Saturday, December 23, 2017

बहुआयामिक बौद्धिकता र नौ प्रकारका बालबालिका


बहुआयामिक बौद्धिकता र नौ प्रकारका बालबालिका 
विश्वका सबैभन्दा प्राचीन बालबैज्ञानिकको थिए भनेर सोध्यो भने अचम्म मान्नु पर्दैन किनभने उनी अमेरिकन, युरोपेली कुनै थिएनन् | ई.पू. ५४० तिर प्राचीन दक्षिण भारतमा जन्मिएका विष्णु शर्मा थिए | यस्तो भनिरहंदा हाम्रा अग्रज र अंग्रेजी नाम पढ्न अभ्यस्त भैरहेकाहरूका लागि अचम्म हुने छ | तर यो कुरा सत्य हो, विश्वमा पन्चतंत्र भन्दा प्राचीन बालसाहित्य अर्को छैन |

उनले बालबालिकालाई सिकाउन विभिन्न कथानकहरूको प्रयोग गरेर बौद्धिक तिनको अभिरूचि अर्थात् पठनपाठन, दिंनेलिने, यज्ञ गर्ने/गराउने (ब्राह्मण) युद्ध गर्ने/गराउने, नयाकुरा सिक्न र सिकाउन रहर गर्ने, शारीरिक शक्तिको प्रयोग गर्ने काममा अभिरुचि दिने (क्षत्री), ब्यापार, कृषि,आदि मन पराउने. प्रकृतिसंग नजिकिन इच्छा गर्ने (वैश्य) र सधैं जागिर खान, अर्काको खटनपटन मन पराउने, आज्ञाकारी बन्न मन पराउने र धेरैजसो आफ्नो श्रम बेच्न मन पराउने (शूद्र) यी चारप्रकारका बौद्धिकस्तर अनुसारको गुरुकुल पद्यतिको विकास गरे | बहुआयामिक बुद्धिको पहिचान केवल गार्डनरले मात्र गरेका हुन् भन्नु अन्याय हुने छ |

निश्चय नै अमेरिकी मनोबैज्ञानिक गार्डनरले बहुआयामिक बौद्धिकता विकास गरेर विश्वलाई गुण लगाएका छन् | गार्डनरले हरेक व्यक्तिको सिकाईहरूका आठआयामहरू हुने सिद्धान्त प्रमाणित गरेका छन् | गार्डनरका अनुसार मान्छेको सीकाई मूलतः दुई प्रकारले प्रभावित हुन्छ जसमा आनुवांशिक र वातावरण हुन्छन् | वातावरणको अर्थ बालबालिकाको हुर्काइ र सिकाईको परिवेशसंग सम्बन्धित रहने उनको विश्वास छ |

हावर्ड गार्डनरले मान्छेको सिकाई-क्षमतालाई आठ प्रकारमा विभाजित गरेका छन् | यी आठप्रकारका सीकाइहरू क्रमश: शक्ति-संचार, अन्तर, बाह्य, तार्किक, शाब्दिक,प्राकृतिक, दृश्यगत तथा सांगीतिक हुन्छन् | यद्यपि हरेक मान्छेलको न्युनाधिकरूपमा उपरोक्त गुणहरूका आधारमा व्यक्तित्व निर्मित हुन्छ तर यी मध्ये जुन विषयवस्तु प्रति उसको अभिरुचि हुन्छ, उसले त्यही विषयमा सफलता प्राप्त गर्छ भन्ने गार्डनरको मान्यता रहेको छ |

१. शारीरिक संचालन सिकाई : खासगरी केही बालबालिकाहरू आफ्नो शरीर प्रयोग हुने क्रियाकलापमा बढी सक्रिय हुन्छन् | नाच्न, उफ्रन, खेलकुद गर्न र दौडन तथा शरीरलाई सन्तुलन गरेर सम्पादन गर्न सकिने कामहरू प्रति बढी अभिरुचि राख्छन् र अन्य सिकाईमा उनीहरू सामान्य अथवा न्यून हुन्छन् | यस्ता बालबालिकाहरू हरेक बखत शरीरलाई सक्रिय राख्छन् | अभिभावकहरूले अन्य क्रियाकलापमा भन्दा स्वभाविकरूपमा प्रकट भैरहेको मौलिक रुचि प्रति ध्यान दिनुपर्छ | शारीरिकमा सक्रिय बालबालिकाहरू विश्वप्रसिद्ध नृत्यक बन्ने सम्भावना लिएका हुन्छन् र अभिभावकहरूले तेसैमा फोकस गरेको राम्रो हुन्छ भन्ने हावर्ड गार्डनरले एस्तो क्षमतालाई "काइनेथेस्टीक इन्टेलीजेन्स" रूपमा पहिचान गरेका छन् |

२. अन्तरसम्बन्ध : केही बालबालिकाहरू वा प्रौढहरू सजिलैसंग साथी बनाउन सक्छन्, रमाइलो गर्न सक्छन् | उनीहरूको प्राकृतिक अभिरुचि नै आफ्नो कुरा सुनाउने र अर्काको कुरा सुन्नेतिर केन्द्रित हुन्छ | अंग्रेजीमा यस्तो गुणलाई "इन्टरपर्सनल" भन्ने गरिन्छ | अन्तरसम्बन्ध सम्बब्धि गुण भएका बालबालिकाहरू अन्य विषयमा कमजोर देखिए पनि साथी बनाउन, नेतृत्व स्वीकार्न, सामाजिक समस्याहरू समाधान गर्ने काममा ज्यादै निपूर्ण हुन्छन् | एस्ता बालबालिकाहरू समुहमा सिक्ने, समुहमा काम गर्न अभिरुचि राख्ने हुन्छन् |

३.कितावी : केही बालबालिकामा किताव पढ्ने, शब्दहरू सुनेर ती शब्दहरूलाई विविध प्रकारले प्रयोग गर्ने र अर्थात् सुनेका, बुझेका र देखेका शाब्दिक-वर्णहरूसंग रमाउन सक्ने प्राकृतिक गुण हुन्छ | हाम्रो समाजले एस्तै बालबालिकालाई ज्ञानी र जान्ने भन्छ | यो अर्ध सत्य हो | प्राकृतिक रूपमा शब्दसंग तालमेल राख्ने बालबालिकाहरू खेलकुदआदिमा कमजोर हुनसक्छन् तर कविता लेखन, बाचन, निवन्ध प्रतियोगिताआदिमा उनीहरूले राम्रो गर्छन् | एकप्रकारले यस्ता बालबालिका वा व्यक्तिहरू कितावी किरा हुन्छन् भन्दा फरक पर्दैन | गार्डनरले यसलाई "लिंग्विस्टक इन्टेलीजेन्स" भनेका छन् |

४. तार्किक : केही बालबालिका तथा व्यक्तिहरूमा गणित अर्थात् तर्क गर्न सक्ने अत्यधिक क्षमता हुन्छ | एस्तो प्राकृतिक गुण भएका बालबालिकाहरू सधैं प्रश्नमात्रै सोधिरहन्छन् | उनीहरू जिज्ञासु भएकोले नया गिफ्ट पाउँदा साथ त्यसलाई खोलेर बुझ्ने प्रयास गर्दा विगार्न सक्छन् | यसो गर्न हुँदैन भन्यो भने किन भनेर पनि बुझाउनुपर्छ नत्र आफैलाई समेत जोखिममा पार्न सक्छन् | यस्ता बालबालिकाहरू शब्दसंग खेल्न, बाहिरी संसारसंग बढी घुलमिल गर्न, खेल-कुदमा अव्ब्बल नहुन सक्छन् तर समस्या समाधान गर्न भने महारत प्राप्त हुन्छन् | एताउती हेर्ने, फोर्ने, बनाउने प्रयत्न गर्ने यिनको बानी हुन्छ | गार्डनरले यसलाई "तार्किक-बौद्धिकता" भनेका छन् |

५. प्राकृतिक : केही मान्छेहरू सधैं हिमाल-पहाड तराईका खोला, फाँट र टाकुराहरू घुमिरहेका हुन्छन् | घरमा जताततै विरुवा नै विरुवा लगाए जङ्गलजस्तो बनाएका हुन्छन् | प्राकृतिक वातावरणसंग रम्नेहरू प्राकृतिक-सिकाईसंग सम्वन्धित हुन्छन् भने गार्डनरको मत रहेको छ | एस्ता बालबालिकाले कक्षाकोठामा घोकाएको, नचाएको, सबैसंग ग्रुपमा सिएकाएको वा समस्या समाधानप्रति त्यति अभिरुचि हुँदैन | यी बालबालिकाहरू संसारको विशालताबाट सिक्छन् | घरको छानोमा उभिएर तारा गन्ने, विहानै उठेर चराहरूको आवाज सुन्ने, सूर्य, चन्द्र ताराआदिका विषयमा अभिरुचि लिने यिनको स्वभाव हुन्छ | यिनका लागि प्रकृति नै सबैभन्दा महान् शिक्षिका हुन्छिन् | गार्डनरले एस्तो विशेष गुण भएका बालबालिकालाई "प्राकृतिक-बौद्धिकता" गुण भएका बालबालिकाको रूपमा परिभाषा दिएका छन् भने यी बालबालिकाले प्राकृतिक वातावरणमा सजिलोसँग सिक्छन् |
६. अन्तरमुखी : केही बालबालिकाहरू निकै लजालु स्वभावका र एकान्तमा बस्न मन पराउने हुन्छन् | घरमा पाहुनापछा आउँदा वा सामाजिक कार्य हुँदा कमसहभागिता जनाउँछन् | एस्तो स्वभाव भएका बालबालिकाहरू "अन्तरमुखी बौद्धिकगुण" भएका हुन्छन् | यस्ता बालबालिकाहरू खेलमा, सामाजिक कार्यमा, धेरैसोधखोज गर्नमा र बाहिर घुम्नमा अभिरुचि राख्दैनन् | एकान्तमा बसेर किताव पढ्ने, नैतिक तथा ब्यबहारिक समस्याहरूको स्रोत आफै भएको ठानेर ती समस्याहरू समाधान गर्ने प्रयत्न गर्दै सिक्नु नै यिनको आफ्नो मौलिक गुण हुन्छ | असलमा, हरेक मान्छेले आ-आफ्नो तरिकाले सिकिरहेको, बुझिरहेको हुन्छ | अभिभावकहरूले एस्तो एकान्त स्वभाव भएका बालबालिकालाई तेसै किसिमले सिक्न प्रेरित गर्नुपर्छ | ठूला बैज्ञानिक तथा दार्शनिकहरू यसै बौद्धिकताबाट विकसित भएका हुन् | गार्डनरले एस्तो विशेषतालाई "अन्तरमुखी बौद्धिकता" भनेका छन् |

७. चित्रप्रधान : विश्वको हरेक मान्छे आफैमा अद्वितीय हुन्छ | कुनै पनि मान्छेको ठ्याक्कै डुप्लिकेट हुँदैन | आज धेरै अभिभावकहरू बालबच्चाले धेरै कार्टुन हेरे भनेर चिन्तित देखिन्छन् | तर त्यही कार्टुन हेरेर बालबालिकाले फरर हिन्दी बोलेको, बुझेको कुरालाई त्यति वास्ता गर्दैनन् | कार्टुनहरूले धेरै कुरा सिकाउँछ | त्यसको समय ब्यबस्थापन जरूरी हुन्छ | केही बालबालिकाहरूका अक्षर असाध्यै राम्रा हुन्छन् | तर उसले परिक्षामा राम्रो नम्बर नल्याएको हुन सक्छ | यसको अर्थ, उसले चित्रहरू हेरेर, त्यसको आधारमा सिक्ने गर्छ | चित्रहरूहेरेर सिक्नेहरू ठूलो संख्यामा हुन्छन् | भनिन्छ, मान्छेले ७०% ब्यबहार अर्काको नक्कल गरेर सिक्छ | तेसैले एस्तो बौद्धिकगुण भएका बालबालिकाहरूका लागि कक्षाकोठा होस् वा घर रंगहरू, चित्रहरूले भरिएको, लेखिएको हुनुपर्छ | उसका लागि आफैले लेख्ने र पढ्ने अक्षरहरू भन्दा अरूले लेखिदिएका अक्षरहरू बढी महत्वपूर्ण हुन्छन् | गार्डनरले एस्तो मानसिक विशेषतालाई "भिजिउल इन्टेलिजेन्स" भनेका छन् |

८. कानमा इयरफोन लगाएर, टीवी वा रेडियोमा गीत चलाएर टाउको हल्लाउदै होमवर्क गरिरहेका बालबालिकाहरू पनि तपाईंले देख्नु भएकै होला | उनीहरूले जे-काम पनि संगीतमय वातावरणमा मात्र सम्पन्न गर्नसक्ने क्षमता राख्छन् | उनीहरू खेलकुदमा, साथीहरू बनाउन, एकदम राम्रो कविता लेख्न, तर्क गर्न, एक्लै वसेर सिक्न, प्राकृतिक वातावरण रमाएर सिक्न नसक्लान् तर सांगीतिक वातावरणमा उनीहरू धेरै राम्रो गर्न सक्छन् | यदि तपाईंको बालबालिकाले रेडियो सुन्दै गर्दा पनि होमवर्क राम्रो गरिरहेको छ भने केही फरक पर्दैन | उनीहरूको मुख्य पेशा नै संगीत हुन सक्छ | गार्डनरले एस्तो विशेषगुण भएका बालबालिकालाई "सांगीतिक इन्टेलीजेन्स" भनेर पहिचान गरेका छन् | उनीहरूलाई यस्तै वातावारणमा सिक्न दिनुपर्छ | आजभोली विद्याध्यायहरूमा पनि संगीत सिकाउने क्रियाकलाप हुन्छ, राम्रो हो |

९. आध्यात्मिकता : अमेरिकी मनोबैज्ञानिक गार्डनरले यी आठ-प्रकारका सीकाइ-बुझाई सम्वन्धि गुणहरूको कुरा गरे पनि आजभोली नवौं गुणको पनि परिचर्चा र पहिचान भएको छ | आजभोली मनोबैज्ञानिकहरूले "आध्यात्मिक बौद्धिकता"को अस्तित्वलाई स्वीकार्नु पर्नेतिर औल्याउएका छन् | वास्तवमा हिन्दू, बौद्ध, जैन तथा अन्य चिनी दार्शनिकहरूले जीवनमा आध्यात्मिकतालाई ठूलै महत्व दिएका छन् | केही बालबालिकाहरू प्राकृतिक रूप मै दार्शनिक अर्थात् रहस्यमय विश्वका विषयमा जान्न, बुझ्न तथा यसको रहस्य खोल्न आतुर हुन्छन् | यसको मुख्य कारण तिनको मूल गुण नै हो | योग, ध्यान, आध्यात्मिक चर्चा, गुरू बन्ने चाहना इत्यादि एसका प्रबृत्ति हुन् |

यसरी हरेक अभिभावकहरूले उपरोक्त नौ-प्रकारका बालबालिका हुन्छन् भनेर बुझ्नु जरूरी छ | सबै बालबालिकाहरूले सबै थोक सिक्न, जान्न र बुझ्न सक्दैनन् | उनीहरूको अभिरुचि नभएको विषयमा उनीहरूले राम्रो गर्न सक्दैनन् | उनीहरूले उपरोक्त नौवटा विषयहरू मध्ये जुन विषयमा सबैभन्दा राम्रो परिणाम प्राप्त गर्न सक्छन् त्यही नै उसको मूल गन्तब्य हो भनेर हामीले बुझ्नुपर्छ र त्यसमा दक्षताप्राप्त गर्न बालबालिकालाई सहायता गर्नुपर्छ |

मार्गनिर्देशन गर्ने, परामर्श दिने तथा सहयोग गर्ने काम हामी अभिभावकहरूको हुनुपर्छ तर आफ्नो ईच्छा बोकेर हिड्ने ट्रकको रूपमा बालबालिकालाई कदापि प्रयोग गर्नुहुँदैन | आफ्नो महत्वाकांक्षी चिन्तन लादिंदा भविष्यमा समस्या उत्पन्न हुन्सक्ने खतरा बढी हुन्छ | तै भएर, बालबालिकालाई उनको आफ्नो रुचिअनुसारको सीप विकास गर्न हामीले सहयोग गर्नुपर्छ | नत्र श्रीकृष्णले अर्जुनलाई भनेझैं "तिमी क्षत्री हौँ, जहाँ गए पनि तिम्रो लडाकु व्यक्तित्वतिमीसंग रहनेछ | सन्यासी बनेर जङ्गलमा गयौं भने पनि तिमी चराचुरुङ्गीको सिकार खेल्ने छौ | बरू यहीं युद्ध गरेर आफ्नो धर्म पालन गर" भन्ने उपदेशलाई सधैं स्मरण गरेको राम्रो हुन्छ |
फोटो - साभार

Sunday, December 3, 2017

सधैं बाँच्ने मान्छे !!

मान्छेसबै भन्दा डर मर्नबाट लाग्छ | तर आजसम्म सधैं जीवित रहेको मान्छे भेटिएको छैन | विज्ञानले मान्छेलाई अमर बनाउने प्रयत्न गरिरहेको छ | तर अनुसन्धानहरूले मान्छेको औशत उमेर ११५ वर्षको भएको प्रमाणित गरिसकेको अवस्थामा अहिलेसम्म मान्छे जीवत रहन सक्ने अधिकतम उमेर ११५ वर्ष नै हो | विज्ञानले १ मिनट पनि मान्छेको आयुमा वृद्धि गर्न सकेको छैन केवल ११५ विन्दूलाई साँघुरो बनाउंदै लगेको छ |

तर वैदिक साहित्यहरूले आठवटा मान्छेहरूले अमरता प्राप्त गरेको उल्लेख गर्छ | इतिहासमा भएका केही मान्छेरूले ती अमरताप्राप्त मान्छेहरूसंग भेटघाट गरेको अनुभव पनि लेखेका छन् | पाश्चात्य विज्ञानका नजरमा एस्ता अमर व्यक्तिहरू म्याथ होलान् तर हिन्दू समाजले यी व्यक्तिहरूलाई सधैं बडो श्रद्धा पूर्वक स्मरण गरिरहेको छ |

हिन्दूशास्त्रहरूमा जुन अजरअमर व्यक्तिहरूको चर्चा गरिएको छ, ती जन्मदा हामी जस्तै सामान्य मान्छे नै थिए तर पछि, आफ्नो बुद्धि, विवेक तथा भक्तिका माध्यमबाट ती अजरअमर बन्न सफल भएका हुन् | यी सबै फरक-फरक जाति, वर्ण तथा समुदायका मानिसहरू थिए र अमरताप्राप्त गर्न उनीहरूले मानवसेवाको असामान्य कार्य गरेका थिए |

अश्वत्थामा बलिव्र्यासो हनूमांश्च विभीषण:। कृप: परशुरामश्च सप्तएतै चिरजीविन:॥
सप्तैतान् संस्मरेन्नित्यं मार्कण्डेयमथाष्टमम्।


द्रोणाचार्यका छोरा अश्वत्थामा, राक्षसका राजा बलि, महमति ब्यास, रामभक्त हनुमान, रावणको भाई विभिषण, कृपाचार्य, परशुराम र मार्कन्डेय यी आठवटा मानिसहरू कहिल्यै नमर्ने अर्थात् अजरअमर छन् | यी आठबाट ऐतिहासिक व्यक्तिहरूलाई "अष्टचिरन्जीवी" भनिन्छ |

सनातन धर्मीहरू जन्मदिन मनाउने क्रममा विधिपूर्वक यिनै अष्टचीरन्जीवीहरूको पूजा गर्छन् | विहान स्नान गरेर, विधानपूर्वक गायत्री ज़प गरी गणेश, कलश, दीप पूजन गर्दै अष्टनारायणको पूजा गरिन्छ | भनिन्छ, निरोगी र दीर्घजीवनको इच्छा राख्नेहरूले हरेक दिन सुत्ने बेलामा यी आठबटा ऋषिहरूको स्मरण गर्नुपर्छ |

आज उपरोक्त आठौँ व्यक्तिहरू कथा र प्रवचनका विषय होलान् तर यसमा लुकेको संदेश अत्यन्त महत्वपूर्ण छ | यसले हिन्दूहरूको भविष्य-मानवको कल्पना लुकेको छ | भविष्यमा मान्छेहरू अजरअमर हुनेछन्, सर्वजयी हुनेछन् |

अश्वत्थामा झैं बलशाली, बलीझैं विनम्र, ब्यास झैं ज्ञानी, हनुमानझैं शक्तिशाली, विभिषण झैं विवेकशील, कृपाचार्य झैं गुरू, परशुराम झैं स्वाभिमानी, तथा मार्कंन्डेयझैं दूरदर्शी हुनेछ भन्ने संदेश लुकेको छ | तर एस्तो महान अमरत्व विनम्रता बाहेक प्राप्त हुँदैन |

अनुसन्धान गरेर आर्यसाहित्यमा रहेका अमरत्वका बीऊहरू खोज्नुपर्छ र ब्रह्माण्डलाई "अभयप्रदान गर्न" क्षमता भएका भविष्यका अजरअमर मानवको सृजनामा अग्रसर हुनुपर्छ |

गीता नै किन ?


आज श्रीकृष्णले अर्जुनलाई गीता सुनाएको दिन हो | अर्जुनलाई श्रीकृष्णले श्लोक मै पढेर गीता सुनाएका हुन् कि बोलेर सम्झाएका हुन् भन्न सकिन्न तर मर्ने र मार्ने उद्योगमा तम्तयार सारथीको मुखबाट विश्वको उत्कृष्ट साहित्यको सृजना हुनुमा विश्वका मानवसमाजलाई ठूलै संदेश दिन्छ |

गीता प्राचीन वैदिक साहित्यहरूको असंख्य भण्डार मध्ये एउटा वूँदमात्र हो | सरल, सहज तथा सबैले मनन गर्न सक्ने शैलीमा लेखिनु र कसैको निन्दा नहुनु यस लघुकाय ग्रन्थको आफ्नो मौलिक विशेषता हो | संसारमा गीतामात्र एकल ग्रन्थ हो जसले न आफुलाई धार्मिक ग्रन्थ भएको घोषणा गर्छ न यसमा कुनै नकारात्मक संदेशहरू नै छन् | अर्को शब्दमा भन्नुपर्दा यदि कसैले सकारात्मक चिन्तन र प्रेरणा दिने ग्रन्थ पढ्न चाहनुहुन्छ भने गीता नै पढ्नुपर्छ |

धेरैलाई लाग्ला, हिन्दू भएर हिन्दूहरूको पवित्र ग्रन्थ गीताको प्रशंसामा तपाईंको पूर्वाग्रह पनि त हुन सक्छ नि ? प्रश्नमा खोट छैन तर मभित्र नेपाली हिन्दू भएको केही स्वाभिमान र केही पूर्वाग्रह पनि होला तर मभित्र रहेको पूर्वाग्रहको तुलनामा गीताको विशालता धेरै बढी छ | "आफ्नो र अर्काको भनेर सानो मन भएका मान्छेमा सोच हुन्छ, विशाल मन भएको मान्छेका लागि विश्व नै आफ्नो परिवार हुन्छ" भन्ने गीताको मनसंग मेरो केही चल्दैन |

गीता कर्मकाण्डको ग्रन्थ होइन तर यसले आ-आफ्ना धर्म, संस्कृति, चलन, रीतिथितिको खण्डन-मण्डन गदैन | यसले बुझेको छ "मान्छेलाई आफ्नै जन्मभूमि, माटो, धर्म-संस्कृति प्यारो हुन्छ | उसले सबैथोक त्याग्न सक्छ तर आफ्नो मौलिक पहिचान त्याग्न सक्दैन र त्याग्न मिल्दैन पनि | "आफ्नो देश, धर्म तथा गुणहरूको रक्षाका लागि मर्नु उचित हुन्छ किनभने पराई धर्म-संस्कृतिले तिम्रो मौलिकता निलीदिन्छ" | गीताले हिन्दू नै स्वधर्म हो कहीं भनेको छैन |

मान्छेले सबै थोक परिवर्तन गर्न सक्छ तर आफ्नो मूलगुण परिवर्तन गर्न सक्दैन | शरीर, मन, बुद्धि, अहंकार तथा सिकाई जहाँपनि संगै हुन्छन् | यी सबै मिलेर व्यक्तित्वको निर्माण हुन्छ | यदि कुनै मान्छे दानी स्वभावको छ भने त्यो स्वभाव सधैं उसको आफ्नो हुन्छ | प्रेम गर्ने प्रेमी हुन्छ, जानेको मान्छे ज्ञानी हुन्छ, मिल्न सक्ने मान्छे मिलनसार हुन्छ | गीताले हरेक मान्छेलाई आफ्नो मूलगुण र व्यक्तित्वको पहिचान गरेर काम गर्न प्रेरित गर्छ | सात्विक गुण भएका मान्छेले सरल काम गर, राजसिक गुण भएका मान्छेले जोड्ने-जुटाउने काम गर र तामसिक गुण भएका मान्छेले शारीरिक श्रमको काम गर - गीताले सबैलाई यही भनेको छ |

यो शरीर कामको उपज हो | काम, क्रोध, लोभ, मोह, ममताआदि मानवीय गुण नै हुन् | यी सबै मानसिक गुण हुन् तर शरीरमा प्रकट हुँदा गुण र अवगुण दुवै रूपमा प्रकट हुन्सक्छन् | नैतिक तवरले काम (सेक्स)को प्रयोग गर्दा रमाइलो र सन्तान सुख दुवै मिल्छ तर यसैको अनैतिक प्रयोग गर्दा जेलनेल हुन्छ | कृष्णले गीतामा यी मानसिक वृतिहरूप्रति संयम अपनाउन आग्रह गरेका छन् र योगविधिबाट ती उपर विजयप्राप्त गर्न सकिने बाटो देखाएका छन् | जसले यी मानसिक तर शरीरलाई माध्यम बनाउने यी वृत्तिहरूमा विजय प्राप्त गर्छन् ती योगी हुन्छन्, जसले नैतिक तवरले यिनको प्रयोग गर्छन् ती गृहस्थ हुन्छन् र जसले जथाभावी गर्छन् ती पापी हुन्छन् | यो तत्थ्य हिन्दूहरूमा मात्र होइन मानवजातिमा लागु हुन्छ |

गीताकाअनुसार आत्मा परमात्माको सानो अंश हो | हरेक शरीरधारी परमात्मा कै अंश हुन् | जन्मदा सबै अपरिपक्व, असहाय तथा अपवित्र नै जन्मिछन् | जन्म तथा मृत्यु प्रक्रिया सबैको एकै हुन्छ | सानोठूलो, धनिगरिव तथा उच्च्चजात र नीचजात संसारका व्यापार हुन् | गुणहरूले उसको जात निर्माण हुन्छ र एउटा ब्राह्मणले जात, धन तथा कुलका आधारमा मान्छेमान्छेविच भेदभाव गर्नै सक्दैन किनभने उसले ब्राह्मण, कुकुर र शूद्रमा त्यसै परमात्माको अंशको दर्शन गर्छ |

केही पश्चिमा र तिनको जूठो पत्याउनेहरूले गीतालाई "हिंसाका लागि उक्साउने" ग्रन्थ हो भनेर निन्दा गरेका छन् | पश्चिमाहरू अर्काको निन्दा गरेर आफ्नो विजय सुनिश्चित गर्छन् | हामी हिन्दूहरूको प्रणाली फरक छ | श्रीमद्भगवत-गीताका उपदेशक श्रीकृष्णको व्यक्तित्व हतियारधारिका रूपमा प्रसिद्ध छैनन् | उनले आफ्नो हातमा कुनै घातक हतियार भिरेका हुँदैनन् | उनको मुरलीले विश्वलाई शान्ति र सहअस्तित्वको संगीतमा जिउन प्रेरित गर्छ | त्यैभएर उनले युद्धभूमिमा दिएको उपदेश पनि "गीत" भनिएको हो | श्रीकृष्णले अर्जुनलाई युद्ध गर्न उक्साएका होइनन्, उनले अर्जुनलाई उसको सीप र युद्धबाट बाहिरिंदा त्यसले निम्त्याउने विचलनसंग परिचित मात्र गराएका हुन् | नत्र गीताको अन्त्यमा "मैले भन्ने कुरा सकें अव तिमीले के गर्छौं ? आफ्नै निश्चय गर" भनेर नभनि "मैले भनेको कुरा राम्ररी बुझेको भए अव लडाई गर्न तम्तयार भएर उठ" भन्ने थिए | महाभारतको युद्ध लड्ने निर्णय अर्जुनको थियो श्रीकृष्णको थिएन |

मैले बाल्यकालमा बुझेर गीता पढेको होइन | जव मैले गीताको कुरा बुझ्न थालें, अनि मैले स्पष्टसंग बुझें "गीता पूजेर होइन पढेर, मनन गरेर मात्र बुझिने ग्रन्थ हो" | विश्वास गर्नुस्, गीता नपढी बुझिने ग्रन्थ होइन | अर्कोकुरा, एक पटक यो बुझेपछि तपाईंले यसलाई छोड्न सक्नु हुन्न न त विर्सन नै सक्नुहुन्छ | गीताले तपाइको मन, बुद्धि, अहङ्कार, विवेक तथा चेतनामा सकारात्मक राज्य गर्नेछ | यो पढेपछि एत्तिमात्र फरक पर्छ कि तपाईंको जीवनरूपि नदी मैलोधैलो छ भने सफा, सुन्दर र सरल भएर प्रविहित हुन्छ | तपाईंको आफ्नो जीवन र अरूको जीवनप्रतिको नजरिया परिवर्तित हुन्छ | पहिले जताततै कोलाहल सुनिथ्यो भने अव कृष्णको मुरलीबाट निस्केको सुन्दर संगीत सुनिन्छ | परिवारका हरेक सदस्यमा प्रेम झल्किन्छ, पृथ्वीका कणकणमा आफ्नोपनको दियो बल्छ | पराई भन्ने शब्दमात्र शेष रहन्छ |

धेरैले गीतालाई पवित्र ग्रन्थका रूपमा ब्याख्या गर्छन् | म उहाँहरूप्रति श्रद्धा व्यक्त गर्छु तर भगवानको सुन्दर विग्रहको मन्दिरमा अर्चना गर्दा पुण्य मिल्छ तर गीताको पवित्रता उसको अध्ययन नगरी फलिभूत हुँदैन | मन्दिरमा राखेर, पण्डितलाई दान दिएर, फुलअक्षता चढाएर गीताको पवित्रता प्रमाणित हुनसक्दैन | गीता पढेपछि मान्छे "विश्व-मानव" बन्नसक्छ, यही नै गीताको पवित्रता हो |

मैले ढुक्क र अधिकारसंग भन्न सक्छु, नेपालका नेताले श्रीमद्भगवत-गीता पढेर यसका भनाईहरूलाई आफ्नो जीवनमा रुपान्तरित गरेको भए हामी नेपाली विश्वका सबैभन्दा विकसित, सरल, सहज तथा माननीय जनता हुनेथियौँ | गीता बुझ्ने मानिस न बेइमान हुन सक्छ न विश्वासघाती नै | आफ्नो नाफा-नोक्सानको लागि काम गर्दैन र आफुले सम्हालेको कर्मलाई "कर्तब्य" मानेर पालन गर्छ | जयविजयसंग उत्साहित वा दुरुत्साहित हुँदैन | (चुनावमा) विजयी भए पनि असल काम गर्छ, हार वेहोरे पनि असल काम गर्न छोड्दैन | कर्तब्य र निष्पक्षता गीताले दिने राजनैतिक कर्तब्य हो | सिरिया, पाकिस्तान, अफगानिस्थान र अन्य युद्धरत मूलुकका जनता र नेताले गीता पढ्ने मौका पाएको भए उनीहरू अहिले शान्त हुन्थे |

श्रीमद्भगवत-गीता हिन्दूहरूको धार्मिक ग्रन्थ हो भन्ने मूर्ख हुन् | गीता आफैले कहीं त्यस्तो भनेको छैन न त गीतका प्रथम ब्यख्यकार शंकराचार्यले नै त्यसो भन्नुभएको छ | अन्य ब्यख्याहरूले पनि त्यसो भनेका छैनन् | गीताको तुलना बाइबल वा कुरानसंग गर्नै मिल्दैन | यी दूबै सम्प्रदायका मौलिक र सम्प्रदायको उत्थान, विकास तथा रक्षा गर्ने नियमन ग्रन्थ हुन् | गीता सबैको साझा ग्रन्थ हो | हिन्दु, मुस्लिम, बोन, बौद्ध, किरात, इसाई सबैले गीता पढ्न सक्छन् र असलबाटोका लागि मनन गर्न सक्छन् | श्रीमद्भगवत-गीता पढे "बौलाइन्छ" भन्ने र गीता पढ्दै नपढी त्यसको अनादर गर्नेहरूको कुनै औषधि छैन |

म धर्म मान्ने/नमान्ने, हिन्दू विरोधी/समर्थक, साम्यवादी/पूंजीवादी, मुस्लिम-इसाईआदिसबैसंग आग्रह र ग्यारेन्टी गर्न चाहन्छु, श्रीमद्भगवत गीता पढ्नुहोस्, यसले तपाईंलाई आफ्नै बाटोमा हिड्न तर सकारत्मक बाटोमा हिड्न मदत गर्नेछ | जतिसुकै ठूलो नदी भए पनि अन्जुलीमा पानी बोकेर मुखमा नहालेसम्म प्यास बुझ्न सक्दैन | पानी आफै हिंडेर तपाईंको मुखमा पर्दैन | प्रयत्न तपाईं आफैले गर्ने हो | प्यास पनि आफ्नै बुझ्ने हो |

अन्त्यमा, श्रीमद्भगवत-गीता पढ्नै पर्ने सामग्री हो, अवश्य पढ्नुहोस् | नत्र संसारको सबैभन्दा महत्वपूर्ण रचनाको विषयमा जानकारी नै प्राप्त नभई तपाईंको अन्त्य हुनेछ | एस्तो कहिल्यै हुन नदिनुहोला |

(Copyright article)

Monday, November 20, 2017

अधिकार, दायित्व र दाम्पत्य जीवन

AP1 नेपाल टेलिभिजनमा टीकाराम यात्रीले डा. आरजु देउवासंगको कुराकानीमा उनले वोलेको सारांश यस
प्रकार रहेको थियो : "महिला हुनुको अर्थ केवल राजनैतिक वा सामाजिक अधिकार कर्मी हुनुमात्र होइन, पत्नी, आमा, भाउजु बुहारीआदि हुनु पनि हो | विवाहपछि महिलाले मात्र होइन, पुरुषले पनि धेरै कुराहरूमा संझौता गरेर एडजस्ट हुनुपर्छ | पुरुषले पनि त्याग गरेको हुन्छ, महिलाले पनि त्याग गरेकी हुन्छिन् |

अधिकार कर्मी भएँ भन्दैमा परिवार, पतिपत्नी वा परिवारप्रतिको सम्वन्ध विगार्नु उचित हुँदैन | यो अतिवाद हो | यदि अधिकारकर्मी बनेर घरपरिवार विग्रन्छ भने त्यस्तो अधिकारको कुनै अर्थ हुँदैन | यदि कुनै महिलाले माया-प्रेम गुमाएर अधिकारको लागि मात्र विद्रोह गर्छन् भने त्यसमा मेरो सहमति छैन | हामी पहिला भावनात्मक मान्छे हौँ | त्यसैमा रहेर अधिकार प्राप्त गर्नुपर्छ"

डा. आरजु देउवाका यी भनाईहरूले उनको सामाजिक दायित्व, सांस्कृतिक प्रेम तथा उनको विद्वता देखाउछ | मलाई लाग्छ, महिलाले आफ्नो अधिकार प्राप्त गर्नुपर्छ, स्वतन्त्रताको उपयोग गर्नुपर्छ तर विद्रोही बनेर, परिवार वा सामाजिक बन्धनहरू तोडेर प्राप्त भएको अधिकार पीडादायी हुनसक्छ | पुरुषले आफ्नो दम्भका लागि महिलाको अधिकारलाई चुनौती दिएर सुखप्राप्त गर्न सक्दैनन् | महिलाको सम्मान नगर्दा अहंकार सन्तुष्ट होला तर मन सधैं प्यासो, हीनताबोधले ग्रसित तथा ब्याकुल रहन्छ |

आजको समय असजिलो छ | मान्छेमा सुख र स्वतन्त्रताको महत्वाकांक्ष बढेको छ | अधिकारका मांगहरूमा सकारात्मकता र अराजकता दूबै छन् | यसको असर पतिपत्नीको सम्वन्धमा पनि परेको छ | कहीं पत्नीहरूले गल्ती गर्छन् भने पतिहरूले पनि गल्ती गर्छन् | यी गल्तीहरूले पारिवारिक मूल्यहरू कमजोर हुन्छन् |

नेपाल र पश्चिमा जगतको पारिवारिक मूल्यहरू केही फरक छन् | नेपाली पारिवारिक मूल्यहरू उठाएर अमेरिकी समाजमा स्थापित गर्दा त्यो परिवार अराजक बन्न सक्छ भने अमेरिकी पारिवारिक मूल्य नेपाली परिवारमा स्थापित गर्दा अझै बढी अराजक हुन्छ | डा. देउवाले पश्चिमा पद्यतिको पतिपत्नीको सम्वन्ध नेपाली मूल्यसंग नमिल्ने कुरा सांकेतिक रूपमा औल्याए राम्रो काम गरेकी छन् | नेपाली पतिपत्नीका मूल्यहरूको निर्धारण अमेरिकी वा युरोपेली आँखाले गर्न सकिन्न | आर्थिक रूपले स्वतन्त्र अमेरिकी महिला र आर्थिकरूपमा परिवारमा आश्रित नेपाली महिलाहरूको दम्पति मूल्य एकै ठाउंमा उभ्याउने प्रयत्न गर्नु उचित हुँदैन |

नेपाली समाजमा पतिपत्नीको आपसी सम्वन्धका विषयमा सार्वजनिक चर्चा गर्ने चलन छैन | नेपाली समाजमा विना विवाहको जोडीको परिकल्पना गरिंदैन | अंग्रेजी शब्द कपल अन्तर्गत यौनसम्पर्क भएका विवाहित र अविवाहित जोडी (पुरुष-पुरुष, महिला-महिला) भन्ने बुझिन्छ भने नेपाली समाजमा विवाहेतर पत्नीपत्नीको नाता मानिंदैन | नेपाली समाजले विवाह भएर धार्मिक, सामाजिक तथा सांस्कृतिक मान्यताप्राप्त गरेका पुरुष तथा महिलालाई नै दम्पति वा पतिपत्नी भनिन्छ र त्यसैरूपमा स्वीकार गरिन्छ |

मैले भनि सकें - नेपाली दम्पत्तिले (पतिपत्नी) आफ्ना व्यक्तिगत र पारिवारिक समस्याहरूलाई सजिलै तेस्रोपक्ष समक्ष प्रस्तुत गर्न रुचाउँदैनन् | उनीहरू लामो समयसम्म मानसिक, शारीरिक तथा आर्थिक पीडा सहन तयार हुन्छन् तर सहयोगलाई "घर भित्रको कुरा बाहिर लैजानु हुँदैन" भन्ने मान्यतामा कैद गरेर आफै पीडित हुन्छन् र पीडकलाई अझैं पीडा दिन छूट दिन्छन् |

सन् २०७२ को जनगणना अनुसार नेपालमा ६७ लाख दम्पत्तिहरू छन् | यी मध्ये २०% दम्पत्तिहरू कुनै नकुनै मानसिक समस्या वा नातागत समस्यासंग ग्रस्त रहेको अनुमान विदेशमा गरिका अनुसन्धानका आधारमा गर्छु | अहिलेसम्म नेपाली दम्पत्तिहरूको मनोबैज्ञानिक स्वास्थ्यको अध्ययन र त्यसको अवस्था वारे जानकारी दिने कुनै सूचना उपलब्ध भएको जानकारी छैन |

सबै पतिपत्नी समस्याग्रस्त हुँदैनन् | तर समस्याग्रस्त भएका दम्पत्तिलाई सहयोग चाहिन्छ | नेपाली समाजको मान्यताले गर्दा उनीहरू चाहेर पनि आफ्ना समस्याहरू तेस्रो पक्ष (मनोबैज्ञानिक परामर्शदाता) संग राख्न सक्दैनन् वा उनीहरूको त्यहाँ पहुँच नै हुँदैन | एस्तो अवस्थामा हरेक पतिपत्नीले आफ्नो समस्याको पहिचान गर्न र त्यसको आफै वा विज्ञसंग भेटेर निदान प्राप्त गर्न सहयोग होस् भनेर यहाँ सुझाव प्रस्तुत गरेको छु |

नेपाली दम्पत्तिहरू सजिलै आफ्ना आपसी समस्याहरू अरूका सामु उजागर गर्ने श्रेणीमा पर्दैनन् | उनीहरू जतिसक्दो सहन गर्ने पक्षमा हुन्छन् | त्यसो गर्दा उनीहरूले मानसिक, शारीरिकरुपमा ठूलै मूल्य चुकाउनुपर्छ | कहिलेकाहिं त आत्महत्यासम्मको कदम चाल्छन् | जीवनको अन्त्यनै "दाम्पत्य-जीवन"को अन्त्य बन्छ | तर मनोबैज्ञानिक परामर्शदाताले निम्न लक्षणहरूलाई "दाम्पत्य जीवनका समस्याहरूको रूपमा पहिचान गरेर समाधानको प्रयत्न" गर्नुपर्छ |

धेरै दम्पत्तिहरूले आपसी समस्याहरूलाई आफै मिलाउने प्रयत्न गर्छन् र ८०% दम्पत्तिहरू यसो गर्न सफल पनि हुन्छन् तर सबै यस्ता भाग्यमानी हुँदैनन् | यस्तो अवस्थामा उनीहरूले समस्याको पहिचान गर्नका लागि निम्न तेह्रबटा पारिवारिक अवस्थाहरू जान्न जरुरी हुन्छ | यी समस्याहरू मध्ये कुनै पनि एउटा समस्या निरन्तर ६० दिन भन्दा बढी रहिरह्यो भने रेडअलर्ट हुनुपर्छ र तिनको समाधानका लागि आफै वा विज्ञहरूसंग सहकार्य गर्नुपर्छ |

१. आपसमा बोलचाल नहुनु : बालबालिकाले कट्टी गरेभने केही दिन आपसमा बोलचाल गर्दैनन् | कहिलेकाहिं पतिपत्नी विच पनि एस्तो समस्या उत्पन्न हुनसक्छ तर धेरैजसो यस्ता समस्याहरू अस्थायी मतभेदसंग सम्वन्धित हुन्छन् र बढीमा १५-२० दिनमै मन्थर हुन्छन् तर केही मतभेदहरू मनभेदका रूपमा रुपान्तरित हुन्छन् | आपसमा लामोसमयसम्म बोलचाल नहुनु पनि दाम्पत्य जीवनकालागि पीडादायी हुन्छ | यस्तो अवस्था लामोसमयसम्म रहिरह्यो भने "चरमनिरासा"मा रुपान्तरित हुन्छ | पतिपत्नी दूबैले मनोबैज्ञानिक परामर्शदातासंग सहयोग प्राप्त गरेर आफ्ना मतभेदहरू समाप्त पार्ने प्रयत्न गर्नुपर्छ | किनभने परामर्शदाता आपसी सम्वन्ध गाँस्न कसरी संवाद गर्नु/गराउनुपर्छ भन्ने विधामा विज्ञ हुन्छन् |

२. सधैं नकारात्मक मात्र बोल्ने - केही दम्पत्तिहरू आपसमा बोलचाल त गर्छन् तर त्यो बोलचाल सधैं अर्काको नराम्रो बानीव्यहोरामा केन्द्रीत हुन्छ | संगै रहंदा होस् वा एक्लाएक्लै आफन्तसंग भेट्दा पत्नीले पति को र पतिले पत्नीको कुरा काट्न थाल्छन् | यस बाहेक घरमैं पनि पति पत्नीको कामले र पत्नी पतिको कामसंग सधैं असन्तुष्ट रहन्छन् | बोल्दा खेरि चर्को-चर्को बोल्छन् | गालीगलौज गरेर अर्कालाई निचो देखाउने शब्दहरू प्रयोग गर्छन् | यदि तपाईंको परिवार वा तपाईंहरूमा एस्तो समस्या छ र समाधान गर्न चाहनुहुन्छ भने मनोबैज्ञानिक परामर्शदातासंग सम्पर्क राख्नु उचित हुन्छ | विज्ञहरूले पतिपत्नीमा रहेका सकारात्मक ब्यबहार, बोली तथा गुणहरू पहिचान गरेर एकआपसमा ती शब्दहरूको प्रयोग गर्ने, आफुलाई सरल र सजा तवरले परिवर्तन गर्ने अवस्था सृजना गर्न मदत गर्छन् |

३.आपसमा कुरा गर्न धक मान्ने : दम्पत्तिको जीवन एकआपसमा खुला किताव सरह हुनुपर्छ | समस्याका विषयमा एकआपसी संवाद गर्न डराउनु वा धक मान्नु पनि दाम्पत्य जीवन अवगुण हो | खासगरी नेपाली र मुस्लिम समाजका महिलाहरू एस्तो समस्याबाट पिडित हुन्छन् | नेपाली पत्नीहरू पतिहरूसंग स्पष्ट बोल्न धक मान्छन्, डराउने गर्छन् | असलमा, यस्ता समस्याहरूलप जड बालबालिका, छिमेकी, यौनजन्य क्रियाकलाप वा पैसाआदिसंग जोडिएको हुन्छ | उदाहरणका लागि केही महिलाहरू शारीरिक/मानसिक समस्या हुँदासमेत लोग्नेलाई "नाई" भन्न सक्दैनन् | "नाई" भन्न नसक्नुको मूल कारण सम्वन्ध विग्रिएला, लोग्ने रिसाउला, यौन सुख दिनु नै महिलाको काम हो जस्ता विचारसंग जोडिएका हुन्छन् | समय वित्दैजाँदा धेरै मानसिक, शारीरिक समस्या बढ्छ | मनोबैज्ञानिक परामर्शदाताले सहृदयतापूर्वक "नाई" भन्न सिकाउँछन् |

४. सम्वन्धलाई ब्लाक मेलिंगका रूपमा प्रयोग : केही पतिहरू आफ्ना पत्नीसंग भन्न सक्छन् "मैले तिम्रो लागि एतिधेरै काम गरेको छु, तिमीले मेरो एत्ति जावो गर्न नसक्ने ? केही पत्नीहरू पतिसंग भन्न सक्छन् "मैले तिम्रो परिवारको लागि एतिधेरै त्याग गरेको छु, तिमीले आफ्नो आमासंग स्पष्ट बोल्न नसक्ने मेरो वारेमा" जस्ता बोलीहरू र ब्यबहारले दाम्पत्य जीवन जीवनलाई अवसादको गहिरो खाईतिर धकेल्छ | क्रमशः पतिपत्नी र परिवारविचको सुमधुर सम्वन्ध अदृश्य हुन्छ | यदि कसैको दाम्पत्यजीवन यसरी चलिरहेको छ भने विज्ञहरूसंग परामर्श गर्नुपर्छ | परामर्शदाताले बैकल्पिक क्रियाकलापमा लागि सहयोग गर्न सक्छन् | किनभने विकल्प दिनु नै विज्ञहरूको विज्ञता हुन्छ जसले तपाईंको दाम्पत्य जीवन सहज बनोस् |

५. सुनेर/देखेर पनि नसुनेजस्तो गर्ने : रमेशले आफ्नी पत्नी सीतालाई धेरै पटक बोलाए | ब्याडरूममा विर्सिएको ल्यापटप उनकी पत्नीले तल ल्याइदिऊन् भन्ने उनको चाहना थियो | तर बेडरूम मै रहेको सीताले लोग्नेको कुरालाई सुनेको नसुनै गरिन् | अन्तत: रमेश आफै आएर आफ्नो ल्यापटप लगे | सीताले आएको/गएको पनि वास्ता गरिनन् | रमेशका दम्पत्तिविचमा देखिएको एस्तो ब्यबहारले उनको दाम्पत्य जीवन समस्या निम्तिदै छ भन्ने जनाउँछ | दम्पत्तिले एकआपसमा वास्ता नगर्नु राम्रो होइन | रमेशले यस विषयमा पत्नीसंग खुलेर कुरा गर्नुपर्छ तर समस्या समाधान भएन भने विज्ञहरूसंग परामर्श गरेर "वेवास्ता"को कारणलाई सम्वोधन गर्ने वातावरण मिलाउनुपर्छ |

६. लुकाउने : पतिपत्नीको सम्वन्ध विश्वास, आस्था र प्रेममा टिकेको हुन्छ | एकआपसमा पारदर्शी हुन्छ | पतिपत्नीले एकआपसमा कुराहरू, घटनाहरू लुकाउन थालेपछि विश्वासको सम्वन्धमा वादल लाग्न थाल्छ | लुकाउने कुरा धेरै हुन्छन् | हिड्दा खेरि आफ्नो पार्टनरसंग गन्तब्य ठाउंका विषयमा सही जानकारी नदिने, खर्च गरेको कुरा लुकाउने, पति वा पत्नीलाई सोधेर एक्लै खरिदारी गर्ने र पाहुनाको विषयमा लुकछिपी गर्ने क्रियाकलापले सम्वन्धमा ग्रहण लाग्छ | दूवैमा शंकाको आगो बल्छ | अविश्वासको आगो तेज हुँदै गएपछि परिवार सहित आपसी सम्बन्ध विथोलिन्छ | प्रशिक्षित परामर्शदाताले पतिपत्नीका विचमा आएको "लुकाउने-लुक्ने" ब्यबहारलाई "विश्वास"को सम्वन्धमा परिवर्तन गर्न मदत गर्छन् | पारदर्शी तर एकआपसका गोपनीयताको संरक्षण गर्दै पुन: सम्वन्ध सुमधुर पार्न मदत गर्छन् |

७. घोरिनु : सामान्यतया घोरिनु जीवनको सामान्य प्रक्रिया हो | घोरिनुलाई टोलाउनु पनि भनिन्छ | पतिपत्नी संगै हुँदाहुँदै यदि तपाईं तेस्रो सम्झनामा घोरिनु हुन्छ र त्यसकाकारण पत्नी वा पतिप्रति पूरा गर्नु पर्ने दायित्वहरूमा समस्या आउन थाल्छ भने पतिपत्नी विच सम्वन्धमा समस्या छ भन्ने बुझ्नुपर्छ | यस्तो व्यवहारले पतिपत्नीका विच पुन: अविश्वास बढ्छ | एकार्कालाई स्याहार-सुसार गर्ने पद्यतिमा फरक पर्छ | अस्तिसम्म पतिका लुगा धुँदा राम्रो लाग्थ्यो भने आज त्यही काम दण्डसरह हुन्छ | मूलत: यो समस्या पति वा पत्नीको यौनब्यबहार, बोलचाल तथा घरआउने जाने समयमा धेरै परिवर्तन आउँदा विकसित हुन्छ | सोध्न धक मान्ने महिला वा पुरुषमा यो बढी गाढा हुन्छ | अन्तत: दुवैमा बोलचाल बन्द हुने, एकअर्काको चियोचर्चो गर्ने, सही तवरले संवाद नगर्ने समस्या उत्पन्न हुन्छ | यस्तो अवस्थामा मनोबैज्ञानिक परामर्शदाताको सहयोग लिनु उचित हुन्छ |

८. आफै ठीक हुन्छ भन्ने ठान्नु : धेरैजसो पतिपत्नी आफ्ना आपसी समस्या बोकेर हिडछन् | समयले सबै ठीक गर्छ भन्ने सोच तथा विश्वासमा बाँचिरहेका हुन्छन् | एस्तो धेरै नेपाली पतिपत्नीमा हुन्छ | समय वित्दै जाँदा समस्याहरू अझै गहिरिंदै जान्छ | मानसिक समस्या बढ्छन् | जीवन तनावग्रस्त हुन्छ, पारिवारिक सम्वन्ध विग्रन्छन् | पतिपत्नीका विचमा झैँझगडाहरू बढ्नाले छोराछोरी समेत प्रभावित हुन्छन् | यस्तो अवस्थामा, बुद्धिमान तथा संवेदनशील जोडीहरू समस्याहरू समाधानका लागि तेस्रो पक्ष अर्थात् मनोबैज्ञानिक परामर्शदाता, साथीहरु, अभिभावकहरूसंग सहयोग प्राप्त गर्छन् | हो, धेरै समस्याहरू समयसंग समाप्त हुन्छन् तर सबै जोडीका समस्याहरू आफैं समाप्त हुँदैनन् | विवेकपूर्वक मनोबैज्ञानिकको सहयोग लिनु उचित हुन्छ | हरेक परामर्शदाताहरू आफुसंग सहयोग प्राप्त गर्न आउने र सहयोग प्राप्त गर्ने जोडीहरूको गोपनीयता राख्न प्रशिक्षित हुन्छन् र कानुनीरुपमा यस्तो गर्न बाध्य हुन्छन् |

९. अलग सुत्ने : सामान्यतया परम्परागत नेपाली पतिपत्नीहरू आधुनिक जीवनशैली अपनाएका पतिपत्नीहरूझैं एकै विस्तरामा संगै सुत्दैनन् | यसो गर्नुमा पारिवारिक मुल्यको सम्मान तथा चालचलन हुन्छ | संगै नसुत्ने जोडीहरू समस्याग्रस्त नै हुन्छन् भन्ने भन्ने निष्कर्ष निकाल्नु उचित हुँदैन | यहाँ ती सबै जोडीहरू समस्याग्रस्त हुन्छन् भन्नेतिर संकेत गरिएको हो जुन् विविध कारणले यौनजन्य क्रियाकलाप तोडेर एकैछाना मुनि बसिरहेका छन् | बाहिर हेर्दा उनीहरूले अरूसंग सामान्य ब्यबहार गर्छन् र सबै ठीकठाक भएको नाटक गर्छन् तर त्यहाँ केही पनि ठीक हुँदैन | उनीहरूसंगै बसेपनि पतिपत्नीका विचमा हुने यौनजन्य क्रियाकलाप नहुने हुँदा चरम तनावमा हुन्छन् | एकै छाना मुनि पतिपत्नीका रूपमा बसेर पनि आपसमा यौनजन्य क्रियाकलाप नहुनु भनेको विस्फोटक अवस्था हो | यस्तो समस्या भएकामा तुरुन्त मनोबैज्ञानिक परामर्शदातासंग सम्वन्ध गर्नुपर्छ वा यो आर्टिकल पढेपछि आफ्ना पार्टनरसंग संवादका लागि अग्रसर हुनुपर्छ | अग्रसरता पत्नी वा पति जसले लिए पनि हुन्छ |

१०.यौनक्रियामा परिवर्तन : दम्पत्तिहरूका विच यौनजन्य क्रियाकलाप हुनु प्राकृतिक कुरा हो | हरेक दम्पत्तिका यौनजन्य क्रियाकलापहरू परिचित हुन्छन् | तर यदि यौनजन्य क्रियाकलापमा नाटकीय परिवर्तन आउँछ भने "दाल मे काला है" भनेर बुझ्नुपर्छ | जव मान्छेले केही लुकाउन खोज्दछ भने उसले त्यो कुरा वदलिएको यौनजन्य क्रियाकलापबाट प्रकट गर्छ | यदि तपाईंले आफ्नो जोडीदार अचानक स्वाभाविक यौनजन्य क्रियाकलापमा परिवर्तन अनुभव गर्नुहुन्छ भने तुरुन्त मनोबैज्ञानिक परामर्शदातासंग सहयोग प्राप्त गर्नुपर्छ |

११. एकै कुरा वारम्वार दोहोर्याउने : पतिपत्नी अलग-अलग मस्तिष्क भएका व्यक्तिहरू हुन् | दूबैले आ-आफ्नो स्वतन्त्रता एकअर्काको लागि समर्पण गरेका हुन्छन् | एकअर्काले एकअर्काको लागि आफ्ना इच्छाहरू, रुचिहरू त्यागेका हुन्छन् | मानवीय रूपमा फरक व्यक्तित्वको सम्मान गर्नु उचित हुन्छ | तर केही पति वा पत्नी एउटाको गल्तिलाई वारम्वार दोहोर्याएर लान्छित गर्ने काम गर्छन् | स-सानो गल्तिका लागि वारम्वार दोष दिन्छन् | त्यसैको आधारमा नाम काढेर बोलाउँछन् | एस्तो बानीव्योहोराले दोस्रोपक्षको अहंमा ठूलो धक्का लाग्छ | पतिपत्नीका विचमा ताना मार्नु, सधैं एकै कुराको दोष दिंदै बोल्नु आपसी सम्वन्धको शत्रु हो | यदि तपाईंमा एस्तो बानी छ भने तुरुन्त सुधार्ने प्रयन्त गर्नुपर्छ | यदि तपाईं आफै गर्न सक्नुहुन्न भने परामर्शदाताबाट सहयोग प्राप्त गर्नुपर्छ | स-सानो कुरामा जोडीहरू संवेदनशील हुनुभन्दा सम्मान गर्न सक्ने हुनुपर्छ |

१२. अहं प्रदर्शन : पतिपत्नीको सम्बन्ध प्रेमपूर्ण र समानतामा आधारित हुनुपर्छ | घरको ढोकाभित्र पसेपछि पद, धन, मान, ओहदाआदिको अहंकार रहनु हुँदैन | चाहे पत्नी होस् वा पति दूबैको अहंकार दैलो भित्र पस्नु हुँदैन | यस्तो अहङ्कारले पतिपत्नीको सम्वन्ध सधैंको लागि विग्रिन सक्छ | खासगरी नेपाली समाजमा एस्तो अहं धेरैठाउँमा देखिन्छ, सुनिन्छ र प्रकट हुन्छ | चाहे पति ओहादेदार होस् वा पत्नी दूबैले आफ्नो अधिकारको अहं थोपर्ने प्रयन्त गर्नुहुँदैन | अहंकार प्रदर्शनले पतिपत्नीलाई स्वामी र दासको सम्वन्धमा परिवर्तन गर्छ | यदि तपाईंमा एस्तो अहंकार छ र आफुले चाहेर पनि आफ्नो यस्तो बानी त्याग्न सक्नुभएको छैन भने तपाईलाई परामर्शदाताको सहयोग आवश्यक छ |

अन्त्यमा, हामी सबै फरकफरक मान्छे हौँ | मान्छेका रूपमा हाम्रो फरकपना नै हाम्रो परिचय हो | पतिपत्नी पनि फरकफरक व्यक्तित्व हुन् र संगै वस्नका लागि दूबैले केही न केही त्याग गरेका छन् | कहिलेकाहिं मतभिन्नता हुनु अत्यन्त स्वाभाविक कुरा हो तर सधैं मतभिन्नता रहनु असामान्य घटना हो | मलाई विश्वास छ, यो आर्टिकलले तपाईंको जीवनमा पार्वती र शिवको जस्तो प्रेममय दाम्पत्य जीवन स्थापित गर्न नसके पनि तपाईंका भिन्नताहरू समेटिने छन् र तपाईंको वैवाहिक जीवन सरल र सहज हुनेछ |

(Copy right article)

Wednesday, November 15, 2017

सन् २०१७ मा दर्शनशास्त्रका कुरा

सन् २००२ मा युनेस्कोले दर्शनशास्त्रलाई सम्मान गर्ने निर्णय गर्दै अंग्रेजी महिना नोभेम्वरको तेस्रो विहिवारका दिन "विश्वदर्शनशास्त्र दिवस मनाउने" निर्णय गर्यो | दर्शनशास्त्रका आध्येता, प्राध्यापक, विद्यार्थी,शुभेच्छुकहरूका लागि यो एउटा उचित आरम्भ थियो | त्यसपछि विश्वका विभिन्न भागमा विश्वदर्शनशास्त्र दिवस मनाइन्छ | नेपालमा पनि सन् २००८ देखि यसको आरम्भ भएको हो |

हरेक वर्ष युनेस्कोले एउटा विशेष नारासंग दर्शनशास्त्र दिवसको आयोजना गर्छ जहाँ विद्वानहरूले आफ्ना अनुभवहरू साटासाट गर्छन् र मानव तथा समस्त विश्वको कल्याणका लागि आफ्ना सुझाव तथा मतहरू प्रस्तुत गर्छन् | ती सुझाव तथा मतहरू कसले के-कति स्वीकार गर्छ, कार्यन्वयन गर्छ भन्ने कुरा स्पस्ट छैन | विज्ञान तथा ब्यबस्थापनको घेरामा सूक्ष्म-ब्यबस्थापनको पीडाले थालिएको विश्वले दर्शनशास्त्रीहरूका सुझावहरू सुन्न र त्यसमा अमल गर्न निकै गारो छ |

युनेस्कोले दर्शनशास्त्रको महत्वलाई ठाउं दियो राम्रो कुरा हो तर सन् २००२ देखि आजसम्मका सबैजसो कार्यक्रमहरू पाश्चात्य आयाममा आधारित छन् | हरेक वर्षमा युनेस्कोले निर्धारण गर्ने नाराहरूमा पाश्चात्यदर्शन र त्यहाँको बैचारिक प्रभुतालाई महत्व दिने गरिएको छ | नेपाल, भारत, चीन तथा विश्वका अन्य देशहरूका दार्शनिक चिन्तनहरूको महत्व अङ्गिकार गर्न नसक्नु युनेस्कोको लागि लाजमर्दो मर्दो कुरा हो | विश्व वदलिन चाहन्छ तर युएनका कुनै पनि निकायहरू पश्चिमा-प्रभुत्वको सीमा तोड्न तयार छैनन् |

जव कुनै विद्वान वा संस्थाले एस्तो विभेदको कुरा उठाउँछ, त्यस्तो व्यक्ति अवान्छित बन्न पुग्छ | लाग्छ, अमेरिकी, तथा युरोपेलीहरूले जुन विकास तथा शिक्षाका मानदंडहरू तयार गर्छन् त्यही नै अन्तिम हुन्छ र त्यही नै सभ्यताको सीमा हुन्छ ! विश्वको अनेकताले एस्तो सुप्रिमेसीलाई सधैं स्वीकार्न सक्दैन र रुचाउँदैन पनि | विश्वदर्शनशास्त्र दिवसका अवसरमा विश्वका अन्य भागमा विकसित भएका र पश्चिमा शिक्षा पद्यतिभन्दा फरक तवरले उठाइएका चिन्तनहरूलाई पनि महत्व दिन सक्नुपर्छ | यो वर्ष नेपालबाट हामीले यही पद्यति अवलम्वन गरेका छौँ | हाम्रो पश्चिमासंग कुनै शत्रुता वा पूर्वाग्रह छैन तर "विकास, विचार र सभ्यताको उत्स हौँ" भन्ने पश्चिमा उद्दण्डतालाई भने चुनौती दिनै पर्छ |

निश्चय नै, पाश्चात्यहरूले विज्ञान तथा शिक्षा क्षेत्रमा गरेको प्रगति लोभ लाग्दो छ | यसै विकासले गर्दा आज उनीहरू विश्वमा धाक जमाउन सफल भएका छन् | प्रगति सबैको चाहना र गन्तब्य हुन्छ र नेपालीहरूले पश्चिमा प्रगतिको अनुसरण गर्न चाहन्छन् भने उचित नै हो | तर उनीहरूले जुन प्रगतिको मानदण्ड बनाएका छन् ती हाम्रो परिवेश र चिन्तनसंग मिल्न जरूरी छैन | नेपाली समाजलाई विकसित गर्न विज्ञानले मदत गर्छ तर इतिहासलाई फेर्न सक्दैन | इतिहास हरेकको आफ्नै हुन्छ | अर्काको अनुकरण गर्दा इतिहाससंग अन्याय हुन्छ |

यस वर्ष युनेस्कोले "मानवताका लागि दर्शनशास्त्र"को नारा तय गरेको छ | धेरैजसो पश्चिमा दार्शनिकहरू मानवताजस्तै दर्शनशास्त्र पनि धर्मनिरपेक्ष हुन्छ र हुनुपर्छ भन्ने विचार राख्छन् | उनीहरूको इतिहास र सामाजिक जीवनमा यो सत्य होला तर भारतवर्षीय दार्शनिक चिन्तनहरूहरूप्रति यसले न्याय गरेको छैन | एकेश्वरवादी चिन्तनको एकलकाटे इतिहासमा विकसित भएको पाश्चात्य चिन्तनप्रणाली र बहुतत्ववादी चिन्तनको इतिहासमा हिडिरहेको नेपाली तथा भारतीय दार्शनिक जीवनका परिणामहरू नितान्त फरक हुन्छन् भन्ने कुरा नेपाली सामाजिक तथा राजनैतिक संस्कारले पनि प्रतिब्यन्जित गरिरहेको छ |

उदाहरणका लागि "डेमोक्रेसीको विकल्प डेमोक्रेसी" नै हुन्छ भन्ने पश्चिमा विश्वास "परमेश्वर एउटामात्र हुन्छ र ऊ भन्दा अर्को परमेश्वर अर्को हुनसक्दैन" भन्ने बाइबल र कुरानका वचनहरूविच आधारभूतरूपमा कुनै भिन्नता छैन | शिक्षा, विकासका मानकहरू तथा मानवाधिकारका विषयमा पनि पाश्चात्य चिन्तन यस्तै पूर्वाग्रह युक्त हुन्छन् भन्न अव असजिलो मान्न हुँदैन | मेरा यी धारणाहरू सुरूमा असजिला लाग्न सक्छन् तर सत्यलाई नकार्न मिल्दैन | स्वतन्त्रताका पक्षपाति पश्चिमा विद्वानहरूले एक दिन मेरो कुरा बुझ्नेछन् |

तीन चारहजार वर्षको इतिहास बोकेको दर्शनशास्त्र गतिशील छ | धर्म तथा दर्शनशास्त्रमा धेरैजसो इतिहासतिर तिर फर्कने र पुरानो इतिहासको बखान गरेर आत्मसन्तोष गर्ने परम्परा नै चलेको छ | धार्मिकता त झन् प्राचीन कथाहरूमा नै खडा छ, सक्ने भए सबै धार्मिकहरू आफ्नो पुरानो इतिहासमा फर्कन्थे तर यस्तो हुँदैन | खासगरी "एकेश्वरवादी धार्मिक चेतनामा यो खोट बढी छ | कुनै पनि मुस्लिम वा इसाई मोहम्मद वा इसाको समयलाई सबैभन्दा नैतिक, मूल्यवान् र सार्थक ठान्छन् | यो खोट बहुलतावाद धार्मिक समुदायमा न्यून छ |

इतिहासमा के-कस्तो असमानता थियो भन्ने विषयमा अव फर्केर जान सकिन्न तर संचारको विकासले अहिलेका मानवीय समस्याहरूलाई छताछुल्ल भएका छन् | समाचारहरू पढ्दा लाग्छ, मान्छेका विचमा समस्याहरू बाहेक केही छैनन् ! तर वास्तविकता एस्तो होइन | समस्याहरू बैचारिक रूपमा बढी शक्तिशाली तवरले मानवीय चिन्तनमा प्रवेश गर्छन् किनभने हामी मान्छेलाई समस्या मुक्त भएको देख्न चाहन्छौं | तर पश्चिमा पाराको एकतावादी चिन्तन नै खोट पूर्णभएको कारणले सधैं नकारात्मकता अगाडी देखिन्छ |

यस वर्षको दार्शनिक दिवसमा हाम्रो चिन्तनको विषय "राज्यराष्ट्र वा राष्ट्रराज्य" भन्ने रहेको छ | यो राजनैतिक दर्शनको एउटा अंग हो | अहिले नेपालको राजनैतिक परिदृश्यहरूको नक्सा बनाउने हो भने अचम्मको देखिन्छ | भोटरको संख्या साम्यवादीहरूको बढी छ जसको सैद्धान्तिक प्रतिमानले धार्मिक, सांस्कृतिक तथा परम्पराको निरन्तरतामा कत्ति पनि विश्वास गर्दैन | तर समाज धार्मिक छ र यहाँका रैथाने धर्म, संस्कृति, विविधताहरूको संरक्षण गर्ने पक्षमा छ | राजनैतिक नेतृत्व पनि समाजको एस्तो अभिमत स्वीकार्न बाध्य छन् | साम्यवादीहरूले पनि अस्पताल, पाटीपौवा निर्माणका लागि सप्ताहकै सहारा लिने अवस्था छ |

दोस्रो, पूँजीवाद तथा साम्यवादको फ्युजनबाट विकसित राजनैतिक धारालेमात्र देशको विकास हुनुपर्छ तर राजनीति वा राजनीति गर्ने व्यक्तिहरू धार्मिकता, परम्परा तथा सांस्कृतिक पूर्वाग्रहबाट मुक्त हुनुपर्छ भन्ने समाजवादीहरू छन् | यो राजनैतिक समुह हब्सको प्रजातान्त्रिक चिन्तन र अब्राहम लिंकनका भनाईमा मानवीय विकासको प्रतिमान खोज्दछ | पश्चिमाप्रतिमानहरूलाई आफ्नो आदर्श मान्ने तर नेपालको धरातलीय वास्तविकतासंग ती प्रतिमानहरूको "ठीक-ठीक" प्रयोगात्मक निष्कर्ष प्राप्त नहुदाँ यी सबै रनभुल्लमा छन् |

तेस्रो, यिनै साम्यवादी तथा समाजवादीहरूका विचका केही घटकहरू "नेपालीपन:को राजनैतिक सिद्धान्तको दम्भ गर्छन् तर वि.पीको समाजवाद, मदनभण्डारीको जवज र पुष्पकमल दाहालको प्रचण्डपथ पश्चिमा साम्यवादी-पुंजीवादी चिन्तनलाई नै स्थानीयकरण गर्ने प्रयत्न हुन् | घोरिएर विचार गर्ने हो भने अहिलेको राजनीति तेस्रोधारमा छ | साम्यवाद, पूँजीवाद, समाजवादहरू स्थानीय आवश्यकतामा मोडिफाई भएर "विरूप, विकृत गन्तब्यहीन, उदेश्यहीन तथा रंगहीन बनेका छन् |

एस्तो राजनैतिक आवारापनको सामना नेपालीहरूले २००७ साल देखि नै भोगिरहेका छन् |असलमा, यस्तो विकृतिको जड पश्चिमा-प्रतिमानको राजनैतिक अवधारणाले नेपालको रैथाने राजनैतिक चरित्रलाई विस्थापित गर्ने प्रयत्न गर्दा विकसित भएको हो | मैले पुन: दोहोर्याउन नपर्ला, पाश्चात्य प्रतिमानहरू "एकदेशीय, एक जातीय, एकभाषीय, एकल धार्मिक, एकेश्वरवाद" विकसित भएका हुनाले  सधैं एकलवादी नै रहन्छन् | राष्ट्रसंचालनका राजनैतिक सिद्धान्तमा "राष्ट्रराज्य"को चरित्र यसै एकलवादी इतिहासको र चरित्रको ब्यबहारिक अभिप्राप्ति हुन् | जुन बहुलतावादी नेपाली समाजका लागि अनुपयुक्त छन् |

बहुलवादी धार्मिक तथा सांस्कृतिक इतिहास र संरचना भएका सामाजिक संरचनामा "राष्ट्रराज्य" सधैं असफल हुन्छ | नेपाल, भारत, पाकिस्तान, अमेरिका, अफ्रिकाआदि देशहरूमा राष्ट्रराज्यले द्वन्दमात्र निम्त्याएको छ | बहुलवादी सामाजिक संरचनामा एकलवादी राजनैतिक संरचना थोपरिंदा जे-हुनुपर्ने हो त्यही नै भैरहेको छ भन्ने मेरो मान्यता रहेको छ | एक धर्म, एक जाति, एक भूगोल तथा भाषाका आधारमा निर्मित भएका युरोपेली राष्ट्रराज्यहरू समेत अन्य जातिहरूको बसोवास बढ्दैजाँदा आफ्नो मूल चरित्र परिवर्तन गर्नुपर्ने बाध्यताको संघारमा उभिएका छन् | क्रमशः राष्ट्रराज्य फितलो हुँदैछ कि राज्यराष्ट्रतिर उन्मुख हुदैछ | एउटा कुरा पक्का हो - आगामी दिनहरूमा राष्ट्रहरूले आफ्नो राजनैतिक प्रतिमान परिवर्तन गरेनन् भने "स्वास्थ्य र मिलनसार मानव समाज"को उदेश्य पूर्ण हुनेछैन |

आजभन्दा लगभग तीनहजारवर्ष पहिले मनुले  "एतद्देशप्रसूतस्य सकाशादग्रजन्मनः । स्वं स्वं चरित्रे शिक्षेरन् पृथिव्यां सर्वमानवाः " अर्थात् हरेक मानवसमाज उसको बसोवास, भूगोल, जन्म तथा सिकाईका आधार फरक-फरक हुन्छ र त्यसैको आ-आफ्नो राजनैतिक, सामाजिक, सांस्कृतिक चरित्रको विकास गर्दै आगाडी बढ्छन्" भनेर मनुस्मृतिमा लेखेका थिए | स्पस्ट छ, युरोपेलीहरूका लागि राष्ट्रराज्य फापे पनि नेपालीहरूका लागि त्यो फाप्छ भन्ने छैन | १२५ वटा जातजातिहरू फैलिएर बनेको नेपाल, २७ सय भाषाहरू र ६२७ वटा जातजातिहरू फैलिएर बनेका भारत, अफगानिस्तान, धेरै जातजाति र सांस्कृतिक समुहहरु भएका अमेरिकी र अफ्रिकी मुलुकहरूमा किन प्रजातन्त्र फापेन ?  किन यी देशहरू युरोपेलीहरूका दाँजोमा विकसित बन्नरहेका छैननन् ? किन "प्रजातान्त्रिक"हुँदाहुँदै पनि किन यहाँ सधैं अशान्ति र द्वन्द छ ? सोच्नु त पर्छ नै |

आजको राजनैतिक प्रतिमानका "प्रजातन्त्र" स्थापित छ | प्रजातन्त्रको विकल्पको कुरा गर्नु भनेको धेरैका लागि असामाजिक, असांस्कृतिक र अराजक कुरा लाग्ला तर विश्वमा छताछुल्ल भैरहेका मानवीय समस्याहरू समधान गर्न प्रजातन्त्रको विकल्पका विषयमा पनि चर्चा गर्नुपर्छ | यसो भनिरहंदा मैले निरंकुश, एकलवादी तथा तानाशाही ब्यबस्थाको पक्षपोषण गरिरहेको छैन | दर्शनशास्त्रले सधैं स्वतन्त्रता र एकताको कुरा गर्छ तर विकल्प खोज्न पनि छोड्दैन | एस्ता विकल्पहरूको खोज र सोच पनि मानव एकता तथा कल्याणका लागि नै हुनुपर्छ |

एस्तो विकल्पको अवधारणा वेदहरूमा स्पस्ट रूपमा पढ्न सकिन्छ | स्वराज्य, बैराज्य, महाराज्य, अधिराज्य, साम्राज्यआदि राज्यसंचालनका पद्यतिहरू वेदमा उल्लेख छन् | प्लेटोको रिपब्लिक जान्नेले यी विकल्पहरू पनि जानेको हुनुपर्छ | वैदिक राज्यब्यबस्थापनका सिद्धान्तहरूलाई समग्र रूपमा "राज्यराष्ट्र" भन्न मिल्छ | वैदिक राज्यराष्ट्रको यो अवधारणा केन्द्रीकृत साम्यवादीहरूको राज्यराष्ट्रभन्दा नितान्त भिन्न विकेन्द्रीकृत राज्यप्रणाली हो र वर्तमान प्रजातन्त्र भन्दा बढी ब्यबहारिक छ जस्तो मलाई लाग्छ |

हुन त कार्लमार्क्सले प्रतिपादन गरेको साम्यवाद राजनैतिक सिद्धान्त र मुस्लिमहरूको इस्लामिक राष्ट्र दूबै राज्यराष्ट्रमा विश्वास गर्छन् तर यसको प्राप्तिका लागि यिनले प्रयोग गर्ने औजारहरू बैदिक राज्यराष्ट्रभन्दा नितान्त भिन्न छन् | कार्लमार्क्सको राज्यराष्ट्र घेरावन्दी, विद्रोह, हत्या, मोर्चा, विस्थापन, लडाई, विनाशआदिबाट प्राप्त हुन्छ भने मुस्लिमहरूको राज्यराष्ट्र अन्यहरूको विनाश वा धर्मान्तरणबाट प्राप्त हुन्छ | एउटा धार्मिक अतिवादमा आधारित राज्यराष्ट्र हो भने अर्को निषेधको नियममा आधारित राज्यराष्ट्र | दूबै अतिवादी नै हुन् |

वैदिक राज्यराष्ट्रवाद प्राप्तिका साधनहरू हिंसक छैनन् |यसले अन्य जातिहरूको "सम्मान"लाई नै राज्यराष्ट्र प्राप्तिको सबैभन्दा भरपर्दो साधन मान्छ | "विश्वक हरेक मान्छेको आ-आफ्नो चरित्र हुन्छ | जव ती चरित्रहरूलाई स्वाभाविक रूपमा लिइन्छ, त्यस बेला विश्वको मानव-समाज आफ्नै परिवार सरह हुन्छ (बसुधैव कुटुम्बकम्) र प्रजाहरू मिलेर वैश्विक भ्रातृत्व स्थापित गर्छन् |" वैदिक राज्यराष्ट्रको चुरो यही हो र यो हामी नेपालीहरूको आफ्नो रैथाने राज्यसंचालनको सिद्धान्त हो |

मैले अन्य राष्ट्रहरूका राज्यसंचालन सम्वन्धि अवधारणाहरू विस्थापित गरेर राज्यराष्ट्र थोपरिनुपर्छ जस्तो एकलवादी चिन्तनको प्रतिबद्धता गर्दिन तर नेपालजस्तो अन्योंयाश्रित सम्वन्ध भएका जातजाति र भाषाभाषीहरूका लागि राष्ट्रराज्य घातक छ भन्ने तत्थ्यचाहिं प्रकट गर्न चाहन्छु नै | दर्शनशास्त्रले दिएको सुन्दर र स्वतन्त्र विवेक प्रयोग गर्ने मेरो अधिकारको सबैभन्दा सुन्दर अभिव्यक्ति नै यही हो भन्ने मैले विश्वास गर्छु | म मेरो विश्वास अरूलाई बोकाउन चाहन्न तर यस विषयमा वहस होस्, चिन्तन होस्, अनुसन्धान होस् भन्ने चाहना अवश्य राख्छु |

सिद्धान्त निर्माणको दिशामा हामी नेपालीहरू निकै पछाडी छौँ | सिद्धान्तहरूका सवालमा पनि रेडिमेड संस्कृतिले हाम्रो सिर्जनात्मकतामा नकारात्मक प्रभाव परेको छ | हामी आयातित र आफ्ना ऐतिहासिक सिद्धान्तहरुको द्वन्दमा नराम्रोसंग दिग्भ्रमित भएका छौँ | राजनीति, शिक्षा, आर्थिक नीति, विज्ञान तथा जीवन दर्शनका सवालमा पनि हामी अल्मलिएका छौँ | यो अल्मलाहटबाट बाहिर निक्सने क्षमता हामी आफैले विकास गर्नुपर्छ | नेपालका बामपन्थी आराजक राजनीतिज्ञ तथा थाहाका प्रवर्तक रुपचन्द्र विष्टका शब्दमा - "थाहा" पाउनु नै मुक्ति हो अर्थात् ऋते ज्ञानान्न मुक्ति अर्थात् ज्ञान प्राप्त नगरी स्वतन्त्रताको अनुभूति हुँदैन |

मेरो विश्वासले भन्छ, मेरो ज्ञानले भन्छ मेरो विश्वास सत्यका निकट छ | तर मैले देखेको र विश्वास गरेको सत्य खोज्ने काम अनुसन्धाताहरूले पूरा गर्नुपर्छ | प्लेटोको रिपब्लिक मात्र घोकेर विकल्प उपस्थित हुँदैन वेद, उपनिषद, पुराण, सूत्र, त्रिपिटकहरू पनि चाहार्ने जाँगर चलाउनुपर्छ | मुंगाहरुको सहरमा पुग्दैमा मुंगा आफैं हातमा आउंदैन | परिश्रम गर्नुपर्छ त हामी आफैले गर्नुपर्छ |

(copyright Dr. Govinda S. Upadhyaya)


Sunday, November 5, 2017

आचार्य श्रीनिम्वार्क, द्वैताद्वैतवाद जन्म-जयन्ती


प्रसिद्ध दार्शनिक सिद्धान्त "द्वैताद्वैतवाद"का प्रतिपादक आचार्य श्रीनिम्वार्कको जन्म सन् १११६ तिर भएको मानिए पनि परम्परागत अनुयायीहरूले यस वर्ष ५०१४ जन्म दिवस मनाउँदै छन् |

आचार्य निम्वार्कको जन्म भारतीय गणराज्य तेलगुको एउटा ब्राह्मण परिवारमा भएको थियो र जन्मको नाम नियमानंद थियो | उनी बाल्यकाल देखिनै विरक्त स्वभाव भएका हुँदा १३ वर्षको उमेर मैं घर छोडेर गोवर्धनमा आएका थिए र शिक्षादीक्षा प्राप्त गरेका थिए |

गोवर्धनमा उनले श्रीनारदबाट वैष्णव दीक्षा लिएको भन्ने जनश्रुति रहेको छ भने भोकाएका साधुलाई भोजन गराउन निमको रुखमा सूर्यको दर्शन गराएको हुँदा उनको नाम निम्वार्क रहन गएको भन्ने गरिन्छ |

आचार्य निम्वार्कको सम्पूर्ण जीवन नै श्रीराधाकृष्णको आराधना गर्दै मथुरा, वृन्दावन गोवर्धनआदिमा व्यतित भएको थियो | उनी वैदिकशास्त्रका प्रचण्ड ज्ञाता भए पनि साधनाप्रिय भएको हुँदा धेरै लेख्ने काममा रुचि राख्दैनथे |
आचार्य निम्वार्कले आरम्भ गरेको वैष्णव सम्प्रदायलाई निम्वार्क-सम्प्रदायका रूपमा चिनिन्छ | निम्वार्क सम्प्रदायले ब्रह्म, जीव र काल यी तीन तत्वहरूको अस्तित्व मान्छ र यी सबै अन्योंयास्रित भएको विश्वास गर्छ |

आचार्य निम्वार्कले परमसत्वलाई "श्रीराधाकृष्ण"का रूपमा पहिचान गरेका छन् र समस्त जीवहरूलाई उहाको सूक्ष्मअंशका रूपमा | हरेक जीवले स्वकीया भक्तिका माध्यमले भगवानको प्राप्ति गर्छ भन्ने उनको विश्वास छ | यही विश्वासलाई अगाडी बढाउने विश्वासीहरू नै निम्वार्क सम्प्रदायका अनुयायी हुन्छन् |

अहिले निम्वार्क सम्प्रदायका अनुयायीहरू विश्वभरी फैलिएका छन् | यिनको निश्चित संख्या थाहा नभए पनि नेपालमा दूईलाखका हाराहारीमा यी रहेको विश्वास गरिन्छ | अनुयायीहरू सबै शाकाहारी हुन्छन्, विनम्र हुन्छन् र शरणगतिमा विश्वास गर्छन् |

गोपीचन्दनको ठाडो टीका भित्र सेतो वा कालो विन्दू लाउने, गोपाल तथा मुकुन्दमन्त्र जप्ने, भागवतआदिको पाठ गर्ने र मन्दिर निर्माण गरेर श्रीराधाकृष्णको विग्रहको पूजाअर्चना गर्ने निम्वार्की वैष्णव हुन्छन् |

नेपालमा निम्वार्की वैष्णवहरूको विकास मूलत: स्याङ्गजा, केलादीघाटका श्रीभागवतशरणका समयदेखि भएको विश्वास गरिन्छ | यो सम्प्रदाय स्वभूराम र परसुराम द्वारामा विभाजित भए पनि उपासना पद्यतिमा कुनै फरक देखिन्न भने नेपालमा यी दूबै समूहविच अत्यन्त मैत्रीपूर्ण सम्वन्ध रहेको देखिन्छ |

नेपालमा निम्वार्क सम्प्रदाय पूर्वदेखि पश्चिमसम्म फैलिएको भए तापनि मूलत: केलादीघाट, देवघाट, गैडाकोट, काठमाडौं, झापा, सेतिवेनी, चौताराआदिमा मन्दिरहरू रहेका छन् | यस बाहेक पर्वतको गलेश्वर, विराटनगर, सर्लाही, नेपालगंजमा अनेकौं मन्दिरहरू संचालनमा रहेका छन् भने देवघाट, केलादी, विराटनगर तथा चतरामा गुरुकुल पनि संचालनमा छन् |

नेपालमा निम्वार्क सम्प्रदायका अनुयायीमा निम्वार्क संस्कृत महाविद्यालयका पूर्वप्रधानाचार्य श्रीहरिशरण उपाध्यायले गैडाकोटमा, श्रीहरिशरण उपाध्याय देवघाटमा, केलादीमा गोपालशरण देव, काठमाडौंमा मुकुन्दशरण उपाध्याय, रुपन्देहीमा प्रेमबाबा र बालसंत भनिने मोहनशरणले वनारसबाट जगदगुरुको पदवीप्राप्त गरेर निम्वार्क सम्प्रदायको प्रचारप्रसार गरिरहेका छन् |

नेपाली वैष्णव सम्प्रदायहरूमा निम्वार्क सम्प्रदाय सबैभन्दा प्राचीन भएको विश्वास गरिन्छ | भने आज नेपालका विभिन्न भागबाट निम्वार्क जयन्ती मनाएको खवर प्राप्त भएको छ जसमा विराटनगरमा रथयात्रा निकालिएको छ भने काठमाडौँको गौशालामा सम्मान कार्यक्रम गरिएको छ र भुटानी शरणार्थी शिविर वेल्डागींमा पनि मनाइएको सूचना प्राप्त भएको छ | चार प्रमुख वैष्णव आचार्यहरू मध्येका आचार्य निम्वार्कको जन्म-जयन्तिको अवसरमा सबै श्रीनिम्वार्क अनुयायीहरू,मा हार्दिक शुभकामना |

Saturday, November 4, 2017

एउटा चुनावी चिट्ठी


भर्खरै नागरिकता प्राप्त गरेकी युवति भोट खसाल्न पाइने भो भनेर दंग पर्दै छिन् | मोहन चालीसको लाग्यो तर उ पनि पहिलोपटक भोट खसाल्ने तरखर गर्दैछ किनभने ऊ दूवईको तातोमा छिरेकै २३ वर्ष भैसकेको रहेछ | यस पटक भने छुट्टीले यस्तै जुरायो |

उसको २४ वर्षीय छोरा मनोजमा भने आसन्न चुनाव, राजनैतिक पार्टी, चुनावी प्रचारप्रसार आदिमा कुनै चासो नै देखिएन | ऊ सधैं वुवा-आमासंग "जुनजोगी आए पनि कानै चिरेका" भनेजस्ता तर्कमात्र गरिरहन्थ्यो | नेपालमा प्रचलित कुनै राजनैतिक दल र तिनको चिन्तनले राज्यब्यबस्था सुध्रिन्छ भन्ने उसमा कत्तिपनि विश्वास थिएन |

उसका केही आफन्तहरू फलानो पार्टीका लागि मरिमेटेर प्रचारप्रसार गरिरहेका थिए | उनीहरूले मनोजलाई आफ्नो पार्टीमा समावेश गर्न निकै कसरत गरे | जागिरको प्रलोभन देखाए, ठेक्कापट्टाको लोभ देखाए तर ऊ अडीग रह्यो |

एकदिन उसका आफ्नै बाबुले फलानो पार्टीको सदस्य बन्न र प्रचारप्रसारमा लाग्न निकै कर गरेपछि उसले आफ्नो गोजीबाट एउटा कागज निकाल्यो र आफ्नो बाबुको हातमा थमाएर आफ्नो कोठातिर लाग्यो |

बाबुले अचम्म मान्दै त्यो कागजको पाना खोले | त्यसमा सुन्दर अक्षरमा निम्न कुराहरू लेखिएका रहेछन् :

"नेपालमा प्रजातान्त्रिक र गैर-प्रजातान्त्रिक विधिले चुनाव गरेर आफ्नो प्रतिनिधि मार्फत सरकार बनाउने प्रक्रिया आरम्भ भएको ठ्याक्कै ६६ वर्ष वितिसके | यो अवधिमा धेरै संविधान बने | राजा नेता फेरिए तर जनताको भाग्य फेरिएन | सबैले जनताको प्रयोग गरे तर असफल भए |

विगतको चुनावमा मैले अत्यन्त सक्रियता पूर्वक प्रचारप्रसार र मत दान दिएकै हो | तर न मेरो जिन्दगीमा परिवर्तन आयो न देशको विकासमा एउटा ढुंगा थपियो | विकासका कार्यहरू सरकारले होइन वरू श्रीमद्भागवत-सप्ताहको पैसाले गरिएको म आफैले अनुभव गरिरहेको छु |

रेमिटान्स र जनताले तिरेको करको हविगत मैले बुझेको छु | विदेशी र स्वदेशीहरूको रजाईका खातिर गरिने राजनैतिक द्वन्द र त्यसबाट मुलुकलाई वाहिर ल्याउने नाममा धनको दुरुपयोग भएको छ | अझैं भन्नुपर्दा गाउँघरमा देखिएका बाटाघाटाहरू विकासको लागि होइन ठेकेदार र तिनका मतियारले सरकारी पैसा दुरुपयोग गर्ने क्रममा भएका हुन् |

रह्यो कुरा यो वर्ष चुनावमा भोट हाल्ने मैले अलिलेखा पढेका र सर्वसाधारणलाई केही कुराहरू सोधेको थिएँ, तपाईंका लागि जस्ताको तस्तै यहाँ लेखिदिएको छु :

१. प्राध्यापक : यी सबै पार्टीहरू विदेशीका दलाल हुन् | आफ्नो र आफन्तको पेट भर्नका लागि चुनावको राजनीति गर्छन् र प्रजातन्त्र भनेर जनताको इमोशनल ब्ल्याक मेलिंग गर्छन् | भोट त दिनै पर्यो तर नराम्राहरू मध्ये केही कमसल रोजेर भोट हाल्छु |

२. विद्यार्थी : के को भोट हाल्ने | आखिर पढेरलेखेर पनि खाडीको गर्मी खान जानैपर्छ | यी चोरहरूले के नै गरेका छन् र हाम्रो लागि | यिनले आफ्ना आफन्तहरूलाई मात्र तान्ने त हुन् ! यी भोट खसाल्नु पर्छ भनेर उफ्रिने केटाकेटी देख्नुभएको छ, यिनका कुनै नकुनै आफन्त राजनीतिमा छन् |

३. कर्मचारी : खै आफु त सरकारी मान्छे | अह्राएको मान्नैपर्छ | हाम्रो सुनिदिने कोइ छैनन् | आफ्नो मान्छे भएकाले काम गर्दैनन् | सेटिंग मिलाएर दाम कमाउने ठाउमा पुग्छन् | कार्यालयना काम नगरे पनि उनकै ठूला महल छन्, उनकै छोराछोरी ठूलो विद्यालयमा पढ्छन् |

४. ब्यापारी : जहिले पनि चन्दा दिंदा वाक्क हुन्छ | कति राजनीति लागेको हो नेपालीलाई | हामीले सानो गल्ति गर्यो वा समयमा राजस्व तिर्न सकिएन भने हामीले ठूलो सास्ती भोग्नुपर्छ तर यी राजनैतिक नेताहरूको कुनै जागिर छैन, उद्योग-व्यापार छैन तर ठूलाठूला घर, कार महल छन् राजस्वले केही गर्दैन | भोट दिन पटक्कै मन छैन |

५. महिला : खै, बूढाले कस्लाई भोट दिन्छन् वा दिन भन्छन् त्यतै दिन पर्ला | हामीलाई कसले हेर्छ र हुनेखानेहरू ठूलाठूला होटलमा भोज खाएर हाम्रो लागि छुट्याएको पैसा सक्छन् | यहाँ प्रतिनिधिमा उठाउने बेला पनि आफुले भनेको मान्ने र सही मात्रै गरिदिने महिला खोज्छन् | गर्न सक्नेले पटक्कै अवसर पाउन्नन् | बूढाले कर नगर्ने हो भने सत्ते-सत्ते कसैलाई भोट दिन्न |

६. सामाजिक कर्मी : विगतको संविधान नै हेर्नुस् न | गाविस भवनमा कस्तो संविधान बन्नुपर्छ भनेर जनमत लिंदा हामीले हिन्दूराष्ट्र हुनुपर्छ, धर्मपरिवर्तन गराउन रोक लगाउनुपर्छ, नेपालका रैथाने धर्म, संस्कृति तथा रितिरिवाज मास्नेहरूलाई प्रतिबन्धित गर्नु पर्छ भनेर भनेको हो | नेपाल भरिका जनताले यही भनेका हुन् | तर लोकतन्त्र भन्नेहरूले लोकतन्त्रको बेइज्जेत गरेकै छन् | अव यिनलाई भोट किन खसाल्नु भन्ने प्रश्न त छंद्दैछ | विकल्प नै नभएपछि यिनलाई भोट त दिनै पर्यो | तर भोट खसालेर आफ्नै बाटोमा काँडा विछ्याउने हो | खै हामीसंग भरपर्दो विकल्प !!! तिमीजस्ता युवाहरूले नेपाल र नेपालीलाई माया गर्ने राजनीतिको विकास गर, हामी भोट त्यहीं हाल्छौं |

यी कुरा सुनेपछि मैले पनि भोटदिने नदिने कुरा गोय्य राखें | मेरो यी राजनैतिक ब्यबस्थाप्रति कुनै विश्वास रहेन | कम्युनिस्ट र प्रजातन्त्रवादी दूबैले विदेशबाट आयात गरिएको राजनैतिक सिद्धान्त वोकेर देश विकास गर्छौं भनिरहेका छन् | तर ६६ वर्ष प्रयोग गर्दा पनि असफल, अफाप भएको राजनैतिक दर्शनले विकास गर्न सक्छ भन्ने मैले विश्वास गर्न सकिन |

मेरो विचारमा नेपालका राजनैतिक पार्टीहरू रक्सीका विभिन्न ब्रान्ड हुन् | केही पुराना छन् केही नया छन् | यिनका नारा नै रक्सीको मात हो | कहीं बढी मात लाग्छ र कहीं कम | भाँडो फेरिंदैमा रक्सीले मात दिन छोड्दैन | भ्रष्टाचार, बेइमानीआदि यिनको नशा-नशामा बगिरहेको छ |

मैले भनिंसकें : मैले भोट दिन्छु कि दिन्न कसैलाई भन्न जरूरी छैन | वुवा हजुरलाई पनि भन्न जरुरी ठान्दिन | तर यी राजनैतिक सिद्धान्तहरूले नेपालको मुहार फेरिन्न भन्ने कुरामा विश्वास नभएपछि राजनीतिमा नलाग्ने निर्णय गरेको हुँ |

नेपाल विश्वको जीवित संग्रहालय हो | विश्वका प्राचीनतम सभ्यताको स्रोत हो | वैदिक, बौद्ध, जैन, वोन, किरात, तमु, थारुआदिको मौलिक आदि स्रोत हो | हामीसंग आफ्नै राजनैतिक सिद्धान्त, अर्थ सिद्धान्त, शैक्षिक सिद्धान्त पूर्खाबाट प्राप्त छन् | तर यी विदेशबाट आयातित राजनैतिक सिद्धान्त बोक्नेहरूले आफ्नै रैथाने विद्या, सीप विज्ञताआदिलाई कहिले पनि महत्व दिएको देखिन | उनीहरू सधैंसधैं युरोप, अमेरिका वा भारतको मुखमात्रै ताक्छन् | यसरी देशको विकास हुँदैन |

तपाईंले माथि विद्वानदेखि सर्वसाधारणहरूका विचार पढ्नु नै भयो | यी राजनैतिक पार्टी र यिनका कार्यक्रमसंग कोही पनि खुसी छैननन् | न त यी राजनैतिक पार्टीले सरकार बनाएपछि देशको विकास हुन्छ भन्ने कुरामा विश्वास नै गर्छन् | हाम्रो पनि यही अनुभव छ |

मेरो विचारमा अव मजस्तो युवा यी आयातित राजनैतिक सिद्धान्त वाहकहरूको पछि लाग्नु हुँदैन | मैले आफ्नो उर्जा आफ्नो इतिहासले प्रदान गरेका शिक्षामा आधारित "नेपाललाई केन्द्रभूमिमा राख्ने" चिन्तनलाई विकास गर्न, जनजनमा पुर्याउन खर्च गर्नुपर्छ |

नेपाल र नेपालीहरूका लागि सुहाउँदो राजनैतिक विधिको किताव मैले तपाईं दूबई छंदानै पठाएको थिएँ | पढ्नु भयो नै होला | अवको मेरो बाटो त्यसैमा केन्द्रीत रहने छ | मैले राज्यराष्ट्र जरोकिलो आन्दोलनले उठाएको कुरा गरेको हुँ | साथै मलाई यसले गहिरो निराशाको खाडलबाट निकालेर जीवनदिशा दिएको कुरा पनि भन्न चाहन्छु |

म राजनैतिक पार्टीको प्रचारप्रसार गर्न पटक्कै जान्न | रह्यो कुरा भोट खसाल्ने कि न खसाल्ने यो मेरो निजी कुरा हो | हजुरले पनि एकपटक मेरो यो बुझाईवारे अवश्य सोच्नुहोला |

द्वैताद्वैत, निम्बार्क र वेदान्त दशश्लोकी

द्वैताद्वैत, निम्बार्क र वेदान्त दशश्लोकी  निम्बार्क उपासना  नियमानन्द शान्ति र साधनाप्रिय ब्राह्मण थिए | उनले पढेको गुरुकुलमा गुरूले "...