मैले नेपाली जनजीब्रोमा प्रचलित "लोग्नेस्वास्नी" शब्दको प्रयोग गरेको पढेर केही व्यक्तिके फोन गरेर "स्वास्नी" भन्नु "लैङ्गिक" अपमान हो | यस्तो शब्द प्रयोग गर्नु उचित हुन्न भन्ने सल्लाह दिनुभयो | केटाकेटीलाई "आउनुस, जानुस्" भनेर सिकाउने, महिलालाई सम्बोधन गर्दा "आइमाई" भन्न हुँदैन भन्नेजस्ता चिन्तनको निरन्तरता हो | तपाईंलाई उचित लाग्दैन भने प्रयोग नगर्नुस्, नेपाली शब्दहरू मर्न नदिन पनि, हामीले जनजीब्रोका शब्दहरू प्रयोग गर्नेपर्छ | यस्तो सल्लाह दिनेहरूप्रति मेरो सम्मानभाव छैन |
Wednesday, February 28, 2024
के म असल स्वास्नी हुँ ?
मैले नेपाली जनजीब्रोमा प्रचलित "लोग्नेस्वास्नी" शब्दको प्रयोग गरेको पढेर केही व्यक्तिके फोन गरेर "स्वास्नी" भन्नु "लैङ्गिक" अपमान हो | यस्तो शब्द प्रयोग गर्नु उचित हुन्न भन्ने सल्लाह दिनुभयो | केटाकेटीलाई "आउनुस, जानुस्" भनेर सिकाउने, महिलालाई सम्बोधन गर्दा "आइमाई" भन्न हुँदैन भन्नेजस्ता चिन्तनको निरन्तरता हो | तपाईंलाई उचित लाग्दैन भने प्रयोग नगर्नुस्, नेपाली शब्दहरू मर्न नदिन पनि, हामीले जनजीब्रोका शब्दहरू प्रयोग गर्नेपर्छ | यस्तो सल्लाह दिनेहरूप्रति मेरो सम्मानभाव छैन |
Monday, February 26, 2024
के तपाईं असल लोग्ने हो ?
उपरोक्त प्रश्नको उत्तर हरेक लोग्नेले आफूतिर फर्केर सोध्नुपर्छ | विश्वका अनेकौं जर्नल र लेखकहरूले "असल लोग्नेका अनेकौं गुण"वारे थुप्रै लेखेका छन् | तर ती सबैजसो नेपाल र नेपालीको वास्तविक परिस्थितिसंग मेल खाए काकताली सम्झिनु पर्छ | आजको नेपाली समाज अत्यन्त गतिशील छ | केवल १० वर्षको अन्तरालमा धेरै व्याबहारिक परिवर्तन भएको अनुभव गर्न सकिन्छ | तर मान्छेलाई सधैं इतिहास मन पर्ने हुँदा संस्कृतिको सवालमा अलिअलि "पुरानो कुरा"लाई महत्व दिन्छ |
हिन्दू कट्टरताको वहस !!
हिन्दू र कट्टरताको वहस
भारतमा हिन्दूवादी सरकार, त्यसको दोश्रो कार्यकालमा अयोध्यामा राममन्दिरको उद्घाटन र भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर मोदीको विन्दास हिन्दू-जीवनशैलीले भारतीय धर्मनिरपेक्षतावादी, धर्मनिरपेक्षतालाई प्रयोग गर्ने कट्टरपन्थी मुस्लिम, इसाई तथा अम्वेडकरवादीहरू आतंकित भएका छन् | त्यो आतंकका बाछिटाले नेपाली धर्मनिरपेक्षतावादीहरूका पनि मनोबैज्ञानिक आतंक देखिन्छ | नेपाली राजनीतिमा भारतीय राजनीतिको कस्तो र कहाँसम्म हस्तक्षेप छ, त्यो नेतृत्वमा रहेकाहरूले बुझुन् र "मम" भनुन् तर नेपाली बहुसंख्यक हिन्दूहरूले आफ्नो धर्म, संस्कृति, परम्परा तथा पद्यतिहरूमा गरिएका घूसपैठ र धार्मिक, सांस्कृतिक आक्रमण विरुद्ध प्रतिक्रिया दिंदै गर्दा वास्तविक धर्मनिरपेक्षतावादी खेमा र स्वार्थका लागि धर्मनिरपेक्षताको मुकुण्डो लगाएकाहरू "समानता, सहअस्तित्व तथा लोकतान्त्रिक संस्कारहरूको रोइलो आरम्भ गरेका छन् | केही परिचित पत्रकार तथा राजनैतिक अनुहारहरूले हिन्दूहरूलाई "सहिष्णुता" उपदेश नै दिएको सुनियो | त्यो उपदेश, धम्की वा कुण्ठाको निकास हो ? भन्न गाह्रो छ |
भन्नका लागि नेपालमा हिन्दूहरूको वहुमत छ तर यो अभिमत सुप्तप्राय छ र साम्यवादी, समाजवादी, जातीवादी तथा डलरवादी खेमामा छरिएको छ | बहुमतको महत्व केवल नेताहरूका लागि हुन्छ | विश्वको जुनसुकै सामाजिक, धार्मिक, सांस्कृतिक तथा राजनैतिक परिवर्तन बहुमतका कारण होइन अल्पमतका कारण हुन्छ | बहुमत सधैं परम्परावादी, शान्त तथा सधैं बगिरहेको खोला झैं हुन्छ | त्यो शान्त र स्वच्छ खोलालाई सजिलैसंग धमिल्याउने, धार परिवर्तन गराउने काम "खहरेहरू"बाट हुन्छ |विश्वमा जति अशान्तिहरू छन्, ती सबै अल्पमतबाट उत्पादन भएका छन् | बहुसंख्यक समुदाय "क्रान्तिकारी, आतंककारी, परिवर्तनकारी"को सङ्घर्षको छातामा आफै समेटिन पुग्छ | अल्पमतको "जुझारुपन"का आगाडी बहुमतले सधैं निहुरिएर आधिपत्य स्वीकार गर्छ | उदाहरणका लागि माओवादीहरूले युद्धको अभ्यास गरिरहंदा नेपालको ठूलो "जनसंख्या" शान्ति प्रिय र भीरू (डरपोक) थियो | माओवादीमा लागेर "सङ्घर्ष" गर्नेहरू त्यस बखतको नेपली जनसंख्याको नगण्य प्रतिनिधित्व गर्थ्यो | त्यसवेलाको शान्ति-प्रिय ठूलो जनसंख्याले "डर वा वेवास्तापन"का कारण सजिलैसंग माओवादीको छातालाई स्वीकार गर्यो |
संसारको जनसंख्या मध्ये ९०% जनताहरू शान्ति प्रिय, परम्परावादी, आफ्नो बाटोमा खुरुखुरु हिड्ने हुन्छन् | संसारका करोडौं मुसलमानहरू शान्ति-प्रिय छन् तर त्यहींभित्रका केही हजार "कट्टरपन्थी"हरूको क्रान्तिकारिताका कारण विश्वका "शान्ति-प्रिय" बहुसंख्यकले मुसलमानहरू कट्टरपन्थी हुन्छन् भन्ने मनोविज्ञान बनाएको पाइन्छ | यसैगरी, नेपालको ८२% जनसंख्याको प्रतिनिधित्व हिन्दू-समुदायले गर्छन् तर केवल १.५% इसाईहरूले नेपालको सार्वजनिक संकथनमा "नेपालको प्रमुख धार्मिक समूह"मा आफुलाई दर्जामात्र गराएको छैन कि अल्पसंख्यकका रूपमा सधैं चर्चित पनि हुने गर्छ |
असलमा, नेपालको ८२% हिन्दूहरू शान्ति-प्रिय भएकै कारण आफ्नो मौलिक थलोबाट आफ्नै अस्तित्वमा प्रहार हुँदा समेत "कंग्रेस, कम्युनिस्ट, समाजवादी, मानवतावादी, धर्मनिरपेक्षतावादी वा उपेक्षावादी भएर आफ्नो अस्तित्वलाई आफै चुनौति दिंदै छ | बहुमत हिन्दूहरूले आफूभित्र रहेका "क्रान्तिकारी र पहिचानवादी" हिन्दू समुदायको समर्थन गर्दैनन् | अन्य धार्मिक र सांस्कृतिक समुदायहरू थोरै छन्, तेसैले तिनले नेपाली समाजमा आफ्नो "हैसियत" स्थापित मात्र होइन बहुसंख्यक हिन्दू तथा बौद्धका मौलिक प्रतिमान तथा आदर्शहरूउपर प्रत्यक्ष आक्रमण गरेर निमिट्यान्न पार्ने युद्धक्षेत्रमा कार्यरत छन् |
-शान्तिप्रिय, सज्जन तथा बहुलतावादमा विश्वास गर्ने "परम्परागत" हिन्दू तथा बौद्ध समुदायले आफ्नो "चिता जलेको आफै हेर्न सक्छ तर चुईक्क" बोक्दैन | तेसैले यो समुदायभित्रका "क्रान्तिकारीहरू, कट्टरपन्थीहरू तथा आफ्नो अस्तित्वको रक्षा गर्ने सङ्घर्षलाई बुझेकाहरू "चूप" लाग्नु हुँदैन | विश्वको इतिहास साक्षी छ, शान्तिप्रिय बहुसंख्यकहरूले पनि आफ्नो मौलिक अस्तित्व "सानो समूहका क्रान्तिकारी र कट्टरपन्थी"बाट नै जोगाएका हुन्छन् | यदि पाकिस्तान वा अफगानिस्तानमा सानो हिन्दू-समुदाय जीवित छ भने त्यो तिनीभित्र भएको "क्रान्तिकारिता र कट्टरपन्थ"ले नै हो |
कट्टरपन्थी विचार, कट्टरपन्थी स्वभाव, कट्टरपन्थी व्यबहारको बलियो विकास र प्रवर्धन नगरेसम्म नेपालको मौलिक हिन्दू -पहिचान र इतिहासको रक्षा हुनै सक्दैन | मुस्लिम वा इसाई विरुद्ध भौतिक वा बैचारिक आक्रमण गर्दैमा बहुसंख्यकको रक्षा हुँदैन | असलमा, जुन जागिसकेका छन्, ती अगुवाहरूले बहुसंख्यक हिन्दूहरुका विचबाट "क्रान्तिकारी, कट्टरपन्थी तथा जागरुक"हरूलाई खोजेर परिवर्तनको लागि सङ्घर्षमा उतार्नु पर्छ | जुन बखत, अन्य कट्टरपन्थीहरू भन्दा "हिन्दू कट्टरपन्थी"को बाहुवल बढी हुने छ, निरपेक्षवादी हिन्दूहरू पनि सर्लक्क "हिन्दूत्व"का पक्षमा उभिने छन् | अन्य समुदाय स्वत: पराजित हुने छ | राजनीतिको नियम यही हो |
विश्वास गर्नुस्, शान्तिप्रिय बहुसंख्यक सधैं "निरपेक्ष" हुन्छन् र यस्तो निरपेक्षताको अन्त्य अल्पसंख्यकको "छाता"मा हुन्छ | अहिले हिन्दू समुदायको चुनौति नै "हिन्दू चिन्तन र व्यबहारमा प्रतिबद्ध कट्टरतावादी शक्ति" उत्पादन गर्नु हो | जुन बखत हिन्दू-समुदायबाट "जागरुक" प्रतिबद्धता तथा क्रान्तिकारी स्वभावका साथ बाहिर निस्कने छन्, नेपाली बहुसंख्यक नेपालीहरूले आफ्नो मौलिक पहिचान सुरक्षा हुने छ र सम्मान पनि हुने छ |
नेपाली हिन्दू-बौद्ध समाजले इतिहासमा "कट्टरपन्थीहरू"को आक्रमणमा परेको थोरै इतिहास छ | सन् १३४९ मा समसुद्दिन इलियासले पशुपतिनाथको मन्दिर तथा बौद्धनाथको मन्दिर तोडेर कट्टरताको परिचय दिएंको थियो | तर उसको कट्टरताले काठमाडौं उपत्यकालाई जगाउन सकेन भने नेपालको अन्य भागका "हिन्दू तथा बौद्ध"हरूलाई जगाउन सकेन | बौद्ध र हिन्दूहरूमा स्वधर्म, संस्कृति तथा धर्मको सुरक्षाका लागि कुनै "सक्रियता वा जागरण" देखिएन | अहिलेको नेपाली हिन्दू-जनसंख्या तन्द्रित वा धर्मनिरपेक्षतावादको विषाक्त मोहनीमा परेको छ | तर आगन्तुक संस्कृति र धार्मिक समुदायहरू आफ्नो "कट्टरपन्थी चिन्तन र व्यबहार"लाई धर्मनिरपेक्षताको छातामुनि लुकाएर आफ्नो "कट्टरता"को सुरक्षामात्र होइन प्रवर्धन गर्दैछन् |
पछिल्लो समयमा, धर्मनिरपेक्षवादी तथा समाजवादीहरूले हिन्दूहरूलाई "मुसलमान वा इसाई"जस्तै कट्टरपन्थीबाटोमा नलाग्न आग्रह गरिरहेका मात्र छैनन् अपितु छिमेकी देशमा विस्तारित हुँदो हिन्दू-जागरणलाई समेत नकारात्मक शक्तिकारुपमा देखाएर" कट्टरपन्थीहरूको सुरक्षा गर्दैछन् | अर्कोतिर, हिन्दूहरूलाई जातिवाद, नश्लवाद तथा महिला अमित्र भएको आरोप प्रमाणित गर्न सङ्गठित "प्रशिक्षण" दिंदैछन् | यो काममा राजनैतिक समाजवादी तथा जातिवादीहरूलाई परिचालित गरिंदै छ | यस्तो अवस्थामा हिन्दूहरूले अव आत्मरक्षाको लागि "कट्टरतावाद"को अवलम्बन नगरेर हरेक पल वैदिक संस्कृतिलाई सोत्तर परिरहेको "कट्टरतावादी र हिन्दुहरूलाई गालीगलौज गरेर हिन्दू-विरोधीहरूलाई रिझाउने राजनैतिक नेताहरूको" विनम्र सेवकाई मात्र गर्नु पर्ने हो ? प्रश्न र प्रश्नको उत्तर संगै छ |
Sunday, February 25, 2024
असल लोग्ने !
हरेक विवाहित पत्नी वा विवाह गर्न तयारी गरेकी युवतिका लागि असल लोग्ने चाहन्छन् | धर्म, संस्कृति, सामाजिक तथा सांस्कृतिक प्रचलन तथा आर्थिक अवस्थाअनुसार "असल लोग्नेका" फरक धारणा हुन् सक्छन् | तर एउटी नेपाली महिलाका लागि असल लोग्ने को हुन्छ र कस्तो हुन्छ ? थोरैले मात्र व्याबहारिक रुपमा विचार गरेका हुन्छन् | सधैं माया गर्ने होस्, चाहना पूरा गर्ने होस्, भनेको मान्ने होस् र सपनाको राजकुमारजस्तै होस् भन्ने चाहना हुँदैमा सबैको इच्छा पुरा हुँदैन |
Friday, February 23, 2024
लोग्नेस्वास्नी : कज्याउने र वसमा राख्ने दुस्चक्र
लोग्नेस्वास्नी : कज्याउने र वसमा राख्ने दुस्चक्र
Monday, February 19, 2024
पचास काटेसी !
उमेरले ५० काटेपछि मेरो मनमा अलिअलि वृद्धावस्था र रोगका विषयमा ध्यान मोडिएको छ । पुराना कुराहरू याद आउन थालेका छन् । कहिले राम्रो गरेजस्तो त कहिले असफल भएजस्तो लाग्छ । यसो गाउँतिर फर्केर हेर्छु –आमावा बूढो हुनुभएको छ । उहाँहरूले घरको जिम्मेदारी छोड्नु भएको छ । उहाँहरू १५ वर्ष अगाडिको जस्तो फुर्तिलो हुनुहुन्न । उहाँहरू हरेक पटक ‘तिमेरको पालो’ भन्न थाल्नु भएको छ । उहाँबाट क्रमशः सक्रियता सकिंदै छ । मभित्र बुढ्यौलीले प्रवेश गरेको छैन । मन युवा नै छ । बूढो हुने उमेर घटेको छ । मलाई लाग्छ, म ६५ वर्षको उमेरसम्म पनि स्वास्थ्य नै फील गर्ने छु । सहज रूपमा उपलब्ध स्वास्थ्य सुविधाहरू, सहज खाद्य उपलब्धि तथा विभिन्न काममा प्रत्यक्ष सहभागिताले म तरोताजा र थकित दुवै हुन्छु ।
मैले अनुभव गरेको अचम्मको तत्थ्य – मैले आफूलाई पचास काट्न लागेको छु भन्ने तत्थ्यबाट टाढा राख्न चाहन्छु । किनकिन मलाई उमेरले पचास काटेको स्वीकार्य हुने छैन । मन बूढो भएको छैन तर शरीरले पचास काटेको सूचना दिएकै छ – चाँडो थाकेर र अलि बढी आराम खोजेर !
अर्कोतिर संगैका साथीहरू पनि ‘अब बूढो भइयो’ भन्न थालेका छन् । उनीहरूको अनुहारमा चाउरी देखिन थालेको छ । साथै, उनीहरू त्यो गाउँका ती पदहरूमा छन्, जुन पदमा तिनका र मेरा आमावुवा हुने गर्थे । मैले मेरो वुवालाई ती पदहरूमा रहंदा धेरै जिम्मेदारीहरू उठाएको देखेको थिएँ । आज ती साथीहरू तिनै पदमा छन् । कुनै बखत हाम्रा आमाबुवा ती पदमा रहेर सबैको सहयोग गर्थे । आज तिनका सन्तानहरूले त्यही गरिरहेका छन् ।
मैले देखें, मेरा समकालीन ‘केटाकेटी’हरू गाउँका मुख्य र खास मान्छेमा रुपान्तरित भएका छन् । मेरोझैं उनीहरूका कपाल पनि फुल्न थालेका छन् । उनीहरू क्रमशः गाउँका मूल मान्छे बन्दै छन् । त्यतिमात्र होइन, नाता–सम्बन्धहरू पनि फेरिएका छन् । अब हामी सबै ‘बा, अंकल, आन्टी, काकाकाकी’मा रुपान्तरित भैसकेका छौँ ।
आमावा सक्रिय भएको बेलामा म घर जाँदा अहिलेका सबै साथीहरू ‘पण्डितको घरमा पण्डितको छोरासंग’भेट्न आउँथे । अहिले उनीहरू डा. गोविन्दसँग भेट्न आउँछन् र बाआमाको हालखवर सोध्छन् । उनीहरूले ‘मसँग सीधै’ व्यवहार गर्छन् । हिजो मेरो पहिचान वा–आमासंग जोडिएको थियो । आज मेरो पहिचानसँग बाआमा जोडिनुहुन्छ । यी सबैले म बूढो हुँदै गरेको सूचना दिन्छन् । विश्वास गर्नुस्, मैले मेरो शरीरलाई धेरै माया गर्छु । यो उमेरमा शरीरले अलिकति ‘आराम’ खोजेको अनुभव गर्न थालेको छु । शारीरिक काम गर्ने क्षमतामा कमिभएको अनुभव गर्दैछु । अर्कोतिर, मानसिक रूपमा अलि बढी नै थकान अनुभव गर्न थालेको छु । तीन महिना अगाडी +१.५ को चस्मा लगाएपछि शरीरको परिवर्तनलाई मान्न बाध्य भएको छु ।
म सकारात्मक चिन्तन भएको मान्छे हुँ । तर छोराछोरीको भविष्यको चिन्ता लाग्छ । घरव्यवहारको पीडाबोध हुन्छ । सरकार अस्थिर हुँदा होस् वा रूसले युक्रेनमा आक्रमण गर्दा होस् वा दिनहुँ मिडियामा सुनिने नकारात्मक समाचार सबैले मेरो भित्रि मनमा असुरक्षाको भाव प्रकट गर्छन् । तर केटाकेटी, पत्नी, साथीहरूका अगाडी ‘झुकेर’ कुरा गर्न मन लाग्दैन । सुशासन र कुसाशनको समाचारले मेरो बेडरूमसम्म सुरक्षित छैन । सबैले मेरो मनमा असुरक्षा उत्पन्न गर्छन् र मेरो वृद्धावस्था खराव हुने हो कि भन्ने चिन्ता लाग्छ ।
म चिन्ता गर्ने मान्छे होइन । विश्वास गर्नुस्, मैले पचासमा टेकेपछि चिन्तन होइन चिन्ता गर्न थालेको छु । तर धेरैचाहिं होइन । छोराछोरीको उच्चशिक्षाको चिन्ता, आमावुवाको स्वास्थ्यको चिन्ता, सामाजिक प्रतिष्ठा र मानको चिन्ता र सबैभन्दा बढी चिन्ताचाहिं ६३ वर्षपछि के गर्ने होला भन्ने आउंदै छ । तर त्यति बलियो छैन । सायद, गीता पढेकोले होला ‘जे होला ठीकै होला’भन्दै अगाडी बढिरहेको छु । मलाई थाहा छ चिन्ता र चिता मध्ये चिताले एकै पटक खरानी पार्छ, चिन्ताले अलिअलि गरेर शरीर र मनलाई कमजोर बनाउँछ । पचास मैले गुनासो पोख्ने ठाउँ गुमाएको छु । मसँग सबै गुनासो गर्नेमात्र आउँछन् । मैले आस गर्ने, भरोस गर्ने, गुहार माग्ने ठाउँ वा व्यक्ति छैनन् । मसँग आस गर्ने, गुहार माग्ने र भरोसा माग्नेहरूहरुको लाइन छ । सायद, यो उमेर गुनासो सुन्ने रहेछ । सहयोग गर्ने रहेछ । दिने रहेछ र एकान्तमा रून मन लागेर पनि रून नसक्ने रहेछ ्र शरीर दुख्नु र पेट विग्रनु सायद यस उमेरमा सामान्य कुरा रहेछन् । तर नियमित स्वास्थ्य जांच गराउनु पर्छ । यो कुरा मलाई थाहा छ । तर मैले स्वाथ्य जांच गराएको छैन । कुनै ठूलो रोग लागेको रिपोर्ट आउँछ कि भन्ने डर लाग्छ ।
मैले १७ वर्षको उमेर देखि निरन्तर आसनहरू गर्छु । गुरूले दिएको गायत्री मन्त्र एकान्तमा बसेर जप्दा “मेडीतेसन” हुन्छ । प्राणायाम गर्छु । केहीबेर भागवत र गीता तथा वेद पाठ गर्छु । बडो आत्मविश्वास मिल्छ । कामको लोड कम गर्ने प्रयत्न गर्छु । जिउ र मन चाँडो थाक्छ । सकेसम्म १० बजेभित्र नै विस्तरामा निदाउँछु । घर मै उफ्रेर भए पनि २००० पाइला पुर्याउँछु । पहिले भन्दा चिया–कफी कम गरेको छु ।
घरमा सुगा पालेकी छ छोरीले । ती सुगाहरूसँग खेल्दा मन खुसी हुन्छ । बूढीले पनि साथ दिन्छिन् । मनमा धेरै कमाउने विचार छैन । बरू, समयले साथ दिए तीर्थयात्रामा जाने, देश–विदेश घुम्ने गरेको छु । कम बोल्ने र आदेश नदिने व्यवहारको अभ्यास गर्दै छु । एउटा शिक्षकले धेरै पढ्नु पर्दो रहेछ । तर मेरो पढ्ने/लेख्ने इनर्जी पनि कम भएको छ । मभित्र काम “पर सार्ने” व्यवहारको विकास भएको छु । सायद शरीर र मनले आराम गर्न खोजेर होला ।
यो मेरो कुरामात्र होइन । ५० वर्षको उमेर पार गरेर ७० वर्ष नपुगेकाहरूको शारीरिक तथा मानसिक परिवर्तन हुन्छ नै । हर्मोनहरू बीच भयानक छिनाझपटी हुन्छ । यसले गर्दा मन देख्ने, रीस उठ्ने, इर्ष्या लाग्ने तथा भावनाहरू आहत सजिलै हुन्छन् । विचारा विवेकलाई यी सबै कुरालाई तह लगाउन निकै श्रम गर्नुपर्छ । विवेकको प्रयोग गर्नेहरू अलिअलि फरासिला हुन्छन् । केवल भावनाको प्रयोग गर्नेहरू बढी दुःखी हुन्छन् ।जव बृद्धवस्था अनिवार्य छ भने नियमितरूपमा शारीरिक र मानसिक व्यायाम आरम्भ गर्नेपर्छ । सबै कुरामा अल्छी माने पनि आफ्नो शारीरिक र मानसिक स्वास्थ्यका सवालमा अल्छी गर्नु हुँदैन । मैले जीवनको मन्त्रका रूपमा बेलुका चाँडो सुत्ने र विहान चांडो उठ्ने सवालमा कत्ति पनि अल्छी गर्दिन ।
मैले आफ्नो कुरा लेखेको हो । यी कुरामा केही विज्ञान र केही अनुभवको संगालो छ । तपाईं पनि यदि पचासे बाटोमा हिंड्न थाल्नु भएको छ भने विचार साटासाट गर्नु राम्रै हुनेछ । तपाईं र म भाग्यमानी छौं कि प्रकृतिसँग सहकार्य र युद्ध गर्दै यो शरीरलाई पचास वर्षसम्म सुरक्षित राख्न समर्थ भयौं । हामी सबैले वेदका वाक्य ‘जीवेम शरद शतम् अर्थात् हामीले १०० बटा शरद ऋतु भोग्नै पर्छ’ भन्ने सङ्कल्पसंग अगाडी बढौं । आउने हरेक अवरोधहरूले मन र शरीरलाई अझै सहनशील र सङ्घर्षशील बनाउने छन् । मेरो सङ्कल्प कमजोर छैन ।
एकसरो : टर्रो सुझाव
एकसरो : टर्रो सुझाव
द्वैताद्वैत, निम्बार्क र वेदान्त दशश्लोकी
द्वैताद्वैत, निम्बार्क र वेदान्त दशश्लोकी निम्बार्क उपासना नियमानन्द शान्ति र साधनाप्रिय ब्राह्मण थिए | उनले पढेको गुरुकुलमा गुरूले "...
-
चारवैष्णव सम्प्रदाय सक्षिप्त परिचय भविष्य महापुराणमा चार आधिकारिक वैष्णव सम्प्रदायहरूको वर्णन भएको छ | वैष्णवको अर्थ विष्णु समबन्धि उपा...
-
प्रथम नेपाली दार्शनिक महर्षि कपि ल महर्षि कपिलको जन्म ब्रहमपुत्र कर्दम र देवहुतिबाट नेपालको कपिलवस्तुमा भएको हो | श्रीमद्भागवतमा कपिल जन...
-
द्वैताद्वैत, निम्बार्क र वेदान्त दशश्लोकी निम्बार्क उपासना नियमानन्द शान्ति र साधनाप्रिय ब्राह्मण थिए | उनले पढेको गुरुकुलमा गुरूले "...




