Thursday, February 22, 2018

म किन इसाई बन्न सकिन ?

जुत्ता सिलाउनेको आत्मकथा
केही दिन अगाडिको कुरा हो -मैले राम सहायलाई भेटें | उनी काठमाडौँको नया बानेश्वरको विरेन्द्र सभागृह नजिकैको सडक पेटीमा बसेर जुत्ता सिलाएर आफ्नो जीवन यापन गर्ने राम सहाय  (नाम परिवर्तन) २० वर्ष अगाडी काठमाडौँ प्रवेश गरेका थिए | मधेशमा जातीय विभेद र गरिवीले उनको जीवन नर्कझैं थियो | काठमाडौंमा उनले मुक्ति खोजेका थिए |

काठमाडौंमा उनले आर्थिक र सामाजिक रूपमा मुक्ति पाउने आशा थियो तर एस्तो भएन | यहाँ त झन् तीनतहको घृणा झेल्नु पर्यो - गरिव, दलित र मधेशी | सडकमा पनि यी घृणावाद रहे नै | तर पेटीमा बसेर जुत्ताको काम गर्दा मधेशमा भन्दा आम्दानी राम्रो भयो | धेरै पेटी चाहार्दा-चहार्दै अहिले बानेस्वरमा छन् |

काठमाडौंका पेटीहरू चहार्दा उनको मनमा विद्यालयमा पढ्ने इच्छा जाग्यो | उनले कुरा बुझे | यसै बिचमा उनले टंगालको नन्दी मा.वि. मा रात्रिकालीन विद्यार्थी बनेर अक्क्षर चिने र किताव पढ्न सक्ने भए | तेसपछि उनले आफ्नो घर चिठी लेख्न, केही नेपाली र हिन्दी कथा पढ्न सक्ने भए | आफ्नो हिसाव पनि राख्न सक्ने भए |

उनले अक्षर नाचिन्दै धेरै इसाई धर्म मान्नेहरूले चर्च जान कर गरेका थिए | उनी धेरै पटक चर्च पनि गए | चर्चमा बाइबलको कुरा हुन्थ्यो | सबै कुरा बाइबलमा लेखेको छ भनिन्थ्यो | उनले आफै बाइबल नपढेसम्म धर्म नमान्ने अडान लिए | यही अडानले उनी नन्दी पाठशाला गएका हुन् |

आफुले अक्षर पढ्न र वुझ्न सक्ने भएपछि उनले बाइबल पढ्न थाले | उनले धेरै पटक बाइबल पढे तर जरुसलम, इमानुएल, मेरी जस्ता विदेशी नामहरू मन परेनन् | उनले आफु जन्मेको जनकपुर र सीताको पहिचान विर्सन सकेनन् |

अनि, उनी माइतीघरमा रहेको रत्नपुस्तक पसलमा गएर गीता-प्रेस गोरखपुरले छापेको गीता किनेर ल्याए | त्यो हिन्दी र संस्कृतमा थियो | उनले त्यो पढेर गीता र बाइबलको तुलना गरे | उनले गीतामा छुवाछुत मान्नुपर्छ भनेर लेखिएको कतै भेटेंनन् | बरू एउटा विद्वानका लागि गाई, ब्राह्मण, कुकुर र सबैभन्दा तल्लोजातको मानिस पनि समान हुन्छ र सबैमा भगवानको निवास हुन्छ" भनेर भगवान् श्रीकृष्णले भनेको पढेपछि बाइबल नपढ्ने निधो गरे |

सदा बन्छन् " म इसाई बन्ने तरखरमा थिएँ | मलाई जातीय घृणा बिझेको थियो | तर गीता नपढी धर्म परिवर्तन गर्दिन भन्ने सोचले गीता पढें | गीताले मलाई धर्म-परिवर्तन गरेर आफ्नै सीता मैया विरुद्ध पाप गर्नबाट जोगायो | आफन्तलाई घृणा गर्ने/गराउने धर्म लिन बाट जोगायो | हेर्नुस त, मैले रामनामी ओढेर जुत्ता सिउन्छु | मलाई मेरो जनकपुर र सीता मैया प्रति गर्व छ | मान्छेले सानो जातिको भनेर हेपे पनि भगवान श्रीकृष्णले गीतामा हेप्ने कुराको उपदेश दिनुभएको रहनेछ |

गीताले त जन्मदा सबै मान्छेहरू शूद्र नै हुन्छन् भनेर भनेको रहेछ | मान्छेले गर्ने घृणाको दोष सनातन धर्मलाई दिन मिल्दैन | गीता, भागवतले सधैं सबैसंग समान ब्यबहार गर्न प्रेरित गर्छन् | मान्छेहरू गीता पढ्दैनन् अनि विदेशीको कुरा सुनेर हाम्रा भगवान र शास्त्रलाई गालीगलौज गर्छन् | यो कत्तिपनि राम्रो होइन | उनीहरूले नपढेका मान्छेहरूलाई झुक्याएर चर्चमा लैजान्छन् र इसाई बनाउँछन् | कुनै ले दशैंतिहारमा टीका लगायो वा पूजाआजा गर्यो भने परमेश्वरले दण्ड दिन्छ भनेर धम्क्याउने गर्छन् |

बाइबल एकपक्षीय छ | हामीले परापूर्वकालदेखि मान्दै र पुज्दै आएका देवीदेवतालाई अपमान गर्न सिकाउँछ | इसाई नबनेका आफन्तप्रति शत्रुतापूर्ण ब्यबहार गर्न सिकाउँछ | भन्नुस् त मैले सीता मैयाको प्रसाद कसरी इन्कार गर्न सक्छु ? मेरो रगतको थोपाथोपामा सीताराम बस्नुभएको छ | होली, दिवाली, दशहरा मान्नु पाप हो रे ? प्रसाद खानु पाप हो रे ? एतिधेरे मान्छेले आराधना गर्ने रामजानकी मन्दिरमा राखिएका मूर्तिहरू शैतान हुन् रे ? मलाई यी सबै कुरा कत्ति पनि चित्तबुझ्दो लागेन |

मलाई आफु जनकपुरमा जन्मेको र हिन्दू भएकोमा गर्व छ | हो, कसैले सानो जाति भनेर हेप्दा मन दुख्छ तर अहिले पहिलेजस्तो भेदभाव छैन | मान्छेले यो कुरा बुझ्न पर्छ | हाम्रा मान्छेहरू पढ्न जाँदैनन् | एक पटक गीता पढेर बुझेपछि ज्यान गए पनि कसैले इसाई धर्म मान्दैन |

नेपालमा हिन्दू, बौद्ध, जैन बोन्पो र किरातीहरू मिलेर बस्छन् | मलाई गुम्वामा गएर बुद्धलाई प्रणाम गर्न कुनै गारो हुँदैन | उनीहरू चर्चमा सधैं हिन्दू र बौद्धहरूको कुरा काट्छन् | दसहरा, होली जस्ता जस्ता चाडवाडहरू वहिस्कार गर्न उर्दी गर्छन् | तिनका बालबालिका समेत दशैँतिहार, होली-दिवाली मनाउन पाउंदैन् | बालबालिकाले चाडवाडमा रमाइलो गर्न नपाउनु त राम्रो होइन नि ? मैले धेरै पटक इसाई बालबालिकाहरू लुकेर चाडवाड मनाएको देखेको छु |

बाइबलको किताव बोकेर हिड्नेहरू निकै मीठो कुरा गर्छन् | खासगरी, हामी सानो जातिलाई "छुवाछुत"बाट मुक्ति दिने धर्म नै इसाई हो भनेर भन्छन् तर चर्चमा भने बाहुनक्षेत्री र दलितहरूको छुट्टै लाइन हुन्छ | मुखले नभने पनि दलितहरूलाई अगाडी बस्न दिन्नन् | धेरै पैसा दिनेको ठूलो इज्जत हुन्छ, दान दिन नसक्नेलाई दूरदूर गर्छन् |

सबैभन्दा ठूलो कुरा, कसैके इसाई बन्न प्रेरित गर्छ भने सबैभन्दा बाइबल पढ्न सक्ने हुनुपर्छ र गीता पनि किनेर पढ्नुपर्छ | तेसपछि पनि धर्म मान्न मन लाग्यो भने आ-आफ्नो इच्छा हो | तर म भन्छु, गीता पढेपछि कसैले बाइबलको धर्म मान्नै सक्दैन |

एक दिनको कुरा हो -  म चर्चमा जाँदा उनीहरूले धेरै पटक हिन्दू र हामी एकै हौँ भनेको सुने तर एक दिन श्रीमद्भगवत-गीताको किताव लिएर पास्टरलाई दिन खोजेको उसले स्वीकार गरेनन् | पास्टरले भने "संसारमा एउटा मात्र धर्मग्रन्थ छ त्यो भनेको बाइबल नै हो | गीता-रामायण पढ्नेहरू नर्क जानेछन् | आफ्नो गोरुको सय टक्का भन्नेसंग जोडिन मन लागेन |

म एउटा दलित परिवारमा जन्मेको हुँ | मेरी परिवार गरिब छ | तर मैले आफ्नो जीवनमा कुनै पाप गरेको छैन | मैले आफुलाई दलित भनेर हेप्नेलाई पनि कू-भलो चिताएको छैन | म कसरी पापी हुन सक्छु ? मेरो सानी छोरी जसले पाप तथा पुण्यको अर्थ नै बुझेकी छैन, उ कसरी पापी हुन सक्छे ? बाइबलको यो कुरामा मलाई पटक्कै विश्वास लागेन | जनकपुरमा दूर्गापूजाका वखत कुनै जातिपाति विचार नगरी दलितकै कन्या पनि समान रूपले दुर्गाका रूपमा पुजिन्छन् | हामीले बालबालिकालाई भगवान् भन्छौं | उनीहरू निर्दोष हुन्छन् |

अरूलाई घृणा गर्न सिकाउने र सबै पापी हुन्छन् भन्ने विषयमा मेरो सहमति भएन | धेरै प्रलोभन दिए, मेरी श्रीमतीलाई समेत फकाए तर हामी इसाई बन्न सकेनौं | रामलला र सीता मैयाको कृपा र श्रीमद्भगवत-गीताको कृपाले हाम्रो धर्म जोगियो | आफ्नो धर्ममा दुखै भए पनि केही छैन तर गाईखाने धर्म मान्न सकिन्न |"

उनले आफ्नो कुराको बीट मारे | म पनि उनको कुराहरूमा विचार गर्दै बूढानीलकण्ठतिर लागें | मनमा सोच्दै थिएँ - छुवाछुतले मन पोले पनि आफ्नो धर्म र संस्कृतिलाई माया गर्ने यी मोची साच्चिकै आदरका पात्र छन् | बरू, मजस्ता बाहुनआदिले उनीहरूप्रति न्याय गर्न नसकेर अपराध गरिरहेका छौँ | 


(लेखक डा. गोविन्दशरण उपाध्यायको नाम उल्लेख गरेर छाप्न, वितरण गर्न अनुमति प्रदान गरिएको छ)

1 comment:

लोग्नेस्वास्नी र सम्बोधन

लोग्नेस्वास्नी र सम्बोधन फरक संस्कृति , परम्परा र भाषाका अनुसार लोग्नेस्वास्नी विच एकआपसमा सम्वाद गर्ने चलन हुन्छ | मांगी विवाह होस् वा प्रे...