Tuesday, May 30, 2017

नकरात्मक-सकारात्मक

नकरात्मक-सकारात्मक 
२०५९ साल मुन्सीर २२ गते विहान मैले छोरीलाई म्याथ पढइरहेको थिएँ | मैले धेरै प्रयत्न गर्दा पनि प्रश्न हलगर्न सकिरहेको थिइन | त्यसका दूईवटा कारण थिए - मेरो म्याथका विषयमा ज्ञान कमजोर थियो, दोस्रो मैले आफ्नो क्षमतालाई बढी आंकीरहेको थिएँ |

प्रश्नको सही हल प्राप्त गर्न नसकेपछि मलाई प्रश्नको उत्तर नै बेठिक छ भन्ने वारे विश्वास हुन्थ्यो | मैले पुस्तकका विद्वानल लेखकहरूको क्षमता मै प्रश्न उठाउने गरेको थिएँ | तर पछि प्रश्न हल हुँदा पुस्तक मै लेखेको उत्तर सही हुन्थ्यो |

यस्तो धेरै पटक भयो | पछि, मैले आत्म चिन्तन गरें | आफ्नो मानसिक, शारीरिक, सामाजिक तथा आध्यात्मिक स्वास्थ्यको वरिपरी घुमेर मनन गरें | अन्तत: मेरो नकारात्मक चिन्तनको स्रोतको पत्तो लाग्यो |

मैले त्यस बखतको माओवादी तथा सरकारीविच द्वन्दको विषयमा प्रिन्ट मिडिया, रेडियो टेलिभिजनका रिपोर्टिंगहरु ज्यादै हेर्थें | ती एकआपसमा ज्यादै नकारात्मक हुन्थे | मिडियाको संगतले मेरो मन नै नकारात्मक भएको होला भन्ने निष्कर्ष निकाल्दै मैले केही समयका लागि सूचनाहरू सुन्न र हेर्नबाट विश्राम लिएँ | मैले त्यसपछि समाचार हेरिन |

त्यसको दशदिनपछि मैले म्याथमा गल्ती गर्न छोडें | केटाकेटीहरूप्रति मेरो केही रुखो ब्यबहार पनि सप्रियो | मैले गीताको बाक्य सम्झिए "तिमीले जस्तो सुन्छौं, देख्छौं र खान्छौं, तिम्रो चिन्तन र उत्तर त्यसै प्रकारको हुन्छ |

मैले झैँ तपाईंले पनि आँट गर्न सक्नुपर्छ | मैले आफ्नो बुद्धिको प्रयोग गरेर आफूभित्र छिरेको नकरात्मक सोचको स्रोत थाहा पाएँ | अनि, मैले बुझ पचाउन मिलेन | मैले आफ्नो जानकारीलाई पच्न दिईन |

मैले जंक-सूचनाको प्रभावबाट आफुलाई जोगाएँ | मैले आफुलाई अझै क्षतिग्रस्त हुनबाटो जोगाए | जरोकिलोको बाटोमा हिड्नेले धेरैप्रकारका जंकहरू चिनेर त्याग्ने संकल्प लिन सक्नुपर्छ | तपाईंले पनि विभिन्न दिशाहरूबाट ओहिरिएका असंख्य जंकसंग बौद्धिक संघर्ष गर्नुपर्ने छ |

अहिलेको राजनैतिक आस्थाले सृजना गरेका "जंक"हरूले हाम्रो सोच-विचारको युनिटमा परजीवीहरूले कब्जा जमाएझैं जमाएका छन् | हामी त्यो विवसता तोड्न चाहन्छौं तर स्वार्थले दिंदैन | वैदिक हिन्दू धर्मसंग जोडिएको आफ्नो जरोकिलोसंग जोडिने प्रयत्नमा अवरोध उत्पन्न गरिरहेका छन् |

जरोकिलोमा हिड्नु ठाडो तरवारको धारमा पैताला राख्नु हो | यो बाटोमा सत्यता र आत्मविश्वास बाहेक केही हुँदैन | कदमताल मिलाएर हिड्न सक्नेहरूमात्र हामीसंग हिड्नेछन् | हिड्न नसक्नेहरूका लागि भविष्यमा "पछुतो" लेखिएको छ |

Monday, May 29, 2017

शरीरमा अल्झेको पश्चिमा शक्ति र नेपालको पालो

शरीरमा अल्झेको पश्चिमा शक्ति र नेपालको पालो

पश्चिमाहरूले बुद्धिको प्रयोग गरेर भौतिक विकासमा ठूलै चमत्कार गरेका छन् | मैले यो सत्य अस्वीकार गर्न सक्दिन र मिल्दैन पनि | यतिधेरै राम्रो काम गरेपनि उनीहरू आफ्नो शरीरको दासत्वबाट माथिल्लोस्तरमा उक्लिन सकेनन् | उनीहरू सधै आफ्नो मन र शरीरको रक्षाका लागि मात्रै तन्मय भएर काम गरे | यसले पश्चिमाहरूमा शरीर रक्षाको लागि "शक्ति आर्जन" गर्ने प्रतिस्पर्धा चल्यो |

सन् २०१७ को मार्च २३-२५मा काठमांडू हायात होटेलमा आयोजित बौद्ध सेमिनारमा उनीहरूले "ज्ञानमा पनि सुप्रिमेसी" प्राप्त गर्ने बालहठ गरेको देखियो | मैले त्यहाँबाट बुझें शरीरको रक्षाका लागि विनाशकारी "आणविक शास्त्र"को विकास गर्नेहरूले कुनै पनि हालतमा बौद्धिक वा आध्यात्मिकस्तरको सोपान पार गर्न सक्दैनन् |

अमेरिकन, युरोपेली तथा अन्य पश्चिमा पद्यतिको सेवामा "सर्वेभवन्तु सुखिन" आत्मिकभाव हुनै सक्दैन | यसको कारणस्पस्ट छ, उनीहरूका लागि सेवागर्नु पनि एउटा असल काम गर्ने "ब्युजिनेस" नै हो |

छान्द्ग्यउपनिषद पढ्दै गर्दा मैले बुझें, शरीर शरीरको सम्वन्ध मनसंग हुन्छ. मनको सम्वन्ध बासना र आत्मसुरक्षा भन्दा माथि उठ्न सक्दैन | मैले आजसम्म कुनै पश्चिमा विद्वानले अर्काको कल्याणका लागि ऋषि दधिचीलेझैँ आत्मदान दिएको उदाहरण भेटेको छैन |

हो, हामी मध्ये कुनै पनि दधिची, शिवि वा हरिश्चन्द्र बन्ने दावा गर्न सकिंदैन तर वैदिकशास्त्रको मूल्यहरूमा आफ्नो शरीरको, परिवारको, गाउँको, राष्ट्रको र अन्त्यमा विश्वको कल्याणको खातिर निस्वार्थ बन्ने क्षमताको विकास गर्ने हामीसंग खुवी छ | हामीले यो खुवी वारम्वार देखाएका छौँ | भूइँचालोको बेलामा हामीले सेवा गर्यौं तर उनीहरूले सेवाको ब्युजिनेस गरेर फर्के |

मैले सनातन वैदिक हिन्दू संस्कृतिको जरोकिलो समातें किनभने यसले सेवालाई ब्युजिनेस ठान्दैन | सेवा निश्वार्थ नै हुन्छ | सेवालाई ब्युजिनेस ठान्ने र आफ्नो शरीरको रक्षाका लागि समग्र विश्वको सुरक्षालाई धरापमा पार्ने पश्चिमा पद्यतिसंग मेरो सहमति छैन | यदि मेरा छिमेकीहरूले अणुवम बनाएका छन् भने त्यो पनि आयातित शरीरवादी सोच नै हो |

एउटा कुरा पक्का हो, शरीरवादी चिन्तनको प्रवलता रहेसम्म सेवा सधैं ब्युजिनेस नै रहने छ | हामी यो पश्चिमा सोचको लागि चुनौती बन्नुपर्छ | मैले आफ्नो शरीर, परिवार, छिमेकी तथा अन्यलाई माया नगर्नुहोस् भन्ने धृष्टता गर्दिन तर यी सबै काम गर्दागर्दै पनि आफ्नो जरोकिलोको लागि सेवालाई निस्वार्थ बनाउने प्रयत्न गर्न आव्हान गर्छु |
यसो गर्दा मैले आफुलाई नितान्त भारतवर्षको एउटा विनम्र नागरिकको नाताले आफ्नोपनको रक्षा गर्ने दृढ संकल्प गर्ने प्रेरित भने गर्छु | पश्चिमाहरूका असल पक्षहरूको सिको गर्न कुनै गारो छैन तर शरीरवादी चिन्तनले निम्त्याएको हाम्रो रुग्णत न्यूनीकरण गर्दै जाने र नेपाललाई विश्वको केन्द्रका रूपमा विकसित गर्ने अर्को विकल्प मैले देखेको छैन |

मैले लेखेको एउटा शब्द पनि लहडमा, पश्चिमाप्रतिको पूर्वाग्रह वा अन्य कुनै कारणले लेखिएको होइन | यी सबै भगवानका आदेश हुन् जुन मलाई स्रोत बनाएर निस्किएका छन् | परमेश्वरको रोजाईमा अव नेपालीहरू आफ्नो प्राचीन ज्ञानविज्ञानको छायामा उभिएर विश्वको दिगोशान्तिको लागि नेतृत्व गर्न चुनिएका छन् | विविधवादले आक्रान्त बनेको विश्वलाई नेपालीलाई माध्यम बनाएर पुन: शान्त, सुरक्षित बनाउन तैयार पारिदै छ |

आँट हुनेले परिवर्तनको यो शान्तिपूर्ण अभियानमा आफुलाई जोडेर इतिहासको फूल बनाउने छन् | हाम्रो आन्दोलन सुनेर खिल्ली उडाउनेहरूसंग पछुताउने विकल्प मात्र वांकी रहने छ | शरीरमा अल्झेको पश्चिमा पद्यति र शरीर, मन, आत्मा र परमात्मामा उन्मुख हाम्रो ज्ञानको विस्तारको सहयात्रा गर्नैपर्छ |

मातृदेवो भव

मिति २०७४/१/२ मा ज्ञानचक्षु विद्यालयले बालबालिकाको लागि एउटा कार्यक्रमको आयोजना गरेको थियो | त्यहाँका प्रधानाध्यापक प्रदीपजीले त्यस कार्यक्रमको लागि योग्य ठान्नुभयो |

ताइवानबाट आएका पाहुनाहरूले आमाको महत्वका विषयमा ब्यबहारिक ज्ञान दिदै थिए विद्यार्थीहरूलाई | कार्यक्रमको अन्त्यमा मैले उहासंग सोधें : आमाको विषयमा एस्तो ब्यबहारिक ज्ञान दिने ज्ञानको स्रोत के हो ? र यसलाई ब्यबहारिकतामा ढाल्ने सोच कसरी आयो ?

उहाहरूको जवाफ एस्तो थियो "कुनै बखत एकजना बौद्ध विद्वान ज्ञानको खोजीमा नेपालतिर भ्रमण गर्दै थिए | उनको मन अत्यन्त अशान्त थियो | घुम्दै उनी एउटा गाउँमा पुगे | रात्री परेको ले त्यहीं कुनै घरमा वास बस्ने निधो गरे |

एउटा गाउँलेको घरमा पुगेर उनले वास मागे | घरमा एकजना महिला र तीन जना छोराछोरी थिए | उनले अतिथीलाई घरको एउटा छेउमा विस्ताराको ब्यबस्था गरिन् |

ती बौद्ध भिक्षुका लागि भोजन गराउन उनीसंग केही थिएन | उनी ज्यादै गरिव रहिछन् उनी ती भिक्षुलाई भोजन गराउन चाहन्थिन् |

ती महिलाले तीनैजना बालबालिकालाई आफ्नो काँधमा राखेर बाहिर निस्कीन् | बालबालिकाहरू भोकले रोइरहेका थिए | केही घण्टापछि उनले उनले पोकोमा केही सामग्री ल्याइन र भिक्षुलाई अर्पण गरिन् भने त्यसबाट जोगिएको भोजन आफ्ना बालबालिकालाई खुवाईन् |

त्यसपछि ती भिक्षु केही दिन त्यही गाउँमा निवास गरे | ती महिलाले आफ्ना बालबालिकालाई मात्र खुवाएको देखे कि अतिथीहरूको लागि भोजन खुवाएको देखे | अन्त्यमा, उनले ती महिलालाई केही आर्थिक सहयोग गर्न गरेको अनुरोध स्वीकार गरिनन् |

ताइवान फर्केपछि उनले आफ्नो संस्मरणमा लेखे "मैले आज सम्म आफ्ना बालबालिकाप्रति यतिधेरै कर्तब्यशील र अतिथीहरूको सेवा गर्ने आमाहरू संसारमा कहीं पनि देखेको, सुनेको छैन |

वैदिकहरूले जसरी अतिथी र आफ्ना बालबालिकाको स्याहारसुसार गर्छन्, त्यो सबैले अपनाउनुपर्छ | तिमीले आफ्नो आमाले कसरी पालन गरेको रहेछ भनेर बुझ्न चाहन्छौं भने तीन किलोको ढुङ्गो आफ्नो पेटमा बाँधेर दिनभरी काम गर, आमाको कस्ट थाहा हुन्छ |

त्यसपछि ताइवानमा आमाको अनुभवजान्न पेटमा ढुङ्गो बाँधेर बालबालिकालाई अभ्यास गराइन्छ | यो ज्ञानको स्रोत वेद नै हो, जसले निर्धक्कसंग आमा देवता हुन्, अतिथी देवता हुन् बालवालिकाहरू भगवानका रूप हुन् भनेर पढाउँछ |

त्यसदिनपछि मैले बुझे, मेरो देशको माटोको हरेक कणमा आमा\वुवा, अतिथीप्रतिको प्रेम भरिएको छ | मेरो इतिहासको जरोकिलोमा सबैको लागि भोजन, सबैसंग सहकार्यको आदर्श लुकेको छ |

मैले निश्चय गरें, यदि मैले मेरा पुर्खाहरूका उपरोक्त उद्गारहरू, ब्यबहारिक ज्ञानहरूको अनुसरण गर्न सकिन भने तीप्रति मेरो कुनै सम्मान रहने छैन | उनीहरूको सम्मानका लागि मात्र होइन आफ्नो जरोकिलो (सनातन वैदिक हिन्दू संस्कृतिको) गौरवको लागि पनि मैले यसको विषयमा बोल्नैपर्छ |

आफ्नो महान् साँस्कृतिक गौरवका विषयमा बोल्न नसक्नु एकप्रकारको आत्महत्या नै हो | मैले आत्महत्याको बाटो रोजिन किनभने मसंग संसारलाई दिन धेरै थोक छन् | हिन्दू जरोकिलोलेले प्रत्येक महिलालाई (पत्नी बाहेक) आमा मान्ने आदेश दिन्छ, अर्काको धनलाई घुरान मान्ने प्रेरित गर्छ, हरेक प्राणीलाई आफ्नै सन्तान सरह मानेर पालन गर्ने प्रेरणा दिन्छ भने मैले अव ती कुराहरूको ज्ञान संसारमा विस्तार गर्नुछ |

यान्त्रिकताले मानवीयताको प्राकृतिक अवस्थालाई रोबोट-करण गरिरहेको अवस्थामा वैदिक जरोकिलोको साधनाले मात्र पुन: मानिस मानावातातिर उत्प्रेरित हुनसक्छ | यो एउटा निर्विकल्प बाटो हो किनभने पश्चिमाबाटोबाट आएको ज्ञानले सबैथोक विकास गर्यो तर मानवताको ह्रास गर्यो | मान्छेहरू अझैं मान्छे बन्ने दौडमा रोबोटमा परिवर्तित भए |

हामी मातृऔसी मान्छौं तर आमालाई मम्मी (मरेको मान्छेलाई विभिन्न रसायनको प्रयोग गरेर लामो समयसम्म सड्न नदिने प्राचीन पद्यतिबाट रक्षा गरिएका लास) भनेर जिउंदै मार्ने पश्चिमा सीको गर्न कत्तिपनि हच्चिन्नौं | ड्याड वा ड्याडी पनि यो भन्दा केही कम छैन |

नक्कल त गर्नुपर्छ, मान्छेले नक्कल गरेरै सिक्ने हो तर जिउंदै रहेका आमावुवालाई मम्मी र ड्याड भन्ने भाषाको समेत नक्कल गर्ने र त्यसको गर्न प्रेरित गर्ने हाम्रा अभिभावकहरूप्रति अचम्म मान्न बाहेक के नै गर्न सकिन्न्छ र ? मातृदेव भव ले आमालाई मम्मी होइन ज्योति अर्थात् शक्तिदात्रिका रूपमा आदर गर्न सिकाउँछ |

तैसेले म भन्छु, यो लेख पढ्नेहरूले एकपटक अवश्य झस्किनु पर्छ | यस्तो नहोस् कि केही अमेरिकीहरूले नै पुन: हाम्रो शिक्षा विभागमा पुगेर "आमा" भनेको मम्मी हो भनेर सिकाएपछि मात्र हाम्रा बालबालिकाहरू "आमा" त अंग्रेजी रहेछ भनेर आफ्ना बालबालिकालाई "आमा" भन्न प्रेरित गरूँन् !!

मानव शरीर रह्यो तर मानवता हराउदै रोबोटको अवतार बच्न थाल्यो | यसको विकल्प केवल र केवल हामीसंग छ | त्यो हामी विना मूल्य पश्चिमाहरूलाई दिन सक्छौं | मेरो संकल्पले त्यही गरिरहेको छ |

घृणावाद कि सहअस्तित्व ?

घृणावाद कि सहअस्तित्व ?
नेपालको इतिहास र संस्कृति "सहयोग र सहअस्तित्व" को हो | कमसेकम विगत ५००० हजार वर्षदेखि हामीले आफ्नो यो अनुभव निरन्तर तिखार्दै आएका छौँ | तर जव देखि पश्चिमाहरूले हामीलाई "सिकाउन थाले तव देखि हाम्रो यो पांचहजारवर्षको अनुभव खल्वलियो | हामी क्षेत्रवादी, जातिवादी, अतिवादी बन्यौं | हामीले वर्गीकरणलाई महत्व दिन थाल्यौं |

युरोपेलीहरूको विज्ञता "विभाजन"मा रहेको छ | उनीहरू हरेक वस्तु-विषय वा चिन्तनलाई तोडेर, अलग्याएर परीक्षण गर्छन् | अणु-परमाणुहरूको विकास यसरी नै भएको हो | उनीहरूले राष्ट्रहरूको विकास पनि जातजातिलाई भाषा, नाक, कान वर्ग तथा लिंगको विभाजनका आधारमा गरेका हुन् | उनीहरूको रगतमा विभाजन गराउने डी,एन,ए छ |

मिलेर रहेको समाज जव विभाजनकारी चिन्तनको सम्पर्कमा आयो, स्वभावत: त्यो अतिक्रमित भयो | उनीहरूले त्यसो संक्रमण "अंग्रेजी शिक्षा"का माध्यमबाट फैलाए | गुरुकुलको समावेशी शिक्षा पद्यतिलाई विभाजनकारी शिक्षापद्यतिले विस्थापित गर्यो | हामी नराम्रोसंग संक्रमित भयौं |

अहिले हाम्रो चिन्तन विभाजनकारी पद्यतिले निर्मित भएको छ | हामी सबै विषयवस्तुहरू तोडेर, फोरेर, विभाजन गरेर बुझ्न अभ्यस्त भएका छौँ | त्यतिमात्र होइन, हाम्रो बौद्धिकताले कुनै विषयवस्तुको प्रमाणितता वा अप्रमनिकता पनि पश्चिमाहरूले नभने/नलेखेको आधारमा निर्धारित गर्छ |

हाम्रो दिमाग पश्चिमा विभाजनकारी शिक्षापद्यतिको संक्रमणले दुषित भएको भए पनि हाम्रो ब्यबहार अझै ९०% प्रदूषण मुक्त रहेको छ | १०३ जातजातिहरू १२४बटा मातृभाषा तथा संस्कृतिहरूसंगै मिलेर बसिरहेका छौँ |

विदेशीहरूको विभाजनकारी पद्यतिका संक्रमितहरूको अथक प्रयत्नले पनि हाम्रो नेपाली समाज विभाजित छैन | काठमांडूका नेवारहरूले काठमांडूबाट बाहिरका सबै जातजातिलाई सहजरूपमा स्वीकार गरेको छ | तराईले पहाडीलाई तिरस्कार गरेको छैन |

असली जीवनमा हामी नेपालीहरू भाषा, जाति, क्षेत्र वा चालचलनका नाममा कत्ति पनि झगडा गर्दैनौं | हामी एकआपसका सभ्यताहरू स्वीकार गर्छौं | नेवारले बाहुनको डाह गर्दैन न् मधेसीले पहाडीसंग नै कुनै इर्ष्या गर्छ | हामी सर्वसामान्य नेपालीहरूले यो तत्थ्य धेरै पटक, धेरै ठाउँमा प्रमाणित गर्दै आएका छौँ | यो एकता-सहकार्यको डी.एन.ए हाम्रो आफ्नो हो |

मेरो खुला चुनौती छ : कुनै पनि अमेरिकन वा युरोपेलीहरूले नेपाली समाजलाई एकताको प्रशिक्षणको प्रस्ताव नगरे हुन्छ | नेपालको हरेक व्यक्ति "सहकार्य, सहअस्तित्व तथा एकता"का विषयमा प्राकृतिक रूपले विद्यावारिधि (PhD) गरेको छ | उनीहरूले एकताको ब्यबहारिक पीएचडी गर्न नेपाली एक जना साधारण नेपालीलाई समाते हुन्छ |

मिति २७/०५/२०१७ का दिन मैले र डा. निर्मलमणि अधिकारीको सहलेखन "राज्यराष्ट्र : सिद्धान्त र अवधारणा" नामक कितावको दोस्रो संस्करणको विमोचनको घटनालाई नै उदाहरणका रुपमा लिन सकिन्छ |

कितावको लेखन पहाडियाहरूले गरेका थियौं | कितावको छपाई भक्तपुरका रैथाने नेवारहरूले गरे भने किताव छपाईको आर्थिक प्रवन्ध मधेसीबाट गरियो | एस्तो सहकार्य तथा सहअस्तित्वको ब्यबहारिक अभ्यास गरिरहेका नेपालीहरूलाई उनीहरू देखिसहेका छैनन् |

कार्यक्रमका एकजना बक्ता राजनैतिक विश्लेषक श्रीकृष्ण अनिरुद्ध गौतमले टिप्पणी गरेका थिए "मैले स्वीट्जरल्याण्डमा जर्मनभाषी स्वीस र फ्रेन्चभाषी स्वीसहरू बीच ठूलो घृणा देखें | यी दूबैजातिहरू एउटाको बाहुल्यता रहेको ठाउँमा रात विताउने कल्पना पनि गर्न सक्दैनन् |"

तिनै आएर नेपालीहरूलाई "एकता,सहकार्य तथा सहअस्तित्वको शिक्षा दिनु एउटा ठूलो दुर्घटना मात्र हो | यो दुर्घटनाका मतियाररू जनता होइन तिनका नेताहरू बनेका छन् | जनता सहअस्तित्व, सहकार्यका अनुभवी छन्, नेता र तथाकथित बुद्धिजीवीहरू त्यो अस्तित्वभित्र विभाजनका बीऊ रोपेर आफ्नो ब्युजिनेस गर्न चाहन्छ |

त्यसैले, हामी नेपालीहरूले आफ्नो प्राकृतिक विज्ञताको महत्वलाई चिन्नुपर्छ | सहअस्तित्व तथा सहकार्यको आफ्नो प्राचीन पद्यतिमा कायम रहनुपर्छ | उनीहरूले सुनुन् : हामी एक छौँ, हाम्रो सहकार्य र सहअस्तित्वको अभ्यास बेजोड छ | तिमीहरू विभाजनका वीऊ छर्नमा विज्ञ छौँ भने हामी एकता तथा सहअस्तित्त्वको बीऊका लागि प्रतिबद्ध छौँ |

तिम्रो राष्ट्रराज्य (जातीय राज्य), घृणामा आधारित पहिचानवाद र सुरक्षाका नाममा मानवीय अस्तित्व नाश गर्ने विकासको अवधारणा तिमीसंगे राख | हामीसंग हाम्रो आफ्नो रैथाने राज्यराष्ट्र, प्रेम र सहकार्यमा आधारित पहिचानवाद तथा सबैको कल्याणकारी चिन्तनको आधारमा विज्ञानको विकासका सिद्धान्त हामीसंग छन् |

हाम्रो सहअस्तित्व, सहकार्य तथा विकासको यात्रा हामी आफै गर्न सक्षम छौँ | अव तिम्रो घृणावादी पहिचान तथा राष्ट्रियताको अधोगतिका दिन आरम्भ भए | हामी अव आफ्नै जरोकिलोमा उभिएर, छरिएर कम गर्न समर्थ छौँ | हामी बीचका गुनासाहरू सुल्झाउने छौँ तर "पहिचानवादको महत्व मतदाताले बुझ्न सकेनन्" भन्दै जनतको तिरस्कार गर्ने घृणावादको यो देशबाट अवशान हुनैपर्छ |

हाम्रा सर्वसाधारण जनता पनि सहअस्तित्वको ब्यबहारमा पीएचडी छन् | जात र भाषालाई नै राष्ट्र ठान्ने विभाजनकारी चिन्तनको विष छर्नेहरूलाई देशले बहिष्कार गरेको छ | अवका दिनमा उनीहरू "एकादेशका राजा"का रूपमा याद गरिनेछन् | यो गर्न हामी सक्छौं, अवको युग नेपालबाट आरम्भ हुन्छ |

कोपगृह

कोपगृह : प्रथम मानसिक स्वास्थ्य आरोग्य केन्द्र

नेपालमा मनोबैज्ञानिक समस्याहरूको समाधान गर्न उपचारात्मक प्रक्रियाको आरम्भ संस्कृतको सबैभन्दा पुरानो साहित्य "बाल्मिकी रामायण"मा उल्लेख छ | महर्षि बाल्मिकी प्राचीन रामायण अर्थात् रामकथाका प्रथम लेखक हुन् |

बाल्मिकी रामायणको २३ सौं सर्गमा कोपगृहको वर्णन आएको छ | जहाँ राजा दशरथसंग रिसाएकी रानी कैकयीले कोप-भवनमा प्रवेश गर्छिन् र आफ्नो इच्छा राजा दशरथ लयायत राजमहलका व्यक्तिहरूलाई जनाउ दिन्छिन् | त्यसपछिको कथा हामी धेरैजसो नेपालीहरूलाई थाहा छ | दशरथले रामलाई बनवास पठाउँछन् |

कैकयीको व्यवहारलाई नेपाली समाजले नकारात्मक रूपमा लिन्छ | यद्यपि आफ्नो मानसिक समस्या स्वयम् समाधान गर्न नसक्ने देखेपछि कैकयीले कोपगृहमा प्रवेश गरेको राजा दशरथले समस्या समाधान गरिदिएपछि कैकयी सामान्यअवस्थामा फर्केको तत्थ्यलाई नकार्न सकिन्न |

विश्व-साहित्यमा रामायणको कोप-भवन सबैभन्दा प्राचीन मानसिक स्वास्थ्यगृह हो | भन्नलाई कोपगृह भनिए तापनि राजभवनका कुनै पनि सदस्यहरूले कोपगृहमा प्रवेश गरेर आफ्नो मानसिक अवस्थाको जनाऊ दिन सक्थ्यो |

खासगरी रानीहरूका लागि निर्माण गरिएको दरवार भित्रको "कोपगृह" राजकुमार, राजकुमारी तथा अन्य राजकीय सदस्यहरूले आफ्नो रीस, घृणा, चाहना वा आफ्ना मांगहरू पुरा गराउन प्रयोग गर्थे |

नेपालको बाल्मिकी आश्रममा बसेर महर्षि बाल्मिकीले रामायण लेखेका थिए भन्ने विषयमा कुनै द्विविधा रहनु हुँदैन | राजा राम र उनकी धर्मपत्नी सीताको सम्मानमा लेखिएको यो प्रथम साहित्य निसन्देह देवभूमि नेपालको विश्वका लागि देन हो भने कोपगृहका रूपमा विश्वको पहिलो मानसिक आरोग्य केन्द्रको परिकल्पना र प्रयोग पनि नेपालबाटै भएको हो भन्ने तत्थ्य प्रमाणित हुन्छ |

उपरोक्त विवरणबाट के सिद्ध हुन्छ भने जुन परामर्श विधिको खोजका बीऊहरू नेपालमा धेरै प्राचीन समय मै परिसकेको थियो भन्न धक मान्नु पर्ने अवस्था रहन्न |

वैदिक रैथाने क्लोनिग

वैदिक रैथाने क्लोनिग : के बैज्ञानिकहरूसंग जवाफ छ ?
श्रीमद्भागवतको चौथो स्कन्धमा राजा पृथुको प्रसंग छ | उनी सामान्य विधिबाट जन्मिएका होइनन् | पृथुभन्दा पहिलेका राजा बेन थिए | प्रजाले विद्रोह गरेपछि ती मारिए तर तिनका कुनै सन्तान थिएनन् |
पछि ऋषिहरूले बेनको मृत शरीरबाट आयुर्वेद विधि प्रयोग गरेर तीनवटा बालबालिकाको रचना गरे | पहिलो विधिमा एकजना कालो वर्ण भएका बालक जन्मिए ती निषाद भनिए |
दोस्रोपटकको प्रयासमा एक जना बालक र अर्की बालिकाको निर्माण भयो जसलाई पृथु र अर्चीको नामले जानिन्छ |
असलमा, क्लोनिंग विधिको आधुनिक परिचर्चा १९६६मा आरम्भ भए पनि १९९६ मा पहिलो भेडाको क्लोनिग डोलीको निर्माण भएको थियो र पछि नोभेम्बर १९९८ मा मान्छेको टिस्युबाट क्लोनिक सफल भए पनि निर्माण गर्न भने बन्देज गरियो |
१९९६ देखि अहिलेसम्म विकसित भएका क्लोनिग विधिहरूमा (पशु होस् वा मान्छे) दूबैलाई मान्छेको गर्भासय अनिवार्य देखिएको छ | तर पृथुको केसमा कसैको गर्भासय प्रयोग भएको छैन |
लाखौंवर्ष पहिलेको यो कथा काल्पनिक हुन सक्दैन किनभने ब्राहमणहरूको विद्रोहमा बेनलाई मार्न पनि हथियारको प्रयोग भएको छैन | केवल हुँ बीजको प्रयोग भएको छ | बोलेर मान्छे मार्न सक्ने विकसित समाजका लागि क्लोनिग विधि नौलो हुँदैन |
वर्तमान क्लोनिंग विधिमा (SCNT) बैज्ञानिकहरूले शरीरको एउटा कुनै भागबाट मासुको तन्तु लिन्छन् र त्यस तन्तुमा रहेको डी एन ए मा रहेका गुणसूत्रहरूलाई ल्यावमा विकसित गर्छन् | त्यसपछि त्यो गुणसूत्र कुनै जीवित व्यक्तिको गर्भासयमा स्थापित गरिन्छ |
अन्तत: अहिलेको प्रविधि मान्छेको जीवित प्राणीको गर्भासयमै आश्रित रहेको छ | तर त्यस बखत जीवित गर्भासय विना पनि तीनतीनवटा सन्तानहरू निर्माण गरिएको र ती लामो समयसम्म जीवित रहेको प्रमाण भागवतले स्थापित गरेको छ |
मरेको मान्छेको शरीरबाट कुनै जीवित बस्तुको जन्म हुनै सक्दैन | भागवतमा स्पस्टसंग भनिएको छ बेनको श्रीमती सुनिथाले उनको शरीरलाई बैज्ञानिक विधि प्रयोग गरेर नसड्ने राखेकी थिइन् |
ऋषिहरूले सुरक्षित शरीर मन्थन गरेर तीनबटा बालबालिका निर्मित गरे भन्नुको अर्थ हो : प्राचीन वैदिक संस्कृतिमा क्लोनिंग गरेर बालबालिकाहरू जन्माउने विधि विकसित अवस्थामा थियो |
ऋषिमुनिहरूले क्लोनिंग विधिका माध्यमबाट नै (कुनैको गर्भासय प्रयोग नगरी, मन्थन अर्थात् ल्याव मै) तीनवटा स्वस्थ्य बालबालिका बनाए |
वैदिक साहित्यमा क्लोनिग पृथुमात्र एक्लो उदाहरण होइन | पद्मपुराणमा रक्तबीजको प्रसंग पनि रोचक छ | देवीले अस्त्र प्रहार गर्दा बग्ने रगतबाट नै ठ्याक्कै उस्तै रक्तबीजहरू जन्मेको कथा चण्डीमा आउँछ |
भागवतको १० सौ स्कन्धमा ब्रह्माले कृष्णका साथीहरुसंग गाईबस्तुहरू चोरेपछि पुन: कृष्णले आफ्नो शक्तिको प्रयोग गरेर क्लोनहरू निर्माण गरेका छन् | तर यो कथाको तुलनामा राजा पृथुको प्रसंग निकै खदिलो छ |
यो वैदिक रैथाने विधि कतिसम्म सफल थियो भन्ने कुराको प्रमाण ती मध्ये पृथु-अर्ची राजारानी बनेर लामो समयसम्म शासन गरे भने दोस्रा निषाद पनि कविलाका राजा नै बने |
यो कथा पढेर मुख खुम्च्याउनु पर्दैन बरू विज्ञानको विकासमा हाम्रा ऋषिमुनिको पनि योगदान रहेछ भन्ने ठानेर त्यो प्रविधि खोज्नतिर लाग्नुपर्छ | पश्चिमाहरूलाई सबै विज्ञानको ठेकेदार मान्नु हाम्रो बौद्धिक दिवालीयापन हो, पिच्छ्लाग्गुपन हो |
कथा त्यसै बन्दैनन् | कथाको स्रोत समाज हुन्छ र तत्कालीन समाजमा टिस्यु कल्चर विधि प्रचलनमा रहेको हुनाले नै प्रिथुको कथा बनेको हो |
गुरुकुलमा हामीले यो रैथाने पद्यतिको पुन: खोज गर्न विद्यार्थीहरूलाई उत्प्रेरित गर्नेछौँ |
प्रतिक्रियाका लागि स्वागत छ

Wednesday, March 29, 2017

प्रथम नेपाली दार्शनिक महर्षि कपिल

प्रथम नेपाली दार्शनिक महर्षि कपि
महर्षि कपिलको जन्म ब्रहमपुत्र कर्दम र देवहुतिबाट नेपालको कपिलवस्तुमा भएको हो | श्रीमद्भागवतमा कपिल जन्मको प्रसंगमा जुन प्राकृतिक परिवेशको वर्णन भएको छ त्यस्तो परिवेश पहाड र तराईको संगमस्थलमा मात्र सम्भव हुन्छ |

महर्षि कपिल सांख्यदर्शनका प्रणेता हुन् | आफ्ना पिताले संन्यास ग्रहण गरेपछि कपिलले आफ्नी आमा देवहुतिका लागि सांख्यदर्शनको वर्णन गरेका हुन् | नेपाली समाजमा आमावुवाहरूले आफ्नो विद्वान छोराहरूलाई चौकामा बसालेर श्रीमद्भागवतको कथा सुन्ने परम्परा आज पनि विद्यमान छ | देवहुतिले कपिलवाट सांख्यदर्शनको उपदेश सुन्नुले नेपाली समाजको प्रतिनिधित्व गर्छ |

आजभोली बुद्धसंग जोडेर लुम्विनी तथा कपिलवस्तुको निकै चर्चा हुने गरेको छ | नेपाली विद्वानहरू र राजनैतिक दरिद्रताका कारण कपिलवस्तु र बुद्धको चर्चा गर्दा कपिलको चर्चा नगरिनु दूर्भाग्य हो | जवकि बुद्ध आफैले पनि उपदेशका सन्दर्भमा सांख्य-चिन्तन परम्पराको आदरपुर्वक नाम लिएका छन् |

महर्षि कपिलको दार्शनिक चिन्तन बस्तुवादी, बहुतत्ववादी, विकासवादी, सत्कार्यवादी तथा दुख उन्मुक्तिको उदेश्यसंग विस्तारित भएको छ | चेतन साक्षीका रूपमा ईश्वरको अस्तित्व स्वीकार गरिए तापनि विकास र लय प्रक्रियामा ईश्वरको कुनै आवस्यकता देखिन्न | यही भएर होला, सांख्यकारिकाका लेखक ईश्वर कृष्ण (ई.पू. २००) सांख्य प्रक्रियामा ईश्वरको कल्पना नै असान्दर्भिक भएकोले त्यसको अस्तित्व नै अस्वीकार गरेका छन् | सांख्यकारिका महर्षि कपिलको कृति सांख्य सूत्रको भाष्य हो |  

बहुतत्ववादी सांख्यदर्शनको प्रभाव त्यसपछिका समस्त दार्शनिक धाराहरूमा देखिन्छ | आचार्य शङ्कर, रामानुज, निम्वार्कआदि वेदान्ती, बौद्ध, न्यायिक, मीमांसा तथा अन्य प्रचलित तथा लुप्तप्राय (पाशुपत दर्शन, शाक्त दर्शन) भक्तिधाराआदिमा प्रसस्त परेको छ |   

महर्षि कपिलले संसारको ब्याख्या गर्दै यसलाई प्राकृतिक तत्वहरूको विकासका रूपमा पहिचान गरेका छन् | उनका अनुसार सम्पूर्ण संसारको विकास २३ बटा तत्वहरूले भएको हो जसमा पांचबाट मौलिक द्रब्य छन् भने बाँकि १८ बटा मानसिक तत्व हुन् | प्रकृति, महत्, अहंकार, पन्च ज्ञानेन्द्रीय, पन्च तन्मात्र, पन्च महाभूत तथा पन्च कर्मेन्द्रीय नै संसार हो | सत्व, रज र तमोगुणको आन्तरिक सङ्घर्षले विकासको आरम्भ हुन्छ | सत्व, रज र तमोगुण संघर्षहिन अवस्था नै प्रकृति हो |

मान्छेको व्यक्तित्व, उसको ब्यबहार तथा सोच सत्व, रज र तमोगुणहरूको मात्रात्मक संघर्षले निर्मित हुन्छ | उदाहरणका लागि तमोगुणको प्रधानता भएको मान्छेको व्यक्तित्व पापी हुन्छ, बासी तथा सामाजिकरुपले निन्दित गरेका खानेकुरामा रुची हुन्छ |

प्रकृतिको विकास उदेश्यरहित छैन | प्रकृतिको विकास चेतनाको सन्तोषका लागि हुन्छ | असलमा, मानिसमा रहेको चेतनाले अनादि ईश्वरको प्रतिनिधित्व गर्छ | आत्माले मनुष्यको शरीरमा रहेर साक्षीका रूपमा प्राकृतिक घटनाहरूको उपभोग गर्छ |

महर्षि कपिलका अनुसार शुद्ध चेतना प्रकृतिको संसर्गमा परेर प्राकृतिक विषयहरू काम, क्रोध, लोभ. मोहआदिमा बाँधिदै जान्छ | एस्तो बन्धनले चेतनामा सुखदेखको वेदना जन्माउछ | तर सुखको वेदना भन्दा चेतनालाई दुखको वेदनाले अधिक प्रभावित पार्छ |

महर्षि कपिल संसारका पहिलो मनोवैज्ञानिक पनि हुन् | युरोपेली विद्वान् ...मनका तीनबटा स्तर : अचेतन, अर्धचेतन तथा चेतनाको ब्याख्या गरेको ३००० हजार वर्षपहिले नै कपिले आध्यात्मिक, मानसिक र शारीरिक दुखका विषयमा वर्णन गरेका थिए | मानसिकरूपमा उत्पन्न हुने वेदनाहरू आध्यात्मिक दुख हुन् | दैव वा भैपरी आउने दुखहरू देवी हुन्छन् र यी दुवै र प्राकृतिक कारणले उत्पन्न हुने दुखहरू शारीरिक हुन्छ | आजका मनोवैज्ञानिकहरूले खोज गरेझैं (मास्लो) चेतनाका विभिन्नस्तर अनुसार सुख र दुखको अनुभूति पनि वेग्लै हुन्छ |

मान्छेको लक्ष प्राकृतिक बन्धनबाट (सुख तथा दुख) मुक्ति प्राप्त गर्नु हो | सत्व, रजस तथा तामसी प्रकृतिको रमझमबाट मुक्ति प्राप्त गर्नका लागि प्रकृतिको विकास तथा प्रलयको विषयमा तत्थ्यात्म्क ज्ञान हुनुपर्छ | प्रकृतिको विकास तथा प्रलय दुवै भैनै रहन्छन् | यस्तो विकासले कुनै पनि अस्तित्वको लोप हुँदैन तर रुपान्तरण हुन्छ | आजको विज्ञानले भनेझैं विकास प्रकृतिको सदपरिणाम हो | कुनै पनि बस्तु शून्यबाट उत्पन्न हुँदैन |

महर्षि कपिल विश्वका प्रथम बैज्ञानिक हुन् जसले विश्वको विकासवादी ब्याख्या प्रस्तुत गरेका झन् | यिनका अनुसार कुनै पनि बस्तुको विकास हुनु र लोप हुनु प्राकृतिक कुरा हो | कुनै पनि बस्तुको अस्तित्व सधैंका लागि शून्य हुनै सक्दैन | रुपान्तरणलाई शून्यता ठान्नु अनुचित हो |   


हुन त कुनै पनि प्राचीन ऋषिमुनि वा विचारकहरूलाई नेपाली वा भारतीय भन्नु उनको अवमूल्यन हो तर भारतीय विद्वान र भारतबाट प्रभावित अन्य विद्वानहरूले “भारतीय अथवा इन्डियन” शब्द प्रयोग गरिरहेको सन्दर्भमा वर्तमान राजनैतिक नेपालभित्र जन्मेका प्राचीन विचारकहरूलाई “नेपाली दार्शनिक” भन्नुनै उचित हुन्छ | यद्यपि मेरो यो उठान धेरै भारतीय विद्वानहरूको मनमा केही चिसो पस्ने छ | यस अर्थमा, नि:सन्देह महर्षि कपिल विशुद्ध नेपाली प्रथम दार्शनिक हुन् | त्यैपनि विद्वानहरूले मैले राखेको दावीलाई प्रमाणित गर्ने काम भने थाती राख्नु हुँदैन | स: प्रमाण उपस्थित भएका दावीहरूलाई अस्वीकार गर्न मिल्दैन र गर्नु पनि हुँदैन |  

द्वैताद्वैत, निम्बार्क र वेदान्त दशश्लोकी

द्वैताद्वैत, निम्बार्क र वेदान्त दशश्लोकी  निम्बार्क उपासना  नियमानन्द शान्ति र साधनाप्रिय ब्राह्मण थिए | उनले पढेको गुरुकुलमा गुरूले "...