान

अनुसन्धान एउटा क्रियाप्रधान, परिणामापेक्षी तर आदर्शवादी क्रियालाप हो | विधागत आवश्यकता र दृष्टिकोणकाअनुसार विद्वानहरूले यसको फरकफरक परिभाषा र परिभाषाअनुसारको व्याख्या गरेका छन् | धेरैजसो परिभाषाहरूको सार “अनुसन्धान एस्तो क्रियात्मक अध्ययन हो जसले उपलब्ध साधन तथा साक्षका आधारमा नवीनतम सिद्धान्त वा सत्यको स्थापना गर्ने प्रयत्न गर्छ |” अर्काथरी दार्शनिकहरूले नयाँ अवधारणा, सिद्धान्त, वा मानदण्डहरू स्थापित गर्न लागू गर्न सकिने अन्तरदृष्टि प्राप्त गर्ने प्रयास साथै  दर्शन वा विचारको सीमा समालोचनात्मक रूपमा जाँच्ने प्रयास गर्नुनै दार्शनिक अनुसन्धान विधि हो” भन्ने पनि परिभाषा गरेका छन् |

 यसैगरी “उपलब्ध गुणात्मक वा परिणामात्मक  ज्ञान, साधन श्रोतको प्रयोग गर्दै  नवीनतम ज्ञानको खोज गर्नु अनुसन्धान कार्य हो” भनेर अनुसन्धानको अझैं सरलीकृत परिभाषा पनि दिइएको छ | उपरोक्त दुई परिभाषाहरूको विश्लेषण गर्दा अनुसन्धान एउटा नवीनतम ज्ञानको खोजी हो जसका लागि सम्बन्धित अनुसन्धाताले आफ्नो निजी दक्षता, पूर्व गरिएका अनुसन्धान, उपलब्ध सामग्रीको उपयोग गर्छन् र परिणामको घोषणा गर्छन् | अनुसन्धान परिणामको घोषणाले अनुसन्धान रोकिन्न बरू, अर्को पाटो बाँकी रहन्छ |

लगभग शिक्षाका सबैविधाहरूमा यही हुन्छ | सामान्यतया गुणात्मक, परिमाणात्मक र मिश्र यी तीन प्रकारका अनुसन्धान पद्धतिहरु विश्वमा प्रचलित छन् | विधागत आवश्यकताअनुसार अनुसन्धाताले गुणात्मक,  परिमाणात्मक अथवा मिश्र विधिको प्रयोग गर्छन् | धेरैजसो विज्ञान विधामा परिमाणात्मक, व्यबस्थापन, शिक्षा, गणित,मनोविज्ञान, समाजशास्त्रआदि विधामा मिश्र र दर्शनशास्त्र, नीतिशास्त्र, तत्वशास्त्र, धर्मशास्त्रजस्ता विधाहरूमा गुणात्मक अनुसन्धान विधिहरूको प्रयोग हुन्छ | यसको अर्थ विज्ञानले मिश्रविधि वा गुणात्मक विधिको प्रयोग गर्दैन भन्ने धारणा बनाउनु उपयुक्त हुँदैन | दर्शनशास्त्रको विधागत अनुसन्धान क्रियामा भने धेरैजसो गुणात्मक अनुसन्धान विधिको प्रयोग हुन्छ | गुणात्मक अनुसन्धानका लागि “डाटा”हरूको आवश्यता नपर्ने र यसका अभिप्प्राप्तिहरू “कस्तो हुनुपर्छ”संग सरोकार राख्ने हुँदा बढी प्रयोग हुन्छ | दर्शनशास्त्रकै नीतिशास्त्र र तर्कशास्त्र विधाहरूमा मिश्रविधिको प्रसस्त प्रयोग हुन्छ तर पनि निष्कर्ष भने “हुनु पर्छ”संग सरोकार राख्छ | यस अर्थमा, दार्शनिक विधाको अनुसन्धानमा बढीजसो “गुणात्मक” विधिको प्रयोग गरिन्छ र यही उपयोगी हुन्छ |

३.     अध्ययन विधि

प्रस्तुत विषयवस्तुको अनुसन्धान गर्न त्रिविवि केन्द्रीय पुस्तकालयले प्रदान गरेको इ-लाइब्रेरी, अन्य विद्युतीय खुला पुस्तकालयहरू, भौतिक त्रिविवि पुस्तकालय, नेपाल प्रज्ञा  प्रतिष्ठानको पुस्तकालय, विभिन्न प्राज्ञिक संस्थाहरूबाट प्रकाशित अनुसन्धान कृतिहरू र विभिन्न दार्शनिक तथा अन्य विधाका लेखकहरूले अनुसन्धान विधिवारे लेखेका पुस्तक, युट्युबमा प्राप्त चलचित्रहरू आदिको आवश्यकताअनुसार प्रयोग गरिएको छ | खासगरी दर्शनशास्त्र विषयमा अनुसन्धान गर्न/गराउन लेखिएका विभिन्न पाठ्य सामग्रीहरूको अध्ययन गरिएको छ | यस अर्थमा, पुस्तकालयय, दृष्य एवं श्रवण  र अन्य मिश्रित विधिको प्रयोग गरेर यो आलेख तयार भएको छ |

यो अनुसंधान आलेख तयार पार्नुको मुख्य उद्देश्य दर्शनशास्त्र विषय लिएर उच्चशिक्षा प्राप्त गर्ने क्रममा लघु अनुसन्धान लेख, लघु अनुसन्धान पुस्तिका तथा विद्यावारिधिको थेसिस लेख्ने/लेखाउने प्रक्रियालाई सहजीकरण गर्नुभएकोले यसमा ती सबै स्रोत र साधनहरूको प्रयोग गर्ने प्रयत्न गरिएको छ, जसले दर्शनशास्त्रका अनुसन्धानमा सहयोग होस् |

४.     दर्शनशास्त्रमा अनुसन्धान

आजको मितिमा दर्शनशास्त्र एउटा शास्त्रीय विधा हो | विश्वका धेरैजसो विश्वविद्यालयहरूमा दर्शनशास्त्रको अध्ययन/अध्यापन हुन्छ | तर पछिल्ला दिनहरूमा दर्शनशास्त्रको अध्ययनप्रति विद्यार्थीहरूको अभिरुची घटेको छ | अविभावक तथा विद्यार्थी स्वयंले दर्शनशास्त्र सहित केही विषयहरुलाई आर्थिक आर्जनका लागि सहयोगी नभएको विश्वास गर्न थालेका छन् | अर्कोतिर, दोस्रो वा तेस्रो ज्ञानकीय विधाका रूपमा दर्शनशास्त्र पढ्नमा अलि उमेर पुगेका वा सेवा निवृत्त जीवन व्यतीत गरिरहेकाहरूमा दर्शनशास्त्रको अध्ययन गर्न, अनुसन्धान गर्ने अभिरुचि बढेको छ | दर्शनशास्त्रको अध्ययन गर्ने विद्यार्थी संख्य्या घटे पनि “दर्शनशास्त्र पढ्नेहरू विद्वान हुन्छन्, दार्शनिक विषयहरुले मान्छेलाई समालोचनात्मक बनाउँछ र दर्शनशास्त्र पढ्ने मान्छेको निर्णय गर्ने, समस्या समाधान गर्ने र असजिलो अवस्थालाई सहजरूपमा सहने क्षमता अद्भुत हुन्छ भन्ने “विश्वास” बलियो देखिन्छ | यस्तो विश्वासमा वैदिक र पश्चिमा दार्शनिकहरुबिच तीब्र मतभेद छ | पश्चिमा दार्शनिकहरूले अस्तित्व, औचित्य, ज्ञान,मूल्य, मनस्, भाषा, सौन्दर्यआदि विषयवस्तुमा विमर्श गर्छन् भने वैदिक (जैन, बौद्धसहित) उपरोक्त विषयवस्तु भन्दा बढी महत्व ईश्वर, आत्मा, चरित्र, मोक्ष, धर्मआदिका विषयमा चिन्तन गर्छन् | अनुसन्धाताको अनुसन्धान कर्म उसको अभिमुखीकरणमा भर पर्छ | यस्तो पार्थक्यमा व्यक्तिको व्यक्तिगत विश्वास, मताग्रह, बुझाई तथा ज्ञानमा निर्भर हुन्छ | अनुसन्धान विधिका सवालमा सम्पूर्ण भारतवर्षीय विश्वविद्यालयहरु पश्चिमा अनुसन्धानको प्रतिमानप्रति बढी आश्वस्त र विश्वास गर्ने भएकोले पश्चिमा अनुसन्धानको विधि तथा सीमाभित्र रहेर आफ्नो “विश्वास तथा मताग्रह” प्रकट गर्छन् | दार्शनिक पद्यति वैदिक होस् वा पाश्चात्य दूवै साझा रूपमा औचित्यपूर्ण चिन्तन, तार्किक रूपमा सत्य, श्रेष्ठतम मनन र विषयवस्तुको तुलानात्मक समालोचनाको तहमा एकै ठाउँमा उभिएका छन् |

५.     तत्वविषयक प्रश्न

दर्शनशास्त्रको विषयगत अनुसन्धान गर्ने अनुसंधताका लागि पहिलो प्रश्न गर्ने र उत्तर खोज्ने विषय “अस्तित्व” को हुनुपर्छ | अस्तित्व विषयक प्रश्नलाई दर्शनशास्त्रमा “तत्व” भनिन्छ भने तत्व वा सत्यको परिभाषा, जीवन जगतसंग उसको सम्बन्ध, उसको स्वरूप, प्राप्तिको उपाय तथा एकत्व, द्वित्व वा बहुत्वका विषयवस्तुहरूको उत्तर खोज्नुपर्छ | तत्व भौतिक छ कि अभौतिक, चेतनशील छ कि अचेतनआदि प्रश्नहरूको औचित्यपूर्ण, तार्कीक, मननयोग्य तथा प्रभावकारी उत्तर खोज्ने प्रयत्न गर्नुपर्छ | अस्तित्व विषयक दुई धाराहरू भौतिकवाद र अध्यात्मवादका आ-आफ्नै अडान छन् | भौतिकवादीहरूले तत्वलाई प्राकृतिक मान्छभने अध्यात्मवादीहरूमा  परमतत्वलाई चेतन, चेतनअचेतन भन्दा परे पनि मान्ने समूहहरू छन् | अनुसन्धाताले सर्वप्रथम आफ्नो “कित्ता” प्रष्ट रूपमा छुट्याएर अनुसन्धानमा प्रवृत्त्त हुँदा निकै सहज हुन्छ | दर्शनशास्त्र भित्रका विधागत अनुसन्धानमा भने विषय र क्षेत्र पहिलेनै सुनिश्चित हुनेहुँदा तुलना, समालोचना र निष्कर्षका साथ अनुसन्धानले निकास पाउँछ |

६.     ज्ञानविषयक प्रश्न

दर्शनशास्त्रका अनुसन्धाताहरूले दोस्रो महत्वपूर्ण प्रश्न र उत्तर खोजेर औचित्यपूर्ण निष्कर्षमा पुग्नु पर्ने विषय हो “ज्ञानशास्त्र” जसलाई अंग्रेजीमा एपिस्टेमोलोजी भन्ने गरिन्छ | ज्ञान के हो, ज्ञानको उत्पात्ति कसरी र कहाँबाट हुन्छ, ज्ञानको के कार्य हुन्छ र ज्ञानका सीमाहरू के हुन् र हुनुपर्छ ? जस्ता प्रश्नहरुको व्याबहारिक र सैद्धान्तिक उत्तरहरूको पहिचान गर्ने, आवश्यक परे तिनको तुलना गर्ने र समालोचनासहित औचित्यका विषयमा आफ्नो राय अथवा अनुसंधेय विषयवस्तु वा पात्रको समीक्षा गर्नुपर्छ | ज्ञान आफैमा सबैले जानेको बुझेको र प्रयोग गरिरहेको तर बस्तुगत व्याख्या गर्ने अवस्थामा ज्यादै जटील, रहस्यमय तथा विवादित विषय हो | बिनम्र तथा विषयवस्तुको गहनता पत्तो लगाउने गम्भीर भएका अनुसन्धाताले पूर्वाग्रह तथा मताग्रहबाट निरपेक्ष रहेर “ज्ञान-मीमांसा”को अनुसन्धान गर्छन् र गर्नुपर्छ |

७.     नीतिविषयक प्रश्न

नैतिकता र अनैतिकता मानवीय जीवनका अत्यन्त महत्वपूर्ण प्रश्न हुन् | नैतिक-अनैतिक, शुभअशुभ, कर्तव्य-अकर्तव्य, पापपुण्य, स्वर्गनर्क, स्वतन्त्रता तथा परतन्त्रता, उदारता अनुदारता, सापेक्षता-निरपेक्षता, अधिकार तथा कर्तव्यजस्ता विषक प्रश्न र उत्तरको पहिचान गरेर नैतिकता विषयक प्रतिमान स्थापित वा विस्थापित गर्न औचित्यपूर्ण तथा व्यवस्थित अध्ययन पनि दर्शनशास्त्रीय अनुसन्धान अन्तर्गत नै पर्छ | नैतिकता विषयक मान्यताहरू बडो जटील, स्थानीय तथा रितिरिवाजमा आधारित हुन्छन् | एउटा समूह, जाति, राष्ट्र, धर्म तथा सम्प्रदायको नैतिक मान्यता अर्कोका लागि अनैतिक हुन सक्छ | एउटा नैतिक प्रतिमान अर्कोको लागि चरम अनैतिक हुन सक्छ | यस्तो अवस्थामा नैतिकताको वैश्विक स्वीकार्यता खोज्नु र त्यसलाई परिणाममा पुर्याउनु अनुसन्धाताको प्रमुख कार्य हो | परम्परागत नीतिशास्त्रीय मान्यता र आधुनिक नैतिक मान्यताहरूका बिचमा मानवीय समन्वय स्थापना गर्दै नैतिक मानकहरू स्थापित गर्ने जटील कर्तव्य अनुसन्धाताको हुन्छ |

हरेक मान्छे एउटा जाति, समूह, सम्प्रदाय, धर्म, भाषा वा राष्ट्रको सदस्य हुन्छ | यी सबै मिलेर व्यक्तिको चिनारी निर्मित भएको हुन्छ | चिनारीसंग जोडिएको जटील तर अत्यन्त व्याबहारिक पक्ष हो – पूर्वाग्रह र मताग्रह | एउटा विनम्र तर जिज्ञासु अनुसन्धाताका लागि तटस्थता कायम गर्नु, तटस्थ परिवेशमा नैतिक चालचलन तथा मान्यताहरू बुझ्नु र प्राप्त सूचनाका आधारमा मौलिक नैतिक प्रत्ययहरूको निर्भय भएर सार्वजनिक जानकारी उपलब्ध गराउनु नीतिशास्त्रीय अनुसन्धानको आत्मा हो | यस अन्तर्गत, मूल्य, सौन्दर्य तथा मोक्ष विषयक प्रश्नको उत्तर पनि पर्छन् |

८.     तर्क अर्थात् औचित्य विषयक  प्रश्न   

हो, दर्शनशास्त्र विषयमा अनुसन्धान कार्य गरिरंदा दर्शनशास्त्रीय अनुसन्धान र समाजशास्त्र, संस्कृति, धार्मिक तथा मनोवैज्ञानिक अनुसन्धानसंग निकै सामीप्यताको अनुभूत हुन सक्छ | यदाकदा अनुसन्धाता स्वयंले पनि धार्मिक, सांस्कृतिक तथा सामाजिक अनुसन्धानलाई नै “दार्शनिक अनुसन्धान” नामाकरण गरेका हुन्छन् | दर्शनशास्त्रका मूल विषयवस्तुहरू पूर्वनिर्धारित भएकोले अल्मलिनु पर्दैन | तर्कशास्त्र (लोजिक) दर्शनशास्त्रको एउटा बलियो जग हो | तर्कशास्त्रमा लेखाई वा बोलाईमा प्रयोग गरिने शब्द वा पदको विषयवस्तुसंग रहेको सम्बन्धका विषयमा चर्चा हुन्छ | एउटा अत्यन्त काल्पनिक र लाखौं प्रति बोकेको “काल्पनिक” उपन्यास मनोरन्जक हुन्छ तर सत्य हुँदैन | विज्ञ अनुसन्धाताले दर्शनशास्त्रमा प्रयोग गरिको भाषा, पद वा शब्द सत्य, नैतिकता, औचित्य तथा अस्तित्वलाई “कसरी प्रकट गरिरहेको छ”को परीक्षा गर्छन् | तार्किक हुँदैमा वा तर्कको कसौटीमा खरो न उत्रिंदैमा “सत्य” औचित्य विहिन हुँदैन तर सत्यसंग प्रत्यक्ष वा अप्रत्यक्ष सम्बन्ध नभएको भाषा, पद वा शब्दले अर्थ सामर्थ्य राख्दैन |  दर्शनशास्त्रमा अनुसन्धान गर्नेले पद र पदको अर्थ सामर्थ्य तथा बस्तुसंग त्यसको सम्बन्धको (पदार्थ) विवेचना गर्नु पर्छ |

९.     दर्शनशास्त्रका सीमा

दर्शनशास्त्रका उपर्युक्त प्रतिमानहरूमा केन्द्रित रहेर दर्शनशास्त्रको अनुसन्धान हुनुपर्छ | विधागत दर्शनशास्त्रीय  विषयहरू जसमा धर्मदर्शन, विज्ञानको दर्शन, अर्थको दर्शन, मनोविज्ञानको दर्शनशास्त्र वा संस्कृतिको दर्शनशास्त्र, साहित्यको दर्शनशास्त्रआदिमा पनि परीक्षणका प्रमुख विषयवस्तुहरू माथिल्ला नै हुन्छन् | दर्शनशास्त्रीले अनुसन्धान गर्दा दर्शनशास्त्रका पूर्वस्थापित विषयवस्तुलाई केन्द्रमा राखेर अनुसन्धान गर्छ भने अन्य विधाका अनुसन्धाताले सोहो विषयलाई केन्द्रविन्दूमा राखेर अनुसन्धान गर्छन् | उदाहरणका लागि यदि कुनै रसायनशास्त्रीले “विज्ञानको दर्शन” अनुसन्धान गर्छ भने विज्ञानमा रहेका सम्भावित दार्शनिक सिद्धान्त र आवश्यकताहरूलाई “विज्ञान”को तहबाट बुझ्ने गर्छ | धर्मदर्शनमा अनुसन्धान गर्नेले धार्मिक प्रतिमानहरू :ईश्वर, आत्मा, परमात्मा, स्वर्गनर्क, सृष्टि, विनाशआदिलाई दार्शनिक दृष्टिकोणले सम्बोधन गर्छ | दर्शनशास्त्रको विषयगत अनुसन्धान गर्दा केन्द्रमा दर्शनशास्तीय विषयवस्तु हुन्छन् भने अन्य विधाकाले दर्शनशास्त्रको दृष्टिकोणले अनुसन्धान गर्दा दर्शनशास्त्र सम्बन्धित विधाभित्र ओझेलमा पारिन सक्छ | तेसैले हरेक विषयको दार्शनिक अध्ययन हुनसक्छ तर सबै विषयहरू दार्शनिक प्रतिमानमा खरो नहुन सक्छन् | एउटा दार्शनिक दृष्टिकोणबाट अनुसन्धान गर्न अगाडी बढेको अनुसन्धाताले आगमन तथा निगमन दुवै विधिको कसौटीमा आफ्नो “शीर्षक”लाई राम्ररी पर्गलेको हुनैपर्छ | नत्र परिणामको औचित्यमा प्रश्न, संशय र द्विविधा उत्पन्न हुन्छन् |

१०.दर्शनशास्त्रीय अनुसन्धानका मोडेलहरू

विश्वका प्रसिद्ध विश्वविद्यालयहरूले दर्शनशास्त्र विषयको अनुसन्धानमा घटना-विज्ञान प्रतिमान (फेनामोनालोजीकल मोडेल), व्याख्या प्रतिमान (हार्मोन्युटिकल मोडेल), सम्बाद प्रतिमान (डाइलेक्टीकल मोडेल) तथा विष्लेषण प्रतिमान (एनालाइटिकल मोडेल) प्रचलित विधिहरू हुन् | उपरोक्त सबै मोडेलहरू मध्ये सबै भन्दा प्राचीन “संवाद”जसको उपयोग सुकरातले गरेका थिए | त्यसपछिमा सबैजसो प्रतिमानहरू १८ रौँ शताब्दिपछिका हुन् र बौद्धिक व्याख्यामा आधारित छन् | वैदिक, जैन तथा बौद्धहरूले शास्त्रार्थ, सम्बाद, व्याख्या तथा समालोचनाका प्रतिमानहरू प्रयोग गरेका थिए | आचार्य शङ्करले सांख्य,मीमांसाआदि पूर्ववर्ति दार्शनिकहरूका दार्शनिक चिन्तनको समीक्षा गर्दै शास्त्रार्थ, समालोचना, व्याख्या, आगमन विधिको प्रयोग गरेको पाइन्छ | आचार्य शंकर तथा नवन्यायिकहरूले घटना-विज्ञान अनुसन्धान विधिको पनि प्रयोग गरेको पाइन्छ | एपिए, एमएलए विधिहरुको उपयोग गर्नुभन्दा पहिला सम्पूर्ण भारतवर्षका विद्वानहरूले परम्परागत शास्त्रार्थ प्रतिमान तथा समालोचना विधिको अनुसन्धानमा प्रयोग गरेको भेटिन्छ | मौलिक अनुसन्धान विधिहरूको प्रमाणिक अनुसन्धान सन्तोषजनक छैन |

११.दर्शनशास्त्रीय अनुसन्धानको जोखिम

दर्शनशास्त्र आफैमा मानवीय चिन्तनको जीवन्त इतिहास  र वर्तमान हो | सिद्धान्त होस् वा व्याबहारिकतहमा दर्शनशास्त्रका सैद्धान्तिक प्रतिमानहरू ज्यादै प्रभावोत्पादक हुन्छन् | दर्शनशास्त्रको अनुसन्धानमा टक्रिने अध्येताले “सिद्धान्त” निर्माणको तहमा काम गर्नु पर्ने हुन्छ | यदि दर्शनशास्त्रको आरम्भ र निर्माण आश्चर्य वा विस्मयका कारण भएको हो भने अनुसन्धाताको अनुसन्धान पनि आफैमा नवीनतम सिद्धान्तको अभिनिर्माण बन्न सक्छ | प्रश्न कसले कस्तो सिद्धान्त निर्माण गर्छ कि उपलब्ध सिद्धान्तहरुको पुनर्व्याख्या गर्छ भन्ने होइन, प्रश्न हो कि अनुसंधाताले जिज्ञासालाई प्राथमिकता राखेर नवीनतमा “वाद”को निर्माण गर्ने जोखिम उठाउँछ कि उठाउँदैन भन्ने हो | अधिकांश अनुसन्धाताले ती विषयवस्तुहरू रोज्दछन्, जुन विषयवस्तुको साहित्य र पूर्वअनुसन्धानहरू सजिलैसंग प्राप्त छन् | विषयको परिचय, पूर्वकार्यको समीक्षा, साहित्य समिक्षा, विषयवस्तुको विवेचना, तुलना र निष्कर्ष – ठूलोसानो अनुसन्धानका सामग्रीहरू यसरी नै निर्मित हुन्छन् | यो सबैभन्दा सजिलो उपाय हो | कार्लमार्क्स आफैमा अर्थशास्त्री थिए | जोखिम मोलेर उनले अर्थशास्त्रको पुनरावलोकन गरे र आफुले बुझेको “सत्य” लेखनका माध्यमबाट समाजका लागि छरिपस्ट पारिदिए | उनले अर्थशास्त्रउपर गरेको निडर व्याख्याले “सिद्धान्त”को स्वरूप ग्रहण गर्यो | उनले जोखिम लिएर प्रतिपादन गरेको विचार दर्शनशास्त्री, समाजशास्त्री, अर्थशास्त्रीआदि सबैले अध्ययन गर्ने “सिद्धान्त”का रूपमा स्थापित भयो | नि:सन्देश कार्लमार्क्स एकजना युगान्तकारी विचारक हुन् तर दर्शनशास्त्रीय दृष्टिकोणले उनी अर्थदार्शनिक हुन् मूलधारका दार्शनिक होइनन् |

१२.न्यायदर्शनको अनुसन्धान प्रतिमान

विज्ञानका क्षेत्रमा परिमाणात्मक अनुसन्धान पद्यतिको पढी प्रयोग हुन्छ | निश्चित सेम्पल, ती सेम्पलहरूलाई पुष्टी गर्ने डाटाहरू र ती डाटाहरूका आधारमा विषय निरुपण, संस्तुति तथा सम्भावित भविष्यको आंकलन परिमाणात्मक अनुसन्धान पद्यतिको विशेषता हुन् | दर्शनशास्त्रको क्षेत्रमा गरिने अनुसन्धानहरू मानवीय चिन्तन, भोगाई, बुझाई र जीवन-जगत वारे निर्माण भएको सूक्ष्म दृष्टिकोणमा बढी निर्भर हुन्छन् | भावनात्मक, क्रियात्मक तथा चिन्तनतहभित्र पसेर सत्यको खोज गर्नु र त्यसलाई सतर्क, सप्रमाण, औचित्यपूर्ण तथा विशिष्ट खोजका रूपमा प्रस्तुत गर्न सक्नु त्यति सहज कार्य होइन | सङ्ख्याको गणना भन्दा गुणहरूको औचित्य स्थापित गर्दै सामाजिक, धार्मिक, सांस्कृतिक, राजनैतिकतहको एकल वा द्वैध चिन्तनलाई चुनौति दिने प्रयत्न गर्नुनै दार्शनिक अनुसन्धानको लक्ष हो | उदाहरणका लागि प्राचीन वैदिक दार्शनिक सम्प्रदायभित्रको न्यायदर्शनले दार्शनिक अनुसन्धानका लागि १६बटा प्रतिमानहरू सुझाएको छ : प्रमाण, प्रमेय, संशय, प्रयोजन, दृष्टान्त, सिद्धान्त, अवयव, तर्क, निर्णय, बाद, जल्प, वितण्डा, हेत्वाभाष,छल, जाति तथा निग्रहस्थान |

प्रमाणको अर्थ हो प्रमाणिकता बुझ्न प्रयोग गरिने साधन : जसमा प्रत्यक्ष, अनुमान, उपमान तथा शब्दका माध्यमबाट प्रमाणिकता सिद्ध गरिन्छ | दोस्रोतहमा, अनुसन्धानका लागि चुनिएको प्रमेयको स्थापना गरिन्छ | तेस्रोतहमा अनुसंधेय विषयमा विविध संशयका माध्यमबाट परीक्षा गरिन्छ र प्रयोजनका विषयमा विमर्श गरिन्छ | पाँचौंतहमा प्रयोजनलाई अनेकौं दृष्टान्तका माध्यमबाट सुस्पष्ट बुज्ने उपक्रम हुन्छ र त्यसपछिमात्र सिद्धान्त निर्माणमा प्रवेश गरिन्छ | सिद्धान्त निर्माण गर्दा आगमन तथा निगमनका अवयवहरुका माध्यमबाटबाट औचित्य खोजिन्छ | अनि, आठौँतहमा अनुसन्धाताले अनेकौं स्रोतहरूको प्रयोग गरे तर्कयुक्त सिद्धान्त विवेचना गर्छ | तार्कीक रूपमा सुस्पष्ट र निर्मल भएपछि सिद्धान्त निर्माणको निर्यण गरिन्छ | सम्पूर्ण अनुसन्धान कार्य यहाँ सम्पन्न हुन्छ | अनुसन्धानका माध्यमबाट अनुसंधेय विषय घोषित भएपछि सो अनुसन्धान विद्वानहरूको विच मूल्यांकनका लागि (शास्त्रार्थ) प्रेषित गरिन्छ |4 विद्वानहरूले प्रमाण, प्रमेयआदि प्रयुक्त साधनहरूको समीक्षा गर्न बाद, जल्प, वितण्डा, हेत्वाभाष, छल, उत्पत्ति र निग्रह (अस्वीकार) विधिको प्रयोग गर्छन् | उचितप्रमाणहरुले स्थापित गरेको सिद्धान्त अन्तत: वाद, प्रतिवाद, विवादको विषयका रुपमा स्थापित हुन्छ | दर्शनशास्त्रको अनुसन्धानबाट स्थापित कुनै पनि सिद्धान्त निर्विवाद र सर्वस्वीकार्य हुँदैन | फलत: दर्शनशास्त्रप्रति अभिरुचि राख्नेहरूले नवीनतम मतहरू स्थापित गर्न अनुसन्धान गर्छन् |

बिनम्र र सुधी अनुसन्धाताले प्राज्ञिकतहबाट उपर्युक्त अनुसन्धानका क्रमिक सोपानहरू प्रयोग गरेर परमतत्वको स्वरूप, ज्ञानको उत्पत्ति, क्रिया र सीमाहरू, नैतिकताका विभिन्न मानदंडहरू र तत्व, ज्ञान, नैतिकताको औचित्य सिद्ध वा असिद्ध गर्न सक्छ | दुर्भाग्य नै भन्नुपर्छ कि न्याय दर्शनले सुझाएको दार्शनिक अनुसन्धान विधि र प्रक्रियाप्रति नेपाली तथा भारतीय विद्वानहरूको ध्याननै गएको छैन |  ती सुझावहरूमा सर्वप्रथम अनुसन्धाताले प्रमाणहरूको समीक्षा गर्नुपर्छ, ती प्रमाणका आधारमा प्रमेयको प्रमाणिकरण गरिन्छ |

१३.निष्कर्ष

दर्शनशास्तीय अनुसन्धानमा दर्शनशास्त्रका पूर्वस्थापित प्रमेयहरूको उपयोग नै सर्वोत्तम हुन्छ | यसको अर्थ दर्शनशास्त्रका नवीनतम विधाहरूको प्रयोग गर्न निषेध गरिएको होइन | दर्शनशास्त्रले चिन्तन, मनन र विचारकातहमा अनुसन्धान गरेर सिद्धान्त निर्माणलाई महत्व दिने हुँदा अनुसन्धाताहरूले विज्ञानका कठोर सीमानाहरुको बन्धनमा बाँधिनु पर्दैन | दर्शनशास्त्रका परम्परागत तत्व विषयक एकवाद, द्विवाद, बहुलवादका सीमाहरू र यसभित्रका अध्यात्मिक तत्व, भौतिकवादी तत्व र मिश्रित तत्व र सृष्टिवादी चिन्तनका सीमा, ज्ञान मीमांसाभित्रका बुद्धिवाद, इन्द्रिय प्रत्यक्षवाद, समालोचनात्मक विज्ञानवाद, अस्तित्ववाद, बस्तुवादजस्ता विषयहरूमा अनुसन्धान गर्न सजिलो हुन्छ | एउटा प्रबुद्ध दर्शनशास्त्रका अनुसन्धाताका लागि जोखिम मोलेर नवीनतम सिद्धान्त निर्माण गर्नु सबैभन्दा महत्वपूर्ण हुन्छ | बालकृष्ण सम दार्शनिक थिएनन तर उनले आफ्नो ज्ञानको उच्चतम प्रयोग गरेर “नियमित आकस्मिकतावाद”को सृष्टि गरे | हरेक दर्शनशास्त्रका अनुसन्धाताबाट नवीनतम सिद्धान्त सृजनाको अपेक्षा गर्नु पर्छ | डा. निल तथा स्त्रोंगले भनेझैं “ईश्वर दार्शनिकहरूसंग भयभित रहन्छ किनभने उनीहरूले सृजना गर्ने नयाँ सिद्धान्तले कि विश्व व्यबस्थालाई चुनौति दिंदै विनाशतिर धकेल्छ कि प्रगतिको नवीनतम मार्ग प्रसस्त पार्छ |”   

 

1.    Martinich, A. P. 2005, Philosophical Writing: An Introduction, 3rd Edition, Malden, MA: Blackwell Publishing.

2.       Brook and Neil (2002 2nd edition) The Power of Ideas, Cambridge university press, USA.

3.       Gotam (BC 600) Nyaya Sutram, Chaukhamba Pustak, Banaras, India

4.       Berlin, Isaiah. 1978. “The Purpose of Philosophy.” In I. Berlin (ed.). Concepts and Categories. London: The Hogarth Press.

5.       Martinich, A. P. 2005, Philosophical Writing: An Introduction, 3rd Edition, Malden, MA: Blackwell Publishing.

6.    Ukpokolo, Isaac E. 2015. Methodology of Research and Writing in Philosophy: A Guide, Ibadan: Kairos Publishing.

7.    Rippon, S. 2008. A Brief Guide to Writing the Philosophy Paper, Harvard: Harvard College Writing Centre Brief Guide Series

योग, परिवार तथा मानसिक स्वास्थ्य

 

 

Tuesday, August 1, 2023

फोहोर पानीको लेखौट

पानीले रुझेको बाटोको किनारामा हातले लेखेको एउटा पाना एताउति पौडिरहेको थियो | मलाई त्यो मटमैलो कागजमा लेखिएका हरफ पढ्न मन लाग्यो | मैले अगाडी बढेर फोहोर पानीबाट त्यो कागज उठाएँ | त्यो कागजमा बडो सफा तवरले निम्न कुराहरू लेखिएको थियो | त्यही कुरा मैले आफ्नो फेसबुकमा जस्ताको तस्तै सारेको छु :

"रैथाने बाहुनक्षेत्री विरुद्ध आदिवासी जनजातिको सिद्धान्त बनाएर घृणावादको व्यापार गर्ने विरुद्ध बोल्नैपर्छ | हामी नेपाली हौँ, नेपाल हाम्रो हो | सधैं घृणावादलाई सहयोग गर्नेहरूसंग पनि प्रेमपूर्वक व्यबहार गर्नुपर्छ तर सधैं अपमान सहेर बस्नु कायरता हो | कायरहरूको कुनै भविष्य हुँदैन | कायरहरूको पुरस्कार अपमान र मृत्यु हो | कायरहरू जीवित हुँदा पनि मुर्दारसरह नै हुन्छन् | घृणा गर्नु हुँदैन तर घृणा सहन पनि हुँदैन |
घृणावादको बीऊ रोप्ने, यसलाई नाइटोको बल लगाएर हुर्काउनेहरू याद राख, छ्मेकीको घरमा आगो लाग्यो भने तिम्रो घर पनि जल्ने छ | डलरले तिम्रो रक्षा गर्ने छैन | हामी सबै नेपाली मिलेर निर्माण गरेको "हाम्रो देशमा" घृणावादलाई कुनै स्थान छैन |
यदि तिमीले एकोहोरो घृणा र अपमानले कुनै दिन सीमा काट्ने छ | त्यस बेला तिम्रै कारणले देश दुख्ने छ | घृणावादका बीऊ रोप्नेहरूले अपराध गरेका छन् तर तिमी र हामी त्यो अपराधका मतियार बन्न हुँदैन | इतिहासमा देखिन्न, बर्तमान तिम्रो हातमा छ | एकआपसमा प्रेम गर, छिमेकीलाई सघाउँ, हामी सबै बन्ने छौँ | हाम्रो देश बन्ने छ |
तिमी साबधान रहनु | घृणावादको व्यापार गर्नेहरू राजनीतिमा नेता बनेर, विश्व विद्यालयमा शिक्षक बनेर रैथाने समुदायमा अगुवा बनेर, एनजिओ/आइएन्जिओमा बाइबल बोकेर, दलित बर्गहरूमा अधिकारवादी बनेर र बाहुनक्षेत्रीमा धर्मपरिवर्तन गरेर पसेका छन् | यिनीहरूसंग फिरंगीहरूको राजनैतिक पावर छ | यिनले आफ्नै धर्म, संस्कृति, परम्पराका असल पक्षहरू देख्दैनन्, बुझ्दैनन् र बुझ्न चाहनेहरूलाई रोक्छन् | जातको नाममा, भाषाको नाममा, भूगोलको नाममा लिंगको नाममा एकआपसी घृणा फैलाएर आफ्नो "बर्चस्व" देखाऊछन् | यो पर्चा पढ्नेहरूले बुझ्नु यो सफासंग लेखिएको छ किनभने सफा र शान्त नेपालका लागि यसमा लेखिएका कुराको विकल्प छैन | यो फोहोर पानीमा भेटिने छ किन भने यस्ता विचारको महत्वलाई आज पनि "फोहोरको डङ्गुरमा फाल्नेहरू थुप्रै छन् |"
तर फोहोर पानीमा भेटिएका यी विचारहरूको जसले सम्मान गर्न चाहन्छ, उसले कुनै दिन प्रकाशमा ल्याउने छ | त्यतिबेला तिमीले "फोहोर पानीका विचार" भनेर हेलाँ नगर्नु | यसो गर्यो भने घृणावादीहरू हौसिने छन् | हामी सबैको साझा नेपाल दुख्ने छ |"
मैले फोहोर पानीमा भेटेको लेखौट यहाँ टाँसेको छु | पढ्नुस्, बुझ्नुस्, मनन गर्नुस् | सभ्य र सौम्यभाषामा प्रतिक्रिया दिनुस् |
स्वस्तिअस्तु

Monday, July 31, 2023

घृणावाद र घृणावादीको मृत्यु

यो देशमा केही दलित नेताहरूले, केही आदिवासी जनजाति भनाउँदाका (यो परिभाषा नै गलत छ) नेताहरूले केही थेरवादी नेताहरूले जतातै बाहुनक्षेत्रीलाई गालीगलौज गर्न मिल्ने तर कुनै ब्राह्मणक्षेत्रीले सोही शैलीमा प्रतिक्रिया दियो भने धर्मनिरपेक्षताको विरोध, जातिवादी चिन्तन, कानुनी अपराध भन्दै मुद्दा चलाइने किन ? के गालीगलौजको जात हुन्छ ? यदि माओवादी आन्दोलन र त्यसपछि विकसित घृणावादका विभिन्न स्वरूपलाई हेर्ने हो भने यिनले ब्राहमणक्षेत्री समुदायलाई नेपालको नागरिकताबाट बन्चित गरेर भारततिर पठाउने बाचा गर्छ | ब्राह्मणक्षेत्री विरुद्धको यो घृणावादले "ब्राह्मणवाद" शब्द कथेको छ जसले ब्राह्मण, क्षत्री र वैश्य समुदायबाट दलितहरूलाई अलग गरेर "इसाई" बनाउने र इसाई बनेका बाहुनक्षेत्रीलाई प्रयोग गरेर वैदिक, जैन, बौद्ध तथा किराती संस्कृतिलाई नष्ट गर्ने लक्ष लिएको छ |
दलित व्यक्ति वा संस्थाका नाममा, आदिवासीका नाममा, मूलवासीका नाममा, जनजातिका नाममा, इसाई धर्मको विस्तार गर्ने नाममा, मुस्लिम धर्म विस्तार गर्ने नाममा, मङ्गोलको नाममा, मधेशवादका नाममा, थेरवादी चिन्तन फैलाउने नाममा र समाजवादी व्यबस्थाको विस्तार गर्ने "प्रगतिशील" संस्कृतिको नाममा नेपालको रैथाने ब्राहमणक्षेत्री र तिनको संस्कृति, धर्म, परम्परा, रितिरिवाज तथा पढ्नेलेख्ने स्वभावउपर जातिसूचक, धर्मसूचक तथा लवाइखवाइ सूचक घृणावादी शब्दहरू प्रयोग गरेर गालीगलौज गर्ने क्रियाकलाप संस्थागत हुँदैछ | यसको थालनी "बर्ग सङ्घर्ष"को सिद्धान्त बोकेर जातिवादमा टुंगिएको "माओवादी"हरूले गरेका हुन् | तर जतिधेरै विभेद, गालीगलौज र घृणाले पोल्दा पनि अहिलेसम्म "शरणर्थी-समुदाय" शान्त छ | यो शान्ति अनन्तकालसम्म रहनेवाला छैन | सत्य के हो भने "घृणा" सुन्दासुन्दा सबैको चिन्त दु:खेको छ | दुखाई सहनै नसक्ने भएपछि वाहिर निस्कन्छ नै |
विगतको नेपाली समाज समतामूलक थिएन, समाजमा धेरै समस्या थिए | आज तथाकथित लोकतान्त्रिक सरकारहरू निर्मित हुने र फालिने क्रम चलेको लगभग ४० वर्ष बितिसके | सन् १९९१ पछि नेपाली समाजमा माओवादी आन्दोलनका माध्यमबाट "घृणावाद"ले प्रवेश गर्यो | त्यो घृणावाद जातीय, भूगोल, भाषा तथा नाकमा आधारित थियो | देशमा समतामूलक संबिधान र ठ्याकै विदेशीहरूले चाहेजस्तो "समाजवादी"सरकार बने पनि "घृणावाद" कुनै कमि आएन | आज गरिवी, सामन्तवाद, अशिक्षा, छुवाछुत र समताको क्रान्ति "ब्राहमणक्षेत्री विरुद्ध" घृणावादमा रुपान्तरित भएको छ |
समतामूलक समाजको निर्माण गर्न हिंडेका प्रगतिशील राजनैतिक नेतृत्व र त्यसलाई संचालन गर्ने विदेशी शक्तिहरू एकै ठाउँमा उभिएर "ब्राह्मणक्षेत्री"हरुलाई गालीगलौज गर्नुनै समतामूलक नेपालको निर्माण हो" भन्ने भाष्यमा पुगेका छन् | यसको बलियो प्रमाण "धर्मनिरपेक्षता"का सवालमा सर्वसाधारणसंग रायबुझ्न मागिएको सुझाव आजका मितिसम्म लुकाएर राख्नु र सामाजिक संजालमा ब्राह्मणक्षेत्री विरुद्ध जातीय गालीगलौज र घृणफैलाउने व्यक्ति र तिनले प्रस्तुत गर्ने सामाग्रीहरू वेवास्ता गर्नु हो |
यदि नेतृत्वले देशको ८०% जनसंख्याको प्रतिनिधित्व गर्ने ब्राहमणक्षेत्री समुदायलाई अपमान गर्ने गालीगलौज गर्ने र घृणा गर्ने विचारहरूलाई महत्व दिंदै गयो देश र समाज असजिलोमा पर्ने निश्चित छ | धैर्यमा धेरै प्रहार गर्नुहुँदैन | धैर्यलाई गालीगलौज र घृणावादमा धकेल्नु हुँदैन | तर यो सत्य कसले बुझ्ने - सरकार प्रमुखहरू आफै यही समुदायको खेदो खनेर विदेशीको प्रिय हुने प्रयत्न गरिरहेका हुन्छन् |
के केही दलितनेता, केही केही आदिवासी जनजातिका स्वयंभू नेताहरू, केही थेरवादीहरू र केही मुस्लिम-इसाई नेताहरूलाई संबिधानमा "ब्राह्मण क्षेत्री तथा हिन्दूहरूलाई जथाभावी गालीगलौज गर्न व्यबस्था गरिएको छ ? जतिनै गहिरो पानीको दह भए पनि ढूंगा फालेपछि प्रतिक्रिया आउँछ | यदि यो देशमा जातीय दङ्गा हुन्छ, धार्मिक लडाई हुन्छ भने गालीगलौज गर्नेहरूलाई संरक्षण दिने सरकारी संयन्त्र र जातीय रक्तपातको तयारी गरिरहेका "गालीगलौज र घृणावादी"हरूका कारण हुन्छ |
जातीयआधारमा गालीगलौज गर्नेहरूलाई संरक्षण गर्छ भने देशको ८१% प्रतिशत हातमा दही जमाएर बस्नेवाला छैन | धैर्यको सीमा वाहिर जोसुकै व्यक्ति असुक्षित नै हुन्छ |
हिन्दू समुदायका विरुद्ध, उनीहरूको पहिचान विरुद्ध, संस्कृति तथा रितिरिवाज रिवाज विरुद्ध उपरोक्त घृणावादीहरूले दिएका असंख्य अपराधी प्रतिक्रियाहरू युट्यूव, फेसबुकजस्ता सामाजिक संजालहरूमा बग्रेल्ती उपलब्ध छन् | यी विखण्डनवादीहरूले ब्राह्मणक्षेत्री विरुद्ध विष बमन गर्दै जातीय सूचक शब्दहरू प्रयोग गरेर गालीगलौज गरेका थुप्रै सामग्री छन् | पुस्तकनै छपाएर ब्राह्मणक्षेत्रीहरू विरुद्ध अपमान जनक सामग्रीहरू बजारमा उपलब्ध छन् | -सायद धर्मनिरपेक्षताको आँखाले "यी गालीगलौज र जातीय घृणावाद" पहिचानको लडाई नै हो |
यसरी लेखिरह्न्दा एउटा जिम्मेदार नागरिकको हैसियतमा एउटा पनि ब्राह्मण-क्षेत्रीले दलित, रैथाने समुदाय वा अन्यलाई "जातिसूचक" शब्दहरू प्रयोग गरेर गालीगलौज वा घृणावाद फैलाएको एउटा सामग्री देखाउन चुनौती दिन्छु | म भगवानसंग प्रार्थना गर्छु तथाकथित घृणावादी नेताहरूको गालीगलौजले सीमा नाघेर असजिलो नपरोस् | त्यो दिन घृणावादी र घृणावादलाई नै मानवाधिकार, पहिचान वा धर्मनिरपेक्षताका नाममा वास्ता नगर्ने सरकार पनि सुरक्षित रहने छैन | कृष्णले शिशुपालका १०८ गालीगलौज सहेर बसेका थिए तर १०९ औं गालीगलौजले कृष्णको चक्र चल्यो |
यो देशको हरेक नागरिक "नेपाली" हो | हामी सबै नेपाली नै हौँ | धर्म, जातपात, भाषा. लिंग र भूगोलका आधारमा हुने सबै प्रकारका भेदभावहरुको उन्मुलन अहिलेको संबिधानले गरेको छ | यो संबिधानले मुसाई वा अन्य रैथाने भनाउंदाहरूलाई पनि कुनै जातजाति, भाषा, संस्कृति, भूगोल वा लिंगका आधारमा घृणा गर्ने, घृणावाद फैलाउने र जातिसूचक शब्द प्रयोग गरेर गालीगलौज गर्ने, शरणार्थी भन्ने अधिकार दिएको छैन | आफ्नो लागि जिउने प्रयत्न गर्नुपर्छ, विदेशीको दलाली गरेर नेपाल बन्दैन |
कुरा अलि कडा हो तर सामाजिक संजाल वा कितावमा ब्राह्मणक्षेत्री विरुद्ध (घृणावादीका शब्दमा आर्यशरणार्थी) गालीगलौज विढ़द देशको सरकार, पुलिस तथा न्यायालयहरूले संज्ञानमा लिएर सम्पूर्ण घृणावादीहरुलाई न्यायिक प्रक्रियाअनुसार दण्डित गर्ने व्यबस्था गर्नुपर्छ | यो देशमा एउटा नागरिकले अर्को नागरिकलाई "जतिसूचक घृणावाद" फैलाउने कुनै व्यबस्था छैन |
यी विचारहरू धम्की होइनन् | नेपाली समाजलाई दूषित गराउने घृणावाद विरुद्धको खवरदारी हुन् | "शरणार्थी" भन्दै सामाजिक संजाल तथा पुस्तकका माध्यमबाट ब्राह्मणक्षेत्री समुदायउपर गरिने गालीगलौज र घृणावाद विरुद्ध सरकार, सामाजिक संघसंस्था तथा जिम्मेदार निकायहरूसंग "बिग्रन नदिने व्यबस्था गर्न" सविनय अनुरोध हो | सरकार र सम्बधित निकायहरूलाई संबैधानिक दायित्वपूर्ण गर्न अनुरोध हो | यो देशको कुनै पनि नागरिक वा समुदाय घृणावादको सिकार बन्नुहुँदैन भन्ने आवाहन हो |
घृणावाद र गालीगलौज गर्दै छिमेकीलाई होच्याउनेहरू होसियार ! यदि देशमा अप्रिय घटनाको आरम्भ भयो भने घर, परिवार दूवैतिरको बिग्रिने छ | तिम्रो घृणावादले सबैभन्दा पहिले तिमीलाई नै जलाउने छ |
हामी सबैको भलो होस् |
May be a doodle of text

Saturday, February 11, 2023

भेलन्टाइन-डे अर्थात् सेक्सको व्यापारीकरण !

भारतवर्षमा फागुन र चैत महिनालाई बसन्त-ऋतु भनिन्छ | बसन्त ऋतुले मान्छेलाई प्रेम गर्ने र दिने आमन्त्रण गर्छ | भारतवर्षमा प्रेम-पर्व सम्भव थियो किनभने यहाँको मलिलो प्रकृतिले प्रचूरमात्रामा उत्पादन दिन्थी | भेलन्टाइन-डेको कुरा चल्दै गर्दा वसन्त ऋतुको कुरा पनि आउँछ | बसन्त ऋतुले मान्छेलाई सेक्सका लागि पागल बनाउंदैथ्यो तर भेलन्टाइन-डेका लागि कण्डम कम्पनीहरूको सुनौला विज्ञापनहरूले मान्छेलाई बौलाहाझैं बनाएको छ | नपत्याए गुगल गरेर खोज्नुस् विश्वमा सबैभन्दा कण्डम १४ फरवरीका दिन बिक्री हुन्छन् !!! यो सन्त भेलन्टाइनको सम्मान हो कि अपमान आफै विचार गरौँ |

मान्छेका लागि प्रेम दिनु र पाउनु धेरै महत्वपूर्ण विषय हो तर यो भन्दा पनि महत्वपूर्ण भोजन, निन्द्रा र सुरक्षा हुन् | भोको र असुरक्षित मान्छेले न प्रेम गर्न सक्छ न प्रेम दिन सक्छ | अनिन्द्राले जीवनी शक्ति क्षीण गर्छ | यदि तपाईंको पेट आंशिक रूपमा भए पनि नियमित भरिने गर्छ, केही क्षणका लागि भए पनि तपाईंले सुरक्षित अनुभव गर्नु हुन्छ र मज्जाले निदाएर जीवनी शक्तिलाई पुन: संचार गर्न सफल हुनुभएको छ भने तपाईंभित्र प्रेमका भावहरू उत्पन्न हुन्छन् | तपाईंलाई प्रेम गर्न र प्रेम स्वीकार्न मन लाग्छ |
निश्चयनै सजिलैसंग भर पेट भोजन प्राप्त गर्न सफल भएका र सुरक्षित ठान्नेहरूले प्रेमका सपना बुन्छन् | कुनै पनि भोको वा असुरक्षित व्यक्तिले "प्रेम पत्र लेख्दैन, प्रेम गीत गाउदैन, प्रेम-उपहार प्राप्त गर्न र दिनका लागि लामो प्रतीक्षा गर्दैन | उसका लागि वास, गास र कपास महत्वपूर्ण हुन्छ | प्रेमका ठाउँमा प्राकृतिक यौनक्रिया क्रियाशील हुन्छ | एउटा पशुले अर्को पशुसंग सम्भोग गर्दा केवल प्राकृतिक नियम पालन गरिरहेको हुन्छ, बंश-वृद्धिको प्राकृतिक क्रिया गरिरहेको हुन्छ | आहार, निन्द्रा, डर र मैथुन क्रिया (सेक्स)का सवालमा मान्छे र पशु बिच समानता छ | पशुमा बग्ने सेक्स-ड्राइभ मान्छेमा पनि बग्छ | सुरक्षित र अघाएको मान्छेले "नियम" पालन गर्ने सम्भावना हुन्छ |
डार्विनले मान्छेलाई देउताबाट पशुमा झारेर ठिकै गरे | विकासको चरम अवस्थामा पुगे पनि मान्छेसंग उसको प्राकृतिक पशुता रहन्छ नै | भोक लाग्ने, सेक्सका लागि मरिमेट्ने. सुरक्षा खोज्ने र निदाउँने क्रिया मान्छेले प्राकृतिक रूपमा प्राप्त गरेको हो | उससंग भएको बुद्धिले उपरोक्त प्राकृतिक ड्राइभलाई नियमित गर्ने प्रयत्न गर्छ | उदाहरणका लागि २१ सौं शताब्दिको "विकसित र ज्ञानी मान्छे पनि युद्धजस्ता असजिला अवस्थाहरूमा लुट्ने, बलात्कार गर्ने, मार्नेजस्ता पाशविक क्रियामा सजिलैसँग प्रवृत्त हुन्छ | यस्तो अवस्थाहरूमा बुद्धिले पशुतालाई सघाउने (सुरक्षित बलात्कार गर्ने र लुकाउने) क्रियालाई महत्व दिन्छ | सेक्स, सुरक्षा र डरको पशुता कहाँ, कतिवेला र कसरी जाग्छ र क्रिया सम्पन्न गर्छ ? कसैले भविष्यवाणी गर्न सक्दैन |
२१ सौं शताब्दिका धेरै मान्छेले भोक, सुरक्षा र निन्द्राको सहज अवस्था प्राप्त गरेका छन् | मानवीय इतिहासमा आजको मितिमा झैं मान्छे कहिलै पनि सुरक्षित र अघाएको थिएन | तेसैले मान्छेका लागि अनेकौं अवसर सृजना गरेर "रमाइलो" प्रकट गर्ने र गराउने अभूतपूर्व परिवेश प्राप्त भएको छ | आजका मान्छेको जीवन सहज तर चिन्तन र क्रियाकलाप निकै जटील छन् | मान्छेले प्रेमजस्तो आदर्श भावनालाई समेत "व्यापारको विषय" बनाएका छन् | भेलन्टाइन दिवसको अवसरलाई अत्यन्त सेलेब्रेटी बनाएर कण्डम-कम्पनिहरूले व्यापारीकरण गरेका छन् | युवापुस्ताहरूको स्वाभाविक प्रेमलाई "प्राकृतिक सेक्स-ड्राइभ"मा रुपान्तरित गरेर कण्डमको व्यापार गर्ने सूत्रको उपयोग गरेका छन् | भेलन्टाइन दिवसले "सर्वाधिक कण्डम बिक्ने" अवसर तेसै प्राप्त भएको होइन | सर्वेक्षणले यही भन्छ |
आजको युवापुस्ताले प्रेम र सेक्सका बिच कुनै पनि भिन्नता देख्दैन | प्रेम विना पनि सेक्स हुन सक्छ, बालबालिकाहरू जन्मिन सक्छन् तर प्रेम विना मित्रता, सहृदयता, करुणा, दया, ममता, नम्रता, कर्तव्यआदि सम्भव हुँदैनन् | यदि तपाईंले भेलन्टाइन दिवसलाई सेक्स-दिवसका रूपमा स्वीकार गर्नुभएको छ अथवा स्वीकृति प्रदान गर्नुभएको छ भने प्रेमको सीमा शरीरलाई भोगेपछि समाप्त हुनेछ | शरीरप्रतिको आकर्षणलाई प्रेम भन्न सकिन्न किनभने फेरी पनि शरीरले शरीरको मांग गर्ने छु र प्रेम शरीरको भोगसम्म पुगेर टुंगिने छ | प्रेम सेक्सको विरोधी होइन तर सेक्सचाहिं आफैमा प्रेम नभएर दुई शरीरको प्राकृतिक मिलन हो |
भेलन्टाइन दिवसका अनुयायीहरूले आत्मसमीक्षा गर्नुपर्छ कि प्रेम दिवसका नाममा कहीं कण्डम-व्यापारीहरूको व्यापारिक हतियार त वनिरहेक छैनौं ? यदि विवाहपूर्व शरीर भोग गर्नुभएको छ भने प्रेमका सवालमा अविश्वासका काँडाहरू रोपिएको छ | सामाजिक, सांस्कृतिक तथा धार्मिक स्वीकृति विना एकअर्काको शरीर भोग्नेहरू विवाहपछि पनि एकआपसमा विश्वासनीय नै रहन्छन् भन्ने कुराको के ग्यारेन्टी ! एकआपसमा प्रेम गर्नु राम्रो कुरा हो तर विवाहपूर्व नै शरीरलाई भोग्ने निर्णय गरेर कण्डम कम्पनिहरूको क्रेता बन्नु र भविष्यको लागि दाम्पत्यमा शंकाका वादलहरू तयार पार्नु कुनै पनि अर्थमा उचित होइन |
अहिलेको समयमा रमाइला चाडवाडहरू वैश्विक भएका छन् | विश्व एकता गाउँझैं बनिरहेको अवस्थामा भेलन्टाइन-डेको आलोचना गर्दैमा युवाहरू यो यसबाट विमुख हुँदैनन् | नेपालमाको प्रणय दिवस बसन्त-पंचमी हो र बसन्त ऋतु (फागुन-चैत) प्रणय महिना हुन् भन्ने यथार्थतालाई पश्चिमी व्यापारले कुण्ठित पारेको छ | भेलन्टाइन-डे नेपालीहरूको मौलिक चाड होइन, यो सेक्सलाई बजारीकरण गर्ने विज्ञापन हो भन्दा सुन्नेवाल छैनन् | अन्त्यमा, भेलन्टाइन-डे कसैको लागि आत्मसम्मान लुटिने, बलात्कृत हुने र जीवनभरी हीनताबोधको कारक नबनोस् भन्ने तत्थ्यमा प्रत्येक युवायुवतिहरू सजग, सचेत हुनुपर्छ भने अभिभावकहरूले पनि विवेकको आँखा खोल्नुपर्छ किनभने प्रेम अभिशाप बन्नु हुँदैन |
स्वस्तिअस्तु

Wednesday, February 8, 2023

साकरोड़ियाको शिक्षाअनुभव

(१) यस पटकको भारतयात्रा निकै स्मरणीय रह्यो | सबैभन्दा स्मरणीय त दादा भगवानका भक्त लाला भाई पटेलको गाउँ साकरोड़ियाको भ्रमण रह्यो | लाला भाई भारतको प्रतिष्ठित रिजर्व बैंकका पूर्व वरिष्ठ कर्मचारी हुन् र अवकाशपछि आफ्नै गाउँ "साकरोड़िया"मा कृषकका रूपमा जीवन यापन गर्छन् | उनका एकमात्र छोरावुहारी पनि गाउँमै वस्छन् | घरमा शहरमा भएका सबै सुविधा छन्, त्यो भन्दा पनि बढी सुविधा प्रदुषण रहित वातावारण र आफ्नै खेतको विषादीरहित भोजनको अवसर प्राप्त गरिरहनुभएको छ |

(२) "साकरोड़िया" गाउँ गुजरातको प्रमुख सहर अहमदावादबाट उत्तरतिर १७० किलोमिटर पर छ | हालका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वप्न र मोडेल प्रदेशको रूपमा प्रचारित गुजरातको यो गाउँको यात्राका क्रममा मैले त्यस गाउँको कृषि-व्यबस्था, अस्पताल, बालवाडी, गाउँपंचायतको कार्यालय, वैंक र पाठशाला (हाइस्कूल)को प्रत्यक्ष निरीक्षण गर्ने, सम्बन्धित अधिकारीहरूसंग र बालवालिकासंग कुराकानी गर्ने अवसर जुट्यो |

(३) यो गाउँको जनसंख्या लगभग ५६० जनाको रहेछ | यो गाउँमा सबै जातजातिको वसोवास भए पनि सबैभन्दा बढी समुदाय भने "पटेल"हरू रहेछन् | गाउँको हरेक घरबाट एकजना सदस्य अनिवार्य रूपमा अमेरिका, वेलायत वा अस्ट्रेलिया भएको बुझियो | म यो गाउँमा पुग्दा अमेरिकामा स्थायी वसोवास भएका यही गाउँका वासिन्दाहरूको विवाह भोज चलिरहेको थियो | यहाँ हुनेखानेहरूले ५ देखि ७ दिनसम्म आफन्तहरूका लागि विहान-वेलुका नै खाने व्यबस्था गर्दा रहेछन् | विवाह उत्सव लगभग १० दिनसम्म चल्दो रहेछ | विवाहका पहिका तीन दिन भने गाउँका कुनै घरमा पनि खाना पाक्दो रहेन छ | सवै गाउँले विवाहघरका पाहुना हुँदा रहेछन् | मैले पनि श्रीयोगेन्द्र शुक्लासहित विहान तथा वेलुका यही "भतेर"मा भोजन गर्ने अवसर प्राप्त गरें |

(४) गाउँ गुम्दै गर्दा कक्षा १० सम्म पठनपाठन गरिने ग्रामीण पाठशाला पुगियो | पाठशाला निकै स्वच्छ, व्यवस्थित र मर्यादित थियो | पाठशालामा १३९ जना विद्यार्थीहरू रहेछन् | ती विद्यार्थीका लागि १३ जना शिक्षकशिक्षिका रहेछन् | पाठशाला तीन ब्लकमा विभाजित रहेछ | शिशु, प्राथमिक र ६ देखि १० सम्म | सा-साना नानिवावुहरू कक्षाकोठामा पलेटी मरेर गलैचामा पढ्दा रहेछन् | कक्षा पांच भन्दा माथिका विद्यार्थीहरूका लागि भने टेवल कुर्सी रहेछन् | विहान १० बजे देखि ४ बजेसम्म कक्षा चल्दा रहेछन् तर कक्षाचारसम्मका विद्यार्थीहरू ३ बजे घर जाँदा रहेछन् |

(५) विद्यालयआउने सबै विद्यार्थीहरूका लागि विद्यालयमै तीन पटक भोजन र नास्ताको व्यबस्था रहेछ | विद्यालय आउँदा केही हल्का नास्ता, १ बजे भोजन र जाने वेला पुन: हल्का नास्ता विद्यालयले नै खुवाउदो रहेछ | मैले आफै विद्यालयको भोजनलय हेरें | त्यो निकै सफा र हाइजेनिक थियो | छ दिनका लागि छ प्रकारका भोजनको व्यबस्था रहेछ | विद्यार्थीहरूका लागि भोजन पकाउनु, खुवाउनु, सरसफाई गर्नु प्रोजेक्ट वर्कका अनिवार्य अंश रहेछन् | सबैभन्दा महत्वपूर्ण कुरा हरेक विद्यार्थीलाई सरकारले घरबाट आउने/जाने व्यबस्था गरिदिएको रहेछ |

(६) शिक्षक/शिक्षिकाहरू निकै फरासिला रहेछन् र विद्यार्थी मित्र रहेछन् | विद्यार्थीहरूको अनुशासन निकै राम्रो लाग्यो | हरेक कक्षामा स्मार्ट-कक्षाका लागि स्मार्ट-बोर्ड जडान गरिएको रहेछ | शिक्षक-शिक्षिकाले पढाएका हरेक विषयवस्तुहरू रेकर्ड गरिँदो रहेछ भने अन्य ठाउँका शिक्षकले पढाएका विषयवस्तु र इन्टरनेटमा भएका विषयवस्तुलाई पाठ्य-सामग्रीका रूपमा निकै उपयोग गरिंदो रहेछ | सबैभन्दा गज्जवको कुरा त के भने विद्यार्थीहरूले हरेक दिन घरबाट किताव बोकेर ल्याउनु पर्ने रहेनछ | हरेक विद्यार्थीले आफ्ना किताव आफ्नै टेवलमा छोडेर जाने वा लिएर जाने निर्णय गर्न पाउँदो रहेछ |
(७) कक्षा ४ सम्म गुजराती मिडियममा पठनपाठन हुँदो रहेछ भने तेसपछि अंग्रेजी, गुजराती, संस्कृत, हिन्दीआदि भाषामा पठनपाठन गरिँदो रहेछ | गुजरातका ८०% बालबालिकाले हिन्दी बुझ्दा रहेछन् भने बोल्नेचाहिं मातृभाषा मै रहेछ | मैले यी सबै विशेषता सरकारी विद्यालयको बताएको हुँ | गृहप्रदेश गुजरात भएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शिक्षामा ठूलै लगानी गरेका रहेछन् भने त्यो लगानीको प्रतिफल पनि निकै राम्रो रहेछ |

(८) नेपालमा झैं गुजरातमा पनि "हुनेखाने र हुँदा खाने" दूवैले आफ्ना बालबालिकाहरूलाई अंग्रेजी मिडियमको पब्लिक स्कूलमा पढाउने इच्छा राख्दा रहेछन् | सरकारी विद्यालयहरूमा एतिबिध्न सुविधाहरू हुँदा पनि धेरैले दुखजिलो गरेर अंग्रेजी स्कूल रोज्ने रहेछन् | मैले निरीक्षण गरेको विद्यालयमा पनि धेरैजसो गाउँले न्यूजआय भएका परिवारका बालबालिका नै पढ्ने रहेछन् | गुजरातका गाउँहरूमा पनि अंग्रेजी पढ्नेहरूरू "जान्ने" हुन्छन् भन्ने सोच पछिल्लो पटक घटेको भन्ने पनि भेटियो |

(९) गुजराती सरकारी विद्यालयहरूका शिक्षक-शिक्षिकाहरू शिक्षाका क्षेत्रमा निकै समर्पित हुँदा रहेछन् र सरकारले पनि तिनको निकै ध्यान दिएको रहेछ | सरकारी विद्यालयमा पढाउने हरेक शिक्षकशिक्षिकाहरू विद्यालय आउँदाजाँदा आफ्नै कार प्रयोग गर्दा रहेछन् अर्थात् उनीहरूले राम्रो तलव प्राप्त गर्ने रहेछन् | साथै अभिभावकहरू पनि निकै सचेत रहेछन् | मैले विद्यालयमा आएका हरेक विद्यार्थीहरू सफासुग्घर भेटिए |

(१०) एतिबिध्न सुविधा हुँदाहुदै पनि गाउँका हुनेखानेहरूले आफ्ना बालबालिकालाई सरकारी विद्यालय भन्दा "पब्लिक-स्कूल" पठाउने कुरामा महत्व दिंदा रहेछन् | यसको मूलकारण चाहिं "अंग्रेजी मोह" नै रहेछ | असलमा, गुजरातका गाउँगाउँबाट अमेरिका-वेलायत लगायत विदेशमा प्रवासीहरूको सङ्ख्या एकदम बढी रहेछ | मैले भ्रमण गरेको गाउँबाट पनि लगभग ५०% जनसंख्या प्रवासमा रहेछ | लाला भाई पटेलले भने "अभिभावकहरू अंग्रेजी माध्यममा पढाउन चाहन्छन् किनभने अमेरिका, वेलायत उनीहरूको सपना हुन्छ | सरकारी विद्यालयहरूमा धेरैजसो बालबालिकाहरू गरिव हुन्छन् |

(११) मोदी-सरकार आएपछि सरकारी विद्यालयहरूको परिवेश निकै वदलिएको छ | विद्यालयमा शिक्षक र शिक्षण प्रणाली निकै वदलिएको र सरकारले गुजराती र हिन्दीलाई समेत महत्वपूर्ण जागिर वा व्यवसायमा प्रयोग गर्ने नीति लिएपछि सरकारी शिक्षाप्रतिको साधारण दृष्टिकोण वदलिएको छ | अभिभावकहरू सरकारी विद्यालयमा आफ्ना बालबालिका पढून भन्ने चाहन्छन् तर अंग्रेजीको मोह गहिरो छ | आज सरकारी विद्यालयमा १२ कक्षामा पढ्ने विद्यार्थीले राम्रो अंग्रेजी बोल्न र लेख्न सक्छन् | संस्कृत, गुजराती र हिन्दी पनि निकै राम्रो हुन्छ |

(१२) सरकारी विद्यालयमा सबै जातजाति र थरका बालबालिका समान रुपले पढ्दा रहेछन् | यो विद्यालयमा मुस्लिम र जैनबालबालिकाको उल्लेखनीय उपस्थिति रहेछ | अचम्मको कुरा त के भने मुस्लिम बालबालिकाहरू र अभिभावकहरू पनि शाकाहारी रहेछन् | मैले यो कुराको प्रमाण सुरतबाट मुम्बई जाँदा बाटोमा भेटिएका ठूलाठूला भोजनालयहरू मुस्लिमहरूले संचालन गरेको र "वोहोरा" मुस्लिम पूर्णतया शाकाहारी हुने कुरा थाहा पाएँ | तेहा हिन्दू-मुस्लिमका विचमा "दुष्मनी" भन्ने सुनिएको कुरा झूटो रहेछ भन्ने लाग्यो |

(१३) मैले सोधें "नेपाल कहाँ छ ?" बालबालिकाले चिच्याएर जवाफ दिए "हाम्रो छिमेकी देश हो, पशुपतिनाथ र सगरमाथा त्यहाँ छ | धेरै पहाड़ छ | धेरै हिन्दूहरू छन् | धेरै जाडो हुन्छ | मान्छे इमान्दार हुन्छन् | गोरखाले हाम्रो देशका लागि काम गर्छन् | हामी भारतीयहरू नेपाललाई माया गर्छौं |" म तेस विद्यालयमा अचानक पुगेको थिएँ | कक्षा ८ का विद्यार्थीले एसो भन्दा निकै गौरव लाग्यो | आफ्नो देश, संस्कृति, धर्म र विश्वको ज्ञान राम्रो रहेछ -बालबालिकामा | मैले भने "तिमीहरू ठूलो भए पछि नेपाल आउनु, मैले स्वागत गर्ने छु |"
नेपाल र भारतीय सरकारी विद्यालयहरूको शिक्षा र अन्य सुविधाहरू वारे पाठकले नै निर्णय गरूँन् |
स्वस्तिअस्तु

द्वैताद्वैत, निम्बार्क र वेदान्त दशश्लोकी

द्वैताद्वैत, निम्बार्क र वेदान्त दशश्लोकी  निम्बार्क उपासना  नियमानन्द शान्ति र साधनाप्रिय ब्राह्मण थिए | उनले पढेको गुरुकुलमा गुरूले "...