Friday, October 20, 2023

दुर्गापूजा गर्दैगर्दै...

 दुर्गापूजा गर्दैगर्दै...

नेवारहरूले बनाएको सुन्दर महिषासुर मर्दिनीको अष्टधातुको यो मूर्ति हाल न्युयोर्कको म्युजियममा छ | मूर्तिहरू म्युजियममा हुनु नौलो कुरा होइन तर यो नेपालको प्राचीन मूर्ति त्यहाँसम्म पुर्याउनेहरूको घर-परिवारले यो मूर्ति बेचेर कति पैसा कमायो, कति मोज गर्यो र अहिले त्यो व्यक्ति र परिवारको के अवस्था छ ? यो निकै महत्वपूर्ण प्रश्न हो | हामीले पर्वहरू मनाउंदै गर्दा हाम्रा पुजनीय देवीदेवताका मूर्तिहरू म्युजियममा "हेर्ने वस्तु"मा रुपान्तरित हुनु नेपाली र व्यक्तिगत तवरमा हामी सबैलाई लज्जाबोधको विषय हो |

एकातिर धर्मपरिवर्तन गराएर देशलाई धार्मिक, सांस्कृतिक तथा सामाजिक रूपमा परिचय विहिन बनाइदै छ भने अर्कोतिर महिषासुर मर्दिनीजस्ता हजारौंहजार आस्था र विश्वासका धरोहरहरू विदेशमा बिक्रय गरिदै छ | भगवती दुर्गाको आराधना गरेर बलि दिने वा बलिको विरोध गर्ने भन्दा पनि आफ्ना मौलिक रैथाने सम्पदाहरू (मूर्त र अमूर्त) सम्पदाहरूको सुरक्षातिर ध्यान दिनु आवश्यक छ | अष्टमी वा महानवमीका दिन भक्ति र श्रद्धाको खोलो बगाउने अरू दिन चाहिं मन्दिर/कोटहरूको वास्ता नगर्ने श्रद्धाचाहिं आत्मघाती हो | हरेक गाउँ तथा टोलले आफ्ना सम्पदाहरूको रक्षा र पूजाआजको दीगो व्यबस्था गर्न लागौं |

हरेक गाउँ र टोलका समुदायहरूले स्थानीय मूर्त तथा अमूर्त सम्पदाहरूको सुरक्षा गर्ने कार्ययोजना बनाउंदै भगवती देवी दुर्गाको आराधना गर्नेतिर पनि ध्यान दिनुपर्छ | आजको मितिमा गाउँगाउँबाट प्राचीन सम्पदाहरू चोरेर विदेशमा महङ्गो मुल्यमा बेच्ने "सफेद पोस" चोरहरूको बिगीविगी बढेको छ | यस्ता चोरहरू जस्तोसुकै आवरणमा हुन सक्छन् | यस्तो अवस्थामा स्थानीयहरूले नै आफ्नो गाउँठाउँमा उपलब्ध प्राचीन सम्पदाहरूको फोटो खिचेर राख्ने, सो फोटो स्थानीय प्रहरीलाई उपलब्ध गराउने, स्थानीय सरकारसंग समन्वय गरेर वडा भवन वा तोकेको ठाउँमा ती सम्पदाहरूको विवरण राख्ने र ती विवरणहरू नेपालको आर्काइभ-सेन्टरमा पठाउने व्यबस्था मिलाउनु पर्छ |

यस्तो नहोस् कि आज भगवतीको पूजाआजा (बलि दिंदै वा नदिएर) गरिन्छ, भोलिपल्ट त्यो मन्दिरको मूर्ति न्युयोर्कको म्युजियमका लागि प्रस्थान गर्छ ? के हिन्दु, के बौद्ध, के जैन, के किराती, के बोन्पो, के आस्तिक, के नास्तिक, के समाजवादी, के साम्यवादी, के मुस्लिम तथा के इसाई नेपाली प्राचीन सम्पदाको रक्षा गर्ने जिम्मा सबैको हो |

अन्त्यमा, श्रद्धा त श्रद्धा नै हो तर श्रद्धा गर्न नजान्दा बढो नोक्सानी हुन्छ | मन्दिरका मूर्तिहरूमा अवीर तथा गुलियोहरू अर्पण गर्दा अवीरमा रहेको सीसाले मूर्तिको आयुलाई क्षय गर्छ | मूर्तिहरू कुरूप हुन्छ, पाप्रा उकिन्छन् | मूर्तिका लागि यो अविर निकै घातक हुन्छ | तेसैले अवीरको विकल्प खोज्नुपर्छ | उदाहरणका फूल मात्र अर्पण गर्न सकिन्छ तथा गाउँमा सजिलै पाइने कपुरको रूखको डाला घोटेर बनाएको चन्दन अर्पण गर्न सकिन्छ | यसरी देवदेवीको पूजाआजा गर्न पनि पाइने र मूर्तिलाई पनि कुनै क्षति नहुने बाटो अवलम्बन गर्न हामी सबै स्वयं तयार हुनुपर्छ |

स्वस्तिअस्तु
फोटो : प्रा.डा. दीपक

Friday, October 13, 2023

कसैले त बोल्नुपर्छ !!!

 कसैले त बोल्नुपर्छ !!!

मुस्लिम होस् वा अन्य यदि कसैले गलत काम गर्छ भने त्यो विरुद्ध बोल्नै पर्छ | केही मुस्लिमअतिवादीको दोष सबै मुसलमानलाई दिनु हुँदैन | तर स्थायी घर भै हाल काठमान्डौमा बसोवास गर्ने शिक्षाक्षेत्रसंग एकजना मुस्लिम मित्रले मुखै फोरेर भने "सर्लाही र नेपालगञ्जको दङ्गा भारत र पाकिस्तानबाट दीन (धर्म) सिकाउन नेपाली मुसलमानहरूले बोलाएर मस्जिद तथा मदरसामा राखेका मुल्लाहरूले दिएका शिक्षाको फल हो | नेपालीले अव धेरै दङ्गाहरू खप्नुपर्छ | होइन भने इजरायलले हमास विरुद्ध निर्मम अभियान चलाएझैं "गुस्ताखे नविको एक ही सजा, सर तन से जुदा सर तन से जुदा" (जसले पैगम्वर मोहम्मद विरुद्ध बोल्छ, उसको टाउको काट्नु नै न्याय हो ) भन्दै पाकिस्तानी नारा घन्काउनेहरूलाई तुरुन्त कानुनअनुसार कडाभन्दा कडा सजायको व्यबस्था गर्नुपर्छ |
कुनै पनि धर्म मान्ने समुदायले आफ्ना धर्मको विषयमा जान्न विश्वको जुनसुकै कुनाबाट विज्ञ व्यक्ति बोलाउन सक्छ | नेपाली मुस्लिम र इसाईहरूले संविधानले दिएको एस्तो अधिकारको दुरुपयोग गरिरहेका छन् | इसाईहरूले विदेशबाट डलर बोकेका गोराहरू वा कोरियनहरूलाई बोलाएर धर्मपरिवर्तन गराईरहेका छन् भने मुस्लिमहरूले पाकिस्तानजस्ता कट्टरपन्थी उत्पादन गर्ने देशबाट इस्लामको शिक्षाको लागि मुल्लाहरूलाई बोलाएर नेपालका मुसलमानहरूको मनमा हिन्दू, बौद्ध, जैन तथा मुस्लिम वाहेकका समुदायहरूमा घृणावाद भरिरहेका छन् | मदरसाहरूमा उपर्युक्त मुल्लाहरूले काफिर विरुद्ध जिहाद गर्न प्रेरित गरिरहेका छन् | फलत: नेपाली मुस्लिमहरूमा पनि जिहादीपनाले बलियो घुसपेठ गरिरहेको छ |
हाम्रो छिमेकी देश पाकिस्तानले सन् १९७३ मा आफुलाई "मुस्लिम देश" घोषणा गर्यो | त्यसपछि क्रमशः पाकिस्तानी राजनीतिमा कट्टरपन्थी अलहदिस देववंदी मुस्लिमहरूको प्रभाव बढ्दै गयो | सन् १९७६ मा जियाउलहकले कानुन बनाएर कुरान र त्यसका रचयिता मोहम्मदका विरुद्ध बोल्नेलाई मृत्युदण्ड दिने व्यबस्था गरे | त्यसपछिका दिनहरूमा अहमदिया समुदायका मुस्लिमहरूलाई प्रतिबन्धित गरियो भने इसाई, बौद्ध तथा हिन्दु अल्पसंख्यक विरुद्ध हदैसम्म अत्याचार हुन थाल्यो | आजको मितिमा पाकिस्तानलाई आतंकवादीहरू उत्पादन गर्ने देशका रुपमा चिनिन्छ | भारत र पाकिस्तानबाट नेपाल आएर इस्लामको शिक्षा दिने "मुल्ला र मौलवी"हरूलाई पूर्णतया प्रतिबन्धित गरिनुपर्छ र विभिन्न बहानामा धर्मपरिवर्तन गराउन आउने विदेशीहरूलाई पनि सख्त कार्वाही गरिनुपर्छ | यस्तो कार्वाही विरुद्ध उत्रने जुनसुकै व्यक्तिलाई कठघरामा उभ्याउनु पर्छ |
यो लेख लेख्दैगर्दा हमास नामक कट्टरपन्थी मुस्लिम संगठनले सवाथको दिन परेर इजरायलमा आक्रमण गर्यो | ४००० हजार मिसाइलहरू प्रहार गरेर १००४ जना इजरायलीहरूको निर्मम हत्या गर्यो | तर पाकिस्तानी र भारतीय मुस्लिम मुल्लावाट शिक्षा प्राप्त गरेका नेपाली मुसलमानहरूले हमासको क्रूरतापूर्ण कार्यलाई समर्थन गर्दै अभिव्यक्ति दिएका छन् | यद्यपि यो समर्थनले अहिले नेपाली समाजमा खासै अर्थ नराख्ला तर दीर्घकालमा यो कट्टरपन्थी विचारले नेपाली समाजलाई अफगानिस्तान र पाकिस्तानको बाटोमा लैजाने पक्का छ | यदि कुनै मुसलमानले कुरानको कानुन मान्छु देशको कानुन मान्दिन भन्छ भने निर्ममतापूर्वक कार्वाही गर्नेपर्छ | एउटा वा दुईटा कट्टरपन्थीले गर्दा सम्पूर्ण मुस्लिमसमाजले दुख पाउँछ |
सर्लाही तथा नेपालगंजमा "सर तन से जूदा"को नारा लगाउनेहरूलाई संरक्षण दिनेहरूले हिन्दु विरुद्ध षड्यन्त्र त गरिनै रहेका छन् निर्दोष मुसलमानहरूलाई पनि असुरक्षित बनाउंदै छन् | नेपालगंजमा अतिवादी मुस्लिमहरूले "सरतनसे जुदा" भन्दै लगाएको नाराको चलचित्र सुरक्षित छ | आजका मितिमा नेपालभरीका युवा मुसलमानहरूम उपरोक्त नारा निकै लोकप्रिय छन् | मैले स्याङ्गजाको पुतली बजारमा पनि यस्ता नारा लगाउने "हरियो फेटा बाँधेका" भारतीय वा पाकिस्तानी मौलवीको समुहलाई देखेको छु भने बाग्लुंग बजारमा पनि एस्तै समुह भेटेको छु | यस बाहेक काठमाडौँको मुटुमा रहेको कास्मिरी तकिया मस्जिदमा इस्लाम सिकाउने पाकिस्तानी मौलवीलाई मैले भेटेको छु | ती मौलवीले नेपाली हिन्दू नागरिकहरूसंग दोश्रो दर्जाको व्यबहार गर्छन् | यो मैले आफै अनुभव गरेको तत्थ्य हो |
नेपालको इतिहासमा (सन् १३३७) बंगालको मीर कासिमले पहिलोपटक आक्रमण गरेर काठमाडौँ उपत्यकामा पुगेको र त्यहाँको पशुपतिनाथको लिंग फुटाएको. पुस्तकालयहरू जलाएको र उपत्यकाको शहरी तथा ग्रामीणक्षेत्रमा आगो लगाएको तथा लुटपाट गरेको तत्थ्य दर्ज छ | अहिले सन् २०२३ मा पनि मुस्लिमहरूको आक्रमणकारी चिन्तनमा कुनै फरक आएको छैन | अफगानिस्तान होस् वा भारत वा पाकिस्ताननै किन नहोस् - मुस्लिमहरूले काफिरहरूको हत्या गरेकै छन् | मुस्लिम वाहुल्य देशहरूमा अल्पसंख्यकलाई कुनै पनि प्रकारका अधिकार छैनन् | यो कट्टरताको मियो कुरान हो वा कुरानमा नभएका कुराहरू पनि जोडेर मुल्लाहरूले मुस्लिम समाजलाई अन्य समाजविरुद्ध उक्साउने गर्छन् | अरू समुदायसंग मिलेर बस्न नसक्ने र कुरान बाहेकको न्यायिक व्यबस्थामा विश्वास नगर्ने हुँदा यो समुदाय अर्को समुदायसंग मिलेर बस्नै सक्दैन भने मुस्लिमहरूकै दुई फरक सम्प्रदायहरूबिच पनि काटाकाट भैरहन्छन् | नेपाली समाजमा कट्टरताको यो बाछिटा पर्न दिनुहुँदैन |
नेपाललाई मिनी पाकिस्तान बनाउने काम मधेश र पहाड दूवैतिर हुँदै गरेको प्रमाण "जो पैगम्वर मोहम्मद विरुद्ध बोल्छ, उसको टाउको काट्नु नै न्याय हो" नारा लगाउने जमात हुनु हो | यी नाराहरूलाई सुन्ने तर प्रतिक्रिया नदिने तराईका हिन्दूहरू आफ्नै ठाउँमा शरणार्थी बन्नु पर्ने निश्चित छ | यस विषयमा सरकारी संयन्त्रले समयमै सहीसही निर्णय लिनुपर्छ | यस्तो उग्रवादी सोचलाई भोटसंग जोड्नु भनेको निर्दोष मुसलमान तथा त्यहाँका हिन्दू विरुद्ध अन्याय हो |
अन्त्यमा एउटा कुरा जोड्नै पर्छ - यहुदी, इसाई र मुस्लिम यी तिनै पन्थहरूको जन्म यहूदाबाट भएको हो | यी फरकफरक देखिए पनि अन्य संस्कृतिका सवालमा अनुदार हुन्छन् | यहुदीको सङ्ख्या थोरै भएको हुँदा खासै चर्चा हुँदैन तर इसाई र मुस्लिमहरूको चर्चा हुन्छ | मुस्लिम र इसाई दूवैले धर्म परिवर्तन गराएर मुस्लिम वा इसाई बनाउने कामलाई पवित्र ठान्छन् | मूर्ति पूजक, बहुदेववादी तथा देवी (स्त्रीशक्ति)को उपासना गर्ने कामलाई सिर्क वा ब्लेसफेमि मान्छन् | नेपालमा इसाई र मुस्लिमहरूले समाजवादीहरूसंग मिलेर नेपाललाई एकेश्वरवादतिर लैजाने कुरामा सहकार्य गरिरहेका छन् | कुनै पनि हिन्दू, जैन वा बौद्धले मुस्लिम वा इसाईसंग घृणा गर्न, यिनको आलोचना गर्न आवश्यक छैन | हरेक समुदायले आफ्नो समुदायका व्यक्तिहरूलाई मुस्लिम-इसाईको धर्मपरिवर्तनको चक्रबाट जोगाउन काम गर्नुपर्छ | यसो गर्यो भने देशको र जनताको रैथाने पहिचान जोगिने छ अन्यथा हामी उनीहरूलाई गालीगलौज गर्ने छौँ, उनीहरू धर्मपरिवर्तन गराएर "नया जोगी"हरू तयार गर्ने छन्, जुन अत्यन्त कट्टर, अनुदार र घृणावादी हुनेछ |
स्वस्तिअस्तु

Saturday, October 7, 2023

सानो कुरा - ७६ (ब्रह्मनाल)

 सानो कुरा - ७६ (ब्रह्मनाल)

समय : ४:३०, आर्यघाट
आर्यघाटमा मृतकको शव आउने क्रम चलिरहेको थियो | आर्यघाटको ब्रह्मनालमा सुताएर पानी ख्वायेपछि मृतकको आत्मा स्वर्ग जान्छ भन्ने विश्वासले ब्रह्मनालको पालो कुर्नुपर्छ | तीनचारबटा मृतशरीर राखेर आफन्तहरूले ब्रह्मनाल खाली हुने प्रतिक्षा गरिरहेका थिए | आफन्तहरू रोइकराई गरिरहेका थिए |
एत्तिकैमा एउटा समूह मृतकको मृत शरीर लिएर आइपुग्यो | त्यो समूहले आफुले ल्याएको मृत शरीरलाई पहिले त्यहाँ रहेका मृतशरीर भन्दा अगाडी ल्याएर सुताए | आफन्तको मृत्युका कारण दुखी आफन्तले पालो मिच्दा अचम्म माने तर केही बोलेनन् | फलानो राजनैतिक पार्टीको झण्डाले शव छोपिएको हुँदा त्यो शव कुनै नेताको हो भन्ने प्रष्ट हुन्थ्यो | शवलाई फलानो पार्टीको झण्डाले छोपिएको थियो |
यो घटना मैले आर्यघाट माथिको बाग्मतीतिरको पशुपतिको दलानबाट नियाली रहेको थिएँ | अनि, ब्रह्मनालमा सुताएको शव निकाल्दासाथ पालो मिचेर झण्डाले छोपिएको शव ब्रह्मनालमा सुताए | पालो मिचिएकाले केही प्रतिवाद गर्न खोजे तर अन्तिम दर्शनका लागि आएका सरकारी मान्छेहरूका सुरक्षाकर्मीले अवरोध उत्पन्न गरे | कसैको केही लागेन, शवले प्राथमिकता पायो | अनि, उठाएर चितातिर लगियो |
यो दृश्य हुँदै गर्दा मसंगै एकजना जोगी उभिएका थिए | त्यो सबै घटना देखेपनि उनले मुख विगार्दै भने "मरेपछि पनि यो मान्छेको लाशले राजनीतिबाट मुक्ति पाएन | पार्टीको झण्डा ओढाएपछि घाटमा पनि पालो मिच्ने मिल्ने रहेछ | अव यो मान्छेले यही पार्टीको झण्डा बोकेर नर्कमा पनि पालो मिच्ने होला नि ! " हे भगवान्, मरेपछि पनि पार्टीको झण्डा ओढाएर ब्रह्मनालको पालो मिच्नेले देश र जनताको भलो गर्छन् भन्नु त सपनामा नसोचे पनि हुन्छ | समाजवादको बाटो एस्तो रहेछ बाबु ! होइन र ? मसंग कुनै जवाफ थिएन | मैले राजनैतिक झण्डाको आडमा धेरै ठाउँमा नियम मिचेको देखेको थिएँ तर शवको लागि नियम (पालो मिचेको) मिचेको भने पहिलोपटक आफैले देखेको छु |
'''''''''
म भने ती जोगी, शव र पालो मिचेर "ठूला-बडा" भएका राजनैतिक मलामीलाई हेरेर ट्वाल्ल परिरहें |

Friday, September 29, 2023

ॐ कारको नासा कनेक्शन !!

ॐ कार वैदिक संस्कृतिको भारतभूत परिचयको प्रतिक हो | वैदिक संस्कृतिबाट उद्भव भएका जैन, बौद्ध, किरात र शिख समुदायले पनि ॐ कारको आध्यात्मिक जीवन तथा साधनामा दैनिक प्रयोग गर्छन् - यो सत्य हो | आज ॐ कार हिन्दूहरूको आध्यात्मिक प्रतिकमात्र नभएर पुन: जैन, बौद्ध, किराती, बोन्पो तथा शिखसमुदायको सामुहिक सम्पदा हो |

आजभोली ॐ कारको सामाजिक संजालमा निकै चर्चापरिचर्चा भैरहेको छ | खासगरी Swagat Nepal को समुहको मुद्दामा अदालतले आदेश जारी गरेपछि चर्चा चुलिएको हो | यो परिचर्चाका कारण ॐ कारसंग निरपेक्ष रहेका वा ॐ कारको विषयमा केही पनि नजानेका व्यक्ति वा समुदाय पनि ॐ कारको विषयमा खोजिखोजी पढेका छन् | यो राम्रो पक्ष हो |
तर ॐ कार अमेरिकी अन्तरीक्षको अध्ययन गर्ने संस्थासंग जोडेर "ॐ कारको ध्वनी अन्तरीक्षमा प्रमाणिक भएको छ, नासाले ॐ कारलाई मान्यता दिएको छ, ॐ कारका आधारमा नासाके अन्तरीक्षको खोज गरिरहेको छ"जस्ता भ्रामक तथा कपोलकल्पित लेख्ने जमात पनि बढेको छ | सर्वसाधारणसहित विद्वान पनि यो भ्रामक प्रचारप्रसारमा सरिक भएका छन् | यस्तो भ्रामक प्रचारप्रसारले सनातन संस्कृतिको बैज्ञानिक पक्षमा आधात र अविश्वास बढ्छ | ॐ कारलाई नासाजस्ता कुनै पनि देशी वा विदेशी संस्थाहरूले मान्यता दिनु पर्दैन | यो हामी सबैको आस्थाको धरोहर हो |
उपर्युक्त विषयमा पाठकहरूले के बुझ्न पर्छ भने अमेरिकी संस्था नासाले ॐ कारको विषयमा अनुसन्धान गर्नु पर्ने कुनै कारण छैन | आजको मितिसम्म अन्तरीक्ष विज्ञानमा काम गर्ने कुनै पनि संस्थाले अन्तरीक्षमा ॐ कारको अध्ययन गरेको कुनै प्रमाण छैन | तर दर्शनशास्त्र, मनोविज्ञान, cognitive science, न्युरो-साइन्स तथा तान्त्रिक विज्ञानअन्तरगत अनुसन्धान भएका छन् | उदाहरणका लागि महर्षि महेश योगी तथा आचार्य श्रीराम शर्माका संस्थाहरूले ॐ कार र त्यसले शारीरिक, मानसिकतहमा पर्ने प्रभावहरूको डाटा-बेसमा अनुसन्धान गरेका छन् | केही स्वतन्त्र संस्थाहरूले पनि ॐ कारको ध्वनि र तेसले पार्ने प्रभाव बारे अनुसन्धान गरेका छन् | सबैभन्दा महत्वपूर्ण तत्थ्य के हो भने सबैजसो अनुसन्धानले ॐ कारलाई थेरापीका रूपमा उपयुक्त भएको ठहर गरेका छन् |
पुन: ॐ कार सम्पूर्ण सनातानिको साझा तथा अपौरुषेय सम्पदा हो, अस्तित्व तथा परिचय हो | जन्मदेखि मृत्युसम्मको साधना हो | आध्यात्मको उत्स हो | ॐ कार विना वैदिक सभ्यता परिचय विहिन हुन्छ | यसको सुरक्षा र निरन्तरता हरेक सनातनीको प्राथमिक दायित्व हो | ॐ कार विरुद्ध कुनै पनि षड्यन्त्र अक्षम्य हुन्छ | तर पनि वैज्ञानिकताका नाममा ॐ कारसंग असम्बद्ध संस्था तथा व्यक्तिहरूको नाम जोड्नु उचित होइन | सचेत रहेर ॐ कारको आराधना गरौँ |
ओंकारं बिन्दुसंयुक्तं नित्यं ध्यायन्ति योगिनः |
कामदं मोक्षदं चैव ओंकाराय नमो नमः ||
अर्थ : ऋषिमुनि तथा योगीहरूले विन्दुभएको ॐ कारको सधैं साधना गर्छन् | किनभने ॐ कारमा सम्पूर्ण कामना पूर्ण गर्ने र अनन्त: मोक्ष दिने शक्ति छ, ॐ कारप्रति नमन गरौँ |
स्वस्त्यस्तु (सबैको कल्याण होस्)

Tuesday, September 19, 2023

धर्म समानताभित्रको षड्यन्त्र

 धर्म समानताभित्रको षड्यन्त्र

आजभोली "सबै धर्म समान छन्" भन्ने कथन जताततै व्याप्त भएको छ | यो कथन निकै छलकपट र हिन्दू सनातनिको आस्थाका विरुद्ध छ | यदि तपाईंको कुनै साथी वा तपाईंले "सबै धर्म समान हुन्" भन्दै हुनुहुन्छ, भने यो समानताको भ्रमबाट मुक्त हुनुनै उचित हुन्छ | मैले यसरी लेखिरहंदा केही धर्मनिरपेक्षताको भूतले छलेकाहरूलाई निकै आश्चर्य र कष्ट हुनसक्छ तर सत्य तीतो हुन्छ र तीतो औषधि खानैपर्छ |
मैले कुनै पनि इसाई, मुस्लिम वा यहुदीले सबै धर्म समान हुन् भनेको सुनेको छैन | यदि कसैले भनि हाल्यो भने पनि त्यो उनका विश्वासहरूको विरुद्ध हो | उनीहरू आफ्नो धर्म र धार्मिकतामा निकै दृढ छन् | आफ्नो धर्म र धर्मिक्ताका मामिलामा उनीहरू कुनै पनि सम्झौता गर्दैनन् | यदि कुनै यहुदी, मुस्लिम, इसाई वा सिन्तोले धर्मनिरपेक्षताको वकालत गर्छ भने त्यो नितान्त रणनैतिक हुन्छ, धर्मनिरपेक्षतालाई उपयोग गरेर आफ्नो पन्थ विस्तार गरिरहेका हुन्छन् | यसको सबै भन्दा उचित र जीवन्त उदाहरण नेपाल हो |
एउटा सनातनीले विर्सेर पनि सबै धर्म समान हुन्छन् भन्नु हुँदैन किनभने गौपूजा गर्ने गाईलाई विश्वको आमाका रूपमा आदर गर्ने, जन्मदेखि मृत्युसम्म गौको धर्म, अर्थ, काम र मोक्षसंग जोड्ने सनातन धर्म र गाईको हत्या गरेर गाईको मासु खाने "धर्म"को समानताको कल्पना पनि गर्न सकिन्न | गाई पूज्ने र गाईको हत्या गर्नेका बिच कुनै समानता हुनै सक्दैन | गौपूजकले गौहत्यारालाई "समान" ठान्नु शास्त्र विरुद्ध हो |
सबै धर्म समान हुन् भन्नु शास्त्रीय दृष्टिले पनि गलत हुन्छ | यहुदी, इसाई र मुस्लिमले आफुलाई धर्म नभनेर रिलिजननै भन्छन् | सद्गुणलाई धर्म भन्ने हिन्दू धर्म र ला इलाह इलिल्लाह, मोहम्मद रसुल्लाह अर्थात् एक अल्लाह र मोहम्मदमा विश्वास गर्ने (मोसा र क्राइस्ट) मा विश्वास गर्ने धार्मिक हुन्छ, अन्य हुनै सक्दैनन्" भन्ने समुदायलाई वैदिक सनातन धर्मसंग दाज्दै "समान" हुन् भन्नु र सोच्नु अनुचित हो, वैदिक सनातन धर्मको अपमान हो | तेसैले वैदिक सनातन धर्म मात्र "धर्म" हो | तेसैले सबै धर्म समान हुन् भन्नु र यस्तो भनाईमा विश्वास गर्नु धोका हो |
बहुदेव र मूर्तिपुजामा विश्वास गर्ने, विश्वका कणकणमा ईश्वरको व्याप्ति ठानेर पश्, पक्षी, स्थावर तथा जंगमको आराधना गर्ने र देवदेवीका मन्दिरहरू तोड्ने, बहुलदेववादको आलोचना गर्ने, मूर्ति पूजकलाई "बध" गर्न आदेश दिने "पन्थ"का विच समानता छ भन्नु नितान्त अनुचित हो | मूर्ति भंजक र मूर्ति पूजकका विचमा कुनै हालतमा समानता हुनै सक्दैन | मूर्ति तोड्नेहरूलाई आफुसमान भन्नु आफैलाई धोका दिनु हो र व्याबहारिक दृष्टिकोणले पाप पनि हो | तेसैले यत्रतत्र देवदेवीको व्याप्ति ठान्ने हिन्दू र एकल देवमान्ने, मूर्ति तोड्ने बिच कुनै समानता हुनै सक्दैन | धर्मनिरपेक्षताको यो भ्रामक भुमरीमा कुनै पनि हिन्दू, बौद्ध तथा जैन फंस्नु हुँदैन |
महिलालाई देवी मानेर पूजाआजा गर्ने, इष्टदेवका रूपमा देवीका विभिन्न रूपको आराधना गर्ने तथा आदिशक्तिका रूपमा आराधना गर्ने र "महिलामा आत्मा हुदैन, महिलाहरूको निर्माण पुरुषको बस्तुका रूपमा निर्माण गरिएको हो" भन्ने बाइबल-कुरानको उपदेशका विश्वास गर्नेहरू विच कुनै पनि प्रकारको समानता हुनै सक्दैन | हामी फुस्रो उदारताको चक्करमा परेर "सबै धर्म समान हुन्" भने पनि मुसाईहरूले एकरत्ति यो भनाईलाई अस्वीकार गर्ने छैनन् र गरेका छैनन् | तसर्थ एउटा हिन्दू सनातनीले "सबै धर्म समान हुन्" वैदिक संस्कृतिमा शक्ति रूपमा पुजिएकी मात्रिशक्तिको अपमान गर्नु हो | तेसैले हिन्दू धर्मको समानता कुनै पनि अन्य पन्थसंग हुनै सक्दैन |
सबै धर्म समान हुन् भन्नेहरू त्यो विचारका प्रतिनिधि हुन् जसले वैदिक सनातनीहरूलाई ककेसियाबाट भारतवर्षमा आक्रमण गरेको कपोलकल्पित इतिहासलाई सत्य मान्छन् | गौ र गङ्गाको अपमान गर्छन् | वेदसंग घृणा गर्छन्, बाइबलसंग प्रिती गाँस्छन् | जन्मेको, हुर्केको, खेलेको, गृहस्थ जीवन व्यतीत गरेको ठाउँको अस्तित्व हुँदाहुँदै पनि रामकृष्णआदि देवीदेवतालाई "मैथ" भन्ने तर कुमारीआमाबाट जन्मिएका, साउदी अरवको रेगिस्तानमा हुर्किएका संस्कृतिलाई प्रमाणित मानेर सधैं "वैदिक"हरूको खेदो खन्नेहरूले सर्वधर्म समान भनिरहंदा मस्जिद तथा चर्चमा वेद पाठको व्यबस्था मिलाउनु पर्छ ! विचार गरौँ, सर्वधर्म समान हुन् भन्ने हिन्दूहरूले के मस्जिदमा गएर वेद पाठ गर्न मिल्छ ? होइन भने वैदिकहरूलाई भ्रमित पार्ने "ईश्वर अल्लाह तेरो नाम"लाई स्वीकार गर्नु हुँदैन, र मिल्दैन पनि |
सम्पूर्ण विश्वलाई "कुटुम्ब" ठान्ने आध्यात्मिकताको अभ्यास गर्ने वैदिक सनातन धर्म र धर्म परिवर्तन गरेर "यहुदी, इसाई तथा मुस्लिम" नबनेसम्म व्यक्तिले स्वर्ग प्राप्त गर्न सक्दैन तथा एउटा यहुदीको लागि यहुदी, मुस्लिमको लागि मुस्लिम तथा इसाईका लागि केवल इसाईमात्र हुन्छन् भन्ने साँगुरो मान्यतामा बाँधिएका पूर्वाग्रही विच समानताको प्रश्ननै उठ्दैन | विश्वको हरेक जीव हाम्रो कुटुम्ब हो भन्ने मान्यता स्वीकार नगरेसम्म कुनै पनि सम्प्रदाय, पन्थ "हिन्दू धर्मसंग समान हुनै सक्दैन | अत: सबै धर्म समान हुन् भन्नु धर्मनिरपेक्षताको जालमा फंसेर मुसाईलाई समर्थन गर्नु हो |
"सबै धर्म समान छन्" भन्ने कथाम पूर्णतया राजनैतिक हो र हिन्दूहरूलाई बरगलाउन अगाडी सारिएको हो भन्ने तत्थ्य भारतका डा. भीमराव अम्बेदकरले आरम्भ गरेको अम्बेडकरवादी बुद्धिस्टका १६ बटा प्रतिज्ञा पढे पुग्छ | बुद्ध आफै हिन्दू थिएनन् तर उनले वैदिक सनातन धर्मको आलोचना गरेका छैनन् | अम्बेडकर ब्रान्डका बुद्धिस्टहरूको मुख्य काम नै हिन्दू धर्मको निन्दा गर्नु नै हो | अम्बेडकर ब्राण्डका बुद्धिस्टहरूले "हिन्दू धर्मका कुनै पनि क्रियाकलापमा सहभागी हुनु भनेको पाप हो" भनेर भन्दै गर्दा "अम्बेदकरवादीहरू र सनातन धर्म समान" हो भन्नु अनुचित हो | गालीगलौज गर्ने, सधैं वैदिक सनातन धर्म र यसका प्रतिमानहरूको अपमान गर्ने, मनुस्मृति र वेदहरू जलाएर खुला रूपमा वैदिक सनातन धर्मको दोहोलो काड्नेसंग सनातन धर्म पनि समान हो भन्नु छल हो | समानताको व्यबहार समान विचार र समान सम्मान गर्नेसंग हुन्छ | तेसैले हरेक हिन्दूले "सबै धर्म समान हुन्" भन्ने भ्रमबाट मुक्त हुनुपर्छ |
"मुखले सबै धर्म समान हुन्" भन्ने तर व्यबहारमा मुस्लिमको मस्जिदमा गएर टोपी लगाउने, चर्चमा गएर इसाईको गुणगान गाउने तर मन्दिर वा अन्य वैदिक समुदायका चाडवाडमा "धर्मनिरपेक्षता"को आवरणको कुरा गर्ने राजनैतिक व्यक्तित्वहरूको उपर्युक्त भनाइ भ्रम हुन् | नेताहरूका यी कथन र कार्यले धर्मपरिवर्तनकारीहरूको समर्थन गर्छ र सनातनीको आत्मबल घटाउने काम गर्छ | "मुखमा रामराम र बगलीमा छुरी" बोक्ने राजनेता र "सबै धर्म समान हुन्" भन्दै हिन्दू धर्मका कार्यक्रमलाई उपयोग गर्दै कट्टरता फैलाउने तथाकथित लिबरलहरूको षड्यन्त्रलाई बुझ्नुपर्छ | यदि लिबरलहरूले "सबै धर्म समान् हुन्" भनिरहेका छन्, भने संगै गएर मस्जिद वा चर्चमा गीता पाठ गर्ने प्रस्ताव राख्नु होला | यी धोकेबाजहरूको पोल खुल्छ |
उपर्युक्त तर्कबाट सिद्ध हुन्छ कि धर्म शब्दको प्रयोग केवल हिन्दू विश्वासका लागि हुन्छ | गाईलाई पुजनीय मान्ने, वर्णाश्रममा विश्वास गर्ने, वेदमा आस्था राख्ने र पुनर्जन्मको आधार कर्मतन्त्रमा विश्वास गर्ने वैदिक सनातनीहरू केवल वैदिक सनातनीमात्र हुन् | वैदिक सनातन धर्मको कसैसंग समानता छैन | उदारतावास हिन्दूले "सबै धर्म समान हुन्" भने तापनि उनीहरुका लागि त्यो व्याबहारिक तथा पन्थगत हिसावले पनि स्वीकार्य हुँदैन | प्रत्येक यहुदी, इसाई, मुस्लिम वा अन्य धर्म र तेसका अनुयायीहरूप्रति सम्मानको भाव राखौं तर "सबै धर्म समान हुन्" भन्ने शब्दजालमा परेर आफ्नो सनातन वैदिक ऋषिसंस्कृतिका मामिलामा सम्झौता नगरौं | याद राखौं, गाई खाने र पूजा गर्ने, मूर्ति पूजक र मूर्ति तोडक, नारी शक्तिको आराधना गर्ने र नारी शक्तिलाई बस्तु भन्ने तथा अन्यका देवदेवीको सम्मान गर्ने र हिन्दू देवीदेवतामात्र होइन आफ्नै सम्प्रदायबाट फुटेर गएकालाई समेत शैतानको प्रतिनिधि मान्नेहरू विच कुनै समानता खोज्नु "पाप" हो | यस्तो पापबाट हरेक सनातनी जोगिनुपर्छ |
सनातन धर्मको जय !!!

स्वतन्त्रताको सङ्घर्ष

 स्वतन्त्रताको सङ्घर्ष

सन् १९९८ ताका पश्चिममा पुनर्जागरण कालको चरमअवस्था थियो | अधिकांश युरोपेली र अमेरिकीहरू इसाई थिए | अर्कोतिर पुनर्जागरणले इसाईका सांस्कृतिक प्रतिमानहरूलाई जरैदेखि हल्लाउँदै थियो | विज्ञानको विकासले बाइबल-संस्कृतिको धज्जी उडाउदै थियो | तेसैबेला कार्लमार्क्सको "साम्यवाद"ले बृटिश, फ्रेन्च, पोर्चुगिजहरूले कलोनीहरूलाई राजनैतिक रूपमा चुनौति दिन थाल्यो | दोश्रो विश्वयुद्धले कलोनी शक्तिहरूलाई नराम्रोसंग कमजोर तुल्यायो | केही देशमा स्वतन्त्रताको मांग चर्कियो | उदाहरणका लागि १९१२ मा इजिप्टलाई स्वतन्त्रता दिन फ्रान्स बाध्य भयो | तेहा बाइबलको दाल गलेन |

जनताका माझ निकै अस्वीकार्य बनेको बाइबलवादलाई सरकारहरूले कलोनीहरूलाई जीवित राख्न पुन: प्रयोग गर्न थाले | कलोनी भएका देशमा तीब्र इसाईकरण गरेर कलोनोलाई जीवित राख्ने प्रयत्न गरियो | पोप, पास्टरहरूलाई राज्यले धन र जन दुवै दिएर इसाई धर्मको प्रसारप्रचार गर्न लगाए | यसैक्रममा बाइबलवादी राजनैतिक शक्तिको विस्तारमा सबैभन्दा बढी अवरोध "इस्लाम" समुदायबाट भयो | यो अवरोधलाई बुझाउन कलोनीहरूले "दक्षिण पन्थ" शब्दको प्रयोग गरे | असलमा, दक्षिणपन्थ शब्द निकै सोचेर इजात गरिएको थियो | यहुदी, मुस्लिम र इसाईहरू एकै (यहुद)का सन्तान थिए | बैचारिक दृष्टिकोणले मुस्लिम र इसाई दूवैको साझा शत्रु - यहुदी थिए |

अर्कोतिर बामपंथ शब्दका अविस्कारक बृटिश राजनैतिक चिन्तक हक्सले हुन् | व्यक्तिगत सम्पत्तिको चरम विरोधी, धनिजतिलाई "शोषक" तथा धार्मिक विश्वासलाई "अफिम ठान्ने, राष्ट्रीयताको विरोध गर्दा "साम्यवाद" स्थापना गर्ने कार्लमार्क्सका अनुयायीहरूलाई बामपन्थी भन्न थालियो | यहाँ बडो रोचक पक्ष के छ भने दक्षिण पन्थी तथा बामपन्थी दूवैले धार्मिकताप्रति निकै घृणा गर्छन् | दक्षिणपन्थीहरूले (जसलाई राजनैतिक भाषामा पूँजीवादी भनियो) धर्मलाई धर्मनिरपेक्षतावादको आवरणमा समदुरी बनाउने दृष्टिकोण ग्रहण गरे | पूँजीवादीहरू (दक्षिण पन्थी)ले धर्मको प्रयोग गरेर भए पनि "कलोनी" जीवित राख्ने बाटो अवलम्बन गरे | त्यसका लागि आफ्नो मूल राष्ट्रमा चर्च र धार्मिकतालाई कमजोर बनाए पनि आफ्ना कलोनीहरूमा राज्यसत्ता बलियो बनाउन "बाइबलवाद"को प्रयोग गरे |
-बाइबल, कुरान र धर्मपरिवर्तनको उपयोग गरेर जनतालाई बैचारिक रूपमा कोलोनीको श्रेष्ठता अङ्गीकार गर्ने जनशक्तिका रूपमा विकास गर्न थाले | भारतीय, अफ्रिकेली मुलुकहरू यसका उदाहरण हुन् |

गौहत्या अस्वीकार्य छ

 गौहत्या अस्वीकार्य छ

लज्जित छु, देशको सर्बोच्च संस्था र कानुन कार्यान्वयन गर्ने निकायहरूप्रति जसले संबिधानले दण्डनीय मानेका कामहरू गरेर सामाजिक संजालमा बखान गर्दासम्म बोल्न सक्दैनन् | यदि कसैके "मेरो संस्कृतिमा मान्छेको बलि दिने चलन छ" भन्दै मान्छेको हत्या गर्यो भने त्यो मान्छेउपर हत्याको मुद्दा कुन् मुखले चलाउने छ यो सरकार र सरकारी निकायले ? अधिकारको अर्थ कर्तव्यको तिलान्जली पक्कै होइन |
सनातन धर्म मानवमात्रको साझा आस्था हो | विश्वका सबै समुदायमा हिन्दुत्वको अभ्यास गरिन्छ | काला, गोरा, गहुगोरा तथा नाक चुच्चे, थेप्चे सबैमा हिन्दूहरू छन् | हिन्दुलाई केवल एउटा जात-जातिमा समेटेर घृणाको पात्र बनाइनु उचित हुँदैन | धर्ममा आधारित समाज बाहेक सनातन धर्म सबैको साझा हो | बाहुनक्षेत्री, दमाईकामी, राई-लिम्बु, अमेरिकन-अफ्रिकन, सेतोगोरो तथा जुनसुकै भाषा बोल्ने पनि हिन्दू हुन सक्छन् र गाई यी सबैको साझा आस्था, श्रद्धा र पूजनीय पशु हो | तेसैले हिन्दूहरूको श्रद्धा र विश्वासमा प्रहार गर्ने कुनै पनि क्रियाकलापमा उग्रवादी बाहेक अरू कसैको समर्थन हुनै सक्दैन र सबैलाई दोषारोपण गर्नु पनि हुँदैन | घटनाहरूमा असंलग्न र असहमतहरूलाई कलंकित गर्नु पनि हुँदैन |
आदिवादी जनजातिको नाममा कानुनको ठाडो उलंघन हुँदा सरकार मुक दर्शक बन्छ भने सनातनीले ९ गतेका लागि धरान जानुको कुनै विकल्प छैन | यदि सरकारले संबिधानको रक्षा गर्न सक्दैन भने जनता आफै अग्रसर हुनु उचित नै हो | कानुनले बर्जित गरेको "गौहत्या" गर्नेको बचाऊ गरेर सरकारले "जातिवादी उग्रपन्थी" चिन्तनलाई मलजल गरेको छ | पहिचानवादको नाममा प्रदर्शन गरिएको "धरान"को उग्रवादलाई देशका शालीन मुस्लिम, इसाईसहित १३१ जातजाति कसैले पनि मन पराएका छैनन् | नेपाली समाज दोश्रो "उग्रवाद" बोक्न तयार छैन | हिन्दू-समुदायले "धरान-यात्रा"का माध्यमबाट सनातन धर्मको मौलिकताको रक्षा, संबिधानको रक्षा तथा पहिचानवादी उग्रताविरुद्ध सालीन दिने जमर्को गरेका छन् |
प्रचण्डको सिन्डिकेटले आफ्नो सत्ता जोगाउन जातीयतामा आधारित पहिचानको मुद्दा उचालिरहेका छन् | कंग्रेसको "पानीमरुवा र आत्मघाति" मौनता कदम देश, धर्म, संस्कृति तथा उसकै राजनैतिक अस्तित्वका लागि प्रत्युत्पादक हुने छ | याद गर, पहिचानकै कुरा गर्ने हो भने देशको ८१.३% हिन्दू जनताको पहिचान मेटाउन उद्द्यत पहिचानवादीहरू आफै शंकाको घेरामा पर्ने छन् | यदि देशका पार्टीहरूले पहिचानवादको नाममा उद्दण्डता देखाईरहेका समुहको असंबैधानिक क्रियाकलापको समर्थन गरिरहेका छन् भने संबिधान निर्माण गर्दा नै गौहत्याका लागि दण्डको प्रावधान राख्नु हुँदैनथ्यो | आज पनि संबिधान संसोधन गर्ने अधिकार सांसदहरूसंग छ |
कुरो गौहत्यामात्र होइन, संबिधानको उलंघनको हो, देशका ८१.३% सनातनी हिन्दू जनताको मानमर्दनको हो | एत्रो जनमतको ठाडो अपमान हुँदा/गरिंदा सम्माननीय र माननीयहरूको यो पानीमरुवापनले धर्मनिरपेक्षता र संघिएतामात्र होइन, देशनै दुर्घटनामा पर्ने छ | पहिचानवादको नाममा माओवादीले भित्राएको घृणावादको मतियार बनेर कंग्रेस लगायतका दलहरुले असंबैधानिक तथा अपुरणीय गल्ती गरिरहेका छन् |
फेरी पनि लेख्छु, गौहत्या विरुद्ध कानुन कार्यन्वयन नसक्ने सरकार, बोल्न नसक्ने सांसद र निकायहरूप्रति लज्जित छु | सक्छौं भने सरकार, सरकारी निकाय र सांसदहरूले संबिधान उलंघन गर्ने उद्दण्डता विरुद्ध मौनता ग्रहण गरेकोमा लज्जाबोध गर | नेपालमा गौहत्या अस्वीकार्य छ किनभने गाईगोरू ८१.३% जनताको आस्थाको केन्द्र हुन् भने यिनको हत्या गर्नु संबिधानले निषेध गरेको गैरकानुनी तथा दण्डनीय कार्य हो |

द्वैताद्वैत, निम्बार्क र वेदान्त दशश्लोकी

द्वैताद्वैत, निम्बार्क र वेदान्त दशश्लोकी  निम्बार्क उपासना  नियमानन्द शान्ति र साधनाप्रिय ब्राह्मण थिए | उनले पढेको गुरुकुलमा गुरूले "...