Friday, March 8, 2024

अतिवादको मारमा हिन्दू पर्वहरू

 अतिवादको मारमा हिन्दू पर्वहरू

आज विहानै एउटा नाम चलेको पत्रिकाले "शिव मिथक हुन्" भनेर छापेको पढेपछि मेरो मानसिक शान्ति भंग भयो | आराध्यदेव श्रीपशुपतिनाथको दर्शन गरेर फकिएँ | मेरो मोबाइल पनि त्यही कसैलाई मन पर्यो तर पशुपतिनाथको दर्शनपछि पनि उत्तर दिने विचार झन् बलियो भयो | १ अरव २०

करोड़को मनमन्दिरमा विराजमा शिवलाई "मिथक" भन्नेलाई प्रश्न गर्न मन लाग्यो |
धेरै देश घुमियो, धेरै मान्छेसंग सङ्गत गरियो | धेरै धार्मिक समुदायहरूसंग उठवस गरियो, बुद्ध-पूर्णिमा, ह्लोसार, इद, क्रिसमसजस्ता धार्मिक एवं सांस्कृतिक कार्यक्रममा प्रेमपूर्वक, मित्रतापूर्ण तवरले समावेश भइयो तर ती समुदाय र देशका अखवारहरूले वाइबल वा कुरानका विषयवस्तुहरूलाई "मिथक" लेखिएको पढ्न पाइएन् | उनीहरू आफ्ना सांस्कृतिक पर्वमा आनन्द लिन्छन्, एकआपसमा प्रेम साटासाट गर्छन् | यसो गर्दा उनीहरूमा कुनै पनि प्रकारको हीनताबोध हुँदैन | "मिथक वा बास्तविक" भन्ने कुनै वहस हुँदैन | पर्वहरूलाई आत्मविश्वास तथा सामाजिक सद्भाव तथा एकताका रूपमा स्वीकार गरिन्छ | नमान्नेले पनि "मिथक" भन्दै अपमान गर्दैनन् |
प्रगतिशील हुनु, अग्रगामी हुनु, विज्ञानमा विश्वास गर्नु एउटा कुरा हो भने आफ्नै संस्कृतिको आलोचना गर्न घृणावादको बाटो अवलम्बन गर्नु अर्को कुरा हो | नेपाली राजनीतिमा समाजवाद तथा साम्यवादको अर्थ नै "आफ्नो मौलिक धर्म, संस्कृति, परम्परा तथा विज्ञानप्रति उदासीन वा आक्रामक हुनु र विदेशी राजनीति, प्रतिमान तथा धर्महरूप्रति लोयल" हुनुनै कर्तव्य बनेको छ | हिन्दू-बौद्धहरूलाई मुसाई-कपु आँखाले पढ्नु नै गलत हो | इतिहासमा हिन्दू राष्ट्रहरूको हत्या गरिएको छ तर कुनै पनि हिन्दू राष्ट्रले अन्य संस्कृतिको हत्या गरेको छैन | प्रगतिशील र समाजवादको नाम जप्दैमा नेपालले क्रायोजनिक इन्जन अमेरिकालाई वेच्न सक्ने भए नेपाली राजनैतिक शक्तिहरूले अहिले बेच्ने थिए ! हिन्दू धर्मको खेदो खनेर बस्ने थिएनन् !
आराध्यदेव पशुपतिनाथ र शिवरात्रि पर्वलाई "मिथक" लेख्ने अखवारका पानाहरू पल्टाएर हेरें, त्यो अखवार र ती लेखकले बौद्धपूर्णिमा, इद, क्रिसमस वा इस्टर वा भेलेन्टाइन-डेका अवसरका लेखे र छापेका लेखहरूमा "मिथक" शब्द प्रयोग गरेका थिएनन् | एतिबिध्न आफ्ना मौलिक चाडवाडसंग घृणा गर्ने, शत्रूता राख्ने तथा हिन्दू-हरूका सांस्कृतिक, धार्मिक तथा सांस्कृतिक पर्वहरूसंग घृणा गर्ने मानसिकताको स्रोत के होला ? मैले आफैसंग प्रश्न गरें | अर्को कुरा, हिन्दू एउटा विशाल संस्कृति हो | सांस्कृतिक रूपमा यसभित्र पनि आलोचना तथा सुधारका धेरै थोक छन् | हिन्दू-समाजले आफुलाई सुधारी रहेको छ | जडतामा "प्रगतिशील र समाजवादीहरू छन् जसले मुसाई कट्टरपन्थीहरूलाई "धर्मनिरपेक्ष शक्ति"को मान्यता दिएका छन् | संसारको राजनीतिमा यो भन्दा आश्चर्य अरू केही हुनै सक्दैन कि धर्मनिरपेक्षवादीहरू धर्मपरिवर्तन गराउनमा मरीमेटीरहेका छन् |!
यसको उत्तर हो - घृणावादी राजनीति र शिक्षानै यसको स्रोत हो | यदि कसैलाई आफ्नो धर्म, संस्कृति तथा सभ्यतासंग घृणा हुन्छ भने त्यो समाज र देश नै छोडेर आफुलाई मन पर्ने धर्म, संस्कृति तथा परम्पराको अङ्ग बन्न जान्छ | तर जो आफ्नै समाजभित्र बसेर, यहाँका संसाधनहरूको प्रयोग गरेर, यसै संस्कृतिको जरो काट्ने काम गर्छ त्यो मानो रोगी हुन्छ अथवा "विदेशी भाडा"को घोडा | भाडाको घोडाको काम आफ्ना मालिकहरूको उद्देश्य पूर्ति गर्नु बाहेक अरू कुनै काम हुँदैन |
यस पटक श्रीपशुपतिनाथमा पहिलापहिलाजस्तो भक्तजनहरूको घुइचो छैन | भारतीय दर्शकहरू भारतमै रोकिएजस्तो लाग्यो | अर्कोतिर, पशुपतिनाथको मन्दिरभित्र वाहेक खासै उत्सवको बातावरण छैन | सरकारीतन्त्रले श्रीपशुपतिनाथको पर्यटनसंग खेलवाड गरेको प्रष्टसंग देख्न र बुझ्न सकिन्छ | सायद, तथाकथित प्रगतिशीलहरूले नेपाललाई सांस्कृतिक तथा धार्मिक पर्यटनको स्थलका रूपमा होइन "समाजवाद"को पर्यटनस्थल बनाउने तयारी गर्दैछन् ! नेपालका मौलिक तथा सांस्कृतिक एवं धार्मिक पर्वहरू नष्ट गर्दा कसलाई "नाफा हुने" हो, सरकारीतन्त्रमा रहेका "दास"हरूले नै जानुन् |
श्रीपशुपतिनामको एउटा नाम "अचिन्त्य" पनि हो | शिव के हुन् उनै ले जानुन् | तर विश्वका १ अरव २० करोड़ हिन्दूहरूका मनमा "शिव"को निवास छ | सबै शिव मन्दिर जान जरूरी छैन तर शिव मन्दिर नजादैमा मनबाट शिवको अवसान हुँदैन | शिव (शान्ति) शङ्कर (शान्ति दाता) पशुपति (चेतना) तथा शक्ति जताततै व्याप्त छ | मिथक लेखेर विदेशी अन्नदाता रिझाउने वा आफ्नो "दम्भको जडता प्रकट गर्ने तिमीलाई पनि "शान्ति र शक्तिले" विभेद गर्ने छैन | मृत्युको महारात्रीबाट तिमी जोगिन सक्ने छैनौ | तिम्रो मृत्यु "शून्यता"मा हुने छ भने मेरो मृत्यु शिवको शान्त काखमा हुनेछ | तिमी जीवनको अन्त्यसम्म घृणावादमा बाच्ने छौँ र तर मभित्रको शिवसंग म प्रेम, स्नेह, पूर्णता, सन्तोषसंग बाँच्ने छु |
श्रीपशुपति नाथ हामी सबै नेपालीका साझा आराध्यदेव हुन् | कुकुरहरू भुक्दैमा केही फरक पर्दैन | सन् १३४९ मा कासिमले पशुपतिनाथमा विध्वंस मचाएको थियो र उसले आगो लगाएका कारण काठमाडौँका पुस्तकालयहरू पांचमहिनासम्म जलेको इतिहास छ | तर त्यो इतिहास विर्सेर आज सरकारीतन्त्रका मान्छेहरू "एकलकाटेवाद"का आराधनाकर्ताहरूलाई स्वागत गर्न व्यस्त छ | मानवाधिकारको तलवार तेर्स्याएर तथाकथित बलिया राष्ट्रहरूले नेपालको सांस्कृतिक गौरव नष्ट गर्न आदेश दिएको होईन भन्न मिल्ने अवस्था र छैन | यी क्रूरतम कुकुरहरूले हिन्दू संस्कृतिलाई जति लुझेर समाप्त पार्न खोजे पनि "सनातन"को अन्त्य असम्भव छ |
वैदिक सनातन धर्म नदीझैं गतिशील छ | यो गतिशीलतासंग "जडतावादी"हरू रिसाएका छन् | आफ्नो जडतापूर्ण एकलकाटेवाद (राजनैतिक र धार्मिक) नेपालको बहुलवादी संस्कृतिमा थोपर्न चाहन्छन् | राजनीतिसंग विदेशी एकलकाटेवादीहरूको गठवन्धन लुकेको छैन | नेपाली वैदिक सांस्कृतिक सम्पदामा "एकलकाटे"हरूको दुष्ट नजर परेको छ | यहाँ ती दुष्टहरूका धेरै मतियार जन्मिएका छन् | गतिशीलताको सबैभन्दा राम्रो पक्ष परिवर्तनशीलता र स्वीकार्यता हो | आज वैदिकहरूप्रति राजनैतिक पूर्वाग्रह बढेको हुँदा "हिन्दूहरूसंग कट्टरताको बाटो अपनाएर आफ्नो पहिचान जोगाउनुको विकल्प छैन | यदि राजनैतिक शक्तिहरूले आफ्नो दृष्टिकोण परिवर्तन गरेर नेपालको मौलिकताको पक्षमा उभिंदैन भने त्यस्तो पूर्वाग्रह विरुद्ध हिन्दूहरू एकठाउँमा उभिनु पर्छ | वैदिक संस्कृतिको सांस्कृतिक आमहत्याका विरुद्ध बोल्नैपर्छ |
नेपाल शिवशक्तिको देश हो | नेपाल बुद्धको देश हो | तिमीले जसको गुलामी गरिरहेका छौं उसले विश्वलाई अशान्तमात्र होइन अणुवमहरूको जाल ओछ्याएर तिम्रो "मिथक"समेतलाई धरापमा पारेको छ | शिव-शक्ति र पशुपतिनाथको देशबाट विश्वलाई अशान्त बनाउने कुनै क्रियाकलाप हुने छैन तर तिमीजस्ता "मिथक"का स्वामीहरूले नेपालीहरूको पनि शान्ति भङ्ग गरिरहेको छ | तिमीजस्ता "घृणावादी"का कारण नेपालले आफ्नो हिमाल गुमाउनु परिरहेको छ, सनातन संस्कृति गुमाउनु परेको छ | कहिलै नदेखिएको नसुनिएको "जातिवाद, भूगोलवाद, भाषावाद, रेसिज्मका कारण देश दुख्न थालेको छ |
एति हुँदाहुँदै पनि श्रीपशुपतिनाथले तिम्रो कल्याण गरूँन् | तिम्रो मष्तिस्कभित्र भरिएको घृणावादको विष श्रीनिलकण्ठले स्वीकार गरूँन् |

No comments:

Post a Comment

लोग्नेस्वास्नी र सम्बोधन

लोग्नेस्वास्नी र सम्बोधन फरक संस्कृति , परम्परा र भाषाका अनुसार लोग्नेस्वास्नी विच एकआपसमा सम्वाद गर्ने चलन हुन्छ | मांगी विवाह होस् वा प्रे...