Monday, October 10, 2022

मानसिक स्वास्थ्य अर्थात् चित्त-शुद्धि

१. आज विश्व मानसिक स्वास्थ्य दिवस हो | नेपाली र भारतीयहरूलले "विश्व मानसिक दिवसको हार्दिक शुभकामना" भन्दै संदेश प्रवाहित गरिरहेका छन् | मैले आफैसंग प्रश्न गरें - के मानसिक दिवसका अवसरमा शुभकामना दिनु उचित हो ? उत्तर आ-आफ्नै हुन्छन् | मनोबैज्ञानिक र मनोचिकित्सकका लागि आजको दिन आफ्ना अनुसन्धानहरू, कार्यहरू तथा योजनाहरू प्रस्तुत गर्ने दिन हुनसक्छ तर मानसिक रोगीहरूका लागि महोत्सवको विषय हुनैसक्दैन | हो, मानसिक रोग प्रतिको संचेतना बढ्दै जाँदा समाजमा रहेका मानसिक समस्याहरूको पहिचान सहज हुन्छ र सेवा उपलब्ध हुन्छ | नेपालजस्तो देशमा यो सजिलो छैन |

२. मानसिक स्वास्थ्य भन्नाले "मानसिक, शारीरिक, सामाजिक तथा आध्यात्मिक अवस्थाको सन्तुलन" भनेर बुझ्न विश्व स्वास्थ्य संस्थाले आग्रह गरेको छ | जव कुनै व्यक्तिमा यी उपरोक्त स्वास्थ्यहरू मध्ये एउटामा समस्या देखा पर्छ, अन्य तीनबाट स्वास्थ्यका सूचकहरू स्वत: प्रभावित हुन थाल्छन् | वैदिक शास्त्रहरूले विश्व स्वस्थ्य संस्थाले "होलेस्टिक हेल्थ" भनेको यो आधुनिक मानसिक स्वास्थ्यको परिभाषालाई "तापत्रय" आधिभौतिक, आधिदैविक र आध्यात्मिक स्वास्थ्य भनेर बुझाएको थियो | भौतिकभित्र शरीरक स्वास्थ्य समस्याहरू, आधिदैविकभित्र सामाजिक, सांस्कृतिक, मानवीय भावनात्मक समस्याहरू र आध्यात्मिक भित्र अहम् अर्थात् स्वअस्तित्व आत्मगत समस्याहरूको समग्रता बुझ्ने प्रयत्न गरिएको छ | यहाँ "ताप" शब्दलाई मानसिकअर्थमा पश्चाताप भनेर बुझ्नुपर्छ, भौतिक अर्थमा शारीरिक सन्ताप र भनेर बुझ्नुपर्छ भने आध्यात्मिक अर्थमा "ताप"का रूपमा बुझ्नुपर्छ |
३. भौतिक विज्ञानले आफ्नो विकाससंगै मानसिक स्वास्थ्यमा पनि नकारात्मक समस्याहरू थपिदिएको छ | विज्ञानको चमत्कारिक विकासले मान्छेमा भौतिक सुख प्राप्त गर्ने "महत्वाकांक्षी" मनको विकास भएको छ | तर विज्ञान महङ्गो हो | सबैका लागि त्यो सुलभ छैन | पैसोको जोहो गर्न नसक्नेहरूले विज्ञानबाट लाभान्वित हुन सक्दैनन् | विश्वको हरेक वस्तु "क्यापिटल"मा रुपान्तरित भएको छ | आजको मान्छेको जन्म, मृत्यु, जीवनकाल र बुढ्यौली समेत "पैसो"को विषय बनेको छ | यदि तपाईंसंग पैसो छैन भने बाँच्ने र जिउने अधिकार रहन्न | तपाईं यदि जीवित हुनुहुन्छ तेसको अर्थ हो तपाईंका लागि कसैले (ट्याक्स) खर्च गरिरहेको छ | यस्तो अवस्थामा "आर्थिक असुरक्षा"ले मानिसमा मानसिक समस्या बढाउँछ | विश्व "क्यापिटल"जन्य मानसिक रोगले पिडित छ |
४. "क्यापिटल" विश्वको मानव-समाजलाई क्यापिटलमा रुपान्तरित गर्ने अपराध को-कसले गरेका हुन् ? मनोबैज्ञानिकहरूले खोज गरूँन् तर पाश्चात्य शिक्षा दीक्षाबाट विकसित भएका "साइकोलोजिस्ट"हरूले माथिल्लो हरफलाई बुझेर न्याय गर्ने छन् ? सजिलो छैन | यिनको कुनै दोष छैन किनभने क्यापिटलको एउटा अङ्ग बनिसकेको हाम्रो "मानसिक व्यबस्था"मा क्यापिटल वाहिर गएर बुझ्ने कुनै अवस्था नै छैन | हरहमेशा "क्यापिटल"प्राप्तिलाई मात्र सफलता ठान्ने "मानसिक तन्त्र"मा मानसिक स्वास्थ्यका अनेकौं समस्याहरू देखिनु स्वाभाविक ठान्छु | जतिजति मान्छेको सफलता भनेकै "क्यापिटल प्राप्ति" हो भन्ने प्रतिमान स्थापित हुँदैजान्छ, मान्छेमा मानसिक समस्याहरू पनि बढ्दै जान्छ | क्यापिटल प्राप्त गरेकाहरू अधिकतम भौतिक वस्तुहरूबाट सुख प्राप्त गर्ने लिगलिगे दौडका कारण मानसिक सन्तापले भरिन्छन् भने "क्यापिटल" प्राप्त गर्न नसक्नेहरू यसैलाई असफलता मानेर मानसिक रूपमा पश्चाताप ग्रस्त हुन्छन् | अहिलेको विश्व यसरी नै दौडीरहेको छ |
५. यो वर्ष "सबैको लागि मानसिक स्वास्थ्य" भन्ने नारा तोकिएको छ | सुन्दा राम्रो लागे पनि युक्रेन-रसीया युद्ध चलिरहेको छ | कोरोनाबाट मान्छेहरू राम्ररी तंग्रिन पाएको छैन समाज तर एस्तो अवस्थामा "सबैको लागि मानसिक स्वास्थ्य" एउटा अत्यन्त महत्वाकांक्षी नारा हुन्छ | युक्रेनको युद्ध होस् वा कोरोनाको कहर अमेरिकी र युरोपेली औषधि तथा हतियार कम्पनीहरूको भाउ बढेको छ | अर्कोतिर अमेरिकाले डलरमा व्याज थपेर विश्वैकतहको "क्यापिटल"लाई महँगो बनाएको छ | हामी नेपाली कै सवालमा कुरा गर्ने हो भने गतवर्षको तुलनामा हरेक नेपालीको घरमा ३०-३४% महंगी बढेको छ | कुरा फेरी पनि "क्यापिटल"कै हो | राज्यको ढुकुटीमा जानेका राजनैतिक नेतृत्व र जनताको गोजीबाट महंगाईको भरपाई गर्ने व्यापारीहरूको "मानसिक स्वास्थ्य"मा कुनै असर नपर्ला तर आम नेपालीका लागि "सबैका लागि मानसिक स्वास्थ्य" टाढाको फल आँखातरी मर" झैं भएको छ |
६. असलमा मानसिक स्वास्थ्य शब्द र यसले प्रदान गर्ने निकास नै अपूर्ण छ | मन चित्तको एउटा अंशमात्र हो | "चित्त"को निर्माणमा शारीरिक, मानसिक, सामाजिक, सांस्कृतिक र आध्यात्मिक सबै प्रकारका भोगाईको योगदान हुन्छ | मनले मन अर्थात् माइन्ड शब्दले केवल भावनात्मक र बौद्धिक क्रियालाई प्रतिनिधित्व गर्छ तर चित्तभित्र शारीरिक, मानसिक तथा आध्यात्मिकतहका क्रियात्मक पक्ष समेत समेटिएका हुन्छन् | तेसैले सम्पूर्ण मानसिक स्वास्थ्य (स्वस्थचित्त) प्राप्तिका लागि चित्त-शुद्धिको आवश्यकता पर्छ | चित्त-शुद्धि त्यो क्रिया वा सैद्धान्तिक अवधारणा जसले भौतिक (शरीर) दैविक (मानसिक) तथा आध्यात्मिक (अस्तित्व) सम्बन्धि समस्याहरू समाधान भएपछि प्राप्त हुन्छ | चित्त-शुद्धि अन्तर्गत काम, क्रोध, लोभ, मोह, ममताआदिको संयमित उपयोगको अभ्यास गराइन्छ |
७. चित्त-शुद्धिको अबधारणाले भन्छ - मान्छेले प्रकृतिसंग बढी समन्वय गर्दै जीवनयात्रा गर्नुपर्छ | सुख, सन्तोष, आनन्द तथा पूर्णता जीवनको लागि अनिवार्य लक्ष हुनुपर्छ तर यी लक्षहरू केवल भौतिक वस्तुले प्राप्त मानसिक सन्तुष्टिबाट प्राप्त हुन्छ भनेर सोच्नु पूर्वाग्रह हो | आधुनिक साइकोलोजीले यो तत्थ्य बल्ल बुझ्न आरम्भ गरेको छ | ऋषि शुकदेवले भनेका छन् "इन्द्रीयहरूलाई जतिधेरै विषयसुखको भोगी बनायो, ती त्यतिनै नयाँ सुखको लागि व्याकुल हुने छन् | चित्त-शुद्धिको पहिलो पाइला इन्द्रियहरूलाई नियमित गर्नबाट आरम्भ हुन्छ | इन्द्रीयहरूको चाहनाहरूलाई नियमित गर्नुको अर्थ हो उपलब्ध संसाधनहरूभित्र रहेर अर्थात् आत्मनियन्त्रित भएर उपलब्ध साधनबाट अधिकतम सन्तोष प्राप्त गर्नु | दुर्भाग्यवस, आजको मनोविज्ञानले चित्तलाई पनि "क्यापिटल"जस्तै व्यबहार गर्छ |
८. चित्त-शुद्ध भएपछि चित्त शान्त हुन्छ | चित्त प्रसन्न हुन्छ | चित्त दुख्न, बल्न, घुम्न छोड्छ | एउटा कुरा पक्का हो "क्यापिटल"को एउटा मोहरा बनाउने आधुनिक शिक्षा प्रणालीमा चुर्लुम्म डुबेको हामीजस्तो मनुवाले यो तत्थ्य बुझ्न सक्दैनौं किनभने क्यापिटलले "आमाको प्रेम, बहिनिको माया, श्रीमतीको सहृदयीपन र साथीभाईको मिठासमा समेत "कम्पिटिशन" र स्वार्थ देख्छ | हो, निस्वार्थ त्यति सजिलो छैन तर स्वार्थको मात्र न्यून बनाउने कामचाहिं चित्त-शुद्धिको क्रियाले गर्न सक्छ | एक पटक आफूतिर फर्केर मूल्यांकन गरौँ - के आजको तमाम मानसिक तनाव, चिन्ता, डर, उदासीपनजस्ता मानसिक अवस्थाहरू हाम्रो स्वार्थ र तेसको आपूर्तिमा हामीले आर्जन गर्ने "क्यापिटल"को हात छैन त ? अवश्य छ |
९. जवसम्म हामीले स-सानो उपलब्धिमा वा यथास्थितिको अवसरलाई प्रसन्नता र खुसीका रूपमा अंगिकार गर्दैनौं, मानसिक स्वास्थ्य पनि कसैको क्यापिटल प्राप्त गर्ने एउटा मार्केटिंग विधि बाहेक केही हुने छैन | हामी प्रसन्न रहनका लागि आफ्नो मौलिक संस्कृति, सभ्यता तथा चालचलनमा रम्न सक्नु पर्छ | ससानो खुसीका अवसरहरूलाई खुशी हुने उत्सव बनाउन सक्नुपर्छ भने उपलब्ध साधनहरूलाई प्रयोग गरेर अधिकतम शारीरिक सन्तोषको बाटोमा हिड्नु पर्छ | क्यापिटल आजको आवश्यकता हो, सबैलाई चाहिन्छ तर आमाको माया, बाबुको प्रेम, साथीको न्यानोपन तथा मायालुको मायालाई समेत "क्यापिटल"मा रुपान्तरित गर्ने संस्कारले हामी खुसी हुनै सक्दैनौं | तेसैले चित्त शुद्धिको अभ्यास गरौँ, चित्त खुसी भयो भने हामी सबैको चित्त बुझ्छ | चित्त बुझ्नुको अर्थ हो - हामी शारीरिक, मानसिक, सामाजिक तथा आध्यात्मिक रूपमा स्वस्थ छौँ | मनोचिकित्सक प्राडा Ajay Risal रिसालले गीता पढेर बुझेको मानसिक स्वास्थ्य पनि यही हो भन्ने मैले अनुमान गरेको छु |
-हामी सबैको भलो होस् (स्वस्तिअस्तु)

Saturday, October 8, 2022

हिमवत्खण्ड संचेतना प्रसंग

पहिलोपटक जरोकिलो महाभियानले "हिमवत्खण्ड सचेतना दिवस" घोषणा गर्दा धेरै नेपालीहरूले स्वागत गरेका थिए भने केही भारतीय मिडियाहरूले आलोचना पनि गरेका थिए | श्रीस्कन्दमहापुराण एउटा ठूलो हिस्सा "हिमवतखण्ड"लाई सधैं लुकाउने भारतीय प्रेस (संस्कृतका विद्वान्)लाई चुनौति दिंदै योगी नरहरिनाथले हिमवतखण्डको खोज र प्रकाशन गरेका थिए | यसो गर्दा नेपालको गौरव उजागर हुँदा निकै पीडा भएको थियो भने अहिले हिमवतखण्डका विषयमा चर्चपरिचर्चा र दिवसनै मनाउन लाग्दा झन् पीडा थपिएको छ |

हिमवतखण्ड" कुनै कल्पित विषय होइन | स्कन्दपुराणमा वेदव्यासले नेपालको गौरव गाथा गाएको विषय हो | कसैले रीस गर्दैमा सत्य परिवर्तित हुन सक्दैन | शालीग्रामका अभावमा जसरी कुनै पनि मन्दिरको (शिव शक्ति मन्दिर बाहेक) ले पूर्णता प्राप्त गर्न सक्दैन तेसैगरी हिमवतखण्डका अभावमा भारतवर्ष असम्भव हुन्छ | मुक्तिनाथ क्षेत्रमा भरत राजाले तपस्या नगरेको भए, ऋषभ देवले त्यही क्षेत्रमा साधना नगरेको भए, हिमवतखण्डको गण्डकी क्षेत्रमा व्यासले साधना गरेर पुराणहरू नलेखेको भए भारतवर्ष अधुरो रहन्थ्यो |
श्रीमद्भागवतको पाचौं स्कन्धमा भरतखण्डमा जन्म ग्रहण गर्नका लागि देवताहरू लालायित हुन्छन् भनिएको छ | भरतखण्डको भनेको नै गण्डकी प्रश्रवण क्षेत्र हो भने हिमवतखण्ड सम्पूर्ण हालको नेपाल, भारत, पाकिस्तान, अफगानिस्तानसहित तिब्बती क्षेत्रमा फैलिएको हिमाली क्षेत्र हो | खासगरी, पर्वत (पर्वतपुत्री पार्वतीको पैत्रिक थलो भएकोले) हिमवतखण्डको मूलधार हो भन्न मिल्छ | शक्तिका साधकहरूले यो तत्थ्य बुझ्नुपर्छ |
हिमवतखण्डको गौरव गाथा वेदव्यासले आरम्भ गरेका थिए | यसको महत्वलाई राष्ट्रसन्त नरहरिनाथले चिने, यसै परम्परामा जरोकिलो महाभियानलाई एउटा अवसरका रूपमा स्थापित गरेर सम्पूर्ण हिमवतखण्डका निवासीहरूलाई आत्मगौरव गर्न आह्वान गरेको हो र यो आह्वान केवल जरोकिलोको हो भनेर बुझ्नु अर्धसत्य हुने छ किनभने यो आह्वान ती सबै व्यक्ति, समुदाय, जातजातिआदि सबैको हो जो यस क्षेत्रका स्थायी निवासी हुन् वा यहाँबाट बसाइसरेर विश्वका कुनामा रहेका होउन |
अर्कोकुरा हिमवतखण्डको महत्व आजका राजनैतिक नेपाल, भारत, पाकिस्तान, अफगानिस्तान सबैका लागि उत्तिकै छ | हो, धर्मपरिवर्तनका कारण केही देशहरूले आफ्नो जरोकिलो गुमाएका छन् तर हिमवतखण्ड सचेतना दिवसले उनीहरूलाई हिमवतखण्डसंग जोडिन मदत गर्छ | संस्कृतका आदिकवि कालिदासले "हिमालयो नाम नगाधिराज" भन्दै हिमवतखण्डलाई भारतवर्षको राजा नै भनेका छन् र यो हिमालयको राजा सगरमाथा कहाँ छ ? मैले उल्लेख गर्नु नपर्ला |
राष्ट्रहरू निर्माण हुन्छन् र विघटन हुन्छन् - यो मानव समाजको एउटा नियमित प्रक्रिया हो तर हिमवतखण्डको गौरव लगभग अखण्ड छ | बर्तमान नेपालले हिमवतखण्डका धेरैजसो महत्वपूर्ण इतिहासलाई समेटेको छ | वैदिक संस्कृतिको आधारक्षेत्रका रूपमा विश्वभरी वैदिक ज्ञान, विज्ञान तथा संस्कृतिको विस्तारका लागि हिमवतखण्डका निवासीहरूले अग्रसरता ग्रहण गर्नुपर्छ | अहिलेको समय नेपालीहरूका लागि सबैभन्दा उपयुक्त छ किनभने विश्वले अत्यन्त तीब्रतर रूपमा आ-आफ्नो संस्कृति फैलाईरहेको छ | विभिन्न संचारमध्यमहरूको प्रयोग गरेर हिमवतखण्डको गौरव बढाउने काम गर्दा नेपालको गौरव बढ्छ |
समय सधैं एउटा रहन्न | कुनै वेला सनातन धर्मको ( हिन्दू) थलो रहेको अफगानिस्तान र पाकिस्तान मुस्लिम बनेका छन् भने थाइल्याण्ड, कम्बोडियाले बौद्ध धर्म अपनाएका छन् | हामीले नेतृत्व लिएर ठीकठीक तवरले अवसरको उपयोग गर्न सक्यौं भने पुन: यी सबै देशहरूले हिमवतखण्डका प्राचीन गौरवहरूलाई पुन: प्राप्त गर्न सक्ने छन् |
विश्वको जुनसुकै राष्ट्रमा जन्मेको मान्छेले आफ्नो मातृभूमि प्रति गर्व गर्छ र यसो गर्नु उसको अधिकार र कर्तव्य दूवै हो | नेपालीहरूले यस्तो संस्कार क्रमशः गुमाउंदै छौँ | राजनीतिमा, शिक्षामा, संस्कृतिमा तथा मानसिक चेतनामा समेत नक्कलीलाई असली ठान्ने भ्रम बढिरहेको छ | विश्वको जुनसुकै धर्म, संस्कृति, भाषा, जातजतिको सम्मान गर्नुपर्छ भन्ने आदेश ऋषिमुनिहरूले दिएकै छन् तर आफ्नोपन छोडेर कुनै पनि व्यक्ति वा राष्ट्र महान् हुन सक्दैन | नयाँ कुराहरूप्रति चासो हुनु स्वभाविक हो तर आत्मसम्मानमा आधात गर्ने विषयहरूप्रति आलोचनात्मक दृष्टिकोण हुनैपर्छ | अन्यथा नेपाल नामको सभ्यताहरूको, संस्कृतिहरूको गुरूको गुरूता लोप हुनसक्छ | हिमवतखण्डको अभियानले आफ्नो मौलिकता प्रति समालोचनात्मक दृष्टिकोणको विकास गर्दै आत्मगौरवतिर उत्प्रेरित गर्छ |
हिमवतखण्डका हरेक उत्तराधिकारीलाई जोड्ने (विश्वको जुनसुकै कुनामा भए पनि) यो दिवसलाई स्वत:स्फूर्त रूपमा अंगिकार गरौँ र अंगिकार गर्न अभिप्रेरित गरौँ | हिमवतखण्डका उत्तराधिकारीले उत्तराधिकार स्वीकार नगरे कसले गर्ने ? हिमवतखण्डका सचेतना दिवसप्रति गौरव गरौँ |

ईश्वरको ऐश्वर्यमा प्रश्नचिह्न !

मलाई लाग्छ, विश्वमा यो भन्दा शक्तिशाली शब्द अर्को छैन | धेरैका लागि यो एउटा धार्मिक शब्द हो तर नेपाल र भारतमा यस्ता पनि धर्म छन् जहाँ ईश्वरलाई कुनै ठाउँ छैन | अर्थात् ईश्वर नमाने पनि धार्मिक हुन सकिन्छ | धर्म मान्ने तर ईश्वर नमान्नेलाई नास्तिक भन्न मिल्दैन | ईश्वर नमान्ने पश्चिमा नास्तिकहरूझैं धर्म मान्ने तर ईश्वर नमान्ने बौद्ध र जैनहरू होइनन् |

एकेश्वरवादी (यहुदी, इसाई र मुस्लिम) का लागि ईश्वर (एउटा ईश्वर)को अस्तित्व नमान्नेहरू धार्मिक हुनै सक्दैनन् | एतिमात्र होइन यहुदीको ईश्वर इसाईलाई र ईसाईको ईश्वर मुस्लिमलाई अस्वीकार छ | ईश्वरमा मात्र होइन धार्मिक अस्तित्व समेत अस्वीकार्य छ | यी सबै आफ्नो धर्म, ईश्वर र गुरूमात्र सत्य हो भन्ने कुरामा अडीग छन् |
जर्मन दार्शनिक नित्सेले ईश्वर मरिसकेको कल्पना गरेका थिए भने कार्लमार्क्सले ईश्वरको आराधना गर्ने पन्थहरूको स्वभावलाई "अफिमको लत" भनेर आलोचना गरेका थिए | भारतवर्षमा चारबाक्, वृहस्पति, जावालिआदिले ईश्वर र ईश्वरका लागि गरिने सम्पूर्ण क्रियाकलापहरूको आलोचनामात्र गरेका छैनन् अपितु छोड्न पनि आह्वान गरेका छन् | प्राचीन ग्रीसमा एपिक्युरस, सोफिस्टआदिले पनि ईश्वरमा अनास्था जनाएका थिए |
आजको मानव समाज चार्बाक र एपिक्युरसको समयबाट धेरै अगाडी बढेको छ | चार्वाक तथा एपिक्युरस र गोविन्दशरणको समयको अन्तरालमा धेरैधेरै परिवर्तन भएका छन् | ईश्वरका नाममा धेरै पन्थहरू जन्मेका छन्, फैलिएका छन् भने यो फैलावटमा धेरै पन्थहरूले आफ्नो सभ्यता समेत गुमाएका छन् | यस विचमामा ईश्वरका नाममा असंख्य मान्छेले आफ्नो ज्यान गुमाएका छन् | ज्यान गुमाउनेहरू जुन पक्षमा भए पनि "ईश्वर"का नाममा गुमाएका छन् | "ईश्वर" (गड, अल्लाह, जेहोवा)को प्रत्यक्ष उपस्थिति नहुँदा पनि उसले हत्या र स्थापनामा आफ्नो मानसिक उपस्थिति जनाएको छ |
ठाउँ, नाम, संस्कृति र मान्छे जहाँ सुकैका होउन् "शक्ति" सबैको साझा आवश्यकता र उपयोगी विषय हो | यो सबैका लागि चाहनायोग्य पनि हो | विश्वका सबै मान्छेहरू शक्तिशाली तत्व (जीव होस् वा निर्जीव) डराउँने गरेको पनि यथार्थ हो | मान्छेले भक्ति शक्तिको अनुभव "बलियो मान्छेको मिचाईबाट" बुझेको होला भन्ने मेरो विश्वास छ | राजा सम्भवत: शक्तिको सबैभन्दा चरमअवस्था हुनुपर्छ | राजाले शक्तिको प्रयोग गरेको देखेर होस् वा भोगेर होस् (आफ्नो लागि नकारात्मक अवस्था उपस्थित हुँदा) राजा भन्दा शक्तिशाली व्यक्तिको परिकल्पना भयो | कालान्तरमा तेस्तो शक्तिको स्रोतका रूपमा अदृष्य बन्न पुग्यो र अन्तत: मान्छेहरूले सर्वशक्तिमान र सर्वसमर्थ तत्व वा सत्यका रुपमा प्रतिष्ठित गर्यो |
मैले धेरै पटक ईश्वरको खोजिनिधि गरें तर एउटा अदृष्य मानसिक शक्तिको तार्कीक पूर्णताटाका रूपमामा वाहेक अस्तित्वको आवश्यकता अनुभूत गरिन | हुन त ईश्वरको अस्तित्वलाई मान्नेहरूले एकातिर ईश्वरको अस्तित्व प्रमाणित गर्न अनेकौं शास्त्र र तर्कको रचना गरेका छन् अर्कोतिर तर्कातीत भनेर ईश्वरको अनुसन्धान गर्ने बाटो थुनिदिएका छन् | न्याय दर्शन होस् वा वेदान्त दर्शन अथवा देकार्त र कान्ट नै किन नहोउन यदि उनीहरूले बुद्धिले ईश्वरलाई प्रमाणित गरेका छन् भने विश्वको सबैभन्दा ठूलो विरोधाभास हो | बुद्धिको सीमाभित्र पर्ने तत्व ईश्वर हुनै सक्दैन भने बुद्धि वाहेक मान्छेले "सत्त्व"लाई जान्ने बुझ्ने अन्य साधन छैन |
-विज्ञानका दृष्टिकोणले चिन्तान गर्दा कुनै व्यक्तिले ईश्वरको अस्तित्व अप्रमाणित गर्न सक्दैन वा "ईश्वर छैन" भन्न मिल्दैन | किनभने एउटा बैज्ञानिकले तत्थ्यका आधारमा (पर्यवेक्षण, परीक्षण र प्रमणिकरण) बोल्नु पर्छ | यदि धार्मिक व्यक्तिहरूले ईश्वर विश्वको कणकणमा व्याप्त छ भनिरहेका छन् (वैदिक शास्त्रले त झन् ब्रह्माण्डमा अनन्त विश्व छन्) भन्ने घोषणा नै गरेको छ एस्तो परिस्थितिमा त्रिलियन प्रकाश वर्षमा फैलिएको ब्रह्माण्डको प्रत्येक कणको पर्यबेक्षण, परीक्षण र प्रमाणिकरण नगरी ईश्वरलाई नकार्न मिक्दैन भने कुनै ईश्वरवादीले पनि "ईश्वर एतिबिध्न शक्तिशाली छ कि मान्छेले प्रत्यक्ष रूपमा देख्न सक्दैन भन्दै छल गर्न पाउंदैन | यदि सबै ठाउँमा भए सबै ठाउँमा र यदि कुनै ठाउँ (हेवेन, स्वर्ग, जन्नत)मा ईश्वर भेटिनु पर्छ |
सत्य के हो भने आजका ईश्वरवादीसंग ईश्वर होइन ईश्वरको कथा र परम्परागत रूपमा मान्छेले मान्छेलाई पुस्तान्तरण गर्दै आएको विश्वास छ | सबै विश्वास सत्य हुँदैनन् र सबै विश्वास झूट पनि हुँदैनन् | सत्य के हो भने विज्ञानले ईश्वरको अस्तित्व प्रमाणित गर्न नसकेझैं ईश्वरवादीहरूले पनि ईश्वरको अस्तित्व प्रमाणित गर्न सक्दैनन् | जुन क्षण ईश्वरवादीहरूले ईश्वरलाई प्रमाणको सीमामा स्थापित गर्छन् त्यो क्षण ईश्वरको हत्या हुने छ, ईश्वरको अस्तित्व सधैंका लागि लोप हुनेछ | विज्ञानको बर्चश्व बलियो हुँदैजाँदा "ईश्वर" निकै निरिह हुँदैछ | मैले ईश्वर निरीह भएको हो कि ईश्वरको विश्वास निर्वल भएको हो ! ठ्याक्कै छुट्याउन सकेको छैन |
-विश्वभरिका मान्छेहरूले आफ्नो "ईश्वर"लाई तीनबटा दृष्टिकोणले बुझ्ने प्रयत्न गरेका छन् | यहुदी, इसाई र मुस्लिमहरूको ईश्वर विश्वासको विषय हो | ईश्वरको शक्तिलाई मान्छेले "डर"का रूपमा अनुभव गर्छ र आत्मसमर्पणका माध्यमबाट मान्छेले ईश्वरको माया पाउँछ | वैदिक दार्शनिक सम्प्रदायमा समर्पण, विश्वास र बुद्धि तीनैबटा मार्गहरूबाट ईश्वरलाई बुझ्न सकिन्छ | उदाहरणका लागि भक्तिवादीहरूले ईश्वरको आराधना विश्वासका आधारमा गर्छन् | कर्मवादीहरूले ईश्वरलाई विश्वास र बुद्धि दूवैको प्रयोग गरेर जान्ने प्रयत्न गर्छन् भने बुद्धिवादीहरूले विवेकको प्रयोग गरेर ईश्वरको प्राप्ति गर्छन् | एउटा कुरा प्रष्ट छ वैदिकहरूमा - "ईश्वर" डराउँनु पर्ने शक्ति होइन | कुनै पनि वैदिकले डरका कारण ईश्वरको आदेश मानिरहेको छैन |
मान्छेको बुद्धिले "ईश्वर तर्कातीत छ, नेतिनेति तत्व" हो भनेर किन पत्याउने ? यदि ईश्वर मानवीय ज्ञानको सीमाबाट वाहिर छ भने ईश्वरको अस्तित्व प्रमाणित गर्न तर्क दिने र नदिने दूवै संसारलाई उल्लु बनाउने व्यक्तिहरूको अवैधानिक समूह हो | ईश्वर त छ मैले बुझे र साक्षात्कार गरे अनुसार अज्ञेय, ज्ञानातीत तथा अचिन्त्य छ भन्नेहरू वेइमान हुन् | हो, जानेको सबै विषय शब्दमा वर्णन गर्न सकिन्न तर "मैले जानेअनुसार त्यो अचित्य, अज्ञये तथा अनादि छ भन्नुको कुनै अर्थ हुँदैन

अब्राहमिक-प्रजातन्त्रवाद

१. यो दशैंको मौसममा एउटा राजनैतिक दलका शिर्ष नेताले "आदिवासी महिषासुरलाई बाहुनक्षेत्रीहरूले दुर्गा नामकी सुन्दरी वेश्या प्रयोग गरेर हत्या गराएको र तेसै हत्याको खुसीमा आरम्भ गरिएको दशैं पर्व" भनि आफ्नो फेसबुकमा लेखेको र तेसको समर्थनमा लाइक तथा कमेन्ट गर्नेको जमात देखेर अचम्म लाग्यो | हरेक वर्ष दशैँको माहोलमा आउने यस्ता बक्तव्यहरूले एकातिर महिलाहरूको अस्मिताउपर प्रहार गरेको छ भने अर्कोतिर नेपाल र नेपालीको अपमान गरेको छ | देशको नेतृत्व गर्छु भनेर राजनीति गर्ने एउटा पार्टीका आधिकारिक नेताले देशका ९०% जनताले बडो श्रद्धा र विश्वास गर्ने, आराधना गर्ने तथा मान्ने देवीदेउताका विषयमा एस्तो अभद्र टिप्पणी गर्नेले नेपालको राजनैतिक नेतृत्व प्राप्त गर्न सक्ला त ? अर्कोतिर के नेपाली जनताले एस्तो सिद्धान्तमा विश्वास गरेर जिताउलान् त ? सर्वसाधारणले पनि बुझ्ने तत्थ्य के हो भने एस्तो राजनैतिक दल स्थापित गर्ने नेतृत्वले सत्ता प्राप्तिको लागि होइन केवल "चर्चामा रहिरहन वा नेपालको मौलिक धर्म, संस्कृति तथा परम्परासंग घृणा गर्ने, गराउने र एकआपसमा सङ्घर्षमा उतार्ने प्रयोजनका लागि प्रयोग गरिएका छन्" भन्ने बुझ्न असजिलो हुँदैन | अर्कोतिर के महिलाहरूका लागि वेश्या हुनु वा वेश्यावृत्तिमा रहनु खुशीको कुरा हो र ? मातृशक्ति र १ खरव जनसंख्यालाई प्रतिनिधित्व गर्ने सभ्यताउपर एस्तो प्रहार गर्ने आँट कहाँबाट आएको होला ? यो एउटा उदाहरणमात्र हो, यस्ता पात्रहरू थोरै भए पनि समाजमा फैलिंदै छन् |

२. वैश्विकतहमै राजनैतिक दलहरूको ऊद्देश्य "सत्ता प्राप्ति" हुन्छ | यदि कुनै व्यक्ति वा समूहले "हाम्रो राजनैतिक दलले भविष्यमा सत्ता प्राप्ति गर्ने छैन" भन्ने जान्दाजान्दै पनि राजनैतिक महत्वाकांक्षा राख्छ तर ब्यबहारचाहिं सानो गूट, जात, भाषाका लागि ठूलो भाषा, धर्म, संस्कृति विरुद्ध विष बमन गर्छ भने यस्ता पार्टीहरू र तिनका नेतृत्वले देशको भलो होइन अस्तित्वउपर नै प्रहार गरिरहेका हुन्छन् | नेपालजस्तो सम्झौताको "संबिधान" भएको देशको नेतृत्वले यस्ता "पाजी" राजनैतिक शक्तिहरू विरुद्ध संविधानले नै प्रदान गरेको शक्ति प्रयोग गर्नबाट जोगिन्छन् | नेपाली राजनीतिका विषयमा प्रष्टसंग भन्ने हो भने आदिवासी, जनजाती, मूलवासीजस्ता शब्दहरू प्रयोग गरेर राजनीति गर्नेहरूमा केही सधैं राज्यसत्तासंग "ब्लैकमेल गर्ने, गुण्डागर्दी गर्ने, राज्य सत्तालाई धम्क्याउने, आफ्नो वाहेक अन्य सबैको तीतो आलोचना गरेर आपसी सद्भाव बिथोल्न प्रयत्न गर्ने र अवसर प्राप्त हुँदासाथ सत्ताभित्र पसेर हालीमुहाली" गर्ने प्रप्वृत्ति देखिन्छ | अचम्मको तत्थ्य के छ भने संबिधानको रक्षा गर्ने अभिभारा बोकेको राज्यसत्ता यी गूटहरूसंग थर्कमान देखिन्छ, लाचार देखिन्छ | किन ? यसको उत्तर सबै शक्तिको प्रयोग गर्ने राज्यले नै दिन सक्छ |
३. नेपालमा १३३ जातजाति र १२३ बटा भाषाहरू छन् र ती सबै जीवन्त छन् | आफ्नो भाषा, भूगोल, धर्म, संस्कृति तथा सभ्यताको संरक्षण गर्ने, गराउन अभिप्रेरित गर्ने, संरक्षणका लागि राज्यसत्ता र आफु वाहेकका समूहसंग सहकार्य गर्ने दायित्व पनि सम्वन्धित समूहकै हो | जसले आफ्नो मौलिकता जोगाउन काम गरिरहेको छ, उनीहरूको उच्चसम्मान हुनुपर्छ | देशको एउटा पनि मौलिक परम्परानष्ट हुनु देश र समाजको लागि ठूलो नोक्सानी हो | तर आफ्नो धर्म, संस्कृति, परम्परा र मौलिकता संरक्षणका सवालमा नेतृत्वदायी भूमिका वहन गर्नुको सट्टा आफ्ना छिमेकीको धर्म, संस्कृति, परम्परा, भाषा, मौलिकताप्रति विष बमन गर्ने चिन्तन "माइन्ड-सेट" कसरी विकसित हुन्छ र यस्तो माइन्ड-सेटको विस्तारले देशको केकस्तो अहित हुन्छ ? राज्यको दण्डशक्ति लिएर बसेकाहरूले समय मै सोच्नुपर्छ | अन्यथा देशले अकल्पनीय क्षति वेहोर्नु पर्ने हुन्छ | समय निर्माण गर्न लाग्ने हो, विगार्न लाग्दैन |
४. मैले "आफु भिन्न अरूको आलोचना मात्रै गर्ने" माइन्ड-सेटका विषयमा चर्चा गरिरहेको छु | हिन्दू, बौद्ध, जैन, किरातआदि नेपालका रैथाने धर्म, संस्कृतिहरू बहुलतावादमा विश्वास गर्छन् | तेसैले नेपाल र भारत गरी करिव ७२८० रैथाने भाषा, संस्कृति र परम्पराहरू यहाँ जीवित छन् | सबैसंग आफ्नो मौलिक पहिचान सुरक्षित छ र आफ्नो सुरक्षा र प्रवर्धनका लागि राज्यले ती व्यक्तिहरूलाई पूर्णस्वतन्त्रता प्रदान गरेको छ | अर्कोतिर, यहुदी, इसाई, मुस्लिमहरूले "बहुलता"लाई अस्वीकार गर्छन् | प्रजातन्त्र नै भनिए पनि यहुदी, इसाई तथा मुस्लिम संस्कृतिबाट विकसित भएको छ, भने स्वाभाविक रूपमा तिनमा "बहुलता" स्वीकार्य हुँदैन | उदाहरणका लागि आब्रहमिक संस्कृतिले विकसित प्रजातन्त्रले अन्य संस्कृतिम विकसित भएको "प्रजातन्त्र"लाई अस्वीकार गर्छ | नेपालमा आब्रहमिक-प्रजातन्त्रको बर्चश्व बढ्दै जाँदा इसाई-मुस्लिमको जनसंख्या बढ्नु र आफ्नै छिमेकीप्रति चरमअसहिष्णु समूह बढ्दै जानु यसको प्रत्यक्ष उदाहरण हो |
५. नेपालमा जातका आधारमा, भाषाका आधारमा, भूगोलका आधारमा गठित गरिएका राजनैतिक, सामाजिक तथा सांस्कृतिक समूहहरूमा "केही"लाई छोडेर धेरैजसो चरम अराजक र स्वच्छन देखिन्छन् | आफ्नो धर्म, संस्कृति तथा राजनैतिक सभागिता खोज्नु भन्दा छिमेकीको (सनातनी)हरूका विरुद्ध क्रियाकलाप गरेर, बक्तब्यबाजी गरेर "जातीय पहिचान सुरक्षित हुन्छ" भन्ने भ्रम छरिरहेका हुन्छन् | यस्ता समूहको नेतृत्व गर्ने नेताहरू झन् असहिष्णु भेटिन्छन् | उनीहरू तर्क, अर्काको सम्मान र संबिधानप्रति विद्रोहलाई "जातीय पहिचान" भन्ने ठान्छन् | यो ठीक तेस्तै व्यबहार हो जस्तो कि यहुदीले इसाईसंग, इसाईले मुस्लिमसंग, मुस्लिमले यहुदी र इसाईसंग गर्छन् र अब्राहमिक-प्रजातन्त्रले अर्को प्रजातान्त्रिक चिन्तन र व्यबस्थासंग गर्छन् | उदाहरणका लागि अमेरिकी र युरोपेलीहरूले आफुले अभ्यासगरिरहेको "मोडेल"वाहेकका प्रजातान्त्रिक अभ्यासहरूलाई रत्तिभर मान्यता दिंदैनन् भन्ने तत्थ्य जगजाहेर छ | नेपालमा विकसित हुँदै गरेका असहिष्णु गूटहरू अब्राहमिक -प्रजातन्त्रको सैद्धान्तिक माइन्ड-सेटका प्रत्युत्पादन हुन् |
६. हजारौं वर्षदेखि सहअस्तित्व र सहृदयी सम्बन्धका साथ विकसित नभएको भए आजको नेपालमा १३३ बटा जातजातिको जीवन्त अस्तित्व असम्भव थियो | हाम्रोजस्तो बहुलता भएको इरान, इराक, अफगानिस्तान, युरोप, इस्लामिक राष्ट्रहरूले "अब्राहमिक माइन्ड सेट"का कारण असंख्य सभ्यताहरू बर्बरतापूर्ण तरिकाले गुमाएका छन् - यो सत्यलाई नकार्न सकिन्न | आजको मितिमा पश्चिमाहरूले आफूभित्र "कोर्स-करेक्सन" गरिरहेका छन् भने नेपालजस्तो देशका लागि भने उनीहरूसंग पुरानो "अब्राहमिक मोडेल" नै छ किनभने अब्राहमिक-मोडेलमा उनीहरूलाई फाइदा छ | अर्थात् नेपाललाई वेफाइदा हुँदा उनीहरूलाई फाइदा हुन्छ | यही फाइदाका मतियार "गूट"हरू हुन् | अब्राहमिक मोडेलको प्रजातन्त्र मान्ने यस्ता गूटहरूको पहिचान नै अर्काको "निषेध" गर्दै आरम्भ हुन्छ र कार्यान्वय सशस्त्र द्वन्दबाट हुन्छ |
७. अब्राहमिक-प्रजातन्त्र अर्थात् गणतन्त्र वा साम्यवादीलाई आफ्नो बौद्धिक आधार मान्नेहरूले "स्वन्त्रता तथा उन्नयन" छिमेकीसंग सहकार्य गरेर, आपसमा विचार आदानप्रदान गरेर तथा एकआपसमा सहृदयी सम्वन्ध विस्तार गरेर हुन्छ भन्ने तत्थ्य बुझाउन सकिन्न | एस्तो माइन्ड-सेट हुँदैजाँदा सबैको खाले समस्याको समाधान "घृणा र सशस्त्र सङ्घर्ष"ले मात्र गर्न सक्छ भन्ने विश्वास बलियो हुन्छ | जव सङ्घर्ष हुन्छ, हतियार बेचेर पैसा कमाउनेहरू उनै हुन्छन् | नेपालजस्तो मुलुक आन्तिरक द्वन्दका कारण क्षतविक्षत हुँदैगर्दा उनीहरूको जीवनस्तर विलासी हुँदैजान्छ | उदाहरणका लागि लिबिया, इराक, अफगानिस्तान, सिरिया र आजको मितिमा युक्रेन र रूसबिच द्वन्द हुँदै गर्दा अमेरिकी र युरोपेली प्रजातन्त्रहरूमा हतियारको शेयर अचम्मसंग महँगो भएको छ | मैले भन्न सक्दिन कि उपरोक्त प्रजातान्त्रिक मुलुकहरूले एस्तो विद्ध्वंस कार्य जानाजान गर्छन् कि उनीहरूको संस्कृति र सभ्यतासंग जोडिएर उनीहरूको बुद्धिमा प्रवाहित भैरहेको अर्कालाई पूर्ण निषेध गर्ने "अब्राहमिक माइन्ड-सेट" ले तेस्तो भएको हो ! सम्बन्धित व्यक्तिले यतातिर अनुसन्धान गर्दा हुन्छ | तर सबै दोष पश्चिमालाई दिनुको कुनै औचित्य छैन | उनीहरूबाट हाम्रो समाजले धेरै कुरा सिक्नुपर्छ |
८. सनातनीहरूकी आराध्या भगवती दुर्गालाई वेश्या भन्ने, नेपालको ८३% जनसंख्याको प्रतिनिधित्व गर्न हिन्दूहरूलाई "शरणार्थी" भन्दै अनर्गल गालीगलौज गर्ने, सनातनीहरूसंग केवल शत्रूतापूर्ण व्यबहार गर्ने, असहिष्णु बक्तब्य दिनेहरू आफ्नो संस्कृतिका संरक्षक हुन् भन्ने विश्वास गर्नु तिनको समुदायका लागि आत्महत्यासरह हो | जुनसुकै व्यक्ति, राजनैतिक पार्टी वा समुदाय जसले "दुर्गा वेश्या हो" भन्नेजस्ता अनर्गल र सांस्कृतिक सद्भाव विथोल्ने क्रियाकलाप गर्छन् वा बक्तव्य दिन्छन्, तीप्रति राज्य कठोर हुनैपर्छ | जुनसुकै जाति, धर्म, संस्कृति वा समुदायका भए पनि उनीहरूको संरक्षण गर्नुभनेको भविष्यमा "आ कुकुर मलाई टोक" भन्नुसरह हुनेछ | यदि राज्यले यस्ता व्यक्ति वा समूहसंग केवल धर्म, जात, भाषा वा भूगोलका आधारमा सहिष्णुता राख्छ भने राज्यस्वयं पनि अराजकहरूको मतियार बन्न पुग्छ | एस्तो राष्ट्रको भविष्य हुँदैन | राज्य अभिभाव हो जसको काखमा टाउको राखेर जनताहरू सुतिरहेका हुन्छन्, राज्यले उपरोक्त गूट वा समूहको स्वार्थ रक्षा गर्नु वा उनीहरूको ब्ल्याक-मेलिगमा परेर अकर्व्यशील हुनुभनेको आफ्नो काखमा सुतिरहेका जनताको टाउको खुकुरीले छिनाल्नुसरह विश्वासघात हो | नेपालको राज्यसत्ताले समयमै विचार पुर्याएर देश र जनताको सुरक्षा सुनिश्चित गर्नुपर्छ |
९. कुनै पनि व्यक्ति वा समूह आफ्नो मौलिक धर्म, संस्कृति, परम्परा, आदर्शहरूको संरक्षण तथा सम्बर्धनको लागि सक्रिय हुँदा अन्धविश्वासी, पश्चगामी वा विकास विरोधी हुँदैन | व्यक्तिको लबाई-खवाईले उसको प्रगतिशील चरित्र र व्यबहारलाई रोक्न सक्दैन | बारहरू चहारेर नयाँनयाँ रक्सीका ब्रान्ड खाएर मात्दैमा कुनै व्यक्ति आधुनिक हुँदैन र शालीग्रामको चरणामृत पिउंदैमा कुनै पछौटे पनि हुँदैन | एकअर्काको आलोचना गर्दैमा स्वधर्म र स्वजातिको पहिचान सुरक्षित हुँदैन | राष्ट्रराज्यको राज्नानैतिक मोडेलहरूका कारण धेरै जनता भ्रमित भएका छन् | उप्रान्त सहृदयी सम्बन्धका आधारमा एकअर्काको समालोचना गर्ने र पहिचानआदिका सवालमा एकअर्काको पहिचानको संरक्षण गर्दै उन्नत नेपालतिर "राज्यराष्ट्र"ले प्राप्त हुन्छ भन्ने तत्थ्य आत्मसात गर्नुपर्छ | राष्ट्रराज्यले राज्यराष्ट्रको अवधारणालाई ठाडै अस्वीकार गरे पनि राज्यराष्ट्रले भने राष्ट्रराज्यको महत्वलाई "अब्राहमिक माइन्ड-सेट"भएका राष्ट्रहरूलाई उपयोगी नै ठान्छ | अहिलेको वैश्विक परिवेशमा ती देशहरूमा पनि "राष्ट्रराज्य" गतार्थ भैसकेको छ भन्ने तत्थ्यचाहिं उनीहरूले पनि मनन गरिरहेका छन् तर उनको माइन्ड-सेटले स्वीकृति प्रदान गरेको छैन |
१०. यो विचारप्रधान लेख लेख्दै गर्दा "दुर्गा वेश्या हुन्"को प्रतिकारमा किन एतिबिध्न लेख्नु पर्यो भन्ने विचार नआएको होइन | तर मभित्रको एउटा सचेत नागरिकले यस्ता व्यक्ति वा समूहप्रति राज्यले आँखा चिम्लेको देखेर निकै कष्ट भयो | आधुनिक इतिहासले वर्तमान नेपाली समाजको समानान्तर अस्तित्व कमसेकम ३५ सय वर्ष प्राचीन हो भनेर बोलेकै छ | एस्तो समावेशी र सहअस्तित्वलाई निरन्तरता दिंदैआएको नेपाली समाजका लागि "दुर्गा वेश्या हुन्" भन्न सक्ने पात्रहरूको बौद्धिक प्रतिकार भएन भने देश दुर्घटनामा जान सक्छ भनेर आफ्नो कर्तव्य पालन गरेको हुँ | मलाई थाहा छ, एस्ता असहिष्णु गूट र तिनका मतियारहरूले यो बैचारिक प्रतिकार पढेपछि ज्यान मार्न सक्नेसम्मको उद्योग गर्ने छन् | जीवन र आयु पशुपति नाथ र देवी पार्वतीको हातमा छ | तर देश, जनता र मौलिक धर्मसंस्कृतिसंग जोडिएको नेपाली-नेपाली बिचको सहृदयी सम्बन्ध अझैं बलियो हुनुपर्छ |
सर्वेषां स्वस्तिअस्तु - सबैको कल्याण होस् |

दुईवटा तस्वीर !

म बस कुरिरहेको थिएँ | यो बस स्ट्यान्ड नै थियो भन्न सक्दिन | वरिपरी मान्छेहरू बोलिरहेका थिए | म चिन्तित चिन्तित थिएँ | एत्तिकैमा एकजना महात्मा देखिए | उनको बगलीमा झोला थियो | उनी अग्ला, सेतो लुगा लगाएका र हँसिला थिए | उनी आएर मसंगै वसे |

उनले आफ्नो झोला खोलेर भारतको नक्सा निकाले | त्यो नक्साको बिचमा एउटा "मानिस" नामको प्रदेश रहेछ | उनले भने "यो प्रदेश भारतबाट छुट्टिदै छ | यो अलग प्रदेश बन्ने वाला छ |
मैले त्यो नक्सा आफ्नो हातमा लिएँ | उनी औधि खुशी भए | उनले त्यो नक्सा अर्कोतिर फर्काए | त्यहाँ भगवती पार्वतीको सून्दर तस्वीर थियो | म खुसी भएँ | महात्माले त्यो तस्वीर मेरो हातमा दिए | मेरो आँखाबाट आँशु बग्न थाले | मैले भने "मेरी आराध्यदेवी पार्वतीलाई मैले धेरै खोजेको थिएँ | उनी यहाँ पो रहिछन् | तिमी मेरो फुफु हौँ हो - पर्वतकी छोरी !
महात्माले भने "तिमी कुर्दाकुर्दा थाकेका छौँ | लामो बाटो बाँकी छ | हेर यो तस्वीर पनि तिम्रै लागि हो |" उनले आफ्नो झोलाबाट अर्को तस्वीर निकाले | यो तस्वीर श्रीराधाकृष्णको थियो | उनले त्यो तस्वीर पनि मेरो हातमा दिए | त्यो तस्वीरबाट मीठो सुगन्ध आइरहेको थियो | तेस्तो मिठो सुगन्ध मैले आफ्नो जीवनमा कहिले पनि अनुभव गरेको थिइन |
"बाबु ! यो तिम्रो मनको सुगन्ध हो | तिमीले यो यी तस्वीरमा जगन्माता पार्वती र विश्वात्मा श्रीराधाकृष्णलाई देखिरहेका छौँ | अव तिमीले धेरै प्रतिक्षा गर्नु पर्दैन | तिमीले यो सुगन्ध जताततै फैलाउने छौँ |
ती महात्मा त्यहीं अलप भए | म ती दुई तस्वीरबाट निस्किरहेको मनोहर सुगन्धबाट कृत्यकृत्य भैरहेको थिएँ | मलाई वा कुनै बस कुर्नुनै थिएन किनभने मेरो गन्तव्य समाप्त भएको थियो | मेरो सपना सकिएको थियो |
जान्नेहरूले अर्थ भन्नुहोला - मेरो सपना सकिएको थियो |

Thursday, October 6, 2022

अब्राहमिक -प्रजातन्त्रवाद

१. यो दशैंको मौसममा एउटा राजनैतिक दलका शिर्ष नेताले “आदिवासी महिषासुरलाई बाहुनक्षेत्रीहरूले दुर्गा नामकी सुन्दरी वेश्या प्रयोग गरेर हत्या गराएको र तेसै हत्याको खुसीमा आरम्भ गरिएको दशैं पर्व” भनि आफ्नो फेसबुकमा लेखेको र तेसको समर्थनमा लाइक तथा कमेन्ट गर्नेको जमात देखेर अचम्म लाग्यो । हरेक वर्ष दशैँको माहोलमा आउने यस्ता बक्तव्यहरूले एकातिर महिलाहरूको अस्मिताउपर प्रहार गरेको छ भने अर्कोतिर नेपाल र नेपालीको अपमान गरेको छ । देशको नेतृत्व गर्छु भनेर राजनीति गर्ने एउटा पार्टीका आधिकारिक नेताले देशका ९०% जनताले बडो श्रद्धा र विश्वास गर्ने, आराधना गर्ने तथा मान्ने देवीदेउताका विषयमा एस्तो अभद्र टिप्पणी गर्नेले नेपालको राजनैतिक नेतृत्व प्राप्त गर्न सक्ला त ? अर्कोतिर के नेपाली जनताले एस्तो सिद्धान्तमा विश्वास गरेर जिताउलान् त ? सर्वसाधारणले पनि बुझ्ने तत्थ्य के हो भने एस्तो राजनैतिक दल स्थापित गर्ने नेतृत्वले सत्ता प्राप्तिको लागि होइन केवल “चर्चामा रहिरहन वा नेपालको मौलिक धर्म, संस्कृति तथा परम्परासंग घृणा गर्ने, गराउने र एकआपसमा सङ्घर्षमा उतार्ने प्रयोजनका लागि प्रयोग गरिएका छन्” भन्ने बुझ्न असजिलो हुँदैन । अर्कोतिर के महिलाहरूका लागि वेश्या हुनु वा वेश्यावृत्तिमा रहनु खुशीको कुरा हो र ? मातृशक्ति र १ खरव जनसंख्यालाई प्रतिनिधित्व गर्ने सभ्यताउपर एस्तो प्रहार गर्ने आँट कहाँबाट आएको होला ? यो एउटा उदाहरणमात्र हो, यस्ता पात्रहरू थोरै भए पनि समाजमा फैलिंदै छन् ।

२. वैश्विकतहमै राजनैतिक दलहरूको ऊद्देश्य “सत्ता प्राप्ति” हुन्छ । यदि कुनै व्यक्ति वा समूहले “हाम्रो राजनैतिक दलले भविष्यमा सत्ता प्राप्ति गर्ने छैन” भन्ने जान्दाजान्दै पनि राजनैतिक महत्वाकांक्षा राख्छ तर ब्यबहारचाहिं सानो गूट, जात, भाषाका लागि ठूलो भाषा, धर्म, संस्कृति विरुद्ध विष बमन गर्छ भने यस्ता पार्टीहरू र तिनका नेतृत्वले देशको भलो होइन अस्तित्वउपर नै प्रहार गरिरहेका हुन्छन् । नेपालजस्तो सम्झौताको “संबिधान” भएको देशको नेतृत्वले यस्ता “पाजी” राजनैतिक शक्तिहरू विरुद्ध संविधानले नै प्रदान गरेको शक्ति प्रयोग गर्नबाट जोगिन्छन् । नेपाली राजनीतिका विषयमा प्रष्टसंग भन्ने हो भने आदिवासी, जनजाती, मूलवासीजस्ता शब्दहरू प्रयोग गरेर राजनीति गर्नेहरूमा केही सधैं राज्यसत्तासंग “ब्लैकमेल गर्ने, गुण्डागर्दी गर्ने, राज्य सत्तालाई धम्क्याउने, आफ्नो वाहेक अन्य सबैको तीतो आलोचना गरेर आपसी सद्भाव बिथोल्न प्रयत्न गर्ने र अवसर प्राप्त हुँदासाथ सत्ताभित्र पसेर हालीमुहाली” गर्ने प्रप्वृत्ति देखिन्छ । अचम्मको तत्थ्य के छ भने संबिधानको रक्षा गर्ने अभिभारा बोकेको राज्यसत्ता यी गूटहरूसंग थर्कमान देखिन्छ, लाचार देखिन्छ । किन ? यसको उत्तर सबै शक्तिको प्रयोग गर्ने राज्यले नै दिन सक्छ ।

३. नेपालमा १३३ जातजाति र १२३ बटा भाषाहरू छन् र ती सबै जीवन्त छन् । आफ्नो भाषा, भूगोल, धर्म, संस्कृति तथा सभ्यताको संरक्षण गर्ने, गराउन अभिप्रेरित गर्ने, संरक्षणका लागि राज्यसत्ता र आफु वाहेकका समूहसंग सहकार्य गर्ने दायित्व पनि सम्वन्धित समूहकै हो । जसले आफ्नो मौलिकता जोगाउन काम गरिरहेको छ, उनीहरूको उच्चसम्मान हुनुपर्छ । देशको एउटा पनि मौलिक परम्परानष्ट हुनु देश र समाजको लागि ठूलो नोक्सानी हो । तर आफ्नो धर्म, संस्कृति, परम्परा र मौलिकता संरक्षणका सवालमा नेतृत्वदायी भूमिका वहन गर्नुको सट्टा आफ्ना छिमेकीको धर्म, संस्कृति, परम्परा, भाषा, मौलिकताप्रति विष बमन गर्ने चिन्तन “माइन्ड-सेट” कसरी विकसित हुन्छ र यस्तो माइन्ड-सेटको विस्तारले देशको केकस्तो अहित हुन्छ ? राज्यको दण्डशक्ति लिएर बसेकाहरूले समय मै सोच्नुपर्छ । अन्यथा देशले अकल्पनीय क्षति वेहोर्नु पर्ने हुन्छ । समय निर्माण गर्न लाग्ने हो, विगार्न लाग्दैन ।

४. मैले “आफु भिन्न अरूको आलोचना मात्रै गर्ने” माइन्ड-सेटका विषयमा चर्चा गरिरहेको छु । हिन्दू, बौद्ध, जैन, किरातआदि नेपालका रैथाने धर्म, संस्कृतिहरू बहुलतावादमा विश्वास गर्छन् । तेसैले नेपाल र भारत गरी करिव ७२८० रैथाने भाषा, संस्कृति र परम्पराहरू यहाँ जीवित छन् । सबैसंग आफ्नो मौलिक पहिचान सुरक्षित छ र आफ्नो सुरक्षा र प्रवर्धनका लागि राज्यले ती व्यक्तिहरूलाई पूर्णस्वतन्त्रता प्रदान गरेको छ । अर्कोतिर, यहुदी, इसाई, मुस्लिमहरूले “बहुलता”लाई अस्वीकार गर्छन् । प्रजातन्त्र नै भनिए पनि यहुदी, इसाई तथा मुस्लिम संस्कृतिबाट विकसित भएको छ, भने स्वाभाविक रूपमा तिनमा “बहुलता” स्वीकार्य हुँदैन । उदाहरणका लागि आब्रहमिक संस्कृतिले विकसित प्रजातन्त्रले अन्य संस्कृतिम विकसित भएको “प्रजातन्त्र”लाई अस्वीकार गर्छ । नेपालमा आब्रहमिक-प्रजातन्त्रको बर्चश्व बढ्दै जाँदा इसाई-मुस्लिमको जनसंख्या बढ्नु र आफ्नै छिमेकीप्रति चरमअसहिष्णु समूह बढ्दै जानु यसको प्रत्यक्ष उदाहरण हो ।

५. नेपालमा जातका आधारमा, भाषाका आधारमा, भूगोलका आधारमा गठित गरिएका राजनैतिक, सामाजिक तथा सांस्कृतिक समूहहरूमा “केही”लाई छोडेर धेरैजसो चरम अराजक र स्वच्छन देखिन्छन् । आफ्नो धर्म, संस्कृति तथा राजनैतिक सभागिता खोज्नु भन्दा छिमेकीको (सनातनी)हरूका विरुद्ध क्रियाकलाप गरेर, बक्तब्यबाजी गरेर “जातीय पहिचान सुरक्षित हुन्छ” भन्ने भ्रम छरिरहेका हुन्छन् । यस्ता समूहको नेतृत्व गर्ने नेताहरू झन् असहिष्णु भेटिन्छन् । उनीहरू तर्क, अर्काको सम्मान र संबिधानप्रति विद्रोहलाई “जातीय पहिचान” भन्ने ठान्छन् । यो ठीक तेस्तै व्यबहार हो जस्तो कि यहुदीले इसाईसंग, इसाईले मुस्लिमसंग, मुस्लिमले यहुदी र इसाईसंग गर्छन् र अब्राहमिक-प्रजातन्त्रले अर्को प्रजातान्त्रिक चिन्तन र व्यबस्थासंग गर्छन् । उदाहरणका लागि अमेरिकी र युरोपेलीहरूले आफुले अभ्यासगरिरहेको “मोडेल”वाहेकका प्रजातान्त्रिक अभ्यासहरूलाई रत्तिभर मान्यता दिंदैनन् भन्ने तत्थ्य जगजाहेर छ । नेपालमा विकसित हुँदै गरेका असहिष्णु गूटहरू अब्राहमिक -प्रजातन्त्रको सैद्धान्तिक माइन्ड-सेटका प्रत्युत्पादन हुन् ।

६. हजारौं वर्षदेखि सहअस्तित्व र सहृदयी सम्बन्धका साथ विकसित नभएको भए आजको नेपालमा १३३ बटा जातजातिको जीवन्त अस्तित्व असम्भव थियो । हाम्रोजस्तो बहुलता भएको इरान, इराक, अफगानिस्तान, युरोप, इस्लामिक राष्ट्रहरूले “अब्राहमिक माइन्ड सेट”का कारण असंख्य सभ्यताहरू बर्बरतापूर्ण तरिकाले गुमाएका छन् – यो सत्यलाई नकार्न सकिन्न । आजको मितिमा पश्चिमाहरूले आफूभित्र “कोर्स-करेक्सन” गरिरहेका छन् भने नेपालजस्तो देशका लागि भने उनीहरूसंग पुरानो “अब्राहमिक मोडेल” नै छ किनभने अब्राहमिक-मोडेलमा उनीहरूलाई फाइदा छ । अर्थात् नेपाललाई वेफाइदा हुँदा उनीहरूलाई फाइदा हुन्छ । यही फाइदाका मतियार “गूट”हरू हुन् । अब्राहमिक मोडेलको प्रजातन्त्र मान्ने यस्ता गूटहरूको पहिचान नै अर्काको “निषेध” गर्दै आरम्भ हुन्छ र कार्यान्वय सशस्त्र द्वन्दबाट हुन्छ ।

७. अब्राहमिक-प्रजातन्त्र अर्थात् गणतन्त्र वा साम्यवादीलाई आफ्नो बौद्धिक आधार मान्नेहरूले “स्वन्त्रता तथा उन्नयन” छिमेकीसंग सहकार्य गरेर, आपसमा विचार  आदानप्रदान गरेर तथा एकआपसमा सहृदयी सम्वन्ध विस्तार गरेर हुन्छ भन्ने तत्थ्य बुझाउन सकिन्न । एस्तो माइन्ड-सेट हुँदैजाँदा सबैको खाले समस्याको समाधान “घृणा र सशस्त्र सङ्घर्ष”ले मात्र गर्न सक्छ भन्ने विश्वास बलियो हुन्छ । जव सङ्घर्ष हुन्छ, हतियार बेचेर पैसा कमाउनेहरू उनै हुन्छन् । नेपालजस्तो मुलुक आन्तिरक द्वन्दका कारण क्षतविक्षत हुँदैगर्दा उनीहरूको जीवनस्तर विलासी हुँदैजान्छ । उदाहरणका लागि लिबिया, इराक, अफगानिस्तान, सिरिया र आजको मितिमा युक्रेन र रूसबिच द्वन्द हुँदै गर्दा अमेरिकी र युरोपेली प्रजातन्त्रहरूमा हतियारको शेयर अचम्मसंग महँगो भएको छ । मैले भन्न सक्दिन कि उपरोक्त प्रजातान्त्रिक मुलुकहरूले एस्तो विद्ध्वंस कार्य जानाजान गर्छन् कि उनीहरूको संस्कृति र सभ्यतासंग जोडिएर उनीहरूको बुद्धिमा प्रवाहित भैरहेको अर्कालाई पूर्ण निषेध गर्ने “अब्राहमिक माइन्ड-सेट” ले तेस्तो भएको हो ! सम्बन्धित व्यक्तिले यतातिर अनुसन्धान गर्दा हुन्छ । तर सबै दोष पश्चिमालाई दिनुको कुनै औचित्य छैन । उनीहरूबाट हाम्रो समाजले धेरै कुरा सिक्नुपर्छ ।

८. सनातनीहरूकी आराध्या भगवती दुर्गालाई वेश्या भन्ने, नेपालको ८३% जनसंख्याको प्रतिनिधित्व गर्न हिन्दूहरूलाई “शरणार्थी” भन्दै अनर्गल गालीगलौज गर्ने, सनातनीहरूसंग केवल शत्रूतापूर्ण व्यबहार गर्ने, असहिष्णु बक्तब्य दिनेहरू आफ्नो संस्कृतिका संरक्षक हुन् भन्ने विश्वास गर्नु तिनको समुदायका लागि आत्महत्यासरह हो । जुनसुकै व्यक्ति, राजनैतिक पार्टी वा समुदाय जसले “दुर्गा वेश्या हो” भन्नेजस्ता अनर्गल र सांस्कृतिक सद्भाव विथोल्ने क्रियाकलाप गर्छन् वा बक्तव्य दिन्छन्, तीप्रति राज्य कठोर हुनैपर्छ । जुनसुकै जाति, धर्म, संस्कृति वा समुदायका भए पनि उनीहरूको संरक्षण गर्नुभनेको भविष्यमा “आ कुकुर मलाई टोक” भन्नुसरह हुनेछ । यदि राज्यले यस्ता व्यक्ति वा समूहसंग केवल धर्म, जात, भाषा वा भूगोलका आधारमा सहिष्णुता राख्छ भने राज्यस्वयं पनि अराजकहरूको मतियार बन्न पुग्छ । एस्तो राष्ट्रको भविष्य हुँदैन । राज्य अभिभाव हो जसको काखमा टाउको राखेर जनताहरू सुतिरहेका हुन्छन्, राज्यले उपरोक्त गूट वा समूहको स्वार्थ रक्षा गर्नु वा उनीहरूको ब्ल्याक-मेलिगमा परेर अकर्व्यशील हुनुभनेको आफ्नो काखमा सुतिरहेका जनताको टाउको खुकुरीले छिनाल्नुसरह विश्वासघात हो । नेपालको राज्यसत्ताले समयमै विचार पुर्याएर देश र जनताको सुरक्षा सुनिश्चित गर्नुपर्छ ।

९. कुनै पनि व्यक्ति वा समूह आफ्नो मौलिक धर्म, संस्कृति, परम्परा, आदर्शहरूको संरक्षण तथा सम्बर्धनको लागि सक्रिय हुँदा अन्धविश्वासी, पश्चगामी वा विकास विरोधी हुँदैन । व्यक्तिको लबाई-खवाईले उसको प्रगतिशील चरित्र र व्यबहारलाई रोक्न सक्दैन । बारहरू चहारेर नयाँनयाँ रक्सीका ब्रान्ड खाएर मात्दैमा कुनै व्यक्ति आधुनिक हुँदैन र शालीग्रामको चरणामृत पिउंदैमा कुनै पछौटे पनि हुँदैन । एकअर्काको आलोचना गर्दैमा स्वधर्म र स्वजातिको पहिचान सुरक्षित हुँदैन । राष्ट्रराज्यको राज्नानैतिक मोडेलहरूका कारण धेरै जनता भ्रमित भएका छन् । उप्रान्त सहृदयी सम्बन्धका आधारमा एकअर्काको समालोचना गर्ने र पहिचानआदिका सवालमा एकअर्काको पहिचानको संरक्षण गर्दै उन्नत नेपालतिर “राज्यराष्ट्र”ले प्राप्त हुन्छ भन्ने तत्थ्य आत्मसात गर्नुपर्छ । राष्ट्रराज्यले राज्यराष्ट्रको अवधारणालाई ठाडै अस्वीकार गरे पनि राज्यराष्ट्रले भने राष्ट्रराज्यको महत्वलाई “अब्राहमिक माइन्ड-सेट”भएका राष्ट्रहरूलाई उपयोगी नै ठान्छ । अहिलेको वैश्विक परिवेशमा ती देशहरूमा पनि “राष्ट्रराज्य” गतार्थ भैसकेको छ भन्ने तत्थ्यचाहिं उनीहरूले पनि मनन गरिरहेका छन् तर उनको माइन्ड-सेटले स्वीकृति प्रदान गरेको छैन ।

१०. यो विचारप्रधान लेख लेख्दै गर्दा “दुर्गा वेश्या हुन्”को प्रतिकारमा किन एतिबिध्न लेख्नु पर्यो भन्ने विचार नआएको होइन । तर मभित्रको एउटा सचेत नागरिकले यस्ता व्यक्ति वा समूहप्रति राज्यले आँखा चिम्लेको देखेर निकै कष्ट भयो । आधुनिक इतिहासले वर्तमान नेपाली समाजको समानान्तर अस्तित्व कमसेकम ३५ सय वर्ष प्राचीन हो भनेर बोलेकै छ । एस्तो समावेशी र सहअस्तित्वलाई निरन्तरता दिंदैआएको नेपाली समाजका लागि “दुर्गा वेश्या हुन्” भन्न सक्ने पात्रहरूको बौद्धिक प्रतिकार भएन भने देश दुर्घटनामा जान सक्छ भनेर आफ्नो कर्तव्य पालन गरेको हुँ । मलाई थाहा छ, एस्ता असहिष्णु गूट र तिनका मतियारहरूले यो बैचारिक प्रतिकार पढेपछि ज्यान मार्न सक्नेसम्मको उद्योग गर्ने छन् । जीवन र आयु पशुपति नाथ र देवी पार्वतीको हातमा छ । तर देश, जनता र मौलिक धर्मसंस्कृतिसंग जोडिएको नेपाली-नेपाली बिचको सहृदयी सम्बन्ध अझैं बलियो हुनुपर्छ ।

सर्वेषां स्वस्तिअस्तु – सबैको कल्याण होस् ।

Monday, October 3, 2022

दर्शनशास्त्र के हो ?

१. नेपालमा दार्शनिक बन्ने वा आफ्नो संस्कृतिलाई सबैभन्दा बढी दार्शनिक भएको भन्दै "दार्शनिक जामा" पहिर्याउने प्रयत्न गरेको पढ्न सकिन्छ | एस्तो प्रयत्न गर्नेमा जातीय, धार्मिक तथा सामाजिक "परिचय"को वकालत गर्ने नेता टाइपका विद्वान वा व्यक्तिहरू अगाडी देखिन्छन् |


२. नेपालमा "दार्शनिक" तथा "वाद" शब्दको न्यारेटिभ गाउँगाउँमा जनजनमा पुर्याउने कामचाहिं वि.स्. २००४ मा कम्न्युनिस्ट पार्टी स्थापना भएपछि आरम्भ भएको मान्न सकिन्छ तर यसको वास्तविक आरम्भ भने कम्युनिस्ट पार्टीहरू प्रतिबन्धित भएर भूमिगत हुँदा भएको हो |

३. मस्कोको प्रगति प्रकाशन वा बेइजिंगको लाल प्रकाशनहरू पढ्दै दार्शनिक तथा वाद शब्दसंग परिचित भएका कम्म्युनिस्टहरूले "द्वन्दात्मक भौतिकवाद"लाई निर्विकल्प दर्शनशास्त्रका रूपमा जनजनमा पस्कन थाले र पक्ष, प्रतिपक्ष र सम्पक्ष (Thesis, Anti-thesis and Synthesis) सिद्धान्त नै एकमात्र विज्ञान सम्मत दर्शनशास्त्र भएको प्रचारप्रसार गरे | दर्शनशब्दलाई सर्वसाधारण नेपालीको मनोविज्ञानमा स्थापित गर्ने श्रेय कम्युनिस्टहरूलाई जान्छ |

४. अर्कोतिर नेपालको परम्परागत समाजमा दर्शनशास्त्रको अर्थ आध्यात्म शास्त्रसंग बढी निकट थियो | परम्परागत सामाजिक बौद्धिक समाजमा दर्शनशास्त्र र धर्मशास्त्रको विषयवस्तु निकै जेलिएको थियो र आज पनि उस्तैउस्तै छ | नेपालको परम्परागत सांस्कृतिक तथा धार्मिक समाजले आज पनि "धार्मिकता र दार्शनिकता"का बिचमा खासै पार्थक्य दृष्टिकोणले हेर्दैन र बुझ्दैन पनि |

५. वैदिक संस्कृतिमा मूलत: षड्दर्शन (सांख्य, योग, न्याय, बैशेषिक, मीमांसा र वेदान्त) दार्शनिक चिन्तनमा समर्पित "वाद"हरू हुन् भने जैन तथा बौद्धहरूले पनि धर्मसंग मिसाएर दार्शनिक धाराको निकै विस्तारपूर्वक स्थापना गरेका छन् | धार्मिक सम्प्रदायको विकास गरेरनै दार्शनिक चिन्तनलाई जीवित राखेका छन् | आज पनि यो परम्परा जीवन्त छ |

६. नेपाली राजनैतिक जगतमा मार्क्सवादी चिन्तनले जरा गाड्दै गर्दा वैदिक, जैन, बौद्धहरूले आफ्ना दार्शनिक आदर्शहरूलाई धार्मिकताको आवरण भन्दा वाहिर निकालेर सर्वसाधारणसम्म पुर्याउने काम गर्न सकेका थिएनन् | दर्शनशास्त्रलाई पनि धार्मिक क्रियाकलापकै एउटा अंगका रूपमा बुझ्ने/बुझाउने प्रयत्न गरियो |

७. विश्वभरी चलिरहेको राजनैतिक परिवर्तनको लहर नेपालमा प्रवेश गर्दा परम्परागत दार्शनिक चिन्तनहरू धार्मिक क्रियाकलापमा व्यस्त थिए | प्रगति प्रकाशनका पुस्तकहरूका माध्यमबाट राजनेता र सर्वसाधारणहरूले "नेपालको परम्परागत चिन्तनमा परिवर्तनका लागि कुनै सिद्धान्त नै छैन" भन्ने बुझ्न थाले र क्रमशः मौलिक दार्शनिक सिद्धान्तहरूलाई "अन्धविश्वास" भन्दै आलोचना गर्ने बैचारिक बीऊहरू छरियो |

८. अर्कोतिर केवल केही विद्वानहरूसम्म सीमितरहेको नेपालको मौलिक दार्शनिक परम्परा अझैं सीमित हुँदैगयो भने अर्कोतिर बदलिँदो वैश्विक परिवेशमा यहाँका दार्शनिकहरूले "विदेशबाट भित्रिएका वाद"हरूलाई दर्शनशास्त्रका रूपमा अस्वीकार गरिदिए भने विदेशी "वाद"हरूबाट प्रभावित भएकाहरूले पनि नेपालका मौलिक दार्शनिक सिद्धान्तहरूलाई "सिद्धान्त"का रूपमा स्वीकार गर्न इन्कार गर्दै धर्मका रूपमा सीमित पारिदिए |

९. केही एलिटहरूसम्म सीमित भएको मौलिक दार्शनिक चिन्तनको तुलनामा मस्कोबाट प्रकाशित भएको "द्वन्दात्मक भौतिकवाद" पुस्तकका रूपमा नेपालीका घरघर पुग्ने अवस्था भएपछि ज्ञानका प्यासा नेपालीहरूले "प्रगतिको सूत्रका" रूपमा यिनैलाई बुझे | यी पुस्तकहरूले बुझाएको "वाद" आजको मितिमा पनि नेपाली राजनैतिक तथा शैक्षिक जगतमा हावी छ |
आजभोली नेपाली बौद्धिक जगतमा तीनबटा सैद्धान्तिक ध्रुवहरू देखिन्छन् (१)

१०. परम्परागत (२) प्रगतिशील (३) डेमोक्रेट | परम्परागत दार्शनिक चिन्तनले धर्म र दर्शन दूवै एकै हुन् भन्ने पूर्वाग्रह राख्छ | प्रगतिशील धारले द्वन्दात्मक भौतिकवाद बाहेक संसारको कुनै पनि दार्शनिक धारालाई अस्वीकार गर्छ भने तेस्रो डेमोक्रेट धारचाहिं परम्परागत दार्शनिक चिन्तनको महत्वलाई अस्वीकार गर्दैन तर पश्चिमा स्वच्छन्दतावादमा उभिएर "प्रगतिको कुरा गर्छ |

११. अहिलेको नेपाली चिन्तन जगत प्रगतिशील, परम्परागत तथा डेमोक्रेटहरूको चेपुवामा परेको छ | उदाहरणका लागि धर्मलाई अफिम ठान्ने द्वन्दात्मक भौतिकवादीहरूले बौद्ध, जैन, किरात तथा वैदिक परम्परामा समेत भौतिकवादी चिन्तनको खोज गर्ने अभिनय गर्दै "वैदिक, जैन, बौद्धहरूले पनि द्वन्दात्मक चिन्तनको समर्थन गरेका छन् तेसैले यो चिन्तन विज्ञानसम्मत हो" भन्ने अमिल्दो भ्रम छरिरहेका छन् | जव कि मार्क्सले भनेको द्वन्दात्मक भौतिकवादले भौतिकवाद बाहेक अन्य कुनै पनि चिन्तनधारालाई चिन्दैन र मान्दैन पनि |

१२. अर्कोतिर डेमोक्रेटहरूले पनि जातीय संस्कृतिका परम्पराहरूको असुहाउदो दार्शनिक व्याख्या गर्दै दार्शनिक क्षेत्रमा हास्यको पात्र बनिरहेका छन् | उदाहरणका लागि मार्क्सवादीहरूले कार्लमार्क्सको अर्थदर्शनलाई "दर्शनशास्त्र"का रूपमा मान्यता दिनु र डेमोक्रेटहरूले जातीय परम्पराहरूलाई "वाद"का रूपमा स्थापित गर्ने प्रयत्न गर्दा न्यूनतम दर्शनशास्त्रका पूर्वस्थापित मान्यताहरूमा ध्यान नदिनु एकै कुरा हुन् |

१३. दर्शनशास्त्र विना कुनै पनि समाज वा व्यक्ति अस्तित्वमा रहन सक्दैन तर तिनको दार्शनिक विश्लेषण गर्दा कमसेकम सम्बन्धित विषयभित्र तत्व, ज्ञान, नीति तथा तर्क यी चारबटा पक्षमा प्रष्टसंग विचार अभिव्यक्त गरिएको हुनुपर्छ | यदि उपरोक्त पूर्वमान्यता मध्ये कमसेकम तीनबटा आधारमा विचार व्यक्त भएमा सम्बन्धित चिन्तनले "दार्शनिक सिद्धान्त"को मान्यता प्राप्त गर्न सक्छ |

१४. सत्यको स्वरूप कस्तो छ ?, ज्ञान कसरी उत्पन्न हुन्छ र सीमा के हो ? मान्छेले कस्तो कर्म गर्नुपर्छ र ठीकठीक चिन्तन गर्ने र तेसलाई भाषामा व्यक्त गर्ने बोली वा लेखन कस्तो हुनुपर्छजस्ता प्रश्नहरूको उत्तर खोज्नु नै दार्शनिक क्रिया हो | यदि कुनै साहित्यमा उपरोक्त चार बटा विषय मध्ये तीन विषयवस्तुमा प्रष्टसंग चिन्तन भएको छ त्यहाँ दर्शनशास्त्र हुन्छ |

१५. आफ्नो मतलाई स्थापित गर्न र अर्कोको मतलाई विस्थापित गर्न सैद्धान्तिक द्वन्द चलिनै रहन्छन् तर केवल सांस्कृतिक, धार्मिक वा सामाजिक विषयहरूलाई समेटिएका जातीय चिन्तनहरूलाई "पूर्वाग्रह"पूर्ण भएर दर्शनशास्त्र ठान्नु त्रुटीपूर्ण हुन्छ |

१६. सत्य हो कि वैदिक परम्परामा विकसित भएका दार्शनिक चिन्तनहरू धार्मिक संस्कृतिसंग अभिन्न छन् | वैदिक, जैन, बौद्धहरूका दार्शनिक चिन्तनलाई सेक्युलर आँखाले बुझ्ने प्रयत्न गर्न त मिल्छ तर बुझिन्न | यसैगरी हिन्दू, जैन तथा बौद्ध दर्शनशास्त्रको झ्यालबाट हेरेर पाश्चात्य दर्शनको मर्मलाई बुझ्न सकिन्छ | सिद्धान्त प्रधान भएकोले पाश्चात्य दार्शनिक विचारधाराका लागि श्रद्धाको आवश्यकता पर्दैन तर बैदिकधारका चिन्तनहरूलाई बुझ्न यी मतहरूको दैनिक क्रियाकलाप र विश्वास समेतलाई बुझ्नुपर्छ |

१७. विश्वका हरेक समाज दार्शनिक सिद्धान्तको जगमा उभिएको छ, व्यक्ति होस् वा समाज दर्शनरहित छैन तर ती चिन्तनहरूलाई आधिकारिक दर्शनशास्त्रको रूपमा स्थापित गर्न तत्व, ज्ञान, तर्क र नीतिको बाटो बाट गुज्रिनुनै पर्छ | पूर्वाग्रहले निर्मित भएको दर्शन "पूर्वाग्रहवाद" बन्न सक्छ |

१८. पहिले दर्शनशास्त्रका मौलिक सिद्धान्तहरू बुझौं, मनन गरौँ अनि, दर्शनशास्त्रका आधारहरूको झ्यालबाट अनुसन्धान गरौँ | दर्शनशास्त्रमा आग्रह हुन्छ तर पूर्वाग्रहका लागि कुनै ठाउँ हुँदैन | पूर्वाग्रह र दर्शनशास्त्र संगै हिड्न सक्दैन | तेसैले दर्शनशास्त्र सधैं "अथातो सत्य जिज्ञासा" हो र सत्य खोज्ने निरन्तरको पूर्वाग्रहरहित प्रयास हो | चरैवेति चरैवेति तथा नेतिनेति (सधैं सत्यको खोजिमा क्रियाशील रहुँ तथा तपाईंले देखेको सत्यमात्र अन्तिम होइन) भन्ने उपनिषदका बाक्यहरू नै दर्शनशास्त्र हुन् |

द्वैताद्वैत, निम्बार्क र वेदान्त दशश्लोकी

द्वैताद्वैत, निम्बार्क र वेदान्त दशश्लोकी  निम्बार्क उपासना  नियमानन्द शान्ति र साधनाप्रिय ब्राह्मण थिए | उनले पढेको गुरुकुलमा गुरूले "...