Saturday, October 29, 2022

मानसिक स्वास्थ्य अर्थात् चित्त-शुद्धि

१. आज विश्व मानसिक स्वास्थ्य दिवस हो | नेपाली र भारतीयहरूलले "विश्व मानसिक दिवसको हार्दिक शुभकामना" भन्दै संदेश प्रवाहित गरिरहेका छन् | मैले आफैसंग प्रश्न गरें - के मानसिक दिवसका अवसरमा शुभकामना दिनु उचित हो ? उत्तर आ-आफ्नै हुन्छन् | मनोबैज्ञानिक र मनोचिकित्सकका लागि आजको दिन आफ्ना अनुसन्धानहरू, कार्यहरू तथा योजनाहरू प्रस्तुत गर्ने दिन हुनसक्छ तर मानसिक रोगीहरूका लागि महोत्सवको विषय हुनैसक्दैन | हो, मानसिक रोग प्रतिको संचेतना बढ्दै जाँदा समाजमा रहेका मानसिक समस्याहरूको पहिचान सहज हुन्छ र सेवा उपलब्ध हुन्छ | नेपालजस्तो देशमा यो सजिलो छैन |

२. मानसिक स्वास्थ्य भन्नाले "मानसिक, शारीरिक, सामाजिक तथा आध्यात्मिक अवस्थाको सन्तुलन" भनेर बुझ्न विश्व स्वास्थ्य संस्थाले आग्रह गरेको छ | जव कुनै व्यक्तिमा यी उपरोक्त स्वास्थ्यहरू मध्ये एउटामा समस्या देखा पर्छ, अन्य तीनबाट स्वास्थ्यका सूचकहरू स्वत: प्रभावित हुन थाल्छन् | वैदिक शास्त्रहरूले विश्व स्वस्थ्य संस्थाले "होलेस्टिक हेल्थ" भनेको यो आधुनिक मानसिक स्वास्थ्यको परिभाषालाई "तापत्रय" आधिभौतिक, आधिदैविक र आध्यात्मिक स्वास्थ्य भनेर बुझाएको थियो | भौतिकभित्र शरीरक स्वास्थ्य समस्याहरू, आधिदैविकभित्र सामाजिक, सांस्कृतिक, मानवीय भावनात्मक समस्याहरू र आध्यात्मिक भित्र अहम् अर्थात् स्वअस्तित्व आत्मगत समस्याहरूको समग्रता बुझ्ने प्रयत्न गरिएको छ | यहाँ "ताप" शब्दलाई मानसिकअर्थमा पश्चाताप भनेर बुझ्नुपर्छ, भौतिक अर्थमा शारीरिक सन्ताप र भनेर बुझ्नुपर्छ भने आध्यात्मिक अर्थमा "ताप"का रूपमा बुझ्नुपर्छ |
३. भौतिक विज्ञानले आफ्नो विकाससंगै मानसिक स्वास्थ्यमा पनि नकारात्मक समस्याहरू थपिदिएको छ | विज्ञानको चमत्कारिक विकासले मान्छेमा भौतिक सुख प्राप्त गर्ने "महत्वाकांक्षी" मनको विकास भएको छ | तर विज्ञान महङ्गो हो | सबैका लागि त्यो सुलभ छैन | पैसोको जोहो गर्न नसक्नेहरूले विज्ञानबाट लाभान्वित हुन सक्दैनन् | विश्वको हरेक वस्तु "क्यापिटल"मा रुपान्तरित भएको छ | आजको मान्छेको जन्म, मृत्यु, जीवनकाल र बुढ्यौली समेत "पैसो"को विषय बनेको छ | यदि तपाईंसंग पैसो छैन भने बाँच्ने र जिउने अधिकार रहन्न | तपाईं यदि जीवित हुनुहुन्छ तेसको अर्थ हो तपाईंका लागि कसैले (ट्याक्स) खर्च गरिरहेको छ | यस्तो अवस्थामा "आर्थिक असुरक्षा"ले मानिसमा मानसिक समस्या बढाउँछ | विश्व "क्यापिटल"जन्य मानसिक रोगले पिडित छ |
४. "क्यापिटल" विश्वको मानव-समाजलाई क्यापिटलमा रुपान्तरित गर्ने अपराध को-कसले गरेका हुन् ? मनोबैज्ञानिकहरूले खोज गरूँन् तर पाश्चात्य शिक्षा दीक्षाबाट विकसित भएका "साइकोलोजिस्ट"हरूले माथिल्लो हरफलाई बुझेर न्याय गर्ने छन् ? सजिलो छैन | यिनको कुनै दोष छैन किनभने क्यापिटलको एउटा अङ्ग बनिसकेको हाम्रो "मानसिक व्यबस्था"मा क्यापिटल वाहिर गएर बुझ्ने कुनै अवस्था नै छैन | हरहमेशा "क्यापिटल"प्राप्तिलाई मात्र सफलता ठान्ने "मानसिक तन्त्र"मा मानसिक स्वास्थ्यका अनेकौं समस्याहरू देखिनु स्वाभाविक ठान्छु | जतिजति मान्छेको सफलता भनेकै "क्यापिटल प्राप्ति" हो भन्ने प्रतिमान स्थापित हुँदैजान्छ, मान्छेमा मानसिक समस्याहरू पनि बढ्दै जान्छ | क्यापिटल प्राप्त गरेकाहरू अधिकतम भौतिक वस्तुहरूबाट सुख प्राप्त गर्ने लिगलिगे दौडका कारण मानसिक सन्तापले भरिन्छन् भने "क्यापिटल" प्राप्त गर्न नसक्नेहरू यसैलाई असफलता मानेर मानसिक रूपमा पश्चाताप ग्रस्त हुन्छन् | अहिलेको विश्व यसरी नै दौडीरहेको छ |
५. यो वर्ष "सबैको लागि मानसिक स्वास्थ्य" भन्ने नारा तोकिएको छ | सुन्दा राम्रो लागे पनि युक्रेन-रसीया युद्ध चलिरहेको छ | कोरोनाबाट मान्छेहरू राम्ररी तंग्रिन पाएको छैन समाज तर एस्तो अवस्थामा "सबैको लागि मानसिक स्वास्थ्य" एउटा अत्यन्त महत्वाकांक्षी नारा हुन्छ | युक्रेनको युद्ध होस् वा कोरोनाको कहर अमेरिकी र युरोपेली औषधि तथा हतियार कम्पनीहरूको भाउ बढेको छ | अर्कोतिर अमेरिकाले डलरमा व्याज थपेर विश्वैकतहको "क्यापिटल"लाई महँगो बनाएको छ | हामी नेपाली कै सवालमा कुरा गर्ने हो भने गतवर्षको तुलनामा हरेक नेपालीको घरमा ३०-३४% महंगी बढेको छ | कुरा फेरी पनि "क्यापिटल"कै हो | राज्यको ढुकुटीमा जानेका राजनैतिक नेतृत्व र जनताको गोजीबाट महंगाईको भरपाई गर्ने व्यापारीहरूको "मानसिक स्वास्थ्य"मा कुनै असर नपर्ला तर आम नेपालीका लागि "सबैका लागि मानसिक स्वास्थ्य" टाढाको फल आँखातरी मर" झैं भएको छ |
६. असलमा मानसिक स्वास्थ्य शब्द र यसले प्रदान गर्ने निकास नै अपूर्ण छ | मन चित्तको एउटा अंशमात्र हो | "चित्त"को निर्माणमा शारीरिक, मानसिक, सामाजिक, सांस्कृतिक र आध्यात्मिक सबै प्रकारका भोगाईको योगदान हुन्छ | मनले मन अर्थात् माइन्ड शब्दले केवल भावनात्मक र बौद्धिक क्रियालाई प्रतिनिधित्व गर्छ तर चित्तभित्र शारीरिक, मानसिक तथा आध्यात्मिकतहका क्रियात्मक पक्ष समेत समेटिएका हुन्छन् | तेसैले सम्पूर्ण मानसिक स्वास्थ्य (स्वस्थचित्त) प्राप्तिका लागि चित्त-शुद्धिको आवश्यकता पर्छ | चित्त-शुद्धि त्यो क्रिया वा सैद्धान्तिक अवधारणा जसले भौतिक (शरीर) दैविक (मानसिक) तथा आध्यात्मिक (अस्तित्व) सम्बन्धि समस्याहरू समाधान भएपछि प्राप्त हुन्छ | चित्त-शुद्धि अन्तर्गत काम, क्रोध, लोभ, मोह, ममताआदिको संयमित उपयोगको अभ्यास गराइन्छ |
७. चित्त-शुद्धिको अबधारणाले भन्छ - मान्छेले प्रकृतिसंग बढी समन्वय गर्दै जीवनयात्रा गर्नुपर्छ | सुख, सन्तोष, आनन्द तथा पूर्णता जीवनको लागि अनिवार्य लक्ष हुनुपर्छ तर यी लक्षहरू केवल भौतिक वस्तुले प्राप्त मानसिक सन्तुष्टिबाट प्राप्त हुन्छ भनेर सोच्नु पूर्वाग्रह हो | आधुनिक साइकोलोजीले यो तत्थ्य बल्ल बुझ्न आरम्भ गरेको छ | ऋषि शुकदेवले भनेका छन् "इन्द्रीयहरूलाई जतिधेरै विषयसुखको भोगी बनायो, ती त्यतिनै नयाँ सुखको लागि व्याकुल हुने छन् | चित्त-शुद्धिको पहिलो पाइला इन्द्रियहरूलाई नियमित गर्नबाट आरम्भ हुन्छ | इन्द्रीयहरूको चाहनाहरूलाई नियमित गर्नुको अर्थ हो उपलब्ध संसाधनहरूभित्र रहेर अर्थात् आत्मनियन्त्रित भएर उपलब्ध साधनबाट अधिकतम सन्तोष प्राप्त गर्नु | दुर्भाग्यवस, आजको मनोविज्ञानले चित्तलाई पनि "क्यापिटल"जस्तै व्यबहार गर्छ |
८. चित्त-शुद्ध भएपछि चित्त शान्त हुन्छ | चित्त प्रसन्न हुन्छ | चित्त दुख्न, बल्न, घुम्न छोड्छ | एउटा कुरा पक्का हो "क्यापिटल"को एउटा मोहरा बनाउने आधुनिक शिक्षा प्रणालीमा चुर्लुम्म डुबेको हामीजस्तो मनुवाले यो तत्थ्य बुझ्न सक्दैनौं किनभने क्यापिटलले "आमाको प्रेम, बहिनिको माया, श्रीमतीको सहृदयीपन र साथीभाईको मिठासमा समेत "कम्पिटिशन" र स्वार्थ देख्छ | हो, निस्वार्थ त्यति सजिलो छैन तर स्वार्थको मात्र न्यून बनाउने कामचाहिं चित्त-शुद्धिको क्रियाले गर्न सक्छ | एक पटक आफूतिर फर्केर मूल्यांकन गरौँ - के आजको तमाम मानसिक तनाव, चिन्ता, डर, उदासीपनजस्ता मानसिक अवस्थाहरू हाम्रो स्वार्थ र तेसको आपूर्तिमा हामीले आर्जन गर्ने "क्यापिटल"को हात छैन त ? अवश्य छ |
९. जवसम्म हामीले स-सानो उपलब्धिमा वा यथास्थितिको अवसरलाई प्रसन्नता र खुसीका रूपमा अंगिकार गर्दैनौं, मानसिक स्वास्थ्य पनि कसैको क्यापिटल प्राप्त गर्ने एउटा मार्केटिंग विधि बाहेक केही हुने छैन | हामी प्रसन्न रहनका लागि आफ्नो मौलिक संस्कृति, सभ्यता तथा चालचलनमा रम्न सक्नु पर्छ | ससानो खुसीका अवसरहरूलाई खुशी हुने उत्सव बनाउन सक्नुपर्छ भने उपलब्ध साधनहरूलाई प्रयोग गरेर अधिकतम शारीरिक सन्तोषको बाटोमा हिड्नु पर्छ | क्यापिटल आजको आवश्यकता हो, सबैलाई चाहिन्छ तर आमाको माया, बाबुको प्रेम, साथीको न्यानोपन तथा मायालुको मायालाई समेत "क्यापिटल"मा रुपान्तरित गर्ने संस्कारले हामी खुसी हुनै सक्दैनौं | तेसैले चित्त शुद्धिको अभ्यास गरौँ, चित्त खुसी भयो भने हामी सबैको चित्त बुझ्छ | चित्त बुझ्नुको अर्थ हो - हामी शारीरिक, मानसिक, सामाजिक तथा आध्यात्मिक रूपमा स्वस्थ छौँ | मनोचिकित्सक प्राडा Ajay Risal रिसालले गीता पढेर बुझेको मानसिक स्वास्थ्य पनि यही हो भन्ने मैले अनुमान गरेको छु |
-हामी सबैको भलो होस् (स्वस्तिअस्तु)

जातिको अर्थ

जातिको अर्थ जन्म लिने वाला प्राणी भन्ने बुझ्नुपर्छ | जाति पशुपक्षी सबैको हुन्छ | जाति नभएको कोही पनि हुँदैन | यहाँको समस्या जाति होइन होच्याउनु (छुवाछुत) हो | अमेरिकामा पनि जाति छन् | कमसल काम गर्ने जुनसुकै मान्छे होच्याइन्छ | अपराध गर्नेलाई कानुनले अपराधी नै भन्छ | हाम्रो समाजमा छुवाछुत छ हुनुहुँदैन तर हाम्रो समाज गतिशील छ र हामी अगाडी आएर छुवाछुत मेटाउन लागि परेका छौँ | विगत ४० वर्षमा हाम्रो समाजले ५०% परिवर्तन गरेको छ तेसो गर्नेमा तपाईं हामी सबै छौँ | यहुदीहरूको जातीय सफाया गर्ने कुनै हिन्दू वा बौद्ध थिएनन् |

निम्न मानिएको वर्णहरूले पनि तोकिएको साधना गरेर माथिल्लो वर्ण प्राप्त गर्न सक्ने व्यबस्था हाम्रो संस्कृतिमा रहेछ | एतिमात्र होइन वैष्णवहरूले "दास" उपाधि धारण गरेर (शर्मा, बर्मा, गुप्त र दास) सेवानै जीवनको सर्वोत्तम अर्थ हो भन्ने संदेश दिए | भगवानमा पूर्ण समर्पित भएका वैष्णवहरूले आज आज पनि आफुलाई "दासानुदास" नै भन्छन् | यतातिर पनि हामीले ध्यान दिनुपर्छ | ब्राहमणले "दास" पदवी ग्रहण गरेको र शूद्रले ब्राह्मण पदवी प्राप्त गरेका उदाहरण शास्त्रहरूमा प्रसस्त छन् |
साधना गर्ने ब्राहमण पनि बन्न सक्छ तर साधना नगर्ने शूद्रमा खस्न सक्छ | हिन्दू-समाज यहुदी, इसाई मुस्लिमजस्तो जडवादी छैन | अमेरिकी वा युरोपेली संस्कृतिसंग तुलना गरेर उनीहरूको संस्कृति बौद्धहिन्दूहरूमा थोपर्न खोज्नु सरासर गलत हुन्छ | राम्रो कुरा विश्वको जुनकुनाबाट ल्याए पनि हुन्छ तर आफ्ना असल कुराहरूको वेवास्ता गर्न मिल्दैन |
अत: जाति प्राकृतिक हुन्छ र वर्ण आर्जित हुन्छ | तेसैले धेरै शास्त्रहरूले असल कर्म गर्ने व्यक्तिले अर्को जन्ममा ऊच्चजातिमा जन्म प्राप्त गर्छ र कमसल कर्म गर्नेले पशु, पक्षीआदि जातिमा समेत जन्म प्राप्त गर्छ भनिएको छ |

हामी मान्छे किन ?

मान्छेको जीवन सबैभन्दा महत्वपूर्ण छ तर यसको उपयोग ठीकठीक तवरले गर्न जान्नुपर्छ | शास्त्रहरू भन्छन् - मृत्यु हुँदा आफुसंग पाप र पुण्य वाहेक केही जाँदैन | तेसैले हरेक व्यक्तिले जीवन हुँदै परोपकार गर्नुपर्छ | विद्यालय, अस्पताल, पुस्तक प्रकाशन, जीवन जिउन सहयोग गर्दा ईश्वर खुसी हुन्छन् भने व्यक्ति स्वयंलाई पनि बडो खुसी हुन्छ | तपाईं कस्तो महलमा वस्नु हुन्छ ? तपाईं कस्तो खानु हुन्छ ? कोसंग उठवस गर्नुहुन्छ, यी सबै महत्वपूर्ण होलान् तर सबैभन्दा महत्वपूर्ण कुरा तपाईं जीवित रहँदै तपाईंलाई "उहाँ असल मान्छे हुनुहुन्छ" भनुन् र मृत्युपछि पनि "फलानो व्यक्तिले एस्तो महत्वपूर्ण काम गरेर सेवा पुर्यायो" भन्दै स्मरण गरूँन् | श्रीशुकदेव महाराज भन्नुहुन्छ "मान्छेले आफ्नो मृत्यु र मृत्युपछि आफ्नो जन्मसफल बनाउनका लागि शास्त्रले निर्देश गरेका असल कर्मतिर ध्यान दिनुपर्छ किनभने मृत्युपछि "फलानो को जीवन असफल रह्यो" कसैले पनि भन्न नपाउँन् | के गर्ने निर्णय तपाईंको आफ्नो हुनुपर्छ |

जीवन सरल र सहज लागे पनि आफ्नो हातमा छैन | विश्वका सबै घटनाहरू देवका अधिन छन् | भोलीको विश्वास वाहेक मान्छेसंग केही छैन | हामी सबै संसारको बन्धनमा छौँ र विभिन्न चर्तिकला गर्दै यसै संसारमा रमाउने प्रयत्न गरिरहेका छौँ | विश्वका धेरैजसो मान्छेले अर्थ र कामको प्राप्तिको लागि खुव प्रयत्न गर्छन् | यसैका लागि कसैसंग मित्रता र कसैसंग शत्रूता गर्छन् | एउटा लक्ष पूरा हुँदासाथ अर्को लक्ष आरम्भ गर्छौं | धर्म र मोक्षको प्राप्तिको लागि हामीसंग कुनै योजना छैन | जसले यी लक्षका विषयमा सचेत गराउँछ, उसलाई हामी "अन्धविश्वासी" भन्दै अविश्वास गर्छौं | शुकदेव महाराज भन्नुहुन्छ "पेट पर्ने, सन्तान उत्पादन गर्ने काम पशुले पनि गर्छन् | जसले मनुष्य भएर धर्मपूर्वक धन कमाउँछ, जसले त्यो धनको धर्म पूर्वक काममा प्रयोग गर्छ, उसले मोक्ष प्राप्त गर्छ अर्थात् जीवन सफल हुन्छ |

निरीह अहङ्कार

विश्वमा धेरै शक्तिशाली, धनवान्, रूपवती र प्रसिद्ध व्यक्तिहरू भए, छन् र भविष्यमा हुने छन् | यो संसारमा रावणजस्ता व्यक्तिहरूको सम्झना रहन्छ कि रामजस्ता सद्गुणी व्यक्तिको स्मृतिशेष रहन्छ | हामी रहे पनि नरहे पनि सृष्टिको क्रम रोकिने छैन | सृष्टिका नयानया स्वरूपहरू देखिने छन्, जुन अहिलेको विज्ञानले परिकल्पना नै गरेको छैन | वैदिक साहित्यहरूले अनन्त ब्रह्माण्ड र ती ब्रह्माण्डहरूमा पानीले निर्माण भएका, अग्नितत्वबाट निर्माण भएका, बायुतत्वबाट निर्माण भएका, आकाश अर्थात् पारदर्शी तत्वहरू र अहिलेको विज्ञानले कल्पना पनि नगरेका तत्वहरूबाट निर्मित जीव-जगतको उल्लेख गरेका छन् |

ती जीवहरू पृथ्वीको जीव भन्दा धेरै शक्तिशाली, धेरै आयुभएका, धेरै ज्ञान भएका तथा एक सेकेन्डमा एउटा ब्रह्माण्डबाट अर्को ब्रह्माण्डको यात्रा गर्न सक्ने र चिताएको कुरा गर्न सक्ने भन्ने उल्लेख गरेका छन् | श्रीमद्भागवतको दशौँ स्कन्धको १४ औं अध्यायमा सङ्क्षेपमा यी कुरा भनिएको छ | साथैम जतिसुकै शक्ति भए पनि, जतिसुकै धन भए पनि, जतिसुकै रूप भए पनि एक दिन ती नष्ट हुने हुँदा हरेक व्यक्तिका लागि ज्ञान, कर्म वा भक्तिको आश्रय लिएर भगवानको आराधना गर्नु पर्ने प्रावधान गरिएको छ |
हाम्रो अभिमानले ऋषिहरूका यी आदेश अन्धविश्वास देख्ला तर लाखौंवर्षको साधना र अनुभवले खारिएका ऋषिमुनिहरूका आदेशहरूको वेवास्ता गर्दा मृत्यु अत्यन्त दु:खमय हुनसक्छ | अहङ्कारले आफुउपर विजय प्राप्त गर्न सकिन्न भने अज्ञान वाहेक के प्राप्त होला र ? आजको संसारमा हिजोका कुनै पनि शक्तिशाली, रूपवान्, भाग्यमानी, धनवान्, विश्वप्रसिद्ध वा ज्ञानी कुनै पनि जीवित छैनन् | तिनको सम्झनामा मात्र छ | श्राद्ध गर्नेहरूलाई थाहा छ - पिता, पितामह (हजुर वा) प्रपितामह (जिजुहजुरवा) यी तीन पुस्ताको सम्झना गरिन्छ, तेस अगाडीका को नाम लिनु पर्ने व्यबस्था नै छैन |

खुसीको खेत -१

लारा र रानिकोट भन्ज्याङ

खुसी मनको अवस्था हो | खेत शब्द संस्कृतको क्षेत्रबाट अपभ्रस भएर बनेको हो | खुसी कस्तो खेतमा राम्ररी सप्रिन्छ ? उत्तर सजिलो छैन | तर जसले शरीरको तहमा खुसी खोजिरहेका छन्, तिनलाई खेतको ज्ञान छैन | सुख शरीरमा फल्छ | खुसी मनमा हुर्किन्छ | आनन्द आत्माको गहिराईमा सप्रिन्छ | शरीरले सुख चाहन्छ | मनले खुसी खोज्छ | आत्मा आनन्दमा रमाउँछ | तेसैले सुखको खेत शरीर हो, खुसीको खेत मन हो भने आनन्दको खेतचाहिं आत्मा हो |

२७ वर्षीय लारा अमेरिकामा हुर्किन, पढिन् | ठूलो अन्तराष्ट्रिय कम्पनिमा काम गर्छिन् | विश्वका धेरैजसो मुलुक घुमेकी छन् | विश्वका धेरै संस्कृतिका भोजनहरू र मान्छेसंग सङ्गत गरेकी छन् | तर उनको घुमाई, उनको अनुभव तथा महङ्गा होटलहरूको रहनसहनले न सुख मिल्यो न मनमा खुसीको संचार नै भयो | ठूलो जिम्मेवारीले सुखका साधनहरूको "लत" बढायो | जतिजति सुखका साधनहरू प्राप्त भए तेतितेतिनै सुख नपुग भएको अनुभव बढ्यो |
उनी प्रकृति देखि धेरै टाढा भइन् | आफन्तले उनको मन देख्न र पढ्न छोडे | सबैले उनको अप्राकृतिक जीवन दिने "डलर"लाई महत्व दिन थाले | उनको सुख उनका लागि नै उकुसमुकुसको कारण बन्न थाल्यो | शरीरले भौतिक सुखहरू प्राप्त गर्दा पनि मन "शान्त, संस्कृत र जीवन्त" भएन | विश्व सुन्दर देखिन छाड्यो | मान्छे रमाइला देखिन छाडे | आफु अप्राकृतिक (Artificial) जालोमा थुनिएको अनुभव हुन थाल्यो |
मानसिक खुसी खोज्दै होइन कामको सिलसिलामा उनी नेपालमा थिइन् | उपाध्यायसंग कामकै सिलसिलामामा भेट भयो | एउटा शनिवार काठमाडौँका भन्ज्याङ घुम्ने निधो भयो | विहानै भक्तपुरको डोलेश्वर हुँदै रानीकोट पुगियो | भन्ज्याङबाट खुलेका हिमालहरू, प्रकृतिमा घोलिएको काँचो माटोको सुगन्ध, गरिव तर सुसंस्कृत स्थानीयहरूको निर्दोष मुस्कान, प्राकृतिक फापरको खाना र कुनै पनि देखावटीपन रहित व्यबहार पाएर उनको मन तृप्त भयो | उनी जीवनमा तेस्रो पटक सबैभन्दा बढी खुसी भइन् |
मान्छे पनि अचम्मको प्राणी हो | उ ज्यादै दुखी हुँदा होस् वा खुसी हुँदा, यो पोख्न चाहन्छ | उसका आँखाबाट भल बनेर सुखदु:ख पोखिन्छ | उनी खुवै रोइन | यो रुवाईबाट बगेका आँसुका भलमा जताततै मानसिक खुसी पोखिएको थियो | उनी रानिकोट भन्ज्याङको "हाइल्याण्ड"मा पाँच दिन बिश्राम गरिन् | रानीकोटको जङ्गलमा प्रकृतिसंग रमिन् | विहानैको घामले उनको मनलाई उज्यालो पार्यो | बाघभैरवले उनका ग्रह शान्त पारे | भोटे-भोटेनीको निर्दोष मुस्क्यानबाट उनीले डलरवाहिर लुकेको खुसीलाई बुझ्न सकिन् |
नेपालका हरेक डाँडाकाँडा, भन्ज्याङ, पोखरी, पौवा, संस्कृति, भाषा, पहाड, हिमाल, तराई र मान्छेका बिचमा खुसीको खेती हुन्छ भनेर राम सुन्दर बंकेले न बोलेको भए मैले "सुखको खेत" नेपालका असंख्य भन्ज्याङहरूमा लटरम्म फालिरहेको खुसीलाई बुझ्न सक्ने थिइन | नपत्याई, नपत्याई रानीकोट पुगेकी लाराको मनबाट खुसी छल्किएर आँखाबाट बग्ने थिएन |
तेसैले नेपाल विश्वको एकमात्र एस्तो देश हो जहाँ प्राकृतिक रूपमा खुसीको खेती हुन्छ | वास खेतसम्म तिमीले हिंडेर जानुपर्छ | तिमीभित्र पनि लारा नै लुकेकी छन्, त्यो लाराको मनलाई एकैछिन् भए पनि खुसीको खेतमा पुर्याउने दायित्व तिमीले पुरा गर |
स्वस्तिअस्तु

रीसको कथा

रीस एउटा प्राकृतिक अवस्था हो जसले आत्मरक्षा गर्न सहयोग गर्छ तर धेरैजसो रिसको प्रयोग आफ्नो र अर्काको हानिनोक्सानी गर्न प्रयोग हुन्छ | रीसको प्राकृतिक अवस्था र व्यबस्थालाई नबुझ्दा सनकादि ऋषिहरू (जुन सधैं छ वर्षको उमेरका बालक झैं निर्दोष र सरल रहन्छन् र ब्रह्माजीका प्रथम मानसिक सन्तान र मानवका सबैभन्दा पुराना पूर्खा हुन्) भगवान विष्णुको दिव्य वैकुण्ठमा प्रवेश गर्ने क्रममा रीसको प्रभावमा परे |

आफ्नो पद र दायित्वअनुसार सबैको संम्मान गर्न सिक्नुपर्छ | जयविजय भगवानका द्वारे हुन् | वैकुण्ठमा केवल पापरहित भगवानका भक्तहरूको मात्र निर्वाध प्रवेश हुन्छ भन्ने बुझ्दाबुझ्दै पनि ऋषिहरूलाई नग्न-बालक ठानेर भगवानको दर्शनबाट रोक्नु जयविजयको अनुचित कार्य थियो भने भगवानक सर्वोत्तम भक्त भएर पनि सनकादि ऋषिले रीसले भरिएर जयविजयलाई राक्षस बन्ने शाप दिनु पनि उचित थिएन |
रीसको घटना भैसकेपछि जयविजय र सनकादि ऋषि दूवै पक्षले आफुले गरेको गल्ती स्वीकार गरेका छन् | यसको अर्थ हो रीसलाई ठीक तवरले बुझ्न सकिएन भने जस्तोसुकै व्यक्तिका लागि विध्वंसक हुन सक्छ | तेसैले रीसलाई सामान्य ठान्नु हुँदैन | रीसले सबैभन्दा पहिले आफैलाई नोक्सान गर्छ भने त्यसपछि अन्यलाई | रीसलाई व्यबस्थापन गर्ने सबैभन्दा उचित तरिका "रीस"को घटना घटिसकेपछि सम्बन्धित पक्षले आत्मालोचना गर्नुनै हो | जयविजय र सनकादि ऋषिहरूले यही गरेका छन् | यहाँ एउटा तत्थ्य प्रष्ट हुन्छ कि रीस एस्तो प्राकृतिक अवस्था हो जुन वैकुण्ठमा पनि संगै हुन सक्छ तेसैले "ममा क्रोध छैन" भन्ने भ्रम कसैले पनि नपाले हुन्छ |
स्वस्तिअस्तु

अनुचित सेक्सको कथा

श्रीमद्भागवतका अनुसार यौनजन्य क्रियाकलापका माध्यमबाट मान्छेको जन्म आरम्भ भएको ब्रह्माका मानसिक सन्तान मनु र सतरुपाबाट भएको हो | मनु र सतरूपा सृष्टिको पहिलो राजारानी र सेक्सका माध्यमबाट सन्तान जन्माउने पहिलो जोडी थिए | वैदिक संस्कृतिमा सृष्टिकार्यमा सङ्लग्न हुनु सबैभन्दा पवित्र कर्म हो, यज्ञ हो | यो कार्य विधिवत् विवाह गरेका दम्पतिका लागि स्वीकृत छ | अविवाहितका लागि स्त्री-पुरुषका लागि सेक्स बर्जित मानिएको छ किनभने वैदिक यज्ञको अधिकार विवाहित दम्पतिका लागि मात्र हुन्छ |

जसरी हामीले कुनै यज्ञ गर्दा विधिविधानको पालन गर्छौं त्यसरी नै यौन (सेक्स)को विधान भनेको भगवानको विधानको पालन गर्दै आफ्नो बंश अगाडी बढाउनु हो | श्रीमद्भागवतको तेस्रो स्कन्धमा यस्तै अनुचित सेक्सको कथा आउँछ जहाँ विवाहित पतिपत्नी नै भए पनि देवी दितीले ऋषि कश्यपसंग निलज्ज भएर साँझको बखतमा सेक्सको याचना गर्नुभयो | ऋषिले अनुचित समयमा सेक्सको चाहना नगर्न अनुरोध गर्दा पनि दितीले मान्नुभएन | पतिधर्मको पालन गर्दा ऋषि कश्यपले यौनजन्य क्रिया गर्नुभयो |
अनुचित सेक्समा इन्द्रले अहिल्यासंग रुचि लिए | प्रतिफलमा उनको शरीर योनि (Vagina)ले भरियो | अनुचित सेक्सको चाहना गर्दा परशुरामकी आमा रेणुकाको ज्यान गयो | यसैगरी अनुचित सेक्सको चाहनाले शक्तिशाली तर परमविद्वान रावणको ज्यान गयो भने विश्वका निर्माता ब्रह्माले आफ्नै छोरी सरस्वतीसंग सेक्सको इच्छा गर्दा शरीर नै त्याग्नु पर्यो | पुराणहरूमा यस्ता थुप्रै प्रसंगहरू छन् जहाँ अनुचित सेक्स-डिमाण्ड र कर्मले मान्छेमात्र होइन देवताहरू पनि मासिएका छन् | आज पनि अनुचित सेक्सले निम्त्याउने समस्याहरू कम भएका छैनन् | अबैध सेक्स-सम्बन्ध, अनैतिक सेक्स-सम्बन्ध, शास्त्र बर्जित सेक्स-सम्बन्धले समाज र व्यक्ति रुग्ण बनेको छ |
इन्द्रको शरीरमा हजारबटा योनिहरू उम्रिएको कथा आजको समाजमा निकै फलिभूत भएको छ | नितान्त सृष्टि प्रयोजनका लागि प्राकृतिक रूपमा मान्छेले प्राप्त गरेको "सेक्स"लाई मिडियाको विषय बनाइदिंदा यसले उमेर नपुगेका र उमेरले नेटोकाटेका र विधिपूर्वक विवाह गरेर सृष्टिकर्ममा लागेका व्यक्तिहरूमा पनि सेक्स-भावना वा चाहना असीमित भएको छ | व्यापारीहरूले नारी शरीर र पुरुष शरीरलाई योनि तथा लिंगका रूपमा छताछुल्ल बनाएर सेक्स-क्रियालाई मर्यादा वाहिर निकालेका छन् | फलत: सेक्स-क्रियाका लागि विधान गरिएका नियमहरू तोडिएका छन् | साथै, सेक्स-का लागि तय गरिएका नियमहरूलाई तोड्नेहरू (सहमतिका नाममा) सेलेब्रेटी बन्न थालेका छन् | यसरी पुरुष होस् वा स्त्री सबैको मनभित्र स्थायी रूपमा हजारबटा योनि र लिंगको चाहना उब्जिएको छ | यदि कानुन नहुने हो भने हरेक स्त्री र पुरुष बलात्कारीका रूपमा रुपान्तरित हुने अवस्था सृजित भएको छ |
अनुचित समयमा, अनुचित तवरले पतिपत्नीका विचको यौनजन्य क्रियाकलापलाई शास्त्रमे नगर्नु भनेको छ | यदि कसैले शास्त्रीय मर्यादा तोडेर शारीरिक सुखका लागि मात्र (अनुचित समय, परिवेश, अनुचित व्यक्तिसंग) सेक्स गर्छन् भने हिरण्यक्ष ( धनसम्पत्तिमा मरिमेट्ने आँखा भएको) सन्तान जन्मन सक्छ | आजभोलीका सन्तानहरू प्रायजसो धनसम्पतिका लागि सबै थोक छोड्न सक्ने हुन्छन्, बुवाआमाले पनि राम्रो कमाउने सन्तान चाहना गर्छन्, प्रेम गर्ने होइन |
सत्य तीतो हुन्छ, जसरी समाजमा शास्त्रले स्थापित गरेका मान्यताहरू वाहिर गएर (विवाह नगरी, स्वगोत्रमा विवाह, शास्त्रले हुँदैन भन्ने अवस्थामा यौनजन्य क्रिया गर्ने) को बर्चश्व बढ्दै जाँदा विश्वको सम्पति आफ्नो होस् भन्ने मानसिकता भएका सन्तानहरू बढ्न थालेका छन् | आफ्ना आमाबुवा, दिदीबहिनी, गुरू वा मानवसहित पृथ्वीसंग प्रेम गर्ने मनको अभाव हुँदैछ

द्वैताद्वैत, निम्बार्क र वेदान्त दशश्लोकी

द्वैताद्वैत, निम्बार्क र वेदान्त दशश्लोकी  निम्बार्क उपासना  नियमानन्द शान्ति र साधनाप्रिय ब्राह्मण थिए | उनले पढेको गुरुकुलमा गुरूले "...