भारतवर्षमा फागुन र चैत महिनालाई बसन्त-ऋतु भनिन्छ | बसन्त ऋतुले मान्छेलाई प्रेम गर्ने र दिने आमन्त्रण गर्छ | भारतवर्षमा प्रेम-पर्व सम्भव थियो किनभने यहाँको मलिलो प्रकृतिले प्रचूरमात्रामा उत्पादन दिन्थी | भेलन्टाइन-डेको कुरा चल्दै गर्दा वसन्त ऋतुको कुरा पनि आउँछ | बसन्त ऋतुले मान्छेलाई सेक्सका लागि पागल बनाउंदैथ्यो तर भेलन्टाइन-डेका लागि कण्डम कम्पनीहरूको सुनौला विज्ञापनहरूले मान्छेलाई बौलाहाझैं बनाएको छ | नपत्याए गुगल गरेर खोज्नुस् विश्वमा सबैभन्दा कण्डम १४ फरवरीका दिन बिक्री हुन्छन् !!! यो सन्त भेलन्टाइनको सम्मान हो कि अपमान आफै विचार गरौँ |
Saturday, February 11, 2023
भेलन्टाइन-डे अर्थात् सेक्सको व्यापारीकरण !
Wednesday, February 8, 2023
साकरोड़ियाको शिक्षाअनुभव
(१) यस पटकको भारतयात्रा निकै स्मरणीय रह्यो | सबैभन्दा स्मरणीय त दादा भगवानका भक्त लाला भाई पटेलको गाउँ साकरोड़ियाको भ्रमण रह्यो | लाला भाई भारतको प्रतिष्ठित रिजर्व बैंकका पूर्व वरिष्ठ कर्मचारी हुन् र अवकाशपछि आफ्नै गाउँ "साकरोड़िया"मा कृषकका रूपमा जीवन यापन गर्छन् | उनका एकमात्र छोरावुहारी पनि गाउँमै वस्छन् | घरमा शहरमा भएका सबै सुविधा छन्, त्यो भन्दा पनि बढी सुविधा प्रदुषण रहित वातावारण र आफ्नै खेतको विषादीरहित भोजनको अवसर प्राप्त गरिरहनुभएको छ |
(२) "साकरोड़िया" गाउँ गुजरातको प्रमुख सहर अहमदावादबाट उत्तरतिर १७० किलोमिटर पर छ | हालका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वप्न र मोडेल प्रदेशको रूपमा प्रचारित गुजरातको यो गाउँको यात्राका क्रममा मैले त्यस गाउँको कृषि-व्यबस्था, अस्पताल, बालवाडी, गाउँपंचायतको कार्यालय, वैंक र पाठशाला (हाइस्कूल)को प्रत्यक्ष निरीक्षण गर्ने, सम्बन्धित अधिकारीहरूसंग र बालवालिकासंग कुराकानी गर्ने अवसर जुट्यो |
Sunday, December 18, 2022
सन्त र पाखण्डको कुरा
धार्मिक बनेर व्यापार गर्नेहरूलाई शास्त्रले "पाखण्डी" भनेर सम्बोधन गरेको छ | साधु-सन्तको चोला धारण गर्ने, धर्मको उपदेश दिने, त्याग तथा वैराग्यको उपदेश दिने तर स्वयं भने तिनै उपदेश दिंदा प्राप्त धनबाट आजीविका चलाउनेको कार्यलाई पाखण्ड भनिन्छ | पाखण्डीहरूले सधैं आफु र आफ्नो परिवारलाई केन्द्रमा राख्छन् | कुनै पनि व्यक्तिले धार्मिक आवरणमा आफ्नो जयजयकार गराउँछ, आफ्ना परिवारको बर्चश्वका लागि साधनको ढोंग गर्छ भने त्यसको व्यक्तिको पछि लाग्ने र तेस्ता व्यक्तिको शिष्यत्व स्वीकार गर्ने पनि नर्कमा जान्छ
धर्मका नाममा मान्छेहरूलाई ठग्न, झुक्याउन र मूर्ख बनाएर लुट्न सबैभन्दा सजिलो हुन्छ | कर्मफल र ईश्वरले तत्काल हस्तक्षेप गर्दैनन् | शरीरले शारीरिक सुख माग्छ | चलाख व्यक्तिहरूले "धार्मिकता"को चोला धारण गरेर गुरूको पसल खोल्छन् | ठुलाठूला मिडियाहरू किनेर गुरुको विज्ञापन गरिन्छ | अनि, विज्ञापनको रंगीचंगीपनको नशा बसेका सर्वसाधारणहरूले ती व्यक्तिलाई असाधारण गुरु ठानेर सर्वस्व अर्पण गर्न पुग्छन् | एउटा साधारण आश्रममा निवास गर्ने, साधारण जीवन यापन गर्ने, साधना गर्ने र विन्म्रभावले (गृहस्थ वा सन्यास आश्रममा रहेर) गुरुकुलआदि संचालन गर्नेहरू सन्तक श्रेणीमा नै पर्दैनन् | तर यी महापुरुषहरूलाई न गुरुत्वको आवश्यकता हुन्छ, न मिडियाको र न धेरै चेलाचेलीको | उनीहरूको तपोमय जीवन केवल ईश्वर र धर्मका लागि समर्पित हुन्छ | मिडियाले निर्माण गरेका गुरूहरूमा अहङ्कार र धनसम्पत्तिको प्रदर्शन बहेको अरू केही हुँदैन भने यी सरल साधुसंग सरलता र आध्यात्मिक साधना बाहेक केही हुँदैन |
धर्मशास्त्रहरूले विनम्रता, त्याग, वैराग्य तथा पारिवारिक र व्यक्तिगत महत्वाकांक्षरहित व्यक्तिलाई "गुरू, सन्त गुरू, मुनि"आदि शब्दले सम्बोधन गरेको छ | धार्मिक व्यक्तिको सबैभन्दा महत्वपूर्ण पहिचान नै त्यो कुनै प्रकारका व्यक्तिगत इच्छा वा चाहनाबाट मुक्त हुन्छ | उसले आफ्ना लागि केही चाहन्न र गर्दैन पनि | त्याग, तपस्या र संसारका भौतिक गतिविधिबाट आफुलाई वैरागी बनाउँछ | वैराग्यहीन व्यक्ति व्यापारी हुन्छ, गुरू हुनैसक्दैन | तर आवरणलाई हेरेर पाखण्डी र सन्तका बिचमा फरक छुट्याउने निर्णय गर्न सजिलो हुँदैन | जिज्ञासु आफै पनि साधना गरेको वा साधनको तीब्र इच्छा भएको व्यक्ति हुनुपर्छ |
सत्य के हो भने आजभोली धर्म र धार्मिकताको आवरणमा व्यापार गर्ने "धार्मिक-व्यापारी"हरूको सङ्ख्या ह्वात्तै बढेको छ | सर्वसाधारणका लागि को धार्मिक र को धार्मिक-व्यापारी भनेर छुट्याउन निकै गाह्रो छ | अनि, आवरणका आधारमा कसैलाई व्यापारी भनेर निर्णय दिनु र कसैलाई सन्त भनेर निर्णय दिनु सजिलो छैन | तर पनि धार्मिकताको कसौटी भनेको वैराग्य, त्याग, सरलता र साधना हो | यदि कुनै व्यक्तिमा वैराग्य छैन र उसको अभिरुचि चाहिं ठूलाठूला आश्रम, धेरै चेलाचेलीआदिमा छ भने शंका गर्ने ठाउँ हुन्छ | यसै गरी त्याग सजिलो कुरा होइन | संसारको त्याग गरें भन्दै ठूला महलहरू खडा गर्ने "ठूलाबडा" बाबाहरू आजभोली जताततै छन् | यिनले संसार त्यागेका हुन् कि दोश्रो संसारको निर्माण गर्दै छन् ? बुझ्न निकै गाह्रो छ |
सन्तको तेस्रो पहिचान भनेको सरलता हो | सन्तमा कुनै प्रकारको अभिमान, आडम्बर, देखावटीपन केही पनि हुँदैन | यदि कुनै व्यक्तिलाई भेट्न टिकट लिनुपर्छ वा मूल्य चुकाउनु पर्छ भने त्यो सन्तको सरलता होइन | सन्तका लागि महल र झोपडी, पाँचतारे होटल र जङ्गलको वासमा कुनै फरक हुँदैन | भौतिक सुविधाप्रति उनीहरूको कुनै अभिरुचि हुँदैन | मैले यस्ता धेरै साधुहरू भेटको छु जुन एसी र महङ्गा कारहरू नभएसम्म उपदेश पनि दिंदैनन् | शारीरिक सुखका लागि मरिमेट्नेहरू र अतिभौतिकतामा जिउनेहरूलाई "सरल र सहज" भन्न मिक्दैन | मलाई थाहा छैन, मैले यो लेख्दै गर्दा धेरैका "गुरू"हरू यो लेखको भुमरीमा पर्न सक्छन् तर मैले पहिले नै भनेको छु कि केवल वाहिरी आवरणका आधारमा निर्णय गर्नु उचित हुँदैन |
धर्मध्वज समाजमा त्यति सुनिएको शब्द होइन तर यो शब्दले समाजका ती वर्गको प्रतिनिधित्व गर्छ जसले धार्मिकतालाई पूर्णतया पेट पाल्ने साधनका रुपमा प्रयोग गर्छन् | धर्म र धार्मिकतालाई प्रयोग गरेर धर्मको तेजोवध गर्ने, धर्म र धर्मिक्ताका नाममा व्यक्तिगत सुखसुविधा जोड्ने, आफुलाई महान् सन्त, महापुरुष, गुरू देखाएर काम, दाम र नाम कमाउनेहरू धर्मध्वज हुन् | महाराज पृथुले यज्ञ गर्दा इन्द्रले सन्तको वेश धारण गरेर घोडा चोरेका थिए | यहाँ इन्द्रका लागि "धर्मध्वज र पाखण्डी" शब्दको प्रयोग भएको छ | आफ्ना पाप लुकाउन वा अरूको भलो रोक्न धर्मको आडम्वर गर्नेहरू धर्मध्वज हुन् | मैले उल्लेख गर्नु नपर्ला कि सबैजसो पुराणहरूले कलियुगमा ऋषिमुनि, सन्तको होइन धर्मध्वजहरूको रजगज हुने भविष्यवाणी गरेका नै छन् |
अन्तिम कुरा एत्ति हो कि धार्मिक व्यापारी, पाखण्डी तथा धर्मध्वजसंग जोगिएर गुरू बनाउनु पर्छ | गुरू साधनाहीन र भोगी छ भने शिष्यमा तेही दुर्गुण सर्छन् र नर्कको भागी बन्नुपर्छ | गुरू अनिवार्य छ तर धर्मध्वज र पाखण्डी अस्वीकार्य हुनुपर्छ |
स्वस्तिअस्तु
Friday, December 16, 2022
(१) ब्राह्मणवाद के हो ?
(१) ब्राह्मणवाद के हो ?
ब्राह्मण र वाद यी दुई शब्द मिलाएर ब्राह्मणवाद कल्पना गरिएको छ | सबैभन्दा पहिले अंग्रेजीमा Brahmanism शब्दको प्रयोग विलियम जोइन (सन् १७४७-१९१०) ले एशियाटिक सोसाईटीले प्रकाशित गरेको भारतवर्षको इतिहासमा गरेका थिए | उनले ब्राह्मण-समुदायको रहन-सहन, आहार-व्यबहार, सामाजिक, धार्मिक तथा सांस्कृतिक प्रभावआदिलाई प्रकट गर्न यो शब्दको प्रयोग गरेका थिए | पछि, इलियाह, अम्बेदकरआदिले ब्राह्मण समुदायको सामाजिक तथा सांस्कृतिक व्यबहारको नकारात्मक प्रतिमान निर्माण गर्न प्रयोग गर्न थाले | भारतीयहरूले सन् १९२७ पछि छुवाछुतवादी, अहङ्कारी, शोषक तथा विभेदकारी शक्ति र समुदायका रूपमा ब्राह्मण समुदायको तेजोबध गर्न व्यापक प्रयोग हुन थाल्यो | खासगरी घृणावादी डा. अम्बेदकर र तिनका अनुयायीहरू, इसाई बनेका पूर्व हिन्दूहरू र वर्णाश्रम त्यागेर इसाई बनेका र इसाई-इस्लामलाई फैलाउने अभियानमा लागेकाहरूले पनि "ब्राह्मणवाद" भन्दै सनातन हिन्दू, बौद्ध, जैन समुदायप्रति घृणा फैलाउने साधनका रूपमा प्रयोग गर्न थाले | आज नेपाल र भारतका इसाई, मुस्लिम तथा अम्बेडकरवादीहरूले "ब्राह्मणवाद" शब्दको प्रयोग हिन्दू धर्म, संस्कृति, परम्परा तथा वर्णाश्रम व्यबस्थाको आलोचना गर्न प्रयोग गरिरहेका छन् |(२) ब्राह्मणवादी को हुन् ?
असलमा ब्राहमणवाद जस्तो कुनै दार्शनिक वा सांस्कृतिक विचारधाराको यो विश्वमा कुनै अस्तित्व छैन | वैदिक शास्त्रीय अभिमतका अनुसार जसले ब्रह्म अर्थात् परमसत्यको साक्षात्कार गरेको छ त्यही ब्राह्मण हो | ब्रह्मलाई जान्ने नै ब्राह्मण हुन्छ | आश्रमव्यबस्था र वर्ण व्यबस्थाको आधारमा हेर्ने हो भने ब्राह्मण त्यो समुदाय हो जसले "विद्या, शिक्षा, दीक्षा"आदिलाई आफ्नो पेशा बनाएर समाजलाई शिक्षित गर्न सहयोग गर्छ | ब्राह्मणवादजस्तो कुनै वाद हुँदैन तर यदि यी डलरेहरूको कुरालाई उधारो लिने हो भने जसले अध्ययन-अध्यापन, दान दिने र लिने, यज्ञ गर्ने र गराउने गर्छन् ती ब्राह्मण हुन् जसले वर्णाश्रम व्यबस्था र सनातन धर्मका मौलिक मान्यताहरूलाई जीवनको अभिन्न अङ्ग बनाएका हुन्छन् ती ब्राह्मण हुन् र जसले यी मान्यताहरूलाई समर्थन जनाउँछन् ती सबै ब्राह्मणवादी हुन् | ब्राह्मण पनि दुई प्रकारका हुन्छन् -जाति ब्राह्मण र आप्त ब्राह्मण | जाति-ब्राह्मणहरूले कर्मकाण्डआदि सामाजिक, सांस्कृतिक तथा धार्मिक दायित्व पूरा गरिरहेका हुन्छन् भने आप्त-ब्राह्मणहरूले आफ्नो समय लोककल्याण र साधनामा व्यतीत गर्ने गर्छन् | आप्त-ब्राह्मण जुनसुकै वर्णका व्यक्तिले उच्चसाधना गरेर प्राप्त गर्न सक्छ |
(३) के ब्राह्मणवाद दलितवाद विरोधी प्रतिमान हो ?
पहिलो कुरा त ब्राह्मणवादजस्तो कुनै पनि दार्शनिक विचारधारा विश्वको कुनै पनि कुनामा छैन | तेसरी नै दलितवाद पनि विश्वमा छैन | वैदिक धर्म, संस्कृति तथा परम्परासंग शत्रुतापूर्ण व्यबहार गर्नेहरूले "ब्राह्मणवाद र दलितवाद" शब्दको आविष्कार गरेका हुन् | शिक्षादीक्षाको दायित्व लिएकाहरू ब्राह्मण, रक्षाको दायित्व लिनेहरू क्षत्री, व्यापार र व्यबस्थापनको जिम्मालिनेहरू वैश्य र सेवाको दायित्व लिनेहरू शूद्र भनिएका हुन् | यहाँ छुवाछुत पर्दैन | यी चारैवर्णहरू समानतहका हुन् तर कार्य (पेशा) भने आ-आफ्नै छन् | कालान्तरमा यी रूढ बनेर छुवाछुतको अवस्था सृजना भएको हो | दुर्भाग्यवस, सेवाको पेशा भएका शूद्रहरूलाई अछूतको व्यबहार गर्न थालियो र आज पनि समाजमा यो प्रचलित छ | केही सनातन धर्मसंग गहिरो शत्रूता भएका धूर्तहरूले सामाजिक, सांस्कृतिक तथा धार्मिक रितिरिवाजबाट छुवाछुतलाई समाप्त पार्नेतिर रचनात्मक सहयोगी काम गर्नुभन्दा पनि छुवाछुतमा परेका समुदायलाई सनातन धर्मसंग घृणा गर्ने इसाई वा मुस्लिममा कन्भर्ट गर्नेतिर लागे | ब्राह्मणहरूलाई दोष दिंदै "दलितवाद"लाई संस्थागत गरे | फलत: वर्णाश्रम त्यागेर इसाई वा मुस्लिम बनेकाले पनि आफुलाई "दलित"का रूपमा चिनाउने गरेका छन् | यही समस्या अम्बेदकरक घृणावादी अनुयायीहरूसंग छ | यसरी न ब्राह्मणवादको अस्तित्व छ न दलितवादको नै | ब्राह्मण र शूद्रहरू बंशियार र अंशियार भएकोले एकअर्काका पुरक हुन् | सभ्यसमाजले ब्राह्मणवाद वा दलितवादको कुरा नगरेर समान अवसर र छुवाछुत निवारणका उपायहरूको कार्यान्वयनमा लाग्नुपर्छ |
(४) केही राजनैतिकदलका नेताहरू, केही स्वयंभू दलित नेताहरू र धर्मपरिवर्तन गराउने उद्देश्यले दलित-समुदायसंग सहानुभूतिको नाटक गर्ने षड्यन्त्रकारी र हिन्दू धर्मसंग शत्रूता गर्ने संघसंस्थाहरूले "ब्राह्मणवाद" शब्दको निकै प्रयोग गर्छन् | पछिल्लो समयमा भारतीय दलित नेता ठानिएका अम्वेडकरका अनुयायीहरूले ब्राह्मणवादको निकै ठूलो स्वरमा चर्चा गर्छन् | नेपालमा पनि मङ्गोल ओर्गनाईजेसनजस्ता केही समूहले "ब्राह्मण-समुदायको" आलोचना गर्न ब्राह्मणवादकै उपयोग गरिरहेका छन् | हजारौं वर्षको समाजलाई लक्षित गरिएर रचना गरिएका मनुस्मृतिजस्ता ग्रन्थहरूको आलोचना गर्ने र "वर्णाश्रम"मा विश्वास गर्ने समुदायलाई "शरणार्थी" भन्दै उच्छितो काट्नेहरू पनि यिनै हुन् | अहिले ब्राह्मणवाद शब्दको बढी प्रयोगकर्ताहरू "सामाजिक, सांस्कृतिक तथा धार्मिक विखण्डन"का पक्षमा देखिन्छन् | यहींबाट बुझ्नुपर्छ कि एउटा समुदायका विरुद्ध घृणाभाव फैलाएर कस्को हित गर्न खोजिंदै छ ? के एउटा एउटा ब्राह्मणले आफुले परम्परागत रूपमा अंगिकार गर्दै आएको पेशाका लागि गालीगलौज गर्न उचित छ ? इतिहासलाई गालीगलौज गर्नेहरू प्रायोजित हुन् भने इतिहासका गलत रितिरिवाजहरूमा गर्व गर्नेहरू पछौटे हुन् र जसले इतिहासका गल्तीहरूको सजाय वर्तमान समाजलाई दिन चाहन्छन् ती सबै षड्यन्त्रकारी तथा विखण्डनकारीका मतियार हुन् |
(५) देशमा १६% जनसंख्याको प्रतिनिधित्व ब्राह्मण समुदायले गरेको छ | देशका अन्य समुदायझैं यी समुदायको पनि बास्तविक अस्तित्व छ | यदि कसैले "म ब्राह्मण हुँ" भन्छ भने उसले नेपालको संबिधानले दिएको सार्वभौम अधिकार प्रयोग गरिरहेको छ | संविधानले नै देशलाई विविध जातजाति, समुदाय, भाषाआदिले सुसज्जित रहेको भनेर यो सबैको ग्यारेन्टी दिएको छ | छुवाछुतप्रति मन दुखाउनु, छुवाछुतजस्तो सामाजिक, सांस्कृतिक तथा धार्मिक कू-प्रथा समाप्त पार्न सक्रिय हुनु स्वभाविक मात्र होइन नागरिकहरूको कर्तव्य पनि हो र यो कर्तव्यको स्थापना संबिधानले नै गरेको छ | संविधानले जातियताका आधारमा गरिने छुवाछुतलाई दण्डनीय अपराध मानेको छ | एति हुँदाहुँदै पनि समाजमा छुवाछुत उन्मुलन भएको छैन | नेपाली संविधानले छुवाछुत उन्मुलनका लागि बलियो व्यबस्था गरेकै छ | एतिबिध्न हुँदाहुँदै पनि यदि कुनै समुदाय, व्यक्ति वा दलले "ब्राह्मणवाद"का नाममा देशका १६% जनसंख्याको अपमान गर्छ, दलन गर्छ, तेजोवध गर्छ भने उसले पनि जातीय अपमान:को मुद्दाको भागीदार बन्नुपर्छ | "ब्राह्मण" राज्यले दिएको चिनारी हो तर छुवाछुत चिनारी होइन अपराध हो | ब्राह्मणवादका नाममा ब्राहमण समुदायका विरुद्ध वा सम्पूर्ण वर्णाश्रम विरुद्ध "शरणार्थी, विभेदकारी"को बिल्ला भिराउनेहरू अर्को "विभेदको विउ" रोप्नेहरूका मतियार हुन् भन्न मिल्छ कि मिल्दैन ?
(६) "ब्राहमणवाद" कुनै वाद होइन | यो शब्दका आविष्कारकहरूले सामाजिक, सांस्कृतिक, धार्मिक तथा शैक्षिकरूपमा जागरुक र अरू समुदायलाई समेत जागरुक बनाउने प्रयत्न गरिरहेका सनातनिहरूमा हीनताबोध जगाएर, कमजोर तुल्याउने र धर्मपरिवर्तन गराउने षड्यन्त्र हो | ब्राह्मणवाद, दलितवादजस्ता शब्दहरू र यी शब्दका माध्यमबाट लक्षित अर्थ भ्रमपूर्ण, विखण्डनकारी र पुन: विभाजनकारी भएकोले सजग रहनुपर्छ | अन्यायमा पारेकाले न्याय प्राप्त गर्नुपर्छ तर एस्तो न्याय प्राप्त गर्दा अर्को समुदायलाई गालीगलौज गर्ने, अपमानित गर्ने छूट कसैलाई छैन, भ्रममा नपरौं, भ्रममा नपारौं |
Thursday, November 3, 2022
कामको काम लाग्ने कुरा -1
कामका धेरै अर्थ छन् | ती अर्थ मध्ये कामका (सेक्स) एउटा हो | काम कथाहरू प्राचीनकालदेखि नै रुचिका विषय हुन् | वेद, उपनिषद्, पुराण, अन्य साहित्यहरूका कामका थुप्रै प्रसंग छन् | वैदिक संस्कृतिमा भगवान् शिवले नन्दीश्वरसंग "कामशास्त्र"को व्यापक चर्चा गरेका छन् | अर्को शब्दमा प्राचीन वैदिक गुरुकुलहरूले कामशास्त्रको पठनपाठन गराउँथे | सामान्यतया आठ वर्षको उमेरदेखि पचीसवर्ष गुरुकुलमा अध्ययन गर्ने विद्यार्थीले कामशास्त्र पनि पढ्नु पर्थ्यो | आजको भाषामा भन्नुपर्दा प्राचीन भारतवर्षमा गृहस्थ जीवनका लागि यौनशिक्षा अनिवार्य झैं थियो |
Saturday, October 29, 2022
अब्राहमिक-प्रजातन्त्रवाद
१. यो दशैंको मौसममा एउटा राजनैतिक दलका शिर्ष नेताले "आदिवासी महिषासुरलाई बाहुनक्षेत्रीहरूले दुर्गा नामकी सुन्दरी वेश्या प्रयोग गरेर हत्या गराएको र तेसै हत्याको खुसीमा आरम्भ गरिएको दशैं पर्व" भनि आफ्नो फेसबुकमा लेखेको र तेसको समर्थनमा लाइक तथा कमेन्ट गर्नेको जमात देखेर अचम्म लाग्यो | हरेक वर्ष दशैँको माहोलमा आउने यस्ता बक्तव्यहरूले एकातिर महिलाहरूको अस्मिताउपर प्रहार गरेको छ भने अर्कोतिर नेपाल र नेपालीको अपमान गरेको छ | देशको नेतृत्व गर्छु भनेर राजनीति गर्ने एउटा पार्टीका आधिकारिक नेताले देशका ९०% जनताले बडो श्रद्धा र विश्वास गर्ने, आराधना गर्ने तथा मान्ने देवीदेउताका विषयमा एस्तो अभद्र टिप्पणी गर्नेले नेपालको राजनैतिक नेतृत्व प्राप्त गर्न सक्ला त ? अर्कोतिर के नेपाली जनताले एस्तो सिद्धान्तमा विश्वास गरेर जिताउलान् त ? सर्वसाधारणले पनि बुझ्ने तत्थ्य के हो भने एस्तो राजनैतिक दल स्थापित गर्ने नेतृत्वले सत्ता प्राप्तिको लागि होइन केवल "चर्चामा रहिरहन वा नेपालको मौलिक धर्म, संस्कृति तथा परम्परासंग घृणा गर्ने, गराउने र एकआपसमा सङ्घर्षमा उतार्ने प्रयोजनका लागि प्रयोग गरिएका छन्" भन्ने बुझ्न असजिलो हुँदैन | अर्कोतिर के महिलाहरूका लागि वेश्या हुनु वा वेश्यावृत्तिमा रहनु खुशीको कुरा हो र ? मातृशक्ति र १ खरव जनसंख्यालाई प्रतिनिधित्व गर्ने सभ्यताउपर एस्तो प्रहार गर्ने आँट कहाँबाट आएको होला ? यो एउटा उदाहरणमात्र हो, यस्ता पात्रहरू थोरै भए पनि समाजमा फैलिंदै छन् |
राजनैतिक दर्शनमा स्वको चेतना
१. पश्चिमाहरूले प्लेटोको "रिपब्लिक"लाई प्रजातन्त्रको पहिलो दस्ताबेज ठान्छन् | रिपब्लिक लेखिनु भन्दा तीन हजार पहिला ऋग्वेदले स्वराज्य, वैराज्यआदि सात प्रकारका राष्ट्रसंचालनका व्यबस्थाहरू अभ्यास गरिसकेको थियो | सत्य के हो भने नेपाली राजनैतिक अभ्यासमा लोकतन्त्र, समाजवाद, गणतन्त्र, लोकतान्त्रिक गणतन्त्र (२०७२ को संविधानले गणतन्त्र, लोकतन्त्र र प्रजातन्त्र, समाजवाद तिनैलाई फ्युजन गरेर) बनाएको नया शब्द हो जुन नेपालको आफ्नो मौलिक होइन |
द्वैताद्वैत, निम्बार्क र वेदान्त दशश्लोकी
द्वैताद्वैत, निम्बार्क र वेदान्त दशश्लोकी निम्बार्क उपासना नियमानन्द शान्ति र साधनाप्रिय ब्राह्मण थिए | उनले पढेको गुरुकुलमा गुरूले "...
-
चारवैष्णव सम्प्रदाय सक्षिप्त परिचय भविष्य महापुराणमा चार आधिकारिक वैष्णव सम्प्रदायहरूको वर्णन भएको छ | वैष्णवको अर्थ विष्णु समबन्धि उपा...
-
प्रथम नेपाली दार्शनिक महर्षि कपि ल महर्षि कपिलको जन्म ब्रहमपुत्र कर्दम र देवहुतिबाट नेपालको कपिलवस्तुमा भएको हो | श्रीमद्भागवतमा कपिल जन...
-
द्वैताद्वैत, निम्बार्क र वेदान्त दशश्लोकी निम्बार्क उपासना नियमानन्द शान्ति र साधनाप्रिय ब्राह्मण थिए | उनले पढेको गुरुकुलमा गुरूले "...
