Saturday, March 2, 2024

 नेपाली कांग्रेसका १०७६ महासमिति सदस्यहरूले नेपाल "हिन्दू राष्ट्र हुनुपर्छ" भन्दै हस्ताक्षर गरेर सभापति देउवालाई बुझाए तर महासमितिको छलफलमा त्यसले प्रवेश पाएन | यसको सीधा अर्थ हो - शीर्ष नेतृत्व "नेपाल हिन्दू राष्ट्र बन्नुपर्छ" भन्ने मान्यताका विषयमा उदार भैसकेको छैन | अन्य पार्टीहरूका तुलनामा चिन्तनको स्वतन्त्रताका सवालमा नेपाली कांग्रेस अलि उदार मानिन्छ | 

संविधान निर्माण गर्ने क्रममा हिन्दू राष्ट्रको मांग तीब्र भएपछि तत्कालीन सभामुख श्रीनेग्वाडले जनतासंग सूझाव लिने नाटक मन्चन गरे तर ती सुझावहरू रद्दिको टोकरीमा फालिए | तेसै बखतका प्रधानमन्त्री माधवकुमार नेपालले "देशको दीर्घकालीन हितका लागि नेताले हिन्दू राष्ट्रको बढी मांग भए पनि धर्मनिरपेक्षता स्वीकार गरेको" अभिव्यक्ति दिए | राप्रपा लगायत केही दलहरू घोषित रूपमा नै "हिन्दू राष्ट्र र संबैधानिक राजतन्त्र"का पक्षमा उभिएका छन् | कम्म्युनिस्टहरू परम्परगत रूपमै राजतन्त्रका विरोधी हुन् तर हिन्दूराष्ट्रका सवालमा धेरैजसो "चूप" रहन उचित ठान्छन् |

No comments:

Post a Comment

लोग्नेस्वास्नी र सम्बोधन

लोग्नेस्वास्नी र सम्बोधन फरक संस्कृति , परम्परा र भाषाका अनुसार लोग्नेस्वास्नी विच एकआपसमा सम्वाद गर्ने चलन हुन्छ | मांगी विवाह होस् वा प्रे...