Tuesday, September 19, 2023

स्वतन्त्रताको सङ्घर्ष

 स्वतन्त्रताको सङ्घर्ष

सन् १९९८ ताका पश्चिममा पुनर्जागरण कालको चरमअवस्था थियो | अधिकांश युरोपेली र अमेरिकीहरू इसाई थिए | अर्कोतिर पुनर्जागरणले इसाईका सांस्कृतिक प्रतिमानहरूलाई जरैदेखि हल्लाउँदै थियो | विज्ञानको विकासले बाइबल-संस्कृतिको धज्जी उडाउदै थियो | तेसैबेला कार्लमार्क्सको "साम्यवाद"ले बृटिश, फ्रेन्च, पोर्चुगिजहरूले कलोनीहरूलाई राजनैतिक रूपमा चुनौति दिन थाल्यो | दोश्रो विश्वयुद्धले कलोनी शक्तिहरूलाई नराम्रोसंग कमजोर तुल्यायो | केही देशमा स्वतन्त्रताको मांग चर्कियो | उदाहरणका लागि १९१२ मा इजिप्टलाई स्वतन्त्रता दिन फ्रान्स बाध्य भयो | तेहा बाइबलको दाल गलेन |

जनताका माझ निकै अस्वीकार्य बनेको बाइबलवादलाई सरकारहरूले कलोनीहरूलाई जीवित राख्न पुन: प्रयोग गर्न थाले | कलोनी भएका देशमा तीब्र इसाईकरण गरेर कलोनोलाई जीवित राख्ने प्रयत्न गरियो | पोप, पास्टरहरूलाई राज्यले धन र जन दुवै दिएर इसाई धर्मको प्रसारप्रचार गर्न लगाए | यसैक्रममा बाइबलवादी राजनैतिक शक्तिको विस्तारमा सबैभन्दा बढी अवरोध "इस्लाम" समुदायबाट भयो | यो अवरोधलाई बुझाउन कलोनीहरूले "दक्षिण पन्थ" शब्दको प्रयोग गरे | असलमा, दक्षिणपन्थ शब्द निकै सोचेर इजात गरिएको थियो | यहुदी, मुस्लिम र इसाईहरू एकै (यहुद)का सन्तान थिए | बैचारिक दृष्टिकोणले मुस्लिम र इसाई दूवैको साझा शत्रु - यहुदी थिए |

अर्कोतिर बामपंथ शब्दका अविस्कारक बृटिश राजनैतिक चिन्तक हक्सले हुन् | व्यक्तिगत सम्पत्तिको चरम विरोधी, धनिजतिलाई "शोषक" तथा धार्मिक विश्वासलाई "अफिम ठान्ने, राष्ट्रीयताको विरोध गर्दा "साम्यवाद" स्थापना गर्ने कार्लमार्क्सका अनुयायीहरूलाई बामपन्थी भन्न थालियो | यहाँ बडो रोचक पक्ष के छ भने दक्षिण पन्थी तथा बामपन्थी दूवैले धार्मिकताप्रति निकै घृणा गर्छन् | दक्षिणपन्थीहरूले (जसलाई राजनैतिक भाषामा पूँजीवादी भनियो) धर्मलाई धर्मनिरपेक्षतावादको आवरणमा समदुरी बनाउने दृष्टिकोण ग्रहण गरे | पूँजीवादीहरू (दक्षिण पन्थी)ले धर्मको प्रयोग गरेर भए पनि "कलोनी" जीवित राख्ने बाटो अवलम्बन गरे | त्यसका लागि आफ्नो मूल राष्ट्रमा चर्च र धार्मिकतालाई कमजोर बनाए पनि आफ्ना कलोनीहरूमा राज्यसत्ता बलियो बनाउन "बाइबलवाद"को प्रयोग गरे |
-बाइबल, कुरान र धर्मपरिवर्तनको उपयोग गरेर जनतालाई बैचारिक रूपमा कोलोनीको श्रेष्ठता अङ्गीकार गर्ने जनशक्तिका रूपमा विकास गर्न थाले | भारतीय, अफ्रिकेली मुलुकहरू यसका उदाहरण हुन् |

गौहत्या अस्वीकार्य छ

 गौहत्या अस्वीकार्य छ

लज्जित छु, देशको सर्बोच्च संस्था र कानुन कार्यान्वयन गर्ने निकायहरूप्रति जसले संबिधानले दण्डनीय मानेका कामहरू गरेर सामाजिक संजालमा बखान गर्दासम्म बोल्न सक्दैनन् | यदि कसैके "मेरो संस्कृतिमा मान्छेको बलि दिने चलन छ" भन्दै मान्छेको हत्या गर्यो भने त्यो मान्छेउपर हत्याको मुद्दा कुन् मुखले चलाउने छ यो सरकार र सरकारी निकायले ? अधिकारको अर्थ कर्तव्यको तिलान्जली पक्कै होइन |
सनातन धर्म मानवमात्रको साझा आस्था हो | विश्वका सबै समुदायमा हिन्दुत्वको अभ्यास गरिन्छ | काला, गोरा, गहुगोरा तथा नाक चुच्चे, थेप्चे सबैमा हिन्दूहरू छन् | हिन्दुलाई केवल एउटा जात-जातिमा समेटेर घृणाको पात्र बनाइनु उचित हुँदैन | धर्ममा आधारित समाज बाहेक सनातन धर्म सबैको साझा हो | बाहुनक्षेत्री, दमाईकामी, राई-लिम्बु, अमेरिकन-अफ्रिकन, सेतोगोरो तथा जुनसुकै भाषा बोल्ने पनि हिन्दू हुन सक्छन् र गाई यी सबैको साझा आस्था, श्रद्धा र पूजनीय पशु हो | तेसैले हिन्दूहरूको श्रद्धा र विश्वासमा प्रहार गर्ने कुनै पनि क्रियाकलापमा उग्रवादी बाहेक अरू कसैको समर्थन हुनै सक्दैन र सबैलाई दोषारोपण गर्नु पनि हुँदैन | घटनाहरूमा असंलग्न र असहमतहरूलाई कलंकित गर्नु पनि हुँदैन |
आदिवादी जनजातिको नाममा कानुनको ठाडो उलंघन हुँदा सरकार मुक दर्शक बन्छ भने सनातनीले ९ गतेका लागि धरान जानुको कुनै विकल्प छैन | यदि सरकारले संबिधानको रक्षा गर्न सक्दैन भने जनता आफै अग्रसर हुनु उचित नै हो | कानुनले बर्जित गरेको "गौहत्या" गर्नेको बचाऊ गरेर सरकारले "जातिवादी उग्रपन्थी" चिन्तनलाई मलजल गरेको छ | पहिचानवादको नाममा प्रदर्शन गरिएको "धरान"को उग्रवादलाई देशका शालीन मुस्लिम, इसाईसहित १३१ जातजाति कसैले पनि मन पराएका छैनन् | नेपाली समाज दोश्रो "उग्रवाद" बोक्न तयार छैन | हिन्दू-समुदायले "धरान-यात्रा"का माध्यमबाट सनातन धर्मको मौलिकताको रक्षा, संबिधानको रक्षा तथा पहिचानवादी उग्रताविरुद्ध सालीन दिने जमर्को गरेका छन् |
प्रचण्डको सिन्डिकेटले आफ्नो सत्ता जोगाउन जातीयतामा आधारित पहिचानको मुद्दा उचालिरहेका छन् | कंग्रेसको "पानीमरुवा र आत्मघाति" मौनता कदम देश, धर्म, संस्कृति तथा उसकै राजनैतिक अस्तित्वका लागि प्रत्युत्पादक हुने छ | याद गर, पहिचानकै कुरा गर्ने हो भने देशको ८१.३% हिन्दू जनताको पहिचान मेटाउन उद्द्यत पहिचानवादीहरू आफै शंकाको घेरामा पर्ने छन् | यदि देशका पार्टीहरूले पहिचानवादको नाममा उद्दण्डता देखाईरहेका समुहको असंबैधानिक क्रियाकलापको समर्थन गरिरहेका छन् भने संबिधान निर्माण गर्दा नै गौहत्याका लागि दण्डको प्रावधान राख्नु हुँदैनथ्यो | आज पनि संबिधान संसोधन गर्ने अधिकार सांसदहरूसंग छ |
कुरो गौहत्यामात्र होइन, संबिधानको उलंघनको हो, देशका ८१.३% सनातनी हिन्दू जनताको मानमर्दनको हो | एत्रो जनमतको ठाडो अपमान हुँदा/गरिंदा सम्माननीय र माननीयहरूको यो पानीमरुवापनले धर्मनिरपेक्षता र संघिएतामात्र होइन, देशनै दुर्घटनामा पर्ने छ | पहिचानवादको नाममा माओवादीले भित्राएको घृणावादको मतियार बनेर कंग्रेस लगायतका दलहरुले असंबैधानिक तथा अपुरणीय गल्ती गरिरहेका छन् |
फेरी पनि लेख्छु, गौहत्या विरुद्ध कानुन कार्यन्वयन नसक्ने सरकार, बोल्न नसक्ने सांसद र निकायहरूप्रति लज्जित छु | सक्छौं भने सरकार, सरकारी निकाय र सांसदहरूले संबिधान उलंघन गर्ने उद्दण्डता विरुद्ध मौनता ग्रहण गरेकोमा लज्जाबोध गर | नेपालमा गौहत्या अस्वीकार्य छ किनभने गाईगोरू ८१.३% जनताको आस्थाको केन्द्र हुन् भने यिनको हत्या गर्नु संबिधानले निषेध गरेको गैरकानुनी तथा दण्डनीय कार्य हो |

मानवतावादका प्रणेताको सम्झनामा

 मानवतावादका प्रणेताको सम्झनामा

जयपृथ्वी बहादुर सिंहको सवालमा नेपाली बौद्धिक समाज विभाजित छ | दुर्भाग्यवस नेपालका साम्यवादीहरूले इनलाई पुँजीवादको मतियार, समाजवादीहरूले साम्यवादी र भने परम्परावादीहरूका दृष्टिकोणमा ई नास्तिक ठहरिएका छन् | लामो कालखण्डसम्म ई उपेक्षित रहे | आजभोली केही विद्वानहरूले अलिकति आँट गरेर यिनका पक्षमा केही बोल्न, लेख्न र अनुसन्धान गर्नेतिर जमर्को गर्दै छन् | नेपालको राजनीति र राजनैतिक छात्रछाँयामा स्वनामधन्य तथा अत्यन्त प्रतिभाशाली विद्वानहरू उपेक्षामा पर्ने गरेको नौलो तत्थ्य होइन | राजनैतिक निष्ठाको सिन्डिकेटमा धेरै प्रतिभाशाली विद्वानहरू चरम उपेक्षामा परेका/पारिएका छन् | कुरा बुझ्नका लागि इशारा पर्याप्त छ | सत्य लुकेको हुँदैन |
राजा जयपृथ्वी बहादुर सिंह (सन् १८७७-१९४०) परम्परागत हिन्दू क्षेत्री राजपरिवारको सदस्य भए पनि मानवतावादी बाटो रोजेका थिए | सिंहको समयमा मानवतावाद दृष्टिकोणका आधुनिक विचारहरू नेपाल र नेपालीका लागि मात्र होइन, भारतीयहरूका लागि पनि नितान्त नयाँ थिए | कार्लमार्क्सले अगाडी सारेको साम्यवादले मानवतावादी दृष्टिकोणलाई हतियार बनाएर राजनैतिक शक्तिमा रूपान्तरण गर्न खोजिरहेको थियो भने युरोपेली राष्ट्रका विद्वान्हरू पोपको सर्बसत्तावादी दृष्टिकोणप्रति असहमत हुँदै मानवतावादी अर्थात् गडको सत्तालाई चुनौति दिंदै थिए | अमेरिकीहरू पनि साम्यवादी मानवतावाद भन्दा बाइबलको सर्वसत्तावादी एकल गडको निरंकुसताबाट आजित भएर धर्मनिरपेक्षतालाई नै मानवतावादका रूपमा स्थापित गर्न व्यस्त थिए |
अंग्रेजी पढेका सिंहले आफ्नो "मानवतावाद" पुस्तकमा मानव मनोविज्ञानको परिचर्चा गर्दै धर्म र धार्मिकताका सवालमा पनि व्याबहारिक दृष्टिकोण अवलम्बन गरेका थिए | उनले धर्म र धार्मिकतालाई पूर्ण अस्वीकार गर्ने मार्क्सवादी दृष्टिकोण र बाइबलको सर्बसत्तावादी ईश्वरवादका विरुद्ध आविष्कार गरिएको धर्मनिरपेक्षताको आवरण पनि अस्वीकार गरेका छन् भन्न मिल्छ | यसका दुईबटा कारण छन्, पहिलो धर्मको पश्चिमा बुझाई र व्यबहार तथा वैदिक, बौद्ध, जैनीहरूको धर्म र धार्मिकताका सम्बन्धमा बुझाई व्यबहार नितान्त फरक छ भन्ने उनले आत्मसात गरेका थिए | दोश्रो, उनले मानवसमाजले आस्था, विश्वास तथा श्रद्धा गर्ने प्रतिमानहरूको (संस्कृति, संस्कार, रितिरिवाज तथा आदर्शहरू) सम्मान गर्नु पनि मानवतावादको लक्षण हो भन्ने तत्थ्य आत्मसात गरेको बुझ्नुपर्छ | यहीनै उनको व्याबहारिक मानवतावादी दृष्टिकोण हो |
राजा सिंहको विशिष्टता के हो भने उनले जुन व्याबहारिक मानवतावादी सिद्धान्तको अभिनिर्माण गरे, त्यो सिद्धान्तलाई आफ्नो जीवनकाल मै स-सानोस्तरमा भए पनि कार्यान्वयन गरेर देखाए | बालबालिकाका लागि विद्यालयहरू र पाठ्यक्रमको निर्माण गरेर सबैको लागि शिक्षाको आदर्श स्थापित गर्ने प्रयत्न गरे | गोरखापत्रको स्थापना गरेर बैचारिक तथा लेखकीय स्वतन्त्रताको पक्षमा उभिए | आफ्नी कुलदेवीको पूजाआजामा सामेल भएर मानवको सांस्कृतिक तथा धार्मिक चेतनाको सम्मान गरे भने विश्वभरी भ्रमण गर्दै मानव-विश्वका लागि अधिकार तथा कर्तव्यका सवालमा सर्वभौम दृष्टिकोण निर्माण गर्ने प्रयत्न गरे |
नेपालमा जहानीया शासनको कठोरता र भारतमा अंग्रेजहरुको कठोरताका विचमा "मानवतावाद"को पक्षमा सशक्त काम गरे | मानवतावादी दृष्टिकोणका कारण उनी नेपालमा टिक्न सकेनन् भने भारतमा पनि अनेकौं पटक अंग्रेजहरूको दुर्व्यबहारको सिकार भए | तर उनी हारेन्, देश-विदेशमा अनेकौं सभा, संस्था तथा व्यक्तिहरूका विचमा आफ्नो पक्ष राखे | दोश्रो विश्वयुद्धको भिषण मानवविनाशले निराश भएको अवस्थामा उनको विचार त सुनियो तर कोलोनीकालको निरंकुशतामा उनका विचारहरू बैचारिक रुपमा "राम्रो र उचित"को तहमा बुझियो | उनको कालजयी मानवतावादी दृष्टिकोणलाई साथ दिन नेपाली राष्ट्र वा विश्वको कुनै पनि राष्ट्र तयार थिएनन् | यसको मूल कारण चाहिं उनी नेपाली हुनु र अंग्रेजहरूले भारतीय परिवेशमा मानवतावादी दृष्टिकोणको पक्षमा उभिदा भारतमा अझैं विद्रोह बढ्ने" देखेर महत्व नदिएको भन्ने बुझ्नुपर्छ |
मानवमनोविज्ञानका आधारमा स्वतन्त्रता, समानता, अधिकार प्राप्ति र कर्तव्यपालनको दृष्टिकोणलाई अवलम्बन गरेको हुँदा सिंहको मानवतावादी दृष्टिकोणलाई "ब्यबहारिक मानवतावाद" भन्न उचित हुन्छ | तर वहसका लागि प्रसस्त ठाउँ छन् | यो भन्दा पनि महत्वपूर्ण तत्थ्य नेपालले विश्वकै प्रथम आधुनिक मानवतावादी दार्शनिकका रुपमा सिंहलाई प्राप्त गरेको छ | आजको परिवेशमा सिंहको व्याबहारिक मानवतावाद अझै सान्दर्भिक बनेको छ | अव, सिंहको महत्वलाई बुझ्न/बुझाउन ढीलो गर्न हुँदैन |

दुई सन्त : योगी र विवेकानन्द

 दुई सन्त : योगी र विवेकानन्द

कालिकोटको एउटा गाउँमा गरीव क्षेत्री परिवारमा जन्मिएका योगी नरहरी नाथ र भारतीय कलकत्ताको एउटा सरकारी जागिरेको परिवारमा जन्मिएका स्वामी विवेकानन्दको तुलना गर्नुको अर्थ अलि घोचिलो छ | सन् १८६३ मा जन्मिएका नरेन्द्र (विवेकानन्द) १९१५ मा जन्मिएका बलवीर कृष्ण थापा ( योगी नरहरी नाथ) भारतवर्षका ज्वलन्त हीरा थिए | उमेरको र कालखण्डको विषयलाई छोड्ने हो भने दूवै सन्तले कालजयी काम गरेका छन् | दूवैले भारतवर्षको प्राचीन गौरवलाई आ-आफ्नो तरिकाले स्थापित गर्ने प्रयत्न गरेका छन् | स्वामी विवेकानन्दको मृत्यु भएको ६ वर्षपछि जन्मिएको भए पनि नेपालका लागि नरहरिनाथ योगीको स्थान र गौरव विवेकानन्दको झैं हुनुपर्छ |
योगी नरहरिनाथले नाथ पन्थमा दीक्षित भएर नेपाल र भारतका अधिकांश ठाउँहरूमा पुगेर वैदिक संस्कृतिको बास्तविक परिचय खोज्ने काम गरे फलत: ६०० बटा जति पुस्तक लेखिए भने उनले उपर्युक्त स्रोतचाहिं करिव २८ बटा भाषाबाट लिएका थिए | भनिन्छ, योगी नरहरिनाथले उपर्युक्त २८ भाषा बोल्न र लेख्न सक्थे | योगीको अर्को पक्ष पनि छ, उनी १९४० ताका उज्जैनीको संस्कृत विद्यालयमा पढ्दा महात्मा गान्धीसंग प्रभावित भएर भारतीय स्वतन्त्रताको लागि जेलनेल पनि परेका थिए |
उता विवेकानन्दले सन्त रामकृष्ण परमहंससंग दीक्षा ग्रहण गरेर वैदिक संस्कृतिको गौरवलाई अंग्रेजी भाषाका माध्यमबाट विश्वका लागि पस्के | स्वामी विवेकानन्दको यो कार्यलाई स्वतन्त्रतापछि पनि भारतले स्वामित्व ग्रहण गर्यो | आज भारतका हरेक विद्यालय, विश्वविद्यालय र संस्थानहरूमा विवेकानन्दबारे चर्चा गर्छन् | भारतले धर्मनिरपेक्षता भन्दा माथि उठेर भारतवर्षीय गौरव विश्वलाई चिनाएकोमा "राष्ट्रसन्त"का रूपमा ग्रहण गर्यो | आज भारतसहित नेपालमा स्वामी विवेकानन्दलाई नचिन्ने थोरै छन् |
आज भारतीय र विवेकानन्द एकआपसमा पर्यायवाची बनेका छन् | भारतसरकारले स्वामी विवेकानन्द सेन्टर स्थापित गरेर विश्वभरि भारतीय संस्कृतिको प्रचारप्रसार गर्छ | नेपालमा पनि भारतीय राजदूतावासअन्तर्गत विवेकानन्द सांस्कृतिक केन्द्र संचालनमा छ | भारतके विश्वभरी विवेकानन्द सांस्कृतिक केन्द्र संचालन गर्छ | भारतका मार्क्सवादी, समाजवादी सबैलाई थाहा छ : भारतले विश्वमा चिनाउने विषयमा सबैभन्दा माथिल्लो कुरा "भारतीय संस्कृति, कला तथा आदर्श" नै हुन् |
तर स्वतन्त्र हिन्दू राष्ट्र, त्यसपछि धर्मनिरपेक्ष राष्ट्र भएको नेपालले नाथ योगी नरहरीको महत्व र गौरवको कहिले पनि सम्मान गर्न सकेन | नरहरिनाथको परिचय र कार्यको कुनै मूल्यांकन छैन | निजीस्तरका केही संघसंस्थाहरूले बाहेक सरकारीतन्त्रले योगीको योगदानलाई अस्वीकार गरेको छ | उहाँले वैदिक संस्कृतिको निरन्तरताका लागि भिक्षा मागेर स्थापित गरेको संस्कृत विवि सधैं बामपन्थी र समाजवादीहरूको "इगो-सेन्टर" बनेको छ | नेपालको राजनैतिक शक्तिले नरहरिनाथको योगदानउपर निरन्तर अन्याय गरिरहेको छ | उहाँको नाम मेटाउने प्रयन्त गरिरहेको छ |
योगी नरहरीनाथले लगौटी र चिम्टा लिएर वैदिक सनातन धर्मको बास्तविक इतिहास पत्तो लगाउने प्रयत्न गरे र ६०० बटा कितावहरू लेखे | नेपालले उपर्युक्त सम्पदाबाट फाइदा लिन सकेन | नेपाली राजनैतिक शक्तिहरूलाई समाजवाद र साम्यवादको एस्तो नशा लाग्यो कि उनले आफ्नो सबै "खरानी" र अर्काको सबै "हिरा"का रूपमा स्वीकार गरे |
यहाँ लेख्ने पर्ने तत्थ्य पनि छ : सन् १८६३ मा नरेन्द्र जन्मिदा र उनको सन् १९०९ मा मृत्यु हुँदा आधुनिक भारतको उदय भैसकेको थिएन | त्यहाँ नेपालजस्ता अनेकौं राष्ट्रहरू थिए | सन् १९४७ मा आधुनिक स्वरूप ग्रहण गर्ने तरखरमा लागेको भारतले स्वामी विवेकानन्दको योगदानलाई महत्व दियो |
तर कहिल्यै पनि अर्काको "गुलाम" नबनेको नेपालले योगी नरहरिनाथको महत्वलाई चिन्न सकेन | उहाँले गरेका महत्वपूर्ण कार्यहरूलाई न त्यस बखतका शासकहरूले महत्व दिए, न आजका शासकहरूले उहाँको सम्मान गर्ने मनसाय भेटिन्छ | कार्लमार्क्सको फोटोमा फूल अर्पण गर्नेहरूले देशी सन्तयोगीको फोटो पनि सम्झिंदा नेपालीको गौरव बढ्ने थियो |
धर्मनिरपेक्ष भारतले स्वामी विवेकानन्दको सम्मान गर्न हुँदा नेपालका धर्मनिरपेक्षहरूले योगी नरहरीनाथको सम्मान गर्न उचित नै देखिन्छ | अनेकौं बिश्वविद्यालयहरू स्थापना हुँदै गर्दा एउटा "योगी नरहरीनाथ इतिहास विश्वविद्यालय" पनि स्थापित हुन सक्छ |
आज नेपाली विद्यालय, विश्वविद्यालयका शिक्षक तथा विद्यार्थीहरूले स्वामी विवेकानन्द भनेर चिनेका हुन सक्छन् तर विद्वानहरूको वेवास्ता र सरकारको उपेक्षाले महान इतिहासका अन्वेषक, समाजसेवी, लेखक, भाषाविद्, सन्त तथा वैदिक धर्म, संस्कृतिकको मौलिक परिचय स्थापित गरेर नेपाललाई चिनाउने योगी नरहरी नाथका विषयमा थोरैले जानेका छन् | आफ्नैलाई उपेक्षा गने नेपालका, विविहरू र शिक्षा व्यबस्थाको मूल्यांकन गर्ने बखत आएको छ |
स्वस्तिअस्तु

कट्टरपन्थीको साथी : धर्मनिरपेक्षता !

 कट्टरपन्थीको साथी : धर्मनिरपेक्षता !

नेपालमा हिन्दूसमुदायलाई निरन्तर अपमानित गरेर जातीय द्वन्द निम्त्याउन चाहने को हुन् ? नेपाली समाजको संरचना समुदायका विचमा एकआपसमा घुलमिल भएर बनेको छ | हिन्दू, जैन, बौद्धआदि समुदायहरूको सामूहिक सहअस्तित्व र पृथ्वीनारायण शाहले हतियार निर्माण गर्न/गराउन लखनऊदेखि लिएर आएका मुसलमानहरू सहअस्तित्वमा छन् | देशमा इसाईहरूको पनि ठूलो जनसंख्या छ | साथै, जुनसुकै समुदायको व्यक्ति भए पनि सार्वजनिकरूपमा आफुलाई नास्तिक भनेर चिनाउने तर व्यक्तिगततहमा हिन्दू, बौद्ध, जैन जीवनशैलीलाई मान्नेहरूको ठूलो समुदाय छ |
कुनै पनि धर्म स्वीकार गर्नु वा छोड्नु व्यक्तिको व्यक्तिगत अधिकारको विषय हो | यस्तो भन्ने स्वतन्त्रता पनि ८०% हिन्दु समुदायको उपस्थितिका कारण सम्भव भएको हो | बौद्धहरूलाई जतिसुकु उदार, शान्तिवादी ठानिए पनि श्रीलंका, थाइल्याण्ड, म्यामार, कम्बोडियाजस्ता देशहरू धर्मनिरपेक्ष छैनन् | न त्यहाँका जनताले धर्मनिरपेक्षताको चाहना राख्छन् | नेपालमा धर्मनिरपेक्षताको विषयमा बढी चर्चा हुन थालेको २०४७ को परिवर्तनपछि नै हो | नेपाली धर्मनिरपेक्षताको सबैभन्दा भद्दा व्यङ्ग्य के हो भने यसले धार्मिक, साम्प्रदायिक तथा नश्लमा नामुद कट्टर मानिने मुस्लिम, इसाई तथा अन्य नवोदित पन्थहरूलाई धर्मनिरपेक्ष शक्तिको रूपमा मान्यता दिनु हो |
१९४७ मा भारत विभाजित हुँदा यही धार्मिक धर्मनिरपेक्ष शक्तिको देन थियो | १९५२ मा भारतीय संबिधानले मुसाई समुदायलाई "धर्मनिरपेक्ष शक्ति"को रूपमा स्वीकारको "राष्ट्रीय-घाउँ' आज पनि बल्झिरहन्छ | दु:ख कुरा के हो भने भारतको त्यो दुखाईबाट नेपालले शिक्षा लिन सकेन | बरू, इसाई, मुस्लिम समुदायलाई "धार्मिक कट्टरपन्थी" शक्ति मानेर हिन्दूहरूलाई धर्मनिरपेक्ष शक्ति मानेको भए देशले प्रष्ट दिशा निर्देश पाउँथ्यो | निश्चयनै इसाई होस् वा मुस्लिम समुदाय नेपाली नागरिक हुन्, यिनलाई धार्मिक रूपमा दोश्रो वा तेस्रो दर्जाको नागरिकको व्यबहार गर्नु हुँदैन | धार्मिक अभ्यास गरेकोमा आलोचना वा विध्न गर्नु हुँदैन |
नेपालको संबिधानले सत्यतत्थ्यलाई लत्याएको छ | कुनै पनि मुस्लिम, इसाई वा अम्बेडकर ब्राण्डको क्रिप्तो बौद्धले आफ्नो परिचय धर्मनिरपेक्ष शक्तिका रूपमा दिंदा घृणा गर्ने छ | उनीहरू पनि संबिधानले दिएको अवास्तविक परिचयबाट उठ्न चाहन्छन् | त्यो परिचय केवल धर्मपरिवर्तन गराएर आफ्नो समुदायको सङ्ख्या बलले मात्र सम्भव छ भन्ने तत्थ्य्का आधारमा क्रियाशील छ | आफुले घृणा गर्ने "धर्मनिरपेक्षता"को वकालत गर्दा मात्र "धर्मपरिवर्तन" गराउन निर्वाध हुन्छ भन्ने कुरालाई आत्मसात गरेका छन् | तर जसले धर्मनिरपेक्षता र जातीय पहिचानको चर्को आवाज उठाइरहेका छन्, तिनकै समुदायहरूले धर्मपरिवर्तन गरेर इतिहास रच्दैछ्न् | आजको धर्मनिरपेक्षताको प्रयोग गर्ने हैसियत प्राप्त गरेको दिन "जातीय, भाषिक तथा भूगोलका" अधिकारहरु चर्च वा मस्जिदमा गएर टुंगिने छ | तेहा, एउटा धर्म, एउटा पुस्तक, एउटा जाति, एउटा भाषामात्र सीमित रहने छ |
भारतवर्षका हिन्दूहरूमा "कट्टरपन्थी जीन" नभएकोले स्वभावत: स्वागत गर्ने स्वभावका छन् | नत्र ८०% प्रतिशत हिन्दू जनसंख्या भएको नेपाल "धर्मनिरपेक्ष" बन्ने कुनै सम्भावना देखिन्न | बंगलादेश, म्यामार, भुटान, श्रीलंका, थाइल्याण्ड. अफगानीस्तान तथा पाकिस्तानको बहुमतले के-कस्तो राज्यसत्ता निर्माण गरेको छ ? हिन्दूहरुबाट यो कुरा लुकेको छैन | हिन्दूहरूको जीनमा "निरपेक्षता" लुकेर बसेको छ, जसले स्वयंको सत्यानाश हुँदा पनि "निरपेक्ष" स्वभावको आचरण गर्न बाध्य बनाइरहेको छ | नेपाल र भारत यी दुई देशका ८०% हिन्दूहरूले धर्मनिरपेक्षताको निरपेक्ष भावले अभ्यास गरेर "गणतन्त्र, लोकतन्त्र, समाजवाद, साम्यवाद"सबैको नाक जोगाइदिएको छ | प्रजातन्त्रको जनक मानिने वेलायत र अमेरिकाला राष्ट्रप्रमुखहरूले पनि "बाइबल"मा हात राखेर देशभक्ति र बाइबल भक्तिको कसम खाएकै हुन्छन् | मुस्लिम राष्ट्रहरूको विषयमा केही भन्न नै परेन |
धर्मनिरपेक्ष शब्द र सोच दुवै निकै विवादित छन् | नेपालको धर्मनिरपेक्षतालाई बोकेर हिड्नेमा परस्पर विरोधी चिन्तन भएका "साम्यवादी र समाजवादी" हुन् | साम्यवादी लेफ्ट मानिन्छन्, समाजवादी मध्यममार्गी (कंग्रेसआदि) र राप्रपाजस्ता दलहरूलाई राइट अर्थात् दक्षिण पन्थी मानिन्छ | चरमकट्टर पन्थी मुस्लिम र इसाई अम्बेडकरवादीजस्ता समुदायहरू दक्षिण, उत्तर, पश्चिम, लेफ्ट कुन् पन्थका पर्छन्, राज्यले यिनको लिंग छुट्याएको छैन | आदिवासी, जनजाती, मूलवासी, इसाई, मुस्लिम, अम्बेडकरवादीजस्ता कट्टरपन्थीसंग नेपालको धर्मनिरपेक्ष सरकार सधैं डरले थरथर कामिरहेको देखिन्छ | यो कट्टरपन्थी शक्तिका अगाडी सरकार नुन खाएको कुखुराझैं निरीह देखिन्छ भने परम्परागत हिन्दू, बौद्ध, जैन तथा किरातीहरू समक्ष धर्मनिरपेक्षताको पक्षमा सहृदयी बन्ने "काइते" उपदेश दिन्छ | सरकारले अराजक विरुद्ध कुनै कानुन कार्यान्वयन गर्न सक्दैन तर कानुनको सम्मान गर्ने हिन्दू-समुदायलाई धार्मिक विश्वासका आधारमा दोस्रोदर्जाको नागरिक सरह व्यबहार गर्न छोड्दैन |
जव कुनै हिन्दूले कट्टरपन्थीको आलोचना गर्छ, त्यस बखत धर्ननिरपेक्ष सरकार ती कट्टरपन्थी अल्पसंख्यकहरूको बचाउँमा उत्रिन्छ | भारतमा पनि ठ्याक्कै यही चाला देखेर १० वर्ष अगाडी जनताले भोटका माध्यमबाट सत्ता नै परिवर्तन गरिदिए | तर यही कट्टरपन्थी (धर्मनिरपेक्षतावादी) भारतमा बहुमत हुन्थ्यो भने भोट होइन हतियारका बलमा सत्ता परिवर्तन हुन्थ्यो | हालै, नाइजर र नाइजेरिया यसका उदाहरण हुन् भने अफगानिस्तान र सिरिया पनि बलियो उदाहरण हो | उदाहरणका लागि यो आलेख तयार पार्दै गर्दा भारतका प्रसिद्ध युवा कथाबचक धीरेन्द्र कृष्ण शास्त्री नेपालमा आएका छन् | १२ भाइ सिन्डिकेटका रूपमा बदनाम धर्मनिरपेक्षतावादी मिडियाहरूले उनको समाचार बहिस्कार गरेका छन् | तर यिनै मिडियाले कोरियाकी चर्चित इसाई माताले "होलीवाइन" ख्वाउंदा ठूलाठूला ब्यानरमा "जयजय"कार गरेका थिए | अचम्मको कुरा त के भने धर्मनै मनान्ने "प्रगतिशील" शक्तिले राज्यशक्तिको चरमदुरुपयोग गरेर "माताको सेवा गर्द्दा" धर्मनिरपेक्षता खतरामा देखेको थिएन |
हिन्दू बोल्यो कि नेपालको धर्मनिरपेक्षताको पेशा खतरामा पर्छ ! यहाँको प्रगतिशील, समाजवादी तथा जातीय पहिचान खतरामा पर्छ | हिन्दूहरूलाई "ककेशिया" पुर्याउने नारा घंकिन्छन् | नेपाल र नेपालीको भलो चाहने सहृदयी नेपालीहरूले गाँठो पारेर बुझे हुन्छ कि नेपालको गणतन्त्र, धर्मनिरपेक्षता जातीय र धार्मिक कट्टरपन्थीको हिमायती र धर्मनिरपेक्ष एवं सहअस्तित्वको अभ्यास गर्ने बहुसंख्यक हिन्दू, जैन, बौद्ध तथा किराती समुदायको शत्रु हो भनेर बुझ्नु गलत हुँदैन | नत्र समुदाय विशेषलाई जातीय, धार्मिक आधारमा हिंसातिर उन्मुख गराउन तत्पर "घृणावादी"हरूलाई सरकारले न्यायको डण्डा किन चलाउन सक्दैन ? उत्तर फेरी पनि त्यही हो "यो गणतन्त्रले बहुमतलाई शत्रु ठान्छ !
स्वस्तिअस्तु

सम र योगी

 सम र योगी

दुई जना खाट्टी नेपालीहरू बालकृष्ण सम र योगी नरहरिनाथप्रति मेरो विशेष श्रद्धा छ | हो, केहीलाई सम र योगी एकठाउँमा राखेको मन नपर्ला तर दूवै क्षेत्रीले नेपालीको घैंटोमा घाम लगाउने काम गरेका छन् | योगीले लगौटी लगाएर नेपालको पहिचान स्थापित गर्न गाउँगाउँ पुगेका थिए भने अर्का समले समतामूलक समाजका लागि "सम" अंगालेका थिए | दूवै क्रान्तिकारी लेखक हुन् तर धार'चाहिं नितान्त फरक छ |
समले आकस्मिकता र नियमिततालाई प्रकृतिको स्वभावका रूपमा बुझ्दै दर्शनको सृष्टि गरे | समका विचारमा यी दूवैका विचमा कुनै देवीदेउताको मध्यस्थता चाहिन्न | रह्यो, मानव जगतको कुरा महर्षि पतंजलि, महात्मा बुद्ध, शेक्सपियर र फ्राइडले क्रमशः मान्छेको मन, स्वभाव, कल्पनाशीलता र विकासको प्रतिनिधित्व गरेका छन् | नियमित आकस्मिकतावाद आफैमा पनि नियमित आकस्मिकता भएकोले आत्मघाटीझैं बुझिए पनि, यही नै प्रकृतिको जडनियम भएकोले चलिनैरहने छ |
स्व. बालकृष्ण समका यी दार्शनिक विचारहरूले वैदिक र पाश्चात्य दार्शनिक चिन्तनको समन्यव गर्न खोजेको छ | कुनै पनि नेपालीले पहिलोपटक दार्शनिक "वाद" अर्थात् सिद्धान्त निर्माणको तहमा काम गरेको यो नै पहिलो उदाहरण हो | बालकृष्ण समको नियमित आकस्मिकता दर्शनशास्त्रीय परिभाषामा खरो नउत्रिए पनि, उनले नेपालीहरूलाई "वाद"का सवालमा पनि उदारवादी रहेर सिद्धान्त निर्माण गर्न अभिप्रेरित गरेका छन् |
ब्रह्मलीन योगी नरहरिनाथ पनि सिद्धान्त निर्माणको तहमा काम गर्ने स्वदेशी विद्वान हुन् | योगीले सधैं सनातन धर्मको केन्द्र नेपाल भएको विश्वास र श्रद्धामा डटेर अनुसन्धान गरे र उपर्युक्त तत्थ्यलाई प्रमाणित गरे | हिन्दुसमुदायलाई आक्रमणकारी मान्ने समाजवादीहरू योगीका विचारलाई मन पराएनन्, यो फरक कुरा हो | स्व. बालकृष्ण सम स्वधर्म, संस्कृति तथा गौरवका पक्षधर नास्तिक हुन् | यिनले सधैं सनातन धर्मको सांस्कृतिक नेपालको सुरक्षा र निरन्तरताका लागि विचार दिए | योगी नरहरिनाथ सनातन धर्मको उत्पात्ति थलोका रूपमा नेपालको गौरवलाई पुनस्थापना गर्नुपर्छ भन्ने क्रान्तिकारी सन्त हुन् | दुखको कुरा धर्मनिरपेक्षता र हिन्दू फोवियाग्रस्त समाजवादीहरूको झुण्डले बालकृष्ण सम र योगी दुवैसंग न्याय गरेको छैन | बालकृष्ण सम राजखलक थिए, उनले आफ्नो जीवनकालमा आफ्ना विचारहरू आफै प्रकाशित गरे तर लानगौटीधारी जोगीले पनि मागेर भए पनि नेपालको गौरवस्थापित गर्न शिखरिणीयात्रा सहित जति पुस्तकहरू प्रकाशित गरेरै छाडे |
आजको मितिसम्म पनि सम र योगी दुवैका अनेकौं कृतिहरू अप्रकाशित छन् | यी दुवै महापुरुषका कृतिहरू खोजेर प्रकाशित गर्दा लाजमर्दो हुँदैन |
स्वस्तिअस्तु

विचारो अतिवाद !

विचारो अतिवाद ! 

आजभोली "अतिवादी" शब्द अतिवादीको फन्दामा परेको छ | कानुनले बर्जित गरेको राष्ट्रीय पशु "गोरू" काटेर सामाजिक संजालमा देखाउंदै राख्नेहरू अतिवादी नहुने, नेपालका ब्राह्मणक्षेत्री विरुद्ध "शरणार्थी"को ट्याग लगाएर गालीगलौज गर्ने अतिवादी नहुने, देशका करोडौं जनताले पूज्ने देवीदेवतालाई शैतान भन्ने र मन्दिरहरू भत्काउने, दशैंतिहारको रमाइलोमा आफ्ना बालबालिकालाई "शैतानसंग" जोगान भन्दै घरमा कैद गर्ने, ब्राह्मण समुदाय विरुद्ध जातिसूचक, धर्मसूचक गालीगलौज गर्ने अतिवादी नहुने तर बुद्ध र विष्णु एकै हुन्, सबै धर्मको सारतत्व एकै हो भन्ने हिन्दूहरू अतिवादी हुने ?

यो देशमा यदि कानुनी राज्य छ भने "अतिवादी"हरू विरुद्ध कार्वाही गरोस् | यो मांग गर्नुनै "अतिवाद" होला किनभने सरकार नै जातिवाद, घृणावाद तथा विभाजनवाद समर्थक छ | सामाजिक संजालमा ब्राह्मणक्षेत्री, हिन्दू धर्म विरुद्ध एतिविधं प्रमाण हुँदाहुँदै पनि "अतिवादी"हरुको अतिवादलाई जातीय, धार्मिक, सांस्कृतिक, राजनैतिक तथा भूगोलको अधिकार ठान्ने सरकार आफै अतिवादी भएको छ | आदिवासी, जानजाति र मूलवासी वा अल्पसंख्यकको आवरणमा अन्य समुदाय विरुद्ध अतिवादले अर्को अतिवादलाई निम्तो दिनेछ | देशमा आदिवासीको पहिचान हिन्दू समुदाय विरुद्ध घृणा व्यक्त गरेर, गालीगलौज गरेर र आफ्नो समुदायलाई इसाईकरण गर्नेर हुन्छ भन्ने मान्यता गलत छ | प्रेमको प्रतिक्रिया प्रेम हुन्छ, घृणाको प्रतिक्रिया घृणा नै हुन्छ | आजको जमानामा कसैले पनि "हातमा दही जमाएर" बस्ने छैन |
गोरुको मासु (सत्य हो होइन थाहा छैन किनभने गोरुको र अन्य मासु नाङ्गो आँखाले चिन्न सकिन्न) खाएर हिन्दूहरूको धार्मिक विश्वासमा प्रहार गर्नेहरू सम्भवत: मध्यकालीन मुस्लिमहरू भन्दा पनि घृणित छन् | हिन्दू विरुद्धको यो घृणित चिन्तन वाहिर निस्केको छ | तर हिन्दू समुदायले घृणावादीहरूको उत्तर घृणावादबाट दिनु हुँदैन | यदि सरकारले संविधान मान्छ, भने सरकारले संविधानको रक्षा गर्नुपर्छ | राईलिम्बु वा जनजातिको आवरणमा हिन्दूहरूको धार्मिक आस्थामा प्रहार गर्नेहरू "आदिवासी-जनजाति" होइनन् | यिनको परिचय केवल घृणावादी हो | आतिवादी हिन्दू होइनन्, यी अतिवादी हुन् |
पहाड विरुद्ध मधेश, आदिवासी जनजाति विरुद्ध बाहुनक्षेत्री, दलित विरुद्ध बाहुन, महिला विरुद्ध पुरुष, हिन्दू विरुद्ध बौद्ध, हिन्दू विरुद्ध इसाई, नेपाली भाषा विरुद्ध हिन्दीजस्ता कित्ताकाट र घृणावादी विष फैलाएर यदि देशको विकास हुन्थ्यो भने २०५२ सालपछि नेपाल अमेरिकालाई पछार्ने बन्थ्यो | मुख्य कुरा, हरेक देशवासीले गौरवपूर्ण, सहृदयी तथा सम्मानजनक जीवन पाउनु पर्छ | यस्तो जीवन हिन्दू जीवन संस्कृति विरुद्ध घृणा फैलाएर प्राप्त हुने छैन | यदि राजनैतिक नेतृत्वले कित्ताकाट र घृणावादलाई समर्थन गरिरहे भने देश धेरै असजिलोमा पर्ने छ |
स्वस्तिअस्तु

द्वैताद्वैत, निम्बार्क र वेदान्त दशश्लोकी

द्वैताद्वैत, निम्बार्क र वेदान्त दशश्लोकी  निम्बार्क उपासना  नियमानन्द शान्ति र साधनाप्रिय ब्राह्मण थिए | उनले पढेको गुरुकुलमा गुरूले "...