म केटाकेटी हुँदा ज्यादै लोभी मान्छेलाई "द्रव्य पिसाच" भनेर सम्बोधन गरेको सुनेको थिएँ | यो संस्कृतको शब्द हो र गालीगलौजको प्रयोजनमा प्रयोग हुन्छ | द्रव्य पिसाच त्यो व्यक्ति हो जसले धन प्राप्ति र रक्षाका लागि जस्तोसुकै अनैतिक काम गर्न सक्छ | कश्यप ऋषि र दितीद्वारा (शास्त्रले निषेध गरेको समयमा) यौन कर्मद्वारा स्थापित गर्भबाट हिरण्यक्ष (जताततै सुन-सम्पत्ति मात्र देख्ने) हिरण्यकशिपु (सम्पूर्ण संसार नै सुनको होस्, परीधान पनि सुनका) दुई सन्तानको जन्म भयो |
Saturday, October 29, 2022
द्रव्यपिसाचको जन्म
के महाकवि देवकोटा दार्शनिक थिए ?
१. दूई जना अध्येता प्रा.डा. दुर्गा प्रसाद अर्याल र गोविन्द शरण उपाध्यायले महाकवि देवकोटाका कृतिमा आधारित भएर दार्शनिक अध्ययन गरेका छन् | अर्यालले नेपाली विषयको विद्यावारिधि गरेका हुन् भने उपाध्यायले दर्शनशास्त्र विषयमा | विषयअनुसार दृष्टिकोण फरक हुनु स्वाभाविक हुन्छ | अर्यालले देवकोटाका कविताहरूमा दार्शनिकता खोज्ने प्रयत्न गरे भने उपाध्यायले विचारहरूमा दार्शनिक चिन्तन खोल्ने प्रयत्न गरे | उपाध्यायले देवकोटामा उठाएको दार्शनिक प्रश्न दार्शनिक दृष्टिकोणमा आधारित छन् भने अर्यालले उठाएका दार्शनिक प्रश्नहरू साहित्यसंग बढी नजिक छन् |
प्राचीन वैदिक शैली
प्राचीन साहित्यहरू कथाशैलीमा लेखिने गर्थे | गहनभन्दा गहन विषयलाई "गायनकथा"का रूपमा प्रस्तुत गर्दा सर्वसाधारणले समेत विषयवस्तुमा राम्रो पहुँच हुन्थ्यो | पुराणहरू कथाशैलीमा छन् र विषयवस्तुहरू गायनशैलीमा लेखिएका छन् | आजको मनोविज्ञानले कथाशैलीमा प्रस्तुत गरिने सिकाईका विषयहरू मानवीय मस्तिष्कमा दीर्घकालसम्म सुरक्षित रहने भन्दै बालबालिकाहरूकी गायन, उपमा, कथाआदि शैलीहरू प्रयोग गरेर सिकाउँन अनुरोध गरेको छ | पौराणिक कथाहरूको आधार वेद तथा उपनिषद नै हुन् तर शैली रुचिकर भएको हुँदा स्थानीय आवश्यकता, संस्कृति तथा चालचलनअनुसार फरकफरकशैलीमा प्रस्तुत गरिका छन् | तर एतिहुँदा हुँदै पनि सम्पूर्ण पौराणिक साहित्यको लक्ष धर्म, अर्थ, काम र अन्तन्त: मोक्ष प्राप्ति नै रहेको छ | पौराणिकहरू मध्ये यी लक्ष प्राप्तिका लागि कसैले ज्ञानमार्ग, कसैले कर्म मार्ग त कसैले भक्तिमार्गको अवलम्बन गरेका छन् | सात्विक, राजसिक तथा तामसिक स्वभाव र व्यक्तित्वअनुसार मान्छेले आफ्नो मार्ग चिन्थे |
पुराणहरूको आधुनिक सन्दर्भ
१. आजको आधुनिकता शब्दले पश्चिमा संस्कृति र सभ्यताले बाइबलसंग विद्रोह गरे एताको समयावधि जनाउँछ | नेपालीहरूले भने आधुनिकताको प्रयोग पश्चिमी सभ्यताले नेपाली समाजमा प्रभाव पार्न थालेका मानकहरूका आधारमा प्रयोग गरिन्छ कि भन्ने लाग्छ | आधुनिकताको सवाल र अर्थ विद्वानहरूले आ-आफ्नो समझअनुसार गर्छन् | तर समग्रमा आधुनिकताको अर्थबोधमा विज्ञानप्रतिको अभिरुचि, शिक्षा-स्वस्त्थ्यको कल्याणकारी व्यबस्थापन गर्ने चेतना, नारी तथा बालबालिकाको अधिकार तथा मानवतावादी चिन्तनको विकाससंग जोडेर हेर्ने गरिन्छ | यस बाहेक नेपाली समाजमा आधुनिकताको थप अर्थपछि छ - निर्धक्क रूपमा सुरा र यौनको प्रयोग, धनका लागि नातागोताको महत्व अवमूल्यन र अधिकारसंग जोडेर शरीरलाई पनि बजारमा फरकफरक किसिमले बेच्ने स्वतन्त्रताको प्रयोग र मौलिक इतिहास, संस्कृति तथा संस्कारहरूप्रति अरुचि अथवा घृणावादी दृष्टिकोण र पश्चिमा संस्कृति, सभ्यता तथा संस्कारहरूप्रति प्रशंसाको दृष्टिकोण राख्नुलाई पनि बुझ्ने गरिन्छ | यहाँ आधुनिकतावादी नेपालीहरूले नबुझेको तत्थ्य के हो भने पाश्चात्य सभ्यताले पनि "पुराण"का विभिन्न चरण पार गरेर नै यहाँ आएका हुन् | हो, उनको लेखनशैली, व्यबहार गर्ने शैली र बुझ्ने/बुझाउने शैली यहाँको भन्दा फरक थियो |
योग के हो ?
योगको सरल अर्थ हो जोडिनु, पूजा गर्नु, आराधना गर्नु | सांख्यदर्शनले जडप्रकृतिको तात्विकतालाई चिनेर परमात्मासंग जोडिने शिक्षा दिन्छ | जल्से योगका लक्षणहरूको अनुभूति गर्छ, उसको मन स्वत: प्रसन्न हुन्छ | जसले प्रकृतिका गुणहरूको ज्ञान चाहन्छ, उसले सर्वप्रथम स्वधर्मसंग जोडिनुपर्छ र विधर्मसंग अलिअलि गरेर अलग्गिनु पर्छ | यहाँ धर्मशब्दको अर्थ रिलिजन होइन | जे-जस्तो आफ्नो कर्म र भाग्यले भौतिक साधन उपलब्ध भएको छ, तेसमा सन्तोष गर्नुपर्छ |अहिंसा, सत्यआदि पांच नियमहरूको पालना गर्नुपर्छ | मनलाई एकाग्र पारेर मानसिक पवित्रतापूर्वक भगवानको ध्यान गर्नुपर्छ | लगातार ध्यान गर्दै गर्दा अलिअलि गरेर भगवानको दिव्यता आत्माभित्र प्रवेश गर्छ र त्यो जति प्रगाढ हुँदैजान्छ तेतिनै व्यक्तिको जीवनमा समाधि घटीत हुन्छ | समाधि एस्तो अवस्था हो जहाँ समय, प्रकृति, जन्ममृत्यु, जरा व्याधिले प्रभावित पार्न सक्दैन | यो परमआनन्दको अवस्था हो | यही मोक्षअवस्था हो |
सांख्यदर्शनको बाटो
वैदिक संस्कृतिकाअनुसार मान्छेको जीवन काकताली होइन | अनेकौं जन्मको अथक प्रयासपछि जीवले मनुष्यको जीवन प्राप्त गर्छ | मनुष्य जीवन प्राप्त गर्न देवताहरू पनि इच्छुक हुन्छन् भन्ने तत्थ्य सबैजसो पुराण र स्मृतिहरूले प्रष्टरूपमा उल्लेख गरेका छन् | भगवान् कपिलको सांख्यदर्शनले ईश्वर, प्रकृति, जीव, माया, सृष्टिको उत्पत्तिका विषयमा सर्ग र विसर्ग दूवै गतिको व्याख्या गरेको छ | हो, आधुनिक विज्ञानको चस्माले हेर्दा सांख्यदर्शनको सृष्टिक्रम पढ्दा अन्धविश्वासजस्तो लाग्ला तर जसरी प्रकृतिको सर्ग तथा विसर्गलाई सृष्टिको लागि वर्णन गरिएको छ, त्यो अद्भूत छ | मनुष्यक रूपमा आमाको गर्भमा जीवको प्रवेश, गर्भमा उसको विकास, गर्भमा ज्ञान, जन्मका लागि प्रार्थना र मान्छेको जीवनको भोगाईका विषयहरू बडो मार्मिक छ | सांख्यदर्शन मूलत: तत्व विवेचना गर्ने दार्शनिक दृष्टिकोण भए पनि भगवान कपिलले मनुष्य जीवनको सफलता भगवानको चिन्तन गर्नु र परोपकार जीवन विताउनुमा छ भन्ने तत्थ्य देवहुतिलाई बताउनु भएको छ |
एउटा भोट
१. राजनीति गर्नेहरूले सत्ता प्राप्त गर्छन्, त्यो सत्ता उनले चाहे र काम गरेअनुसार प्राप्त भएको मान्नुपर्छ | विश्वका हरेक देशमा राजनीति छ र त्यहाँ सत्ता छ, सत्तासीनहरू पनि छन् | विश्वका केही अपवादलाई छोडेर आफ्नो इतिहास, संस्कृति र पहिचानप्रति पश्चाताप गर्ने "कपू" अर्थात् कम्म्युनिस्ट, समाजवादी र पूँजीवासी राजनीतिज्ञहरू नेपालमा सहज प्रकारले उपलब्ध छन् | नागरिकताको प्रमाणपत्र नेपाली भए उनको "यो मन त विदेशी नै छ" भन्न मिल्छ | सबैभन्दा अनौठो कुरा त के भने जतिसुकै विदेशीको नक्कल गरे पनि, झूट बोले पनि, देश र जनतालाई पथविहिन बनाए पनि जनताले यिनैलाई रोज्ने छन् र फेरी चिया-पसल र आफ्नो सुत्ने कोठामा पल्टेर यिनै बदख्वाई गर्ने छन् | विगत ६० वर्षदेखि नेपालमा यो चालन चलिनैरहेको छ |
द्वैताद्वैत, निम्बार्क र वेदान्त दशश्लोकी
द्वैताद्वैत, निम्बार्क र वेदान्त दशश्लोकी निम्बार्क उपासना नियमानन्द शान्ति र साधनाप्रिय ब्राह्मण थिए | उनले पढेको गुरुकुलमा गुरूले "...
-
चारवैष्णव सम्प्रदाय सक्षिप्त परिचय भविष्य महापुराणमा चार आधिकारिक वैष्णव सम्प्रदायहरूको वर्णन भएको छ | वैष्णवको अर्थ विष्णु समबन्धि उपा...
-
प्रथम नेपाली दार्शनिक महर्षि कपि ल महर्षि कपिलको जन्म ब्रहमपुत्र कर्दम र देवहुतिबाट नेपालको कपिलवस्तुमा भएको हो | श्रीमद्भागवतमा कपिल जन...
-
द्वैताद्वैत, निम्बार्क र वेदान्त दशश्लोकी निम्बार्क उपासना नियमानन्द शान्ति र साधनाप्रिय ब्राह्मण थिए | उनले पढेको गुरुकुलमा गुरूले "...