Saturday, October 20, 2018

श्रीमान् बाबुराम जी !

श्रीमान् बाबुराम जी !

वैदिक संस्कृति भनौं वा नेपाली परम्परा - यो एतिबिध्न बलियो छ कि कुनै वखत दशैं-तिहार वहिस्कार गरेका, महिलाहरूलाई तीज वहिष्कार गर्ने उक्साएका र धर्म-अफिम हो भन्नेहरूले पनि दशैं-तिहारमा मनाउने थालेका छन् | कार्लमार्क्सले जुन धर्म (पन्थ)लाई अफिम भनेका थिए, त्यो समावेसी, अर्काको धार्मिक अस्तित्व स्वीकार गर्नेवाल थिएन | तर तिनै आज पुन: आफ्नो जरोकिलोसंग जोडिन बाध्य भएका छन् | यही वैदिक संस्कृतिको महानता हो |

वैदिक परम्परामा हरेक धार्मिक कर्मकाण्ड गर्दा "प्रायश्चित्त" संकल्प गर्नुपर्छ | यो एउटा महत्वपूर्ण मनोबैज्ञानिक परम्परा हो | हरेक व्यक्तिले जानेर वा नजानेर गरेका गल्तिहरूप्रति आत्मआलोचना गरिन्छ | मलाई थाहा छैन, श्रीबाबुरामजीहरूले प्रायश्चित्त गर्नु भएको हो कि अभिनय गर्नुभएको हो | तर राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीआदिले नेपाली चाडवाडहरूप्रति देखाएको उदारता स्वागतयोग्य छ |

एउटा असजिलो पनि छ - उहाँहरूले आजीवन स्वीकार गरेको राजनैतिक पृष्ठभूमिले गर्दा उहाहरू "धर्मनिरपेक्ष" बाध्य छन् | धर्म, संस्कृति तथा परम्पराका विपक्षमा त यहाँका "प्रगतिवादी"हरू पनि छैनन् |

विगतमा नेपाली-नेपाली वीच विविध स्वार्थहरूको खेलका कारण परस्पर घृणाको वातावारण बनेको छ | हिमाली, पहाडी तथा तराईका नाममा, नाक, वर्ण तथा भाषाका नाममा र पन्थका नाममा समेत असहिष्णुता प्रकट भएको छ | तपाईंहरूको राजनैतिक गतिविधिका कारण भित्रिएको एस्तो घृणावादको जरोकाट्ने प्रयत्न पनि तपाईंहरूले नै गर्नुपर्छ |

नेपालमा अन्य धर्म मान्नेहरूको अस्तित्व पनि बलियो हुँदै गइरहेको छ | मुस्लिम, इसाई, यहुदी र बाहाईजस्ता पान्थिक समुदाय बढ्दै छन् | हरेक हिन्दू, बौद्ध, जैन र किराती समुदायका मान्छेहरू उपरोक्त समुदायका मान्छेहरूलाई नेपालका रैथाने चाडवाडका सहयात्री बनेको देख्न, भोग्न आतुर छन् | धर्मपरिवर्तन गरेकाहरू नेपालीहरूले पनि नेपाली रैथाने चाडवाडमा सहभागिता जनाएको देख्न पाए निकै खुसी लाग्थ्यो |

हामी सबै नेपालीहरू इसाई तथा मुस्लिम समुदायका मानिसहरूलाई पनि नेपाली चाडवाडहरूमा सधैं स्वागत गर्न आतुर छौँ | श्रीबाबुरामजीआदि आफ्ना मौलिक चाडवाडहरूमा फर्केकोमा गुनासो गर्नुहुँदैन |

असलमा, उहाहरूले चाडवाड वहिष्कार गर्नुमा धर्म शब्दलाई रिलिजन भनेर बुझ्नु हो | पन्थहरू अनुदार हुन्छन् तर धार्मिकहरूको उदारताको उदाहरण नेपाल हो | कट्टरता नेपाली संस्कृतिको अंग होइन | यो बुझ्नका लागि केही इतिहासका शब्दहरू पढौं |

फ्रान्समा पहिलो राजनैतिक कान्ति हुँदा तेहा एकलाख पचासहरू पादरीहरू थिए जसले दुई करोड किसानबाट तिनले कमाएको अन्न वा धनबाट ८०% कर बसुली गर्थे | मुस्लिमले कब्जा जमाएको जिससको जन्मथल मुक्त गर्ने नाममा जर्मन र रुसबाट (एउटा पादरीको सपनामा विश्वास गरेर) चारलाख बालबालिकाहरूको फौज बनाएर इजराइलतिर कूच गरियो | ती सबै बालबालिकाहरू अल्पासको हिउँको जाडोले समातेर मरेका थिए |

आजका इसाईहरूले त्यो घटना सम्झन पनि चाहन्नन् होला | तर नेपालका सबै चाडवाडहरू सबैका लागि खुला छन् | इसाई-मुस्लिम वा कुनै पनि धर्म नमान्नेले पनि रमाइलो गर्ने अधिकार राख्छ | १४७८ मा मार्टिन लुथरले प्रोस्टेस्टेन्ट गूट खडा गरेपछि पोपले हजारौं प्रोस्टेस्टेन्ट इसाईहरूलाई जिउंदै जलाएर मारेका थिए | तर नेपाली समाजले सधैं आफ्ना चाडवाडहरू मान्न अरूलाई खुला दिलले स्वागत गर्यो भने विदेशीहरूले ल्याएका ईद, क्रिसमसजस्ता चाडहरूमा पनि रमाउन पछि परेन |

मलाई लाग्छ, पूर्वप्रम श्रीबाबुराम, उपराष्ट्रपति, प्रधानमन्त्रीआदिले नेपाली समाजको यो प्रेमपूर्ण स्वभावलाई बुझ्नुभएर टीका स्वीकार भएको होला | उहाँ जस्तो विद्वानहरूले पक्कै पनि नेपाली समाजको सांस्कृतिक तथा धार्मिक समावेशीपन बुझ्नु भएको हुनुपर्छ | सामाजिक संजालमा उहाहरूप्रति निकै कडा व्यङ्ग्य लेखिएका छन् | यी व्यग्यहरूप्रति मेरो समालोचनात्मक दृष्टिकोण छ | हरेक मान्छे बदलिन पाउँछ | यी नेताहरूले नक्कल नै पारेको भए पनि समाजले यिनको अनुकरण गर्छन् नै |

आफ्नो मौलिकतामा फर्कदा कुनै लज्जावोध हुन जरूरी छैन | कुपुत्रो जायेत क्वचिदपि कुमाता न भवति अर्थात् कू-पुत्र सम्भव छ तर कुमाता असम्भव छ | नेपालआमाको मन सधैं उदार छ | तपाईंहरूले सार्वजनिक रूप मै (नक्कली भए पनि) सांस्कृतिक पर्व निर्वहन गरिदिनु भएकोमा धन्यवाद र स्वागत छ |😊

Wednesday, October 17, 2018

दशैं र तिहारको अवसरमा

दशैं र तिहारको अवसरमा
मान्छेले मनाउने जुनसुकै चाडवाडहरू सांस्कृतिक निरन्तरता र रमाइलोका लागि हुन्छन् | संस्कृति, सभ्यता, नैतिकता, धार्मिकताआदि विषयहरू मान्छेको आफ्नो खुवी हो | एक्लै व सामुहिकरूपमा रमाइलो गर्ने पनि मान्छे नै हुन्छ |

धार्मिक विधानहरू आविष्कार गरेर होस् वा सामाजिक वा सांस्कृतिक पर्वको उपलक्ष पारेर होस् मान्छेले आफन्त भेट्ने, आफन्तसंग भलाकुसारी गर्ने, आफ्नो बालापन सम्झेर रमाउने र सुखदुख साट्ने कुरामा मान्छेको कुनै तुलना छैन | विश्वभरीका मान्छेले रमाइलो रमाइलो गर्छन् |

हामी नेपाली रमाइलो गर्ने मामिलामा धेरै अगाडी छौं | वैदिककाल देखि नै हामीले अनेकौं चाडवाडहरूको विकास गरेका छौँ | नेपाली समाज एतिबिध्न फैलिएको छ कि हरेक दिन कुनैनकुनै नेपालीले सामाजिक, सांस्कृतिक वा धार्मिक चाड मनाइनै रहेको हुन्छ |

महाराज मनुले "मान्छेले आफ्नो देश, परिस्थिति र सामाजिक परम्पराअनुसार धार्मिक कृत्य गर्छन्" भन्नुको तात्पर्य नै हरेक समाजले आ-आफ्नो तरिकाले रमाइलो गर्छ भन्नु हो | तेसैले चाडवाडका संस्कृतिहरूमा विरोधाभाष पनि देखिन सक्छन् | हरेक चाडवाड हरेकका लागि स्वीकार्य नहुन पनि सक्छ | कुनै समाजका लागि अतिस्वीकार्य संस्कृति अर्काको लागि अति-अस्वीकार्य हुन सक्छ | यो सबै मान्यताले गर्दा हुन्छ |

नेपालको भूगोल भित्र १२३ बटा जातजातिहरू वसोवास गर्छन् | ती जातजाति भित्र पनि गोत्रहरूको विभाजन हुन्छ | यी विभाजनहरूको रमाइलो पक्ष हुन्छ कि हरेकले आ-आफ्नो लागि अलग्गै चाडवाड खडा गरेको हुन्छ | नेपाल कै सन्दर्भमा कुरा गर्ने हो भने ३६५ दिनको एक वर्षमा नेपालीहरूले मनाउने चाडवाड लगभग ७८० जति छन् भन्ने मैले सुनेको छु | एतिधेरे विविधता हुनु साच्चिकै हाम्रो लागि गौरवको कुरा हो |

हामी नेपालीहरू दशैँ मनाउंदै छौँ | धार्मिक रूपमा जे-जस्तो अर्थ र प्रयोजन होला | हामी नेपालीहरूला लागि यो पारिवारिक पुनर्मिलन, सांस्कृतिक पुस्तान्तरणको पर्व हो | श्रीरामले नौ दिनसम्म आराधना गरेर शक्ति प्राप्त गरे होलान् | अयोध्याका जनताले रावणमा विजय प्राप्त गरेकोमा रामको स्वागत गरे होलान् | दुर्गा देवीले महिषासुरको र महाकालीले शुभ-निशुम्भको बध गरेकी होलिन् | यी सबै इतिहासका कुरा हुन् | कथाका कुरा हुन् | हामी नेपालीहरूको परम्पराका कुरा हुन् |

धार्मिक दृष्टिकोणले वैदिकहरूले विकसित गरेको दशैं आज सबै नेपालीको बनेको छ | दशैंलाई "हिन्दूहरू"को भन्नु गलत हो | दशैं हामी सबै नेपालीको हो | टीका-जमरा थापेर दशैं मनाउनेहरूको होस् वा छुट्टी ठानेर पारिवारिक मिलन गर्नेहरूका लागि दशैंले समय उपलब्ध गराएको छ | सबैलेका लागि दशैंको धार्मिक स्वरूप स्वीकार्य नहुन सक्छ | सामाजिक दशैं सबैको लागि स्वीकार्य नै छ | नेपाली पर्वको रूपमा मिलन, सद्भावको संवाहकका रूपमा यसको महत्व छँदैछ |

धार्मिक रूपमा दशैं वा विजयदशमीको महापर्वले विश्वभरिका हिन्दूहरूलाई एकआपसमा जोड्ने, मिल्ने र समीक्षा गर्ने अवसर हो | हिन्दूहरूले आफ्नो पहिचान, अस्मिता तथा इतिहास जोगाउने अवसर हो | सन्तानहरूका लागि धार्मिक विधिविधान पुस्तान्तरण गर्ने अवसर हो | आफ्नो धार्मिक इतिहास, संस्कृति तथा परम्परा सुन्ने/सुनाउने अवसर हो | विश्वभरिका हिन्दूहरूले एकआपसमा इतिहास साट्ने अवसर हो | दशैँ-तिहारले विश्वभरीका हिन्दूहरूको मन जोड्न मदत गर्छ |

दार्शनिक रूपमा दशैं परमतत्वसंग एकाकार र प्रक्रृतिसंग जोडिएको आफ्नो अस्तित्वलाई अनुभूत गर्ने अवसर हो | शक्तिको अभावमा विश्व निभ्छ | शक्तिको आराधना गर्ने र त्यो प्राप्त भएपछि उत्सव मनाएर शक्तिदाताप्रति धन्यवाद दिने चाड हो | अनेकतामा एकता खोज्नु र परमसत्यको प्राप्ति गर्नु दर्शनशास्त्रको लक्ष हो | दशैंको दर्शनले सामाजिक दर्शनका रूपमा फरक-फरक धर्म, संस्कृति, मान्यता र परम्परा भएका मानिसहरूलाई "मान्छे"का रूपमा सहअस्तित्वको शिक्षा दिन्छ |

मानिसको मानिसपन उसको भावना, संवेग, प्रेम, सहानुभूतिआदि मनोबैज्ञानिक प्रतिमाहरूले निर्मित भएको छ | एकल व्यक्ति भए पनि मानिसका सबै भावनात्मक ब्यबहारहरू परिवार, समाज वा राज्यसंग जोडिएको हुन्छ | दुख, सुख, चिन्ता, निराशाआदि सबै मानिसका आफ्ना अनुभव हुन् | दशैंले मान्छेलाई मानसिकरूपमा स्वास्थ्य हुने अवसर प्रदान गर्छ | छोराछोरी, आमावुवा, हजुरवा हजुरआमा, आफन्तसंग दशैं मनाउँदा अपूर्व सन्तोष, सुख र आनन्दको अनुभूति हुन्छ | मान्छेको मन खुसी हुन्छ जसले गर्दा उ खुसी हुन्छ |

सामाजिक र सांस्कृतिक रूपमा पनि दशैंको आफ्नै महत्व छ | नेपालीभाषीहरूले दशैं अलि फरक छ | नेपाली भाषीहरूका लागि दशैं एउटा नेपाली पर्व हो | जमरा-टीका केवल नेपाली भाषीले प्रयोग गर्छन् | १५० वर्ष अघि उखु मजदुरका रूपमा पुगेका नेपालीहरूले पनि यही दशैं मान्छन् | मलेसीया, थाइल्याण्ड, म्यामार, भारतसहित विश्वका जुनसुकै देशमा बस्ने नेपाली भाषीहरूको दशैंमा एकरुपता छ | यदि प्रा.डा. महेसराज पन्त र सहप्रा. जगमान गुरुङको कुरा पत्याउने हो भने दशैं गैर वर्णाश्रमिले आरम्भ गरेको र हिन्दूहरूले प्रवर्धन गरेको बढी हो |

मलाई दशैंको औधि मन पर्छ | तर क्रूरतापूर्वक पशुहरूको हत्या गरेको पटक्कै मन पर्दैन | मान्छेको रमाइलो निर्दोष पशुहरूको काल बन्छ | तर किनभने पशुबलि पनि धार्मिक र सांस्कृतिक परम्परा नै हो बढी चित्त दुखाउन्न | एत्ति भन्छु कि दशैं अहिंसक हुँदा झन् रमाइलो हुन्थ्यो | दशैँजस्तो सात्विक पर्वमा हिंसक कर्म जायज ठहरिन्न |

दशैं रहरको पर्व हुनुपर्छ | कर र ऋण गरेर मनाइने पर्वहरू दुख्ने हुन्छन् | दशैं-तिहार मान्नेहरूले आफ्नो आर्थिकस्तरमा ध्यान दिनुपर्छ | संस्कृतिविद् सत्यमोहन जोशी र प्राडा.वीणा पौड्यालले "महँगो गिफ्ट दिने लिने र दक्षिणाको चलनले विकृति ल्याएको औल्याएका छन् | कन्याहरूले प्राप्त गर्ने दक्षिणामा प्रश्न उठाउन मिल्दैन |

जुनसुकै चाडवाडमा बालबालिकाहरूको आफ्नै स्पेस हुन्छ | अभिभावकहरूले आफ्नो लागि भन्दा पनि बालबालिकाका लागि पर्वमा सहभागिता जनाउँछन् | आधुनिकतासंगै पर्वहरूको परम्पराहरूमा परिवर्तन देखिएको छ | परम्पराअनुसार दशैंका क्रियाकलाप वारे बालबालिकालाई बताउनुपर्छ | अभिभावकहरूले आफ्ना बालबालिकालाई परिवार, आफन्तहरूको विषयमा मर्यादाअनुसार परिचय गराउनुपर्छ | परिवार र आफन्तले समेत तपाईंको परिवारका सदस्यहरूका विषयमा जान्नु पर्छ | गहिरो रूपमा नाता र सम्बन्धको महत्वलाई बुझ्नुपर्छ |

चाडवाडको उदेश्य केवल रमाइलो गर्नुमात्र होइन | परम्पराहरूको निर्वहन गर्नु पनि हो | अभिभावकहरूले आफ्ना बालबालिकालाई सिकाउनु पर्छ कि हजुरवा-हजुरआमाको हातबाट टीका ग्रहण गरेर आशिर्वाद लिनुपर्छ | गोडामा ढोग गर्नुपर्छ | दिदीबहिनीको सम्मान गर्नुपर्छ, हाम्रो संस्कृतिले देवीको रूपमा सम्मान गरेको ले दक्षिणआदि दिनुपर्छ | एस्तै प्रकारका सामाजिक ब्यबहारको शिक्षा दिनुपर्छ |

बालबालिकालाई चाडवाडमा प्रत्यक्ष सहभागी बनाउनुपर्छ | पूजाआजा पनि उनीहरूले आफै सिक्नुपर्छ | खानपिनमा बालबालिकाहरूको बढी नै रुचि हुन्छ तर ठाउँ तथा परिवेशअनुसार केवल ताजा खानाहरूको लागि अभिप्रेरित गर्नपर्छ | मोबाइलमा झुन्डिएर बस्नु भन्दा गाउँका खरवारी, खेत, बारी तथा खोलाआदिमा घुम्नु धेरै राम्रो हो | तर शहरियाहरूले तेसका लागि सावधानी अपनाउनुपर्छ | हाम्रो लागि गाउँ रमाइलो भए पनि तेहाको वास्तविक जीवन पद्धति निकै गारो हुन्छ भनेर बुझाउने प्रयत्न गर्नुपर्छ |

अभिभावकहरूकै अग्रसरतामा खेत खन्ने, घाँस काट्ने, दाउरा खोज्ने, गोवर फाल्ने, पिस्नेआदिका काममा बालबालिकालाई प्रत्यक्ष सहभागी बनाउने प्रयत्न गर्नुपर्छ | गाउँको वास्तविक जीवनसंग परिचय गराउने अ माटोसंग जोड्ने यो भन्दा राम्रो अर्को अवसर हुँदैन | तर जवर्जस्ती गर्नुहुँदैन |

नेपाली भूगोल भित्र बस्ने जोसुकै मानिस हाम्रो आफ्नो हो | आजभोली केही विखण्डनवादीहरूले ३५ वर्ष पुरानो सहअस्तित्वमा रहेको सामाजिक सद्भावलाई विभिन्न वहाना बनाएर बिथोल्ने प्रयत्न गरिरहेका छन् | हाम्रो लक्ष सहृदयता हुनुपर्छ, घृणा होइन | दशैं-तिहार नमान्न मान्छे स्वतन्त्र छ तर घृणा गर्न स्वतन्त्र छैन | घृणाको जवाफ प्रेमले दिनुपर्छ | दशैं-तिहार, छठआदि पर्वहरू प्रेम र सद्भाव फैलाउनका लागि हो, घृणाको लागि होइन |

अन्त्यमा, सहकार्य, सद्भाव, सहअस्तित्व र प्रेमालाप - यी सबै दशैंका औजार हुन् | करूणा, सत्यता, सहभागिता, उत्सुकता, सिकाई, बुझाई, पुस्तान्तरण, रमाइलोपन, सदाचार, सम्मान र सात्विक उर्जा - यी सबै दशैंको उपहार हुन् | हामी सबैको कल्याण होस् |

Tuesday, October 16, 2018

मृत्युपूर्व परामर्श -१

वैदिकदर्शनमा  मृत्युपूर्व परामर्श 
Pre-Death Counseling in Vedic Philosophy 

राजा परीक्षितले ऋषि शुकदेवसंग दुईबटा प्रश्न गरे : १. मृत्युको समय बुझेको मानिसले के गर्नुपर्छ ? २. मृत्युलाई कसरी सहज बनाउन सकिन्छ ?

उत्तरमा, ऋषि वेद्ब्यासले आफ्ना छोरा शुकदेवका माध्यमबाट १८ हजार श्लोक र ३३५ अध्याय भएको श्रीमद्भागवत महापुराण सातदिन भित्र मरण निश्चित भएका राजा परीक्षितलाई सुनाए | अन्त्यमा, परीक्षित सजिलोसंग मरे | यो मृत्युपूर्व-परामर्श थियो | शुकदेवको परामर्शले राजाको मरण सजिलो र सहज भनेको थियो | मृत्युलाई टार्न सकिन्न तर उचित परामर्शद्वारा सरल र सहज अवश्य बनाउन सकिन्छ भन्ने यो उत्कृष्ट उदाहरण हो |

मान्छे किन मर्छ ? यो प्रश्नका धेरै उत्तर हुनसक्छन् तर मान्छे मर्छ भन्ने तत्थ्यलाई यसले निराकरण गर्दैन | मान्छे मात्र होइन सम्पूर्ण ब्रह्माण्डको आयु निश्चित छ | हरेक दिन मान्छे मरेको खवरले मान्छे चिन्तित हुँदैन - यही विशेषताले संसार चलेको छ र चलिनै रहन्छ | तर एउटा कुरा पक्का हो - मान्छेले मृत्यु रुचाउन्नन् | हो, कसैले पनि आफ्नो मरण अर्थात् अस्तित्वको अवसान चाहन्नन् | नचाहँदा- नचाहदै पनि मर्नु पर्दा पीडा हुन्छ नै | तर वैदिक-साहित्यमा मृत्युलाई सहज बनाउने अनेकौं उपायहरू वर्णित छन् | ती उपायहरूमा "मृत्युपूर्व-परामर्श" एउटा पर्छ |

मान्छे किन मर्छ ? वैदिक साहित्यले यसको अत्यन्त सरल उत्तर दिएको छ - किनभने उसले प्राप्त गरेको आयु अर्थात् जीवनका दिनहरू समाप्त भएका छन् | सामान्यतया हरेक मान्छेको आयु १०० वर्षको हुन्छ | तर उसको वर्तमान कर्म, प्रारब्ध कर्म र संचित कर्मका आधारमा बाच्ने दिनहरू निर्धारित हुन्छन् | यस बाहेक तपस्वीहरूले आफ्नो लागि "इच्छाएको बेलाको मरण" पनि रोज्न सक्छन् | श्रीमद्भागवतमा एस्ता पात्र भीष्म पितामह भएको वर्णन पाइन्छ | पुराणहरूमा इच्छा मृत्यु रोज्नेहरूको सङ्ख्या थुप्रै छ | ध्रुवले त मृत्यु उपर विजय नै प्राप्त गरेका थिए भन्ने उल्लेख छ |

असलमा विश्वका अधिकांश सभ्यताहरूले व्यक्तिको मृत्युपछि धेरैप्रकारका कर्मकाण्डहरू सम्पादन गर्छन् | तर मरणासन्न अवस्थामा रहेका व्यक्तिहरूका लागि मरण सहज पार्ने विषयमा कुनै योजना देखिन्न | सनातन वैदिक साहित्यमा भने सुखद: मरणका लागि थुप्रै क्रियाकलापहरू वर्णित छन् | तर यी प्रावधानहरू मध्ये सबैभन्दा उपयुक्त पद्यति परामर्श नै भएको कुरा स्पष्ट बुझ्न सकिन्छ | यी मध्ये जीवन जगतका प्रश्नहरूको जवाफ "कथा-कथन"बाट प्रदान गरिनु सबैभन्दा प्रचलित विधि रहेको छ | 

मृत्योर्मा अमृतं गमय: अर्थात् हाम्रो गन्तब्य मृत्यु होइन अमृत हो - भनेर ऋग्वेदले सर्वप्रथम मृत्युको अस्तित्वलाई सहजरूपमा स्वीकार गरेको छ | यहाँ अमृतको अर्थ आत्माको अमरता र पुनर्जन्म हो | यही तत्थ्यलाई स्पस्ट पार्दै गीताको दोश्रो अध्यायमा आत्मालाई अजरअमर, अभेद्य, अदह्य भनेर सम्वोधन गरिएको छ | जव आत्मा मर्दैमर्दैन भने शरीरको क्षतिसंग किन डराउनु पर्यो ? गीताको सारतत्व पनि यही हो | तर यो केवल कर्तब्यमय जीवनको सन्दर्भमा मात्र हो | यदि कुनै व्यक्ति वानप्रस्थ वा सन्यासआश्रमको उमेरमा छ भने शरीरप्रतिको अनुराग स्वत: न्यून हुनुपर्छ | जसबाट मरणलाई सरल पार्ने अभ्यास आरम्भ हुन्छ | 

मान्छे जन्मिएकै मर्नका लागि हो | रोग, शोक, भोक, बुढ्यौली यसका बाध्यता हुन् | तर अतिभौतिकवादी चिन्तनको विकास संगै मरण जटिल बनेको छ | दीर्घ रोगी, अतिबूढो उमेरमा पनि मान्छे जिउन चाहन्छन् | एस्तो अवस्थामा बरू मरणलाई सहज बनाएर उनीहरूलाई सघाउनु राम्रो हुन्छ | अहिले खुसी पूर्वक मर्न चाहनेहरूको संख्या बढ्दो छ | लेखकको युरोप भ्रमणको बखत न्यादरल्याण्डमा भेटिनु भएको नेपाली मूलको डाक्टर सपनाजीले पनि यो तत्थ्य पुष्ट गर्नुभएको थियो | 

उहा बृद्धवृद्धा सम्बन्धि चिकित्सक हुन्हुहुन्छ | दीर्घरोगी र लामो उमेर भएका मान्छे मर्न चाहन्छन् तर मृत्युकालीन पीडा सम्झेर उनीहरू दुखद: मरणबाट मुक्ति चाहन्छन् | एस्तो दुखद: मृत्युको विश्वास उनीहरूको संस्कृतिसंग जोडिएको छ | प्रलयकालसम्म एउटा काठको चिहानमा हलचल नगरी कोचिएर बस्नु पर्ने पीडाबाट उनीहरू जोगिन चाहन्छन् | अनन्तकालीन नर्क, अनन्तकालीन स्वर्ग र त्यसको वीचमा रहेको अज्ञातसमयसम्म चिहानमा वास गर्नु पर्ने विश्वासको पीडाले उनीहरूको मृत्यु अत्यन्त दुखदायी हुने नै भयो | उनीहरू रमाइलो मृत्यु चाहन्छन् |

वैदिक जीवन दर्शनमा आसन्न मृत्तकका लागि "मृत्युपूर्व परामर्श"को प्रावधान गरिएको छ | श्रीमद्भागवत नामक महापुराणको रचना नै मान्छेको मरणलाई सरल, सहज र रमाइलो बनाउनका लागि भएको हो | अर्को भाषामा, श्रीमद्भागवत "Pre-death Counseling" हो जसले हरेक death victim लाई मर्न सजिलो पार्छ र उनीहरू खुसी पूर्वक मर्छन् |

प्राणीको सबैभन्दा ठूलो शत्रु मृत्यु नै हो | तर एस्तो मृत्युलाई पनि सरल र सहज बनाउने "काउन्सेलिंग' वा 'थेरापी'को व्यवस्था त हाम्रै जरोकिलोमा रहेछ | आज पनि हाम्रो समाजले मृत्युत्तर श्रीमद्भागवतको पाठ, वाचनआदिका माध्यमबाट ज्ञानलाई जीवित राखेको छ |

भौतिकतावादी चिन्तन बलियो हुँदैजाँदा मान्छे रोग, बुढ्यौली तथा मृत्युसंग धेरै डराउन थालेका छन् | अनेक उपाय गरेर सुख सृजना गर्छन् तर मृत्युको तगारोले सबै थोक एकै मिनटमा बिरानो बनाइदिन्छ | मृत्युबाट सबैभन्दा बढी डराउनेहरू "हुनेखाने" नै हुन्छन् | र सबैलाई थाहा छ, हुनेखानेहरू नेपालमा होइन पश्चिमा जगतमा बढी छन् |

पश्चिमाहरू मृत्युलाई जित्न आतुर छन् तर एकरत्ति प्रगति भएको छैन | हामी नेपालीहरूको संस्कारमा मृत्युलाई जित्नु पर्ने आवश्यकता नै छैन | किनभने हामी आत्माको अमरता र पुनर्जन्ममा विश्वास गर्छौं | अमरता विश्वास गर्नेहरूका लागि मर्नु भनेको पुरानो लुगा फालेर नया लुगा खोज्नु हो | जसले यो कुरा राम्ररी मनन गर्छ, उसको लागि मृत्यु एउटा साधारण घटना मात्र हुन्छ | भौतिकवादीहरू सधैं एकै लुगामा बाँच्न चाहन्छन् | फलत: उनीहरू मृत्युदेखि जोगिन चाहन्छन् |

प्रकृतिले हरेक मान्छेलाई फगत एउटा शरीर दिएको छ | एस्तो शरीरलाई शास्त्रले "देवमन्दिर" भनेर सम्बोधन गरेका छन् | शरीर रहेमात्र देवकार्यहरू सम्भव हुन्छन् | ७५ वर्षको उमेरमा प्रवेश गरेपछि शरीरप्रतिको दायित्व सकिन्छ | शास्त्रहरूले यस्तो अवस्थालाई "सन्यास" भनेका छन् | दायित्वहरू पूर्ण भएको शरीरको सुरक्षा गर्न अतिप्रयत्न गर्नुभन्दा समय र शरीरको उपयोग गर्दै मोक्ष-साधना गर्नु उचित देखिन्छ |

बालक नाचिकेतालाई उनका वाबुले मृत्युलाई दिएको प्रसंग उपनिषदमा छ | अचम्मको कुरा त के भने नाचिकेता मृत्युसंग कत्तिपनि पनि डराएनन् | बरू सहज र सरलरूपमा मृत्युसंग शास्त्रार्थ गरे | प्रसंग मिथक होला तर नाचिकेता आफ्नो मृत्युसंग कत्ति पनि नडराएको प्रसंग साँचो हो | बालक नाचिकेताले पनि मृत्यु अवसान होइन घटना हो भनेर बुझिसकेका रहेछन् | मृत्यु अन्त्य हो भनेर विश्वास गर्नेहरू शरीरसंग मोहित हुन्छन् तर मृत्युलाई घटना हो भनेर बुझ्नेहरू मरणलाई सरल रेखा ठान्छन् | 

दधिचीले मृत्युलाई सहजमा लिए | बृत्रासुरलाई मृत्युले कत्ति पनि डराउँन सकेन | भागवतमा मृत्युसंग डराउनेहरूको मृत्यु डरलाग्दो छ जस्तै कंस | तर मृत्युलाई सरलरेखा ठान्नेहरूका लागि मृत्यु सहज रहेको छ जस्तै बृत्रासुर, दधिचीआदि | मृत्युसंग डराउनेहरू सबैथोक भएर पनि दुखी हुन्छन् र नडराउनेहरू केही नभएर पनि सुखी नै हुन्छन् | 

मरणलाई सरल बनाउन नेपाली लोकजीवनमा केही प्रचलन अहिले पनि जीवित छन् | यी प्रचलनहरू "Pre-death Therapy"रूपमा स्थापित हुन सक्छन् | सुन्दा अचम्मलाग्छ तर दशदान, बैतरणी, शैय्यादान, तुलसीपानीआदि सबै क्रियाकलापहरू मार्न लागेको मान्छेको मरणलाई सजिलो बनाउन प्रचलित क्रियाकलापहरू अहिले पनि विद्यमान छन् | कुनै मान्छे दशदानपछि सहजरूपमा मरेको देखिन्छ भने केही वैतरणी वा तुलसीपानी मुखमा परेपछि | 

मैले भने थेरापीका रूपमा प्रयोग हुने परम्परागत विधिहरू पनि व्यक्तिको स्वास्थ्यको प्रकृति अनुसार आफ्नो मृत्युलाई सहज बनाउने उदेश्यके व्यक्ति आफैले वा आफन्तहरूले सम्पन्न गर्छन् | उदाहरणका लागि चौरासी वर्षको उमेर पार गरिसकेपछि दशदान तथा बैतरणी गरेर आफ्नो सहज मृत्युको बाटो आफैले रोज्न सकिन्छ भने वैतरणी, शैय्यादान, दशदान तथा तुलसी मठ , तुलसीदल जलको प्रक्रिया आफन्तले पूर्ण गर्न मिल्छ |

मैले धेरै एस्ता व्यक्तिहरू चिनेको छु र वातचित गरेको छु जसले शास्त्रीय विधानअनुसार आफ्नो दशदान तथा वैतरणी गराएर सुखद मृत्युको लागि बाटो तयार गर्नुभएको छ | तेस्तै मैले तेस्ता धेरै व्यक्तिहरूको विषयमा सुनेको छु जसको लागि दशदान, वैतरणी गरेपछि सहजरूपमा मृत्यु भएको कुरा आफन्तहरू भन्छन् | साथै मैले धेरै यस्ता व्यक्तिहरूका विषयमा पनि सुनेको छु जसले आध्यात्मिक कथाहरू सुन्दै बडो सहजपूर्वक आफ्नो प्राण त्याग गरेका थिए | मैले मात्र होइन, यो आलेख पढ्ने अनेकौं व्यक्तिहरूसंग पनि यस्ता थुप्रै अनुभूतिहरू जोडिएका छन् नै |

मैले भेटेका र सुनेका धेरै व्यक्तिहरूमा दशदान, वैतरणी, कथाश्रवण गराएपछि तुरुन्त प्राण त्याग गरेको अथवा दीर्घकालीन रोगहरूबाट पिडित भएर मर्न नसकिरहेको अवस्थामा यी कर्मले मरण-सहज भएको भन्ने बुझिएको छ | असलमा यी सबै विधिहरू हजारौंहजार वर्षबाट मृत्युलाई पीडारहित बनाउने उपाय स्वरूप विकसित हुँदै आएका हुन् | यी विधिहरूमा एउटा उदेश्य अत्यन्त महत्वपूर्ण हुन्छ त्यो हो - मरणासन्न व्यक्तिको चित्तलाई भौतिकविषयहरूबाट निराशाक्त पार्ने | जव सम्म कुनै व्यक्तिको मन वा चित्त फलानो विषयमा पूर्ण आशक्त हुन्छ तवसम्म मृत्यु सुखद हुँदैन भन्ने वैदिक मान्यता छ | आजमा देखिएको, सुनिएको र बुझिएको अनुभव पनि यो भन्दा कत्ति फरक छैन | 

यी विधिहरूलाई हामीले "Therapy"का रूपमा सहजैरुपमा विकसित गर्न सक्छौं | यी विधिहरूलाई Vedic Pre-death Therapy" वा "Vedic Pre-death counseling"मा विकास गरेर विश्वभरीका दीर्घरोगीहरूको मरणलाई सरल बनाउन सकिन्छ | हाल पश्चिमाहरुले प्रयोग गर्ने गरेको "आध्यात्मिक परामर्श" एस्तो अवस्थामा केही प्रभावकारी देखिए तापनि पर्याप्त कत्तिपनि छैन |

शरीरलाई स्वास्थ्य राख्न पश्चिमाहरूले औषधि विज्ञानमा गरेको प्रगतिले सबै लाभान्वित भएका छौँ | तर एसले एउटा विकृति पनि निम्त्याएको छ : अतिधेरै शरीरप्रतिको मोह | शरीरलाई नै अजर-अमर बनाउने मोहले उनीहरू अराजक बनेका छन् | मान्छे जतिधेरै मृत्युसंग डराउँछ त्यति नै धेरै उसको शरीरप्रतिको मोह बढ्दैजान्छ | अनि, विश्वभरीको शक्ति संचय गरेर भए पनि शरीरलाई सधैं राख्न चाहन्छ | यही भौतिकवादीहरूको पीडा हो | 

वेद, उपनिषद, पुराणहरू एकस्वरमा भन्छन् "शरीर हरिको मन्दिर हो | यसको देखभाल गर | तर जीवनको तेस्रो आश्रम अर्थात् वानप्रस्थ र सन्यास आश्रममा शरीरको लागि जीउने सन्दर्भ परिवर्तन गर | ५० वर्षकाटेपछि शरीरको लागि होइन, परमार्थका लागि जिउने प्रयत्न गर | जीवनको चाहना राख्नेहरूको लागि पुनर्जन्मको बाटो खुला नै छ | किन बर्तमान शरीरप्रति बढी मोहित हुनुपर्यो ?

कुरो ठीकै हो - हामीले चाहना राख्दैमा जन्म, मृत्यु, बुढ्यौली तथा रोगहरूबाट जोगिन सकिन्न | बरू, यी सबैलाई सहजतापूर्वक स्वागत गर्ने व्यक्तिहरू बढी बुद्धिमान् हुन्छन् | यस्ता बुझक्कडहरूको लागि मरण सरल र सहज हुन्छ | ज्ञानमर्दछ हाँसेर रोई विज्ञान मर्दछ - भौतिकवादमा विश्वास राख्ने बालकृष्ण समले समेत ज्ञानले मृत्यु सहज हुने कुरा प्रल्हादमा लेखेकै छन् | 

असलमा, मरणलाई नै सहज बनाउने एकमात्र "परामर्श-पद्यतिको" उद्द्गम थलो नेपाल हो र तेसका प्रवर्तक दमौलीका ब्यास हुन् भने प्रथम परामर्शदाता उनकै छोरा ऋषि शुकदेव हुन् कि ?

क्रमशः 

मृत्युपूर्व परामर्श - २

वैदिकदर्शनमा  मृत्युपूर्व परामर्श - २

मान्छे मर्छ नै र एस्तो मृत्यु जन्मेको वखत नै निश्चित भैसकेको हुन्छ | रमाइलो भनौं अथवा दुख:द लगभग शतप्रतिशत मान्छेलाई आफ्नो मृत्युको पूर्वआभास हुँदैन | हरेक मान्छे आफ्नो मृत्युको समयका विषयमा अन्जान हुन्छ | आफ्नो मृत्युको ठीक-ठीक भविष्यवाणी गर्नेहरू निकै थोरै हुन्छन् | तर वैदिक-साहित्यले मरण निकट आएका व्यक्तिहरूले स्वयम् अनुभव गर्न सक्ने चिन्हहरूका विषयमा चर्चा गरेका छन् |

श्रीमद्भागवतको पहिलो स्कन्धमा राजा युधिष्ठिर र दशौँ स्कन्धमा राजा कंशले मृत्युका पूर्वचिन्हहरू अनुभव गरेको वर्णन छ भने गरुङपुराण, अग्नि पुराण, ब्रह्मवैवर्त पुराणमा पनि एस्तै चिन्हहरूका विषयमा वर्णन गरिएको छ | कुनै पनि मनोबैज्ञानिक वा अनुसन्धाताले शास्त्रमा वर्णित यी चिन्हहरूलाई अनुसन्धानको विषयका रूपमा समेटेर प्रमाणितकरण गर्ने प्रयत्न गरेको सुनिएको छैन | 

ती चिन्हहरूलाई आधुनिक शैलीमा प्रश्नवली बनाएर वा अन्य स्केलमा उतारेर चिकित्सकहरूले "घर" लैजाने सल्लाह दिएका रोगीहरूसंग वा एस्तो प्रश्नको स्वेच्छाले जवाफ दिनेहरूसंग प्रामाणिकरण गर्न सकिने सम्भावना खुला छ | तर एस्तो कार्य मानवीय दृष्टिले कति-स्वीकार्य अथवा अस्वीकार्य होला ? सोचविचार त गर्नैपर्छ | विज्ञानमा अन्ध श्रद्धा गर्छु पनि भन्ने र वैदिक साहित्यमा उपलब्ध मरणपूर्वका चिन्हहरूलाई "प्रामाणिकरण" गर्नेतिर उत्सुकता नदेखाउनु अर्को जडवाद नै हो | 

विज्ञानको निर्ममताले चिन्हहरूको पुनरीक्षणको मांग गर्छ | मैले यो प्रसंगलाई पुन: आफ्नो पूर्वअध्यायसंग जोड्न खोजें | निश्चय नै मृत्यु रहर लाग्दो विषय होइन | तर मृत्युसंग हाम्रो शक्ति पुग्दैन | देहात्मवादीहरू जुन सुकै मूल्यमा शरीरको सुरक्षा चाहन्छन् भने मृत्युलाई सहजरुपमा स्वीकार्नेहरू आफ्नै मृत्युलाई चिन्ने प्रयत्न गर्छन् र स्वाभाविक रूपमा आफ्नो अवसानको स्वगत गर्छन् | एस्तो मृत्युप्रसंग आत्माहत्याको पूर्वयोजना हुँदै होइन न त यो मृत्युसंग हारेको निराशा नै हो | असलमा, जव अवसान नै सत्य हो भने तेस्तो अवसानलाई अवसादमा होइन, स्वाभाविकरूपमा स्वीकार गर्ने प्रयत्न हो |

ईशावास्योपनिषद्ले आसन्न मृत्युलाई कसरी सहज बनाउने भन्ने छोटो चर्चा गरेको छ | दीर्घतमा ऋषि भन्छन् " हे जीव, तिमीले आफ्नो कर्म स्मरण गर | आखिर यो शरीर हावा, पानी र माटोले बनेको हो | मरेपछि शरीर जे-बाट बनेको छ तेसैमा मिसिने छ | ती बस्तुहरू पनि नित्य नै छन् | यो शरीर अन्त्यमा खरानी नै हुने छ भन्ने बुझ्नुपर्छ (ईशावास्योपनिषद् -१५) | सत्य त यही हो | जसले एस्तो सत्यलाई विचार र तथा मननपूर्वक स्वीकार्छन् तिनको मृत्यु सहज हुन्छ | अन्य, रूँदारुँदै वा विलौना गर्दै मर्छन् |

कुनै पनि मान्छेले आफ्नो मरणको चर्चा गर्न चाहन्न | तर वैदिकसाहित्यमा मृत्युको मात्र होइन "मर्ने मान्छेले अनुभव गर्न सक्ने गरी अनुभव गर्न सकिने पूर्वसूचना" समेत प्रस्टरूपमा उल्लेख भएको छ | गरुडपुराण, भागवत सहित अन्य अनेकौं शास्त्रहरूले यस वारे चर्चा गरेका छन् | यी चिन्हहरूका विषयमा अर्को अध्यायमा चर्चा गरौँला | आजका विद्वानहरूले शास्त्रले बताएका चिन्हहरूको अध्ययन/अध्यापन गर्न अग्रसर हुने जोखिम लेलान् जस्तो लाग्दैन तर मृत्युपुर्व प्रकट हुने चिन्हहरूका विषयमा चर्चा गरिनु नै महत्वपूर्ण विषय हो | 

उपरोक्त तत्थ्यहरूले प्राचीन वैदिक समाजमा मृत्युका विषयमा चर्चा-परिचर्चा र परामर्श गरिने रहेछ भन्ने स्पष्ट हुन्छ | वैदिक इतिहासका धेरै पात्रहरूले स्वेच्छिक मृत्यु रोजेका उदाहरणहरू छन् | आफ्नो मृत्युको आफैले स्वागत गरेका उदाहारणहरू पनि छन् | अरूको मृत्युको लागि सहजीकरण गरेका केसहरू पनि प्रसस्त भेटिन्छन् भने वैदिक सनातन धर्मको अभिन्न अंग रहेको चौथो सन्यासआश्रम स्वीकार गर्नेलर त आफ्नै श्राद्ध आफै गरेर आफ्नो शरीरको अस्तित्व नष्ट हुने पप्रतिक्षा गर्ने परम्परा नै रहेको छ | यद्यपि आज यो परम्परा रोगग्रस्त छ |

मलाई लाग्छ, मरण डर अथवा त्रासको विषय होइन | जीवनको एउटा अनिवार्य घटना हो जसले शरीरलाई समाप्त पार्छ | हामी जतिधेरै उपभोक्तावादी हुन्छौं त्यतिनै मृत्युको डर बलियो हुन्छ | शरीर बूढो हुँदै गएपछि अत्यावश्यक वाहेक संसारलाई भोग्ने मानसिकतालाई क्रमशः: घटाउनुपर्छ | यस्तो अभ्यासले हामी मानसिक रूपमै रोग, बृद्धवस्था तथा अन्यका वृद्धावस्थाजन्य समस्याबाट मुक्ति प्राप्त गर्न सक्छौं | 

अन्त्यमा, जसरी दिन, पक्ष र ऋतुहरू परिवर्तित हुन्छन् र नया दिन, पक्ष र ऋतुहरूको आगमन हुन्छ तेसरी नै हरेक मृत्युले नया अस्तित्वको सृजना गर्छ भन्ने (यथा अहानि अनुपूर्वं भवन्ति यथा ऋतवः ऋतुभिः यन्ति साधु I यथा न पूर्वं अपरः जहाति , एवा धातः आयुन्षि कल्पय एषां II ऋगवेद /१०/१८) भनाई र गीता (२/२२ ) अनुसार हरेक व्यक्ति चोला फेर्न तम्तयार हुन्छ | एस्तो अवस्थामा, मृत्यु कठोर हुँदैन, सुखद हुन्छ |

कपिराइट : गोविन्दशरण 

विकल्प कि निर्विकल्प ?

विकल्प कि निर्विकल्प ?
नेपालको राजनैतिक बाटो कता जाँदैछ ? यो प्रश्नको उत्तर शीर्ष नेतृत्वलाई पनि थाहा छैन | नेपाली जनता अन्यौलमा छन् | उनीहरूले विश्वास गर्न जानेका छन् | विश्वास गरिरहेका छन् र धेरै समयसम्म विश्वास गरिनै रहनेछन् भन्ने सकिन्न | राजनैतिक कार्यक्रता पनि अन्यौलमा छन् तर उनीहरूसंग नेतृत्वको सर्कुलर मान्नुको विकल्प पनि छैन |

धेरै मान्छेले चूरो वा तत्थ्य बुझेका हुँदैनन् | नेतृत्वले कुरो बुझेर पनि व्यक्तिगत वा दलीय स्वार्थका कारण "अन्धो, बहिरो वा निद्रीत"को अभिनय गरिदिन्छ | नेपाली राजनैतिक अवस्था एस्तै छ | देशको नेतृत्व गरिरहेका विद्वानहरूले बुझेका छैनन् वा जान्दैन भन्नु मुर्खता हुन्छ | तर अभिनयमा खप्पिस हुनुहुन्छ भन्ने कुरामा सर्वसाधारणले पनि सहजरूपमा पत्याएकै कुरा हो | नत्र राजनीति र राजनैतिज्ञहरू छलकपटका पर्यायवाचीका रूपमा किन बुझिने अवस्था आउंथ्यो ? 

राजनैतिक नेतृत्वको चाहना नेपालको भलो गर्नु गर्नुनै होला तर जुनबाटो उहाहरूले समात्नु भएको छ, तेसको टुङ्गो सधैं अन्यौल मै हुन्छ | सडक बनेको एक महिनापछि पानी वा ढल विभागले सडक खनेर पुन: कमिसनका लागि बाटो खोलिदिएझैं राजनैतिक संस्कारमा इमानदारीता खोज्नु असम्भव मानिन्छ | आज राजननीति गर्नु भनेको ठग, छलकपट तथा भष्टाचारको पर्यायवाची बनेको तत्थ्य सबैले बुझेकै कुरा हो |

कार्लमार्क्स वितेको दुई शताब्दि वित्नै लागे पनि नेपालका मार्क्सभक्तहरू तिनकै सिद्धान्तको कर्मकाण्डमा रुल्मुलिएको देखिन्छ भने समाजवादीका रूपमा आफुलाई उभ्याउन खोज्ने बामइतर राजनैतिक चिन्तन पनि हब्स, रुसो, वासिंगटन वा अब्राहम लिंकनमा अडिएको छ | यी दुवैमा एउटा समानता छ : पश्चिमा वैचारिक उपनिवेशवाद | राजनीति, शिक्षा, संस्कृति, विकास, मानवाधिकार, संस्कार तथा रहन-सहन समेत पश्चिमा पद्यतिको नै महान हुन्छ भन्ने विषयमा यी सबैमा कुनै विवाद देखिन्न | पुंजीवाद र साम्यवाद वीचको विरोधाभाष पनि दूबै आयातित नै भएकोले रहिरहने छ | 

हामी नेपाली हौँ र हाम्रो धरातलीय र ऐतिहासिक यथार्थ पनि नेपाल नै हो | हाम्रा इतिहास र संस्कृतिका सबै थोक ठीकठाक नहोलान् र अहिलेको समयमा उपयुक्त पनि नहोलान् तर विश्वको सबैभन्दा प्राचीन र जीवन्त सभ्यताका रूपमा उभिएका हिन्दू, बौद्ध, जैन, किरात, बोनआदिका ग्राह्यविषयहरूलाई हेय ठान्ने वा निषेध गर्नेहरूप्रति नेपाली जनता सहमत हुनैसक्दैनन् | एस्तो जागरुकता क्रमश: जनतामा फैलिँदो छ | सर्वसाधारण र तल्लो नेतृत्व खाइपाइ आएको सुविधा खोसिएला भनेर पर्खेको स्थिति छ | 

आफ्नो इतिहास, संस्कृति तथा मौलिकताको निन्दा गर्दै आरम्भ हुने विश्व कै अद्वितीय वर्तमान नेपाली संविधानका जन्मदाताका रूपमा जस-अपजस पाएको वर्तमान राजनैतिक शक्तिको शक्तिक्षय चाहिं तेसैबेला आरम्भ भएकै हो | यी सबैले अव विकसित हुने राजनैनीतिक शक्ति बैकल्पिक होइन निर्विकल्प हुनुपर्छ भन्ने मांग गर्छ | यसको अर्थ हो - निर्विकल्प राजनैतिक धाराको सृजना हुनुपर्छ | एस्तो निर्विकल्प राजनैतिक चिन्तनको निर्माणका लागि हामीले बाटो खोलिदिएका छौँ |

यहाँ बुझ्नु पर्ने विषय के हो भने कार्लमार्क्स वा अन्य पश्चिमेली विद्वानहरू प्रति उहाको योगदानका लागि हाम्रो श्रद्धा हुनुपर्छ | उहाहरूले सिद्धान्त सिर्जना गरेर विश्वलाई गुण लगाउनु भएको छ | तर नेपाल र नेपालीका लागि ती सिधान्तहरू पुराना मात्र होइन पराई पनि हुन् | जुन विश्व र समयमा कलम समातेर कार्लमार्क्सले पूँजी लेख्दै थिए र अवाहम लिंकनले प्रजातन्त्र लेखेका थिए ती सबै भूगोल र समय आजका होइनन् | अव उनीहरूका विचारहरू राजनीतिको इतिहासमा मात्र पढाउने योग्य भएका छन् वा विकल्पका रूपमा मात्र रहेका छन् | 

यदि हामी नेपालीले आफ्नो भूगोल, इतिहास तथा सांस्कृतिक विरासतबाट आफ्नै जरोकिलो र मौलिकतामा उभिएर "राजनैतिक घर" निर्माण गर्ने प्रयत्न गरिरहेका छौँ भने यही नै वदलिएको निर्विकल्पताको आवाज हो | हामीले विश्वलाई स्पस्ट संदेश दिने प्रयत्न गरेका छौँ कि आइन्दा विश्वलाई हेर्ने र बुझ्ने र सहकार्य गर्ने दृष्टिकोण हाम्रो आफ्नै हुनेछ | "हामी सक्षम छैनौं" भन्ने मनोविज्ञानको अन्त्य हुँदैछ | बहस राष्ट्रराज्यको मात्र होइन राज्यराष्ट्रको पनि हुनुपर्छ भनेर हामी चुनौती खडा गर्दै छौं | 

पश्चिमा पद्यतिको शिक्षामा निर्मित भएको हाम्रो बौद्धिक महलमा उपरोक्त कुराहरू बाहियात लाग्न सक्छन् तर बदलिँदो विश्व परिवेशले हामी नेपालीहरूलाई पनि आफ्नो जरोकिलोतिर फर्कन र तेसका आधारमा स्वत्वको खोजि गर्न प्रेरित गरेको छ | कसैले राम्रो वा नराम्रो भन्दैमा हामी आफ्नो यात्राबाट विमुख हुन सक्दैनौं | कुरा व्यक्ति विशेषको होइन, विकल्पको खोजीको होइन | कुरो निर्विकल्प कै हो |

आफ्नो मौलिकता, स्थानीयताको जरोकिलोमा उभिएर विश्वलाई ग्रहण गर्ने र विश्वलाई मार्गनिर्देशन गर्ने शक्ति चाहिएको छ | एस्तो शक्ति हाल नेपालमा क्रियाशील राजनैतिक चिन्तनबाट उपलब्ध हुँदैन | परिवर्तनका नाममा जडतावादबाट मुक्त नहुने र आफ्नोपनको पहिचानका लागि पनि पराईको लेखाई, बोलाई र गराईलाई विश्वास गर्नेहरूप्रति नेपाली जनतालए विश्वास गर्ने ठाउँ छैन | हामी निर्विकल्प शक्तिको विकासका लागि क्रियाशील छौँ | हामी अन्यौलग्रस्त तथा मक्किएको राजनैतिक शक्तिहरूका लागि निर्विकल्प "जरोकिलो" निर्माण गरिरहेका छौँ |

निर्विकल्प राजनैतिक शक्ति कस्तो हुने छ र को हुने छ ? भनेर बुझ्न चाहनुहुन्छ भने आगामी लेखहरूको प्रतिक्षा गर्नुहोस् |

कपिराइट : गोविन्दशरण 

गुरुद्वारा नानक उदासीनआश्रमबाट

गुरुद्वारा नानक उदासीनआश्रमबाट 
१.परिचय 
काठमाडौंको स्वयम्भूबाट करिव ३ किलोमिटर उत्तर तर्फ बालाजु चक्रपथ भित्र करिव ३०० मिटरमा रहेको नया-वजार र तेहीं हुँदै बग्ने श्रीबिष्णुमती गंगा करिव ४०० वर्ष देखि उदासीन आश्रम अर्थात् नानक मठकी साक्षी छन् | श्रीविष्णुमतिको किनारामा रहेको यो आश्रम हिन्दू शिख धर्मसंस्कृति तथा धार्मिक समन्वयको अदभूत मिसाल रहेको देखिन्छ | यस मठले नेपाल मण्डलको प्राचीन सहिष्णुता तथा सनातन संस्कृतिमा रहेको सर्वस्वीकार्यताको अनुशरण गरेको छ | पुनश्च, यसले मिलेर पूजाआजा गर्ने नेपाली संस्कारको प्रतिनिधित्व गर्छ | हिन्दू र शिखको यो संयुक्त आराधना स्थलका रूपमा यसले विश्वलाई सहृदयताको मिसाल प्रदान गर्छ |

काठमाडौँको मुटुमा रहेर पनि नितान्त गाउँको झल्को दिने यो धार्मिकस्थल गंगवु-नयाबजारमा रहेको विष्णुमति पुलसंगै रहेको उत्तरति उभिएर हेर्दा देख्न सकिन्छ | पुरानो शैलीको प्रवेशद्वार र आधुनिक शैलीका सिंडीहरू (७० बटा भर्याङ) चढेपछि नितान्त प्राचीनतम गाउँले परिवेशको झझल्को दिने यो मठमा पुग्न सकिन्छ | 

मैले र महेशजीले मठमा प्रवेश गर्दा साथ बाबा कृष्णदासको आश्रममा अखण्ड रामायण पाठ गरिरहेका भक्तहरूसंग जम्काभेट हुन्छ | यो भवन नया शैलीको छ | नानक मठ उदासीन आश्रमका महन्तले कृष्णदास वावालाई आफ्नो ऊत्तारधिकारीका रूपमा सो मठ भविष्यमा संचालन गर्न दिने ब्यबस्था गर्नुभएको रहेछ |

मठमा दैनिक सत्संग हुन्छ | स्थानीय र बाहिरका भक्तजनहरू आश्रममा आएर दैनिक पूजाआजामा सरिक हुन्छन् | गुरुग्रंथ साहेवसहित श्री शालीग्राम, हनुमान, सीताराम, महादेवआदिको आराधना हुन्छ | खासगरी ब्रह्महरि दासजीले जीवित समाधि लिएको ठाउँमा पुग्दा निकै आनन्दको अनुभूति हुन्छ | काठमाडौंको कोलाहलपूर्ण परिवेश र कंक्रिटहरूको जमातभित्र एस्तो रमणीय र प्राकृतिक स्थल छ भन्ने कुरा पत्याउन गारो हुन्छ | मठभित्र काठमाडौँको कोलाहल तिरोहित हुन्छ |

२. वर्तमान महन्तको जीवन गाथा 
काठमाडौँ कै साँखुको एउटा ब्राह्मण परिवारमा वि.स. १९९० तिर जन्मनु भएका अवालब्रह्मचारी श्रीनेम मुनि उदासीन यस आश्रमका हालका महन्त हुनुहुन्छ | उहाँ यहाँ सात वर्षको कलिलो उमेरमा यहा आउनु भएको थियो र उहाका गुरूले उहा ३२ वर्षको हुँदा आफ्नो उत्तराधिकार दिनु भएको थियो | तव देखि मुनिजी यहीं हुनुहुन्छ | नेपाल गुठी-संस्थानले मान्यता दिएका महन्त पनि उहा नै हुनुहुन्छ | म त्यहाँ पुग्दा महन्त उदासीजी गाईको दूध दुहेर ल्याउदै हुनुहुन्थ्यो | ८४ वर्षको उमेरमा पनि उहाको स्वास्थ्य देखेर सबै चकित हुन्छन् |

हाल यो आश्रमसंग करिव २२ रोपनी जग्गा रहेको छ भने राजा जयन्त मल्ल पालामा विभिन्न दाताहरूले एस उदासीन आश्रमको संचालन गर्न करिव १३०० रोपनी जग्गा गुठीका रूपमा दान दिएका थिए | हाल यो सबैजसो जग्गा व्यक्तिहरूले आफ्नो नाममा पास गरिसकेका छन् | देवस्व बेचेर खानेहरूको जमातमा ब्यापारी, राजनीतिज्ञ तथा सर्वसाधारण समेत घुसेका छन् | देवश्व मास्नु संस्कार बन्न थालेको छ | सरकारले नै प्रायोजित रूपमा देवश्व लुट्न छूट दिएको छ |

३. नेपाली सन्तले स्थापना गरेको आश्रम
नेपाली सन्तहरू श्रीब्रह्महरी दास, उहाका शिष्य गोथल दास र पुन: उहाका पनि शिष्य यतिराम दास हुँदै हालका महन्त नेम मुनि ३१ औं पुस्ताको उत्तराधिकारी हुनुहुन्छ | हाल यो आश्रम स्थापित भएको ४१० वर्ष वितिसकेको छ | भनिन्छ, आश्रमका संस्थापक श्रीब्रह्मदासजीले सशरीर यहीं समाधि स्वीकार्नु भएको थियो | उहाको समाधि मन्दिर आश्रमको पछिल्लो भागमा रहेको छ र त्यहा पुग्दा मन शान्त हुन्छ |

४. नानकको कैलाश यात्रा 
महन्त उदासीकाअनुसार यो आश्रममा शिखधर्मका संस्थापक नानक देव कैलाश नाथको यात्राका क्रममा सन् १५७३ तिर यहाँ आउनु भएको थियो | जनश्रुतिका अनुसार नानक देवले यो ठाउँमा आएर केही दिन साधना गर्नुभएको थियो र केही स्थानीयलाई आफ्नो शिष्य बनाएका थिए | तत्कालीन मल्लराजा जयन्तले गुरू नानक देवको दर्शन गरेर केही जग्गा दान दिएको भन्ने प्रमाण आज पनि सुरक्षित छ |

नानक फर्केपछि उनका कच्छा छोरा श्रीचन्द्र तेसै ठाउँमा आएको भन्ने सुनिन्छ | असलमा श्रीचन्द्रले आफ्ना पितासंग असहमति राख्दै आचार्य शंकरको परम्परामा दीक्षित भई उदासीन मठ स्थापित गरेका थिए | ब्रह्महरि दास, गोथल दास तथा यतिराम यी सबै उदासीन सम्प्रदायका हुन् भने हालका महन्त पनि उदासीन सम्प्रदाय कै अनुयायी रहेको उनी आफैले बोलेका छन् | बाबा ब्रह्महरी दासले बाबा नानकको सम्मान गर्दै आश्रमलाई “नानक-मठ” पनि नाम दिएको थिए कि भन्ने कुरा पनि तेहा सुनियो |

५. धेरै पटक आश्रम बेच्ने प्रयत्न भयो 
वर्तमान महन्तका अनुसार गिरिजाप्रसाद प्रसाद कोइराल प्रधानमन्त्री भएको बखतमा भारतीय शिखहरूको प्रभावमा परेर यो उदासीन आश्रम कुपण्डोलको गुरुद्वाराको नाममा पास गरिदिएका थिए | तर पछि महन्तजीको प्रयासले राजा वीरेन्द्र आफैले हस्तक्षेप गरेपछि रोकिएको थियो | तेस बाहेक गुठी संस्थान र जग्गाका दलालहरू मिलेर धेरै पटक यो आश्रम बेच्ने प्रयत्न भएको तर महन्तको सजगताले जोगिएको भन्ने कुराको पुष्ठी एकजना आश्रमको दर्शन गर्न आएका स्थानीयले पनि गरे |

वि.स. २०१७ मा, २०५२ सालमा तथा २०६३ सालमा तत्कालीन सरकारहरूले यो उदासीन आश्रम बिक्रि गर्ने प्रयत्न गरे अथवा भारतीय शिखहरूको प्रभावमा परेर आश्रम उनीहरूकै नाममा पास गरिदिने प्रपंच भयो तर भगवान पशुपतिको कृपाले अझैंसम्म जोगिएको छ – महन्तजीले भन्नुभयो | 

महन्तजीका अनुसार यस मठमा बाबा नानकको बखतमा राखिएको गुरुग्रन्थ साहेवको विधिवत् आराधना हुँदै आएको छ | यही तत्थ्यलाई देखेर शिख धर्मसंग समबन्धित केही विदेशी धनाढ्यहरूले नेपाल सरकारलाई प्रभावमा यो ठाउँलाई शिखधर्मको धर्मस्थल बनाउन चलखेल गरिरहेका छन् | यसमा भारतीय सरकारका केही मन्त्री, नेपाली शिखहरू र शिखका केही अन्तराष्ट्रिय संघसंस्थाहरू पनि लागि परेको तत्थ्य इन्टरनेटमा भेट्न सकिन्छ |

६. सम्पत्ति र ठाउँ हत्याउने खेल 
वि.स. २०२०-२२ सम्म एस ठाउँक वारेमा कसैको चासो थिएन | तर वि.स. २०४७ सालको परिवर्तनपछि काठमाडौँ उपत्यका औधि बदलियो | बाहिरका मान्छेहरूको वसाई सराइले जग्गाको भाउँ आकासियो | किनारामा रहेका सम्पत्तिहरू शहरको माँझमा परे | कुनै बेला किनारामा रहेको नानकमठ अहिले अमूल्य बनेको छ | यो अमूल्य सम्पत्ति कब्जा गरेर पैसा कमाउने दाउँ हेर्ने धेरै छन् | 

संस्कृतको शिष्य शब्दवाट शिख शब्दको उत्पत्ति भएको हो | शिखधर्ममा गुरुग्रन्थ साहेवको आराधना गरिन्छ भने हरेक शिखले पन्चककार अर्थात् काईयो, कडा, कच्चा,कृपान र केश पालन गर्नुनै पर्ने हुन्छ | तर यो मठका महन्त तथा भक्तहरूले शिखमतको पालना गर्दैनन् | भारतीय शिख र नेपाली शिखहरूले यो आश्रम गुरू नानकले स्थापना गरेको भन्दै महन्तजीलाई विस्थापित गरेर आफ्नो कब्जामा लिने प्रयत्न गरिरहेका छन् | एक पटक त एकजना शिखले महान्तजीको हत्या समेत गर्ने प्रयत्न गरेको भन्ने बुझियो | 

७. हिन्दू र शिखधर्मको एकताको प्रतिक 
यो आश्रममा गुरुग्रंथको आराधना हुँदैआएको ५०० वर्ष व्यतित भएको छ | नानकले यहाँ टेकेको तेत्तिनै भएको छ | तर यो आश्रम केवल शिखहरूको धर्मस्थल होइन भन्ने कुरा यहाँको जीवन पद्यति र आराधना पद्यति तथा आश्रमको संस्कृतिले जनाउ दिन्छ | आश्रमको मध्य चौकमा तुलसीको मठ तथा हनुमानको मूर्ति छ | उत्तरतिर ५०० वर्षदेखि निरन्तर बलिरहेको अखण्ड धूनी छ | ऊत्तरतिर नै एउटा सून्दर बगैचा छ, जहाँ ब्रह्महरि, गोथल र यतिरामबाबाहरूको समाधिस्थल छ | यी सबै कुराहरू शिखधर्मको गुरुद्वारामा हुनैसक्दैनन् |

एसैगरी, गुरुग्रंथ साहवको आराधना हुने तलामा नै २३५ बटा शालीग्रामहरूको नियमित पूजाआजा हुँदैआएको छ | भने दक्षिणतिर श्रीराम, गीतामन्दिरहरू छन् | यी सबै विशेषताहरू केवल उदासीन परम्परामा मात्र देख्न र भोग्न पाइन्छ | शिखधर्ममा यी सबै बर्जित छन् | हरेक दिन हलुवाको भोग लाग्छ भने तीर्थालुहरूका लागि लंगरको पनि ब्यबस्था छ | यद्यपि नेपाल सरकारले गुठीहरूप्रति अङ्गिकार गरेको नीतिले दैनिक पूजाआजा चलाउन गारो छ |

८. सबैको साझा सम्पत्ति 
मलाई लाग्छ, यो नानक मठ अर्थात् उदासीन आश्रम जे-जसले स्थापित गरेको भए पनि हाल यो नेपाल मण्डलको सहअस्तित्वको जीवन्त प्रमाणका रूपमा रहेको छ | तेसमा पनि हिन्दू तथा शिखको एकै आराधनास्थलका रूपमा धार्मिक, सांस्कृतिक तथा सामाजिक एकताको जीवन्त प्रमाणका हो | विश्वभरिका हिन्दू तथा शिखधर्मका अनुयायीहरूले एस्तो सामुहिक आराधनास्थलबाट सहअस्तित्व तथा धार्मिक सदभावको शिक्षा ग्रहण गर्न सक्छन् | 

काठमाडौँ उपत्यकामा उदासीन सम्प्रदायका चारबटा आराधना स्थल छन् जहाँ गुरुग्रन्थ साहेवको आराधना संगै सनातन धर्मको पालना हुन्छ | श्रीपशुपतिनाथको उदासीन मठ, थापाथलीको उदासीन मठ, ज्ञानेस्वर तथा शोभा भगवतीमा उदासीन आश्रम रहेका छन् | स्मरण रहोस्, उदासीन सम्प्रदायको स्थापना गुरू नानकका जेठा छोरा श्रीचन्द्रले गरेका हुन् | अन्य आश्रमहरूका पक्षमा केही नबोल्ने तर नया-बजारको आश्रममा आँखा गाड्नुको कारण सो मठको स्वामित्वमा रहेको जग्गा र काठमाडौँको मूटूमा रहनु हो |

यस सन्दर्भमा, शिख धर्म मान्ने दुवईका उद्योगपति एस.पी.एस. ओबराइले तत्कालीन नेपालका प्रधानमन्त्री बाबुराम भट्टराइलाई भेटेर त्यो ठाउँ शिखहरूलाई हस्तान्तरण गर्न दवाव दिएका थिए भने तत्कालीन भारतका केन्द्रीयमन्त्री समेत रहेका पितम कौरले समेत इच्छा देखाएको भन्दै यो ठाउँ हत्याउने प्रयत्न गरेको १९ नोभेम्वर २०१२ को टाइम्स अफ इन्डियाले लेखेको छ | यो समाचारले मठले चर्चेको सम्पत्तिमा भारतीय उद्योगपतिहरूको आँखा गडेको स्पष्ट हुन्छ | 

९. सबैको साझा गुरुद्वारा-उदासी मठ 
धन तथा राजनैतिक शक्तिको वलमा परापूर्वकालदेखि नै सहअस्तित्वमा रेहेको एस्तो पवित्र आराधनस्थललाई केवल शिखहरूको आराधना स्थल हो भनेर एकल बनाउने प्रयत्न गर्नु धार्मिक सदभाव विरुद्ध हो | एस्तो दुष्टकार्यको घोर निन्दा गरिनुपर्छ र एकल धर्मको धार्मिक स्थलका रूपमा मात्र स्थापित गर्ने प्रयत्नको प्रतिकार गरिनुपर्छ | 

नानक मठ-उदासीन आश्रम सबै नेपालीहरूको साझा आराधना स्थल हो | श्रीनानक देवको समागमप्राप्त यो स्थान निकै पवित्र छ | साथै,बाबा ब्रह्महरी दास, बाबा गोथल दास, बाबा यतिराम सहित ३९ महन्तहरूको देखरेखमा रहेको यो आश्रम हिन्दू तथा शिख दुवै धार्मिक समुदायको साझा गौरवको विषय हो | नेपालीहरूको आफ्नो रैथाने मौलिक जरोकिलो हो | मलाई एस्तो पवित्र तथा ऐतिहासिक स्थलमा कर गरेर लैजाने विद्वान पंडित श्रीमहेश शर्माजी प्रति म सधैं ऋणी रहने छु | आश्रमको वारेमा वर्णन गरिदिने महन्तजी प्रति आभारी छु |
कपिराइट : गोविन्दशरण 

पोइला हिड्ने किन बढें, दोष कस्को ?

पोइला हिड्ने किन बढें, दोष कस्को ?काठमान्डौको सम्भ्रान्त विद्यालयका सीमा (१४) र आकाश (१५) दूबै कक्षा नौंमा पढ्दै गर्दा पोइला हिंडे | पुलिस र मनोबैज्ञानिकहरूको हस्तक्षेपपछि ती आ-आफ्नो घर फर्किए | तेस्तै रुकुमको एउटा माविमा पढ्ने राम (१३) र अनु (१४) पनि पोइला हिंडे | सो विद्यालयमा युनिसेफ र एउटा एनजीओले विगत तीनवर्ष देखि सेक्स-एजुकेशन चलाइरहेका थिए | हालसम्म २२ जना बालबालिकाहरू तेहाबाट पोइला हिंडीसकेका छन् |

माथी लेखिएजस्ता पोइला हिंड्नेहरूको समाचार आउँदासाथ पश्चिमाशैलीको सेक्स-एजुकेशनका पक्षधरहरू भन्छन् "अशिक्षा र कुरो नबुझ्नुले एस्तो हुन्छ | समाजले सेक्सप्रति अनुदार विचार राख्दा बालबालिकाहरू पोइला हिंड्न बाध्य हुन्छन् |" यो भनाइको सीधा अर्थ हुन्छ - उमेर नपुगे पनि यौनाचार गर्न पाउनु बालबालिकाको प्राकृतिक अधिकार हो | असलमा, उपरोक्त भनाई केवल र केवल कन्डम, गर्भनिरोधक औषधि बनाउने बहुराष्ट्रिय कम्पनिहरूको लागि अप्रत्यक्ष मार्केटिंगका लागि नै हो |

साच्चिकै भन्नुपर्दा पश्चिमाशैलीको यौनशिक्षा र इन्टरनेटको पहुँचका कारण किशोरकिशोरीहरूमा सेक्सको स्वाद चाख्ने चाहना ह्वात्तै बढेको हो | यौनाचारलाई बढाउन यौनशिक्षाले मलजल गरिरहेको छ जसले यौनअसुरक्षा तथा पोइला हिड्न प्रोत्साहन मिलेको छ भन्न मिल्छ | 

किशोरीहरूमा बढ्दो गर्भपात, परपुरुष-परस्त्री संसर्ग, लिभिंग टुगेदर, विवाहपूर्व यौनाचारलाई व्यक्तिगत स्वतन्त्रताको विषय मान्नु पश्चिमा पद्यतिको यौनशिक्षाको देन हो | विदेशीहरूले पैसा दिए भन्दैमा आफ्नै जरोकिलो काट्ने यौनशिक्षाको समर्थन गर्ने शिक्षाविद, विद्यालयहरूमा यौनशिक्षा प्रवेश गराउने सरकार समान दोषी छन् | 

विश्वमा व्यक्तिगत स्वतन्त्रताको हावा चलिरहेको छ | यौनवादी फ्राइडको उदयपछि सेक्स-एजुकेशनको कुरालाई व्यक्तिगत स्वतन्त्रको रूपमा नेपाली विद्यालयहरूमा पनि वहसको विषय बनेको छ | मैले सुनेअनुसार युनिसेफले नेपालमा सेक्स-एजुकेशनका लागि सन् २०१२-१७ का वीचमा ७ अरव लगानी गरिसकेको छ |

एत्रो लगानी गरेर सेक्स-एजुकेशन दिंदादिंदै पनि तेह्र-चौध वर्षका कलिला स्कुले बालबालिकाहरू "पैला" हिंडिरहेका छन् | धनिहरूले घटना लुकाउँछन् | गरीवसंग लुकाउने संयन्त्र हुँदैन | छताछुल्ल हुन्छ | 

फेसबुकका कारणले परिवार उजाडिएको, उमेरभन्दा पहिला पैला हिंडेका, नेटमा सजिलै उपलब्ध निला-चलचित्र हेरेर हाडनाता मैं करणी भएका घटना त गनेर सकिन्न | पुलिस-सेलको रिपोर्टले पनि यही बोलेको भन्ने सुनेको छु |

यौनका सवालमा संयमित र अनुशासीत जीवनप्रणालीको शिक्षा दिने वैदिक जीवनशैलीलाई "अन्धविश्वास वा स्वत्रन्त्रताको वाधक" ठान्ने पश्चिमाशैलीको सोचले विद्यालयहरूमा यौनशिक्षा दिंदा "उमेर नपुग्दै यौनाचार गर्ने इच्छा र "पैला" जानेहरूको सङ्ख्या बढ्नु नै थियो |

पश्चिमा पद्यतिको यौनशिक्षाका कारण आफ्ना किशोर बालबालिकालाई विद्यालयमा पठाउने कुनै पनि अभिभावक ढुक्क हुने अवस्था छैन | जस्तो नेपाली सडकको यात्रा गर्नेहरू गन्तब्य पुगेपछि ढुक्क हुन्छन् तेसरी नै विद्यालयबाट किशोर-किशोरीहरू घर फर्केपछि ढुक्क हुन्छन् | यो तीतोसत्यको रेखा निरन्तर फैलिँदो छ | 

के पश्चिमाशिक्षावादीले यो सामाजिक, सांस्कृतिक विचलन ल्याउने विषयमा बहस गर्ने आँट गर्लान् कि यौनाचार व्यक्तिगत विषय हो भनेर पन्छिने पश्चिमाशैली अंगीकार गरेर आफ्नै जरोकिलोलाई कमजोर बनाउने काम गर्लान् ? बहस त हुनैपर्छ |

व्यक्तिगत स्वतन्त्रताका नाममा यौनाचारलाई मार्केटिंग गर्ने पद्यति नेपाली सामाजिक, धार्मिक तथा सांस्कृतिक परिवेश र सोचसंग कत्तिपनि मिल्दैन | यदि नेपाली विद्यालयहरूमा यौनशिक्षा दिने नै हो भने कामसूत्रजस्ता अनेकौं प्राचीन विधिहरू छन् जसले उमेर नमपुगी बालबालिकालाई यौनाचारमा प्रवृत हुनबाट रोक्छ | 

वैदिक शिक्षा पद्यतिले गृहस्थी जीवनमा प्रवेशगरेपछि मात्र यौनाचारको आदेश दिन्छ | ब्रह्मचर्य (जन्मदेखि २४ वर्षसम्म) अर्थात् शिक्षादीक्षा ग्रहण गर्नुपर्छ | यस अवस्थामा यौनाचारमा प्रवेश गर्नु भनेको आजको भाषामा करियरमा ध्यान नदिनु नै हो | यौन व्यक्तिगत विषय हो तर २५ वर्षको उमेरपछि नेपाली समाजले प्राकृतिक रूपमा स्वीकार गरेको छ भने विद्यालयको उमेरमा किन यौनशिक्षा लाद्ने ?

आफुलाई स्वतन्त्रताको पक्षधर भन्ने तर स्वच्छन्दवादीहरूका लागि मैले निम्त्याएको वहसले पोल्छ र मउपर अनुदारवादीको आरोप लाग्न सक्छ | यो सबै स्वीकार्न तयार छु तर ७ अरव लगानी गर्दा समेत १४-१४ वर्षका किशोर-किशोरी किन "पोइला" गइरहेका छन् ? किन (पश्चिमाहरूका भाषामा) अनसेफ सेक्सतिर तानिंदैछन् ? सक्छौं भने वहस चलाउने आँट गर |

नोट : नाम र ठाउँ दूबै काल्पनिक हुन् तर घटनाहरू सत्य हुन् |

द्वैताद्वैत, निम्बार्क र वेदान्त दशश्लोकी

द्वैताद्वैत, निम्बार्क र वेदान्त दशश्लोकी  निम्बार्क उपासना  नियमानन्द शान्ति र साधनाप्रिय ब्राह्मण थिए | उनले पढेको गुरुकुलमा गुरूले "...