मान्छे दु:ख बाड्न चाहन्छन् तर सुखलाई एकलौटी मान्छन् | केही मान्छे एस्ता पनि हुन्छन्, जसको काम अर्कालाई सुखी हुन नदिनु हुन्छ | असल जीवनमा न सुख लुक्छ न दुख नै | न कसैले कसैको सुख लुट्न सक्छ न दुख नै किनभने सुख र दुख नितान्त मानसिक विषय हुन् | कसैको मनमा अरूकसैको नियन्त्रण हुनै सक्दैन | मन नितान्त मनवालको हुन्छ, मनमा मनवालको एकाधिकार हुन्छ | जसको मन दुख्छ उसको मात्र दुख्छ र जसको मन सुखी हुन्छ उसको मनमात्र खुसी हुन्छ | अरू केवल साक्षी हुन्छ, समवेदना वा खुसी भएको भागभंगीमा जाहेर गर्छन् |
Saturday, December 12, 2020
मान्छेको निजीपन : मन
तेसैले मन नै मान्छेको आफ्नो निजीपन हो र मनको भोगाई, बुझाइ र अनुभूति नितान्त एक्लैका हुन् | तेसैले मनोविज्ञानले मनको विषयमा व्यक्तिगत तवरले विचार गर्ने, बुझ्ने र क्रियाशील बनाउने सुझाव दिन्छ | धर्मले ईश्वरमा मन समर्पण गर्ने सुझाव दिन्छ | दर्शनशास्त्रले मनलाई चिन्तनमा क्रियाशील बनाउने दिशानिर्देश गर्छ | अर्थशास्त्रले मनलाई धनका लागि क्रियाशील गर्न प्रेरित गर्छ | मान्छे पिच्छे मनका अभिरुचि फरकहुँदा सजिलो भएको छ | तेरो मन र मेरो मन एकै होइन भनेर बुझ्न मैले आज लगाएको कमिज नै प्रयाप्त हुन्छ |
धेरैले मन बुझ्ने कुरा गर्छन् तर म भन्छु मन बुझ्ने कुरा होइन अनुमान गर्ने विषय हो | मैले पूर्वअनुभवहरूका आधारमा अरूको मनको कुरा बुझे प्रयत्नमात्र गर्न सक्छु | मसंग कसैको मनभित्र पस्ने कुनै संयन्त्र छैन | मैले कसैको मन चोर्न सक्दिन | मैले कसैलाई आफ्नो मन दिन सक्दिन | मैले कसैलाई मन दिएँ भने पनि मेरो मनमसंग नै रहन्छ | मन दिने र लिने कुराहरू काव्यका विषय हुन्, मनलाई मनोरंजन गर्न जुराएका मीठामीठा कल्पना हुन् |
मैले धेरैपटक आफ्नो मन दुखेको, खुसी भएको र वेवास्ता भएको अनुभव गरेको छु | म बोल्दैमा मेरो दुख हलुका हुँदैन र म हाँस्दैमा म सुखी हुन्छ भन्ने पनि हुँदैन | म धेरैपटक अर्काको लागि हाँसेको छु र धेरैपटक दुखनै अनुभव नगरी दुखहरू प्रकट गरेको छु | मैले धेरै गहिरा चोटहरूले मन मुर्च्छित हुँदैगर्दा खुसीको अभिनय गरेको छु | मनमा कत्ति पनि दुखका वीऊहरू नहुँदा पनि महादुखी बनेको अभिनय गरेर समवेदना प्रकट गरेको छु | धेरैठाउँमा त न सुख, न दुख कुनै प्रकारको संवेदना नहुँदा पनि सुख र दुखको अभिनय गरेर शुभचिन्तक बनेको छु |
विश्वमा केही अदभूत मान्छेहरू छन् जसका लागि सुखको कुनै आवश्यकता नै छैन र केही एस्ता मान्छेहरू पनि छन् जसलाई दुखको आवश्यकता पनि छैन | तर सुख र दुखका अनुभूतिहरूबाट विलग रहन सक्नुहुन्न | मनोविज्ञानले मनको चरित्र बोल्छ, दर्शनशास्त्रले मनको गतिबोल्छ, विज्ञानले मनको शक्ति बोल्छ र धर्मले मनको विश्वास बोक्छ | तर यी सबै र यी बाहेक धेरैथोक बोक्ने मेरो/तपाईंको नितान्त एक्लो मन हो | तपाईंका वरिपरी मान्छेहरूको उपस्थिति नहुँदा भरपर्दो साथी मन हो | तपाईंका वरिपरी थुप्रै साथी हुँदा पनि एक्लोपनको अनुभूति गराउने मन हो | तपाईं भनेकै तपाईंको आफ्नो मन हो |
सबैसंग एउटा मन छ, एउटा शरीर छ र एउटा जीवन छ | शरीरले मन बोक्छ, मन र शरीरले जीवन बोक्छन् | यदि मन भएन भने शरीर र जीवन दूवै अर्थहीन हुन्छन् | मनले शरीर र जीवन दूवैलाई अर्थ दिन्छ र शरीरले मनलाई व्यापार दिन्छ | शरीरका प्रवेशद्वारबाट संवेगहरू भित्र पस्छन्, मन तरंगित हुन्छ र शरीर प्रफुल्लित हुन्छ | जीवन सफल भएको भाव बलियो हुन्छ | अनुकुल वेदना र प्रतिकुल वेदना नै मनका व्यापार हुन् | तेसैले मन चिन्ने विषय पटक्कै होइन किनभने यो एतिविध्न नजिक छ कि चिन्नै पर्दैन | आँखाले आँखाका नानी देख्न सक्दैन तर त्यो आँखाको केन्द्रमा हुन्छ | मनले मनलाई बुझ्न नसकेको गुनासो गर्छ किनभने हरेक गुनासाहरू मनमा प्रवेश गरेर मनलाई उत्तेजित पार्छन् |
पृथ्वीले आजसम्म १ खर्व मान्छेहरूलाई जन्मायो, पाल्यो र पुन: माटोमा मिसायो | सबैसंग एकएकओटा मन थिए | सबैले मनको कुरा गरे, सबैको मन खुसी र दुखी पनि भयो | ती सबै मनहरूको अस्तित्व छैन | आजको मितिमा मसंग जस्तै तपाईंसंग पनि एउटा मन छ | मैले अनुमान गर्छु तपाईंको मन पनि मेरो जस्तै छ | तेसैले जुनकुरा मेरो मनलाई राम्रो-नराम्रो लाग्छ तिनै कुराहरूले अर्कोलाई पनि प्रभावित पर्ने अनुमान गर्छु | मेरो मनले मलाई खेलाउँछ, मैले मेरो मनलाई खेलाउन सक्दिन | मेरो मनले मलाई दल्नसम्म दलाउँछ तर जवजव मैले यसलाई दलाउँने प्रयत्न गर्छु धेरैजसो मैले असफलता नै पाउँछु |
मान्छेको स्वभाव नै हो रहस्यमय कुरा/विषयका वारेमा जानकारी प्राप्त गर्ने प्रयत्न गर्नु | तेसमा पनि आफ्नो मनको ऐनामा अर्काको मनको कुरा बुझ्ने जिज्ञासा र चाहना रोक्न सक्दैन | आफ्ना भावना, संवेग, आशा-निराशा तथा अनुभूतिका ऐनामा अरूलाई पढ्ने प्रयत्न आज पनि चलिनै रहेको छ | केहीले बुझेको अभिनय गर्छन्, केहीले बुझेको दावी गर्छन्, केहीले रहस्यमय भनेर चूप लाग्छन् तैपनि मनबाट विलग रहन सक्दैनन् | अर्काको मन पढ्ने इच्छा गर्नेहरूका लागि मन रहस्यमय विषय हो भने अर्काको कुरा सुनेर आफ्नै मनलाई रहस्यमय ठान्नेहरू पनि थुप्रै छन् |
Sunday, October 11, 2020
नेपाली मनभित्रको वैश्विक मन
यजुर्वेदको रूद्राष्टध्यायीमा मनलाई "तन्मे मन: शिव: सङ्कल्पमस्तु" अर्थात् सकारात्मक चिन्तनको सङ्कल्प गर्ने आधारभूमिका रूपमा चिन्हित गरिएको छ | एसको अर्थ हो - मन नै सङ्कल्पको आधारभूमि हो जसले आत्म र परमात्माको शुभअशुभको सङ्कल्प गर्छ | यसरी नेपाली मनको अभिनिर्माणमा वैदिक चिन्तन, सिद्धान्त र सङ्कल्पको भूमिका छ जसले आफ्नो र अर्काको विभेद नगरी सबैको कल्याण, सुखी र निरोगको कामना गर्छ |
नेपालीहरूको मन पोल्छ, मन दुख्छ, मन रुन्छ, मन हाँस्छ, मन भरंग हुन्छ, मन तातो हुन्छ, मन चीसो हुन्छ | मन गद्गद् हुन्छ, रमाउँछ, अमिलो हुन्छ, मन पिरो, तीतो र असंबेदनशील हुन्छ | मन छाडा हुन्छ, मन बलियो हुन्छ, मन कमलो हुन्छ र मन रुखो हुन्छ | मन जाली हुन्छ, मन फाट्छ, मन टालिन्छ, मन डराउँछ, मनको बाघले खान्छ, मनको प्वाँखले विश्व घुम्न सक्छ |
फ्राइडहरूले मनलाई जसरी बूझे तिनको बुझाईको मन र नेपाली बुझाई र भोगाईको मनमा धेरै फरक छ भन्ने कुरा नेपाली मनोविज्ञहरूले बुझ्न अझैं सकेका छैनन् | पश्चिमाहरूको मन (Mind) असलमा मन (Emotion) नभएर बुद्धि ((rationality) कै एउटा अंग हो जसले मान्छेका सम्पूर्ण सोच, व्यबहारलाई प्रभावित पार्छ | वैदिक, जैन र बौद्धसहित नेपाली रैथानेहरूले भोगिरहेको मन केवल कोमल र कठोर भावना, संवेग तथा चित्तको प्राकृतिक अवस्था हो |
तेसैले श्रीमद्भागवतको ११ रौँ स्कन्धमा प्रष्टसंग "मन: एव मनुष्याणांं कारणं बन्ध मोक्षयो अर्थात् मन नै मान्छेका लागि बन्धन र स्वतन्त्रताको स्रोत हुन्छ | नेपाली बोलीमा मनसंग जोडिएका अनेकौं महत्वपूर्ण भनाई तथा बुझाई छन् | भने सप्तसति चण्डीमा "यंयं चिन्तयते काम टमतं प्राप्नोति निश्चितम्" भनेर सङ्कल्पकर्ताको रूपमा बुझिएको छ | आजभोली मनको धेरै चर्चा हुन्छ मानौं मान्छेहरू केवल मनले संचालित छन् |
भागवत र चण्डीका उपरोक्त भनाइहरूले अत्याधुनिक मनोविज्ञान "मान्छेले सोचेको कुरा प्राप्त गर्न सक्छ अर्थात् सकारात्मक सोचको जादुलाई प्रमाणित गर्छन् | मान्छे आफ्नो सोच र चिन्तनअनुसारको बन्छ भने मान्छेले जे-जे जसरी सङ्कल्प गर्छ उसले त्यो लक्ष अवश्य प्राप्त गर्छ" विचारहरूको स्रोत वैदिक चिन्तन नै भएको प्रमाणित हुन्छ |
नेपाली मन भनेको वैश्विक मन हो जसले विश्वका हरेक व्यक्तिलाई कुटुम्व ठान्ने, सबैको कल्याणको कामना गर्ने र भद्रको कामना गर्ने संस्कारमा निर्मित भएको छ | विश्वका हरेक मान्छेको देशकाल र परिवेशअनुसार आ-आफ्नो संस्कार मान्ने स्वतन्त्रता प्रदान गर्छ | स्वं स्वं चरित्र शिक्षेरन् | मेरो विचारमा नेपाली मन वैश्विक छ किनभने नेपाली मनभित्र विश्वलाई प्रतिविम्वित गर्ने आधार र क्षमता छ | हरेक मान्छेहरू संगै मिलेर, संगै भोजन गरेर र सहकार्य गरेर एकअर्काको सहयोग गर्न सकिन्छ भन्ने मन वैदिकदेखि अक्षुण्ण छ |
विश्वमा जहाँ गए पनि नेपाली मन नेपालीहरूसंगै हुन्छ | नेपाली मनलाई विदेशी बन्न कमसेकम तीन पुस्ता लाग्छन् नै | विश्वभरी छरिएर रहेका हामी नेपालीहरूको मन आज पनि रैथाने नै छ | नेपाली गीतसङ्गीत, हिमाल, पहाड तराई र आ-आफ्नै रैथाने भाषा र चिन्तनमा रमाउँछ | विश्वको जुनसुकै कुनामा पुगेपछि नेपाली मनले हामीलाई छोड्दैन | जुनसुकै धर्म-संस्कार माने पनि हामीसंग नेपाली मन छ | तेसैले अव हामीले नेपालको रैथाने परिवेशमा हजारौं वर्षदेखि अभिनिर्मित भएको मनको रैथाने विधिले नै पहिचान र उपचारहरू विकसित गर्नुपर्छ | विदेशीले अभिनिर्माण गरेका मानसिक सिद्धान्तहरूले विपरीतार्थ हुनसक्छ |
विश्व सजिलो छैन | करोनाजस्ता हजारौंलाखौँ समस्याहरू मान्छेले भोग्दै र जित्दै आएको छ | जस्तोसुकै अवस्थामा पनि सकारात्मक सोच राखौं र जीवनयात्रालाई निरन्तरता दिउँ | सहयोग गरौँ र सहयोग प्राप्त गरौँ | मनोबैज्ञानिक क्षेत्रमा काम गर्ने विद्यार्थी र अनुसन्धाताहरूले नेपाली मनको निर्माण, क्रिया र क्रियाले निम्त्याउने व्यबहारहरूको मानक स्थापित गर्न काम गरौँ | विदेशीहरूले सात समुद्र पारिका मान्छेहरूको मनको व्याख्या गरेका छन्, तिनका लागि त्यो उपयुक्त होला तर हाम्रो लागि आफ्नो मनको निर्माण, क्रिया र लक्ष आफैले निर्धारण गर्नुपर्छ |
विश्वमानसिक दिवसको अवसरमा हार्दिक
बधाई
|
Saturday, October 10, 2020
इमानदार र भ्रष्टाचारी
सरकारका ९०% कर्मचारीहरू इमानदार, मेहनती र सहयोगी छन् | १०% कर्मचारीहरू कामचोर, चपलुस र घूसखोर भएको अनुमान गर्न सकिन्छ | राजनीतिमा पनि देश र जनताको सेवा गर्न जीवन अर्पेका त्यागिहरू छन् | सबैलाई भष्टचारीको आरोप लगाउनु इमानदार कर्मचारी र राजनैतिक नेतृत्व प्रति अन्याय हुन्छ भन्ने सबैको मान्यता हुन्छ नै |
एउटा माछोले पोखरी फोहोर गर्छ भनेझैं फोहोरी मानसिकता भएका मन्त्रीहरू र भष्टाचारको अपवित्र चिन्तन भएका कर्मचारी तथा दलालहरूले असल कर्मचारी र नेताहरूको हुर्मत लिएका छन् | चापलुसी, पैसा र पहुँचमा अब्बल कर्मचारी र भष्टाचार गर्ने लक्षका साथ नेतृत्वमा पुगेका राजनेताहरूले नेपाल र नेपालीको हदैसम्म वदनामी गरेका छन् |
एस्तो थाहा हुँदाहुँदै पनि हामी जनताहरू तिनै व्यक्तिहरूलाई राजनैतिक नेतृत्वमा चुनेर पठाऊछौँ र तिनै भ्रष्टाचार गरेर अकुत कमाएका कर्मचारीहरूको जीवनशैली प्राप्त गर्ने चाहना राख्छौं | साच्चिकै भन्ने हो भने वर्तमान राज्य संयन्त्रबाट देश र जनताको भलो हुन्छ भनेर सोच्नुनै अर्थहीन छ | जुन देशलाई १०% भ्रष्ट राजनैतिक नेता. १०% भष्टाचारी मानसिकता भएका कर्मचारी र १०% दलालहरूले संचालन गर्छन् र ९०% ले दोष बोक्छन्, पशुपति नाथले कसरी कल्याण गर्न सक्लान् ?
वर्तमान भष्टाचार राजनैतिक संरक्षणको प्रतिफल हो | वर्तमान राजनैतिक परिपाटी ढल्दा सबैभन्दा नोकसान यिनै १०% लाई हुन्छ र विदेशीको सहयोग लिएर भए पनि आफ्नो सुविधा सुविधा संरक्षण गर्नेछन् | आफ्नो स्वार्थ पुरा गर्नको लागि देश र जनताको व्यापार पनि गर्ने छन् |
अवको चुनावमा जनताले निर्णय गर्नु पर्छ कि परम्परागत पार्टीलाई भोट हालेर उपरोक्त १०% स्वाँठहरूलाई देशका जनतालाई लुट्ने लाइसेन्स दिने कि इमान्दारीका पक्षमा मतदान गरेर कपुको यथास्थितिवादबाट उन्मुक्ति प्राप्त गर्ने ? सत्य तीतो हुन्छ तर सत्य यही हो |
यो पढेपछि ठीक हो भनेर टाउको हल्लाउनु भन्दा पनि अर्को चुनावमा भोट नदिने अठोट गर्ने वा वैकल्पिक तर ९०% जनताको पक्षमा उभिने ?

Sunday, September 27, 2020
चार्वाकीय दार्शनिक चिन्तन वैदिक नै हो |
चार्वाकको दार्शनिक चिन्तन जतिधेरै आलोचित छ तेतिनै धेरै चर्चित पनि छ | वैदिक दर्शनको यो एउटा महत्वपूर्ण विधा हो जसले साम्प्रदायिकताको खरो आलोचना गर्छ | आजसम्मका दार्शनिक र विचारकहरूले चर्वाकहरूले धर्मको निन्दा गरेका छन् भन्ने भ्रामिक विचार दिएका छन् | यो सत्य होइन | असलमा, चर्वाक दार्शनिकहरूले सम्प्रदाय र सम्प्रदायहरूले विकास गरेका रितिरिवाज, संस्कार, संस्कृतिको आलोचना गरेका हुन् | उनीहरूको आलोचना धार्मिकताप्रति छैन, उनीहरूको आलोचना सम्प्रदायिकता केन्द्रीत छ |
भारतवर्ष वाहिर विकसित भएका एकेश्वरवादी चिन्तनको प्रभावमा नेपाली र भारतीय विद्वानहरू गहिरोसंग परेका छन् | त्यो प्रभावले गर्दा हिन्दू-संस्कृति समेत लांछित भएको छ | धर्म शब्दले "मूसाई"को सर्वसत्तावादी चिन्तनलाई बुझ्दा तिनका सबै कमसल पक्षहरूको भारी व्यर्थमा हिन्दू-संस्कृतिले बोक्नु परेको छ | उनीहरूका कुकृत्यहरूको दोष खप्नु परेको छ |
केही बामपन्थी खेमाका विद्वानहरूको गुनासो "सनातनीहरूले चार्वाक दर्शनको महत्व बुझेनन् र तिनको आलोचनामात्र गरे" भन्ने रहेको छ | केही प्रगतिशील चिन्तनहरूले "चार्वाक दार्शनिकहरू प्राचीन वैदिक समाजका वैज्ञानिक" हुन् भन्ने र केही अन्य नेपाली र भारतीय बामपन्थीहरूले चार्वाक दर्शनलाई "बैज्ञानिक चिन्तनको आधारशीला" भनेर प्रसंशा गरेका छन् | सबैको आआफनो बुझाई हो | तर तथाकथित चार्वाक पक्षधरहरूले "प्राचीन सनातनीहरूले चार्वाकहरूको आलोचना मात्रै गरे र निमिट्यान्न पार्ने प्रयत्न गरे" भन्ने विचार अनुचित हुन् र अबुझ वा पूर्वाग्रही चिन्तनका परिणाम हुन् |
सबैले स्वीकार गरेको कुरा हो कि भौतिकवादी (शरीर केन्द्रीत सुख) चिन्तनका बीजहरू ऋग्वेद, अथर्ववेद र केही उपनिषदहरूमा प्रखररुपले उपलब्ध छन् | प्राचीन तथा अर्वाचीन साहित्यहरूमा पनि भौतिकवादी चिन्तन राईछाई नै छन् | तेसैले यो चिन्तनलाई लोकायत पनि भनिएको हो किनभने ऋषिमुनि होस् वा सर्वसाधारण सबैलाई आफ्नो व्यक्तिगत सुखको पर्वाह हुन्छ | जसले शरीरको माया गर्छ - भौतिकवादबाट निरस्त रहन सक्दैन | आध्यात्मवादी चिन्तनको संवाहक हुँदैमा कुनै पनि व्यक्ति भौतिकतावादबाट उन्मुक्त हुन्छ भनेर ऋषिहरूले बोलेका छैनन्, बरू "धर्मका लागि शरीर एकमात्र निर्विकल्प साधन हो" भनेर घोषणा गरेकै छन् |
सत्य हो कि प्राचीन धार्मिक तथा दार्शनिक ग्रन्थहरूमा चार्वाकीय चिन्तनको धेरै आलोचना भएको छ | एस्तो आलोचना मूलतः चार्वाकका "नैतिक चिन्तन"का कारण भएको हो | समाजले स्वीकृत गरेका सदाचारहरूको आलोचना गर्दा वा ती सदाचारहरूप्रति उन्मुक्त रहन "आह्वान" गरेको हुँदा तिनको आलोचना भएको हो | सांख्य तथा वैषेशिकहरूले सदाचारहरूको आलोचना गरेनन्, उनीहरूको दार्शनिक समालोचना मात्र भयो | समाजमा स्थापित नैतिक आदर्शहरूको आलोचना गर्दा चार्वाकहरू बढी आलोचित भएका हुन् |
मैले भौतिवादी वा अध्यात्मवादीहरूको पक्ष वा विपक्षका लागि चार्वाक दर्शनको कुरा गरेको होइन | मेरो उद्देश्य चार्वाक चिन्तन पनि वैदिक मूलधारकै दार्शनिक चिन्तन हो र अन्य दार्शनिक चिन्तन सरह आदरणीय थिए र छन् भन्ने अभिमत तयार गर्नु रहेको छ | मलाई "नैतिक र अराजक गरी चार्वाक दर्शनका दुई वर्गीकरण स्वीकार्य छैनन् | प्राचीन वैदिक, जैन तथा बौद्ध साहित्यहरूले एस्तो कुनै उल्लेख छैन | पश्चिमा भौतिकवादको प्रभावले नेपाली र भारतीयहरूमा "चार्वाक"हरूप्रति कोमल बन्ने मनोविज्ञानको प्रस्फुटन हो | मूलतः चार्वाक चिन्तन एकै प्रकारको छ |
अव मुद्दामा फर्कौं | ऋग्वेदमा नै भौतिकवादी चिन्तनका उद्गारहरू उपलब्ध भएको हुँदा भौतिकवाद अवैदिक चिन्तन होइन | चार्वाक दार्शनिक चिन्तन परम्परागत आत्मा, परमात्मा, स्वर्गनर्क, पुनर्जन्म, कर्मतन्त्रमा विश्वास गर्दैन तेसैले आत्मा, परमात्मा, स्वर्गनर्क, पुनर्जन्म, कर्मतन्त्रमा विश्वास गर्नेहरूबाट आलोचनामा पर्नु स्वाभाविक मान्नुपर्छ | वेद आफैले भौतिकवादी चिन्तनको आलोचना गरेको छैन | यो तत्थ्य प्राचीन ऋषिमुनिहरूलव (दार्शनिक चिन्तक) बुझेका मात्र होइन, आत्मसात् समेत गरेका थिए |
यही स्वीकारोक्तिको परिणाम हो कि चार्वाकीय दार्शनिक चिन्तनको स्रोतका रूपमा देवगुरू बृहस्पतिलाई स्वीकार गरियो | प्राचीन ऋषिमुनि वा चिन्तकहरूले चार्वाकीय दार्शनिक चिन्तनको महत्व अस्वीकार गरेको भए देवगुरू बृहस्पतिलाई एस चिन्तनको संस्थापकका रूपमा स्वीकार गरिन्न्थ्यो | दोस्रो कुरा, आध्यात्म र बाल्मिकि रामायणमा भौतिकवादका प्रस्तोताहरूलाई "मुनि" शब्दको प्रयोग गरिएको छ | मुनि अत्यन्त सम्मानित शब्द र सम्बोधन हो |बौद्ध र जैन साहित्यहरूमा पनि "चार्वाक"का लागि मुनि शब्द नै प्रयोग गरिएको छ | तेतिमात्र होइन, सर्वदर्शन संग्रहका लेखकले समेत "मुनि" शब्दकै प्रयोग गरेर चार्वाक दर्शनको संक्षिप्त परिचय प्रस्तुत गरेका छन् |
केही वर्ष पहिले डा. काशिनाथ न्यौपानेले अनुवाद गरेको "तत्वविप्लवसिंह" भन्ने चार्वाक दर्शनको एकमात्र उपलब्ध ग्रन्थ नेपाल प्रज्ञा प्रतिष्ठानले प्रकाशमा ल्याएको छ | यो ग्रन्थ "दार्शनिक तत्व"हरुको समालोचनामा केन्द्रीत भएको पढ्न सकिन्छ | यो ग्रन्थमा रितिरिवाजहरूको यदाकदामात्र आलोचना भएको छ | एसको अर्थ हो, चार्वाकीय दर्शन भौतिकवादी अवश्य थियो तर अहिले प्रचारप्रसार गरिएझैं अराजकतावादी थिएन | "बाँचुन्जेल ऋण गरेर भए पनि मोज गर्नुपर्छ" भन्ने विचारहरूलाई चार्वाकसंग किन जोडियो ? आश्चर्य लाग्छ | यदि यी अराजक विचारहरूका स्रोत चार्वाक नै हुन् भने तिनको आलोचना हुनैपर्छ | आध्यात्मिक विचारसंग असहमत हुनु सैद्धान्तिक वहस हो तर रितिरिवाजप्रति नै असहिष्णुता प्रकट गर्नु र अनुयायिहरूलाई अराजक बन्न उक्साउनु अराजकता हो | म फेरी दोहोर्याएर भन्छु, चार्वाकको दार्शनिक चिन्तानको भरपुर स्वागत गरिएको छ तर उनीहरूका अराजक विचारहरूको आलोचना भएको छ | भौतिकवाद वैदिक चिन्तन हो तर अराजकता होइन |
चार्वाकीय दार्शनिकहरू मुनि थिए, तत्वलाई "भौतिक रूपमा" बुझेका थिए | शारीरिक सुखवाद र भौतिकतत्ववाद उनीहरूका दार्शनिक चिन्तनको उत्कर्ष थियो | प्राचीन समयमा राजा वेनले चार्वाक दार्शनिक चिन्तनको राजकीय प्रयोग गरेका थिए | यद्यपि रावणआदि राजामा पनि भौतिकवादी चिन्तनको प्रभाव थियो तर यी राजाहरू कर्म, पुनर्जन्म तथा पापपुण्यका चिन्तनबाट मुक्त थिएनन् | राजा बेन वाहेकका राजाहरूले तपस्या गरेर देवताहरूबाट अतिरिक्त शक्ति प्राप्त गरेको इतिहास छ | राजा वेनमा एस्तो प्रबृत्ति देखिन्न | राजा बेनले राजनैतिक शक्तिको रूपमा भौतिकवादको स्थापना गर्ने प्रयत्न गर्दा तेस वखतका जनतालाई सह्य भएन र वेन आफ्नै जनताबाट मारिए |
प्राचीन ग्रिकेली डेमोक्रेस्ट्स र ल्युपिससको परमाणुवादी चिन्तनलाई कार्लमार्क्सले आफ्नो दार्शनिक चिन्तनको स्रोतका रूपमा अर्थ्याएका छन् | नेपाली वामपन्थीहरूले कार्लमार्क्सले झैं चार्वाक दर्शनलाई डेमोक्रेट्ससरह देख्न चाहन्छन् | यो चाहनाले दुई तत्थ्यहरू सिद्ध हुन्छन् -(१) नेपाली वामपन्थीहरू बामपन्थीहरूको संसारमा चार्वाकहरूको पनि डेमोक्रेटस सरह उल्लेख होस् भन्ने चाहन्छन् (२) वेदमा उल्लेखित भौतिकवाद बैज्ञानिक प्रगतिशील तवाकाले स्वीकार गरोस् भन्ने चाहना राख्छन् | यस अर्थमा नेपाली वामपन्थीहरू पनि आफ्नो प्राचीन धरोहरप्रति सचेत छन् तर पश्चिमा मार्क्सवादी प्रभावले गर्दा अध्यात्मवादीहरूले चार्वाकीय दार्शनिक चिन्तनलाई दिएको महत्व स्वीकार्न चाहन्नन् | वामपन्थी चिन्तनको सबैभन्दा ठूलो दुर्गुण भनेकै अर्काले गरेका असल क्रियाकलाप स्वीकार्न नसक्नु हो |
चार्वाकीय दार्शनिक चिन्तनलाई नेपाली दृष्टिकोणले बुझ्नुपर्छ | तवमात्र चार्वाक मुनिले सम्मान प्राप्त गर्छन् | पश्चिमा दृष्टिकोणले हेर्दा चार्वाकहरू चरम अवैदिक देखिन्छन् तर चार्वाकलाई प्रयोग गरिने मुनि शब्द, वेदमा भौतिक चिन्तनको उल्लेख हुनु, चार्वाक दर्शनी चिन्तनका संस्थापकका रूपमा देवगुरु बृहस्पतिलाई मन्याया दिनु र वाल्मिकी तथा महाभारतमा जावाली ऋषिका रूपमा चार्वाक चिन्तनको उपदेशकका रूपमा अगाडी सार्नु - यी सबैले चार्वाकीय चिन्तनप्रति समाजले सम्मान जनक व्यबहार गर्ने सिद्ध गर्छन् |
आफुलाई मन नपरेको चिन्तनको शास्त्रीय आलोचना वा शास्त्रार्थमा पराजित गरेर आफ्नो अनुयायी बनाउनु वैदिक सभ्यताको प्राचीन परम्परा हो | मलाई लाग्छ, चार्वाक् चिन्तनका अनुयायिहरू पनि अन्य मतका अनुयायिहरूसंग पराजित भए होलान् र आफ्नो मत छोडेर विजेताको चिन्तन व्यबहारमा स्वीकार गरे होलान् | सनातन संस्कृतिमा एस्ता धेरै उदाहरण छन् | प्रसिद्ध वैदिकहरू जैन मुनिहरूसंग शास्त्रार्थमा पराजित भए पछि जैन प्रचारक बनेका छन् | यही प्रसंग बौद्ध-हिन्दू, हिन्दू-बौद्ध, जैन-हिन्दू, हिन्दू जैन तथा भौतिकवादी र आध्यात्मवादीहरूका लागि पनि चरितार्थ हुन्छ |
सारांशमा भन्नुपर्दा, चार्वाकीय दार्शनिक चिन्तन पनि वैदिक नै हो र वैदिक ऋषिहरूले (स्मरण रहोस्, बृहस्पति वैदिक मन्त्रद्रष्टा ऋषि हुन्) आध्यात्मवाद भन्दा पृथक् भौतिकवादी चिन्तन सृजित गरेका हुन् | यी बीच बैचारिक द्वन्द भए पनि आचरणका सवालमा कुनै द्वन्द थिएन भन्ने मेरो विश्वास छ | तेसैगरी प्राचीन वैदिक सामाजिक जीवनमा चार्वाकहरूको उच्चतहको सम्मान थियो तेसैले उनिहरूले "मुनि ऋषि" पद प्राप्त गरेका थिए | उनीहरू अराजक थिएनन् र उनीहरू आधुनिक अर्थमा विज्ञानका संस्थापक पनि होइन | आजको भौतिकवादी चिन्तनसंग चार्वाकहरूका चिन्तनको सामिप्य हुनु महज काकताली हो भन्न सकिन्छ |
कपीराइट
Friday, September 25, 2020
सुनका टुक्राहरू
त्यो दिन हामी सबै बसेर हिमाल, पहाड र तराईको गीत गाइरहेका थियौं, मुक्तिनाथ र जनकपुरका भजनहरू गाइरहेका थियौं कि त्यो मान्छे आएर हामी बीच बस्यो | हामीले सधैंझैं पाहुनाको स्वागत गर्यौं | ऊ धेरै दिनको भोको रहेछ | पेटभरी खान दियौं | हाम्रो गाउँले हरेक पाहुनाको स्वागत गर्छ | हामीले पाहुनाका विषयमा तेति सोधपुछ गर्दैनौं | उसले भन्यौं "म साझा मान्छे हुँ | मेरो परिचय मान्छे हुँ | म तपाईंको पाहुना हुँ |" उ हाम्रो गाउँको साझा पाहुना बन्यो | हरेक दिन उ फरकफरक घरमा बस्थ्यो | उ साच्चिकै अचम्मको मान्छे थियो | उसंग दुईबाट किताव थिए - एउटा रातो रङ्गको र अर्को कालो रङ्गको | ऊ रातदिन कितावमा समय विताईरहेको हुन्थ्यो | उ थोरै बोल्थ्यो तर भन्थ्यो "अव यो फेरिनु पर्छ | यी माने, मन्दिरहरू सफा हुनुपर्छ |"
हाम्रा हजुरबा गाउँमा सबैभन्दा जेठा थिए | हरेक फुर्सदको बेलामा हामी हजुरबा थिम हुन्थौँ | हजुरबा हाम्रा गुरू हुनुहुन्छ | सबैलाई उहाँले भन्नुहुन्छ "हामो देश हिमाल जत्तिकै प्राचीन हो | हाम्रो सभ्यता हिमाल बनेसंगै आरम्भ भएको हो | हाम्रो धर्म संस्कृतिको इतिहास हिमालको उत्पत्तिसंगै आरम्भ हुन्छ | यहाँका हिमाल, पहाड तथा तराई र यहाँका सम्पदाहरूसंग हुर्केको र यसलाई माया गर्ने हरेक मान्छे यहाको रैथाने हो, हाम्रो मिल्ती अनन्त छ किनभने हामी अनन्त अमृतक सन्तान हौँ, हामीले आफ्नो इतिहास, संस्कृति र सभ्यतामा गर्व गर्नुपर्छ | विश्वमा हामीजस्तो अरू कोही छैन, हामीले ऋषिको सन्तति भएकोमा गर्व गर्नुपर्छ - हाम्रा हजुरबाले भनिरहनु भएको थियो | हामी गज्जव मानेर सुनिरहेका थियौं | साच्चिकै भन्ने हो भने हामी तेस्तै थियौं | हिमाली, पहाडी र मधेसी एक्कैनास थियौं, जे-जस्तो थियौं, तेहा पनि उस्तै थियौं | कुनै नक्कल थिएन | जे-जति थियो सक्कल नै थियो | उ पनि हामीसंगै वसेर हजुरबाका कुरा सुनिरहेको थियो |
हजुरबाले एसो भनिरहंदा उसलाई पटक्कै मन परिरहेको थिएन | एसो हेर्दा ऊ पनि अरूजस्तै देखिन्थ्यो | अरूको जस्तै भाषा बोल्थ्यो र अरूले जस्तै लुगा पनि लगाएको थियो | उसले मुखै फोरेर भन्यो "हिमालको कुनै इतिहास हुँदैन | हिमालको कुनै सभ्यता होइन | इतिहास र सभ्यताहरूको स्रोत पश्चिमतिर छ | हामी (नाक चुच्चे) आक्रमणकारी हौँ | तेसैले हामी फरक छौँ | हरेक मान्छे फरकफरक हुन् | फरकभाषा र पहिचान हुन्छ | हरेक मान्छेले अर्कोलाई होइन आफुलाई माया गर्नुपर्छ | जे-जस्तो कितावले लेखेका छन् हामीले खुरुखुरु मानेर हिड्ने हो | विश्वभरिका प्रगतिशील मान्छेहरूले एसै गरी प्रगति गरेका हुन् | हामी प्रगति गर्न चाहन्छौं भने "वैज्ञानिक" चिन्तन स्वीकार्नुपर्छ |" हामी सबै छक्क पर्यौं | आजसम्म हजुरबासंग असहमत भएको कुनै घटना थिएन | सबैले हजुरबाको सम्मान गर्थे |
केही दिन देखि उ वदलिएको थियो | उसंग भेट्न मान्छेहरू पनि आउन थालेका थिए | ती अरूसंग पटक्कै बोल्दैनथे | हिजो पनि उसंग भेट्न केही मान्छे आएका थिए | ती मान्छेहरूलाई पहिले कसैले देखेको थिएन | तिनीहरूसंग केही किताव थिए | फर्केका मान्छेले दिएका कितावहरू उसले पढेको थियो | अनि, ती किताव पढेपछि उसको मुखमा "प्रगतिशील" बुर्जुवा, शोषक, पददलित" जस्ता अनौठा शब्दहरू हुन्थे | धेरै मान्छेले कुरा नै बुझ्दैनथे | हिमवत्खण्ड, भारतवर्ष, उत्तरभारतजस्ता शब्दहरू सबैले बुझ्दथे |"
उसका कुराहरू ठूले राई, रामहरी सुवेदी, रमिला परियार, भोज गुरुङ, मखन मण्डल, बिनु चौधरी कसैले पनि बुझ्न सकेनन् | उसले भन्यो "म साच्चै भन्छु, मैले यसरी लेखिएको इतिहास मेटाएर छोड्छु | मैले जितेपछि लेखाउने इतिहास यसरी पढिने छ "हिमालको कुनै देश हुँदैन | ऋषिमुनि भनेका शोषणका मतियार हुन् | उनी जन्मेको दिन र उनीका भक्तहरूले तोकेको दिन देखि इतिहास आरम्भ हुन्छ | पुरानो इतिहास विर्सिएको अर्थात् मिति....देखि इतिहास आरम्भ हुन्छ | १२७ बटा देशहरूको संघमा सबै स्वत्रन्त्र छन् | यो देशले पनि त्यो दिन मुक्ति पाउने छ | तपाईंहरू पनि मुक्त हुनुहुनेछ | त्यो दिन sसबैका लागि खास हुनेछ |"
यो सुनेर सबै साच्चिकै ट्वाल्ल पर्यौं | आज सम्म कसैले एस्तो कुरा गरेको थिएन | साच्चिकै भन्छु, मैले १२७ देशहरू सबै स्वतन्त्र छन्" भनेको पटक्कै बुझिन | मैले उसंग धेरै पटक सोधें, उसले भनिरह्यो "म १२७ बटा देशका आ-आफ्ना राजाहरू देख्न चाहन्छु | मैले मेरो वरिपरी देशैदेशको फुलवारी चाहन्छु | त्यो फुलवारीमा फुल होइन सिउडीका काँडाहरू उम्रिउन् भन्ने चाहन्छु |" मैले करै गरेपछि उसले भन्यो "यो सबै कुरा मेरो "प्रगतिशील" कितावमा लेखिएको छ | मैले त्यो किताव मांगे | उसले भन्यो "मैले विश्वास गरेको मान्छेलाई मात्र त्यो किताव दिन पाउँछु | मैले विश्वास नगरेका व्यक्तिले त्यो किताव पढ्न पाउन्नन् | मैले राजा बनाएको मान्छेलाई मात्र ती कितावमा अधिकार हुनेछ |"
मलाई किताव वारे निकै उत्सुकता जाग्यो | मैले जसरी पनि त्यो किताव खोजेर पढ्ने निधो गरें | मसंग त्यो किताव पढ्ने दुईबटा बाटा थिए - मैले उसको विश्वास प्राप्त गर्ने वा त्यो किताव चोरेर पढ्ने | मलाई थाहा थियो, म ऊजस्तो हुनै सक्दैनथें | मैले उसलाई विश्वास गर्न सक्थें तर उसले ममा विश्वास गर्नुको कुनै कारण थिएन | मैले दोस्रो विकल्प रोजें | मैले किताव उसको अनुपस्थितिमा पढ्ने निर्णय गरें |
एक दिन उसले मसंग घोषणा गर्यो "अव म मैले विश्वास गरेका सबै मान्छेहरूलाई यो किताव पढ्न दिने छु |" तर मैले त्यो किताव पाइन | म किताव पढ्न चाहन्थे | म उसले बोलेका कुराहरूको अर्थ जान्न चाहन्थे | म १२७ बटा राष्ट्रहरूवारे बुझ्न चाहन्थें | म ऊ जस्तो बन्ने सम्भावना थिएन, तेसैले मैले ऊबाट किताव पाउने कुरै थिएन |"
अचानक ऊ एक दिन आफ्नो कोठाबाट अलप भयो | मैले धेरै खोजिनिधि गरें तर पत्तो लागेन | कोठामा कितावैकिताव थिए | एउटा पुरानो बाकसभित्र मैले खोजेको किताव जतनपूर्वक राखिएको रहेछ | खासमा रातोरङ्गको त्यो किताव निकै फरक थियो | मैले निकालेर पढ्दै गएँ | त्यो कितावको पेज नंवर ५२ मा एसरी लेखिएको रहेछ -
"उनी विश्वका ज्योति हुन् | इतिहास र सभ्यताहरूले उनीलाई नाघ्न मिल्दैन | अव यो मुलुकमा इतिहास, धर्म, संस्कृतिको आरम्भ गर्नु पर्ने छ | पुरानाहरूलाई निमिट्यान्न नपारी यो हुने छैन | विश्वका अरू सबै सभ्यता र इतिहास झूटो हुन् | झूटो धर्म, संस्कृति र राजनीतिमा विश्वास गर्नेहरूले राज्यमा प्रवेश पाउन सक्ने छैनन् | हो, बरू पहाडलाई सियोको टुप्पोबाट निकाल्न सकिएला तर यो कितावको आदेश नमान्ने मान्छेहरू, संस्कृतिहरूले नयाँ राज्यमा ठाउँ पाउने छैनन् |" संसारका मान्छेसंग विकल्प छैन |"
![]() |
| Govinda S. Upadhyaya |

अनि, यसै पेजसंग हातले लेखिएको एउटा खेस्रो रहेछ | निकै परिश्रम गरेर लेखिएको भए पनि ती केटाकेटीले बडो परिश्रम गरेर लेखेजस्तो थिए | सायद यी अक्षरहरू "पाहुना"कै हुनुपर्छ | मैले परिश्रम गरेर पढें | सायद यो उसको आगामी कार्ययोजना थियो | लेखिएको थियो -
(१) जातजातिहरू बीच भाषा, भूगोलको र रूपरंगको वहस निकालेर "मेरो मात्रै ठूलो भाषा" भन्न सिकाउनु, उनीहरूले ध्यान दिएर सुन्ने छन् |
(२) जुन मान्छे जुन ठाउँमा भए पनि उसको नाक र बोली हेरेर उसलाई एउटा भूभाग उसको हो भनेर सिकाउँनु र उसलाई तेस ठाउँको राजा बनाउने बाचा गर्नु | जतिसक्दो धेरै राजाहरू बनाउनु | जतिधेरै राजा हुनेछन्, तेति नै धेरै कालो कितावको विजय हुनेछ |
(३) विश्वको एउटा मात्र ईश्वरका छोराले स्थापित गरेको धर्मलाई सगरमाथामा पुर्याउने उद्देश्यले काम गर्नु | यो भन्दा असल काम इतिहास आरम्भ गर्न अरू केही हुने छैन | विश्वमा दुईबटा मात्र छोरा छन् एकजना २०२० वर्ष अगाडी जन्मिए र दोस्रो २०२ वर्ष अगाडी जन्मिएका हुन् | मेरो जीवन यी दुईका लागि समर्पित छ | मेरो जीवनको उद्देश्य कालो र रातो किताव नै हुन् |"

(४) यदि सगरमाथामा कितावहरूको प्रभुत्व स्थापित गर्नु छ भने जतिभाषा छन् तेतिनै राष्ट्र हुनेछन् भनेर आश्वासन दिनु | उनीहरू एकआपसमा लड्ने छन् | समयलाई चिन्नु , तर सोझै नबोल्नु | यी मान्छेहरू वहादुर छन् | कुरा दुईअर्थे हुनुपर्छ रातो र कालो दूवै कितावहरू तेत्तिकै महत्वपूर्ण छन् |
(५) उनीहरू लडिरहेको वखतमा हरेक घरमा गएर "किताव" बाड्नु र सुनका टुक्राहरू पनि दिनु | तर विश्वास भएका र कुरा नकाट्नेलाई भने अलि धेरै सुनका टुक्राहरू दिनु किनभने उनीहरू दास हुन् |
(६) आफ्नो विश्वासपात्र "सुनको टुक्रा" लिने र "कितावको कसम खाने"लाई मात्र बनाउनु | आफ्नो बोलीमा "अधिकार, लोकतन्त्र, प्रजातन्त्र, उन्मुक्ति" स्वतन्त्रता, समाजवाद"जस्ता शब्दहरू प्रयोग गर्नु | मान्छेहरू यी शब्दबाट लोभिन्छन् | लोभी मान्छेहरूको भीड नै शक्ति हो |
(७) जन्म इतिहासको पुनर्लेखन गर्न भएको हो | विश्वको इतिहास छ हजारवर्षको मात्र हुन्छ | पुराना संस्कृति र सभ्यताहरू "प्रगतिमा" बाधक छन् | उन्मुक्तिको अर्थ हो - पुरानो संस्कृति र सभ्यताबाट मुक्ति र "कितावले देखेको इतिहासको स्थापना |"
(८) विश्वास र विश्वासघातमा केही फरक छैन | विश्वास तिनैको गर्नु जसले सहयोग गर्छन्, प्रश्न गर्दैनन् र आँखा चिम्लेर विश्वास गर्छन् | जतिसुकै विश्वासिलो भए पनि "प्रश्नकर्ता" उपयोगी हुँदैनन् | सफाया गर्नु र आवश्यक परेमा विश्वासघात गर्नु |
(९) जित्नेहरूको लागि यो कितावका एकएकअक्षर मूल्यवान् छन् | २०२० वर्ष अगाडिको एउटा मान्छेले एस्तै भविष्यवाणी गरेको थियो "तिमिले मलाई सगरमाथा भेट दिनु, म तिमीलाई मुक्ति दिन्छु "| खुसी हुनुपर्छ, यो मौकाको प्रतिनिधित्व मैले पाएको छु | विश्वभरीका "विश्वासी" एक छौँ |
(१०) यो ५२ पृष्ठको पाठ्यसामग्रीहरू लेख्ने कामचाहिं पृष्ठ सङ्ख्या ४ बाट भएको थियो | अव मैले तेहाबाट सन्दर्भ का लागि मात्र फर्किनु पर्छ | तेस्तै पृष्ठ सङ्ख्या २९ पनि निकै महत्वपूर्ण छ तर त्यो हारेका मान्छेहरूको इतिहास हो | मेरो इतिहास त यही अर्थात् पृष्ठ ५२ बाट नै आरम्भ हुन्छ | तर पनि पृष्ठसङ्ख्या १८४८ चाहिं निकै महत्वपूर्ण छ | यो अनुवाद गरेर अर्को कितावसंगै घरघरमा दिनुपर्ने छ |"
(११) एक पटक कितावलाई स्वीकार गरिसकेपछि अल्मलिने काम छैन | मसंग अगाडी बढ्ने विकल्प मात्र वांकी छ | अवरोधहरूलाई कठोरतापूर्वक हटाउँ | मान्छेहरूलाई एकआपसमा भिडाउँ, एकअर्कोलाई हत्या गर्न प्रेरित गर | शक्ति बन्दुकको नालबाट आउँछ | घृणावादी र युद्ध उन्मादीहरू चिन | सुनका टुक्राहरू देऊ तर याद राख आफ्नो असली परिचय भने कहिले पनि उजागर नगर्नु |"
मलाई कितावको भाषा अचम्म लागिरहेको थियो | मैले उल्लेख गरिका पेजहरू खोजें | ती पृष्ठहरू छंदै थिएनन् | तेसमा केवल ७३ पृष्ठमात्र थिए | कालो किताव तेहा भेटिएन | अनि, १८४८ संख्या भएको पृष्ठ कसरी खोज्ने ? मेरो दिमाख चक्करायो | मैले आँखा चिम्लेर २०२० अगाडी इतिहासको जग राख्ने मानिस र पृष्ट सङ्ख्या १८४८ को विषयमा सोच्न थालें र मैले चिनेको मान्छेको परिचयका विषयमा सोच्न थालें |
क्रमशः

(copyright)
Tuesday, September 22, 2020
पिंजडाको सुगाको कथा
एउटा प्राचीन इतिहास भएको, आफ्नै धर्म, संस्कृति, विज्ञान र पहिचान भएको एउटा राष्ट्र थियो | जनता खुसी थिए, मिलेर बसेका थिए तर वाहिरका मान्छेसंग कुनै सम्बन्ध थिएन | हालै सरकारले विदेशीहरूका लागि ढोका खोलेको थियो | अनि,
(१) एउटा नचिनेको मान्छे आयो | उसंग एउटा किताव थियो | त्यो अचम्मको मान्छे र उसको किताव देखेर मान्छेहरू झुम्मिए | उसले भन्यो "यो कितावमा तपाईंहरूको विकासको खाका कोरिएको छ | म यो किताव सिकाउँन आएको हुँ" मान्छेहरूले पत्याए | उसले किताव पढाउन थाल्यो |
मान्छेहरूले भने यो किताव साच्चिकै काम लाग्ने रहेछ | यसले हाम्रो विकास गर्छ |
(२) उसले मान्छेहरूको अगाडी किताव खोलेर पढ्यो "तिमीहरू यदि प्रगति, विकास, रोक, शोक र गरिवीबाट मुक्ति चाहन्छौं भने आफ्नो अधिकारका लागि लड | अधिकारको लडाईमा पैसा चाहिन्न | तिम्रो छिमेकीले तिम्रो शोषण गरिरहेको छ | तिम्रो लोग्नेले तिम्रो अधिकार हनन गरिरहेको छ | विद्रोह गर्नुनै आधिकार स्थापनाको आरम्भ हो |
मान्छेले पत्याए, अधिकारको लडाई लड्न थाले | एकअर्काप्रति अविश्वास, घृणा तथा रीस बढ्यो |
(३) मान्छे फेरी आयो उसले आफ्नो किताव खोलेर फेरी पढ्यो "अधिकार प्रदान गर्न सरकारलाई दवाव देऊ | हामी तेसको लागि चाहिन्ने रकम अनुदानमा दिन्छौं | आफ्नो भाषा, भूगोल, जातजाति र पहिचानका लागि सङ्घर्ष गर | तिम्रा संस्कृति र तिम्रो इतिहास तिम्रो अधिकारमा बाधक छ | उनीहरूले तिमिलाई दवाएका छन् |
मान्छेहरूले पत्याए | मान्छेहरू सरकार माथि खनिए | छिमेकी माथि खनिए | आफ्नै इतिहास र संस्कृतिप्रति खनिए | त्यो मान्छेले भत्ता दियो | मान्छेहरू खुसी भए | किताव बोक्ने मान्छेले हामीलाई सहयोग गर्ने रहेछ | आहा, अधिकारका लड्दा धन पाइने रहेछ भन्नेले सोचे |
(४) फेरी तेही मान्छे आयो उसले किताव खोलेर पढ्यो "राष्ट्रहरूले ऋण लिएर आफ्नो विकास गर्छन् | राष्ट्रसंग पैसा भयो भने जनताले सुविधा प्राप्त गर्छन् | अव तिमीले आफ्नो कुरा मान्ने सरकार बनाऊ | चुनाव गर्न हामी पैसा दिन्छौं |"
जनताले प्रजातन्त्र ल्याए र नेताहरूले विदेशीहरूबाट आफ्नो देशको विकासका लागि ऋण ल्याए | जनताहरू विकास हुनेमा ढुक्क भए |
(५) फेरी पनि त्यो मान्छे आयो उसले विकास नभएर आजित जनताका सामु आफ्नो किताव खोलेर पढ्यो "ऋण लिंदा आफु खुसी गर्नेले फेरी ऋण पाउन्नन् तेसैले ऋणीले ऋण दिनेको शर्त मान्नुपर्छ | ऋणदातासंग शर्तहरू मान्ने करारनामा नभएर काम विग्रियो |" अनि, उसले आफ्नो गोजीबाट एउटा "पवित्र किताव" निकालेर दिंदै भन्यो "तपाईंहरूले हाम्रा ईश्वरको आदेश पालन गर्नुपर्छ | अव हाम्रो परमेश्वरले तपाईंहरूलाई मार्गदर्शन गर्नुहुने छ | ऋणमुक्त पार्ने शक्ति हाम्रो परमेश्वरमा छ |"
जनताले चुनेको सरकारले सबै शर्त मान्यो | शर्त मान्नेहरू पुरस्कृत भए | विदेशमा शयर गर्ने अवसर प्राप्त गरे | पवित्र पुस्तक बोकेका मान्छेहरू सुनका टुक्राहरू गाउँगाउँमा छिरे | ऋण ((पाप) मुक्तिका सपना सुनाए | जनताले सोचे अव विकास हुन्छ |
(६) तैपनि देशको विकास भएन | त्यो अचम्मको मान्छे र उसको किताव गाउँगाउँमा च्याप्छ्याप्ति भयो | मान्छेहरू किताव बोकेर गरिवी, ऋण र पाप मुक्तिका लागि भनेर गाएर नाँच्न थाले | तर मान्छेहरू खुसी भएनन् | फेरी त्यो मान्छे तेही किताव बोकेर आयो र पढेर सुनायो "ऋण लिनेले समयमा ऋण तिर्न सक्नुपर्छ | होइन भने कालो सूचिमा पर्छन् | आफु भोकै मरेर पनि ऋण तिर्नुपर्छ | परमेश्वर रिसाउनु भयो | अव परमेश्वरको नाममा थप ऋण लिनुपर्छ |"
किताव खोलेर पढ्ने मान्छे र राष्ट्रको नाममा ऋण लिन अख्तियारी पाएका नेताहरू बीच हेराहेर भयो | दूवै मुसुक्क हाँसे | फेरी पनि ऋण थपियो | ऋणको रेखदेख गर्न मान्छेहरू थपिए | ऋण गाउँगाउँमा पुग्यो | मान्छेले भने "अव विकास हुन्छ |""
(७) समस्या निराकरण भएन | गरीव गरीव नै रह्यो | मान्छे दिक्क मान्न थाले | फेरी पनि तेही सुकिलो मान्छे किताव बोकेर आयो | अव उ कठोर थियो | किताव खोलेर पढ्यो -"अन्तराष्ट्रीय कानुन अनुसार ऋण तिर्न नसक्ने राष्ट्रहरू विरुद्ध प्रतिबन्ध लगाइन्छ | भोकभोकै वसेर भए पनि जनताले ऋण त तिर्ने पर्छ | अव तपाईंहरूले हाम्रा सबै शर्त मान्नुपर्छ | हाम्रो धर्म, संस्कृति, संस्कार सबै तपाईंहरूका लागि स्वीकार्य हुनैपर्छ | तपाईले हुन्न भन्ने अधिकार गुमाइसक्नु भएको छ |"
अनि उसले आफ्नो उसले आफ्नो गोजीबाट अन्तराष्ट्रीय कानुनको झ्यालखाना दियो जसले राष्ट्रलाई नै कैद गर्ने हैसियत राख्थ्यो | ऋण तिर्न नसक्नेले जेलसजाय भोग्नुपर्छ | अरूसंग ऋण लिएर मोज गर्नेले झ्यालखानामा थुनिनुपर्छ | उ आफ्नो देशतिर लाग्यो |
तेतिनै बेला लामो दारी पालेका लेखनाथ कविले आत्तिएको र चर्को स्वरमा "बालक बबुरो द्विज सुकुनामा म परेको छु पिंजडामा | मकन हरे सुख शान्ति र चैन सपना बीच पनि रतिभर छैन" गाउँदै गरेको सुनेर जनताहरू छक्क परे | घरबाट वाहिर र वाहिरबाट सडकमा निस्किएर |
(८) आजै पनि मान्छेहरू सडकमा निस्किएर एताउति बुझ्न थाले | तर कवि अलप भैसकेका थिए | तेतिकैमा एउटा अग्लो घरको वार्दालीमा तेही अचम्मको मान्छे र केही चिनेका सुकिला मान्छेहरू देखिए | अचम्मको मान्छेले सधैंजस्तै हातमा किताव समातेको थियो र सुकिला मान्छेहरूबाट घेरिएको थियो | अनि, लेखनाथ कविलाई खोज्न वाहिर निस्केका मान्छेहरूतिर फर्केर त्यो अचम्मको मान्छे चिच्याएर आफुले समातेको पुस्तक चर्को स्वरमा पढ्न थाल्यो - “प्रजातन्त्र, लोकतन्त्र, समाजवाद, अधिकार र जनताले चुनेको सरकारको कुनै विकल्प छैन | जनताले चुनेको सरकारको विकल्प खोज्न सकिन्न | चुनेको सरकारको निर्णय जनताको निर्णय हुन्छ |”
अनि, सुकिला मान्छेहरू पनि चिच्याएर बोले ““हो, हो, प्रजातन्त्र, लोकतन्त्र, समाजवाद, अधिकार र जनताले चुनेको सरकारको कुनै विकल्प छैन | जनताले चुनेको सरकारको विकल्प खोज्न सकिन्न | चुनेको सरकारको निर्णय जनताको निर्णय हुन्छ |”
वाहिर मान्छेहरू गाइरहेका थिए "बालक बबुरो द्विज सुकुनामा म परेको छु पिंजडामा | मकन हरे सुख शान्ति र चैन सपना बीच पनि रतिभर छैन || मकन हरे सुख शान्ति र चैन सपना बीच पनि रतिभर छैन ||"
अचम्मको मान्छेको कथा र तेसमा विश्वास गरेर कथा सुन्नेहरू थाकेका छैनन् | कथा चलिरहेको छ |
Wednesday, September 9, 2020
आत्महत्या रोक्ने वैदिक सूझाव
विश्व स्वास्थ्य संस्थाकाअनुसार हरेक वर्ष करिव आठलाख मान्छेले आत्महत्या गर्छन् अर्थात् हरेक ४० सेकेन्डमा एकजना मान्छेले आफुलाई मार्छ | यस हिसावले हरेक दिन १२३ जनाले आत्महत्या गरेर आफ्नो भौतिक जीवन समाप्त पार्छन् | वदलिँदो जीवनशैली, मानसिक तनाव, निराशा, आर्थिक समस्या, विभिन्न महामारीको डर तथा अन्यधे धेरै कारणहरूले आत्महत्या गर्छन् | नेपालमा पनि हरेक दिन सरदार ७-८ जना मान्छेले आत्महत्या गर्छन् भन्ने विश्वास गरिन्छ | आत्महत्याको चर्को मूल्य हुन्छ | विज्ञहरूले एकजना मान्छेले आत्महत्या गर्दा लगभग १०० भन्दा बढी मान्छेहरू प्रत्यक्ष र अप्रत्यक्ष रूपमा प्रभावित हुने तथ्यवारे इङ्गित गर्छन् | सरकारहरूका लागि आत्महत्या रोक्नु निकै चुनौतिपूर्ण छ |
नेपाल प्राचीनकालदेखि नै हिन्दू, जैन बौद्ध तथा किरातीहरूको वासस्थल हो | वेदका विचारहरू पढ्दा प्राचीनकामा पनि मान्छेहरूले आत्महत्या गरेर जीवन अन्त्य गर्दा रहेछन् र तेस्तो क्रियाकलाप तत्कालीन समाजलाई स्वीकार्य थिएन र तेसलाई “पाप” भनेर निन्दा गरिन्थ्यो भन्ने जानकारी पाइन्छ | आत्महत्याका सवालमा वैदिक संस्कृतिमा के-कस्तो अवधारणान् ? यस विषयमा मैले केही प्रमाणिक विचारहरू यहाँ प्रस्तुत गरेको छु |
वैदिक सभ्यता र संस्कृतिमा प्राचीनकाल देखिनै आत्महत्याको कठोर निन्दा गरिएको छ | हिन्दू धर्म र संस्कृतिले आत्महत्यालाई निरुत्साहित गर्छ | अथर्ववेदसहित अनेकौं ठाउँमा आत्महत्यालाई निरुत्साहित गर्ने अनेकौं कथनहरू उपलब्ध छन् | यी कथनहरू मध्ये सबै भन्दा पूरानो श्लोक अथर्ववेदमा आएको छ | संस्कृतमा लेखिएको यो श्लोक र तेसको अर्थ यसरी छ :
“असुर्या नाम ते लोका अन्धेन तमसावृताः। तांस्ते प्रेत्याभिगच्छन्ति ये के चात्महनो जनाः || (यजुर्वेद ४०/ ३, ईशावास्योपनिषद् -३) अर्थ – असुरहरू अर्थात् नराम्रो विचार, कर्म र गुण भएका व्यक्तिहरू निवास गर्ने ठाउँहरू अत्यन्त अध्यारो र फोहोर हुन्छन् | आफ्नो आत्मालाई मार्ने (आत्महत्या गरेर आफुलाई मार्ने व्यक्ति) आफुलाई मारेपछि उपरोक्त कमसल लोकमा जान्छन् अर्थात् नर्कमा जान्छन् |” यो श्लोक पुन: सबैभन्दा प्राचीन ईशावास्योपनिषदमा समेटिएको छ | एघारबटा उपनिषद्को व्याख्या गरेका विश्वप्रसिद् अद्वैत सम्प्रदायका प्रथम आचार्यशङ्करले अथर्ववेद र ईशावास्योपनिषदमा (३) उल्लेखित आत्माहत्यालाई पाप हो भन्दै उल्लेख गरिएको श्लोकको व्याख्या गर्दै लेख्नुहुन्छ : “जुन सुकैले आत्माको घात गर्छ उनीहरू आत्मघाती हुन् | ती को हुन् ? ती अज्ञानी हुन् | उनीहरूले आफ्नो आत्माप्रति कसरी हिंसा गर्छन् ? अविद्या र अज्ञानरूपि दोषका कारण आफ्नो नित्य आत्माको तिरस्कार गर्छन् | आत्माघातजस्तो दोषका कारणनै ती जन्ममरणमा पर्छन् |” आत्महत्या गर्ने व्यक्तिको आत्मा अत्यन्त गहिरो अन्धकार भएको त तमोगुणले भरिएको कमसल लोकहरूमा पुग्छन् |
ईशावास्योपनिषदले आत्महत्याको निन्दा मात्र गरेको छैन अपितु आत्म हत्याबाट जोगिन के कसो गर्नुपर्छ भन्ने सुझाव पनि दिएको छ |
१. सम्पूर्ण विश्वलाई परमात्माको विस्तार मान्नु – यदि मैले आफुमा ईश्वरको शक्ति र वासना फैलिएको अनुभूति गरें भने मैले आफुलाई मार्न चाहन्न किनभने ईश्वर अजरअमर र दयालु छ | आत्मवास्यमिदं विश्वं अर्थात् यो विश्व आत्माको प्रतिविम्व हो भन्ने निश्चय नै आत्महत्या गर्नबाट व्यक्तिलाई जोगाउँछ |
२. मृत्युपछिको जीवन : शरीरलाई मारेर जीवनको अन्त्य गर्दैमा दुख, कष्ट तथा पीडाहरू सकिन्नन् | भौतिक शरीरको अन्त्य गरेपछि नर्कमा गएर झन् कठोर दुखहरू भोग्नुपर्छ | अत: भविष्यमा आत्माले पाउने असंख्य दुखहरूबाट जोगिन आत्महत्या गर्न हुँदैन |
३. असल कर्म गरेर १०० वर्ष बाँच्न सकिन्छ भन्ने भावना : वैदिक संस्कृतिमा हरेक मान्छेको आयु १०० वर्षको हुन्छ भनेर मानिएको छ | आफ्नो मानव जीवनमा (पशु जीवनहरू दुखमय छन्) स्वाभिमानी भावना राख्नुपर्छ र सयवर्ष बाँचेर असल कर्म गर्ने मनोवल बढाउनुपर्छ | एस्तो मनोबल बढेपछि मान्छेले आत्महत्याजस्तो पापकर्म गर्दैन |
४. आत्मतत्व मर्दैन भन्ने चेतना : शरीर मरेपछि सबै दुखहरूको अन्त्य हुन्छ भन्ने सत्य होइन | आत्मा अजरअमर छ | जव अजरअमर आत्मा मर्ने सक्दैन भने हामीले आत्माको घर शरीरको अन्त्य गरेर कुनै प्रकारको लक्ष उपलब्धि गर्न सक्दैनौं |
५. आत्मतत्व नै सबैभन्दा नजिकको मित्र हो भन्ने विश्वासलाई बलियोसँग स्वीकार गर्ने अभ्यास गर्दा आत्महत्या निरुत्साहित हुन्छ | आफ्नै शरीरको अन्त्य गरेर आफ्नो पनि भलो हुँदैन भन्ने मानसिकताको विकास गर्न यस विषयमा वारम्वार संवाद गर्नुपर्छ |
६. सम्पूण विश्वमा आफ्नै आत्मा फैलिएको अनुभव र विश्वासको अभ्यास गर्ने व्यक्तिले आफ्नो आत्मालाई समेत हिंसा गर्न सक्दैन | यदि कसैले आफ्नो शरीर नष्ट गर्छ भने उसले एउटा सानो विश्वनै मासेको पाप गर्छ |

७. आत्महत्या पाप हो भन्ने चेतनाको विकास र स्मरण : हरेक धर्म र संस्कृतिमा पाप-पूण्य, धर्म-अधर्मको चेतना हुन्छ | वैदिक संस्कृतिमा पनि धार्मिक अधार्मिक कर्ममा विश्वास गरिन्छ | आत्महत्या गर्ने विचार गरिरहेका वा आत्महत्या गर्न तम्तयार व्यक्तिमा "आत्महत्या पाप र अधर्म हो, एसले मलाई नर्कमा लैजान्छ" भन्ने विचारले आत्महत्या रोक्न मदत गर्न सक्छ | एसको वैधताको लागि अनुसन्धान आवश्यक छ |
८. प्रसिद्ध हिन्दू ग्रन्थ गरुडमहापुराणमा विभिन्न पापकर्म र ती पापकर्महरूको सूचिमा आत्महत्या पनि राखिएको छ | "आत्महत्या गर्ने आत्मालाई आत्महत्या गरेको पापमा यमदूतहरूले कुम्भिपाक नर्कमा (उमालेको तातो तेलमा पकाउने) एकहजार वर्षसम्म यातना दिनेछन्" भनेर आत्माहत्याबाट जोगिन प्रेरित गरेको छ | भविष्यमा दण्डित हुने डरको धार्मिक विश्वासले पनि आत्महत्या रोक्न मदत गर्छ |
वैदिक संस्कृतिमा आत्महत्याको निन्दा गरिएको छ | वेद र उपनिषदहरूले निकै व्याबहारिक रूपमा आत्महत्यालाई निरुत्साहित गर्न व्यक्ति स्वयंले (आध्यात्मिकतहमा) आफुले विश्वलाई प्रतिविम्वित गर्ने र विश्वले आफुलाई प्रतिविम्वित गर्छौं भन्ने विश्वासलाई बलियो बनाउनुपर्छ | शरीरको निर्माता शरीरधारी आफै होइन तेसैले आफुले निर्माण नगरेको वस्तु (शरीर) नष्ट गर्ने विचार र नष्ट गर्नेकार्य दूवै पाप हुन्छन् भन्ने वैचारिकतहमा विश्वास स्थापित गर्दा आत्महत्या निरुत्साहित हुन्छ | व्यक्ति आफै आत्महत्याको विचार र क्रियाबाट निरुत्साहित हुन्छ र जीवनप्रति विश्वास गर्न थाल्छ |
हरेक दिन अनेकौं व्यक्तिहरूले आत्महत्या गरेर आफ्नो जीवनको अन्त्य गरिरहेका छन् | आफ्नो अमूल्य जीवनप्रति अन्याय गरिरहेका छन् | हामीले उपरोक्त वैदिक संस्कृतिका आत्महत्यालाई निरुत्साहित गर्ने विचार र सुझाउँहरुलाई जनजनतहमा पुर्याएर अनेकौंको जीवन जोगाउन सकिन्छ र जीवन प्रति सकारात्मक चेतना स्थापित गर्न सकिन्छ |

Subscribe to:
Posts (Atom)
द्वैताद्वैत, निम्बार्क र वेदान्त दशश्लोकी
द्वैताद्वैत, निम्बार्क र वेदान्त दशश्लोकी निम्बार्क उपासना नियमानन्द शान्ति र साधनाप्रिय ब्राह्मण थिए | उनले पढेको गुरुकुलमा गुरूले "...
-
चारवैष्णव सम्प्रदाय सक्षिप्त परिचय भविष्य महापुराणमा चार आधिकारिक वैष्णव सम्प्रदायहरूको वर्णन भएको छ | वैष्णवको अर्थ विष्णु समबन्धि उपा...
-
प्रथम नेपाली दार्शनिक महर्षि कपि ल महर्षि कपिलको जन्म ब्रहमपुत्र कर्दम र देवहुतिबाट नेपालको कपिलवस्तुमा भएको हो | श्रीमद्भागवतमा कपिल जन...
-
द्वैताद्वैत, निम्बार्क र वेदान्त दशश्लोकी निम्बार्क उपासना नियमानन्द शान्ति र साधनाप्रिय ब्राह्मण थिए | उनले पढेको गुरुकुलमा गुरूले "...