Tuesday, October 16, 2018

पतिपत्नी - मीठो सम्वन्धको पहल - १

पतिपत्नी - मीठो सम्वन्धको पहल -१ 
पतिपत्नी निकै सभ्य शब्द हो | सम्भोग क्रिया सभ्यताको स्रोत हो | पतिपत्नी बीचको सम्भोगले जीवन बन्छ | वैदिकसभ्यताको स्रोत वेद हो | वेदले यौनक्रियाका लागि विवाह अनिवार्य मान्छ | तेस्तै पतिपत्नीले सन्तान जन्माउँनै पर्छ | सन्तान पतिपत्नीको उत्स हो | यौनक्रिया विवाहेतर पनि हुन्छ | एस्तो यौनक्रियाको उदेश्य सन्तान हुँदैन | कामाचरण अराजक भयो भने प्रेम हुँदैन | प्रेमरहित भएर पतिपत्नीको सम्वन्ध दीगो हुँदैन | कामाचरणका लागि प्रेम, धन, धर्म यी तीनैबटा साधनको आवश्यकता पर्छ | 

धर्म, अर्थ र काम - जीवनको लक्ष हो | जीवनको जग नैतिकतामा उभिएको हुनुपर्छ | कर्म, अकर्म र विकर्मको भेद जान्नु नै धर्म हो | सदाचारपूर्ण जीवन पद्धिति नै धार्मिकता हो | धन कमाउनु पर्छ | तेसको स्रोत अन्याय हुनुहुँदैन | अत्याचार हुनुहुँदैन | भष्टाचार हुनुहुँदैन | एस्तो धन "काम"का लागि उपयुक्त हुन्छ | अन्यायको धनले "काम" प्रेमपूर्ण हुँदैन | सुखदायी हुँदैन |

काम (शारीरिक सुख) केवल शारीरिक सुखका लागि होइन | प्रेम, सन्तोष, आनन्द र अत्यमा, मोक्ष कामको लक्ष हो | पतिपत्नीले प्रेमपूर्ण सम्भोग गर्छन् | नियमपूर्वक सम्भोग गर्छन् | कलाहरूप्रयोग गरेर सम्भोग गर्छन् | देव, पितृ, देवऋण तिर्नका लागि सम्भोग गर्छन् | वंशवर्धनका लागि सम्भोग गर्छन् | गृहस्थ धर्मको पालन गर्छन् | र अन्त्यमा, मोक्ष प्राप्त गर्छन् | यो सबै थोक कामशास्त्रमा उल्लेख छ | मेरो कार्यपत्र कामग्रन्थहरूमा केन्द्रित छ | 

......................
धर्म, अर्थ र काममा नमस्कार छ (कामसूत्र १/१/१) वात्स्यायनले प्रसिद्ध "कामसूत्रको" आरम्भ गर्दै लेखेका छन् | एसमा काम तेस्रो स्थानमा छ | धर्म र अर्थ पछि मात्र काम छ | मोक्षको कुरा यहाँ छैन | एसलाई त्रिपुरुषार्थ पनि भनिन्छ | शास्त्रीय मर्यादाको पालन कामचरणका लागि अनिवार्य छ | दम्पत्तिका विचको कामले मोक्षमा वाधा हुँदैन | तर विवाह विधिपूर्वक हुनुपर्छ (कामसूत्र ३/१/१) | असलमा, कामशास्त्रको प्रयोजन कामको विज्ञापन गर्नुहोइन | धर्म अर्थ र कामको तात्विक ज्ञान दिनु हो (कामसूत्र १/१/३) | पतिपत्नीको वीचको प्रेमपूर्ण सम्वन्धलाई वर्धन गर्नु हो |

महादेव र पार्वती कामशास्त्रका प्रथम गुरू-शिष्य हुन् | महादेवका शिष्य नन्दी, ऊद्दालक श्वेतकेतु, भ्रब्य,दत्तक, सुवर्णनाभ, घोटक मुख, गोणिका पुत्र, कुचुमारआदि कामशास्त्रका पूर्वआचार्यहरूको चर्चा बात्स्यायनले गरेका छन् | तेस्तै जयकृष्ण दीक्षितको पौरुरवसमनसिजसूत्रम्, मीननाथको स्मरदीपिका, पुरुरवको कदम्वरस्वीकारणसूत्र, राजर्षी भारतको कदम्वरस्वीकरणकरिका, ज्योतिस्वरको पंचसायक, कविराज मुकुटदन्डीको नर्मकेलिकौतुक संवाद, जयदेव कविको रतिमन्जरी, ब्राभब्य मुनिको ब्राभब्यकारिका, प्रौढदेवराजको रतिरत्नप्रदीपिका, दीक्षित सामराजले लेखेको रतिकल्लोलिनी, कुमारहरिहरको शृङ्गाररसप्रबन्धदीपिका दैवज्ञ सूर्यको कामतन्त्रकाब्य र काञ्चिनाथको रतिरहस्य प्रमुख ग्रन्थ हुन् | तर आचार्य बात्स्यायनको कामसूत्र यी मध्ये प्रमुख मानिन्छ |

चारवैष्णव सम्प्रदाय सक्षिप्त परिचय

चारवैष्णव सम्प्रदाय सक्षिप्त परिचय 
भविष्य महापुराणमा चार आधिकारिक वैष्णव सम्प्रदायहरूको वर्णन भएको छ | वैष्णवको अर्थ विष्णु समबन्धि उपासक हुन्छ | नेपाली समाजमा वैष्णव भन्दा साथ विशुद्ध शाकाहारी, अहिंसक, भगवान विष्णु वा उनका अवतारहरूको उपासना गर्ने र मन्दिर, उपासना पद्धति, तिलक, मन्त्रदीक्षा, गुरू तथा तिनका विनम्र अनुयायीहरुको सम्झना आउँछ | नेपालमा वैष्णवहरूको बलियो उपस्थिति रहेको छ भने मुक्तिनाथ, जनकपुरआदि तीर्थस्थलहरू वैष्णवस्थलको रूपमा प्राचीनकालदेखि नै परिचित छन् | यहाँ चारैसम्प्रदायको संक्षिप्त परिचय प्रस्तुत छ - 

(१) श्रीसम्प्रदाय : साक्षात जगज्जनी श्रीलक्ष्मीद्वारा स्थापित तथा आचार्य श्रीरामानुजद्वारा (सन् १०१६-११३६) विशिष्टद्वैतका रूपमा गुरूशिष्य परम्परालाई अङ्गिकार गर्दै आराध्यदेवको रूपमा श्रीलक्ष्मीनारायणको उपासना गर्ने वैदिक पन्थलाई नै रामानुज अथवा श्रीसम्प्रदाय भनिन्छ | विश्वका धेरैजसो विष्णुमन्दिरहरू रामानुजज पद्धतिले चल्छन् | विश्वप्रसिद्ध बालाजुको मन्दिर पनि यसै सम्प्रदायअन्तर्गत पर्छ | एसको दक्षिण भारतबाट आरम्भ भएको हो र नेपालमा पनि निकै लोकप्रिय छ | नेपाल र भुटानमा गरी करिव दुईलाख जति रामानुज सम्प्रदायका अनुयायीहरू रहेको सुनिएको छ तर पुष्टि गर्ने आधार छैन | श्रीसम्प्रदायका अनुयायीहरू आधुनिक विद्वानहरूले निर्धारित गरेको समय-निर्धारण मान्दैनन् |
एस सम्प्रदायका पनि धेरै शाखाउपशाखाहरू छन् | उदाहरणका लागि सीतारामको उपासना गर्ने रामानन्द, कवीरमतआदि एसकै अन्तर्गतपर्छन् तर अनुयायीहरूले भने यो तत्थ्य स्वीकार्दैनन् |

(२) निम्बार्क सम्प्रदाय : श्रीराधाकृष्णको स्वेकीयभावमा उपासना गर्ने र कुनै पनि सम्प्रदायको आलोचना नगरी गोपालमन्त्रको जपमा विश्वास गर्ने र आत्मा, परमात्मा तथा जडतत्वको सहजअस्तित्व "द्वैताद्वैत"का रहेको दार्शनिक सिद्धान्तअनुसरण गर्ने एससम्प्रदायका संस्थापक "हंस-भगवान" भएको विश्वास गरिन्छ | सनकादि चार ऋषिहरू, ऋषि नारदबाट प्रत्यक्ष दीक्षा प्राप्त गरेर दक्षिणको तैलंगमा जन्मेका नियमानन्द भनिने आचार्य निम्बार्कले "निम्बार्क-सम्प्रदाय"को विस्तार गरेका हुन् | आचार्य निम्वार्कको समय सन् ११३०-१२०० भएको विश्वास गरिन्छ | नेपालमा र नेपाली मूलका भूटानीहरूमा एस सम्प्रदायका अनुयायीहरू छन् र यिनको संख्या पनि लगभग २ लाख नै रहेको अनुयायीहरूको विश्वास छ |

एस सम्प्रदायका पनि अनेकौं उपसम्प्रदायहरू छन् जसमा हरिदासले स्थापना गरेको हरिदासी, प्राणनाथले स्थापना गरेको प्राणनाथी वा प्रणामी पनि पर्छन् | तर उपरोक्त मतका अनुयायी भने यो तत्थ्य स्वीकार गर्दैनन् |

(३) माध्वसम्प्रदाय : यो पनि एउटा वैदिक पन्थ हो | एस पन्थका अनुयायीहरू एसको स्थापना भगवान् ब्रह्माले गरेको विश्वास गर्छन् | यो ब्रह्मसम्प्रदायका रूपमा पनि परिचित छ | आचार्य मध्वले (१२३८-१३१७) सम्प्रदायलाई ब्यबस्थित गरेका हुन् | यो मतमा परकीयाभावमा श्रीराधाकृष्णको उपासना गरिन्छ र द्वैत तथा अचिन्त्यभेदाभेदको दार्शनिक सिद्धान्त अनुसरण गरिन्छ | पछि बंगालको नदीयाका निमाई भनिने चैतन्य महाप्रभुले गौडीया शब्द जोडेपछि यो माध्वगौडीया सम्प्रदाय पनि बोलिन थालिएको हो | एस सम्प्रदायका अनुयायीहरूको संख्या नेपालमा तेति धेरै छैन तर इस्कोन भनिने संस्थाले प्रचार गरिरहेको अवस्था छ |

यो सम्प्रदायका ५२ उपमतहरू छन् जुन उनीहरूले धारण तिलक तथा मन्त्रदीक्षामा देखिन्छ |

(४) बल्लभ सम्प्रदाय वा विष्णुस्वामी मत - यो सम्प्रदायका अनुयायीहरू भगवान शंङ्करले यो सम्प्रदायको स्थापना गरेको विश्वास गर्छन् तेसैले एसको अर्को नाम रूद्र-सम्प्रदाय पनि हो | गुजरातमा यही सम्प्रदाय विष्णुस्वामीका रूपमा परिचित छ | यो सम्प्रदायको प्रचारप्रसार चाहिं विष्णुस्वामी र बल्लभाचार्यले गरेका थिए |बल्लभाचार्यको समय सन् १४७९-१५३१ मानिन्छ | उपासनाका दृष्टिकोणले यी श्रीराधाकृष्णका उपासना गर्छन् र यिनको दार्शनिकमतलाई शुद्धाद्वैत भनिन्छ | दक्षिणभारतमा एसलाई विष्णुस्वामीले स्थापित गरेको र पुष्पित गरेको विश्वास गरिन्छ | यो सम्प्रदायका अनुयायीहरू नेपालमा निकै न्यून रहेका छन् |

यो मतका धेरै उपपन्थ भए पनि बल्लभाचार्य र विष्णुस्वामीका अनुयायीहरूका विचमा संस्थापक को ? भन्ने विषयमा निकै विवाद रहेको छ | दूबैले आ-आफ्ना गुरुनै शुद्धाद्वैतका संस्थापक भएको दावी गर्छन् | उपासनाका दृष्टिले विष्णुस्वामीहरूले "स्वामी नारायण"को उपासना गर्छन् भने बल्लभाचार्यले राधाकृष्णको |

यहाँ एउटा तत्थ्य बुझ्नुपर्छ : तेस बखतमा आचार्यपद प्राप्त गर्नका लागि प्रस्थानत्रयिको भाष्य गर्नु पर्ने हुन्थ्यो | उपरोक्त सबै आचार्यहरूले प्रस्थानत्रयी अर्थात् ब्रह्मसूत्र, गीता र उपनिषद्को ब्याख्यालाई विशिष्टद्वैत, द्वैताद्वैत, द्वैत र शुद्धाद्वैतको दार्शनिक विचार सिद्ध गर्ने स्रोतका रूपमा प्रयोग गरेका छन् | यी सबैले आचार्य शंकरले प्रतिपादन गरेको "अद्वैतवाद"को समालोचना गरेका छन् | यी सबैले वेदलाई अन्तिम प्रमाणको रुपमा स्वीकार गर्छन् | 

श्रीनारदपन्चरात्रको आचरण पद्धतिलाई जीवन यापनको रूपमा उपयोग गर्छन् | रामानुज तथा बल्लभसम्प्रदायमा गुरू अर्थात् आचार्य बन्न गृहस्थआश्रमी पनि स्वीकार गरिएको छ भने निम्वार्क तथा माध्वमा सन्यासी बाहेकका गुरू बन्न मिल्दैन | यी आचार्यहरूले स्थापना गरेको गुरूपरम्परा आज पनि जीवन्त र सक्रीय नै छ | हरेक अनुयायीहरू कुनै नकुनै गुरूपरम्परामा आवद्ध हुनैपर्छ | यी सबै वैदिक सम्प्रदाय हुन् |

प्रमको सपनामा होची मिन्ह

प्रमको सपनामा होची मिन्ह 

नेपालका साम्यवादी प्रधानमन्त्री ओलीजी संयुक्त राष्ट्रसंघमा प्रतिनिधित्व गर्न गएको बखतमा भियतनामका स्वर्गीय प्रधानमन्त्री श्रीहोची मिन्ह अचानक सपनामा प्रकट भए र प्रमसंग एस्तो कुराकानी भयो :

प्रम ओली : ओहो, कमरेड सारै खुसी लाग्यो | अहिले नेपालमा साम्यवादीहरूको सरकार छ नि !

मिन्ह : तै थाहा पाएर त सपनामा आएको हुँ |

प्रम ओली : खुसी लाग्यो कमरेड |

मिन्ह : धन्यवाद, अनि सम्माननीयले के काम गर्नुहुन्छ नि ?

प्रमओली : म प्रधानमन्त्री छु | दूई कम्निस्टले सर्वसहमतिबाट |

मिन्ह : ए, अनि हजुरको पेशा के छ नि ?

प्रम. ओली : अलि बुझिन श्रीमान् ? नेपालमा राजनीति गर्नेको खासै यही नै पेशा हुन्छ |

मिन्ह : हो र श्रीमान् ! मेरो पेशा त कृषि हो | विहानै उठेर खेतवारीमा काम गर्छु | अनि, दिउसो भने जनताको सेवा गर्न प्रम अफिस जान्छु |

प्रम ओली : (सुनेको नसुनै)

मिन्ह : हाम्रा सबै सरकारी प्रतिनिधिले आफ्नो परिवार पाल्न आफ्नै पेशा गर्छन् | तेसो भए नेपालमा राजनीति गर्नेले के गर्छन् नि ?

प्रम ओली : हुँ !!

मिन्ह : राजनीति नै पेशा हुन्छ नेताको भन्नु भएको हो ? अचम्मै रहेछ त पेशा नै नगरी परिवार पाल्ने !!

प्रम.ओली तेस्तै भन्न पर्ला |

मिन्ह : हाम्रा त बालबालिकाहरूको शिक्षा दीक्षाको खर्च पनि आफैले गर्नुपर्छ | जम्मै नेताका छोराछोरी सरकारी विद्यालय जान्छन् |

प्रम. ओली : हाम्रो पनि नीति त तेही हो |

मिन्ह : अनि, कति नेता र कार्यक्रता हुनुहुन्छ नि ?

प्रम ओली : हामी करिव पाँचलाख सदस्य भएको पार्टी हौँ | दक्षिण एसिया मै हाम्रो डंका बढ्छ |

मिन्ह : (मन मनै) तेसै भएर एतिबिध्न स्थानीय निकाय, जनवर्गीय सङ्गठनहरू र राज्य संयन्त्र बनाएको होला | जुन देशका नेताहरूको राजनीति नै पेशा छ, तेस्तो देशमा भष्टाचार त देउता नै बुझे हुन्छ |

प्रम ओली : के सोच्न थाल्नु भो कमरेड ?

मिन्ह : सोच्दै छु, म साम्यवादी नै भए पनि बुद्ध र पशुपति नाथको दर्शन गर्छु | किनभने नेपालको कल्याण यिनैले गर्छन् | जय नेपाल |

प्रम ओली : हेत्तेरिका, निंद किन न खुलेको होला ?!

भष्टाचार-सेलेब्रेटी र परिवर्तन

भष्टाचार-सेलेब्रेटी र परिवर्तन
मलाई नेपालको माया लाग्छ | मेरो मायाको छहारीमा सबै नेपाली पर्छन् | नेपाल राष्ट्रपनि पर्छ | नेपाल राष्ट्रलाई चलाउने, संचालन गर्ने राज्यका स्थायी संरचनाहरू पनि पर्छन् | तर मेरो मायाको दयाराभित्र अनैतिक कर्म गर्ने, नेपालीपन भन्दा विदेशीपनलाई महत्व दिने, घूसखाने, छुवाछुतलाई धार्मिक वा सांस्कृतिक मान्यता दिने र विदेशीहरूको पैसा खानकै लागि नेपाल र नेपालीको वदनाम गर्ने पर्दैनन् |

हामी सबैलाई थाहा छ : नेपाल र नेपालीलाई माया गर्नेहरूको संख्या माया गर्ने अभिनय गर्नेहरू भन्दा निकै बढी छ | माया गर्नेहरू सर्वसाधारण हुन् अभिनय गर्नेहरू पढेलेखेका, ओहोदावाल र हुनेखानेवाल छन् | मैले सबैको कुरा गरेको छैन | कुनै पनि गाउँको किसानले देशसंग गद्दारी गर्ने, सांस्कृतिक अतिक्रमणलाई मलजल गर्ने, जातजाति र क्षेत्रीय आधारमा एकआपसमा लडाउने काम गर्नै सक्दैन | सुकिला-मुकिलाहरूले योजनापूर्वक गरिएका "भ्रष्टाचार"को कुप्रभाव देशले भोग्नु पर्छ |

भष्टाचार, बलत्कार, ठगी, घूस, आफन्तवाद र झूटो आस्वासन आजका सेलेब्रेटी शब्द हुन् | हरेक छापामा, मिडियामा, नेता र जनताको मुखमा यिनैको चर्चा छ | चर्चा हुनुको अर्थ यी सबै विद्यमान छन् | तर विचार गरेर हेर्ने हो भने यिनको उठान र प्रयोग सुदूरपश्चिमको दूर्गम गाउँको एउटा किसानले गर्नै जान्दैन | जनताको जीवन सुधार्न र जीवनस्तर उठाउन आफ्नो अस्तित्वमा आएका राजनैतिक दल, अधिकार कर्मी तथा अन्य सरोकारवालाले "गरिवी, अशिक्षा"लाई दोष दिएर आफ्नो अस्तित्व प्रमाणित गर्छन् र गरिरहेका छन् |

हाम्रो समाज कहाँ जाने हो ? कस्तो हुने हो भन्ने कार्यदिशाको निर्धारण राजनीतिले गर्ने हो | तेसैलेयो राज अर्थात् प्रमुख नीति भनिएको हो | तर नेपाली समाजमा सबैभन्दा बढी गन्हाएको नीति नै राजनीतिको पर्याय बनेको छ |विभिन्न कालखण्डमा विदेशबाट नेपाल भित्रिएका (साम्यवाद, पूँजीवाद, समाजवाद, राष्ट्रराज्य) जस्ता राजनैतिक सिद्धान्त भष्टाचार, बलत्कार, ठगी तथा अनैतिकताका अखडा बनेका छन् | कसैले प्रश्न उठायो कि उपरोक्त राजनैतिक वृत्तिबाट आफ्नो पेट भर्नु पर्ने बाध्यता भएकाहरू अरिंगालझैं जाई लाग्छन् : प्रजात्रन्त्र खतरा पर्यो ?

आजको नेपाली समाज राजनैतिक पूर्वाग्रहका कारण दुराचारीको रुपमा विकसित हुँदैछ | आचार्य चाणक्यले भने झैं सज्जनलाई दुर्जन बनाउन सकिन्न र दूर्जन पनि सज्जनमा परिवर्तित हुँदैन (चानी. १०/१०) भनेझैं नेपालको राजनीति स्वास्थ्य होला भन्ने मरिसकेको छ | अव देशले दुराचारी राजनैतिक प्रकल्प नै परिवर्तन गर्नुपर्छ | किनभने ७० वर्षको निरन्तर अभ्यासपछि पनि आज अभ्यास गरिएको राजनैतिक शैली र ब्यबस्थाले सदाचारको विकास भएन | जतिसुकै परिश्रम गरे पनि कन्टकारीको फलबाट लागूऔषधको गुण नष्ट हुँदैन |

आज "बलात्कार" शब्द मिडियाको सेलेब्रेटी भएको छ | यो शब्दको एतिबिध्न प्रचारप्रसार भएको छ कि हरेक महिलाले पुरुषलाई, केटाले केटीलाई बलात्कारी भएको अनुमान गर्नु पर्ने अवस्था सृजित भएको छ | दुराचारीको कुकर्मका कारण ज्यान गुमाएकी निर्मलाको पीडा दुखदायी चर्चाको विषय बनेको छ | मृतकको आत्मा समेत पीडित हुने गरी चर्चा-परिचर्चा भएका छन् | राज्य, मिडिया, अधिकारकर्मी, राजनैतिक नेतृत्व, एनजीओ/आइएनजिओ सबैले न्यायाधीश बनेर सजाय सुनाइसकेका छन् | यौनहिंसा मात्र बलात्कार होइन, आफ्नो निर्णय, आफ्नो विचार कसैमा थोपर्नु पनि बलत्कार नै हो भनेर कसले भन्ने ?

हामी एस्तो "अराजकता"लाई प्रेम गर्न थालेका छौँ जसले "पीडा"लाई सेलेब्रेट गर्न रुचाउँछ | एस्तो "अराजकता"लाई आलिंगन गरेर आफ्नो रोजीरोटी चलाउनेहरू थुप्रै छन् | निर्मलाहरूको पीडालाई "अराजक" नबनाएसम्म तिनको रोजीरोटी चल्दैन | एस्ता अभियन्ताहरू सधैं राज्य र राज्यसंयन्त्रहरू कमजोर भएको अनुभव गर्न चाहन्छन् |

प्रधानमन्त्री, मन्त्री-परिषदसहित प्रहरी-प्रशासनजस्ता स्थायी संयन्त्रले राज्यको निर्माण हुन्छ | यी संयन्त्रहरूमा बस्ने मान्छे गलत हुनसक्छ, अपराधी हुन सक्छ तर संयन्त्र हुँदैन र तेस संयन्त्रभित्र रहेका सबै मान्छे खराव पनि हुँदैनन् | संयन्त्रलाई कमजोर बनाएर कुनै नागरिक सुरक्षित हुन् सक्दैन | यदि संयन्त्र मै दोष छ भने परिवर्तन गर्न सकिन्छ | तर संयन्त्र विनाको सामाजिक जीवन हुँदैन | बरू नालायक नेता फेर्नुपर्छ तर राज्य तन्त्र कमजोर बनाउन हुँदैन |

न्याय दिन नसक्ने न्यायाधीश, उत्कोच (घूस) खाने कर्मचारी, सेवा-प्रदान गर्न नसक्ने प्रहरी, देशको रक्षा गर्न नसक्ने सैनिक तथा राज्यसंयन्त्र कमजोर बनाएर आफ्नो "ऊल्लु सीधा गर्ने" बुद्धिजीवि, राजनीतिज्ञ, संचारकर्मी र राजनीतिज्ञ सबैभन्दा घातक हुन्छन् |

आफ्नो देश, संस्कृति तथा इतिहासलाई माया गर्नेहरूले उपरोक्त द्रोहको काममा अग्रसरता लिंदैन | सभ्यसमाजमा "खराव" विषयलाई सेलेब्रेटी बनाउने कुराबाट जोगिनुपर्छ | निर्मलाको आत्माले न्याय पाउनुपर्छ तर अन्यायको लागि "प्रहरी-संस्था"को तेजोवध गर्नुहुँदैन | दोषी "प्रहरी"ले मुक्ति पाउनु हुँदैन |

हरेक संस्थामा धेरै असल मान्छेहरू छन् | निर्यण प्रक्रियामा तिनको प्रयोग हुनुपर्छ | कमसल चरित्र भएका व्यक्तिहरूको दुर्गन्ध कुनैनकुनै रूपमा फैलिएको हुन्छ | असल मान्छे चिन्न भन्दा कमसल मान्छे चिन्न सजिलो हुन्छ | तेसैले आफ्नो देश, समाज, संस्कृति तथा भाषालाई माया गर्ने नेतृत्व खोजौं | नेतृत्व तिनकै हातमा हुनुपर्छ |

हामीले आफ्नो कोर्स परिवर्तन गर्नुपर्छ | एस्तो कोर्स परिवर्तनको बाटोको सबैले प्रतीक्षा गरिरहेका छन् | तेसका लागि हामी तयार हुँदैछौँ | परिवर्तनको बाटोको लागि हामीले आफुलाई तयार गरिरहेका छौँ | अहिंसक, समावेशी र सहृदयी सम्बन्धमा आधारमा कमसल सेलिब्रेटी "भ्रष्टाचार, बलात्कार, घृणावादलाई"लाई निखन्ने छौँ | हामी संग घृणा होइन प्रेम छ, नकारात्मकता होइन सकारात्मक दृष्टिकोण छ, कित्ताकाट होइन कित्त्ताहरू जोड्ने चिन्तन छ | हो, र यो सबै कुरा हाम्रो आफ्नै जरोकिलो बाट खोजेका छौँ | हाम्रै प्राचीन वैदिक, जैन, बौद्ध, बोन संस्कृतिबाट खोजेका छौँ |

पर्वत की छोरी पार्वती

पर्वत की छोरी पार्वती 
संस्कृतका प्रकाण्ड विद्वान महाकविले रघुवंश महाकाव्यको मंगलाचरणमा पार्वती परमेश्वरौ : (१/१) मा देवी पार्वतीको भगवान् शिवको परिवारका रुपमा गरेका छन् | कालिदासका शिवपार्वती परमेश्वर हुन् | तेसरी नै महाकविले कुमार संभवमा देवी पार्वतीको जन्मदेखि लिएर विवाह र कार्तिकेयको जन्मसम्मको सुन्दर बर्णन गरेका छन् |

महाकवि कालिदास (ई.पू. ४५०), रघुवंश महाकाव्यमा, वेदव्यासले महापुराणहरूमा, बाल्मिकीले रामायणमा र भोजपुरीका कवि तुलसीदासले समेत रामचरित मानसमा बखानेको पार्वतीको जन्मस्थल, तपस्यास्थल, विवाहस्थल र घरका विषयमा जेजस्तो वर्णन गरेका छन् त्यो पर्वतको भौगोलिक वातावारणसंग धेरै मिल्छ | पर्वतमा वसोवासयोग्य पहाडहरू छन् | सजिलै छुन सकिने हिमालय छन् | प्रसस्त अन्न फल्ने फाँट यही छन् | तीर्थस्थल, पर्यटकीयस्थल र आचार्यकुल पनि भएकै ठाउँ हो |

संस्कृतमा पार्वतीको शाब्दिक अर्थ "पर्वतबाट जन्म भए"को भन्ने हुन्छ | सबैले सबैभन्दा सजिलो बुझ्ने भाषामा भन्दा महादेवी पार्वती हामी पर्वतेहरूकी छोरी हुन् | पार्वती पर्वत-पहाडको छोरी हुन् | जसरी कालिदासले कुमार सम्भवमा, बाल्मिकी रामायणमा ऋषि बाल्मिकीले, स्कन्ध महापुराणमा ऋषि वेदब्यासले, मध्यकालीन भारतका भोजपुरी कवि तुलसीदासले र नेपाली आदिकवि भानुभक्त आचार्यले महादेवी पार्वतीको माइतीघर र शिवको घरको वर्णन गरेका छन् | ती सबैको केन्द्र विन्दू "पर्वत र पर्वतीय नै" रहेको देखिन्छ |

तेस्तै नेपालको वाराणसीका रूपमा परिचित पर्वत कै कुस्मामा वि.स. १८१० जन्मेका अत्यन्त विद्वततापूर्ण "कार्तवीर्योदय" मानक संस्कृत महाकाव्यका लेखक सुकृतिदत्त पन्तले लेखेका संस्कृत ग्रन्थहरूमा समेत पार्वतीका पिता हिमालय पर्वत जिल्लावासी भएकै सुगन्ध आऊँछ | देवी स्तोत्रमा महाकवि सुकृतिदत्त पन्तको एस्तो आग्रह देखिन्छ |

पर्वतको पूर्व पांग गाविसमा लगभग पांचहजार वर्ष प्राचीन पुरातात्विक सामग्रीहरू फेला परेका छन् | भने पर्वत जिल्लाको नाम समेत "पांग"का आधारमा राखिएको थियो भन्ने मैले पढेको छु | जनश्रुतिकाअनुसार महादेवी पार्वतीको जन्म नै पांगमा भएको थियो | | पांग नजिकै कर्नास पर्छ | कामनाशबाट करनाश बनेको हो | यहाँ महादेवले कामदेवलाई भष्म गरेका हुन् |

तेस्तै फलेवास तथा कुस्मामा देवी पार्वतीले शिवको तपस्या गरेकी हुन् | तपस्या सफल भएपछि विवाहचाहिं उप्जाउ, पानीको सुविधा भएको र अपेक्षित रूपमा न्यायो ठाउँ र फाँट विहादीमा हुनु स्वाभाविक देखिन्छ | घुमन्ते पत्रकार के. वी. मसालले समेत यही कुरा लेखेका छन् |

आदिशक्ति पार्वतीको जन्म "पर्वत मै भएको हो" भएको हो भन्ने तत्थ्य स्वत: सिद्ध कुरा हो | महादेवी पार्वतीको जन्मस्थान पर्वत हो र भगवान् शिव पनि घरज्वाईका रूपमा पर्वत मै निवास गरिरहेका छन् भन्ने तत्थ्य सिद्ध गर्न गारो छैन | शिवपुराण, स्कन्धपुराणआदिमा एसको लागि यथेष्ट प्रमाण छन् भने "पर्वतकी छोरी हुँ म पार्वती मेरो नाम" जस्तो लोकगीतका मध्यामबाट पनि नेपालीहरूले उठाएकै कुरा हो |

धार्मिक प्रमाणको आधारमा यस जिल्लालाई जगतमाता पार्वतीको जन्मस्थान मानिएको छ। पार्वतीको जन्मस्थान हालको पर्वत जिल्लाको पाङ्ग गा. वि.स. भएको भन्ने प्रमाणको आधारमा पर्वत नामाकरण भएको पाइन्छ। परापूर्व कालमा पर्वत जिल्लाको पातीचौरलाई पार्वती क्षेत्र र पातीखोलालाई पार्वती गंगा भनिन्थ्यो भन्ने किम्वदन्ती रहेको पाइन्छ।

पार्वतीको जन्म पर्वतको हिमाली भागमा र विवाह पर्वतको "विहादी"मा भएको हो | असलमा, शिव-पार्वतीको विवाहस्थल भएकै कारण यो ठाउँको नाम विहादी रहन गएको हो भन्ने कुरा सुनेको भनि पर्वतको सेतीवेणीमा कल्पवास गरेर आफ्नो जीवन त्यागेका १०३ वर्षीय नरहरी आचार्यले मसंग चर्चा गर्नुभएको थियो भने पिताजीले समेत यही कुरा २०४५ सालमा मलाई बताउनु भएको थियो | विहादी अर्थात् शिवपार्वतीको प्रथमविवाह भएको ठाउँ "विवाहआदि"बाट अपभ्रंस भएर बनेको हो |

विहादीको ठूलो फाँटमा नै पर्वतका राजा हिमालयले शिव तथा पार्वती वीच विवाह गराएको अनुमान गर्न गारो छैन | मैले ठ्याक्कै ठाउँको नाम त विर्से तर "फलानो ....ओढारमा शिवपार्वतीको विवाहमा भतेर खाएर पाहुनाहरूले फालेका सुनका थालहरू थिए र पछि राजा ऋषभ देवले ती सबै लगेर यज्ञ गरेका थिए" भन्ने कथा सहित भन्ने कुरा पनि फोक्सिगे माइला पण्डितले भनेको कुरा मैले सुनेको थिएँ | स्मरण रहोस्, राजा ऋषभदेवको राज्यबाट कालिगण्डकी नदी बग्दछ भन्ने कुराको प्रमाण भागवतको पाँचौं स्कन्धमा उल्लेख गरिएको छ |


क्रमशः

यौन र तपस्या

यौन र तपस्या
तपोयुक्त: प्रयुन्जीत शिष्टैरनुगतान् विधिन् |
ब्राह्मणैश्च सुह्रीद्भिश्च मंगलैरनभिनन्दितान् || (कामसूत्र ७/१/५१)
कामाचरण गर्दा केवल शास्त्री, समाज त संस्कृतिले स्वीकार भएका
विधिहरूअनुसरण गरिनुपर्छ | एस्तो विधि मङ्गलदायक र शुभ हुन्छन् र कसैले निन्दा पनि गर्दैन | काम पनि तप नै तेसैले एसलाई मर्यादापूर्वक प्रयोग गर्नुपर्छ - भनेर ऋषि बात्स्यायनले स्पस्ट रूपमा भनेकै छन् | विवाहित पतिपत्नी बीच दूबैको सहमतिमा कामाचरण गर्नु तपस्या हो | एस्तो तपस्याले सृष्टिकार्यमा सहयोग गर्छ | धर्मयुक्त यौनब्यबहारले तेस्रो र चौथो आश्रमको लागि तपश्चर्याको जग तयार पार्छ |

कामको प्रयोग शारीरिक, मानसिक र अन्त्यमा मोक्ष प्राप्तिको लागि हो | मार्केटिंग गरेर नयापुस्तालाई पथभ्रष्ट गर्न होइन | यौन शारीरिक आवश्यकता हो भन्दैमा एसको लागि विकृत मार्केटिंग गरेर मनोबैज्ञानिक रूपमा युवाशक्तिलाई "यौनाचार"का लागि प्रेरित गर्नु उचित हुँदैन | दुर्भाग्यवस, आज यही भैरहेको छ | "ब्रह्मचर्य"पालनलाई महत्व दिनु पर्ने ठाउँमा कन्डमको विज्ञापनमा अरबौं खर्च गरिएको छ | असंस्कृत यौनव्यवहार नियन्त्रित गर्न "विवाह संस्था"लाई बलियो बनाउनुको सट्टा "मेरीटोप्स" खोलेर गर्भपातको लागि बजेट नियोजित गरिंदै छ |

कामाचरण सृष्टिको उर्जा हो | सन्तान उत्पन्न गरेर देव, ऋषि तथा पितृऋण तिर्ने भरपर्दो आधार हो | तर एस्तो कामाचरण नियन्त्रित हुनुहुँदैन | विवाहित पतिपत्नीले शारीरिक सुखका लागि गरेको यौनक्रिया प्रति न शास्त्रले गुनासो गर्छ न समाजले नै | यदि नेपाली कानुनले २१ वर्षपछि विवाहको ब्यबस्था गरेको छ भने प्रथम यौनब्यबहार पनि विवाहपछि नै स्वीकृत गर्नुपर्छ | पश्चिमाहरूले तोकेको सेक्स-मानदंड हामी नेपालीले किन स्वीकार्ने र हरेक विद्यालयमा नेपाली सामाजिक, धार्मिक तथा ब्यबहारिकसंग सरोकार राख्ने, आफ्नै जरोकिलोसंग जोडिएको कामशास्त्रको शिक्षा किन न दिने ?

हामी मान्छेको शरीर आफ्ना बुवाआमाको यौन-ब्यबहारले बनेको हो | जीवन र यौनको सम्बन्ध अनिवार्य छ | कामको आध्यात्मिक, आधिदैविक र आधिभौतिक स्वरूपको ब्याख्या गर्दै सृष्टिको अनिवार्यतालाई ब्यबस्थित रूपमा अगाडी बढाउन देवी पार्वती र शिवले कामशास्त्रको उपदेश गर्नुभएको थियो | यदि शास्त्रीय मर्यादा पालन गर्दै यौनब्यबहार गर्ने हो भने मोक्ष प्राप्त हुन्छ | शरीरको आवश्यकतालाई ठूलो ठानेर यौन-ब्यबहार गरे रोग लाग्छ | बौद्धिक सङ्कल्पले शरीरलाई नियन्त्रण गर्न नसके शरीरले बलात्कारजस्तो पापमय कर्ममा झोकिदिन्छ | जसको फल मृत्यु हुनुपर्छ |

मानिस: मैं बाँचु, मैं मैं हाँसु

मानिस : मैं बाँचु, मैं मैं हाँसु
तल फोटोमा उल्लेख भएको संख्या आज अपरान्ह २: २१ मिनटको वखतमा विश्वभरि फैलिएर रहेका मानिस नामक प्राणीको जनसंख्या हो | मान्छेको एतिविध्न जनसंख्या बढ्यो किनभने उसको स्वार्थले जीवित रहनका लागि जे-सुकै गरिरहेको छ | यदि साच्चिकै भन्ने हो भने अन्य प्राणी र प्रकृतिको असली शत्रु त मान्छे नै होइन र ? एतिधेरै प्रकृतिउपर अत्याचार गर्दा पनि जीवनमा एक-सेकेण्ड आयु थप्न सकेको भए केकानै हुन्थ्यो ? मान्छेले "मान्छे जातिका लागि" विकास गरिरहेको होला तर अन्यका लागि मान्छेको अस्तित्व केवल खलनायकका रूपमा छ |

लेखनाथ पौड्यालले तरुणतपसी लेखे | मान्छेको स्वार्थको चरम अवस्था तेसमा कोरिएको छ | विश्वको जुनसुकै ठाउँका मान्छेहरूले रमाइलो गर्ने बेलामा प्रकृति धुरुधुरु रुन्छ | मान्छे बाहेकको प्राणीहरूको असंख्य खति हुन्छ | मान्छेको रमाइलो अरूको लागि काल हुन्छ | अर्काको अस्तित्व लिएर प्राकृतिक रुपमा जिउने धेरै छन् | अर्काको अस्तित्व समाप्त पारेर रमाइलो गर्ने मान्छे मात्र हो |

मान्छेले आफ्ना सन्तान जोगाउन जीवनभरि अथक प्रयन्त गर्छ | आफु भोकै रहेर उनीहरूलाई खुवाउँछ | पशु-पक्षीले एउटा निश्चित समयसम्म तेही गरिरहेका हुन्छन् | तर उनीहरूले "रमाइलो गर्न" अर्काको अस्तित्व आहरण गर्दैनन् | यदि कसैको अस्तित्व विनाश नगरी "मासु" प्राप्त हुन्छ भने तर्क-वितर्क गर्नुको कुनै औचित्य छैन | मैले आफुलाई असाध्यै माया गर्छु | आफन्तको माया लाग्छ | मैले तिनको जीवन नाशको कामना गर्न सक्दिन | तेसैले पशुपक्षीले अप्राकृतिक रूपमा अस्तित्व गुमाएको देख्दा पीडा हुन्छ |

सृष्टिका अनेकौं सिद्धान्तहरू छन् | जीवनका पक्ष र विपक्षमा मनग्गे सिद्धान्तहरू छन् | विश्वमा अनेकौं धर्म छन् - तिनका फरक मत छन् | धर्म मान्ने र नमान्नेका आ-आफ्ना तर्क छन् | तर यी सबैमा एउटा समानता छ - सबैले मान्छेको स्वार्थमा खलल न पार्ने | मान्छेले बनाएका सम्पूर्ण सिद्धान्तहरू मान्छेको वरिपरी गुथिएका छन् | प्रकृतिले सृजना गरेका मान्छे वाहेकका जीवित र निर्जीव वस्तुहरू सधैं मान्छेको तारो बनेका छन् |

उनीहरू बोल्न सक्दैनन्, बुझ्न सक्दैनन्, प्रतिक्रिया दिन सक्दैनन् भन्ने जस्ता स्वार्थी सिद्धान्तहरूका तयार गरेर आफ्नो बर्चश्व स्थापित गरेर मान्छेले प्रकृतिको अवहेलना गरेको छ | प्रतिक्रिया दिन सक्दैन भन्दैमा, प्रतिक्रिया दिन सक्ने मान्छे "प्रतिकियावादी" हुन मिल्दैन | जुध्न आएकासंग जुधेर आफ्नो प्राण जोगाउनु उचित हो तर प्रतिक्रिया नै नदिनेहरूको अस्तित्व विनाश गर्ने स्वार्थको मैले प्रशंसा गर्न सक्दिन |

कहिलेकाहिं आफु मानिस जातिको सदस्य भएकोमा पीडा हुन्छ | किनभने मान्छेले जतिधेरै प्रकृतिलाई अरू कसैले दिएको छैन | प्रकृतिमा यदि विवेकशक्ति हुन्थ्यो भने मान्छेको उत्थान नै हुने थिएन | म प्रकृति भएर हेर्ने हो भने मान्छे सबैभन्दा खुराफाती प्राणी हो | प्रकृतिको आश्रयमा जीवन यापन गरिरहेको मान्छेले प्रकृतिसंग नै सर्वाधिक दुराचार गरिरहेको छ | बाँच्ने विकल्प हुँदाहुँदै पनि प्रकृतिसंग दुर्ब्यबहार गरिरहेको छ |

स्वर्ग नर्क छ कि छैन, कर्मको फल मिल्छ कि मिल्दैन, असल वा कमसल कर्म हुन्छन् कि हुँदैनन्, नैतिकता अनैतिकता हुन्छ कि हुँदैन ? यी तपसीलका कुरा हुन् | मेरो भन्नु एत्ति हो कि मलाई जसरी मेरो अस्तित्व प्यारो छ, हरेक प्राणीका लागि आफ्नो अस्तित्व प्यारो नै हुन्छ | धार्मिक आधारमा होस् अथवा भौतिक आधारमा, उसले आफ्नो प्राकृतिक जीवन जीउन पाउनुपर्छ |

मान्छेको जीवनका पक्षमा हामीसंग अनेकौं तर्क, वितर्क र कुतर्क होलान् | हामीले आफ्नो पक्षमा वकालत गरौंला | मान्छे भएको कारण मान्छेको पक्षमा ठूलै वहस गरौंला | तर यी सबै वहसहरूले तपाईं-हामीलाई "प्राकृतिक प्राणीबाट" अलग पार्न सक्दैन | भोक, तीर्खा, प्रजन, मृत्यु, अवस्था र डर - यी सबैले हाम्रो शरीरलाई कत्तिपनि छोड्ने छैननन् | जव हामी सबैको सत्य प्रकृति हो भने मानवेतर प्राणी जगतको वास्तविकता पनि प्रकृति नै हो | फरक एत्ति छ - हामीले आफ्नो स्वार्थका लागि प्रकृतिसंग अन्याय गरिरहेको तत्थ्य स्वीकार्न चाहन्नौं |

विश्व जनसंख्याको ७२.७% मान्छेहरू मासु खान्छन् | मुस्लिम र इसाईहरूमा शाकाहारीको अवधारणा समेत हुँदैन | नास्तिकहरू पनि मासु नखाने कुरा अस्वीकार गर्छन् | साच्चिकै भन्ने हो भने वैदिकग्रन्थहरूमा पनि खाने/नखाने दुवै तर्क छन् | मैले यहाँ शास्त्रको कुरा गरेको छैन | मैले त प्राकृतिक नियमको कुरा गरेको हो | भोजन, निन्द्रा, डर र र प्रजनन मान्छे र पशुमा केही फरक छैन | निश्चय नै बुद्धि वा ज्ञान मान्छेले प्राकृतिक रूपमा प्राप्त गरेको फरक क्षमता हो | मलाई, लाग्छ मान्छेले आफ्नो एस्तो क्षमताको प्रयोग निरीह पशुपक्षीको हत्या गर्न प्रयोग गर्नु उचित हुँदैन | यही बुद्धिको प्रयोग गरेर "आफु पनि जिउने र अरू पनि जिउने मार्ग निर्माण" गर्नतिर ध्यान दिनुपर्छ |

जङ्गलमा रम्ने बाघले एउटा मान्छे खाइदियो भने हाम्रो स्वार्थ एसरी जाग्छ कि हामीले त्यो बाघलाई कुनै पनि हालतमा बाँच्न दिन्नौं | हामीले उसको प्राकृतिक भोकको हिसाव नै गर्दैनौं | मासु खानेका आफ्ना तर्क होलान्, शाकाहारीका आफ्ना | तर मेरो प्रश्न फेरी उही छ, मान्छेले आफ्नो सयवर्षको आयु जिउन सङ्घर्ष गर्छ भने तेही अधिकार प्राकृतिक रूपमै फरक-फरक उमेर (मान्छे भन्दा कम) क्षमता प्राप्त गरेका पशुपक्षीले जिउन पाउनुपर्छ कि पर्दैन ? जिब्रोको स्वार्थमे उत्तर नदिए पनि मान्छेको तर्कले उत्तर दिंदा तपाईंले पनि भन्नुनै पर्छ "प्राकृतिक जीवनरहेसम्म बाच्ने अधिकार सबैमा छ, र त्यस्तो अधिकार मान्छेका लागि मात्र आरक्षित रहनु गलत हो |"

दशैँ, तिहार, छठ, हिली-दिवाली, इद, वाकरिद, क्रिसमस, लोसार - जे चाड आए पनि मान्छेले आफु रमाइलो गर्न अरूको जीवन लिन्छ | जुन दिन मान्छेले लिएको जीवन फर्काउन सक्छ, त्यो दिन केही बोल्दिन | जीवन दिन सक्नेले जीवन लिए एकै क्षणको कष्ट होला तर अस्तित्व नै गुमाउनु पर्दैन |

मेरो आफ्नो अनुभूति हो - मलाई मेरो अस्तित्व प्रिय भएझैं उनीहरूका लागि आफ्नो अस्तित्व तेति नै प्रिय हुनुपर्छ | मान्छेले स्वार्थवस तयार पारेको "मान्छे-केन्द्रित" सिद्धान्तले अन्यको अस्तित्व विनास गर्ने अधिकार दिए पनि मेरो अन्तरात्माले दिंदैन | पशुको चेतना मान्छेसरह छैन भन्दैमा तिनको अस्तित्व नै आहरण गर्नुको औचित्य सिद्ध गर्न सकिन्न |

द्वैताद्वैत, निम्बार्क र वेदान्त दशश्लोकी

द्वैताद्वैत, निम्बार्क र वेदान्त दशश्लोकी  निम्बार्क उपासना  नियमानन्द शान्ति र साधनाप्रिय ब्राह्मण थिए | उनले पढेको गुरुकुलमा गुरूले "...