Saturday, September 1, 2018

जगदगुरु श्रीकृष्णको गुरुकुल

मथुराको राजा कंशको अन्त्य गर्दा श्रीकृष्णको उमेर ११ वर्ष थियो | (कहीं ७ र ९ पनि भन्ने गरिएको छ) तेस बखतसम्म गोकुलमा कृष्ण र बलरामले कुनै औपचारिक शिक्षा प्राप्त गरेका थिएनन् | बसुदेव र नन्दले सल्लाह गरेर श्रीकृष्ण र बलरामलाई शिक्षाध्यनको लागि ऋषि सांदीदिपनीको गुरुकुलमा पठाउने निर्णय गरे |

तेस बखत सबै गुरुकुलहरू अनिवार्य रूपमा आवासीय हुन्थे | राजाकै सन्तान भए पनि गुरुकुलमा सर्वसाधारण सरह नै विद्यार्जन गर्नुपर्थ्यो | साथै, गुरुले ठानेमा बटुकहरूको कठोर परीक्षा पनि लिने गर्थे | अभिभावक वा मातापिताले आचार्यको निर्णयमा औला ठड्याउन पाउन्नथे | कृष्ण र बलराम पनि सामान्य विद्यार्थी सरह नै गुरुकुलमा भर्ना भए |

बलराम र श्रीकृष्ण पनि मृगछाला, जनै र दण्ड लिएर आचार्य आश्रम पुगे | सम्भवत: श्रीकृष्ण र बलरामले पनि अन्य छात्रसरह नै गुरुकुलको नियममा बाँधिएर दैनिकीमा सलग्न भए | ब्रहममुहुर्त (सूर्योदय भन्दा ४ घडी पहिले) जाग्ने र वेलुका ९ बजेसम्म अध्ययन/अध्यापन गर्ने, भिक्षाटन गर्ने आदिकाम श्रीकृष्णले पनि गरेको भन्ने स्पस्ट उल्लेख गर्ग-संहिताले गरेको छ |

जे-होस्, श्रीकृष्णले एउटा साधारण विद्यार्थी सरह नै रहेर ६० दिनमा सम्पूर्ण विद्याहरू सिके | श्रीकृष्ण असामान्य थिए | तेसैले उनले साठी दिनमा सम्पूर्ण १४ विद्या र ६४ कला सिके | चारवेद, चार उपवेद (धनुर्वेद) अर्थशास्त्र, गन्धर्ववेद र आयुर्वेद) र वेदांग (शिक्षा, कल्प, व्याकरण, ज्योतिष, निरुक्त र छन्दशास्त्र) सिक्न सकें | जान्ने विद्यार्थीलाई कक्षा फड्काउने चलन आज पनि नेपालमा प्रचलित छ भने १८ वर्षको उमेर मै प्रोफेसर बनेर आलिया सबुरले १९०९ मा चर्चा पाएकै थिइन् | भारतका आकृत जायसवाल ७ वर्षको कलिलो उमेर सर्जन बनेका थिए |

शिक्षा पूर्ण भएपछि गुरुदक्षिणाका रूपमा श्रीकृष्णले गुरुका मृतछोराहरूलाई स्वर्गबाट झिकाएकाको अद्भूत प्रसंग छ | श्रीकृष्ण गुरुकुलको लागि दाउँरा खोज्न जङ्गलमा गएका थिए भन्ने कुरा सुदामा र चनासंग जोडिएको कथाले स्पष्ट पार्छ |

श्रीकृष्ण र बलराम शिक्षा ग्रहण गरेपछि पुन: मथुरा नै फर्किए | तर उनी कहिले पनि राजा बनेन् | वृन्दावनमा हुर्केको खेलेको एउटा सामान्य गोठालाले कंशको बध गर्ने, द्वारिकाजस्तो नगर निर्माण गर्ने र महाभारतजस्तो ठूलो युद्धको मुखमा श्रीमद्भगवत-गीताजस्तो अद्भूत प्रवचन गर्ने कुराहरू श्रीकृष्णका लागि मात्र सम्भव छ |

मैले यहाँ उल्लेख गर्नै पर्ने विषय के हो भने श्रीकृष्णले आफु भगवान् भएर पनि एउटा सामान्य बालबालिकासरह गुरुकुलमा जानु र गुरुको आज्ञा पालन गर्दै पढ्नु नै महत्वपूर्ण कुरा हो | एसले प्राचीन भारतवर्षमा "शिक्षा"को महत्व कतिधेरै रहेछ भन्ने थाहा हुन्छ | भगवान आफै गुरुकुलको विद्यार्थी बनेर अरूलाई शिक्षाप्रति जागरुक गरेको र गुरु, आचार्य र मातापिताप्रति सम्मान व्यक्त गर्नुपर्छ भन्ने मार्गदर्शन गर्छ |

श्रीकृष्ण जेलखानामा जन्मिएका बालक हुन् | श्रीकृष्ण बाल्यकालमा धेरै पटक हत्याको प्रयासबाट जोगिएका एकजना बालक हुन् | श्रीकृष्ण नौनीचोर, लुगाचोर र  मनका चोर हुन् | श्रीकृष्ण मातापिताका आज्ञाकारी असल छोरा हुन् | श्रीकृष्ण अद्भुत क्षमता भएका एउटा जादुगर हुन् | श्रीकृष्ण असल विद्यार्थी हुन् | श्रीकृष्ण असल र सहयोगी मित्र हुन् | गोपिनीका प्रेमी हुन् | श्रीकृष्ण १६०१०८ महिलाका पति हुन् | श्रीकृष्ण योगेश्वर हुन् | श्रीकृष्ण शान्तिदूत हुन् | श्रीकृष्ण सर्वोत्तम बीर हुन् | श्रीकृष्ण सबैभन्दा कनिष्ट सेवक हुन् | श्रीकृष्ण दार्शनिक हुन् | कृष्ण जगदगुरु र आचार्य हुन् | श्रीकृष्ण असल मित्र हुन् | श्रीकृष्ण सङ्गीतकार तथा मुरली वादक हुन् | श्रीकृष्ण एउटा असल शिक्षक हुन् | विश्वमा सबैले अनुसरण गर्न सकिने एकमात्र व्यक्तित्व हुन् | उनी अद्वितीय विराट पुरुष हुन् | श्रीकृष्ण पूर्णपुरुषोत्तम र हरेक मान्छेले पछ्याउनै पर्ने विराट व्यक्तित्व हुन् |

मेरो जीवनमा सबैभन्दा प्रभाव पर्ने व्यक्तित्व श्रीकृष्ण कै हो | जेलखानामा जन्मेको, गोठालाले हुर्काएको, शत्रुहरूले आफ्नो मूलभूमिबाट खेदेको अवस्थामा पनि आफ्नै प्रयन्त र साहसले "जगदगुरु" बन्ने एकमात्र श्रीकृष्ण नै हुन् | श्रीकृष्णले जतिधेरै प्रेम सिकाउनु भएको छ तेतिनै धेरै निर्लिप्त हुन पनि सिकाउनु भएको छ |

श्रीकृष्णको जन्मलाई उत्सवका रूपमा मनाउने पर्व "श्रीकृष्णअष्टमी"का अवसरमा हामी सबैको शिक्षा, गुरू र गुरुकुलप्रति एकबद्धता बनोस् | हामी सबै श्रीकृष्णको गुरुत्व, आचार्यत्व तथा ईश्वरत्वको छायामा हुर्कन सकौं | सबै श्रीकृष्णझैं स्वधर्मको रक्षा, स्वसंस्कृतिको रक्षा र अन्धविश्वासप्रति असहमत हुने हामी सबैमा साहस प्राप्त होस् | हामीमा धर्मका लागि अर्थात्सआफ्नो्जरोकिलोका लागि स्वधर्मे निधनं श्रेय: परधर्मो भयावह अर्थात् आफ्नो धर्मसंस्कृतिप्रति हामी भित्र प्रेम जगोस् |

No comments:

Post a Comment

लोग्नेस्वास्नी र सम्बोधन

लोग्नेस्वास्नी र सम्बोधन फरक संस्कृति , परम्परा र भाषाका अनुसार लोग्नेस्वास्नी विच एकआपसमा सम्वाद गर्ने चलन हुन्छ | मांगी विवाह होस् वा प्रे...