१. आज विश्व मानसिक स्वास्थ्य दिवस हो | नेपाली र भारतीयहरूलले "विश्व मानसिक दिवसको हार्दिक शुभकामना" भन्दै संदेश प्रवाहित गरिरहेका छन् | मैले आफैसंग प्रश्न गरें - के मानसिक दिवसका अवसरमा शुभकामना दिनु उचित हो ? उत्तर आ-आफ्नै हुन्छन् | मनोबैज्ञानिक र मनोचिकित्सकका लागि आजको दिन आफ्ना अनुसन्धानहरू, कार्यहरू तथा योजनाहरू प्रस्तुत गर्ने दिन हुनसक्छ तर मानसिक रोगीहरूका लागि महोत्सवको विषय हुनैसक्दैन | हो, मानसिक रोग प्रतिको संचेतना बढ्दै जाँदा समाजमा रहेका मानसिक समस्याहरूको पहिचान सहज हुन्छ र सेवा उपलब्ध हुन्छ | नेपालजस्तो देशमा यो सजिलो छैन |
Monday, October 10, 2022
मानसिक स्वास्थ्य अर्थात् चित्त-शुद्धि
Saturday, October 8, 2022
हिमवत्खण्ड संचेतना प्रसंग
पहिलोपटक जरोकिलो महाभियानले "हिमवत्खण्ड सचेतना दिवस" घोषणा गर्दा धेरै नेपालीहरूले स्वागत गरेका थिए भने केही भारतीय मिडियाहरूले आलोचना पनि गरेका थिए | श्रीस्कन्दमहापुराण एउटा ठूलो हिस्सा "हिमवतखण्ड"लाई सधैं लुकाउने भारतीय प्रेस (संस्कृतका विद्वान्)लाई चुनौति दिंदै योगी नरहरिनाथले हिमवतखण्डको खोज र प्रकाशन गरेका थिए | यसो गर्दा नेपालको गौरव उजागर हुँदा निकै पीडा भएको थियो भने अहिले हिमवतखण्डका विषयमा चर्चपरिचर्चा र दिवसनै मनाउन लाग्दा झन् पीडा थपिएको छ |
ईश्वरको ऐश्वर्यमा प्रश्नचिह्न !
मलाई लाग्छ, विश्वमा यो भन्दा शक्तिशाली शब्द अर्को छैन | धेरैका लागि यो एउटा धार्मिक शब्द हो तर नेपाल र भारतमा यस्ता पनि धर्म छन् जहाँ ईश्वरलाई कुनै ठाउँ छैन | अर्थात् ईश्वर नमाने पनि धार्मिक हुन सकिन्छ | धर्म मान्ने तर ईश्वर नमान्नेलाई नास्तिक भन्न मिल्दैन | ईश्वर नमान्ने पश्चिमा नास्तिकहरूझैं धर्म मान्ने तर ईश्वर नमान्ने बौद्ध र जैनहरू होइनन् |
अब्राहमिक-प्रजातन्त्रवाद
१. यो दशैंको मौसममा एउटा राजनैतिक दलका शिर्ष नेताले "आदिवासी महिषासुरलाई बाहुनक्षेत्रीहरूले दुर्गा नामकी सुन्दरी वेश्या प्रयोग गरेर हत्या गराएको र तेसै हत्याको खुसीमा आरम्भ गरिएको दशैं पर्व" भनि आफ्नो फेसबुकमा लेखेको र तेसको समर्थनमा लाइक तथा कमेन्ट गर्नेको जमात देखेर अचम्म लाग्यो | हरेक वर्ष दशैँको माहोलमा आउने यस्ता बक्तव्यहरूले एकातिर महिलाहरूको अस्मिताउपर प्रहार गरेको छ भने अर्कोतिर नेपाल र नेपालीको अपमान गरेको छ | देशको नेतृत्व गर्छु भनेर राजनीति गर्ने एउटा पार्टीका आधिकारिक नेताले देशका ९०% जनताले बडो श्रद्धा र विश्वास गर्ने, आराधना गर्ने तथा मान्ने देवीदेउताका विषयमा एस्तो अभद्र टिप्पणी गर्नेले नेपालको राजनैतिक नेतृत्व प्राप्त गर्न सक्ला त ? अर्कोतिर के नेपाली जनताले एस्तो सिद्धान्तमा विश्वास गरेर जिताउलान् त ? सर्वसाधारणले पनि बुझ्ने तत्थ्य के हो भने एस्तो राजनैतिक दल स्थापित गर्ने नेतृत्वले सत्ता प्राप्तिको लागि होइन केवल "चर्चामा रहिरहन वा नेपालको मौलिक धर्म, संस्कृति तथा परम्परासंग घृणा गर्ने, गराउने र एकआपसमा सङ्घर्षमा उतार्ने प्रयोजनका लागि प्रयोग गरिएका छन्" भन्ने बुझ्न असजिलो हुँदैन | अर्कोतिर के महिलाहरूका लागि वेश्या हुनु वा वेश्यावृत्तिमा रहनु खुशीको कुरा हो र ? मातृशक्ति र १ खरव जनसंख्यालाई प्रतिनिधित्व गर्ने सभ्यताउपर एस्तो प्रहार गर्ने आँट कहाँबाट आएको होला ? यो एउटा उदाहरणमात्र हो, यस्ता पात्रहरू थोरै भए पनि समाजमा फैलिंदै छन् |
दुईवटा तस्वीर !
म बस कुरिरहेको थिएँ | यो बस स्ट्यान्ड नै थियो भन्न सक्दिन | वरिपरी मान्छेहरू बोलिरहेका थिए | म चिन्तित चिन्तित थिएँ | एत्तिकैमा एकजना महात्मा देखिए | उनको बगलीमा झोला थियो | उनी अग्ला, सेतो लुगा लगाएका र हँसिला थिए | उनी आएर मसंगै वसे |
Thursday, October 6, 2022
अब्राहमिक -प्रजातन्त्रवाद
१. यो दशैंको मौसममा एउटा राजनैतिक दलका शिर्ष नेताले “आदिवासी महिषासुरलाई बाहुनक्षेत्रीहरूले दुर्गा नामकी सुन्दरी वेश्या प्रयोग गरेर हत्या गराएको र तेसै हत्याको खुसीमा आरम्भ गरिएको दशैं पर्व” भनि आफ्नो फेसबुकमा लेखेको र तेसको समर्थनमा लाइक तथा कमेन्ट गर्नेको जमात देखेर अचम्म लाग्यो । हरेक वर्ष दशैँको माहोलमा आउने यस्ता बक्तव्यहरूले एकातिर महिलाहरूको अस्मिताउपर प्रहार गरेको छ भने अर्कोतिर नेपाल र नेपालीको अपमान गरेको छ । देशको नेतृत्व गर्छु भनेर राजनीति गर्ने एउटा पार्टीका आधिकारिक नेताले देशका ९०% जनताले बडो श्रद्धा र विश्वास गर्ने, आराधना गर्ने तथा मान्ने देवीदेउताका विषयमा एस्तो अभद्र टिप्पणी गर्नेले नेपालको राजनैतिक नेतृत्व प्राप्त गर्न सक्ला त ? अर्कोतिर के नेपाली जनताले एस्तो सिद्धान्तमा विश्वास गरेर जिताउलान् त ? सर्वसाधारणले पनि बुझ्ने तत्थ्य के हो भने एस्तो राजनैतिक दल स्थापित गर्ने नेतृत्वले सत्ता प्राप्तिको लागि होइन केवल “चर्चामा रहिरहन वा नेपालको मौलिक धर्म, संस्कृति तथा परम्परासंग घृणा गर्ने, गराउने र एकआपसमा सङ्घर्षमा उतार्ने प्रयोजनका लागि प्रयोग गरिएका छन्” भन्ने बुझ्न असजिलो हुँदैन । अर्कोतिर के महिलाहरूका लागि वेश्या हुनु वा वेश्यावृत्तिमा रहनु खुशीको कुरा हो र ? मातृशक्ति र १ खरव जनसंख्यालाई प्रतिनिधित्व गर्ने सभ्यताउपर एस्तो प्रहार गर्ने आँट कहाँबाट आएको होला ? यो एउटा उदाहरणमात्र हो, यस्ता पात्रहरू थोरै भए पनि समाजमा फैलिंदै छन् ।
२. वैश्विकतहमै राजनैतिक दलहरूको ऊद्देश्य “सत्ता प्राप्ति” हुन्छ । यदि कुनै व्यक्ति वा समूहले “हाम्रो राजनैतिक दलले भविष्यमा सत्ता प्राप्ति गर्ने छैन” भन्ने जान्दाजान्दै पनि राजनैतिक महत्वाकांक्षा राख्छ तर ब्यबहारचाहिं सानो गूट, जात, भाषाका लागि ठूलो भाषा, धर्म, संस्कृति विरुद्ध विष बमन गर्छ भने यस्ता पार्टीहरू र तिनका नेतृत्वले देशको भलो होइन अस्तित्वउपर नै प्रहार गरिरहेका हुन्छन् । नेपालजस्तो सम्झौताको “संबिधान” भएको देशको नेतृत्वले यस्ता “पाजी” राजनैतिक शक्तिहरू विरुद्ध संविधानले नै प्रदान गरेको शक्ति प्रयोग गर्नबाट जोगिन्छन् । नेपाली राजनीतिका विषयमा प्रष्टसंग भन्ने हो भने आदिवासी, जनजाती, मूलवासीजस्ता शब्दहरू प्रयोग गरेर राजनीति गर्नेहरूमा केही सधैं राज्यसत्तासंग “ब्लैकमेल गर्ने, गुण्डागर्दी गर्ने, राज्य सत्तालाई धम्क्याउने, आफ्नो वाहेक अन्य सबैको तीतो आलोचना गरेर आपसी सद्भाव बिथोल्न प्रयत्न गर्ने र अवसर प्राप्त हुँदासाथ सत्ताभित्र पसेर हालीमुहाली” गर्ने प्रप्वृत्ति देखिन्छ । अचम्मको तत्थ्य के छ भने संबिधानको रक्षा गर्ने अभिभारा बोकेको राज्यसत्ता यी गूटहरूसंग थर्कमान देखिन्छ, लाचार देखिन्छ । किन ? यसको उत्तर सबै शक्तिको प्रयोग गर्ने राज्यले नै दिन सक्छ ।
३. नेपालमा १३३ जातजाति र १२३ बटा भाषाहरू छन् र ती सबै जीवन्त छन् । आफ्नो भाषा, भूगोल, धर्म, संस्कृति तथा सभ्यताको संरक्षण गर्ने, गराउन अभिप्रेरित गर्ने, संरक्षणका लागि राज्यसत्ता र आफु वाहेकका समूहसंग सहकार्य गर्ने दायित्व पनि सम्वन्धित समूहकै हो । जसले आफ्नो मौलिकता जोगाउन काम गरिरहेको छ, उनीहरूको उच्चसम्मान हुनुपर्छ । देशको एउटा पनि मौलिक परम्परानष्ट हुनु देश र समाजको लागि ठूलो नोक्सानी हो । तर आफ्नो धर्म, संस्कृति, परम्परा र मौलिकता संरक्षणका सवालमा नेतृत्वदायी भूमिका वहन गर्नुको सट्टा आफ्ना छिमेकीको धर्म, संस्कृति, परम्परा, भाषा, मौलिकताप्रति विष बमन गर्ने चिन्तन “माइन्ड-सेट” कसरी विकसित हुन्छ र यस्तो माइन्ड-सेटको विस्तारले देशको केकस्तो अहित हुन्छ ? राज्यको दण्डशक्ति लिएर बसेकाहरूले समय मै सोच्नुपर्छ । अन्यथा देशले अकल्पनीय क्षति वेहोर्नु पर्ने हुन्छ । समय निर्माण गर्न लाग्ने हो, विगार्न लाग्दैन ।
४. मैले “आफु भिन्न अरूको आलोचना मात्रै गर्ने” माइन्ड-सेटका विषयमा चर्चा गरिरहेको छु । हिन्दू, बौद्ध, जैन, किरातआदि नेपालका रैथाने धर्म, संस्कृतिहरू बहुलतावादमा विश्वास गर्छन् । तेसैले नेपाल र भारत गरी करिव ७२८० रैथाने भाषा, संस्कृति र परम्पराहरू यहाँ जीवित छन् । सबैसंग आफ्नो मौलिक पहिचान सुरक्षित छ र आफ्नो सुरक्षा र प्रवर्धनका लागि राज्यले ती व्यक्तिहरूलाई पूर्णस्वतन्त्रता प्रदान गरेको छ । अर्कोतिर, यहुदी, इसाई, मुस्लिमहरूले “बहुलता”लाई अस्वीकार गर्छन् । प्रजातन्त्र नै भनिए पनि यहुदी, इसाई तथा मुस्लिम संस्कृतिबाट विकसित भएको छ, भने स्वाभाविक रूपमा तिनमा “बहुलता” स्वीकार्य हुँदैन । उदाहरणका लागि आब्रहमिक संस्कृतिले विकसित प्रजातन्त्रले अन्य संस्कृतिम विकसित भएको “प्रजातन्त्र”लाई अस्वीकार गर्छ । नेपालमा आब्रहमिक-प्रजातन्त्रको बर्चश्व बढ्दै जाँदा इसाई-मुस्लिमको जनसंख्या बढ्नु र आफ्नै छिमेकीप्रति चरमअसहिष्णु समूह बढ्दै जानु यसको प्रत्यक्ष उदाहरण हो ।
५. नेपालमा जातका आधारमा, भाषाका आधारमा, भूगोलका आधारमा गठित गरिएका राजनैतिक, सामाजिक तथा सांस्कृतिक समूहहरूमा “केही”लाई छोडेर धेरैजसो चरम अराजक र स्वच्छन देखिन्छन् । आफ्नो धर्म, संस्कृति तथा राजनैतिक सभागिता खोज्नु भन्दा छिमेकीको (सनातनी)हरूका विरुद्ध क्रियाकलाप गरेर, बक्तब्यबाजी गरेर “जातीय पहिचान सुरक्षित हुन्छ” भन्ने भ्रम छरिरहेका हुन्छन् । यस्ता समूहको नेतृत्व गर्ने नेताहरू झन् असहिष्णु भेटिन्छन् । उनीहरू तर्क, अर्काको सम्मान र संबिधानप्रति विद्रोहलाई “जातीय पहिचान” भन्ने ठान्छन् । यो ठीक तेस्तै व्यबहार हो जस्तो कि यहुदीले इसाईसंग, इसाईले मुस्लिमसंग, मुस्लिमले यहुदी र इसाईसंग गर्छन् र अब्राहमिक-प्रजातन्त्रले अर्को प्रजातान्त्रिक चिन्तन र व्यबस्थासंग गर्छन् । उदाहरणका लागि अमेरिकी र युरोपेलीहरूले आफुले अभ्यासगरिरहेको “मोडेल”वाहेकका प्रजातान्त्रिक अभ्यासहरूलाई रत्तिभर मान्यता दिंदैनन् भन्ने तत्थ्य जगजाहेर छ । नेपालमा विकसित हुँदै गरेका असहिष्णु गूटहरू अब्राहमिक -प्रजातन्त्रको सैद्धान्तिक माइन्ड-सेटका प्रत्युत्पादन हुन् ।
६. हजारौं वर्षदेखि सहअस्तित्व र सहृदयी सम्बन्धका साथ विकसित नभएको भए आजको नेपालमा १३३ बटा जातजातिको जीवन्त अस्तित्व असम्भव थियो । हाम्रोजस्तो बहुलता भएको इरान, इराक, अफगानिस्तान, युरोप, इस्लामिक राष्ट्रहरूले “अब्राहमिक माइन्ड सेट”का कारण असंख्य सभ्यताहरू बर्बरतापूर्ण तरिकाले गुमाएका छन् – यो सत्यलाई नकार्न सकिन्न । आजको मितिमा पश्चिमाहरूले आफूभित्र “कोर्स-करेक्सन” गरिरहेका छन् भने नेपालजस्तो देशका लागि भने उनीहरूसंग पुरानो “अब्राहमिक मोडेल” नै छ किनभने अब्राहमिक-मोडेलमा उनीहरूलाई फाइदा छ । अर्थात् नेपाललाई वेफाइदा हुँदा उनीहरूलाई फाइदा हुन्छ । यही फाइदाका मतियार “गूट”हरू हुन् । अब्राहमिक मोडेलको प्रजातन्त्र मान्ने यस्ता गूटहरूको पहिचान नै अर्काको “निषेध” गर्दै आरम्भ हुन्छ र कार्यान्वय सशस्त्र द्वन्दबाट हुन्छ ।
७. अब्राहमिक-प्रजातन्त्र अर्थात् गणतन्त्र वा साम्यवादीलाई आफ्नो बौद्धिक आधार मान्नेहरूले “स्वन्त्रता तथा उन्नयन” छिमेकीसंग सहकार्य गरेर, आपसमा विचार आदानप्रदान गरेर तथा एकआपसमा सहृदयी सम्वन्ध विस्तार गरेर हुन्छ भन्ने तत्थ्य बुझाउन सकिन्न । एस्तो माइन्ड-सेट हुँदैजाँदा सबैको खाले समस्याको समाधान “घृणा र सशस्त्र सङ्घर्ष”ले मात्र गर्न सक्छ भन्ने विश्वास बलियो हुन्छ । जव सङ्घर्ष हुन्छ, हतियार बेचेर पैसा कमाउनेहरू उनै हुन्छन् । नेपालजस्तो मुलुक आन्तिरक द्वन्दका कारण क्षतविक्षत हुँदैगर्दा उनीहरूको जीवनस्तर विलासी हुँदैजान्छ । उदाहरणका लागि लिबिया, इराक, अफगानिस्तान, सिरिया र आजको मितिमा युक्रेन र रूसबिच द्वन्द हुँदै गर्दा अमेरिकी र युरोपेली प्रजातन्त्रहरूमा हतियारको शेयर अचम्मसंग महँगो भएको छ । मैले भन्न सक्दिन कि उपरोक्त प्रजातान्त्रिक मुलुकहरूले एस्तो विद्ध्वंस कार्य जानाजान गर्छन् कि उनीहरूको संस्कृति र सभ्यतासंग जोडिएर उनीहरूको बुद्धिमा प्रवाहित भैरहेको अर्कालाई पूर्ण निषेध गर्ने “अब्राहमिक माइन्ड-सेट” ले तेस्तो भएको हो ! सम्बन्धित व्यक्तिले यतातिर अनुसन्धान गर्दा हुन्छ । तर सबै दोष पश्चिमालाई दिनुको कुनै औचित्य छैन । उनीहरूबाट हाम्रो समाजले धेरै कुरा सिक्नुपर्छ ।
८. सनातनीहरूकी आराध्या भगवती दुर्गालाई वेश्या भन्ने, नेपालको ८३% जनसंख्याको प्रतिनिधित्व गर्न हिन्दूहरूलाई “शरणार्थी” भन्दै अनर्गल गालीगलौज गर्ने, सनातनीहरूसंग केवल शत्रूतापूर्ण व्यबहार गर्ने, असहिष्णु बक्तब्य दिनेहरू आफ्नो संस्कृतिका संरक्षक हुन् भन्ने विश्वास गर्नु तिनको समुदायका लागि आत्महत्यासरह हो । जुनसुकै व्यक्ति, राजनैतिक पार्टी वा समुदाय जसले “दुर्गा वेश्या हो” भन्नेजस्ता अनर्गल र सांस्कृतिक सद्भाव विथोल्ने क्रियाकलाप गर्छन् वा बक्तव्य दिन्छन्, तीप्रति राज्य कठोर हुनैपर्छ । जुनसुकै जाति, धर्म, संस्कृति वा समुदायका भए पनि उनीहरूको संरक्षण गर्नुभनेको भविष्यमा “आ कुकुर मलाई टोक” भन्नुसरह हुनेछ । यदि राज्यले यस्ता व्यक्ति वा समूहसंग केवल धर्म, जात, भाषा वा भूगोलका आधारमा सहिष्णुता राख्छ भने राज्यस्वयं पनि अराजकहरूको मतियार बन्न पुग्छ । एस्तो राष्ट्रको भविष्य हुँदैन । राज्य अभिभाव हो जसको काखमा टाउको राखेर जनताहरू सुतिरहेका हुन्छन्, राज्यले उपरोक्त गूट वा समूहको स्वार्थ रक्षा गर्नु वा उनीहरूको ब्ल्याक-मेलिगमा परेर अकर्व्यशील हुनुभनेको आफ्नो काखमा सुतिरहेका जनताको टाउको खुकुरीले छिनाल्नुसरह विश्वासघात हो । नेपालको राज्यसत्ताले समयमै विचार पुर्याएर देश र जनताको सुरक्षा सुनिश्चित गर्नुपर्छ ।
९. कुनै पनि व्यक्ति वा समूह आफ्नो मौलिक धर्म, संस्कृति, परम्परा, आदर्शहरूको संरक्षण तथा सम्बर्धनको लागि सक्रिय हुँदा अन्धविश्वासी, पश्चगामी वा विकास विरोधी हुँदैन । व्यक्तिको लबाई-खवाईले उसको प्रगतिशील चरित्र र व्यबहारलाई रोक्न सक्दैन । बारहरू चहारेर नयाँनयाँ रक्सीका ब्रान्ड खाएर मात्दैमा कुनै व्यक्ति आधुनिक हुँदैन र शालीग्रामको चरणामृत पिउंदैमा कुनै पछौटे पनि हुँदैन । एकअर्काको आलोचना गर्दैमा स्वधर्म र स्वजातिको पहिचान सुरक्षित हुँदैन । राष्ट्रराज्यको राज्नानैतिक मोडेलहरूका कारण धेरै जनता भ्रमित भएका छन् । उप्रान्त सहृदयी सम्बन्धका आधारमा एकअर्काको समालोचना गर्ने र पहिचानआदिका सवालमा एकअर्काको पहिचानको संरक्षण गर्दै उन्नत नेपालतिर “राज्यराष्ट्र”ले प्राप्त हुन्छ भन्ने तत्थ्य आत्मसात गर्नुपर्छ । राष्ट्रराज्यले राज्यराष्ट्रको अवधारणालाई ठाडै अस्वीकार गरे पनि राज्यराष्ट्रले भने राष्ट्रराज्यको महत्वलाई “अब्राहमिक माइन्ड-सेट”भएका राष्ट्रहरूलाई उपयोगी नै ठान्छ । अहिलेको वैश्विक परिवेशमा ती देशहरूमा पनि “राष्ट्रराज्य” गतार्थ भैसकेको छ भन्ने तत्थ्यचाहिं उनीहरूले पनि मनन गरिरहेका छन् तर उनको माइन्ड-सेटले स्वीकृति प्रदान गरेको छैन ।
१०. यो विचारप्रधान लेख लेख्दै गर्दा “दुर्गा वेश्या हुन्”को प्रतिकारमा किन एतिबिध्न लेख्नु पर्यो भन्ने विचार नआएको होइन । तर मभित्रको एउटा सचेत नागरिकले यस्ता व्यक्ति वा समूहप्रति राज्यले आँखा चिम्लेको देखेर निकै कष्ट भयो । आधुनिक इतिहासले वर्तमान नेपाली समाजको समानान्तर अस्तित्व कमसेकम ३५ सय वर्ष प्राचीन हो भनेर बोलेकै छ । एस्तो समावेशी र सहअस्तित्वलाई निरन्तरता दिंदैआएको नेपाली समाजका लागि “दुर्गा वेश्या हुन्” भन्न सक्ने पात्रहरूको बौद्धिक प्रतिकार भएन भने देश दुर्घटनामा जान सक्छ भनेर आफ्नो कर्तव्य पालन गरेको हुँ । मलाई थाहा छ, एस्ता असहिष्णु गूट र तिनका मतियारहरूले यो बैचारिक प्रतिकार पढेपछि ज्यान मार्न सक्नेसम्मको उद्योग गर्ने छन् । जीवन र आयु पशुपति नाथ र देवी पार्वतीको हातमा छ । तर देश, जनता र मौलिक धर्मसंस्कृतिसंग जोडिएको नेपाली-नेपाली बिचको सहृदयी सम्बन्ध अझैं बलियो हुनुपर्छ ।
सर्वेषां स्वस्तिअस्तु – सबैको कल्याण होस् ।
Monday, October 3, 2022
दर्शनशास्त्र के हो ?
१. नेपालमा दार्शनिक बन्ने वा आफ्नो संस्कृतिलाई सबैभन्दा बढी दार्शनिक भएको भन्दै "दार्शनिक जामा" पहिर्याउने प्रयत्न गरेको पढ्न सकिन्छ | एस्तो प्रयत्न गर्नेमा जातीय, धार्मिक तथा सामाजिक "परिचय"को वकालत गर्ने नेता टाइपका विद्वान वा व्यक्तिहरू अगाडी देखिन्छन् |
२. नेपालमा "दार्शनिक" तथा "वाद" शब्दको न्यारेटिभ गाउँगाउँमा जनजनमा पुर्याउने कामचाहिं वि.स्. २००४ मा कम्न्युनिस्ट पार्टी स्थापना भएपछि आरम्भ भएको मान्न सकिन्छ तर यसको वास्तविक आरम्भ भने कम्युनिस्ट पार्टीहरू प्रतिबन्धित भएर भूमिगत हुँदा भएको हो |
३. मस्कोको प्रगति प्रकाशन वा बेइजिंगको लाल प्रकाशनहरू पढ्दै दार्शनिक तथा वाद शब्दसंग परिचित भएका कम्म्युनिस्टहरूले "द्वन्दात्मक भौतिकवाद"लाई निर्विकल्प दर्शनशास्त्रका रूपमा जनजनमा पस्कन थाले र पक्ष, प्रतिपक्ष र सम्पक्ष (Thesis, Anti-thesis and Synthesis) सिद्धान्त नै एकमात्र विज्ञान सम्मत दर्शनशास्त्र भएको प्रचारप्रसार गरे | दर्शनशब्दलाई सर्वसाधारण नेपालीको मनोविज्ञानमा स्थापित गर्ने श्रेय कम्युनिस्टहरूलाई जान्छ |
४. अर्कोतिर नेपालको परम्परागत समाजमा दर्शनशास्त्रको अर्थ आध्यात्म शास्त्रसंग बढी निकट थियो | परम्परागत सामाजिक बौद्धिक समाजमा दर्शनशास्त्र र धर्मशास्त्रको विषयवस्तु निकै जेलिएको थियो र आज पनि उस्तैउस्तै छ | नेपालको परम्परागत सांस्कृतिक तथा धार्मिक समाजले आज पनि "धार्मिकता र दार्शनिकता"का बिचमा खासै पार्थक्य दृष्टिकोणले हेर्दैन र बुझ्दैन पनि |
५. वैदिक संस्कृतिमा मूलत: षड्दर्शन (सांख्य, योग, न्याय, बैशेषिक, मीमांसा र वेदान्त) दार्शनिक चिन्तनमा समर्पित "वाद"हरू हुन् भने जैन तथा बौद्धहरूले पनि धर्मसंग मिसाएर दार्शनिक धाराको निकै विस्तारपूर्वक स्थापना गरेका छन् | धार्मिक सम्प्रदायको विकास गरेरनै दार्शनिक चिन्तनलाई जीवित राखेका छन् | आज पनि यो परम्परा जीवन्त छ |
६. नेपाली राजनैतिक जगतमा मार्क्सवादी चिन्तनले जरा गाड्दै गर्दा वैदिक, जैन, बौद्धहरूले आफ्ना दार्शनिक आदर्शहरूलाई धार्मिकताको आवरण भन्दा वाहिर निकालेर सर्वसाधारणसम्म पुर्याउने काम गर्न सकेका थिएनन् | दर्शनशास्त्रलाई पनि धार्मिक क्रियाकलापकै एउटा अंगका रूपमा बुझ्ने/बुझाउने प्रयत्न गरियो |
७. विश्वभरी चलिरहेको राजनैतिक परिवर्तनको लहर नेपालमा प्रवेश गर्दा परम्परागत दार्शनिक चिन्तनहरू धार्मिक क्रियाकलापमा व्यस्त थिए | प्रगति प्रकाशनका पुस्तकहरूका माध्यमबाट राजनेता र सर्वसाधारणहरूले "नेपालको परम्परागत चिन्तनमा परिवर्तनका लागि कुनै सिद्धान्त नै छैन" भन्ने बुझ्न थाले र क्रमशः मौलिक दार्शनिक सिद्धान्तहरूलाई "अन्धविश्वास" भन्दै आलोचना गर्ने बैचारिक बीऊहरू छरियो |
८. अर्कोतिर केवल केही विद्वानहरूसम्म सीमितरहेको नेपालको मौलिक दार्शनिक परम्परा अझैं सीमित हुँदैगयो भने अर्कोतिर बदलिँदो वैश्विक परिवेशमा यहाँका दार्शनिकहरूले "विदेशबाट भित्रिएका वाद"हरूलाई दर्शनशास्त्रका रूपमा अस्वीकार गरिदिए भने विदेशी "वाद"हरूबाट प्रभावित भएकाहरूले पनि नेपालका मौलिक दार्शनिक सिद्धान्तहरूलाई "सिद्धान्त"का रूपमा स्वीकार गर्न इन्कार गर्दै धर्मका रूपमा सीमित पारिदिए |
९. केही एलिटहरूसम्म सीमित भएको मौलिक दार्शनिक चिन्तनको तुलनामा मस्कोबाट प्रकाशित भएको "द्वन्दात्मक भौतिकवाद" पुस्तकका रूपमा नेपालीका घरघर पुग्ने अवस्था भएपछि ज्ञानका प्यासा नेपालीहरूले "प्रगतिको सूत्रका" रूपमा यिनैलाई बुझे | यी पुस्तकहरूले बुझाएको "वाद" आजको मितिमा पनि नेपाली राजनैतिक तथा शैक्षिक जगतमा हावी छ |
आजभोली नेपाली बौद्धिक जगतमा तीनबटा सैद्धान्तिक ध्रुवहरू देखिन्छन् (१)
१०. परम्परागत (२) प्रगतिशील (३) डेमोक्रेट | परम्परागत दार्शनिक चिन्तनले धर्म र दर्शन दूवै एकै हुन् भन्ने पूर्वाग्रह राख्छ | प्रगतिशील धारले द्वन्दात्मक भौतिकवाद बाहेक संसारको कुनै पनि दार्शनिक धारालाई अस्वीकार गर्छ भने तेस्रो डेमोक्रेट धारचाहिं परम्परागत दार्शनिक चिन्तनको महत्वलाई अस्वीकार गर्दैन तर पश्चिमा स्वच्छन्दतावादमा उभिएर "प्रगतिको कुरा गर्छ |
११. अहिलेको नेपाली चिन्तन जगत प्रगतिशील, परम्परागत तथा डेमोक्रेटहरूको चेपुवामा परेको छ | उदाहरणका लागि धर्मलाई अफिम ठान्ने द्वन्दात्मक भौतिकवादीहरूले बौद्ध, जैन, किरात तथा वैदिक परम्परामा समेत भौतिकवादी चिन्तनको खोज गर्ने अभिनय गर्दै "वैदिक, जैन, बौद्धहरूले पनि द्वन्दात्मक चिन्तनको समर्थन गरेका छन् तेसैले यो चिन्तन विज्ञानसम्मत हो" भन्ने अमिल्दो भ्रम छरिरहेका छन् | जव कि मार्क्सले भनेको द्वन्दात्मक भौतिकवादले भौतिकवाद बाहेक अन्य कुनै पनि चिन्तनधारालाई चिन्दैन र मान्दैन पनि |
१२. अर्कोतिर डेमोक्रेटहरूले पनि जातीय संस्कृतिका परम्पराहरूको असुहाउदो दार्शनिक व्याख्या गर्दै दार्शनिक क्षेत्रमा हास्यको पात्र बनिरहेका छन् | उदाहरणका लागि मार्क्सवादीहरूले कार्लमार्क्सको अर्थदर्शनलाई "दर्शनशास्त्र"का रूपमा मान्यता दिनु र डेमोक्रेटहरूले जातीय परम्पराहरूलाई "वाद"का रूपमा स्थापित गर्ने प्रयत्न गर्दा न्यूनतम दर्शनशास्त्रका पूर्वस्थापित मान्यताहरूमा ध्यान नदिनु एकै कुरा हुन् |
१३. दर्शनशास्त्र विना कुनै पनि समाज वा व्यक्ति अस्तित्वमा रहन सक्दैन तर तिनको दार्शनिक विश्लेषण गर्दा कमसेकम सम्बन्धित विषयभित्र तत्व, ज्ञान, नीति तथा तर्क यी चारबटा पक्षमा प्रष्टसंग विचार अभिव्यक्त गरिएको हुनुपर्छ | यदि उपरोक्त पूर्वमान्यता मध्ये कमसेकम तीनबटा आधारमा विचार व्यक्त भएमा सम्बन्धित चिन्तनले "दार्शनिक सिद्धान्त"को मान्यता प्राप्त गर्न सक्छ |
१४. सत्यको स्वरूप कस्तो छ ?, ज्ञान कसरी उत्पन्न हुन्छ र सीमा के हो ? मान्छेले कस्तो कर्म गर्नुपर्छ र ठीकठीक चिन्तन गर्ने र तेसलाई भाषामा व्यक्त गर्ने बोली वा लेखन कस्तो हुनुपर्छजस्ता प्रश्नहरूको उत्तर खोज्नु नै दार्शनिक क्रिया हो | यदि कुनै साहित्यमा उपरोक्त चार बटा विषय मध्ये तीन विषयवस्तुमा प्रष्टसंग चिन्तन भएको छ त्यहाँ दर्शनशास्त्र हुन्छ |
१५. आफ्नो मतलाई स्थापित गर्न र अर्कोको मतलाई विस्थापित गर्न सैद्धान्तिक द्वन्द चलिनै रहन्छन् तर केवल सांस्कृतिक, धार्मिक वा सामाजिक विषयहरूलाई समेटिएका जातीय चिन्तनहरूलाई "पूर्वाग्रह"पूर्ण भएर दर्शनशास्त्र ठान्नु त्रुटीपूर्ण हुन्छ |
१६. सत्य हो कि वैदिक परम्परामा विकसित भएका दार्शनिक चिन्तनहरू धार्मिक संस्कृतिसंग अभिन्न छन् | वैदिक, जैन, बौद्धहरूका दार्शनिक चिन्तनलाई सेक्युलर आँखाले बुझ्ने प्रयत्न गर्न त मिल्छ तर बुझिन्न | यसैगरी हिन्दू, जैन तथा बौद्ध दर्शनशास्त्रको झ्यालबाट हेरेर पाश्चात्य दर्शनको मर्मलाई बुझ्न सकिन्छ | सिद्धान्त प्रधान भएकोले पाश्चात्य दार्शनिक विचारधाराका लागि श्रद्धाको आवश्यकता पर्दैन तर बैदिकधारका चिन्तनहरूलाई बुझ्न यी मतहरूको दैनिक क्रियाकलाप र विश्वास समेतलाई बुझ्नुपर्छ |
१७. विश्वका हरेक समाज दार्शनिक सिद्धान्तको जगमा उभिएको छ, व्यक्ति होस् वा समाज दर्शनरहित छैन तर ती चिन्तनहरूलाई आधिकारिक दर्शनशास्त्रको रूपमा स्थापित गर्न तत्व, ज्ञान, तर्क र नीतिको बाटो बाट गुज्रिनुनै पर्छ | पूर्वाग्रहले निर्मित भएको दर्शन "पूर्वाग्रहवाद" बन्न सक्छ |
१८. पहिले दर्शनशास्त्रका मौलिक सिद्धान्तहरू बुझौं, मनन गरौँ अनि, दर्शनशास्त्रका आधारहरूको झ्यालबाट अनुसन्धान गरौँ | दर्शनशास्त्रमा आग्रह हुन्छ तर पूर्वाग्रहका लागि कुनै ठाउँ हुँदैन | पूर्वाग्रह र दर्शनशास्त्र संगै हिड्न सक्दैन | तेसैले दर्शनशास्त्र सधैं "अथातो सत्य जिज्ञासा" हो र सत्य खोज्ने निरन्तरको पूर्वाग्रहरहित प्रयास हो | चरैवेति चरैवेति तथा नेतिनेति (सधैं सत्यको खोजिमा क्रियाशील रहुँ तथा तपाईंले देखेको सत्यमात्र अन्तिम होइन) भन्ने उपनिषदका बाक्यहरू नै दर्शनशास्त्र हुन् |
द्वैताद्वैत, निम्बार्क र वेदान्त दशश्लोकी
द्वैताद्वैत, निम्बार्क र वेदान्त दशश्लोकी निम्बार्क उपासना नियमानन्द शान्ति र साधनाप्रिय ब्राह्मण थिए | उनले पढेको गुरुकुलमा गुरूले "...
-
चारवैष्णव सम्प्रदाय सक्षिप्त परिचय भविष्य महापुराणमा चार आधिकारिक वैष्णव सम्प्रदायहरूको वर्णन भएको छ | वैष्णवको अर्थ विष्णु समबन्धि उपा...
-
प्रथम नेपाली दार्शनिक महर्षि कपि ल महर्षि कपिलको जन्म ब्रहमपुत्र कर्दम र देवहुतिबाट नेपालको कपिलवस्तुमा भएको हो | श्रीमद्भागवतमा कपिल जन...
-
द्वैताद्वैत, निम्बार्क र वेदान्त दशश्लोकी निम्बार्क उपासना नियमानन्द शान्ति र साधनाप्रिय ब्राह्मण थिए | उनले पढेको गुरुकुलमा गुरूले "...